Wednesday, October 21, 2015

20151022 एक पहिचानविरोधीलाई भोटोजात्रा देखाउन

एक पहिचानविरोधीलाई भोटोजात्रा देखाउन

एक पहिचानविरोधीलाई भोटोजात्रा देखाउन

जनताबाट शासक भइसकेपछि जोकोहीलाई पनि पुजाउने र ढोगाउने रहर हुँदोरहेछ । जनताको सेवा गर्छु भनेर श्रीपेच पहिरने, जनताले खाएनखाएको सुर्ता गर्ने महिन्द्र मल्लजस्ता शासक अब दन्त्यकथामा मात्र पाइन्छन् । तर कोही कोहीलाई भने यो रोगले अहिले पनि बेस्मारी सताउँदो रहेछ, शासक भएको स्वरुप देखाउन नपाई तानाशाह भएको घोषणा गर्न हतार हुँदो रहेछ । यस्तै दृश्य देखियो बुङ्गमतिमा कार्तिक १ गतेको बाह्रवर्षे भोटोजात्राको तामझाममा ।
काठमाडौं उपत्यकाका नेवारहरुले १२ सय वर्षदेखि चलाउँदै आएको रातो मछिन्द्रनाथ वा करुणामय वा बुङ्ग द्यःको जात्राको अन्तिम दिन भोटो देखाइएको दृश्य हेर्न कुनै बेला राजाहरु आउने गर्थे, किनभने तिनीहरुमा ती सांस्कृतिक पर्वप्रति श्रद्धा थियो । गणतन्त्र स्थापनापछि चुनिएका राष्ट्रपतिलाई पहिले राजाहरुले जेजे गरे, त्यही त्यही गर्ने रहर चलेकोले त्यहाँ पनि आफ्नो दलबलसहित सवारी चलाए । त्यतिसम्म त पचेकै थियो तर पहिले कहिल्यै नभएको दृश्य यसपालि देखियो, जुन पचाउन गाह्रै भएको छ । यस पटक बाह्रवर्षमा एकपल्ट हुने बुङ्गमतिको भोटोजात्रामा समेत भर्खरै प्रधानमन्त्री हुन पाएका केपी ओली पनि पुगे । नपत्याउँदो किसिमले आएको पाहुना देखेर “बेगाना शादी में” भनेझैँ महसुस गर्नुपर्‍यो बुङ्गमतिका बासिन्दाले । 
करुणामयको मन्दिर डेढ महिना लडेर बस्दा त्यहाँका निमुखा जनताले ‘राज्य’ देख्न पाएका थिएनन् । जब त्यहाँका जनता आफन्तको वियोग बिर्सेर भए पनि परम्परालाई निरन्तरता दिन जमघट भए, त्यहीँ एक जना नबोलाइएका ‘पाहुना’ आए ।
नबिर्सौं, आफ्ना आराध्यदेव श्री करुणामयको मन्दिर डेढ महिना लडेर बस्दा त्यहाँका निमुखा जनताले ‘राज्य’ देख्न पाएका थिएनन् । आफ्नो पुख्र्यौली सम्पत्ति माटोमा मिसिँदा राहतको पोको लिएर राज्य त्यहाँ पुगेन । तर जब त्यहाँका जनता आफन्तको वियोग बिर्सेर भए पनि परम्परालाई निरन्तरता दिन जमघट भए, त्यहीँ एक जना नबोलाइएका ‘पाहुना’ आए । त्यसले गर्दा स्थानीय जनताको १२ वर्षमा एकपल्ट आउने धार्मिक अनुष्ठानमा बिध्नबाधा भयो । त्यो पनि त्यस्ता व्यक्ति, जसले काठमाडौंको पहिचानलाई कहिल्यै स्वीकारेनन्, नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भनेर मानेनन् । जो त्यस धर्म, जात्रा र जात्रा मनाउने समुदायको पहिचानलाई कदर गर्न कहिल्यै तयार भएनन् । उनले त्यो जात्रा नहेरीदिँदा वा अनदेखा गरीदिँदा पनि हजारौं वर्षदेखि माटोमा सुन फलाउने सुकर्म गर्दै आएका स्थानीयबासीलाई कुनै फरक पर्ने थिएन ।
