Showing posts with label Lumbini. Show all posts
Showing posts with label Lumbini. Show all posts

Sunday, February 25, 2024

रामग्राम लीज काण्ड : लुम्बिनी क्षेत्रमा के बनाउने?

 


राजेन मानन्धर

भगवान बुद्धको जन्म भएको २५ सय वर्ष भइसक्यो । यहाँ लुम्बिनीमा बुद्ध जन्म भएको भनेर थाहा भएको पनि १०० वर्ष भइसक्यो । यो थाहा पाएर संसार भरका बौद्धहरु खुशी भए तर नेपालको सरकार भने कहिल्यै खुशी भएको देख्न पाएका छैनौं । त्यही भएर त यो पवित्र भूमिलाई के गर्ने भनेर कहिल्यै कुनै सरकारले सरकार प्रम्ुखले पनि एउटा दूरगामी दृष्टिकोण बनाएर बोल्न सकेका छैनन्, काम गर्न सकेका छैनन् । आजका मितिसम्म पनि सरकारले लुम्बिनीमा जे जस्तो गरेको छ त्यसले नेपालका बौद्धहरुलाई गर्व भन्दा पनि विदेशी बौद्ध मित्रहरुका सामु लज्जित मात्र बनाएको छ ।

सन् १८९६मा जनरल खड्ग समशेरले र एए फुरहररले लुम्बिनीमा रहेको अशोक स्तम्भ भेट्टाएपछि र त्यसमा लेखिएको अभिलेखले यो नै भगवान बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने प्रमाणित भएपछि विश्वको ध्यान यस बन्जर भूमिमा आकर्षण भयो । त्यस पछाडि यहाँ के के भयो को को आए कसले के के गर्यो भन्ने यहाँ बेलिबिस्तार लगाउन खोजेको छैन, न यो सम्भव नै छ । अरु सबै बिर्सेर पनि उल्लेख नगरी नहुने एउटा मात्र कुरा भनेको यहाँ बनेको गुरुयोजना नै हो, जसलाई संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उ थान्तको प्रयासले जापानका आर्किटेक्टको परिकल्पनामा बनायो र जसलाई नेपाल सरकारले सन् १९६८मा स्वीकृत पनि गर्यो ।

अब यो गुरुयोजना अनुसार के विकास भयो वा भएन वा यसको विपरित पो काम भयो कि भन्ने बारे पनि यहाँभन्दा माथि छलफल नगरौं । यति मात्र भनौं कि लुम्बिनी क्षेत्रमा जति पनि विकास वा विनास भयो त्यो सबै अन्तर्राष्ट्रिय बौद्ध समुदायको सल्लाह, दान र दबावमा मात्रै भएको छ । नेपाल सरकारले यसमा हामीले यति गर्यौं भनेर गर्व गर्ने ठाउँ निकै थोरै मात्र बाँकी राख्यो । यसका साथै कपिलवस्तु, निग्रोधाराम, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, देवदह तथा रामग्राम जस्ता ठाउँहरुको नामको सूचि निकालियो । यी ठाउँहरुमा नेपाल सरकारले के गरे के गरेको छैन भनेर यहाँ शब्द खर्च गरिरहनु परेन । ती ठाउँमा पाइला टेकेर हेर्ने सबैले छर्लङ्ग देखेकै छ ।

अब मुख्य प्रसङ्ग रामग्राममा प्रवेश गरौं । बौद्ध ग्रन्थहरुको अनुसार कुशिनगरमा भगवान बुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए । त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।

पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए । बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको वा यसको बारेमा वर्णन गरेर लेखेको ऐतिहासिक दृष्टान्त पाइन्छन् । अहिलेको ढिस्को भने सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा एसबि दिवबाट यो स्तुप हो भन्ने प्रमाणित भयो ।

यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचमा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।

यद्यपि यसबेला उत्खनन् कार्यमा संलग्न हुनुभएका पुरातत्वविद् शुक्र सागर श्रेष्ठले लेख्नुभएको लेखको आधारमा भन्ने हो भने त्यसबेला त्यहाँ कुनै उल्लेखनीय पुरातत्विक वस्तुहरु नपाइएको देखिन्छ । उता लुम्बिनी विकास कोषले भने उक्त उत्खनन्मा स्तुपको मुख्य गर्भको संवेदनशील ठाउँमा नछोएको कुरा उल्लेख गरेको छ । यहाँ शंका गर्नुपर्ने ठाउँ देखिन्छ । अहिलेलाई यति मात्र भनौं ।

त्यस्तो महत्वपूर्ण मानिएको स्तुपको उत्खनन् भयो, प्रतिवेदन निकालियो । त्यस पछि के भयो त? यस प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग भएको देखिएन । त्यसपछि न अन्तर्राष्ट्रिय स्तरमा चासो देखाइयो, न सरकारी पक्षबाट नै कुनै संरक्षण वा विकास निर्माणको लागि ठोस कदम चालेको पाइयो । यो पुनः ढिस्कोको ढिस्को नै रह्यो ।

पछि २०७६ कार्तिक २८ गते रातोपाटीमा रामग्राम स्तुप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न भएको समाचार छापियो । उक्त समाचारमा बताए अनुसार युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको थियो ।

त्यस्तै प्रकारले लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले विश्वसम्पदा सूचीमा सूचिकृतको प्रक्रियामा रहेको रामग्रामलाई विश्वसम्पदा सूचिमा समावेशका लागि यथेष्ट प्रमाण सङ्कलन गर्न र “रामग्रामको विकासका लागि बनाइएको गुरुयोजना”लाई पूर्णता दिनसमेत यसपटक स्तूपको समग्र क्षेत्र समेट्ने गरी बृहत् अध्ययन गरिएको बताउनुभएको थियो । यसबेलादेखि यहाँ कुनै गुरुयोजना बनिरहेको संकेत मिल्दछ । तर कसले किन बनाउँदैछ भनेर खुलेर कुरा निस्केको देखिएन ।

