Saturday, November 13, 2021

२८ बुद्धहरुको संक्षिप्त परिचय




राजेन मानन्धर


सब्ब पापस्स अकरणं, कुसलस्स उपसम्पदा । सचित्तपरियोदपनं, एतं बुद्धान सासनं (अर्थात् सबै प्रकारको पाप कर्म नगर्ने, पुण्य कर्म संचय गर्ने, आफ्नो चित्तलाई परिशुद्ध बनाउने – यही बुद्धहरुको शिक्षा हो )। त्यस्तै अर्को एक बुद्ध वन्दना यस प्रकार छ – सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं, संघञ्च शील सम्पन्न, रत्नत्रयं नमस्तुते (सकल बुद्धलाई नमस्कार, बुद्धद्वारा अभिव्यक्त भएका धर्म ज्ञानलाई नमस्कार, शीलले सम्पन्न हुनु भएको संघलाई पनि नमस्कार। यी तीनवटा रत्नहरुलाई म सधैं शिरोपर गर्दछु।) यी दुबैमा बुद्धहरुको कुरा छ – बुद्धहरुको । यो जस्तै अन्य थुप्रै बौद्ध गाथा, व्याख्याहरुमा बुद्धहरुको प्रसंग उल्लेख छ । बौद्ध अभिलेखहरुले अथवा भनौं बौद्ध विश्वासले संसारमा एक जना मात्र हैन अनेकन् बुद्धहरुको जन्म भैसकेको, उहाँहरुको आफ्नो जीवन कालमा शिक्षा वा धर्मले मानव जीवनलाई धेरै अगाडिदेखि धन्य बनाइराखेको आदि प्रसंगहरु पाइन्छ । 


यिनै प्रसंगहरुले पनि हामीलाई बुद्ध एक जना मात्र हैन धेरै जना थिए भन्ने सम्झाइरहन्छ । थेरवाद, महायान तथा वज्रयान पछ्याउने सबैले मानिआएको एउटा सत्य यही हो कि बुद्ध एकजना मात्र हुनुहुन्न, उहाँ धेरै जना आइसक्नु भएको छ अनि नयाँ बुद्धहरु आउने क्रम रोकिने पनि छैन । बुद्ध धर्मको बारे चासो राख्ने, अध्ययन गर्ने वा धर्म अवलम्बन गर्नेहरुले उहाँ बुद्धहरुको बारे जानकारी लिइराख्नु उचित हुने देखिएकोले यहाँ उहाँहरुको बारेमा सामान्य जानकारी दिने कोशिस गरिन्छ । 


विशेष गरी काठमाडौं उपत्यकाका नेवार बौद्धहरुले दीपंकर बुद्धलाई पूजाआजा गरेर मान्छन् । ती मध्ये कतिलाई उहाँ दीपंकर कुन बुद्ध भनेको पनि थाहा नभएको हुनसक्छ । त्यसबाहेक यहाँ एक किंवदन्ती प्रख्यात छ जसमा काठमाडौं उपत्यका मानिस बस्न लायक नहुँदै एउटा दहको रुपमा हुँदा स्वयम्भूको उत्पत्ति भएको प्रसंग छ । यस अनुसार यहाँ विपश्वी बुद्धले आएर कमलको बीज रोप्नुभयो, त्यहाँबाट स्वयम्भुको उत्पत्ति भयो । त्यसपछि विभिन्न समयमा शिखि, विश्वभू क्रकुछन्द बुद्धहरु स्वयम्भुको दर्शन गर्न आउनुभयो ।


विशेष गरी सातजना बुद्धहरुको नाम यहाँ लिइन्छ — विपश्वी, शिखि, विश्वभू, क्रकुच्छन्द, कनकमुनि (कोणागमन), काश्यप तथा गौतम । ती मध्ये अर्कोतिर कपिलवस्तुको गोटिहवामा क्रकुछन्द बुद्ध तथा निग्लिहवामा कनकमुनी बुद्ध जन्म वा निर्वाण भएको भन्ने सम्राट अशोकका प्राचिन अभिलेखहरुमा उल्लेख छ । यसै आधारमा पर्यटकहरुलाई आकर्षण गर्न अरौराकोटमा कनकमुनी तथा गोटिहवामा क्रकुछन्द बुद्धको प्रतिमा हालै स्थापना गरिएका छन् । 



हामी सबैले थाहा भएको कुरा हो भगवान बुद्धको जन्म नेपालमा भएको हो । उहाँ कपिलवस्तु दरवारमा सुद्धोधन महाराजका सुपुत्रका रुपमा जन्मनुभयो, बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो, सारनाथमा प्रथम धर्मदेशना गर्नुभयो र अन्तमा कुशीनगरमा निर्वाण प्राप्त गर्नुभयो । तर हामी मध्ये धेरैलाई थाहा नभएको करा के हो भने यसबाहेक बौद्ध साहित्यले धेरै जना उहाँ बुद्धहरुभन्दा अगाडि यस पृथ्वीमा जन्म लिएर धर्म रक्षा गरेर गइसकेको उल्लेख गरेको छ । थेरवादी साहित्य अनुसार यहाँ लुम्बिनीमा सिद्धार्थ राजकुमारको जन्म हुन अगाडि २७ जना बुद्धहरु जन्मिसकेका छन् । उहाँ शाक्यमुनि २८ औं हुनुहुन्छ र उहाँ पछि एक जना बुद्ध मैत्रय वा मैत्री बुद्धको जन्म पनि हुने भन्ने प्रक्षेपण भइसकेको छ । 


त्यो भन्दा अगाडि उहाँ बुद्धहरु कहिले जन्मनुभयो भन्ने जानकारी आवश्यक हुन्छ । उहाँहरु कुन बेला जन्मनुभयो भन्ने बारे बौद्ध ग्रन्थहरुका जुन जानकारी दिइएको छ त्यो हामीले पढ्ने गरेको पृथ्वीको इतिहाससँग मेल खाँदैन । एक बुद्ध जन्मेर उहाँको जीवनकाल समाप्त भएर अर्को बुद्ध जन्मने समयकालको बिचमा यति धेरै अन्तराल देखाइएको छ कि त्यस समयलाई बैज्ञानिक ढंगले प्रमाणित गर्न सम्भव छैन । त्यसकारण बुद्धहरुको इतिहासलाई पश्चिमी वा आधुनिक खगोलीय इतिहासको परिप्रेक्ष्यमा अध्ययन गर्नु उचित पनि नहुन सक्छ । 