oli-mchhendranath-jatra
जहाँ मानिसहरु मध्यान्हदेखि बस नपाएर काठमाडौं, कीर्तिपुर र भक्तपुरदेखि झुण्डिएरै वा हिँडेरै भए पनि बाह्रवर्षे जात्रा हेर्छु भनेर आइरहेका थिए भने त्यहीँ शासकको कित्तामा पर्ने बीसौं वटा गाडी र सयौं सुरक्षाकर्मीसहित हठात रुपमा आए । उनकै सवारीका कारण स्थानीय जनता आफ्नो बाटोमा हिँड्न पनि पाएनन् । कहाँसम्म भने बिनाकारण मानिसहरुले आफ्नो घरको कौसीमा बन्दुकधारीको पहरा खेप्नुपर्‍यो । जनता देखेर डराउने शासक जनताबीच किन मुख देखाउन आउँछन् ? उनलाई कसले हेर्न चाहेको थियो र ? के यसरी नै पुष्टि गरिन्छ लोकतन्त्रमा सरकार हुनुको औचित्य ? यसरी नै राज्यकै कारणले गर्दा त्यहाँ जात्रा हेर्न आएका हजारौं श्रद्धालुका हजारौं घण्टा बरबादमात्रै गरिन्छ ?
देशमा अनगिन्ती समस्याको समुद्र छ । चाडबाडको मुखमा मानिसहरु हाँस्न पाइरहेका छैनन् । भूकम्पमा लडेका घर त्यस्तै छन्, ग्यास र तेलको अभाव जस्ताको तस्तै छ, बजार शून्यजस्तै छ, कलकारखानाका पूर्जामा खिया लागिसके, भोलि के होला भनेर मानिसहरु भन्न सकिरहेका छैनन् । राजधानीमात्र नेपाल होइन, तराईमा दुईमहिनादेखिको आन्दोलन ज्यूँकात्यूँ छ । जर्बजस्ती बनाइएको संविधानप्रति जनताको असन्तुष्टि र वितृष्णा कुन हदसम्म बढ्दै गइरहेको भन्ने अनुमान सिंहदरबार चपाउन राजनीति गर्नेहरुलाई थाहा हुने कुरै भएन । तीन तीन जनालाई उपप्रधानमन्त्री बनाएर पनि आफूलाई प्रधानमन्त्री साबित गर्न हम्मेहम्मे परिरहेको तथ्य जनतालाई थाहा नभएको होइन । त्यस्तो बेलामा पनि सरकारप्रमुखचाहिँ आफूसँग कुनै सम्बन्ध नभएको जात्राको रमाइलो हेर्न भ्याउँछन् ।
भूकम्पमा लडेका घर त्यस्तै छन्, ग्यास र तेलको अभाव जस्ताको तस्तै छ । तराईमा दुईमहिनादेखिको आन्दोलन ज्यूँकात्यूँ छ । त्यस्तो बेलामा पनि सरकारप्रमुखचाहिँ आफूसँग कुनै सम्बन्ध नभएको जात्राको रमाइलो हेर्न भ्याउँछन् ।
अर्को, हामीले सातवर्षदेखि नेपाललाई धर्मनिरपेक्ष बनाउन चाहनुको कारण राज्य कुनै पनि समुदायको धार्मिक कार्यक्रममा संलग्न नहुनु भनेको हो । पहिले पहिले राजाहरुले आफ्ना मन इच्छाले जात्रापर्वमा खर्च गरिदिन्थे र त्यो जात्रा कसरी चल्यो भनेर हेर्न उनीहरु उपस्थित हुन्थे । जनताको स्वामित्वमा रहेका गुठी देवस्वमा समेत सरकारले रजाइँ गर्न थालेपछि अब जनतामा जहाँ पहिलेदेखि चल्दै आइरहेकै ठाउँमा पनि राजाको सट्टा ‘नयाँ राजा’ भएर आउने राष्ट्रपति पनि नआउन् भन्ने चाहना बढ्दै आइरहेको छ । यस्तो अवस्था पहिलेदेखि जानै नपर्ने ठाउँमा समेत यी चिठ्ठा परेका शासकहरु कुन हैसियतले जान्छन् ?
