Friday, January 2, 2015

20150101क्रान्तिका लागि ट्युनिशियाकी बहिनी

विश्वमा महिला


इक्राम बेन सइदले अरब आन्दोलनमा भाग लिइसकेपछि थाहा पाइन् – त्यो त ट्युनिशियामा महिला अधिकारको लागि संघर्षको शुरुवात पनि थियो ।

सन् २०११ मा भएको ट्यनिशियाको क्रन्तिको विडम्बना यो थियो कि त्यो लोकतन्त्रको मार्गमा एक कदम अगाडि थियो भने महिलाको आन्दोलनमा एक कदम पछाडि हुने भय पनि थियो । धेरै ट्यनिशियालीहरु सामाजिक र धार्मिक हिसाबमा रुढीबादी थिए । तानाशाही राष्ट्रपति जाइन एल अबिदाइन अलिको अन्त्यले तिनीहरुलाई पहिलो पल्ट राजनीतिक आवाज दियो । देशको इतिकासमै पहिलो पल्ट भएको सन २०११ को चुनावमा सामान्य इस्लामिक इन्नहादा पार्टीले एक तिहाइ भन्दा बढी भोट ल्यायो जुन त्यसको निकटतम प्रतिद्वन्द्वीको भन्दा तीनगुणाले बढी थियो ।

त्यसैले इक्रम बेनले महिलाको अधिकारमा समर्पित हुने किसिमको संस्था खोल्ने बिचार गरिन् । उनलाई थाहा थियो कि उनलाई सफल हुनु छ भने समावेशी पनि हुनुपर्ने छ । उनको संस्था “अस्वात निस्सा” अर्थात् “महिलाहरुको आवाजहरु” नै त्यस देशको महिला अधिकारमा काम गर्ने पहिलो संस्था त थिएन तर यो महिलाहरुलाई राजनीतिक दृष्टिकोण जुनसुकै भए पनि तिनीहरुलाई संलग्न गराउने पहिलो प्रकारको संस्था भने थियो ।

अस्वात निस्साकी ३४ वर्षीया अध्यक्षले इक्रम बेनले भनिन् “मेरो लागि नारीबाद भनेको मेरो रोजाइ र समाजप्रतिको मेरो धारणा लाद्नु होइन, यो त महिलाहरुलाई तिनीहरुको सपना पुरा गर्नमा, जिम्मेमारी र निर्णय पुरा गराउनमा सहयोग गर्नु हो ।”

अरब संसारको हिसाबमा हेर्नेहो भने ट्युनिशिया प्रगतिशिल नै छ – सन् १९५७मा टर्किश शैलीमा आधुनिकता भित्रिएको थियो भने उत्तर अफ्रिका र मध्यपूर्वमा कतै नभएको महिला अधिकारको पनि प्रत्याभूति गरिएको थियो । मध्य ट्यनिशमा एक जना महिलालाई कस्सिने टप र जिन्स लगाई टाउकोमा स्कार्फ बाँधेर हिँड्नु सम्भव थियो । तर बेन जस्ता अभियन्ताका लागि भने त्यहाँको कानूनले महिलाले चाहेको धेरै कुरा दिनु बाँकी थियो । पैतृक सम्पति छोरीले भन्दा छोरा र परिवारका अन्य सदस्यले पाउँछन् । घरमा बुबा नै घरमुली हुन्छन्, आफ्नो श्रीमती र छोराछोरीलाई नियन्त्रण गर्छन् । मुस्लिम महिलाहरु गैरमुस्लिम संग बिहे गर्न पाउँदैनन् तर यो नियम पुरुषहरुलाई लाग्दैन ।

इक्राम बेन सइद संगको छोटो कुराकानी
बेन सइदले अस्वात निस्सा गठन गरिसकेपछि आयोजना गरेका केही कार्यक्रमहरु मध्ये एउटा सम्मेलन थियो, जसमा सहभागीहरुले अरब र मुस्लिम इतिहासमा महिलाहरुको राजनीतिक सहभागिताको बारेमा छलफल गरे ।

उनी भन्छिन्, “मलाई पूरा विश्वास छ कि भगवानले मलाई विभेद गरिन वा आमहत्या गरिनका लागि सिर्जना गर्नुभएको होइन । तपाइँ मुस्लिम भएर महिला समानताका लागि पैरवी गर्नसक्नुहुन्छ । यो इस्लामका विरुद्ध होइन । म यही मानिसहरुलाई बुझाउने कोशिस गर्दछु ।”