बौद्धहरुको साहित्य वा विश्वास अनुसार लुम्बिनीमा जन्मनुभएको शाक्यमुनि बुद्धभन्दा पहिला पनि २७ जना बुद्धहरु विभिन्न कल्प (कालखण्ड)मा जन्मनुभएको थियो र बौद्धहरु उहाँहरुले आआफ्नो समयमा जगतसंसारमा रहेका प्राणीहरुलाई सद्धर्मको शिक्षा दिएर उद्धार गर्नुभएको विश्वास गर्दछन् । थेरवादहरुले विशेष रुपमा मान्ने त्रिपिटक अन्तर्गतको सुत्तपिटकको चौधौं ग्रन्थ बुद्धवंशमा यसबारे विस्तृत जानकारी पाइन्छ, जुन इस्वीको पहिलो वा दोश्रो शताब्दीमा संकलन गरिएको मानिन्छ । यसको अंग्रेजी अनुवाद सन् १८८२मा लण्डनमा भइसकेको देखिन्छ ।


ती बुद्धहरुको संक्षिप्त परिचय यसप्रकार छ । 

१. तण्हंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

२. मेधंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

३. शरणंकर बुद्ध ः उहाँको बारेमा कतै केही उल्लेख छैन ।

४. दीपंकर बुद्ध ः उहाँ बन्धुमती नगरमा सुदेव महाराजको कुलमा उहाँकी अग्र महारानी सुमेधाको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी पद्मादेवीसँग भयो । उहाँहरुको एक जना राजकुमार उसभखण्डको जन्म भयो । उहाँले गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु समंगल स्थविर तथा तिस्स स्थविर थिए भने अग्रश्राविकाहरु भिक्षुणी नन्दाथेरी र सुनन्दथेरी थिए । उहाँका मुख्य उपासकहरु तपुस्स र भल्लुक थिए भने मुख्य उपासिकाहरु सिरीमा तथा शोणा थिए । भिक्षु सागत स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु एक लाख वर्ष थियो भनिन्छ ।


५. कौण्डण्य बुद्ध ः पाँचौं बुद्ध उहाँ रमावती देशमा सुनन्द महाराजको कुलमा उहाँकी अग्र महारानी सुजाताको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुचिदेवीसँग भयो र उहाँहरुको एक जना राजकुमार विजितसेनको पनि जन्म भयो । उहाँले रथमा चढी गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । र पछि उहाँले वैशाख पूर्णिमाको दिन बुद्धत्व प्राप्त गर्नुभयो । उहाँले सर्वप्रथम आफुसँगै गृहत्याग गर्नेहरुलाई धर्मदेशना गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भद्र स्थविर तथा सुभद्र स्थविर थिए भने अग्रश्राविकाहरु भिक्षुणी तिस्साथेरी र उपतिस्साथेरी थिए । उहाँका मुख्य उपासकहरु शोण र उपशोण थिए भने मुख्य उपासिकाहरु नन्दा र सिरीमा थिए । भिक्षु अनिरुद्ध स्थविर उहाको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा उहाँको आयु एक लाख वर्ष थियो भनिन्छ ।


६. मङ्गल बुद्ध ः उहाँ उत्तर देशमा उत्तरा महाराजको कुलमा उहाँकी अग्रमहारानी उत्तरादेवीको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी यशवतीसँग भयो र उहाँहरुको एक जना राजकुमार शीवलको जन्म भयो । उहाँले गृहत्याग गरी आठ महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुदेव तथा धम्मसेना थिए भने अग्रश्राविकाहरु भिक्षुणी सिवलाथेरी र अशोकाथेरी थिए । उहाँका मुख्य उपासकहरु नन्द र विशाख थिए भने मुख्य उपासिकाहरु अनूला र सुत्तमा थिए । भिक्षु पालित स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा उहाको आयु एक ९० हजार वर्ष थियो भनिन्छ ।


७. सुमन बुद्ध ः उहाँ मेखला देशमा सुदत्त महाराजको कुलमा महारानी सिरिमाको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी वतंसिकासँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले मंगल हात्ती चढेर गृहत्याग गरी दश महिनासम्म दुष्कर चर्या ध्यान गरेर बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु शरण तथा सावितत्थ थिए भने अग्रश्राविकाहरु भिक्षुणी शोणाथेरी र उपशोणाथेरी थिए । उहाँका मुख्य उपासकहरु वरुण र शरण थिए भने मुख्य उपासिकाहरु चला र उपचाला थिए । भिक्षु सागत स्थविर उहाँको निजी सेवक थिए । उहाँको देहको लम्बाइ ९० हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


८. रेवत बुद्ध ः आठौं बुद्ध रेवत बुद्ध सुधन्यवती देशमा विपुल महाराजको कुलमा महारानी विपुलाको कोखबाट जन्मनुभएको थियो । उमेर पुगेपछि उहाँको विवाह राजकुमारी सुदस्सनासँग भयो । उहाँहरुको एक जना राजकुमार वरुणको जन्म भयो । उहाँले घोडाले तान्ने रथ चढेर गृहत्याग गरी सात महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि उहाँले साधुदेवीले दान दिएको क्षीर भोजन गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो । उहाँले वरुणाराम बगैंचामा ऋद्धि प्रातिहार्य देखाउनु भई धर्मचक्र प्रवर्तन गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु वरुण तथा ब्रम्हादेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी भद्दाथेरी र सुभद्राथेरी थिए । भिक्षु सम्भव उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु ६० हजार वर्ष थियो भनिन्छ ।


९. सोभित बुद्ध ः नवौं बुद्ध हुनुभएका उहाँ सुधम्मा देशमा सुधम्म महाराजको कुलमा महारानी सुधम्माको कोखबाट जन्मनुभएको थियो । वैंश पुगेपछि उहाँको विवाह राजकुमारी मखिलादेवीसँग भयो । उहाँहरुको एक जना राजकुमार सिंहकुमारको जन्म भयो । उहाँले दरवार भित्रै प्रवज्या लिई सात दिनसम्म दुष्कर चर्या ध्यान गर्नुभयो । पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुन्यत तथा असम थिए भने अग्रश्राविकाहरु भिक्षुणी नकुलाथेरी र सुजातथेरी थिए । उहाँका मुख्य उपासकहरु वरुण र शरण थिए भने मुख्य उपासिकाहरु चला र उपचाला थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१०. अनोमदस्सी बुद्ध ः दशौं बुद्ध हुनुभएका उहाँ अनोमदस्सी बुद्ध चन्दवती देशमा यसवा महाराजको कुलमा महारानी यसवती÷यशोधराको कोखबाट सुनन्द नामक बगैंचामा जन्मनुभएको थियो । उहाँको जन्म भएको बेलामा सप्तरत्नको वर्षा भएको थियो । उहाँको विवाह राजकुमारी सिरिमासँग भयो जसबाट एक जना राजकुमार उपसेना÷उपवानको जन्म भयो । उहाँले खटमा चढेर गृहत्याग गरी प्रवज्या लिई गरी १० महिनासम्म दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु निसम र अनोम थिए भने अग्रश्राविकाहरु भिक्षुणी सुन्दरीथेरी र सुमनाथेरी थिए । उहाँका निजी सेवक भिक्षु वरुण थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा उहाँको आयु एक लाख वर्ष थियो भनिन्छ ।