यदि जनताका बीचमा उभिएर हात हल्लाउने नै रहर छ भने कि त प्रत्यक्ष निर्वाचनमा जितेर प्रधानमन्त्री हुनुपर्‍यो , कि त पोलपोट वा हिटलर नै भएको घोषणा गर्नुपर्‍यो । नत्र अन्य कुनै विशुद्ध धार्मिक उद्देश्यले भेला भएका बीसौं हजार जनताबीच हिरो बन्न जान कुनै पनि शासकलाई पनि हाम्रो व्यवस्थाले छुट दिएको छैन । आफू जनप्रिय हुँ भनेर प्रमाणित गर्ने त्यस्तै सोँख छ भने रेडियो नेपालमा घोषणा गरेर कुनै दिन खुल्लामञ्चमा भाषण दिन आउन्, त्यस दिन गएर गनौंला, आजका प्रधानमन्त्रीको भाषण सुन्ने कति जना तटस्थ नागरिक नेपालमा बाँकी छन् भनेर ।
razen-manandhar-post
यसको अर्को पक्ष पनि छ । नेपालजस्तो सामन्ती व्यवस्थालाई लामो समयसम्म भोगेका हरेक देशमा जस्तोसुकै स्वाभिमानी, धर्मनिष्ठ र कर्तव्यपरायण समुदायमा पनि एक निश्चित समूह हुन्छ, जो शक्तिको पछाडि मरिहत्ते गरेर लाग्छ र शक्तिको चाकरी गरी गाउँ र टोलछिमेकमा आफ्नो पहुँच शक्तिको नजिक छ भनेर देखाउन चाहन्छ । बुङ्गमतिमा पनि त्यही भयो । ललितपुरदेखिको एउटा संस्थाका आफूलाई गन्यमान्य भनाउन चाहनेहरु प्रधानमन्त्रीलाई बुङ्गमतिमा लगेर चाकरी बजाई त्यहाँ आफ्नो हैसियत साबित गर्न खोज्नेहरुले ठूलै मिहेनत गरे ।
भन्ने बेलामा आफूलाई भूमिपुत्र भन्ने, तर भूमिको पूजा गर्न छाडी शासकहरुलाई रातो कार्पेट बिछ्याएरै शक्तिको चाकरी गरेर कतै कुनै सानोतिनो ठेक्का हात पार्न सकिन्छ कि भनेर लाग्नेहरुलाई अब जनताले चिनिसके । मानसिकता जोगमेहरको जमानाको छ, अनि सपनाचाहिँ जातीय पहिचानसहितको स्वायत्त राज्यको बेच्ने ? हामीबीच स्वाभिमान र चाकरीबीचको लडाइँ नहुँदो हो त, त्यस लडाइँमा जहिले पनि चाकरहरुले जितेको भए, जातीय पहिचानलाई कुल्चनेहरु यसरी सजिलै सत्तामा पुग्ने थिएनन् ।
यसको अर्थ सर्वप्रथम जनताले आफू सार्वभौम भएको महसुस गर्नुपर्‍यो, कसैले बिर्सेर पनि यो सत्यलाई बिर्सेको भए सम्झाई दिनुपर्‍यो । यति भएपछि संविधानभन्दा माथि बसेकालाई फाल्नेहरुले जनताको सर्वोच्चताप्रति खिसीट्युरी गर्नेहरुलाई ठेगान लगाउन कुनै आइतबार पर्खनु पर्दैन ।
http://tinyurl.com/razen20151022

No comments: