राजेन मानन्धर | गुंलाथ्व द्धादशी ११४२, साउन २४ मंगलवाः
Tuesday, August 9, 2022
गुंला, सापारु व नेवाः नेतृत्वया परीक्षा (लहना)
राजेन मानन्धर | गुंलाथ्व द्धादशी ११४२, साउन २४ मंगलवाः
प्राचीन सभ्यताको नगरी काठमाडौंमा र्यापरको नाममा पार्क?
राजेन मानन्धर
इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोउल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु अनि प्रत्यक्ष भेटभाट, भासन र आकर्षक योजना भन्दा फेसबुकमा आएका चर्चाले बालेन्द्र साहलाई काठमाडौं महानगरपालिकाको मेयर बनाइदियो । पुरानाहरु असमंजमा थिए तर नयाँपुस्ताका युवाहरु एकदम अडिग थिए, विश्वस्त थिए अनि पैरवी गर्दै थिए — पार्टीका मेयरले के गर्यो त? युवालाई दिनुपर्छ, जे गर्छ बालेनले गर्छ, उसले गर्छ क्या, गर्न त देउ, अब सबै समस्या समाधान हुन्छ ।
चुनावताका उनले काठमाडौंको फोहरमैला, प्रदुषण, ट्राफिक समस्या तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई विषय बनाएका थिए । ती मुद्दाहरुमा डेग चलाउन नसकेको सबैले देखेकै छ । हुन त उ आएको कति नै भयो र? भन्नेहरु पनि छन् । हो, गर्नलाई समय दिनुपर्छ । तर पाँच वर्षको लागि जनमत पाएर आएको साहले दुइ महिनामा के कति गर्यो भनेर हेर्यो भने उसका आउँदा ४ वर्ष १० महिना कस्तो होला भनेर अनुमान लगाउन सकिन्छ । अहिलेसम्मका केही महत्वपूर्ण कुराहरुमा अलिकति ध्यान दिएर मात्र मुल मुद्दामा जानु बेश होला ।
पहिलो चरणमा उनले फोहरको समस्याको सामना गर्नुपरेको थियो, जुन केशव स्थापित तथा विद्या सुन्दर शाक्यले पनि भोगेकै थियो । यसलाई निकै सुझबुझका साथ ट्याकल गर्न आवश्यक थियो । तर उनले फिल्मी स्टाइलमा त्यहाँ गएपछि कुरा बन्नुको साटो बिग्रेको स्पष्ट बुझिन्छ । गर्न सक्नले सबैलाई चित्त बुझाएर समेटेर व्यवस्थापन गर्ने हो नसक्नेले अरुलाई दोष दिएर बस्ने हो । अहिले काठमाडौंमा फोहरमैलाको समस्या विकराल छ । कुनैपनि बेलामा महामारी फैलिने सम्भावना नकार्न सकिन्न ।
उनको अर्को घोषणा महानगरका जनप्रतिनिधिहरुसँगको मिटिङ लाइभ गर्ने भन्ने थियो । सबैको कमजोरी देखाइदिने भनेको यो योजना पनि एक दुइपल्ट लाइभ भएपछि जनताले दुधको दुध, पानीको पानी देख्न पाए । पछि लाइभ नियमित हुन छाड्यो ।
नीति तथा कार्यक्रममा आएको कम्पनी मार्फत भाडा लेनदेन गराउने कुराले सबैभन्दा पहिला महानगरबासीलाई त्रसित बनायो । महानगरले माग्न नदिने र फुुटपाथमा पसल राख्न नदिने घोषणा उत्साहवर्धक थियो । न माग्ने हट्यो, न फुटपाथमा पसल बनाउने हटे । साउन १ गतेको सडकका दृष्यहरु धमाधम देखिन थालेदेखि मच्चियो मच्चियो थच्चियो भएको अवस्था छ । फोहर धरधनीले नै कुहिने नकुहिने छुट्याउनु पर्छ नत्र गाडीले फोहर लाँदैन भन्ने मेयरको धम्की आयो । तर सडक ब्यापारीले साँझ सडक छेउ असरल्ल छोडेर गउका प्लास्टिक इत्यादि पनि घटेन । भएभरको फोहर प्लास्टिकमा पोको पारेर प्राइभेट कम्पनीको ट्रकमा हाल्ने बाहेक नागरिकहरुले अरु विकल्प पाएन । त्यही फोहर पनि उठाउन समेत नसकेपछि विना गृहकार्य गरिएको धम्कीले पनि कतै माखो मारेन । आफ्नो समर्थनमा रहेको एउटा अमुक फेसबुक पेजलाई एक करोड दिएर पब्जीगेम जस्तो इस्पोर्ट खेलाउने भन्ने समाचार लीक भएपछि साहले कानूनी उपचार खोज्न गएकोले यसबारे बोल्न उचीत भएन । उता विभिन्न पार्टीका नेताहरुसँग भेटेको फोटो सार्वजनिक गराइनु र विभिन्न पार्टीका नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरुलाई ठुलो रकम सहयोगको रुपमा छुट्याएको पनि सुन्नु पर्यो । के जनताले यस्तो स्वतन्त्र मेयर रोजेका थिए?
अब, अचानक समाचार आयो — साहले महानगरपालिकाको बजेटबाट १५ लाख खर्च गरेर र्याप गायक अनिल अधिकारी (जसलाई यमबुद्द पनि भनिन्छ)को सालिक बनाउने भयो भनेर । चुनाव प्रचार अभियानमा कतै नबोलेको विषयमा कसैलाई सल्लाह समेत नगरी यति धेरै रकम खर्च गर्ने भन्ने सुनेर अधिकांश जनता निराश भए । र्याप सुन्ने बानी भएका केही युवाहरु बाहेक अरुले यसलाई निको मानेन ।
देशभरी प्रवेशद्वार, भ्युटावर र अजिब अजिबका शालिक बनाउने होड चल्यो भनेर सामाजिक सञ्जालमा ट्रोल भइरहँदा पढेलेखेका नौजवान मेयरले लागुपदार्थको दुव्र्यसनी भइ आत्महत्या गरेका र्याप गायकलाई बजेट र व्यवस्थापनको मारमा परेको काठमाडौंमा बनाइने शालिकको पहिलो नम्बरमा पार्नुपर्ने कुनै कारण थिएन ।
पहिलो शालिक काठमाडौंको प्राथमिकता नै हैन । यहाँ २००० वर्ष पुराना कलात्मक मूर्तिहरु बिच सडकमा असरल्ल मिल्काएका छन् । जहाँ भएका धार्मिक आस्थाले भरिएका मूर्तिहरुको समेत संरक्षण भइरहेको छैन त्यहाँ शालिक किन भन्ने प्रश्न आउनु स्वभाविक हो । अब शालिक बनाउने भए काठमाडौंको दुइ सहश्राव्दी लामो सभ्यतालाई चिनाउने कुनै यस्तो व्यक्तिको निर्माण हुनुपर्ने थियो जसका अगाडि कुनै राजनीति र समुदायको विभेदबाट माथि उठेर शीर झुकाओस् । यसमा यहाँका समाज सुधारक, परिवर्तनका सन्देशबाहक वा उद्योगपति पनि हुनसक्थ्यो । त्यस्तो व्यक्ति खोज्ने र खोज्नुपर्छ भन्ने सोच समेत पनि मेयरमा देखिएन ।
कलाकारकै सालिक बनाउने भएपनि कुनै पूजनीय सर्जक खोज्न सकिन्थ्यो । आजभन्दा ७७७ वर्ष अगाडि यहाँ अरनिको जन्मेका थिए जसले चीनसम्म गएर आफ्नो कलाकारिता देखाए । यसबिच यहाँ बनाएका यति ठुल्ठुला दरवारहरु, मन्दिरहरु चैत्यहरु, हितिहरुका सर्जकमध्ये कोही पनि शालिक भएर उभिन लायक किन देखेन साहले ?
अब गीत संगीत नै रोजे रे । आजभन्दा ४६२ वर्ष पहिले जन्मेका राजा महिन्द्र मल्ले यही भूमिमा कविता लेखेका थिए । यसबिच यहाँका सर्जकहरु सयौं होइन हजारौंमा भेटिन्छन् । कोही पनि काम लागेन? गायनकै कुरा गर्दा पनि उस्ताद सेतुरामको नाम नलिन सकिन्छ, जसले ११४ वर्ष अगाडि नेपाली गीत पनि ग्रामोफोनमा बज्न लायक छ भनेर देखाए । कति जनाको नाम लिने? मेलवादेवी, कोइलीदेवी, बच्चुकैलाश, शिवशंकर, फत्तेमान वा नारायण गोपाल मध्ये कसैको त नाम सुनेको होला ? उनीहरुले नेपालको संगीतलाई कुन स्तरसम्म पुर्यायो, किन उनीहरुका गीत आज पनि कालजयी भएर रहिरहे भन्ने अन्दाज पनि छ ?