११. पदुम बुद्ध ः एघारौं बुद्ध हुनुभएका उहाँ पदुम बुद्ध चम्पक देशमा असम महाराजको कुलमा महारानी असमाको कोखबाट जन्मनुभएको थियो । 

उहाँका अग्रश्रावकहरु भिक्षु साल तथा उपसाल थिए भने अग्रश्राविकाहरु भिक्षुणी राधा र सुराधा थिए । उहाँका मुख्य उपासकहरु भियय र असम थिए भने मुख्य उपासिकाहरु सुचिदायी र नन्दारामा थिए । भिक्षु वरुण उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाँको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१२. नारद बुद्ध ः बाह्रौं बुद्ध हुनुभएका उहाँ धन्यवती देशमा सुदेव महाराजको कुलमा महारानी अनोमादेवीको कोखबाट जन्मनुभएको थियो । 

उहाँको विवाह राजकुमारी विजितसेना सँग भयो र उहाँहरुको एक जना राजकुमार नन्दुत्तरको जन्म भयो । उहाँले हिँडेर गृहत्याग गरी प्रवज्या लिनुभयो र दुष्कर चर्या ध्यान गर्नुभयो । त्यसपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भद्दसाल तथा जितमित्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी उत्तरा र भग्गुनी थिए । उहाँका मुख्य उपासकहरु उगरिन्द र वसभ थिए भने मुख्य उपासिकाहरु इन्दावरी र वसभ थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ८८ हात तथा उहाँको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१३. पद्मुत्तर बुद्ध ः तेह्रौं बुद्ध हुनुभएका उहाँ पदमुत्तर बुद्ध हंसवती देशमा आनन्द महाराजको कुलमा महारानी सुजातादेवीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी वसुदत्ता सँग भयो । उहाँहरुको एक जना राजकुमार उत्तमको जन्म भयो । उहाँले दरवारमै बसेर अभिनिष्क्रमण गर्नुभयो । 


उहाँका अग्रश्रावकहरु भिक्षु देवल तथा सुजात थिए भने अग्रश्राविकाहरु भिक्षुणी अभिता र वसमा थिए । उहाँका मुख्य उपासकहरु विनित र तिस्स थिए भने मुख्य उपासिकाहरु हत्थदायी र विचिता थिए । भिक्षु सुमन स्थविर उहाँका निजी सेवक थिए । उहाको देहको लम्बाइ ५८ हात तथा उहाको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१४. सुमेध बुद्ध ः चौधौं बुद्ध हुनुभएका उहाँ सुदस्सन देशमा सुदत्त महाराजको कुलमा महारानी सुदत्ताको कोखबाट जन्मनुभएको थियो । 

उहाँको विवाह राजकुमारी सुमना सँग भयो । उहाँहरुको एक जना राजकुमार पुनर्वसुको जन्म भयो । चार निमित्त देखेपछि उहाँले हात्ती चढेर अभिनिष्त्रमण गर्नुभयो र प्रवज्या लिई दुष्कर चर्या ध्यान गर्नुभयो । पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु शरण तथा सब्बकाम थिए भने अग्रश्राविकाहरु भिक्षुणी रामा र सुरामा थिए । उहाँका मुख्य उपासकहरु उरुबेल र यसवा थिए भने मुख्य उपासिकाहरु यशोधरा र सिरिमा थिए । भिक्षु सागल स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१५. सुजात बुद्ध ः सुमंगल देशमा उगता महाराजको कुलमा महारानी प्रभावतीको कोखबाट जन्मनुभएको पन्ध्रौं बुद्ध सुजात बुद्ध हुनुहुन्थ्यो । 

समय आएपछि उहाँको विवाह राजकुमारी सिरिनन्दा सँग भयो । उहाँहरुको एक जना राजकुमार उपसेनको जन्म पनि भयो । उहाँले प्रवज्या लिई गरी दुष्कर चर्या ध्यान गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुदस्सन तथा सुदेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी नागा र नागसमाला थिए । उहाँका मुख्य उपासकहरु सुदत्थ र चित्त थिए भने मुख्य उपासिकाहरु सुभद्रा र पदुमा थिए । उहाँका निजी सेवक भिक्षु नारद स्थविर थिए । उहाँको देहको लम्बाइ ५० हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१६. पियदस्सी बुद्ध ः सोह्रौं बुद्ध हुनुभएका पियदस्सी बुद्ध सुधन्य देशमा सुदत्थ महाराजको कुलमा महारानी चन्दादेवीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी विमलासँग भयो । उहाँहरुको एक जना राजकुमार कन्चनवेलको जन्म भयो । उहाँले रथमा बसी अभिनिष्क्रमण गर्नुभयो । उहाँले प्रवज्या लिई गरी ६ महिनासम्म ध्यान अभ्यास गर्नुभयो र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु पालित तथा सब्बदसी थिए भने अग्रश्राविकाहरु भिक्षुणी सुजात र धम्मदिन्ना थिए । उहाँका मुख्य उपासकहरु सन्धक र धम्मक थिए भने मुख्य उपासिकाहरु विशाखा र धम्मदीना थिए । भिक्षु सोभित स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु ९० हजार वर्ष थियो भनिन्छ ।


१७. अत्थदस्सी बुद्ध ः सत्रौं बुद्ध हुनुभएका उहाँ अत्थदसी बुद्ध सोभन देशमा सागल महाराजको कुलमा महारानी सुदस्सनाको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी विशाखासँग भयो । उहाँहरुको एक जना राजकुमार सेन थियो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गरी आठ महिनासम्म ध्यान गरी बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सन्त तथा उपसन्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी धम्मा र सुधम्मा थिए । उहाँका मुख्य उपासकहरु नकुल र निसम्म थिए भने मुख्य उपासिकाहरु मनिला र सुनन्दा थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु एक लाख वर्ष थियो भन्ने गरिन्छ ।