२०७६ माघ १६ गते अनलाइन खबरमा समाचार छापियो रामग्राम स्तुप क्षेत्रको गुरुयोजना तयार भनेर । यसका अनुसार लुम्बिनी विकास कोषले सात अर्ब लागतको गुरुयोजना बनाएको हो । यस अनुसार ११६ बिघा जग्गा समेटेको यस गुरुयोजनामा जग्गा अधिग्रहण गर्न १ अर्ब ५० करोड र संरचना निर्माणका लागि साडे पाँच अर्ब लागत अनुमान गरिएको थिो । त्यसमा लम्बिनी विकास कोषका योजना प्रमख इन्जिनियर सरोज भट्टराइले कोषको कार्य समितिले गुरुयोजनालाई सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइन अर्थ मन्त्रालय पठाएको पनि बनाउनु भएको थियो । उक्त समाचार सँगै छापिएका गुरुयोजना अन्तर्गत बनिने संरचनाहरुको थ्रिडि डिजाइनका फोटोहरु अन्तर्राष्ट्रिय स्तरका थिए । नेपालमा यस्तो परियोजना बन्ला र भन्ने जस्तो लागेको थियो । तर समाचारमा भने कुनै विदेशी संस्था वा कन्सल्टेन्सीको संलग्नताको संकेत दिइएको थिएन ।

२०७७ पुष २० गते रेडियो परासीमा एक समाचार प्रकाशित भएको थियो जसमा प्रधानमन्त्री केपि शर्मा ओलीको सुझाव समेटेर गुरुयोजना बनाइको र तयार भएको उल्लेख थियो । यस अनुसार झण्डै साडे चार सय बिगाहा जमिन अधिग्रहण गर्नुपने थियो । यस महत्वाकांक्षी गुरुयोजना कसरी कार्यान्वयन होला जस्तो सबैलाई लागेको हुनुपर्छं ।

उक्त समाचारमा लुम्बिनी विकास कोषका तत्कालिन उपाध्यक्ष अवेधश कुमार त्रिपाठीले रेडियो परासीसँग कुराकानी गर्दै गुरुयोजनाको पहिलो ड्राफ्ट स्वीकृतिका लागि प्रक्रिया अगाडी बढाइएको बताउनुभएको थियो । पर्यटन र अर्थमन्त्रालयमा स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको भनिएको उक्त गुरुयोजना अन्तराष्ट्रिय विज्ञहरुसँगको परार्मश पछि तयार पारिएको र त्यसमा प्रधानमन्त्री ओलीले थप केही सुझाव दिनुभएको भनिएको थियो । सरकार फेरिसक्दा पनि उक्त गुरुयोजना कहाँ पुग्यो भन्ने खासै जानकारी अरुलाई भएन ।

यसै बिच जेठ ७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका उपध्याक्ष भिक्षु मैतेयको कार्यकाल सकिनै लाग्दा कोषलाई त्यसले गरिरहेको केही असावधानीपूर्ण कामका बारेमा १३ बुँदे स्पष्टीकरण सोधेको भन्ने समाचार आयो । हुन त कोषका धेरै जसो कामहरु शंकाको घेरमा नै हुने गर्छ । तर यसबेला यसले कोषले आफ्नो क्षेत्राधिकारभित्र तोकिएका काम सम्पादन गर्ने क्रममा कोषको हित विपरीत हुने र गैरकानुनी रुपमा भएको गुनासो तथा जानकारी पाइएको भनिएको थियो । यसले सरकार कोषप्रति सन्तुष्ट थिएन वा दुइटाको बिचामा ठुलै खिचातानी उठ्यो भन्ने संकेत दिन्छ । अथवा यो पत्र मन्त्रालयको कुनै कुरा नमानेको कारणले तत्कालिन उपाध्यक्षलाई थर्काउने उद्देश्यले पठाएको पनि हुन सक्छ भनेर पनि आशंका गर्ने ठाउँ छोडेको थियो ।

यसै बिच २०८० साउन १० गते कोषको उपाध्यक्ष भिक्षु मैत्तेयको कार्यकाल सकियो र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका डा. ल्हारक्याल लामालाई साउन १६ गते पाँच वर्षका लागि पुष्पकमल दहालको नेतृत्वको मन्त्रिपरिषद्ले कोषको उपाध्यक्ष पदमा नियुक्त गरे ।

हामीले पढेको, सुनेको कुरा नै हो । लामा विवादास्पद पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ । उहाँ तत्कालीन झलनाथ खनाल सरकारको पालामा अर्थराज्यमन्त्री हुनुभएका उहाँ दुईवटा राहदानी भएको प्रकरणमा विवादित बनेर मन्त्रीबाट हट्न बाध्य हुनुभएको थियो । ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए भन्ने समाचार बारम्बार आइरहने गर्दछ ।

उपाध्यक्ष भएर आउने बित्तिकै उहाँले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेर आफैलाई विवादमा पार्नुभयो भने फेरि मायादेवी मन्दिरको जिर्णोद्धार गर्न व्यक्तिगत रुपमा ७ करोड सहयोग गर्ने भनेर अर्को शंकाको घेरामा पर्नुभयो । हामीलाई थाहा भएकै कुरा हो, माओवादी लगायत नेपालमा सत्तामा जाने सबै पार्टीहरुले विशेष कामका लागि विशेष अनुहार भएका र लुगा लगाएका कार्यकर्ताहरु यसरी नियुक्त गर्नलाई तयार पारिराखेका हुन्छन् ।

२०८० मङ्सिर २६ गते गोरखापत्रले राससको एक समाचार प्रकाशित गर्यो जस अनुसार बुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी जानुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्रीले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रामग्राम स्तूप क्षेत्रको महत्वको चर्चा गर्नुभएको पनि स्मरणीय छ ।

अधिकारसम्पन्न नगरपालिकाले आफ्नो नगरविकास आवधिक गुरुयोजनामा रामग्रामको उत्खनन्को बारेका स्पष्ट केही उल्लेख नगरेको अवस्थामा कुन गुरुयोजनाको बारेमा प्रधानमन्त्रीले बोल्नु भएको भन्ने कुरा त्यहाँ स्पष्ट थिएन । तर पनि उक्त कार्यक्रमको तामझामको तसबिरहरु हेर्दा त्यो नगरपालिकाको स्तरको कार्यक्रम जस्तो देखिँदैनथ्यो । अनि प्रधानमन्त्रीले प्रतिवद्धता जाहेर गर्नु पनि असाधारण नै थियो ।

कोषले आफ्नो फेसबुक पेज मार्फत यस कार्यक्रमलाई रामग्राम क्षेत्रको विकासको दुरगामि योजना शुभारम्भ गरिएको भनेको थियो । यसलाई लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्डको आयोजनामा मंगलबार रामग्राममा आयोजित कार्यक्रम भनेर पनि स्पष्ट पारेको थियो ।

