Monday, April 4, 2016
पुष्पराजया अमेरिकाय्
Wednesday, March 30, 2016
20160330 ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?
ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?
प्रधानमन्त्री हुने हो भने सुदूरपश्चिमका छाउपडीहरुलाई ढोग, धर्मनिरपेक्षता मान्छौ भने धार्मिक राजनीति छाड
http://tinyurl.com/razen20160330
शेरवहादुरको तलेजु सवारी
राजेन मानन्धर
समय बदलिरहेको छ, जनता आधुनिक हुन चाहन्छन् र धर्म र राज्यलाई अलग बनाउन चाहन्छन् तर राज्यलाई धर्मनिरपेक्ष बनाउँछौं भन्नेहरु भोट बटुलेर संविधान सभामा पुगेकाहरु आफ्नो राजनैतिक हैसियत र धर्मलाई फेरि मुछ्न तल्लिन भेटिन्छन् । अनि आफ्नो स्वार्थ सिद्ध भएपछि पानी पर्दा रंगमा डुबेका फ्याउराहरु पखालिए जस्तै पखालिएर नंगानाच नाच्न हतारिन्छन्, नेपाली राजनीतिक वृतका जनताका बिच कसम खाएका पात्र पात्रीहरु । यस्तै भयो अहिले । अस्ति भरखर महाधिवेशनले सभापति बनाइएका शेर बहादुर देउवालाई चाकडिबाज कार्यकर्ताको बधाइ टिप्न भ्याइ नभ्याइ भइरहेकै बेला अरुबेला कसैलाई जान नदिइने नेवार धर्म, संस्कृति र इतिहासको धरोहर तलेजु मन्दिरमा तामझामका साथ सबारी चलाउन रहर भयो । ठुला मान्छेको रहर पुरा हुने नै भयो चाकरहरुले भरिएको राज्य प्रशासनका कर्मचारीहरुको देशमा ।
यहाँ दुइटा कुरा मुछियो — पहिलो शेर बहादुर देउवाले किन त्यहाँ जानुलाई मरिहत्ते गरे भन्ने र दोश्रो, उसलाई त्यहाँ अरुलाई जानबाट रोक्ने सुरक्षा निकायले किन रोकेन भन्ने । वर्तमान नेपालको राजनीतिमा धर्म मिसाउन चाहनेहरु र धर्मलाई देखाएर राजनीति गर्न खोज्नेहरुको बदनियत यहाँ छताछुल्ल भएको छ । आफुलाई राजनीतिक प्राणी हो भन्नेहरु, देशमा गणतन्त्र आएको हो भन्ठान्नेहरु र धर्मको राजनीति गर्नुहुन्न भनेर अलाप्ने बुद्धिजीवीहरुको आँखा खोल्न शेर बहादुरको यो बालहठ वा भनुं राजहठले मद्दत गर्नेछ भन्ने लागेको छ ।
मनमोहन अधिकारीको शारीरिक विवशतामा राजनीति गरेर टुपिएका देउवाले कहाँ कति कति “राजनीति” गरेर आफ्नो हैसियत बनाए भन्ने कुरा काठमाडौंले नजानेको होइन । सत्तामा जान, सत्ता टिकाउन र अविश्वासको प्रस्तावबाट उम्कन ऊ के सम्म गर्न सक्छ भनेर अनि जनयुद्धमा देशलाई होमेर नपुगेर जनताको सार्वभौम आफ्ना राजाको पाउमा चढाउने को थियो भनेर जनतालाई थाहा छ । त्यसैले राजनीति गर्नेको घटियाभन्दा घटिया काइदालाई “शेरबहादुर गर्ने” भन्छन् यहाँ । आज जनता दाउरामा भात पकाउने र सरकारले कालो बजारी गरेर तेल बेच्दै गरेको अवस्थामा केही नजानेको जस्तो सुटुक्क मन्दिर धाउँदैछ, ठ्याक्कै उनका ज्ञानेन्द्रले जस्तो । ऊ सके यहाँ धर्म गर्न आएको भन्दा हुन्, काठमाडौं नहाँसी बस्न सक्दैन । अब कोही अमुक पार्टीको साभपति चुनिंदैमा देशका अत्यन्त संवेदनशिल र धार्मिक महत्वका मन्दिरमा बेफ्वाँकमा हुल्न हैसियत बन्दैन भनेर सम्झाइदिनुपर्ने अवस्था आएको छ ।