१८. धम्मदस्सी बुद्ध ः अठारौं बुद्ध हुनुभएका उहाँ धम्मदस्सी बुद्धशरण देशमा शरण महाराजको कुलमा महारानी सुनन्दाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी विचिकोली सँग भयो । उहाँहरुको एक जना राजकुमार पुण्यवधनको जन्म भयो । उहाँले दरवारमै प्रवज्या लिई एक हप्तासम्म ध्यान गर्नुभयो र पछि बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु पदुम तथा फुस्सदेव थिए भने अग्रश्राविकाहरु भिक्षुणी खेमा र सच्चनामा थिए । उहाँका मुख्य उपासकहरु सुभद्द र कत्तिसह थिए भने मुख्य उपासिकाहरु सालिया र कलिया थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाको आयु १ लाख वर्ष थियो भनिन्छ ।


१९. सिद्धत्थ बुद्ध ः उन्नाइसौं बुद्ध हुनुभएका सिद्धत्थ बुद्ध बेभार नगरमा उदेन महाराजको कुलमा महारानी सुफस देवीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सोमनसा सँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले पालकीमा बसेर अभिनिष्क्रमण गरेर प्रवज्या लिई गरी दश महिनासम्म ध्यान गर्नुभयो । त्यसपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सम्बल तथा सुमित्त थिए भने अग्रश्राविकाहरु भिक्षुणी सिवल र सुरामा थिए । उहाँका मुख्य उपासकहरु सुपिय र समुद थिए भने मुख्य उपासिकाहरु रम्मा र सुरम्मा थिए । भिक्षु रेवत उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


२०. तिस्स बुद्ध ः बिसौं बुद्ध हुनुभएका उहाँ तिस्स बुद्ध खेमक नगरमा जनसन्ध महाराजको कुलमा महारानी पदुमाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुभद्दा सँग भयो । उहाँहरुको एक जना राजकुमार आनन्दको जन्म भयो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो । पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु ब्रम्हादेव तथा उदया थिए भने अग्रश्राविकाहरु भिक्षुणी फुस्सा र सदत्था थिए । उहाँका मुख्य उपासकहरु सम्बल र सिरिम थिए भने मुख्य उपासिकाहरु कृपागौतमी र उपसेना थिए । भिक्षु अनोम स्थविर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ६० हात तथा उहाको आयु एकलाख वर्ष थियो भनिन्छ ।


२१. फुस्स बुद्ध ः एक्काइसौं बुद्ध हुनुभएका उहाँ फुस्स बुद्ध काशी नगरमा जयसेन महाराजको कुलमा महारानी सिरिमाको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी किसागौतमी सँग भयो । उहाँहरुको एक जना राजकुमार अनुपमको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले छ महिनासम्म ध्यान गर्नुभयो । पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सुरक्षित र धम्मसेन थिए भने अग्रश्राविकाहरु भिक्षुणी चाला र उपचाला थिए । उहाँका मुख्य उपासकहरु धनन्जय र विशाखा थिए भने मुख्य उपासिकाहरु पदुमा र नागा थिए । भिक्षु सविय उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ५८ हात तथा आयु ९० हजार वर्ष थियो भनिन्छ ।


२२. विपस्सी बुद्ध ः बाइसौं बुद्ध हुनुभएका उहाँ विपस्सी बुद्ध बन्धुमती नगरमा बन्धुमा महाराजको कुलमा महारानी बन्धुमतीको कोखबाट जन्मनुभएको थियो । उहाँको विवाह राजकुमारी सुदस्सना सँग भयो । उहाँहरुबाट एक जना राजकुमार समवत्तक्खन्दको जन्म भयो । उहाँले रथमा बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो । र पछि उहाँले सम्बोधि ज्ञान लाभ गर्नुभयो । उहाँ काठमाडौ उपत्यकामा आएर कलको बीजारोपण गरेर जानुभयो भन्ने उक्ति छ ।


उहाँका अग्रश्रावकहरु भिक्षु खण्ड तथा तिस्स थिए भने अग्रश्राविकाहरु भिक्षुणी चन्दा अनि चन्दमित्ता थिए । उहाँका मुख्य उपासकहरु पुन्नवसुमित्त र नाग थिए भने मुख्य उपासिकाहरु सिरिमा र उत्तरा थिए । भिक्षु अशोक उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ८० हात तथा उहाँको आयु ८० हजार वर्ष थियो भनिन्छ ।


२३. सिखी बुद्ध ः  तेइसौं बुद्ध हुनुभएका उहाँ सिखी बुद्ध वरुणवती नगरमा वरुणवत महाराजको कुलमा महारानी प्रभावतीको कोखबाट जन्मनुभएको थियो । यौवन समय आएपछि उहाँको विवाह सर्वकामासँग भयो । उहाँहरुको एक जना राजकुमार अतुलको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले आठ महिनासम्म ध्यान गर्नुभयो र पछि बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु अभिभू र संभव थिए भने अग्रश्राविकाहरु भिक्षुणी सखिला र पदुमा थिए । उहाँका मुख्य उपासकहरु सिखिढ र चन्द थिए भने मुख्य उपासिकाहरु चित्ता र सुगत्ता थिए । भिक्षु खेमंकर उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ७० हात तथा उहाको आयु ७० हजार वर्ष थियो भनिन्छ ।


२४. बेस्सभू बुद्ध ः चौबिसौं बुद्ध हुनुभएका उहाँ बेस्सभू बुद्ध अनोमा नगरमा सुपतित महाराजको कुलमा महारानी यशवतीको कोखबाट जन्मनुभएको थियो । उहाँको रानीको नाम सुचिता थियो । उहाँहरुको एक जना राजकुमार सुप्रबुद्धको जन्म भयो । उहाँले पालकीमा बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ महिनासम्म ध्यान अभ्यास गर्नुभयो । र पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु सोण र उत्तर थिए भने अग्रश्राविकाहरु भिक्षुणी रामा र समला थिए । उहाँका मुख्य उपासकहरु सोत्थिक र रम्भ थिए भने मुख्य उपासिकाहरु गोतमी र सिसिमा थिए । भिक्षु उपसन्त उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ६० हात तथा उहाको आयु ६० हजार वर्ष थियो भनिन्छ ।