अब । माघ १६ गते कान्तिपुरमा एउटा सनसनीखेज समाचार आयो — बुद्धको अस्थिधातु समाधिस्थल बिनाप्रतिस्पर्धा ९९ वर्षलाई लिजमा भन्ने । यस अनुसार लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको बुझिन्छ । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा (स्थानीयको करिब ११६ बिघा, कोषको ७५ कट्ठा र पुरातत्व विभागको १० कट्ठा) जमिन ९९ वर्षका लागि लिजमा दिने गरी भएको उक्त समझदारी अनुसार स्थानीयको जग्गा कोषले अधिग्रहण गर्ने गरी यसकोे उपभोग सिंगापुर स्थित मोक्ष फाउन्डेसनले र व्यवस्थापन प्रमिस्ड ल्यान्ड नामक संस्थाले गर्ने देखिन्छ ।

यति ठुलो बजेटको यति धेरै जग्गामा फैलिने र यति लामो समयसम्म देशको जमिन कुनै अमुक विदेशी संस्थालाई बिना प्रतिस्पर्धा सुम्पने यस्तो महत्वाकांक्षी परियोजनाको बारेमा यसरी अकस्मात खुलासा हुनु र अगाडि कहीँकतै गाइँगुइँ समेत नसुनिनु, पत्रपत्रिकामा चर्चा नहुनु कम्ति आश्चर्यको कुरा थिएन ।

कारण यस्तो रहेछ — प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी तथा विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका छोरा निकेश प्रमिस्ड ल्यान्डका सञ्चालक रहेछ । र मंसिर २६ मा रामग्राममा स्तूप निर्माण र उत्खनन परियोजनाको शिलान्यास जस्तो नरपालिकाको कार्यक्रम जस्तो देखिने कार्यक्रममा पनि दाहाल प्रमुख अतिथि भएर त्यो तामझामको कार्यक्रममा शोभा बढाइरहनुभएको थियो ।

सामाजिक सेवामा लाग्नेहरुलाई थाहा भएकै कुरा हो, राजधानी जस्तो ठाउँमा स्थानीय समाजसेवीहरुले त्यहाँको कुनै खुला ठाउँमा सानो पार्क बनाउन खोज्दा वा कुनै योगदान भएका व्यक्तित्वको सालिक राख्न खोज्दा वडा लेभलबाटै सयथरी बखेडा खडा गरिन्छ, स्थानीय जनताको आवश्यक लगानी वा श्रमदान राख्ने भन्दा पनि असम्भव नै जस्तो गरी फाइल हुत्याइँछ, अनि मेयर हुँदै मन्त्रीको फोन गराउनु पर्ने हुन्छ । तर यहाँ एक शताब्दी सम्म सयौं विघा जमिन, त्यो पनि संवेदनशील पुरातात्विक महत्वको, कुनै अमुक स्वदेशी विदेशी संस्थालाई हचुवाको भरमा लीजमा दिँदा पनि दायाँ हातले दिँदा बाँया हातले चाल नपाएको जस्तो नाटक? के यो सम्भव छ?

रामग्राम जस्तो बन्जर र सुनसान ठाउँमा लगानीको कुरा आयो । मोक्ष फाउन्डेसनका कार्यकारी निर्देशक जेम्स सेङले लगानी प्रतिबद्धता गरेको खबर छ । अब त्यहाँ कसैले के लगानी गरेर के नाफा कमाउँछ? कसरी कमाउँछ? नाफा नकमाइने ठाउँमा सिंगापुर जस्तो ठाउँको कुनै कम्पनीले किन अर्बौं लगानी गर्छ ?

अर्को करा, असार ३२ गते ‘रामग्राम स्तूप क्षेत्रको संरक्षण एवं विकास सम्बन्धमा’ कोषका सदस्यसचिव सानुराजा शाक्यल पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र पुरातत्व विभागसँग स्वीकृतिका लागि आग्रह गरे । यसै दिन कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किरातीले बैठक बोलाएर काम अघि बढाउने रायसहित सिफारिस गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए भनेर पनि समाचारमा भनिएको छ ।
बुझिने कुरा हो, त्यस पत्रमा मन्त्रालयहरु र विभाग सकारात्मक भएनन् होला । अनि सरकारले साउन १६ गते कोषको उपाध्यक्ष पदमा डा लामालाई नियुक्त गरे । उपाध्यक्षको प्रवेशले यहाँ गहिरो अर्थ लाग्छ । मन्त्रालयहरु र विभाग असहमत हुँदाहुँदै उपाध्यक्षले प्रक्रिया अघि बढाएको देखिन्छ । नेपालमा गलत काम यसरी नै अगाडि बढाइन्छ ।

नेपालमा त्यो गुरुयोजना तयार नै भएको होकि भएको छैन कि भन्ने नै स्पष्ट भनाइ नआइरहेको बेलामा उक्त समरोहको समचार लेख्ने क्यारेबियन न्यूज ग्लोबलले त्यो समारोह नै गुरुयोजना विमोचनको भएको भने । यसका अनुसार उक्त गुरुयोजना मिलानका आर्किटेक्ट स्टेफानो बोएरीबाट तयार भएको थियो । समाचार अनुसार रामग्राम स्तुप प्रोजेक्ट भनेको नेपाल सरकार, लुम्बिनी विकास कोष, मोक्ष फाउण्डेशनको सहयोगमा प्रोमिस्ड ल्याण्डको साझेदारी थियो ।

स्वाभाविक हो, यो रामग्राम लीज काण्डको समाचार आएपछि राजधानीमा तरङ्ग फैलियो । विशेष गरी सामाजिक सञ्जालमा यसको ठाडो विरोध भयो । केही बौद्ध संस्थाहरुले विज्ञप्ति मार्फत नै विरोध गरे । धेरैले यो मन पराएन र ठेक्का पाउने नेपाली कम्पनीका समर्थकहरुले पनि बोेलेन । यस काण्डमा सबै भन्दा बढी विरोध हुनुको कारण लीज थियो । हुन पनि हो, रामग्राम बन्नु पर्छ, सँधै त्यो घाँसे ढिस्को भइरहनुभएन भन्ने माग जायज हो । बनाउन त दिने, तर लीजमा किन दिने? लीज भन्ने बित्तिकै आउने एक शताब्दीसम्म हाम्रो पवित्र भूमि, स्तुपको अवशेष, त्यसभित्र रहेका पुरातात्विक सामाग्री अनि १२० बिघा जमिन सिंगापुरको कम्पनीको हुने भयो, नेपाली कम्पनी त ठेक्का लिनलाई उभ्याइएको लिलिपुट जस्तो मात्र हो, यो सबै बुझेकै कुरा हो । त्यस्तो कम्पनीले त्यहाँ जुन चित्रमा देखाइएको हो, त्यस्तो निर्माण गरेर के पाउने होला ? यो कौतुहलता जाग्नु स्वभाविक हो । त्यहाँ रमणीय पार्क बनाएर २० वा १०० रुपैंयाको प्रवेश शुल्कबाट ७ अर्ब र त्यसपछि नाफा कमाउँछु भनेर त पक्कै हैन । नभए किन यहाँ पैसाको खोला बगाउन आउँछ त? भन्नेजस्ता धेरै प्रश्नहरु जन्माएको छ ।