को हुन् यमबुद्द? अनिल अधिकारी नाम गरेका गायक सन् १९८७मा मोरङको सलकपुरमा जन्मेका थिए । उनी काठमाडौं आएर पढे, पछि लण्डन गए, त्यहीँ बिहे गरे । उसका मिक्सटेपहरु, केही एल्बमहरु, केही सिङ्गलहरु, केही साइफरहरु निस्केका छन् र केही गीतमा फिचर्ड आर्टिस्टका रुपमा गीतहरु गाएका छन् । लण्डनमा २०१७मा उनी आफ्नो बाथरुममा मृत भेटिए र यसलाई आत्महत्या भनियो ।
हिपहप गीत मन पराउने युवावर्गका लागि उनका गीत राम्रा होलान् । फ्यानहरुले आफुलाई मनपर्ने गायकलाई देउतै मान्ला । उनको असहज मृत्युमा उनको परिवार र फ्यानहरुप्रति समवेदना छ । तर समस्त नेपालकै सय वर्षको रिकर्डेड संगीतको मात्र कुरा गर्दा पनि उनको प्रख्यातीको सीमालाई सम्झनै पर्ने हुन्छ । कति जना ४० वर्ष काटेका, इन्टरनेट नचलाउने, रेडियो मात्र सुन्नेहरुले उनको नाम पनि सुनेको होला? उनको गीतबाट कसले राम्रो शिक्षा लिए होला, उसबाट प्रेरणा लिएर कति जनाले आफ्नो जीवनलाई सुमार्गमा लगे होला, देश विकास गर्नका लागि प्रोतसाहित भए होलान्? लागू पदार्थको दुव्र्यसनी भनेर चिनिएका अनि जीवनदेखि हार मानेर आत्महत्याको बाटो रोजेका मानिसको शालिक वा पार्क देखेर यहाँका काठमाडौंबासीले शीर झुकाउनु पर्ने ? यहाँका कला, संस्कृतिका धनी अनि मिहेनती र सकारात्मक जीवनको आदर्श बोक्ने जनता त्यो पार्कमा के भनेर विचरण गर्ने? के यी प्रश्नहरुलाई उनका फ्यानहरुले पचाउन पनि सक्ला ? एक जना नेताले आफ्नो छोराको सालिक बनाएर निर्लज्जता प्रदर्शन गरे यहाँ साहले आफ्नो साथीको शालिक बनाएर त्यही गुण देखाउन खोजे ।
फेरि यहाँ नगरबासीसँग उसको शालिक राख्ने कि नराख्ने भनेर पनि सोधिएन । कसको शालिक राख्ने र सय जनाकै राख्ने भएपनि वरियताक्रमको आधार के हो भनेर पनि खुलाइएन । मेयर र उनी एकै विधाका अनि मेयरका अग्रज वा साथी भएको कारणले मात्र हचुवा भरमा उसको नाम पारिएको भनेर बुझ्न कठिन छैन । के साह आफ्नो साथीको एउटा शालिक काठमाडौंमा ठड्याएर जाउँ भनेर मात्र मेयर भएको हो र?
अब प्रकृयामा जाऔं । पहिला दशदेखि पन्ध्र लाख रुपैंयासम्ममा उसको शालिक बनाउने कार्यक्रम भनिएको थियो । समाजमा, सामाजिक सञ्जालमा आलोचना हुनु स्वभाविक थियो । यसले साहको आँखा खोलिदिएन, बरु डिस्टर्ब नगर भन्ने खालको हुँकार भर्न लगायो । जनताले शालिक, त्यो पनि आत्महत्या गर्ने मानिसको शालिक काठमाडौंको प्राथमिकतामा पर्दैन, बनाउने भए आफ्नै पैसाले आफ्नै जमिनमा बनाएर राख भनेर सल्लाह दिए । आलोचना शान्त नभएपछि त्यसोभए म मेरै तलबको रकमबाट बनाउँछु भन्ने खालको घुर्की लायो । अब जनप्रतिनिधिहरुले तलब भत्ता लिन नपाइने निर्णय पहिल्यै भइसके भन्ने कुरा आएपछि उनी चुप लागे । त्यसपछि केही बेर सामसुम भएको आभास दियो ।
तर पछि अचानक फेरि मेयरले उनैको नाममा पार्क बनाउन “डेढ करोड” छुट्याएको भने पछि नागरिकहरु फेरि आश्यर्चमा परे । डेढ करोड रुपैंया कति जना नागरिकले के के मा कति कति कर तिरेपछि जम्मा हुन्छ भन्ने उसलाई थाहा पनि छ? १५ लाख खर्च नगर भन्ने जनताको आवाजको विरुद्ध डेढ करोड खर्च गर्न सक्छु भनेर तानाशाही पाराको जवाफ उनले दिए । महानगरपालिकाले उसको नाममा पार्क बनाउन वडा नं १६ खुसिबुँ नयाँ बजारमा रहेको जनताले छोडेको ७ रोपनी खाली जग्गामा पार्क बनाउन आर्थिक वर्ष २०७९।८०बाट सो बजेट विनियोजन गरिएको भनेर प्रवक्ताले जानकारी दिएको समाचार आइसकेपछि यसमा जनता अवाक् हुनु बाहेक केही गर्न सक्ने ठाउँ बाँकी भएन । के अब यहाँका भोट दिने, कर तिर्ने जनता कोही होइनन्? उनीहरुको काम एकपल्ट चुनाव जितेर आएका मेयरको बेढंगका चटक हेरेर मात्र बस्ने हो त?
अचम्म लाग्छ । महानगरपालिकामा यति धेरै तह तप्काका संयन्त्रहरु छन् । पाइला पाइलामा विरोध गर्न सक्ने वडाअध्यक्षहरु छन् । पार्टीगत ग्रुपिज्म र व्यक्तिगत इबीका कारण सानो भन्दा सानो कार्यक्रम पनि सितिमिति पास हुने अवस्था छैन तर यस कार्यमा भने सबै पार्टीका सबै उमेरका वडाअध्यक्ष र सदस्यहरुको मिलिभगत देखियो । अनि यसका लागि त्यत्रो लडाइ गरेर छुट्याएको खुसिबुँकै जग्गामा किन आँखा गयो भन्ने पनि प्रश्न छ । यसमा सबै वडा अध्यक्षहरु, विशेष गरी सम्बन्धित वडा अध्यक्ष र सो वडाका नारिकहरुको केही पाएरै सहमत भएको स्पष्ट देखियो । समाचारमा हामीलाई जानकारी गराएको छैन भनेर बोलेर उहाँहरुले धर पाउनुहुने छैन ।
हुन त कुल २५ अर्ब ४२ करोडको बजेटमा डेढ करोड त्यति धेरै रकम त होइन । तर यहाँ नैतिकताको कुरा आयो । जहाँ १५लाख रुपैंया खर्च गरेर शालिक बनाउँछु भन्दा जनताले विरोध गरेको र त्यही कारणले उसले आफ्नै तलबबाट बनाउँछु भनेर घुर्की लाएको थियो, त्यहीँ उनले पहिला आफैले लिन्न भनेको १५ लाखको भन्दा १० गुणा बजेट लाजै नमानी छुट्याएको देखेर नागरिकहरुले जिब्रो टोक्नै पर्ने भयो । पार्टीका नेताले भन्दा पनि घटिया काम गर्न कसरी सकेको? पार्टीका नेताहरुले पैसा अपचलन गर्यो भनेर आलोचना गर्नुपर्नेले आफैले यसरी आफ्नो व्यक्तिगत रुचीको विषयमा करदाताहरुको डेढ करोड उडाउनु भनेको कालान्तरमा आफ्नै खुट्टामा बन्चरो हान्नु भन्दा कम प्रत्युत्पादक हुने छैन ।
हामीलाई थाहा छ । बालेन कुनै पार्टीको सदस्य भएको नखुलाइएपनि उनका पछाडि समर्थकहरुको ठुलो समुह छ । यसमानेमा साह धेरै युवा नेपालीहरुको सपनाको सौदागर हो । तिनीहरु आलोचना सहन सक्दैनन् अनि काठमाडौंमा, मोफसलमा वा विदेशमैं बसेर पनि उनले जे गरेपनि नगरेपनि सामाजिक सञ्जालमा वाहवाही मात्र दिइरहन्छन् । तर यो प्रवृतिले नै एक होनहार युवा मेयरको दिनगन्तीको कारण हुँदैगइरहेको कुरा कसैबाट छिपेको छैन । गलत काम वा प्रवृतिको खबरदारी गर्ने प्रत्येक नगरबासीको जिम्मेवारी हो ।
बालेन अब कुनै गायक नायक हैन, जनप्रतिनिधि हो । यहाँको जनताले उसलाई उसको गीत मन परेर वा उसको दाह्रीमा लठ्ठिएर भोट दिएको होइन, पार्टीका नेताले मेयर जितेर आशातीत काम गर्न सकेन भनेर दिएको हो । उसले आफ्नो पुख्यौैली छ भने पुख्र्यौली जग्गामा अथवा त्यो बेचर त्यसको पैसाले काठमाडौंमा जग्गा किनेर वा यहाँको आफ्नो घरको कम्पाउण्डमा वा आफ्नो घरको कौसीमा आफुलाई मन पर्ने व्यक्तिको सालिक बनाउन पाउँछ । अथवा उसले पाउने तलब सुविधाको पैसा बचत गरेर राखेर त्यसैबाट बनाएपनि जनचासोको विषय नबन्ला । तर यहाँ पचासौं लाख नागरिकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा तिरेको करको पैसाको सदुपयोगको सवाल छ । यसलाई बालहठ, वा जिद्दीपन पा पागलपनको विषय बनाइनु भएन । यसरी कतिन्जेल काठमाडौंमा रजाइँ गर्न सकिन्छ र? उनका पर्दा पछाडिका सहयोगीहरुले पनि सोच्नुपर्ने भएको छ । स्याल शहर पसेको र कमिलाको प्वाँख उम्रेको जस्तो कुरा हो यो ।