२५. ककुसन्ध बुद्ध ः पचिस्सौं बुद्ध हुनुभएका उहाँ ककुसन्ध वा क्रकुच्छन्द बुद्ध खेमावती नगरमा अगिदत्थ ब्राम्हणको कुलमा विशाखा ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । युवावस्था आएपछि उहाँको विवाह रोचिनी सँग भयो । सहितउत्तर उहाँहरुको पुत्रको नाम थियो । उहाँले रथ चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु विदुर र सजिव थिए भने अग्रश्राविकाहरु भिक्षुणी सामा र चम्पका थिए । उहाँका मुख्य उपासकहरु अच्युत र सुमन थिए भने मुख्य उपासिकाहरु सुनन्दा र नन्दा थिए । भिक्षु बुद्धिज उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ४० हात तथा उहाको आयु ४० हजार वर्ष थियो भनिन्छ ।


२६. कोणागमन बुद्ध ः छबिस्सौं बुद्ध हुनुभएका उहाँ कोणागमन वा कनकमुनि बुद्ध भोगवती नगरमा धन्यदत्त ब्राम्हणको कुलमा उत्तरा ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह रुचिगता सँग भयो । उहाँहरुको एक जना पुत्र सार्थबाहको जन्म भयो । उहाँले हात्ती चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ महिनासम्म ध्यान गर्नुभयो र पछि बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु भियस र उत्तर थिए भने अग्रश्राविकाहरु भिक्षुणी समुदा र उत्तरा थिए । उहाँका मुख्य उपासकहरु सोमदेव र उग्ग थिए भने मुख्य उपासिकाहरु सिवल र सामा थिए । भिक्षु सोत्थिज उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ ३० हात तथा आयु ३० हजार वर्ष थियो भनिन्छ ।


२७. कस्सप बुद्ध ः सत्ताइसौं बुद्ध हुनुभएका उहाँ वाराणसी नगरमा ब्रम्हदत्त ब्राम्हणको कुलमा धनवती ब्राम्हणीको कोखबाट जन्मनुभएको थियो । 

समय आएपछि उहाँको विवाह सुनन्दा सँग भयो । उहाँहरुको एक जना पुत्र विजितसेनको जन्म भयो । उहाँले दरवारमै बसेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले एकहप्तासम्म ध्यान गर्नुभयो र पछि उहाँ बुद्ध बन्नुभयो ।


उहाँका अग्रश्रावकहरु भिक्षु तिस्स तथा भारद्वाज थिए भने अग्रश्राविकाहरु भिक्षुणी अनुला तथा उरुबेला थिए । उहाँका मुख्य उपासकहरु सुमंगल र घटिकार थिए भने मुख्य उपासिकाहरु विजिसेना र भद्रा थिए । भिक्षु सब्बमित्त उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ २० हात तथा उहाको आयु २० हजार वर्ष थियो भनिन्छ ।



२८. गौतम बुद्ध ः अठाइसौं बुद्ध हुनुभएका उहाँ गौतम बुद्ध लुम्बिनी नेपालमा सुद्धोदन राजाको कुलमा महारानी मायादेवीको कोखबाट जन्मनुभएको थियो । समय आएपछि उहाँको विवाह राजकुमारी यशोधरा सँग भयो । उहाँहरुको एक जना राजकुमार राहुलको जन्म भयो । उहाँले घोडा चढेर अभिनिष्क्रमण गर्नुभयो । त्यसपछि प्रवज्या लिई गरी उहाँले ६ वर्षसम्म ध्यान गर्नुभयो । र पछि उहाँले बुद्धत्व प्राप्त गर्नुुभयो ।

उहाँका अग्रश्रावकहरु भिक्षु सारिपुत्र र मौदगल्यान थिए भने अग्रश्राविकाहरु भिक्षुणी खेमा र उप्पलवण्णा थिए । भिक्षु आनन्द उहाँका निजी सेवक थिए । उहाँको देहको लम्बाइ १८ हात तथा उहाको आयु असी वर्ष थियो भनिन्छ ।


सरसरी हेर्दा उहाँहरुको जीवनी अथवा जीवनीमा पाइने तथ्यहरुको अचम्मको एकरुपता पाइन्छ । राजकुलमा जन्म, यौवनमा विवाह, चार निमित्त, तीनवटा निवास, एक राजकुमार, अभिनिष्क्रमण, प्रवज्या, दुष्करचर्या, तपस्या, बोधिवृक्षमुनि बुद्धत्वप्राप्ति, अग्रश्रावकहरु, अग्रश्राविकाहरु, निजी सेवक इत्यादि । ऐतिहासिक प्रमाण नभेटिएसम्म यी बुद्धहरुको जानकारी अबौद्धहरुका लागि कथा काहानी जस्तो मात्र लाग्नु स्वभाविक हो । 



म्यानमार जस्ता बौद्धदेशहरुमा २८ बुद्धको प्रतीमा भएको तथा एक विशेष दिन दीपावली गरी त्यसको जात्रा गरिने भन्ने सुन्न पाएका छौं । भगवान बुद्ध जन्मेको देश भनेर विश्वका सारा बौद्धहरुको ध्यान नेपालमा केन्द्रित छ । तर दुखको कुरा, नेपालमै यी अतितका बुद्धहरुको बारेमा खासै जानकारी छैन र जानकारी लिने स्थानको पनि अभाव छ । बुद्धवंशका सानासाना एक दुइ पुस्तिकाहरु मात्र प्रकाशित छन् । यही सन्दर्भमा लुम्बिनीमा हाल बन्दै गरेको बुद्धवंशावली उद्यानमा उहाँ २८ बुद्धहरुको संक्षिप्त परिचय सहित प्रतिमाहरु राखिने जानकारी आएको छ । 


यसबाहेक महायान बुद्धधर्म अवलम्बन गर्नेहरुले ३५ जना बुद्धहरुको उपासना गर्ने गरिन्छ, जुन संस्कृत मूलको त्रीस्कन्धधर्मसुत्रको आधारमा गरिने गरिन्छ भनिएको छ । त्यतिमात्र हैन ललितविस्तका अनुसार पनि पदमोत्तर देखि कश्यप बुद्धसम्मको ५५जना बुद्धहरुको सूचि तयार गर्न सकिने पनि यहाँ उल्लेखनीय छ ।