पछि उनले महिलाहरुलाई भोट हाल्न, विशेष गरी गाउँमा काम गरिखानेहरुको समुहमा संगठन बनाउने काम गरिन् । हाला हान्ना, वल्र्ड इकोनोमिक फोरममा सहनिर्देशक, भन्छिन् – “इक्रामको सबैभन्दा रमाइलो पक्ष भनेको उनी सबै प्रकारका श्रोताहरुलाई सम्बोधन गर्न सफल छिन् ।”

आन्दोलन भन्दा अगाडि बेन सइद एकल आमाहरुका लागि बनेको एक आश्रममा भोलिएन्टर थिइन् । त्यो ट्युनिशियामै विभेद खप्नुपर्ने एउटा समुह थियो । कुनै कुनै बेला उनी त्यहीं सुत्थिन् र साथीहरुलाई खाना बनाउन, नाच्न वा गाउन पनि ल्याउँथिन् ।

यस प्रकारको अनुभवले उनलाई आफुले सहयोग गरिरहेका महिलाहरुको जीवनमा झाँक्ने एउटा झ्याल दियो र साथै ती महिलाहरुलाई सहयोगको मात्र खाँचो होइन कि तिनीहरु बाँचिरहेको सामाजिक र कानूनी वातावरणलाई नै परिवर्तन गर्नुपर्छ भन्ने बुझाइ पनि दियो । उनी भन्छिन्, “कानूनले मानसिकता बदल्न सक्छ । त्यसैले हामी राजनीतिकर्मीहरुसंग काम गर्नुपर्छ ।”

विगत दुई वर्षमा अस्वात निस्साले एन्नाहदा लगायतबाट समेत महिला राजनीतिकर्मीहरुका लागि राजनीति र शासनपद्धतिका बारेमा आधारभूत ज्ञानका लागि तालिमहरु आयोजना गरेको छ ।

“उनी एक यस्ती आधुनिक ट्युनिशियाली महिला हुन् जसलाई म पछ्याउन चाहन्छु – सहासी, मिहेनती, व्यवसायिक र मधुर पनि । व्यक्तिगत रुपमा पनि म उनलाई एकदम सम्मान गर्दछु,” एन्नाल्दाका एक सदस्य अल्हेम साइदानी घरबीले भनिन् ।

बेन सइदको एक नियमित जागिर छ – उनको अस्वात निस्सामा भएको पद तलब नपाउने प्रकारको छ – समान तहको खोजीनामक अन्तर्राष्ट्रिय नाफारहित संस्थामा उनी कार्यक्रम व्यवस्थापन हुन् । त्यहाँ बेनले सामान्यतया नमिल्ने महिलाहरुको समूहहरुलाई संगै बसेर छलफल गर्ने अवस्थासम्म ल्याइदिएकी छिन् ।

उनी राजनीतिक रुपमा रुढीवादी प्रकारको परिवारमा हुर्केकी हुन् । अन्य ट्युनिशियाली महिलाहरु सरह उनी पनि टाउकोमा स्कार्फ बाँध्दिनन्, तर उनकी आमा र दुइजना बहिनीहरु भने बाँध्छिन् । उनका बुबा सेनामा अधिकृत हुनुहुन्थ्यो । उहाँसंग उनको कुरा मिल्दैनथ्यो । उनी भन्छिन्, “मैले उनैबाट यो सिकेकी थिएँ कि विभिन्न विचारहरु पनि एकै छानामुनि बस्न सक्छन् ।”

दश वर्ष पछि उनी कहाँ हुन्छिन् ? यसको जवाफमा उनी भन्छिन् – राजनीतिमा वा निजामती सेवामा, ट्युनिशियामा वा विदेशमा । उनका साथीहरु, सहयोगीहरु सहकर्मीहरुलाई लाग्छ कि उनी राजनीतिमा लाग्नेछिन् । तैपनि उनी हाललाई राजनीतिमा लाग्ने वा अन्य कुनै लक्ष्यलाई थाती राख्ने पक्षमा छिन् किन भने ट्युनिशियाको राजनीतिमा महिलाको सहभागिता बढाउने उनको अभियान अझ बढी महत्वपूर्ण छ  ।

टाइम्सका लागि फ्रन्सिस्को जिजोलाले लिएको अन्तर्वार्ता ।

तपाइँको संस्था अस्वात निस्साले के गर्दछ ?