त्यसमा पनि उनी ऐतिहासिक रुपमा जितेका स्वतन्त्र मेयर हुन् । उसको सफलता भनेको स्वतन्त्र भएर मेयरको चुनाव लड्ने सबैको सफलता हो, उसले राम्रो काम गरे भोलिका स्थानीय चुनावहरुमा सक्षम स्वतन्त्रहरुले चुनाव जित्ने संभावना बढ्छ । अनि उसले काम गर्न नसके, असफल भए वा कुनै नराम्रो काम गरे भने भोलि सक्षम स्वतन्त्र युवाहरुले चुनाव लडेर मेरो शहर म बनाउँछु भन्ने जागरुकहरुको लागि काठमाडौं महानगरपालिकाको ढोका सदाको लागि बन्द हुन्छ ।
Wednesday, July 13, 2022
रसियामा कम्युनिष्टहरुको दमनबाट उठेको बुद्ध धर्म
राजेन मानन्धर
आजभोलि रसिया र युक्रेनको युद्धले सारा विश्व आक्रान्त बनेको छ । मानिसहरु दिनहुँ यो युद्ध नहोस् भनेर प्रार्थना गरिरहेका थिए तर युद्ध भएरै छोड्यो । अहिले युद्ध भएको महिनौं भइसक्यो । हजारौंको धनजनको क्षति भइसक्यो तर पनि युद्ध भने जारी नै छ । शान्तिका लागि भनेर खोलिएका त्यस्ता शक्तिशाली अन्तर्राष्ट्रिय संस्थाहरु मुक दर्शक भएर बसिरहेका छन् ।
सन् २०२२को फेब्रुवरी २४का दिन रसियाले युक्रेनमाथि हमला गरेर २०१४देखि उत्कर्षमा पुगेको रसिया तथा युक्रेनबिचको वैरभाव दुनियासामु छर्लङ्ग पारे । गएको चार महिनमामा कसले कहाँ कति क्षति व्यहोर्यो भन्ने लेखाजोखा गर्न सजिलो छैन । यस युद्धले गर्दा ८० लाख भन्दा बढी युक्रेनी जनता देश छोडेर अन्यत्र शरण लिन गइरहेको छ । यसले विश्वभरी भोकमरी ल्याउने खतरा छ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले नेपालीहरुलाई समेत प्रभाव पार्न थालेको अनुभव यहाँ भइरहेको छ ।
भगवान बुद्धले २५ सय वर्ष पहिले दिनुभएको शिक्षाको एक प्रमुख अंश शान्ति हो भनेर सारा विश्वले मान्दै आएको छ । उहाँ विश्वको शान्तिको लागि आउनुभएको भनेर हामी गाउँदै छौं । यदि उहाँको शिक्षालाई विश्वका सारा जनताले शिरोपर गरेको भए विश्वमा युद्ध भनेकै हेर्न नपर्ने हो कि भन्ने कुरा सबैको मनमा आउनु स्वभाविक हो । हामी यहाँ बसेर कहिले काहीँ सोच्छौं होला कि रसिया र युक्रेनमा बुद्धधर्म पुगेन होला र भनेर । संजोगको कुरा हुनुपर्छ कि दुबै देशमा बुद्धधर्म निकै पहिलेदेखि नै प्रचार भइसकेको थियो । अहिले त्यहाँ दशलाख भन्दा बढी बौद्धहरुले बुद्धशिक्षाको अध्ययन र अभ्यास गरेर बौद्ध जीवन बाँचिरहेका छन् । यस लेखमा रसिया (Russian Federation)मा बुद्धधर्मको इतिहास र वर्तमानको बारेमा संक्षेपमा जानकारी दिने प्रयास गरिने छ ।
रसियामा बुद्धधर्मको प्रवेश
यहाँ रसिया र सोभियत संघको बारेमा केही कुरा खुलाउन जरुरी देखिन्छ । अहिलेको रसिया कुनैबेलाको सोभियत संघको (Union of Soviet Socialist Republics /USSR) एक हिस्सा थियो । समाजवादी गणराज्यहरुको सोभियत संघ भन्नाले लगभग सन् १९२२ देखि सन् १९९१सम्म संगठित भइरहेको युरोप–एशियाको एक विशाल देश बुझिन्छ । यो भनेको २२,४०२,२०० वर्ग किलोमिटर भूभाग ओगटेका १५वटा गणराज्यहरुको एक संघ थियो ।
विश्वकै सबैभन्दा ठुलो भनेर चिनिने सोभियत संघको धेरै भूभाग एशियामा छ र यो चीन, मंगोलिया, कोरिया र जापान जस्ता बौद्ध देशहरुसँग भौगोलिक रुपमा समेत नजिक छ । यस हिसाबले पनि रसियामा बुद्धधर्मले प्रभाव पार्नु आश्चर्यको कुरा भएन ।
भिक्षु सुदर्शनका अनुसार यहाँ बुद्धधर्मको प्रचार ईशाको पहिलो शताब्दीमै भएको थियो । यही समयमा मध्य एसियामा ब्यापक रुपबाट बुद्धधर्म र दर्शनको प्रचार भैरहेको थियो । त्यस बेलाको प्रख्यात रेशम महापथ वा सिल्करोड मध्य एसिया भएर गएको थियो र बास्तममा यही बाटो चीन पश्चिम एशिया बिचको ब्यापारको मार्ग थियो । मध्य एशियामा अशोककाल पछि फैलिएको बुद्धधर्मको आधारमा पनि ककेशस वरिपरी बुद्धधर्मले प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
कुनै बेला तुर्कमेनिस्तान एक बुद्धधर्मको ब्यापकता भएको देश थियो । अफगानिस्तानसँग सीमा जोडिएको यो देश कुनै बेला मध्य एशियाकै एक महत्वपूर्ण बौद्ध केन्द्र थियो । यहाँ चौथो शताब्दीमा ससानियनहरुले कुशान साम्राज्यमा अधिपत्य बढाएपछि पहिलो बौद्ध समुदाय बस्न आएको भनिन्छ । यहाँको प्रभाव पनि बर्तमान रसियामा परेको हुनसक्छ ।
आधुनिक रसियामा बुद्धधर्मको इतिहास हेर्दा प्रमाणिक रुपमा ८औं शताब्दीमा साइबेरियामा प्रवेश भएको देखिन्छ । यस भूमिमा प्राचीन बौद्ध सभ्यता कहाँ कसरी नाश भयो भन्ने विषयमा इतिहास मौन देखिन्छ । धेरै तहका राजनीतिक परिवर्तनहरुले र यस क्षेत्रमा पटक पटक भएको मुस्लिम आक्रमणमा अफगानिस्तानको बौद्ध सभ्यता नाश भएजस्तै यहाँको हुर्कदै गरेको सभ्यताले पनि यसै आक्रमणको शिकार हुन परेको सम्भवना देखिन्छ ।
त्यसपछि १७औ शताब्दीमा मात्र यहाँ बौद्धहरुको इतिहास खुल्छ । रसियन पुरातत्वविद मार्गरिता भोरोब्योभा देस्यातोभ्स्क्याले भनेका छन् कि यस क्षेत्रमा बुद्धधर्मले ८औ शताब्दीको अन्तमा मुस्लिम आक्रमणको समयमा मात्र महत्वपूर्ण भूमिका खेल्न बन्द भयो । सेमिरेच्या जस्ता मध्य एसियाका उत्तरी भेगमा बुद्ध धर्म १०औ शताब्दीसम्म चलिरहेको थियो ।
अहिलेको प्रमाणिक इतिहासले भन्छ — रसियामा बुद्धधर्म १७औ शताब्दीको शुरुदेखि फैलिन थाल्यो । यो प्रवाह क्याल्मीक आदिबासीहरुले रसियन नागरिकता लिन थालेदेखि शुरु भएको देखिन्छ । यसबाहेक मंगोलिया नजिक रहेको बुर्यात्या पनि एक प्रमुख बौद्ध केन्द्र थियो । त्यहाँ पनि मंगोलियाको मार्ग भएर रसियामा बुद्धधर्मले प्रवेश पायो ।
एकातिर यति विशाल देशको सांस्कृतिक विविधताको समायोजन गर्न रसियन सरकारलाई कठिन थियो भने बौद्धहरु पनि आपसमा छरिएको, विविध सम्प्रदायमा बाँडिएको अनि आपसमा केही विभाजित समेत रहेको अवस्थामा त्यहाँको सरकारले केही प्रमुख व्यक्तिहरुलाई संयोजकको जिम्मा दिएर एउटा संघको रुपमा सबै बौद्धहरुलाई समेट्न खोज्नु व्यवहारिक पनि थियो । यसबाहेक बुर्यातियाको सीमा चीनसँग जोडिएकोले त्यहाँबाट हुनसक्ने चीन र बुर्यातहरुको सम्बन्धमा निगरानी राख्न पनि जरुरी थियो ।
धेरै पहिलेदेखि नै रसियामा बौद्धहरुले राज्यबाट तिरस्कार भोग्नुपरेको थियो । त्यो बेलामा रसियामा क्रिश्चियन मिसनरीहरुको बिगबिगी थियो र उनीहरुले बौद्धहरुलाई अन्धविश्वासी, बोक्सी विद्या वा रुढीबादी भएको आरोप लगाउँथे । विश्वमा क्रिश्चियन धर्मको प्रचार बढिरहेको अवस्थामा रसियाको बुद्धधर्मले पनि यस अवस्था र खतराको सामना गर्नुपरेको थियो । त्यसबेला काल्मीकिया, प्रिबैकाल र ट्रान्सबैकालियाले बुद्धधर्मको सम्बन्धमा छुट्टा छुट्टै नियम बनाएको थियो । किन भने बौद्धहरुमाथि अन्याय र उनीहरुको विद्रोहले सीमामा विवाद बल्झिने डर थियो । त्यसैले रसियन रुढीबादी चर्च मिसनरीहरुको रुचीभन्दा बाहिर गएर पनि त्यसबेला राज्यले बौद्धसंघहरुलाई समर्थन गरिरहेको हुन्थ्यो । यसै अवस्थामा रसियन साम्राज्यमा बौद्धहरुको क्रियाकलापलाई नियमन गर्न सन् १८५३मा लामा कानून ल्याइएको थियो ।