सामान्य ढंगले हेर्दा यस अतित बुद्धहरुको प्रसंगले हामी बौद्धहरुलाई बुद्ध भन्नु कुनै व्यक्तिको नाम नभइ निश्चित तहको ज्ञान प्राप्त भएको व्यक्तिको पदवी हो भनेर बुझाउँछ । बुद्धदर्शन अनुसार संसारका सबैकुराहरु अनित्य वा नाशवान भए जस्तै बुद्ध तथा बुद्ध धर्म समेत पनि सँधै रहिरहने कुरा होइन, धर्म क्षय हुँदै समाज अधार्मिक हुनुलाई नियमितताको रुपमा स्वीकार गर्नुपर्छ भन्ने ज्ञान दिन्छ । त्यस्तै यसले भगवान बुद्ध र उहाँको धर्म नाश नै भएर गएपनि पछि फेरी कुनै उपायबाट संसारमा बुद्धधर्मको उद्भव हुन्छ अनि संसारका मानिसहरुले पुनः लाभ लिन सक्नेछन् भन्ने सन्देश पनि प्रतीकात्मक ढंगबाट दिएको प्रतीत हुन्छ ।

आनन्दभूमि सकिमना पुन्हि ११४२ । Anandabhumi Novemmber 2021


Monday, November 8, 2021

अमेरिकाय् जेन बुद्ध धर्मया लुखा चायेकूम्ह शुनर्यु सुजुकि

 

राजेन मानन्धर
विश्वयात बुद्धधर्मया सुकां चिनाः शान्तिया लँपुइ यंकाबिज्याम्ह भगवान बुद्धया जन्म नेपालय् जूगु धकाः झीसं सिउ । थुलि हे जक जक झीत थुइका च्वन । वसपोल बुद्धया शिक्षा वा ज्ञान नेपालय् गुलि ज्याख्यलय् वल, व छथाय् दु । तर थ्व खँ जक न्यनेबलय् हे झीत गर्व तायेमाः कि वसपोलया शिक्षा नेपाल व भारत जक मखु विश्व न्यंक हे धयाथें प्रख्यात जुयावनाच्वंगु दु । थथे हे वंगु निद्वःत्या दँया दुने बुद्धधर्म दुहाँ वनाः अनया समाजय् भ्यलय्पुनाः अनया विद्वान दार्शनिकतय्सं लनाः, दानाः, चुलाः थःगु कथं व्याख्या व विश्लेषण याःगु छगू थाय् जापान नं खः । 
जापानय् बुद्ध धर्म गुकथं थ्यन व पाखे मवने । थौंया यथार्थ ला छु खः ले धाःसा आः नं अन बुद्धधर्मयात अपार श्रद्धा तइपिं आपालं मनूत दु । उमिसं थःगु जीवनय् बुद्ध, धर्म व संघ सिबाय् मेपिनिगु शरण वनेगु बिचाः मयाः । उमिसं  बुद्धधर्मयात थःगु भासं थः गुरुपिन्सं कंगु बाखं, प्रवचन वा च्वयाथिकूगु सफूया आधारय् थुइका च्वन, उकिया हे आधारय् थःगु जीवनयात सफल दयेकाच्वन, मार्गफलया लँपुइ न्ह्याः वनाच्वन ।

थुकथं स्वयेबलय् जापानय् बुद्धधर्म थथे दुनेथ्यंक हा कयावनेगुया लिउने अनया विद्वान गुरुपिनिगु तःधंगु ल्हाः दु । उमिसं ईकथं पानावनाच्वंगु समाजय् अनया मनूतय्त ल्वयेक, उमिगु दैनिक जीवनलिसे स्वाक्क भगवान बुद्धया धर्मयात ब्याख्या विश्लेषण यानाः कनाबिल । मनूतय्सं उकथं हे थुइकाः बुद्धधर्मप्रति आदर गौरव तयावयाच्वन, थःत बौद्ध धायेकेगुलिइ गर्व महशुस यानाच्वन । अथे अनया जनतायात बुद्धधर्मया महत्व थुइकाः उकियात जीवनोपयोगी जुइकथं ब्याख्या यायेगुलिइ तःम्ह विद्वानपिनिगु ल्हाः दु । उकिइ मध्ये थन छम्ह शुनर्यु सुजुकीया बःचाहाकलं चर्चा यायेगु जुइ, गुम्हस्यां अमेरिका तक वनाः अनया अबौद्धतय्त तकं बुद्धधर्मया महिमा कनाः उमित बुद्धया शरणय् वनेत प्रेरणा बियावन ।

शुनर्यु सुजुकि (मे १८, १०९४ – डिसेम्बर ४, १९७१), गुम्हसिया धर्मनां शोगाकु शुनर्यु अले यक्वस्यां सुजुकि रोशी धकाः नं म्हसिउ, छम्ह सोतो जेन भिक्षु खः अले वं जीवनकाछि बुद्धधर्मया अध्ययन यानाः अमेरिकाय् थ्यंक जेन बुद्धधर्मया प्रचार यानावन । वयागु प्रमुख देन धइगु एशियां पिने दकलय् न्हापां जेन द्यःगः दयेकेगु खः, वया हे कुतलं
अमेरिकाय् तस्साजारा जेन पहाडी केन्द्र चाल । वं हे सान फ्रासिस्को जेन केन्द्र चायेकल, गुगुकि अमेरिकाया हे छगू प्रभावशाली जेन अध्ययन केन्द्र धकाः नां जाः । वयागु जेन नुगः, सयेकामिया नुगः (श्भल ःष्लम, द्यभनष्ललभचुक ःष्लम० धइगु स्यनेगु प्रवचन माला, पश्चिमी विश्वय् हे जेन बुद्धधर्म सयेकेगु तसकं नां जाःगु सफू कथं कायेगु याः ।

सुजुकीया जन्म मे १८, १९०४य् तोक्यो स्वयाः दक्षिण पश्चिमय् लागु कानागावा जिल्लाय् जूगु खः । वया बौ सोगाकु सुजुकि अनया सोतो जेन द्यःगःया मुख्य भिक्षु जुयाच्वंगु खः । वया मां योने धाःसा छम्ह पुरोहितया हे म्ह्याय् खयाःनं तसकं स्वचन्द जुइगु जुयाः वया भाःतं त्वःताछ्वःगु खः । लिपा तिनि वया मामं मेथाय् इहिपा यानाः शुनर्युया जन्म जूगु खः । वया बाल्यकाल वया मांया न्हापांम्ह भाःत पाखेंया दाजु अले निम्ह केहेँपिंलिसे बितेजुल । व लिपा थ्यंक नं ४फीट ११ इन्च जक तःधिकः, पश्चिमय् थ्व हे छगू नं वयागु विशेषता जुल ।