अन्ततः माघ १६ गते कोषका उपाध्यक्ष लामाले रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको भनेर विज्ञप्ती मार्फत खण्डन गर्नुभयो । तर पनि माघ २८ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दियो । यसका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ भने यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ ।
अनि फागुन १ गते लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भएका सबै सम्झौता, समझदारी रद्द गर्यो ।

०००

एउटा नहुनु पर्ने कुरा रोकियो, यसमा बौद्ध अबौैद्ध सबै खुशी हुनु स्वभाविक थियो । तर कुरा यतिमै यो मुद्दा समाप्त भने हुँदैन । यस सम्झौता रद्दले बुद्ध धर्म र बौद्ध तीर्थ स्थल प्रति माया र ममता भएका बौद्धहरुका साथै अन्य एक प्रकारका मानिसहरु पनि खुशी भए — एउटा ती मानिसहरु जो लुम्बिनीमा कहिल्यै कुनै विकास नै नहोस् अनि त्यहाँ टुटेफ्ुटेका ढुंगा माटो मात्र देखाइरहोस् र सरकारले लुम्बिनीको विकासको नाममा सयौं आफ्ना मानिसहरुलाई जागिर दिइराख्न पाउँ वा ठेक्कापट्टा चलाएर आफ्ना पार्टीका लागि राज्यको र विदेशीहरुले खन्याउने धन कुम्ल्याउन पाउँ भन्नेहरु । यसबारे केही चर्चा नगरी रामग्राम लीज काण्डको बारेमा चर्चा अधुरो नै रहन्छ ।

जबदेखि रुपन्देहीको जंगलमा अशोक स्तम्भ भेटियो र त्यो ठाउँ भगवान बुद्धको जन्म भएको पवित्र भूमि हो भनेर प्रमाणित भयो, तबदेखिको इतिहास सरसरी हेर्दा थाहा हुन्छ, कि नेपालको सरकार त्यहाँ कुनै पनि विकास गर्नका लागि लालायित वा तयार पनि भएको देखिँदैन । अहिलेसम्म लुम्बिनी क्षेत्रमा जति पनि विकास (वा विनास, जुन सुकै ढंगबाट ब्याख्या गरेपनि) भयो त्यो विदेशी बौद्धहरुको अनुग्रहको फल मात्र हो । त्यसमा पनि पाइलै पिच्छे विदेशी बौद्धहरुलाई यहाँ दान गर्न, चन्दा सहयोग दिन अवरोध खडा गर्ने र निर्माण कार्यमा अवरोध गर्ने मात्र भएको छ भन्ने कुरा लुम्बिनीमा बसेर हेर्दा र अन्तर्राष्ट्रिय बौद्ध संघसंस्थाहरुको औपचारिक अनौपचारिक कुराकानी वा लेखनहरु पढ्दा अन्दाज गर्न सकिन्छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रमा विभिन्न देशका बौद्ध संस्थाहरुले विहार मन्दिरहरु बनाइदिएका कारण अलि हेर्न लायकको भएको बाहेक वृहत् लुम्बिनी क्षेत्र भनेर चर्चा गरिने अन्य क्षेत्रहरु — कपिलवस्तु, निग्रोधाराम, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, देवदह तथा रामग्रामको विजोग त्यहाँ पुगेका हरेक तीर्थयात्रीहरुले देखेकै हुन्छ । नेपालका मन्त्री, अन्य जनप्रतिनिधिहरु तथा सरकारी कर्मचारीहरु मौका मिल्यो कि बौद्ध सभा, सेमिनार वा सम्मेलनमा भाग लिन विभिन्न बौद्ध देशहरुमा गइरहेका हुन्छन् । उनीहरुले त्यहाँबाट के सिकेर आउँछ होला ? अनि त्यसबाट अलिकति पनि प्रभावित भएर वा विदेशीहरु सामु लज्जित भएरै भएपनि केही आफ्नै बजेटबाट निर्माण संरक्षण गरेको भए यस्तो हविगत भइरहँदैनथ्यो होला ।

नेपालकै सन्दर्भमा कुरा गर्दा यहाँ विकास भनेकै निर्माण हो । सरकारमा बसेका, कर्मचारी तथा समाजका टाठाबाठालाई विकासमा यसकारण पनि रुचि हुन्छ कि त्यहाँ निर्माणको कुरा आउँछ, निर्माण सँगै ठेकेदार अनि ठेकेदारसँगै कमिसन । रामग्रामको कथित गुरुयोजनाको भित्री कुरा पनि यही हो ।

अब रामग्रामको कुरा । रामग्राम बौद्धहरुका लागि अत्यन्त महत्वपूर्ण तीर्थ स्थल हो भनेर पत्ता लागेको पनि ६० वर्ष भइसक्यो, अनि उत्खनन्को काम भएको नै २० वर्ष भइसक्यो । तर त्यहाँ काम त्यति मात्र भएको छ, जति त्यहाँ जाँदा हाम्रो आँखाले देख्न सक्छौं । आफ्नो मातहतको बजेटबाट एक दुइलाख पनि खर्च गर्न कन्जुस्याइँ गर्ने नगरपालिकाले वा कोषले कसरी ७ अर्बको (अझ परियोजना पुरा हुँदा २५ अर्बको ) कामको कल्पना गरे? यो कुरा बडो ताज्जुबको छ । आफुले गर्नु परे सुको खर्च नगर्ने तर अरुलाई खर्च गराउन पाए पुरै ब्रम्हलोक आफ्नै ठाउँमा बनाउन लगाउने जस्तो नियत देखियो रामग्राममा । अनि अर्को कुरा यस्तो राष्ट्रिय महत्वको परियोजना किन गुपचुप, यसमा मन्त्रालय, पुरातत्व विभाग र कोषको धारणा फरक हुनुपर्ने किन? अनि एउटै कम्पनीलाई सुटुक्क दिनुपर्ने किन?