जार साम्राज्यमा बुद्धधर्ममा निषेधसम्म भने थिएन । मानिसहरुलाई इच्छा अनुसार धर्म मान्ने छुट थियो । सन् १९०९मा तिब्बती लामा लोब्सान दोर्जिएभले सम्राट जार निकोलास द्वितीयबाट सेन्ट पिटर्सबर्गमा बौद्ध मन्दिर बनाउने अनुमति पायो र सम्राज्यको राजधानीमा विभिन्न ठाउँबाट आएर बसेका बौद्धहरुका लागि केन्द्रको निर्माण गर्यो । सन् १९१३मा निर्माण सम्पन्न भएको यो मन्दिर अहिले क्याल्मीकिया भन्दा बाहिर युरोपकै सबैभन्दा पुरानो बौद्ध मन्दिर भएर रहेको छ ।
१९औ तथा २०औ शताब्दीमा रसियनहरुले बुद्धधर्ममाथि वैज्ञानिक अनुसन्धान थाले । हुन त यसबेलासम्म युरोपमा बुद्धधर्मको अध्ययन अनुसन्धान तथा प्रचार हुन थालेको थियो तर रसियाका विद्वानहरु यसलाई सकारात्मक रुपमा स्वीकार गर्न तयार थिएनन् । राजनीतिमा जे जस्तो भएपनि त्यहाँका राजनीतिक विचारकहरु र साहित्यकारहरुमा भने बुद्धधर्मले राम्रो प्रभाव पारेको थियो । उनीहरुको लेखनमा बुद्धधर्मको प्रभाव झल्किन्थ्यो । त्यस्ता लेखकहरुमध्ये लिओ तोल्स्टाय, भ्लादिमिर सोलोभिएभ, निकोलाइ बेर्देयाएभ, निकोलाइ लोस्की आदि थिए ।
सन् १९१५मा सेन्ट पिटर्सबर्गमा बौद्ध गुम्बा बनेपछि रसियामा बुद्धधर्मको प्रचारमा नयाँ आयाम थप्यो । यसको निर्माणमा यहाँका पहिलो प्रमुख बुर्यात अज्ञान दोर्झिएभको विशेष पहल थियो । उनले संघको आधुनिकीकरणका लागि पनि पैरवी गरे । तर १९१७को क्रान्ति पछि भने बौद्धहरुले आफ्नो धर्म रक्षाको लागि माक्र्सवाद र प्रारम्भिक बुद्धधर्मको बिचमा रेखा कोर्नु पर्यो ।
एक अध्ययन अनुसार रसियन क्रान्ति हुनु अगाडि सन् १९१६मा बुर्यातियामा ३४ गुम्बाहरु र १५,००० लामाहरु थिए । क्याल्मीकियामा ७० गुम्बाहरु र १६०० लामाहरु थिए । त्यस्तै तुभिनियामा २२ गुम्बा र २,००० लामाहरु थिए ।
कम्युनिष्ट रसियामा बुद्धधर्मको बिजोग
जहाँ पनि राजनीतिक परिवर्तन महत्वपूर्ण कुरा हुन्छ । १९०५मा रसियामा क्रान्ति शुरुभयो । १९१७मा पुनः आन्दोलन भयो र जार शासनको अन्त्य भई बोल्शेभिक पार्टीले खोजेको जस्तो सोभियत संघ बन्यो । मार्क्सले कल्पना गरेको देशमा धर्मको कुनै स्थान भएन । यसरी हेर्दा रसियन साम्राज्यको पतन र साम्यवादको उदय बुद्धधर्मको लागि एउटा भयानक दुर्घटना नै साबित भयो ।
राजनीतिक परिवर्तनले गर्दा जनताले सुख अथवा दुःख पाउँछ । रसियामा पनि कम्युष्टि शासनमा यहाँका बौद्धहरुले निकै ठुलो यातना भोग्नुपरेको थियो । यहाँ नेर बुद्धधर्म अपनाएकै कारणले सोभियत सरकारले आफ्ना नागरिकहरुलाई कति दुःख दियो भन्ने कुरा खोतल्नु प्रासंगिक हुन्छ ।
सन् १९२०मा जोसेफ स्तालिन सोभियत संघको कम्युष्टि पार्टीको महासचिव भए । यसै बेलामा १९२१ र १९२२मा अशान्ति र खडेरी (कतिले यस्ता खडेरीहरु राज्यसत्ताको जनतालाई दुख दिने चाल मात्र हो भनेका छन् )का कारण ५०औ लाख जनता मरे वा मारिए । १९२४मा लेनिनको मृत्यु भएर स्तालिन शक्तिमा आए र उनले अरु धर्मावलम्बी लगायत बौद्धहरुमाथिको दमन झन तिव्र पारे ।
सोभियत संघले बुद्धधर्म तथा अन्य धर्मलाई शत्रु सरह व्यवहार गरे । त्यसबेला बौद्धहरुले अन्य धर्म समुदायहरु भन्दा बढी अत्याचार सहनु पर्यो । सन् १९२९मा कम्युनिष्ट सरकारले बौद्ध गुम्बाहरु बन्द गरे भने लामा भिक्षुहरुलाई देश पक्राउ गरे अनि देश निकाला गरे । उनीहरुमाथि जापानी जासूस तथा जनताका शत्रु भन्ने आरोप लगाइयो । सन् १९१७सम्म रसियन साम्राज्य भित्र १७५वटा बौद्ध गुम्बाहरु दर्ता गरिएका थिए, ती सबै १९४० भित्र भत्काइए ।
हुन त कम्युनिष्ट सरकारले शुरुमा बौद्धहरुलाई निशाना बनाएन । सरकारले पहिला बौद्ध क्याल्मीकहरु, बुर्यातहरु र तुभानहरुलाई जारले शोषण गरेको र कम्युनिष्टहरुले उनीलाई मुक्ति दिएको जस्तो विश्वास दिलाए । यसो गर्नुको कारण कम्युनिष्टहरु दलाइ लामा र एसियाका बौद्ध देशहरुमा बढिरहेको कम्युनिष्टहरुको साथ लिन चाहन्थे । जब उनीहरुले यो सम्भव देखेन, अनि बौद्धहरुमाथि दमन शुरु गरे ।
बौद्ध साँस्कृतिक सम्पदाको नाश
रसियामा १९२८बाट धर्मविरुद्धको राज्यको अभियान चल्यो । यसै बर्षदेखि जनताले बनाएका गुम्बाहरुका भारी कर लगाइदियो । १९२९मा थुप्रै गुम्बाहरु बन्द नै गरिदियो । बौद्ध मन्दिरहरु र गुम्बाहरुमा सरकारले कब्जा गरे र नष्ट गरे । त्यहाँका काठका छाप्ने ब्लकहरु सडकमा फालिए, हस्तलिखित ग्रन्थहरु चुरोट बनाएर सल्काए वा टिस्युपेपर बनाइए वा चुलोमा हालिए, थाङ्काहरु जुत्ता पुछ्न प्रयोग गरे । कयौं गुम्बा, मन्दिर जस्ता धार्मिक भवनहरु भत्काइए । यसरी उनीहरुले बौद्ध आस्थाका केन्द्र, बौद्ध परम्परा र बौद्ध समाजलाई निमिट्यान्न पारे । १९३१–३२मा माथिल्ला तहका गुरुहरुलाई यातना दिइयो र १९३५–३६मा मध्य तहका गुरुहरुलाई पक्राउ गरे ।
तर पनि १९३०–४० सम्ममा राज्यको धर्म विरोधी प्रोपोगाण्डा असफल भयो र क्याल्मीया र बुर्यातिया (पछि तुभा पनि) जस्ता बौद्ध क्षेत्रमा उनीहरुको पकड कमजोर हुँदैगयो ।
सन् १९३४मा त्यहाँका एक गुरु दोर्जिएभलाई लेनिनग्राडमा निर्वासनमा पठायो । र पछि १९३७मा उनलाई गिरफ्तार गरियो । पछि सम्भवतः यातनाको कारणले होला १९३८मा जेलमै उनको मृत्यु भयो । सोभियतकालमा रसिया भरी यस्ता धेरै बौद्ध गुरुहरुको नाम भेटिन्छन् जसले धेरै यातना भोगे र जसको मृत्यु शंकास्पद ढंगले भयो ।
तर पनि रसियाका बौद्धहरु धर्म त्याग्न तयार भएनन् । १९३७को जनगणनाले देखायो कि एक चौथाइ जनसंख्या अझै धार्मिक नै थिए । अनि धर्मको नामनिशान मेटाउन कम्युनिष्ट सरकारले बौद्धहरुमाझ त्रास फैलाउन थाले । उनीहरुलाई जापानका लागि जासुसी गरेको र सोभियत संघ विरुद्ध राजद्रोह गरेको इत्यादि आरोप लगाए । सन् १९३७मा लामाहरुमाथि तोडफोड र पुलहरुमा विष्फोट गर्ने योजना बनाएको समेत आरोप लगाए ।
त्यसबेला यहाँका बौद्ध संस्थाहरुले राजनीतिक निषेध सामना गर्नु परेको त छँदैछ, यसका साथै परम्परागत क्रिश्चियन तथा इस्लाम धर्मको प्रसारको कारण पनि थुप्रै समस्या भोग्नुपरेको थियो । यसप्रकार विभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक प्रतिकुल अवस्थाका बिच रसियामा बुद्धधर्म बाँचिराख्यो ।
दोश्रो विश्वयुद्ध पछि वा १९४५ पछि भने स्तालिन सरकार बौद्धहरुप्रति अलिकति नरम भएको देखिन्छ । बाहिरी दुनियामा सोभियत संघमा धार्मिक स्वतन्त्रता छ भनेर देखाउनकै लागि इभोलनिन्स्की तथा अगिन्स्की गुम्बाहरु खोलिए अनि सरकारले त्यहाँका हरेक क्रियाकलापमा निगरानी राखे । तर पनि अरु धर्म जस्तै बुद्धधर्म कम्युनिष्ट सरकारको नजरमा थियो र १९८८मा सुधार कार्यक्रम नआएसम्म त्यस्तै थियो ।