वया बौया शोगानजी धइगु द्यःगः तोक्यो स्वयाः करीब ५० माइल दक्षिण पश्चिमय् सागामी बे धइगु थासय् लाःगु हिरात्सुका नांगु शहरय् दु । अनं वइगु ध्यबा तसकं म्हो जुयाः वयागु परिवार सिसिककः जुयाः हे बितेजुल । व ब्वनेकुथिइ वनेधुंकाः तिनि वं थःगु परिवार तसकं गरिब धकाः वाःचाल । तसकं भावुक जूसां व छकःनिकः तसकं तंचाये यः । वया पासापिन्सं वयात सँ खानातःम्ह अले पुरोहितया काय् धकाः हिस्याइगु । अय्जुयाः व यक्व पिने म्हितःमवँसे क्लासय् हे च्वनाच्वनीगु । अले ब्वनेगुलिइ धाःसा व न्ह्याबलें न्हाप जुइगु । वया शिक्षकं वयात न्ह्याबलें तःधंम्ह मनू जुइमाः धाइगु, उकिया निंतिं वययात जिल्लां पिने वनाः हे ब्वंवनेमाः धकाः उत्साहित याइगु ।

सुजुकी सन् १९१६य् थः बौया चेला ग्योकुजुन सोओनयाथाय् तालिम कायेत वन । व अन मोरी, शिजुओका धइगु थासय् च्वंगु जोउनइन धइगु तःधंगु द्यःगलय् वंगु खः । वन वया तालिम अःपु मजू । सुथय् दनाः जाजेन अभ्यास यायेमाः, सुत्र पाठ अले अन सुचुपिनु नं यायेमाः । तर नं वं अनया तसकं अनुशासन माःम्ह गुरुयात द्यःथें मानेयानाः अध्ययन यानाच्वन । १३दँ दुबलय् वयात श्रामणेर दयेकाः वयागु नां शोगाकु शुनर्यु तयाबिल । व अनया स्कुलय् ब्वंवंबलय् नं वयात सोओनं बांलाःगु वसः छजु तकं तयामबिउ, उकिं वयात अन नं सकस्यां हिस्याइगु । तर नं वं ब्वनेगुलिइ मिहेनत यायेगु मत्वःतू । सन् १९१८य् वया गुरु याइजु धइगु थासय् च्वंगु सिन्सोइन धइगु द्यःगलय् वन अले शुनर्यु नं वलिसे वन । लिपा वयात वया गुरुं रिन्जाइ गुरुयाथाय् तालिम कायेत छ्वल । अन वं फरक कथंया जेन सयेकल । उकिइ वयात जाजेनया माध्यमं कोआनय् ध्यानकेन्द्रित यानाः सातोरीया तहतक हासिल यायेगु स्यन । 
 
सन् १९१९य् व १५दँ दयेकाः वयात मांबौयाथाय् लित छ्वल । तर व हानं रिन्सोइन व जोउनइनय् सोओनय् वनाः अध्ययन यात । वयागु अंग्रेजीइ दखल बांलाःगुलिं वयात डा. योशिकावा धइम्ह मनुखं वया मस्तय्त अंग्रेजी स्यनेत नं तल । 

सन् १९२४य् शुनर्यु तोक्योय् ब्वं वन । सन् १९२६य् वं दोजुल कातो लिसे शिजुओकाया केन्कोइन द्यःगलय् जेनया तालिम काल । अबलय् वयात १०० दँयया शिबिरया मुख्य भिक्षु दयेकाल । थबलय् हे व तोक्यय् सोतो जेनया  अध्ययन याकीगु किोमाजावा विश्वविद्यालय् प्रवेश यात ।

सन् १९२६या अगस्ट २६कुन्हु सोओनं २२दँ दुम्ह सुजुकीयात धर्महस्तान्तरण यात । उखे वया बौ नं शोगानजी द्यःगलय् सेवा निवृत जुल अले निवृत जुयाः नं सेवा यानाच्वन । छुं दँतक सुजुकीयात टिबी जुया अस्पतालय् तकं च्वनेमाल । लिपा छकः सन् १९२७य् वयात मय्जु नोना रानसोम धइगु अंग्रेजी शिक्षिका नाप लायेगु मौका चूलात । वं सुजुकीयात भाय्या बारे सहयोगी कथं ज्या याकल । लिपा वं व मय्जुयात जापानी संस्कृति व बुद्धधर्मया बारे कनेगु अवसर लुइकल । थ्व न्यनाः प्रभावित जुयाः वं सुजुकीपाखें जाजेन ध्यान तकं सयेकल । थनथाय् वं पश्चिमीतय्गु बुद्धधर्मबारे अज्ञानता चिइके फइ धइगु विश्वास लुइकल । 

सन् १९२९य् सुजुकीया गुरु सोओन जोउनइन द्यःगलं निवृत जुल अले वयात मुख्य पुरोहित नियुक्त यात । सन् १९३०य् तेनइ ज्याझ्वःयानाः वयात धर्म हस्तान्तरण यानातःगुयात स्वीकार यात । अले थुलि जुइवं सोतो नायःपिन्त शुनर्युयात पुरोहित कथं धर्मदेशनायायेगु अनुमति बिल । थ्व हे सालय् वं कोमाजावा दाइकगाकुनि विश्वविद्यालयपाखें जेन व बौद्ध दर्शनय् स्नातक जुल । थबलय् छकः वं थः गुरुयात थः अमेरिकाय् वनाः अन जेन बुद्धधर्म स्यनेगु इच्छा प्वंकूगु खः, तर गुरुयात थ्व खँ मयल ।

सन् १९३०य् स्नातक जुइधुंकाः सोओनं थः चेला शुनर्युयात फुकुइ जिल्लाय् च्वंगु एइहेइजी नांगु सोतो जेन द्यःगलय् तालिम कायेत छ्वल । व वनाः अन तानगार्यो धैगु संस्कार यानाः जेन दीक्षा काल । एइहेइजी धइगु अबलय् जापानया हे दकलय् तःधंगु मध्ये छगू जेन तालिम कायेगु थाय् खः । अनया मुख्य गुरु अबलय् गेन्पो कितानो रोशी खः । शुनर्युयात अबलय् इयान किशिजावा–रोशी धइम्ह गुरुयाथाय् सेवा यायेत छ्वयाबिल । किशिजावा धइम्ह छम्ह कडा स्वभावम्ह गुरु खः । वं शुनर्युयाके छुं विशेषता खन । 