अब मुख्य कुरामा आउँ । सरकार आफैले रामग्रामको विकास गर्न चाहेन र गरेन — यो एउटा पक्ष हो भने अर्को पक्ष भनेको विदेशी पैसामा रातारात रामग्राम बनाउन लगाउने चाहना पनि सफल भएन । अब रामग्रामको भविष्य के त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । नेपाल सरकारले अब आँखा खोलेर यो त बनाउनै पर्ने ठाउँ हो भनेर बुझेर त्यहाँ विश्वका अन्य बौद्ध तीर्थ स्थल जस्तै विशाल स्तुप वा अन्य मन्दिर बनाउला भन्ने आशा गर्ने ठाउँ त बाँकी छ जस्तो लाग्दैन । यसरी हेर्दा बल्ल बल्ल देखिएको आशाको किरणमा पनि बादल लागेको जस्तो देखियो ।

अन्तमा, जहाँ जति राष्ट्रप्रेमको कुरा गरेपनि लुम्बिनी क्षेत्रमा बनाउने भनेको त विदेशीको पैसाले नै हो । उनीहरुको आँखामा नेपालका बौद्ध तीर्थस्थलहरु हिरा हुन्, त्यसैले आफ्नो कमाइको पाँच दश प्रतिशत यस पवित्रस्थलमा पोखाएर आफ्नो जीवन सफल बनाउन चाहन्छन् । यस्ता अर्बौं अर्बका प्रजेक्टहरु धेरै लाइन लागेर बसेका हुन्छन् । यदि नेपाल सरकारले यो कुरालाई मात्र बुझ्यो भने, त्यहाँबाट आउने पैसामा कमिशन पाइएला कि भनेर र्याल मात्र नचुहाएपनि हाम्रा घाँसे ढिस्काहरु र इँटाका टुक्राहरु विश्वमै देखाउन लायकका सुन्दर धार्मिक तीर्थस्थल बन्ने थिए । विश्वभरीका बौद्धहरु ओइरिने तीर्थस्थल बन्ने थिए ।

अबको अवस्थामा नेपाल सरकारले आफै नेतृत्व लिएर, पारदर्शी भएर अनि यस्ता काम अगाडि बढाउनु पर्छ । कमसेकम हुन गइरहेको काममा बाँझो नहाल्न र धेरै फाइदा नलिन आफ्ना कार्यकर्तालाई सचेत गराउनु पर्छ । यसका साथै बौद्धहरुले नेपाल सरकारलाई दबाव दिन र खबरदारी गर्न पनि जरुरी छ । यसको लागि नेपालका सबै बौद्ध समुदाय, बौद्ध संघसंस्थारु तथा अन्य सबै एकजुट भएर राष्ट्रिय हितको लागि प्रतिबद्ध हुनुपर्छ । नेपालका सुनौला दिनहरु यिनै हाम्रो सरकारले अपहेलना गरेर छाडेका बौद्ध तीर्थस्थलहरुमा लुकेका छन् ।

Published in Anandabhoomi February 2024


https://bit.ly/49oqq60


Monday, April 3, 2023

500 Buddhist novice monk ordination in Lumbini Nepal 2023





 #lumbini #buddhism #theravada #ordination #dhammakaya #nepal #kathmandu #lalitpur

Razen Manandhar

Sunday, June 9, 2019

LUMBINI AND OTHER SURROUNDING SITES


 

Razen Manandhar

Nepal is known in the world for many unique characteristics — snow-capped mountains, golden temples, series of festivals and romantic natural beauty. Above all, it is remembered for a small white rectangular structure, not so much eye catching. It is the sacred place, from where the 2500 years old history of Buddhism has begun. Yes, this is Lumbini, the birthplace of the Bhagawan Buddha.


Obviously, this sacred garden is to be centre for attraction and devotion for hundreds of millions of Buddhists around the world. They all have one wish in their lives — to have at least one occasion in their life with they will touch the sublime ground of Lumbini with their heart and be indebted to unparalleled philosophy of the Buddha. This is the reason that Lumbini is now listed as one of the World Heritage Sites, by UNESCO. Lumbini was made a World Heritage Site by UNESCO in 1997.


However, we know that Lumbini garden is not only the place which makes the whole region important for the Buddhist world. There are dozens of such sites, sacred places, which has similar value for all Buddhists, Buddhist scholars, archaeologists, sociologists, cultural experts as well as common visitors, who have even the slightest interest in Buddhism and evolution of Buddhist philosophy in the world.


Here we try to take you around those areas, which hare untouched, shadowed, unexplored till the date.

Lumbini:


Just around 280 kilometres west of the capital Kathmandu, Lumbini is one of the four biggest shrines of the world. It is in fact, a Mecca for the Buddhists and other peace-lovers all over the world. It is believed to be the place where, in 623 BCE, Queen Mayadevi gave birth to Prince Siddhartha, who later was known to the world as the Bhagawan Buddha, the awakened one. Among others, the Ashokan pillar, erected here by the Indian Emperor Ashoka, who ruled from 272 to 231 BC, confirmed the history of the birth of the Buddha some 22 hundred years ago. This is the oldest and greatest proof that the Buddha was born here. It clearly states — “here, the Buddha was born”.


Apart from the sacred garden, the area, covered by the masterplan to develop the Lumbini region houses around three dozen artistic, beautiful temples and monasteries, made from the benevolence of people of different countries. You will be surprised, the way of following Buddhism may vary from country to country, but, as it has to be, the Buddha is one. Major temples you can find there are, among others, are Chinese, Korean, Thai, Burmese, Cambodian and of course Nepali too. And, we cannot also forget the towering World Peace Temple, made as a mission to spread all over the world by the Buddhists from Japan.


We can talk about Lumbini and the temples here for hours. But while exploring the significance of this place and enjoying the beauty of the monasteries, we are going to miss so many beautiful and equally important sites, which have abundant values for the Buddhist pilgrims as well as other travelers. Let’s go to those areas and learn something about them briefly.