काठमाडौं उपत्यका पृथ्वीनारयाण शाहले जितिलिनु अगाडि यहाँका सम्पन्न सुसंकृत र कलाकार जनताले बनाएका यी धरोहरले कुनै भेदभाव गरेका छैनन् । हामी “थारुहरुलाई रौं पनि नदिनेहरुलाई” सिंगै तलेजु मन्दिर दिन्छौं तर लिन मात्र जानेका दिन नजानेकाहरुले याद राखुन्, यी मन्दिरहरु यहाँका आदिबासीहरुका आस्थाका केन्द्रहरु हुन् त्यहाँ राजनीतिको हावा मात्र लागेपनि यहाँका जनतालाई दुख्छ । त्यो कसैको टाइमपास गर्ने, राजनीति गर्ने वा काम न काज हुलेर कालो जुत्ताको दाग लगाउने ठाउँ होइन । तलेजुको मन्दिर न राप्रपाका मन्त्रीहरुलाई उपचार गराउने बैंककको अस्पताल हो, न यो पाजेरो गाडीको शोरुम हो ।
यहाँका आदिबासी नेवारहरु अब आफ्ना बाजे बराजुले बनाएका मन्दिरमा जानलाई सेनाका जवानहरुको निगाह चाहिन्छ । उसले कसैको अनुमति लिनु नपर्ने किन? के अहिले पनि राणाजीहरुको शासन छ र, उनीहरुलाई जहाँ जहिले जे गर्न मन लाग्यो त्यसमा जनताले किन भनेर पनि सोध्न नमिल्ने? उनलाई जानलाई निर्मल निवास अझै खुला छ, आफुसंग जे छ त्यो चढाउन गए हुन्छ । तर जनताको नासोमा खेलवाड गर्ने कोशिस नगरे हुन्छ ।
अब देउवाले कसको सल्लाह, चाकरी वा लहलहैमा शेरबहादुर बिना कारण बेमौसम कुन हैसियतको सुविधामा टेकेर अरु जनता जान नपाइने मन्दिरमा बिनसित्तै छिरें भनेर जवाफ दिनु आवश्यक छ । जनताका छोरा हुन् भने उने अवश्य जवाफ दिन्छ, होइन भने दिन सक्दैन र दिँदैन । राजाले नयाँ लुगा लगाएको होइन नांगै हिँड्दैछ भन्न सक्ने जनताहरु यो नेपालमा जिउँदै छन् ।
तर जब एक कांग्रेसी नेता अनि पूर्व प्रधानमन्त्रीको सुविधा भोगेका एक जनतालाई मन्दिर ढोग्ने राजनीति गर्न मन लाग्छ, उनका खातिर त्यो मन्दिरको ढोका खोलिन्छ । कहाँबाट बन्यो यो मन्दिरमा जसलाई पायो त्यसलाई जुनबेला मनलाग्यो त्यो बेला हुल्न दिने नियम? यसमा कसकसको मिलिभगत हो, कसले कति पैसा खाएर ढोका खोल्यो वा कसले कहाँबाट आदेश पाएर उसलाई जानदियो भनेर सोध्ने कि नसोध्ने? उनलाई अहिले अचानक तलेजुकै दर्शन गर्ने ह्वीम कहाँबाट उब्जियो भनेर सोध्न नगए पनि ४६साल पछि कति पल्ट आफुले आस्था राखेका तलेजुको दर्शन ५ घण्टा लाइन बसेर दर्शन गर्न गएको थियो भनेर काठमाडौं सोध्दैछ, जवाफ छ भने शेरबहादुरले दिउन् ।
काठमाडौं दरवार क्षेत्र भनेको तलेजुका मन्दिर र मरु गणेशको मन्दिर मात्र होइन डेढ दर्जन मन्दिरहरु भुकम्पमा धस्सिएका छन् । उनी ती मन्दिररु किन धुम्दैनन्? यसका पुनःनिर्माणका लागि आएको पैसमा कसकसले रजाँइ गरे भनेक किन हेर्दनन्? कसले जस्ता बेचे, कसले लाइन बसेर पाल बोके भनेर किन गन्दैन?