सन् १९३१य् शुनर्युया गुरु सोओनं वयात योकोहामाया सोजिजी द्यःलगय् तालिमया लागि छ्वयाबिल । व अनया छगू मू सोतो द्यःखः खः । अन नं वं थाकूगु तानगार्यो अभ्यास यात । तसकं अनुशासनय् तयेमाःपिं गुरुपिनिगु तालिमं वयात झं झं परिपक्व दयेकल ।

सन् १९३२य् शुनर्यु छकः शोजिजी त्वःता हानं जोउइनय् वन अले थः परिवारलिसे हे च्वनाच्वन । अले हानं व किशिजावायाथाय् वन अले थाकुगु जाजेनया तालिम काल । थ्व हे इलय् वं छम्ह मिसालिसे इहिपा याःगु खः, तर व याकनं हे त्वाःदल । 

निक्वःगु विश्वयुद्ध जूवबलय् शुनर्युं युद्धविरोधी ज्याझ्वः याःगु धइगु न्यनेदु । सारा देश हे युद्धया लागि न्ह्याः वनाच्वंबलय् वयागु थज्याःगु पलाः महत्वपूर्ण खनेदु । 

अमेरिकाय् सुजुकी

इलं छकः सुजुकीयात अमेरिकाय् सालाकाल । सन् १९५९य् शुनर्यु पुरोहित जुयाः सान फ्रान्सिकोय् सोकोजी धइगु छगू जक सोतो जेन द्यःगलय् वन । अन बुद्धधर्म अले जेन तसकं लोकं ह्वाःगु विषय जुयाच्वन । अन वं बुलुहुँ अमेरिकनतय्त जेन स्यनेगु लुखा चाःगु महशुस यात । बुलुहुँ वयात नं अमेरिकी संस्कृति यः ताल ।

वं अन अमेरिकीतय्त जाजेनया अभ्यास याकल, लिसें अन जेन बुद्धधर्मया प्रचारप्रसार यायेत अनया स्थानीय साधकतय्त नेतृत्व तकं बिल । थाकुगु बुद्ध धर्म व जेन ध्यान पद्धतियात पश्चिमी संस्कृतिइ ब्वलंपिं मनूतय्त उमिसं थुइगु कथं जीवनया यथार्थयात न्ह्यब्वयाः व्यवहारिक उदाहरण बिबिउँ अःपुक्क स्यनेगु हे वयागु विशेषता जुल । 

वया विद्यार्थीपिन्सं जेन बुद्धधर्मय् उलि रुचि क्यन कि उमिसं वयागु हे ग्वाहालि कयाः लिपा सान फ्रान्सिस्को जेन केन्द्र नीस्वन । लिपा १९६६य् उमिसं तास्साजारा क्वाःगु लः वइगु बुंगाःचा न्यानकाल अले उकियात तास्साजारा जेन पहाडी केन्द्र दयेकल । अथे हे १९६९य् सान फ्रान्सिस्कोया पेज स्ट्रीटया छखा छेँ न्यानाः उकियात जेन द्यःगः दयेकल । लिपा ला वं एशिया स्वयाःपिनेया न्हापांगु बौद्ध तालिम बिइगु द्यःगलय् मुख्य पुरोहित जुइत सोकोजीया थःगु पद हे त्वःतल । अबलय् तक वं छु नं वाः चायेकल धाःसा अबलय् जापानं आप्रवासी जुयाः च्वनाच्वंपिं स्वयाः अमेरिकन विद्यार्थीत हे गंभीर जेन अभ्यास कर्ता जुयाच्वन । वं ला जापानय् जेन धर्म वथं गःथें जुयाः अन विकासया संभावना म्हो जुइधुंकल अले वं थःगु जीवन अमेरिका अथवाय् विश्वय् हे जेन धर्मयात प्रचार यायेत व अध्ययनशील विश्वयात हे जेन स्यनेत पात । थथे हे यानाः वं थःगु जीवन जेनयात विश्वय् न्यंकेत समर्पण यात । 

थौं अमेरिकी जेन बुद्धधर्मया साधक व विद्यार्थीतय्सं सुजुकीं पिनावंगु पुसायात सिचुगु किचः बिइगु सिमाया रुपय् काये खन । वयागु व ऐतिहासिक भासन वा प्रवचनत थौं नं अनया जेन साधकतय् निंतिं मार्गदर्शन जुयाच्वंगु दु । वयागु शिक्षण व नेतृत्वं यानाः आः जेन बुद्धधर्म अमेरिकाय् जक मखु सारा विश्वय् हे न्यनावनेत सफल जूगु धाःसां पाइमखु ।

सुजुकी तसकं धर्मय् मन दुम्ह अध्ययनशील खःसां, वयागु उद्देश्य विश्वय् हे जेन बुद्धधर्म न्यंकेगु खः धाःसां वं यक्व च्वयेगु धाःसा मयाः । वयागु मुख्य सफू धइगु सन् १९७०य् पिदंगु जेन नुगः, सयेकामिया नुगः (श्भल ःष्लम, द्यभनष्ललभचुक ःष्लम) खः, गुगु कि वयागु जेन प्रवचन तेइशो जक मुनातःगु खः । वयागु जीवन दतले पिदंगु वयागु सफू थ्व हे जक जुल । लिपा वयागु सानदोकिया विषयय् प्रवचनत खिउँथाय् पानावंगु खुसिबाः ( द्यचबलअजष्लन क्तचभबmक ँयिध ष्ल तजभ म्बचपलभकक) सन् १९९९य् पिदन, गुकियात मेल वेट्नसमेन व माइकल वेन्गरं सम्पादन याःगु खः । अथे हे न्ह्याबलें अथे मखु ः जेनया सही मर्मया अभ्यास नांगु सफूयात एडवार्ड एस्पी ब्राउनं सम्पादन याःगु खः । थुकिया प्रकाशन सन् २००२य् जुल । अथे हे वयागु जीवनी चाःतूगु तुसि नामं डेविड च्याडविकं च्वःगु खः, गुगु सन् १९९९य् पिदन ।

व लिपा सन् १९७१या डिसेम्बर ४य् मन्त । न्यनेदु कथं वया मृत्यु क्यान्सरं जूगु खः । 
नेपालभाषा टाइम्स ११४२ कछला

जर्मनीमा बुद्ध धर्म

  राजेन मानन्धर धर्म युरोपको मध्यदेखि पश्चिमतर्फ फैलिएको एक देश संघीय गणराज्य जर्मनी हो । युरोपमा रूस भन्दा पछि दोश्रो ठुलो देश यही हो । यो ...