Kapilvastu:

Buddha was not only born in Nepal but he also spent his 29 years of his worldly life as Prince Siddhartha here. His father, King Suddhodana ruled his state, the Shakya Kingdom of Kapilvastu, from the palace which is now around 22 kilometers from Lumbini. This is now a small developing town called Tilaurakot. A taxi can take you to the place where once stood the grand palace of King Suddhodhana.

A known Indian archaeologist P. C. Mukherji, in 1899 AD conducted exploration of the antiquities of Kapilvastu and pointed out for the first time that there could be the ruins of the 2500 years old palace of King Suddhodhana, where the saintly prince Siddhartha grew. Explorations to find discover more mysteries of the history were made by many national and international experts have been done and so it is going on now. A team of archaeologists, led by Prof. Robin Cunningham is going still going on and coming up with some exciting facts.


The major attraction of Kapilvastu today are remains of the palace — southern gate, , eastern gate, , central wall, the fort wall, pond to the north-east side. Outside the palace complex, one can find the twin Stupa, where the remains of king Suddhodana and Queen Gotamai were buried and the Kanthaka Stupa, where the horse, which took prince Siddharta out of the palace was buried, are found.


Kudan:

It was not like the prince Siddhartha left Kapilvastu and did not came back. After being enlightened, in invitation of King Suddhodana, he came to Kapilvastu, met his beloved family gave his discourse to them. This is the place, Nigrodharama, which is now known as Kudan.


Now we can see ancient some stupas and remains of monasteries in Kudan. One Stupa is known as Rahula Stupa where the Buddha’s disciple Sariputra ordained Prince Siddhartha’s son Rahula. You can see a Hindu temple built over the dome now. Another second commemorates the Buddha’s giving discourcse to his father. The memorials of Prajapati Goutai offering robe to the Buddha and Yashodhara’s inviting the Buddha for meal are also marked there. Indeed this could be a sublime place for ordination and doing meditation, which will remind us of those great historical events, which are related to the Buddha’s life in Nepal.


Gotihawa :

Buddhists believe that the Shakyamuni Buddha, who was born 2500 years ago in the garden of Lumbini was not the first one, nor is he going to be last one. They say that there have been several Buddhas on the earth who, in their times, got enlightened and gave light to the people. Pāli Canon of Buddhavamsa has mentioned names of the primitive Buddhas.


Gotihawa, a small village around 4 kilometres southeast of Kapilavastu, is a shrine, almost as important as Lumbini itself. This is the place where Krakuchhanda Buddha was born, received enlightenment and and attained nirvana. His mother’s name was Khemavati and this place was also named after her, according to Theravada literature.


King Ashoka visited this place also and recognizing its significance, erected a pillar, similar to that of Lumbini. This is the evidence, made over 2000 years ago, to say that this indeed has been a holy site for the Buddhists as the birthplace of Krakuchhanda Buddha. In the course of time, unfortunately, so it has to be said, the pillar has been broken and is waiting for proper maintenance and development of the area. Apartfrom this, a relic stupa, some ancient wells and ponds are found in the excavations. Nepali and Italian experts conducted excavation in Gotihawa area in 1994–95.


Niglihawa :

Niglihawa is another site which shows how important this area if for the Buddhists. This is the place where Kanakmuni Buddha, another of the primitive Buddhas, was born.


King Ashoka visited the site in 249 BC and erected the Ashoka pillar that has now broken into two pieces. The Stupa, however, is still missing. The pillar boasts two different manuscripts — one in Pali language and another in Sanskrit.


Situated about 7km northeast of Taulihawa, this place is another important one for the Buddhist because Emperor Ashoka also chose this as one of his destinations when he decided to travel around all major Buddhist pilgrimage sites for further propagation of Buddhism. He visited the site in 249 BC and also erected a stone pillar here. The inscription engraved on it in Pali language states that there was a Buddhist stupa, accredited to Kanakamuni Buddha. He had it renovated and also erected a stone pillar nearby. This pillar was discovered in 1895 AD. Now, again, in a two broken incomplete pieces.


As early as in 4th and 7th centuries, well-known Buddhist travellers Fa-Hien and Hiuen-Tsang came here, describe about the pillar and the Stupa in their travel accounts.


Araurakot

The place, which is commonly known as Araurakot, located arund t 10km northeast of Taulihawa, is another one, which is known as related with Kanakamuni Buddha. Some literatures state that this is the place where he lived and married.


Very little has been done to excavate the details of this site. Nepal government initiated an excavation project, under leadership of archaeologist Tarananda Mishra in 1977. This project came up with a conclusion that there must have been an old ruined city. Now, it is a magnificent rectangular fortified area with the remains of ancient moat and brick fortifications. Further extensive excavation is needed to come up with detail information about the archeological evidences and religious importance of this area.


Again, a joint archaeological team of Nepali-Italian archaeologists (1996–1997) has identified nine archaeological sites including Araurakot in this area.


Sagarhawa

As Buddhist chronicles state, there was a fierce battle, which killed over 77-thousand Shakyas. Any recognizable evidence to this undated history has not been found, but it is believed that the place is today called Sagarhawa.


And archaeological excavation was conducted in 1897, led by Dr. A Fuhrer himself. It found ruins of some stupas and an ancient pond here. These monuments are located now near a pond known as Lumbu Sagar. Sagarhawa is about 12 kilometers north of Taulihawa.


Now, only a few things can be seen here now. But it carries an incredible history, which tells that the Shakyas preferred to be victim of genocide than breaking their commitment to non-violence.


Devdaha :

Devadaha, a place, which is 57 km. east of Lumbini is related to life of the Buddha in many ways.

This was the ancient capital of Koliya Kingdom in the Buddha’s time. This is the place where Prince Siddhartha most of his childhood, after his days in in the Kapilvastu palace. Even after enlightenment, the Buddha stayed there during his tours and preached to the monks on various topics.


Pakari Tree is a unique attraction near Devadaha. It is a giant tree, which has its circumference and height. It is probably one of the biggest trees in Asia.


People believe that it has been here since the days of the Buddha. So, they consider it as a holy tree and people come to worship it. They have also associated it with several myths and beliefs. It is interesting to note that birds never nest on it and elephants never go near it.


Bhawanipur is another archaeological site near Devadaha. It is located 4 km South of East-West Highway in Devdaha Municipality. It is considered as an important part of Devdaha. Among others, a long stone column was found here, which is said to be an Ashokan Pillar. Apart from this, a temple of Mayadevi and other archaeological sites were also discovered here.