हामीले अहिले एउटा जनचेता कार्यक्रम सञ्चालन गरेका छौं जसमा महिलाहरुलाई भोट हाल्न उत्साहित गर्छौं र भन्छौं कि तिनीहरुको भोटको महत्व छ । साथै हामीले महिलाको राजनीतिक सहभागिता बढाउनको लागि पनि काम गर्दैछौं । हामी उनीहरुलाई कानूनी तवरबाट र स्थानीय स्तरमा कार्यालय सञ्चालन गर्न पनि सघाउँदैछौं ।

ट्युनिशियाको राजनीतिज्ञहरुसंग सबैभन्दा कुरा नमिल्ने कहाँनिर हो ?

हरेक समुह अर्को समुहबाट तर्सेका जस्तो छ । धर्मनिरपेक्षहरु इस्लामीहरुलाइै देखिसहँदैनन् । तिनीहरुका लागि इस्लामीहरु ट्युनिशियालीहरु नै होइनन् । उनीहरुका बेग्लै मुद्दाहरु छन् । त्यस्तै इस्लामीहरु पनि धर्मनिरपेक्षहरुलाई पश्चिमी मुद्दा बोकेका भन्छन्, तिनीहरुको अरबी र मुस्लिम पहिचान बिरुद्ध उभिएको आरोप लगाउँछन् ।

तपाइँले ट्युनिशियाका सबै प्रमुख पार्टीका महिला राजनीतिकर्मीहरुलाई तालिम दिनुभएको छ, तिनीहरुको के समानता छ ?

पहिलो तिनीहरु सबै ट्यनिशियाली महिलाहरु हुन् । तिनीहरु सबैको एउटै इतिहास छ । तिनीहरुको भविष्य पनि एउटै हो किनभने सबैलाई यहीं संगै बस्नु छ । सबैलाई ट्युनिशियाली हुनुमा गर्व छ । साथै तिनीहरु सबै आफ्ना राजनीतिक पार्टी भित्रका विभेदका शिकार पनि भएका छन् । इस्लामी वा धर्मनिरपेक्ष जुनसुकै पार्टी भएपनि तिनीहरु एकै प्रकारको विभेदमा परेका छन् । ती पार्टीहरुको नेतृत्वमा उनीहरु छैनन् , अनि सरकारको नेतृत्वमा पनि छैनन् । त्यसैले मलाई लाग्छ तिनीहरु संगै लड्न सक्छन् ।

अस्वात निस्साको गठन पछि तपाइँले सबैभन्दा पहिला मुस्लिम र अरब सम्पदामा महिलाको भूमिका खोज्नुभयो । के पाउनु भयो त?

हामीले पायौं कि इस्लाम भनेको एउटा मात्र छैन । यहाँ धेरै किसिमा इस्लामहरु छन् । तपाइँ मुस्लिम भएर पनि महिला समानताको लागि पैरवी गर्नुसक्नुहुन्छ । यो इस्लामको विरुद्ध छैन, यही कुरा म मानिसहरुलाई भन्दै आइरहेकी छु ।

तपाइँको अनुसार नारीबादको परिभाषा के हो ?