सोभियत कालमा रसियामा कति बौद्ध लामाभिक्षुहरु थिए भन्ने विषयमा विभिन्न ठाउँमा फरक फरक जानकारी पाइन्छ । राज्य समर्थकहरुले त्यो बढाइचढाइ गरेर तथ्यांक दिन्छ जुन सर्वसाधारणका लागि पाच्य हुँदेन ।
बिदिया दानदारोन एक जना बौद्ध विचारक थिए । उनले त्यहाँ तन्त्रयानलाई पुनर्जीवित गर्ने कोशिस गरे । उनले बुद्धशिक्षा र पश्चिमी दर्शन तथा बैज्ञानिक सिद्धान्तहरु मिलाएर नवबुद्धवादको विकास गरे । तर उनलाई धार्मिक समुदाय बनाउन लागेको आरोपमा कैद गरियो उनको मृत्यु जेलमा नै भयो । यद्यपि उनका शिष्यहरुले १९९०को दशकमा रसियाली बुद्धधर्मको विकासमा योगदान दिए ।
कम्युनिष्ट शासनमा रसियाका बौद्धहरुले कति कस्तो यातना भोग्नुपर्यो भन्ने लेखाजोखा समेत गर्न मुश्किल छ । यति सम्म भन्ने गरिन्छ कि दशौंलाख रसियनहरु मध्ये हजारौं लामाभिक्षुहरुले मृत्युदण्ड पाए । सन् १९६० तिर त्यहाँका गुरु बिदिया दान्दारोनले भनेका थिए कि “रसियामा बौद्ध भएर जन्मनु उपयोगी छ”, यसको अर्थ सोभियत दमनले बौद्धहरुमा आफ्नो विश्वास सफा गर्न, वृद्धि गर्न र धैर्यको परीक्षा लिने अवसर दिन्छ भन्ने थियो ।

हुन त कम्युनिष्टहरुको शासन भएको जुनै देशमा पनि नेताहरुले आफ्नो सत्ता जोगाउन कति मान्छे मारे भन्ने तथ्यांक पाउन गाह्रो नै हुन्छ । तैपनि रसियामा मोटामोटी भन्नुपर्दा १९१७ देखि १९८७सम्ममा ६करोड १० लाख मानिस मारिए भन्ने अनुमान गरिएको छ । अब त्यसमा कति बौद्धहरु परे होलान् भनेर भने हिसाब गर्न सम्भव नहोला ।
करिब १० वर्ष अगाडि लस एन्जेल्स टाइम्सले एउटा समाचार प्रकाशन गरेको थियो जसअनुसार स्तालिनले दशौं हजार बौद्ध भिक्षु मारेको देखिन्छ । उक्त समाचारले कम्युनिष्टहरुले ७०० गुम्बाहरु भत्काएको र १७ हजार बौद्ध भिक्षुहरु मारेको दाबी पनि गरेको छ । उनीहरुको तथाकथित वैज्ञानिक नास्तिकवादले सबैभन्दा बढी क्षति बुद्धधर्मलाई नै भएको थियो ।
वर्तमानमा रसियामा बुद्धधर्म तीनवटा प्रदेशमा मुख्यतः प्रख्यात छन् । ती तीनैवटा प्रदेशको आआफ्नै बुद्ध धर्मको इतिहास छ । यसलाई यहाँ छुट्टाछुट्टै संक्ष्ोपमा वर्णन गर्ने प्रयास गरिने छ ।
बुर्यातियामा बुद्ध धर्म
बुर्यातिया भनेको रसियाको दक्षिण र मंगोलियाको उत्तरमा परेको एउटा प्रान्त हो । ऐतिहासिक प्रमाणका आधारमा भन्नुपर्दा यहाँका प्राटो मंगोल मानिसहरु ईशापूर्व दोश्रो शताब्दी देखि बौद्धहरुको सम्पर्कमा थिए । १७औ शताब्दीको शुरुवातमा यहाँ मंगोलियाको बाटो भएर तिब्बती बुद्धधर्मले प्रवेश गरे । यो पहिला बैकाल तालको पूर्व क्षेत्रमा पुग्यो । यसका लागि पहिला खाल्खा मंगोलिया क्षेत्रबाट गएका मानिसहरुकहाँ पुग्यो । पहिले झाँक्री वा प्रकृति पुजक रहेका यहाँका बुर्यातहरुले १७औं शताब्दीदेखि बुद्धधर्म अँगाले । १८औ शताब्दीसम्म पुग्दा यो यहाँ फैलिसक्यो ।
१७४१मा साम्राज्ञी येलिजाभेत पेत्रोभ्नाले यहाँ बौद्ध लामा धर्मको कानुन पास गरिन् । उनले ११ अध्ययन केन्द्रहरु (दात्सान) र १५०लामाहरुलाई कानूनी मान्यता दिइन् । साथै बुद्धधर्मलाई रसियन साम्राज्यको आधिकारिक धर्मको रुपमा स्वीकार गरिन् (सन् १९९१मा बुर्यातियाका बौद्धहरुले यसको २५० वार्षिकोत्सव मनाएको पनि यहाँ प्रासंगिक हुन आउँछ) ।
१९औं शताब्दीको अन्तसम्म बहुसंख्यक बुर्यातहरुले बुद्धधर्म अँगाले । तर २०औ शताब्दीको राजनीतिक परिवर्तनले यहाँको धार्मिक वातावरण तहसनहस पार्यो । बुर्यातियाको लागि भने यो बौद्ध संस्कृतिको विनाश नै थियो । सन् १९२५को एउटा कानुनले धार्मिक शिक्षामा बन्देज लगायो । त्यसपछि यहाँका ४७ बौद्ध अध्ययन केन्द्रहरु (दात्सान) र गुम्बाहरु (दुगान) बन्द भए । सयौं वर्ष लगाएर तयार पारिएका आध्यात्मिक मूल्य मान्यताहरु धराशायी भए । यहाँका लामाहरुलाई जेल हालियो वा देश निकाला गरियो, श्रम शिविरमा पठाइयो, अझ सयौंलाई त गोली हानेर मारियो ।
कम्युनिष्ट सत्ता ढलेपछि आएको स्वतन्त्रतामा बौद्धहरु खुलेर धर्म अभ्यास गर्न पाएका छन् । सन् २०१६को तथ्यांक अनुसार यहाँका १९.८ प्रतिशत जनता अहिले बौद्ध छन् ।
क्याल्मीकियामा बुद्ध धर्म
दक्षिण पश्चिम रसियामा यूरोपभित्र, क्यास्पियन सागर तथा ककेसस पर्वतको नजिक भोल्गा नदी छेउमा काल्मीकिया अवस्थित छ । सजिलोसँग भन्नुपर्दा क्याल्मीकहरु ती युरोपियनहरु हुन् जसको राष्ट्रिय धर्म भनेको बुद्धधर्म हो ।
क्याल्मीकहरु पहिला पश्चिम मंगोलियाका ओइरातहरु थिए, उनीहरु माझ बुद्धधर्म १३औं शताब्दीमा फैलियोे । उनीहरु पश्चिम मंगोलियाबाट १७औ शताब्दीमा बसाइ सर्दै त्यहाँ पुगेका थिए । क्याल्मीकहरुले नै मध्य यूरोपमा सबैभन्दा पहिला बौद्ध गुम्बाको निर्माण गरे र त्यहाँ बुद्ध धर्मको प्रचार गरे । उनीहरुले सर्बियाको राजधानी बेलग्रेडमा १९२९मा गुम्बा बनाएका थिए ।
सोभियत सरकार क्याल्मीकियामा धेरै बौद्ध भएकोले पहिल्यैदेखि यस क्षेत्रका जनताप्रति नकारात्मक थियो । १९२१मा क्याल्मीकियामा खडेरी हुँदा करिब ७० हजार क्याल्मीकहरु मरे । यसको फलस्वरुप उनीहरुले विद्रोह गरे र यसको सजाय स्वरुप उनीहरुलाई साइबेरियामा श्रमशिविरमा कष्टकर जीवन बिताउन पठाइयो ।
सन् १९३०को दशकमा क्याल्मीक बौद्धहरुका विरुद्ध सोभियत सरकारले धर्मविरोधी अभियान चलायो ।
क्याल्मीक निर्वासन
स्तालिनले धेरै पटक आफुलाई मन नपर्ने अल्पसंख्यक जातीलाई दुर्गम स्थानमा निर्वासनमा पठाएको इतिहास छ । सन् १९४३मा सोभियत सरकारले करीब ९३,००० क्याल्मीकहरुलाई जबर्जस्ती साइबेरियामा कठोर जीवन बाँच्नको लागि पठायो । क्याल्मीकहरुलाई नै निशाना बनाइनुको कारण उनीहरुमाथि जर्मन नाजीहरुसँग मिलेको आरोप थियो यसको अर्को कारण भने उनीहरु बौद्ध हुनु पनि थियो । ती मध्ये त्यहाँको कठोर जीवन सहँदा सहँदै करिब ४० प्रतिशत जनता त त्यहीँ मरे र १९५७मा मात्र बाँचेकाहरु फर्कन पाए ।
यसको सकारात्मक पक्ष पनि छ । दोश्रो विश्वयुद्ध ताका पश्चिम जर्मनीमा बसोबास गरिरहेका करिब ५०० क्याल्मीकहरुलाई उनीहरुको दुःख देखेर अमेरिकामा शरण दिइयो । त्यहाँ गएर उनीहरुले बुद्धधर्मको प्रचार गर्ने अवसर पाए ।