Apart from this, there also is a Devdaha Park. A big temple with a statue of Lord Buddha can be found here. And a Bodhi tree is another attraction in this garden.


Ramagrama :

This small mound of Ramagrama, or remains of an undated Stupa, is one of the unique structures of not only but the whole world, as the Buddhists believe. Unexplored yet, according to the Buddhist chronicles, this is the only stupa which still has the relic of the Buddha.


When the Buddha attained Nirvana, the Buddha’s relic was divided into eight parts. The Koliyas obtained one part of it and they enshrined it here and built a Stupa here. When the Emperor Asoka heard about it, he tried to take out relics from this stupa also, to erect build 84,000 small Stupas with the Buddha’s relic all over Indian empire. But the Nagas protected this stupa and thus, it is believed that the relics are still here in this stupa.

Lumbini is not only the birthplace of the Buddha, it is in fact a whole area which is related to the life of the Buddha. 


Those who intend to visit Lumbini should think about this as a pilgrim site beyond that small holy garden. And the government of Nepal should also take some firm initiatives to develop some kind of religious environment in those areas so that the pilgrims from Nepal and abroad would feel peace of mind when they visit us. They are indeed places of faith for millions of Buddhist around the world, not merely some tourist points. Instead of calling it Lumbini, it should be internationally called Greater Lumbini.

https://tinyurl.com/razen190605 

2 years ago/Sunday, June 9th, 2019/

Wednesday, June 20, 2018

लुम्बिनीको पवित्र उद्यान र सुन्दरी प्रतियोगिता



राजेन मानन्धर

एकजना थिए हुयेन साङ जो आज भन्दा १३८० वर्ष अगाडि भगवान बुद्ध त्यस ठाउँमा जन्मेका थिए भन्ने सुनेकै भरमा चीन देखि ७ वर्ष लड्दैपडदै हिँडेर यहाँ लुम्बिनी आए र आफ्नो माथा टेकेर गए । अर्को हामी नेपाली छौं जो त्यस पवित्र उद्यानलाई सुन्दरी प्रतियोगिता गर्ने अखडा बनाउन लागिपरेका छौं । भन्नुस्, बुद्ध कहाँ जन्मेको थियो?


यहाँ बुद्धभूमिको पवित्र उद्यानको छेउमा दिनहुँ हेरिहँदा भावविभोर बनाउने दृष्यहरु यस्ता हुन्छन् – कोही पानी, चामल, फूल, अत्तर चढाउँछन््, कोही पैतालादेखि निधारसम्म भुँइ छुवाएर दण्डवत गर्दै परिक्रमा गर्छन् । किन नगरुन्? यो भुँइ नै यस्तो छ । यहाँसम्म नआएकाहरुको कुरा छोडौं, आएकाहरुले पनि आफैलाई सोधौं, हामीले के गर्यौं त?

यो १२२ वर्षमा पनि हामी नेपालीहरुले जतिसुकै बुद्ध नेपालमा जन्मेको भनेर उफ्रेपनि, छिमेकी राष्ट्रमाथि धारेहात लगाएपनि, वा वल्र्ड रेकर्ड बनाएपनि, एउटा साझा, पवित्र, श्रद्धापूर्ण, सम्मानजनक र नीतिगत धारणा बनाउसकेका छैनौं । अहिले पनि हामी सबै अन्धाले हाँती छामेजस्तो गरिरहन्छौं । कसले भन्ने यहाँ के गर्दा ठिक र के गर्दा बेठिक हुन्छ भनेर ?

अब अहिलेको प्रसंगमा । करिब छ महिना जति अगाडि लुम्बिनीमा मिस लुम्बिनी भन्ने सुन्दरी प्रतियोगिता भएको रहेछ । त्यसको एक चरणमा आयोजकले लुम्बिनीको पवित्र उद्यानमा ती प्रतियोगी सुन्दरीहरुलाई विभिन्न मुद्रामा नचाएर पुरा गरे । विश्वका बौद्धहरुको आराधनाको केन्द्रविन्दुमा यस्तो किन गर्नुपर्यो, गर्न कसको अनुमति लिएको थियो, कसरी अनुमति दियो, यो कसले देख्यो, कसले कस्तो प्रतिक्रिया जनायो भन्ने अहिलेको प्रश्न रहेन । दुइदिन अगाडि मैले यूट्युबमा लुम्बिनीसम्बन्धी अपलोड गरिएका भिडिओहरु खोज्ने क्रममा ड्रिम्स इभेन्ट एण्ड इन्टरटेन्मेन्टद्वारा डिसेम्बर २, २०१७मा अपलोड गरिएको मिस लुम्बिनी २०७४ को पवित्र उद्यानमा मायादेवी मन्दिरको छेवैमा कोरियोग्राफी गरिएको एक दृष्य देखें जहाँ एक दर्जन जति सुन्दरी प्रतियोगीहरु फोटोसेसन र जामा उचाल्दै नृत्य गरिरहेका थिए । यस्तो इभेन्ट लुकेर छिपेर, अनुमति नलिई गर्न मिल्नै कुरै थिएन । एउटा भिडिओ क्यामेरा लान अनुमति लिनुपर्ने वा दस्तुर तिर्नुपर्ने अनि शरीर, झोला जाँच गर्ने, मेटर डिटेक्टरको सुरक्षाढोका पार गर्नुपर्ने, चौबिसै घण्टा सुरक्षा गार्ड हुने ठाउँमा त्यो छायांकन गरिएको थियो । अझ मैले हेर्दासम्म ८ हजार जनाले उक्त भिडिओ हेरिसकेको थियो, ६९ जनाले मनपराइसकेको थियो । मलाई व्यक्तिगत रुपमा आपत्तिजनक लाग्यो । तत्कालै त्यसको एक स्क्रिनशट सहित यहाँ लुम्बिनीमा यस्तो हुन थालेछ भनेर फेसबुकमा पोस्ट गरें । धेरैले आश्चर्य व्यक्त गरे, खेद व्यक्त गरे र विरोध जनाए । सबैले लुम्बिनी विकास कोषको उत्तरको प्रतीक्षा गरे, जुन स्वभाविक थियो ।