कुरा देउवाको मात्र पनि भएन । हिन्दु चाड नवमीका एक दिन समेत पनि उनीहरुले भनेजस्तो लाइन बसेर यहाँ नजा, त्यहाँ नजा, यो नछोउ, यहाँ फोटो नखिच त्यहाँ नबस भनेर अराइपराइमा धर्म गर्न यहाँका जनतालाई बाध्य बनाइन्छ । न यहाँका जनताले हामी अरु बेला किन जान नपाइने भनेर सोध्न सक्छ, न हरेक पर्यटक संग एक हजार झार्ने काठमाडौं महानगर हनुमानढोका कार्यालयले स्पष्टीकरण दिन आवश्यक ठान्छ । जनता सेनाको जिम्मामा हाम्रो धरोहर सुरक्षित छ भनेर मौन बस्छ । तर यो कुन खुशीका ढोका खोलियो? नवमीका दिन जाँदा मोबाइल देखाउन नहुने मन्दिरमा देउवाका लागि भने फोटोग्राफरहरु किन पठाइए? राजतन्त्रमा राजाले मात्र पाउने सुविधा अब हरेक पार्टीका सभापतिले पनि पाउँदैछ? जनता जवाफ माग्दैछ । स्थानीय सरकारको नाम जप्दै नेताहरुका चाकडी गर्ने महानगरपालिका जनताको कठघरामा परेको छ ।
फोटोमा देखिएका ध्यानगोविन्द रंजीतलाई शेरबहादुरले सभासद् भनाएको कि जनताले? जनताको नाम लिनुछ भने जवाफदेही बन्नु जरुरी छ, धेरै वर्ष पछि उनलाई काठमाडौंले विश्वास गरेको थियो, उनले आफ्नो हैसियत यहीं नेर देखाउन आइपुगे । अरुले नसके पनि आफुलाई जन्मै देखिको कांग्रेसी भन्ने काठमाडौंबासीले ले यहाँ नेर यो जवाफ दिनु जरुरी छ, नेताको जुत्ता चाट्ने बाहेकका मान्छे पनि कांग्रेसी हुनसक्छन् भने एकपल्ट सोधीदिनू आफ्नो सभापतिलाई किन जनताको मन्दिर फोहर पार्न हुरीबतासै आउने गरी छिर्यौ भनेर । शरीरमा रातो रगत बग्दैन भने नसोधे हुन्छ, हामी बुझ्छौं कांग्रेसी कार्यकर्ताहरुमा त्यो हुती हुँदैन, त्यसैले तिनीहरु कांग्रेसी कहलाइन्छन् ।
अरु त होइन, एउटा सल्लाह दिनु छ देउवालाई । साँच्चै प्रधानमन्त्री खानु छ (खाने कुरा न हो प्रधानमन्त्री भनेको) भने बाउबाजेले नढोगेको तलेजुमा बेला न कुबेला ढोग्न नजाउनू, जाने भए आफ्नै सुदुरपश्चिमका गाउँठाउँमा बहिनी छोरीहरु महिनैपिच्छे बस्नु परेका छाउपडीहरुमा गएर ढोग्नू । मनकामना पुरा हुन्छ ।
20160330 ज्ञानेन्द्रझैं किन सुटुक्क मन्दिर धाउँदैछन् शेरबहादुर ?