सोभियत सत्ता ढलेपछि क्याल्मीकियामा अहिले अलिकति धार्मिक स्वतन्त्रता छ । सन् १९९२मा त्यहाँका तेलो टुल्कु रिम्पोछे क्याल्मीक संघको प्रमुख बने । उनी बुद्धधर्म अध्ययन गर्न भारत पनि पुगे र उनलाई योगी तिलोपाको अवातार भनेर मानियो । २०१४ देखि उनलाई रसिया तथा मंगोलियाकै लागि दलाइ लामाका मानार्थ प्रतिनिधिको रुपमा राखिएको छ । अहिले उनैको प्रयासमा त्यहाँ क्याल्मीकियाको एलिस्तामा शाक्यमूनि बुद्धको मन्दिर बनेको छ जसलाई रसिया तथा युरोपकै सबैभन्दा ठुलो बुद्ध मन्दिर भनिन्छ । अहिले ऐर्डन ओम्बादिकोभ त्यहाँका अर्का बौद्ध गुरु हुन् जसको प्रभाव अहिले अमेरिकामा समेत छ । अहिले यहाँ धार्मिक स्वतन्त्रता त देखिन्छ तर रसियन संघको सदस्य राष्ट्र भएकोले त्यहाँको नीति हाबी छ र उनीहरुले क्याल्मीकहरुलाई रसियन अल्पमत सरह व्यवहार गरिरहेको छ ।
अहिले क्याल्मीकिया क्षेत्रमा करिब २७ वटा बौद्ध मन्दिरहरु र गुम्बाहरु छन् । त्यहाँका ५३.४ प्रतिशत जनता बौद्ध छन् भनेर २०१६को तथ्यांकले बताउँछ । त्यसमा अहिले गेलुपा बौद्धहरुकै बाहुल्यता छ त्यहाँ र उनीहरु आज पनि दलाइ लामालाई आफ्नो धर्मगुरुको रुपमा सम्मान गर्दछन् ।
तुभामा बुद्ध धर्म
तुभा गणतन्त्र भनेको अहिले रसियाको प्रदेश हो । यो एशियाको मध्य र दक्षिणी साइबेरियामा पर्छ र यसको दक्षिणमा मंगोलिया पर्छ ।
तुभा क्षेत्रमा कम्तिमा पनि १८औ शताब्दीमा बुद्धधर्मले प्रवेश पाएको थियो । यो भन्दा अगाडिको ऐतिहासिक दस्तावेज नपाइएकोले यसैलाई तुभाको बुद्धधर्मको प्रारम्भ मान्नु पर्छ । यहाँ पनि बुद्धधर्म मंगोलियामार्फत आएकोले यहाँका बौद्धहरुमा मंगोलियन परम्परा हाबी छ । १९१२ सम्म यहाँ मञ्चुरियाको शासन थियो र मंगोलियाको बोग्दोगेनेनको प्रभुत्वमा यहाँको धार्मिक व्यवस्था सञ्चालन हुन्थ्यो । यहाँ पनि बौद्धहरु भएपनि उनीहरुले त्यहाँको झाँक्रीवादी परम्परासँग मिलेर बस्नुपर्दथ्यो ।
त्यहाँ १९१७को राजनीति परिवर्तन पहिलेसम्म १९वटा गुम्बा तथा ३ हजार लामाहरु थिए । तर पछि रसियाको कम्युनिज्मको प्रभावले यहाँका बौद्धहरुले पनि आफ्नो अस्तीत्व जोगाउन निकै कठिन परिस्थितिहरु सामना गर्नु पर्यो । १९४० सम्ममा यहाँका सबै गुम्बहरु बलजफ्ती बन्द गराइए र पछि भत्काइए, लामाहरुलाई पनि पक्रेर यातना दिइए ।
पछि १९९०को स्वतन्त्रता पछि यहाँ पनि बुद्धधर्मको पुनर्जागरण शुरु भयो । सन् २०१६को तथ्यांक अनुसार तुभाका ५२.२ प्रतिशत जनता बौद्ध छन् ।
स्वतन्त्रता पछिको रसियामा बुद्धधर्मको विकास
सन् १९९०सम्ममा विभिन्न चरणमा सोभियतसंघको पतन भयो र रसिया स्वतन्त्र भयो । समाजमा स्वतन्त्रताको अनुभव गर्ने वातावरण बन्यो । यसै बेला गुम्बा मन्दिरहरुको निर्माण भयो, बौद्ध साहित्यको अनुवाद भयो, नयाँ भिक्षुहरुलाई तालिम दिइयो र रसिया बाहिरका बौद्ध केन्द्रहरु वा संस्थाहरुसँग सम्बन्ध स्थापित गर्यो । बौद्ध उपासक उपासिकाहरुको संगठनहरु बने । बौद्ध गुरुहरु, जस्तै १४औ दलाइलामा, कुशोक बकुला रिम्पोछे, नवौं बाग्दोगेगेन आदिले पनि यहाँ पुनर्जागरणमा भूमिका खेले ।
प्रजातन्त्रको उदयसँगै त्यहाँको खुला वातावरणमा बौद्ध र अबौद्ध समाजमा पनि बुद्धधर्मको पुर्नजागरण भयो । राजनीतिक स्वतन्त्रता प्राप्त भएपछि यहाँका जनतामा धर्ममा मन लगाएर यसबाट लाभ लिन कसैले रोक्ने कुरा पनि भएन । सन् २०१६को तथ्यांक अनुसार यहाँ २५९वटा दर्ता भएका बौद्ध संस्थाहरु छन्, जसमध्ये धेरै गृहस्थहरुका संस्थाहरु छन् । सोभियत संघको पतन अगाडि त्यहाँ एकमात्र औपचारिक बौद्ध संस्था थियो — बौद्धहरुका लागि केन्द्रीय आध्यात्मिक प्रशासन । तर पछि उनीहरु जातीय तथा राष्ट्रिय आधारमा विभाजित भए । अहिले बुर्यातहरुको बौद्ध परम्परागत संघ छ, क्याल्मीकहरुको काल्मीकियाको बौद्ध संगठन छ अनि तुभामा तुभा बौद्ध युनियन छ ।
रसियाको बुद्धधर्मको कुरा गर्दा सामान्य गृहस्थहरुको बौद्ध संघसंस्थाहरुको भूमिका वा योगदानलाई पनि भुल्न सकिँदैन । यस्ता संगठनहरुले पनि बौद्धहरुलाई आफ्नै ढंगले संगठित बनाइ उनीहरुका लागि आवश्यक बुद्धधर्म सम्बन्धी शिक्षा तथा संस्कारहरु प्राप्त गर्न सघाइरहेका हुन्छन् । त्यस्ता संगठनहरु मध्ये प्रमुख भनेको डेनिस शिक्षक ओले निडालले खोलेको कर्मा काग्यू परम्परा अन्तर्गतको हिरकमार्गको बौद्ध संघ हो । देश भरीमा यसका करीब एक सय केन्द्रहरु छन् ।
अर्को त्यस्तै संघ भनेको मस्को स्थित गान्डेन टेन्डार लिङ बौद्ध केन्द्र हो । अर्को संघ भनेको सेन्ट पिटर्सबर्गमा रहेको आर्यदेव बौद्ध समूह हो, यो भनेको गेलु परम्परा अन्तर्गतको हो । यस्ता संस्थाहरुले बुद्धधर्मको सिद्धान्त सिकाउने, अनुवाद गर्ने, पुस्तक प्रकाशन गर्ने तथा अन्य समाजसेवाका कार्यहरु गरी बौद्धहरुलाई संगठित तथा धर्ममा मन लगाउने काम गरिरहेका हुन्छन् । यिनीहरुले यसै गरी रसियन समाजमा बौद्धहरुको उपस्थिति देखाइरहन्छन् ।
तर पनि वर्तमानमा रसियाका बौद्धहरुले आफुले भनेको जस्तो स्वतन्त्रता भने उपभोग गर्न पाइरहेको छैनन् । पश्चिमी राष्ट्रहरुको नियन्त्रण र क्रिश्चियनहरुको दबदबामा बौद्धहरुले आफू अल्पमत भएको दुख भोगिरहनु परेको अवस्था छ । त्यहाँका बौद्धहरु दलाइ लामालाई आफ्नो सर्बोच्च गुरु मान्छन् तर २००४ पछि दलाइ लामालाई रसियाले भिसा नदिएकोले आउन पाइरहेको छैन भनेर बौद्धहरु गुनासो गर्छन् । रसिया र चीन नयाँ व्यापारिक पार्टनर बनेको अवस्थामा दलाइ लामालाई आउन दिएर रसिया आफ्ना बौद्ध जनताको खुशीका लागि चीनलाई चिढाउन चाहँदैन । अर्को तर्फ सरकार अझै पनि धार्मिक स्वतन्त्रतको पक्षमा देखिँदैन । २०१६मा संसदले संशोधन गरेको एक कानुनमा मिसनरी र धार्मिक क्रियाकलापमा कठोर सीमा लगाइदिएको छ । यथार्थ त्यहाँ यो छ कि देश अहिले रसियन रुढीवादी चर्च मान्नेहरुको हातमा छ र उनीह बुद्धधर्मलाई अतार्किक, असान्दर्भिक र नकारात्मक भनेर अलग्याउन वा सीमान्तीकरण खोजिरहेको छ ।
तथापि अहिले रुसमा बुद्ध धर्मलाई त्यहाँको परम्परागत धर्महरु मध्ये एक भनेर मान्यता दिएको छ । कानूनी रुपमा पनि यसलाई यहाँको सम्पदाको रुपमा लिइन्छ । साथै पश्चिमाहरुको प्रभावमा यहाँ पनि नयाँ किसिमले बुद्धधर्मको व्याख्या गर्दै नयाँ पुस्ताले पनि धर्म परिवर्तन गरेरै भए पनि आफुलाई बौद्ध कहलाउने प्रचलन झन् झन् बढ्दै गएको देखिन्छ ।
यसका अतिरिक्त अहिले वज्रयान अथवा तिब्बती बुद्धधर्म बाहेक विभिन्न स्थानमा विभिन्न प्रभावमा चीनियाँ, जापानी, कोरियाली तथा भियतनामी महायान बुद्धधर्मको प्रभाव रसियाली बौद्धहरुमा पर्न थालेको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा रसियाली बौद्धहरुको प्रतिनिधि भनेर उभिने अभ्यासकर्ता तथा विद्वानहरु मञ्चमा देखिन थालेका छन् । साथै अहिले त्यहाँ थेरवाद बुद्धधर्मको समेत अध्ययन, अभ्यास गर्ने गरिन्छ । यसप्रकार लामो समयसम्म विभेद, निषेध र सीमान्तीकरणमा पारिएको बुद्धधर्म रसियामा दिनप्रतिदिन फैलिन थालेको छ, जुन सुखद एवं उज्जल भविष्यको द्योतक पनि हो ।
बौद्ध मासिक आनन्दभूमिा प्रकाशित (२०७९ असार पूर्णिमा/2022 07 13)
Wednesday, June 22, 2022