नारीबाद भनेको मेरो रोजाइ वा समाजप्रतिको मेरो धारणा लाद्नु होइन । नारीबाद त महिलाहरुलाई तिनीहरुको सपना पुरा गर्न सघाउनु हो । नारीबाद भनेको विविधता पनि हो । जब हामीले अस्वात निस्सा भन्ने नाम छान्यौं, जसको अर्थ महिलाहरुका आवाजहरु हो, हामीलाई आवाजहरु भन्ने शब्द मन पर्यो किन भने तिनीहरुको एउटामात्र आवाज छैन, अनि महिलाहरु पनि हुनुपर्यो किनभने तिनीहरु पनि त फरक छन् ।
तपाइँले ट्युनिशियाको क्रान्तिका प्रारम्भिक दिनहरुका भाग लिनुभयो । तपाइँले हामीलाई भनिदिनुस् कसरी यो शुरुभयो अनि त्यो तपाइँका लागि कस्तो थियो ।
सन् २०१० डिसेम्बरमा हामी ट्युनिश को ट्रेड युनियन मुख्यालयका अगाडि थियौं । हामी केही मानिसहरुलाई पुलिसले घेरा हालेर बसेको थियो । पानी परिरेको थियो अनि हामी गीत गाउँदैथियौं । त्यो रोमान्टिक गीत जस्तो थियो तर पनि हामी डराइरहेका थियौं । मलाई डर लागिरहेको थियो तर मैले आफूलाई भनें कि म त्यही बस्तु पर्छ किनभने त्यो मेरो ठाउँ थियो ।
अनि जनवर १४मा आमहडताल भयो । मलाई सम्झना छ, म सडकमा थिएँ । मेरी आमाले फोन गरेर भन्नुभयो, “त्यहाँ प्रदर्शन भैरहेको छ, अहिले अल जजिरा टेलिभिजनमा हेरिरहेको छु । घरमा जाउ, मलाई डर लागेको छ ।” यसैबेलामा मेरी बहिनीले आमाको हातबाट फोन लिई । भनी, “होइन । त्यहीं बस । त्यहाँ जनता बस्नुपर्छ ।” म अलमलिएँ । आमा डराउनु भएको थियो किनभने उहाँ आमा हुनुहुन्थ्यो । अनि बहिनी – उनी त नयाँ पुस्ता, आशाले भरिएकी र धेरै आकांक्षा भएकी । म यो पुस्तालाई दुखी बनाउन चाहन्नथें । त्यही बसें ।
यदि तपाइँलाई ट्युनिशियाको एउटा कुरा बदल्न पाउनुभयो भने के बदल्नुहुन्छ ?
लैंगिक असमानता । म यो कुरा संविधानमै राख्थें ताकि महिलाहरु शुरुदेखि नै पुरुषसंग समान होस् , यो कुरा तिनीहरुले याद राख्ने थिए ।
विश्वको कुन व्यक्तिबाट प्रभावित हुनुहुन्छ ?
पहिलो नेल्सन मण्डेला हुनुहुन्छ भने देश्रो मार्टिन लुथर किंग । उनीहरुले मलाई प्रभावित पार्नुको कारण यो हो कि दुबै मानवअधिकारकर्मी हुनुहुन्थ्यो तर एकदम समावेशी किसिमबाट, धेरै सिर्जनात्मक किसिमबाट । त्यसैले जुनबेला पनि मलाई मेरो काम गराइमा शंका लाग्छ, म तिनीहरुको कथाहरु याद गर्छु । त्यसले मलाई धेरै सकारात्मक शक्ति दिन्छ ।
जब म अस्वात निस्सामा मानिसहरु एकदम प्रतिबद्ध भएर लागेको, संलग्न भएको र महिलालाई सहयोग गर्न अनि सशक्त बनाउन आएको देख्छु, मलाई धेरै सकारात्मक शक्ति मिल्छ । जो पनि परिवर्तन ल्याउन खोज्नेहरु पक्कै आशाबादी हुनु पर्दछ । किनभने तपाइँसंग दृष्टिकोण, जोश र प्रोत्साहन हुन्छ, तपाइँले मानिसहरुलाई प्रेरणा दिनुसक्नुहुन्छ, यसले जे पनि गर्न सक्छ ।
दश वर्षपछि तपाइँ कहाँ हुनुहुन्छ ?
यो त राजनीतिक अवस्थामा भर पर्छ । शायद म नागरिक समाजसंग हुन्छु । वा एउटा चिन्तकहरुको समुह बनाउँछु वा ट्युनिशियाली महिदाहरुको लबी बनाउँछु । अथवा म राजनीतिमा पनि हुनसक्छु । मलाई विश्वास छ, दश वर्षमा म उपयोगी हुनचाहन्छु, चाहे राजनीतिक पार्टी, नागरिक समाजमा, ट्युनिशियामा वा ट्युनिशिया भन्दा बाहिर पनि । यो मेरो प्रतिज्ञा हो ।
स्टेफान फारिसद्वारा अन्तर्वार्ता लिइएको (सम्पादित अंश)
प्रस्तुति : राजेन मानन्धर
Published in Asmita, vol 2, 2015 01 01

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...