http://tinyurl.com/razen20160330
Published on esamata.com on 2016 30 30
Tuesday, March 8, 2016
20160308 नियात्राया भूमिका बारे
Friday, February 19, 2016
20160220 चिनाखँ स्लाय्म व नेपालभाषा साहित्य
Thursday, February 18, 2016
20160218 साहित्यय् फाय्न्टासिया संसार
Tuesday, February 16, 2016
जितः धायेमास्तिवःगु थुलि हे कि
माइकल ज्याक्सनया छपु म्ये "All I wanna say is that" या भावानुवाद ।
राजेन मानन्धर
सँ खाना तःपिं, हुल्याहात, दक्व मभिनावल
अवस्था, दुश्प्रचार, दक्वं दोष जक बिइपिं
छेँय् दुने, समाचारय्, दक्व दक्व खिचाया नसा
घाराघुरु, झ्वकनीपिं, दक्व दक्व स्यनावंपिं ।
जितः थुलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जितः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जितः दा, जितः घृणा या, छिमिसं जितः तछ्याये फइमखु
ह्ययेकि, ख्या जितः, छिमिसं जितः स्याये फइमखु
न्ह्य जितः, मुद्दा ति, न्ह्याम्हस्या न्ह्यागु या
प्यंकि, न्हु जितः, हाकुकि वा तुइकि
जितः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जतः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जितः धा, जिगु जीवन थौं गथे जुयावन
जि जितः मतिना याइपिं कलाः व मस्त निम्ह दूगु खः
थौं जि प्रहरी अत्याचारया शिकार जुइमाल,
छं जिगु अभिमानया बलात्कार यानाच्वन
द्यःया नां कयाः
वयागु खँ लुमंकाः जिं आकसय् स्वया
जितः मुक्त या ।
सँ खाना तःपिं, हुल्याहात, दक्व मभिनावल
आशंकाय्, अनुमानय्, दक्वस्यां पाः याइ
छेँय् दुने, समाचारय्, दक्व दक्व खिचाया नसा
हाकुम्ह, ब्ल्याक मेल याइम्ह, वयात यंकाः जेलय् ति ।
जितः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जतः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जितः धयाबिउ, जिगु अधिकार गन वन?
छं जितः वास्ता मयायेवं जि खनेमदयावनीला?
छंगु घोषणां जितः स्वतन्त्रतता मुक्ति बिइ धाःगु, थौं ।
लज्याया शिकार जुजुं जितः त्यानुइधुंकल
उमिसं जितः बदनामतय्गु पुचलय् घ्वानाछ्त
जितः विश्वास हे मदयावन थ्व जिगु देय् खः धैगु
जितः थुलि धायेत नं घचाया वः, छं सिउ
थ्व सरकारया धाये मास्ति मवः
थ्व तर रुजवेल्ट म्वाना चंगु जूसा
वं थथे याके विइमखु, बिइ हे मखु ।
सँ खाना तःपिं, हुल्याहात, दक्व मभिनावल
परिबन्दय्, अनुमानय्, दक्वस्यां मुद्दा तइ
जितः दा, मुइकि, छं जितः वांछ्वये फइमखु
जितः दा, प्यंकि, छं जितः कुने फइमखु
जितः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जतः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
छगू निगू खँ उमित स्वये तकं मयः
तर यदि मार्टिन लूथर म्वानाच्वंगु जूसा
वं थथे जुइके बिइ मखु ।
सँ खाना तःपिं, हुल्याहात, दक्व मभिनावल
परिबन्दय्, ब्यागलं तइ, दक्वस्यां पाः याइ ।
छेँय् दुने, समाचारय्, दक्व दक्व खिचाया नसा
जितः प्यंकि, साला का, छं जितः स्यंके वा भिंकेमते ।
जितः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
जतः थलि हे धाये मास्ति वः,
उमिसं धाथें झःीगु वास्ता हे मयाः
थ्व अनुवाद सन्ध्या टाइम्सय् पिदंगु खः, न्हिल्याः धाःसा ल्वःमन ।
-
Secretary at the Ministry for Women, Children and Social Welfare Born in 1965, Kathmandu Bindra Hada Bhattarai underwent all sorts ...
-
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...
-
नियात्रा राजेन मानन्धर सिक्किमलिसे जिगु पुलांगु मतिना प्यपुनाच्वंगु दु । यः मयः हे धाये मसःनिबलय् ययेकागु सिक्किमयात, दत जुइ...