स्वनिगःया फोहरया स्थायी समाधान : छगू म्हगस जक
राजेन मानन्धर
बाःछिति दुखः जुइकाः अन्तय् स्वनिगःया फोहर व्यवस्थापन आःयात जूसां जूगु दु । फोहर धमाधम मुनेगु शुरु जूगु दु । मनूतय् सासः ल्हाये छिनावःगु दु । थ्व हे स्थायी समाधान ला मखु, अय्नं शहरीतय्गु मिखाया न्ह्यःने फोहर मदयावंगु दु । थ्व हे झ्वलय् स्वनिगःया फोहर व्यवस्थापनया ज्यायात कयाः भचा दुवालेगु कुतः थन जुइ ।
आःतकया अवस्था थथे दु । येँ महानगरपालिका व फोहर वायेयंकीगु थाय् (अथे धइगु ककनी गाउँपालिका, धुनिबेंसी नगरपालिका आदि)या स्थानीय जनप्रतिनिधिपिनिगु दथुइ सहमति जुइवं बाःछि न्ह्यःनिसें राजधानीयात हे अस्तव्यस्त अले जनस्वास्थ्यया ल्याखं खतरा हे जुयाच्वंगु फोहर झिन्हु वा झिंन्यान्हु दुने वायेयंकेगु धाःगु दु । येँ महानगरपालिका वातावरण व्यवस्थापन विभागं शुक्रबार १ सय ५३ व शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटय् वायेयंकल । आः न्हिं करिब ३ सय ट्रिपर फोहोर विसर्जन जुइ ।
तर थ्व उलि अःपुक जुइमखु, थज्याःगु तःगु सहमति पुलांपिं मयेरपिं केशव स्थापित व विद्यासुन्दर शाक्यपिन्सं यायेधुंकल । आःया सहमतिइ १ महिना दुने गाडीं फोहोरमैलाया फोहोर लः (लिचेड) पिने मज्वयेक फोहोर ढुवानी यायेत सवारी साधन व्यवस्था यायेगु, ३ महिना दुने सडक व मतया व्यवस्थापन यायेग, दुई महिना दुने लिचेडया वैज्ञानिक व्यवस्थापन यायेगु, ३ महिनादुने बन्चरे डाँडा जःखःया छेँटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय यायेमाःगु खँ उललेख दु । तर यथार्थय् शहर भचा सफा जुलकि थनया सरकारं प्रतिवद्धा पुवंके ल्वःमंकी अथवा स्थानीय जनताया माग अप्वइ, थ्व थनया पुलांगु बाखं खः ।
मनू गन दइ, मनुखं गन थी थी न्हून्हूगु वस्तुया प्रयोग याइ, अन फोहर जुइ । विशेष यानाः प्लास्टिक थज्याःगु याकनं ध्वगिना मवनीगु बस्तुया प्रयोग जुयावःलिसे फोहरया मात्रा अप्वयावनीगु खः । स्वनीगःया खँ ल्हायेगु खःसा थन मनूतय् सभ्यताया विकास जूगु म्होतिं नं २००० दँ दत धकाः धकाः इतिहासकारतय्सं धाइ । अबलय् निसें हे थन फोहर या उत्पादन जुल धकाः धायेफु । तर अबलय् थन व हे कथं व्यवस्थापन जुयावन, थुकियात समस्याया रुपय् स्वये हे म्वाः । च्व, खि थज्याःगु मनूतय्गु शरीरं प्राकृतिक रुपं उत्पादन जुइगु फोहरयागु व्यवस्थापन यायेगु तकं थनया आदिवासी नेवाःतय्के थःगु हे प्रविधि दु । उकियात तकं थनया मनूतयसं माःकथं छ्यलाः थनया कृषि व्यवस्थायात तकं ग्वाहालि यानाच्वंगु झीसं सिउगु हे जुल । अथे जुयाः ला थन झीगु हे बस्ती सिथय् सिथय् बाः वनाच्वंगु खुसि बागमति, विष्णुमति, हिजाखुसि, तुखुचा आदि झीगु लागि धः मखु तीर्थ जुयाः न्ह्यानच्वन ।
काठमाडौं केन्द्रित विकास
येँ व स्वनिगलय् फोहरया समस्या वःगु या मुख्य कारण धइगु हे नेपालया येँ केन्द्रित विकास खः । विकासया क्रमय् देशय् अनेक अनेक परिवर्तन वल । न्ह्यागु हे परिवर्तन वःसां थुकिया अन्तोगत्वाः परिणाम धइगु देशया यक्वस्वया यक्व जनसंख्या काठमाडौं केन्द्रित जुल । न्ह्याथाय्यापिं मनूतय्त नं थ्व हे येँ च्वनेमाःगु जूवबलय् थन फोहर अप्वइगु स्वभाविक खः ।
जनसंख्याया चाप
गुलि गुलि जनसंख्या अप्वइ, उलि उलि हे फोह अप्वइ । थ्व सामान्य नियम हे जुल । न्हापा गथे थनया फोहर थन हे व्यवस्थापन जुइगु खः, व लिपा जूलिसे सम्भव मजुयावन । विकल्प, समाधानया उपाय मालेमाल । थपाय्धंगु स्वनिगलय् गुलि मनूत च्वनेजिउ धइगु गनं ल्याःचाः मदु । येँयात विश्वया हे छगू यक्व जनघनत्व दूगु शहरत मधये छगूया रुपय् काइ । मनू जक अप्वल थन, तर व्यवस्थापनया साधन बढेमजुल ।
फोहर उत्पादन
हरेक यक्व मनू दुथाय् फोहर यक्व दइमखु । थ्व अन च्वंपिं मनूतय्गु शिक्षा, नैतिक शिक्षा, संस्कार व सभ्यताया खँ खः । गुलिस्यां यक्व फोहर याइ, गुलिस्यां म्हो । फोहर यक्व जनावर पंक्षीं याइगु मखु, मनूतय्सं हे याइगु खः । कमसल सामानया व्यापार, सफाइप्रति चेतनाशुन्य, अले फोहर यक्व वाइपिं मनूत धनी धइगु सोचाइनं नं थन स्यंकाच्वंगु दु ।
फोहर उत्पादन याःपिन्सं फोहर छुटेमयाइगु, छेँ दक्व थःत म्वाःगु बस्तु फोहर धकाः वायेहइगु, थःथाय् छेँ जक सफ जूसा गाः अले फोहर व्यवस्थापन मजुयाच्वंगु इलय् तकं निन्हुप्यन्हु छेँय् दुने फोहर तयामतइगु थज्याःगु प्रवृति नं थन भयावह दु ।
फोहर विभाजन
फोहर अःपुक धायेगु खःसा स्वता कथंया जुइ — ध्वगिनावनीगु, हानं छ्यले जिउगु व हानं छ्यने नं मजिउगु ध्वगिनानं मवनीगु । झीसं अःपुक थःत मयःगु व म्वाःगु दक्व छथाय् हे घलंमलं यानाः वांछ्वइगुलिं हे जक झीगु फोहर यक्व दइगु खः, मखुसा झीसं वानाच्वागु फोहरया स्वब्वय् छब्व जक डम्पिङ साइतय् यंकूसा गाः ।
उकिं गनं फोहोर पिहाँवइ, छेँ, पसः वा उद्योग वा अस्पताल, अन हे फोहोरया बर्गीकरण यानाः वांछ्वयेगु जिम्मेवारी नागरिकतय्सं काल धाःसा महानगर पालिकायात थ्व ज्या बछि स्वयाः अप्वः हे अःपुइ अले व्यवस्थापन नं सुथां ल्हाक्क न्ह्याइ । अथे मयाइपिं छेँ थुवाः, बालं च्वनीपिं अव उद्योग संचालकतय्त सजाय व जरिमानाया कानुन कडा मयायेकं आःयात थ्व उलि अःपुक जुइगु धाःसा मदु ।
न्हापां बायोडिग्रेडेबल फोहरयात छेँय् हे मल दयेकेगु पाखे, वा ट्रान्सफर स्टेशनय् हे मल दयेकेगुयात प्राथमिकता बिइमाल । थुकिया लागि छेँय् छेँय् हे फोहर अगल अगल डस्ट बिनय् तयेमाल, अलग अलग गाडीइ काः वयेमाल, अनं ट्रान्स्फर स्टेशनया अलगअलग थासय् स्टोर जुइमाल, मल दयेकेगु कारखाना दयेमाल, रिसाइक्लिङ प्लान वयेमाल, अले अले व हे कथं व्यवस्थापन जुइमाल । मखुसा छेँय् छेँय् यानागु मिहेनत बेकार वनी ।
फोहर व्यवस्थापन
फोहरया उत्पादन जुइधुंसेलि, व झीत मयःगु वा मनिंगु खःसा उकिया उचित व्यवस्थापन मयासे मगाः । तर छुकियात व्यवस्थापन धायेगु धइगु तःधंगु न्ह्यसः दु । उत्पादन याये गुलि अःपु, व्यवस्थापन याये उलि हे थाकु । ततःधंगु देसय् नं फोहर उत्पादन यक्व याइ तर व्यवस्थापन प्रभावकारी व कम ध्यबां जुइमखु । मनूतय्सं कर पुलीगु जुयाः नगरपालिकायाके यक्व ध्यबा दइ, उकिं माःगु माःथे यायेगु स्वयाः न्ह्याथेयानाःसां ध्यबा खर्चयानाः हे फोहरयात थःगु वा नागरिकपिनिगु मिखां तापाकाबिइ, अथे जुल धायेवं नगरप्रमुख वा नगरपालिका कर्मचारीपिनि यक्व खँ न्यनाच्वनेमालीमखु, सामान्य जनता फोहर गन वायेयंकल, व गुलि हानिकारक जुइफु धकाः वास्ता यानाच्वनीमखु । अथे जुयाः यक्व देसं फोहर धइगु कि समुद्रय् वाइ, कि मरुभूमि वा निर्जन थासय् वाइ । अथवा अःपुक च्याकाछ्वइ ।
झीथाय् नं व हे समस्या खः । गुलि यात मल दयेकेगु, गुलियात गन गथेयानाः रिसाइकल यायेगु वा रियुज यायेगु, मेगुयात गन च्याकेगु वा ल्हाकेगु धइगु स्पष्ट नीति निर्धारण जुइमाल ।
स्थानीय मनूतय्गु मागयात बेवास्ता
शहरय् च्वंपिं मनूत गथे मनूत खः अथे हे डम्पिङ साइटया जःखः च्वनीपिं नं मनूत खः । उमिगु नं जीवन दु, स्वास्थ्य दु, जीवनय् छु्रं प्रगति यायेगु व जीवनस्तर थकायेगु नैसर्गिक अधिकार दु । तर शहरी मनूतय्सं थुकियात बेवास्ता यानाच्वनी, शहरी पक्षया सरकारं उमिगु मागयात लाकमं न्हूयाच्वनी, अले वायेके मबिल कि थ्व राजनीति खः, वा थुकिइ सत्ता इतरपक्षया ल्हाः वा षडयन्त्र दु धकाः आरोप लेयानाच्वनी । थ्व इलय् न्ह्याक्व हे सभ्य, शिक्षित मनूत जूसां व स्थानीयबासीया दृष्टिकोणं थ्व समस्यायात स्वइमखु ।
सरकारया ज्या नं हथाय् जुलकि मिखा तिसिनाः सम्झौता याइ अले लिपा वाथावाथा कनेगु जक जुइ । न्यनेदुकथं सरकारं थथे सम्झौता याःगु १७५ कः जुइधुंकल । तर कार्यान्वयनं स्थानीय जनतायात खुशी याये मफुनि । थज्याःगु हे व्यवहारया कारणं स्थानीय विकास मन्त्री रामकुमारी झाँक्री्र सिसडोलया जनतायाके माफी तक. फ्वनेमाल । उकिं नं थ्व ज्याय् सहकार्य स्वयाः नं स्थानीय जनताया बार्गेनिङयायेगु अवस्थाया जक सिर्जना जूयाच्वंगुयात मखु धायेगु अवस्था मदु ।
झीत मयःगु फोहर उमित गय् यइ? छिमिसं न्हापाया जन्मय् पाप यानावःगुलिं जिमिसं यानागु फोहर छिमिसं घय्पुनाः च्वनेमाः धायेगु शहरीयातय्गु मनस्थितिं यानाः नं थ्व समस्या समाधान जुइत ई कयाच्वंगु खः । थन एकोहोरो मुलपानी, सिसडोल वा बन्चरेडाँडायात जक दोष बियाः आःथें बनचरेया जनतायात ल्ह्वनाः समस्या ततःक्यंकातल धकाः राजनीतिक द्वेष जक प्वंका गबलें नं समाधानया लँपुइ वनेफइमखु ।
नीजिसंस्थाया संलग्नता
नगरपालिका थम्हं दे दक्व फोहरया व्यवस्थापन याये मफइगु जुयाः हे नीजि क्षेत्रयात संलग्न याःगु जुइ । तर थथे वयाः, हरेक घरधनीयाके लय् प्यसः न्यासः दां कयाः नं धइथे सफा यानामबिउगुलिं, इलय् नियमित फोहर काःमवःगुलिं अले व यंकाः न्ह्यःनेलाःथया् खुसिसिथय् वाइगु जुयाः मनूत असन्तुष्ट दु । उकिया लिसें उमिसं म्हःगु ध्यबा गन वन, धइगु पारदर्शिता मदयाः नं जनता थ्व प्रावधानलिसे सन्तुष्ट मदु ।
फोहरय् ध्यबा
झी नगरपालिकां छगू नारा बियातःगु दु — फोहर धइगु मोहर खः, अर्थात् फोहरय् ध्यबा दु । तप्यंक स्वयेबलय् थुकिं फोहर बेवास्ता यायेमजिउ थुकियात ध्यबाय् हिलेजिउ धाःगु थेंच्वं । तर भतिचा थ्व ख्यलय् सनाजूपिन्सं सिउ, फोहर व्यवस्थापनया नामय् लाखौं जक मखु करोडौं ध्यबा उखेथेखे यायेजिउ, अझ यानाच्वंगु हे दु । उकिं हे थन मनूत फोहर व्यवस्थापनया नामय् संस्था चायेका, राजनीतिइ सनाः, गबलें नगरपालिकाया पक्षं सा गबलें डम्पिङसाइटया स्थानीयबासी जुयाः थन व्यवस्थापनया ज्यायात जटिल, दुरुह वा असम्भव हे दयेकाः उकिं न्ह्याबलें लबः कयाच्वंगु दु । थ्व हे खः थनया फोहर व्यवस्थापन मजूगुया कारण ।
थन फोहर छुटेयानाः गाःगु, अथे याइमखु, फोहरया भोलुम अप्वयेकी । अले अन सलंसः ट्रक फोहर वनी, सलंसःमनूयात जागिर नकी, अनया जग्गा अधिग्रहण धकाः सरकारं अर्बौं ध्यबाया बजेट फ्याइ । थ्व दक्व फोहरया ध्यबा मखुला?
फोहरय् राजनीति
देशया हरेक ज्याखँयात प्रत्यक्ष वा अप्रत्यक्षरुपं राजनीतिं प्रभावित यानाच्वनी — देय् भिनावंगुया कारण नं राजनीति खःसा भिन ेमफयाच्वनीगु वा अझ स्यनावनीगुया कारण नं राजनीति हे जुइ । उकिं मनूत परिवर्तनया लागि राजनीतिइ प्रवेश याइ, राजनीति वा व्यवस्थाय् दुहाँ मवंकं परिवर्तन हयेफइमखु । अथे हे थन फोहरय् नं राजनीति जुयाच्वनी, अझ राजनीति यायेगु छगू अःपूगु लँपु फोहर जुयाबिइ । सुं राजनीतिज्ञ जनताया वाहवाही कायेयःसा वं फोहरयात तुतां दयेकी, उकियात क्यनाः समस्या दु धकाः खँ ल्ह्वनी, गुलिं ला फोहर व्यवस्थापनय् पंगः थनाः व हे फोहर क्यनाः आन्दोलन यानाजुइ, सरकारयात क्वछुकेगु अले थः सत्ताय् वनेगु लँपु माली । अले गुलिं उकियात समाधान यानाः मसिहा जुइत स्वइ । थुकिया लागि नं फोहर माः । अथे जुयाः नं थ्व वयवस्थापन गबलें पुमवनीगु बाखं खः । थथे याइपिं जक मखु, मेपिन्त फोहरय् राजनीति यात धाइपिं नं गुगुं किसिमं फोहर राजनीतिया हे भाग खः उमिसं नं याइगु व हे खः । प्रधानमन्त्री, स्थानीय विकास मन्त्री, मेयर फोरम, अमुक मेयर व वडा अध्यक्षतय् वं वयात वं वयात दोष यानाः थः जक चाखेजुइगु तर फाइदा व कमिसनया हिस्सा थःत माःगु कथंया खँ जुइबलय् जनता फोहरया राजनीतियात फोहरी राजनीति धायेत बाध्य दु ।
फोहरयात मोहर दयेकेगु, पुनः प्रयोग यायेगु, रिसाइक्लिङ प्लान्ट तयेगु, ग्यास प्लान्ट तयेगु इत्यादि खँ ला हरेक मेयरया म्हुतुइ हे घानाच्वंगु दइ । तर यथार्थया धरातय् अज्याःगु मुस्मां गफं येँ वा स्वनिगःया हे समस्याया समाधान महः ।
बालेन साह केन्द्रित फोहर व्यवस्थापन
येँ महानगरपालिकायात न्हूम्ह मेयरकथं बालेन साह दत । जनतायात वपाखें यक्व आशा दु, चुनावबलय् वं नवाःगु ढंगं क्यं, वयाके थनया हरेक समस्याया रामवाण समाधान दु । मनूतय्सं नं वयात छगू हिन्दी फिल्मया नायक कथं हे विश्वास यानाः त्याकूगु खः । व यायेफुम्ह जुइ तर व जादुगर मखु । थन वं छु याइ, समाधान याये धकाः लाय्ण्डफिलसाइटय् वनाः छु छु नवाइ, अले वं गबलय् समाधान याइ धइगु सकस्यां खन । वं मयाःगु नं मखु, याकःचां यायेफइगु नं मखु । मेयरं माःथाय् प्रधानमन्त्री नं नापलायेमाः वडा अध्यक्ष नं नापलायेमाः । तर स्थानीय जनतायात साडे तीन लाखया ध्वाँस बिइवं अले अन्तिम चरणय् प्रहरी बल व धडपकड यायेवं मनूत सशंकीत जूगु दु ।
तर व स्वयाःनं थन छगू जमात तयार जुयाच्वंगु दु — बालेन यायेफु धाइपिं, वं याइ धाइपिं, वं हे याःगु खः धाइपिं, यायेमफुत कि याके मबिउ धाइपिं, अले न्ह्यागु समस्या नं बालेनयात जक चिइकेमते धाइपिं मनूतय्गु । थ्व कार्यकर्ता धइगु पार्टीया कार्यकर्ता स्वयाः अन्धभक्त अले झन् ग्यानापु । थन मनूतय्सं कमल चित्रकारयात ला आलोचना यात आः वम्ह जक आलोचना स्वयाः पिने लायेमाः धकाः गथे धायेगु? जनतां नं सिउ सछिन्हु मदुनि, ज्या यायेसयेकाच्वंगु दु याना नं च्वंगु दु तर वयात छुं धायेमजिउ धाइपिं वयात किसिम्हय् तयाः नांगां चाहिइकीपिं हे जुयाच्वनी, जुजुया म्हय् वसः मदु धाइपिनिगु नं थाय् दयेमाः लोकतान्त्रिक समाजय् ।
लहना वाःपतिइ पिदंगु 2022 06 22
-
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...
-
Secretary at the Ministry for Women, Children and Social Welfare Born in 1965, Kathmandu Bindra Hada Bhattarai underwent all sorts ...
-
नियात्रा राजेन मानन्धर सिक्किमलिसे जिगु पुलांगु मतिना प्यपुनाच्वंगु दु । यः मयः हे धाये मसःनिबलय् ययेकागु सिक्किमयात, दत जुइ...