यस सुन्दरी प्रतियोगिता भन्दा पनि लुम्बिनी विकास कोषको उत्तर बढी अर्थपूर्ण थियो । कोषका प्रमुख सुचना अधिकृत हरि राईले कमेन्ट मार्फत भन्नुभयो, “लुम्बिनीमा कुनै पनि प्रकारको नृत्यलाई अनुमति दिइँदैन, र लुम्बिनी विकास कोषले कहिल्यै यस्तो कृयाकलापलाई अनुमति दिएको छैन । यो कुनै नृत्य प्रतियोगिता होइन । यो सामान्य धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति होला । कृपया प्रमाण र आधार नलिई दोष लगाउनेबाट टाढा रहनुहोला । लुम्बिनी विकास कोष ।” यसमाथि रश्मिला प्रजापतिले टिप्पणी गरेपछि उहाँले फेरि थप्नु भयो, “के तपाइँ टेबुलमा थुुप्रै फूलहरुका साथ बौद्ध पूजाको तयारी देख्नु हुन्न? के तपाइँ कुनै नृत्य वातावरण र मानिस तथा बाद्ययन्त्रहरु देख्नुहुन्छ? त्यो पवित्र क्षेत्र भनेको २४ घण्टा सिसी क्यामराको सुरक्षामा रहन्छ, तपाइँको जानकारीको लागि । धन्यवाद ।”

विकास कोषको यस आधिकारिक जवाफ आइसकेपछि कोषमा धाएर जानकारी लिइरहनु जरुरी भएन । मैत्री भिक्षुले लुम्बिनी विकास कोषमा रेकर्ड छैन भन्नु र कोषले त्यस्तो अनुमति दिइएको छैन भन्नु अनि युट्युबमा घामको उज्यालोमा भड्किलो लुगा लगाएका महिलाहरुले जिउ मर्काई मर्र्र्काई भावभंगिमा सहित त्यस विभिन्न देशका रिम्पोछे, धर्मगुरुहरुले पलेँटी कसेर पूजापाठ गर्ने ठाउँमा नृत्य गरेको दृष्य देखिरहनुको बिचमा तालमेल खोज्नु पर्ने आवश्यकता महशुस गरें ।

कुरा सुन्दरी प्रतियोगिताकै हुन्छ । म सुन्दरी प्रतियोगिताको विरोधी होइन (कुनैबेला विरोध गर्नेहरुले नै आफ्ना छोरीहरु पठाउन थालेका छन् भन्ने सुनेको पनि यहाँ प्रासंगिक हुन्छ) । वयस्क महिलाहरु आफुखुशी आफ्नो शरीर कहाँ कसरी कति प्रयोग गर्ने वा गराउने भन्ने विषयमा स्वतन्त्र हुन्छन् । फेरि यस्ता प्रतियोगितामा बुद्धीको चयन हुन्छ भनेपनि परिणाम आजसम्म छर्लङ्ग छ, म त्यता जान चाहन्न । कुरा शरीरको । बुद्धधर्ममा शरीर गौण हुन्छ, यो त ध्यानभावना गर्ने र पुण्य कमाउने साधन मात्र हो भन्छन् योगीहरु । त्यसैले त शरीरलाई मासु हाडको थुप्रो अनि कुहिएर जाने देह भनेर याद दिलाइन्छ, अनि सँधै अनित्य अनित्य भनेर सम्झाइन्छ । जतिसुकै सुन्दर शरीर किन नहोस् समय आएपछि नचाउरिएको र अन्तमा खरानी भएर नगएको शरीर कस्को छ ? अनि यस्तै शरीरको नुमाइस, त्यो पनि टाउकोले छोएर श्रद्धा गर्नुपर्ने पवित्र बुद्धभूमिमा ? को कति कहाँ चुक्यो? आज सुन्दरी प्रतियोगिताको शुटिङ हुन सक्छ भने भोलि यहाँ रोमान्टिक फिल्म वा वयस्क फिल्मको पनि शुटिङ नहोला भनेर भन्न सकिन्न ।

यसबारे यस कार्यक्रममा आयोजकले मेसेज पठाएर सोध्नुभएको थियो – “यो प्रोग्रामले कसरी लुम्बिनीको मर्यादालाई गिराउने काम गरेको छ, कृपया बताउनु सक्नुहुन्छ ?” भनेर । “हामी पनि नेपाली नागरिक नै हौ अनि हामीलाई नि थाहा छ के गर्दा ठिक र के गर्दा बेठिक । हामीले कुनै पनि त्यस्तो काम गरेको छैन जस्ले गर्दा लम्बिनीको नाम बदनाम होस्” भन्ने उहाँको तर्क थियो । व्यक्तिगत आएका मेसेजको जवाफ दिनु आवश्यक ठानिन र मेरो यसका आयोजक सँग कुनै गुनासो पनि छैन ।

हामी सबैको सरोकार भनेको लुम्बिनी हो र यसको विकास गर्ने जिम्मा लुम्बिनी विकास कोषको हो । तसर्थ प्रश्न पनि त्यतै तेर्सिन्छ । वर्षको छ करोड बजेट ल्याएर बुद्ध जयन्ति मनाउन सक्ने कोषले के पैसै नभएर दस्तुर लिएर त्यहाँ सुन्दरी प्रतियोगिता गराएको थियो र भन्ने प्रश्न पहिलो हो । त्यस पछाडि यदि त्यहाँका अधिकृतले भनेको जस्तो त्यहाँ त्यस्तो कुनै अुनमति दिइएको छैन भने कसरी दिन दहाडै यस्तो कार्य गर्न सम्भव भयो भन्ने दोश्रो प्रश्न ठडिन्छ । अब कोषमा यसको कुनै रेकर्ड नभएको भए यो झन् रहस्यमय बनेको छ अनि सिसि क्यामरामा पनि केही नदेखिएकै हो भने यसमा कोको जिम्मेवार हुनुपर्नेहो सबैले पहिल्यै नाम हाजिर गराए राम्रो ।

मैले सुन्दरी प्रतियोगिता भनेर लेख्दा समेत कोष त्यो नृत्य प्रतियोगिता होइन, सामान्य धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति होला भनेर आफ्नो जिम्माभित्रको अतिसंवेदनशील उद्यानमा त्यस्तो अञ्चलव्यापी भएको ग्ल्यामरस प्रतियोगिता भएको बारेमा अनभिज्ञता प्रस्तुत गर्नुलाई पनि सामान्य मान्न सकिन्न । अझ कृपया प्रमाण र आधार नलिई दोष लगाउनेबाट टाढा रहनुहोला भन्ने नम्र चेतावनीलाई के भन्ने ।

तीनवटा कुरा — त्यो नृत्य प्रतियोगिता हो कि होइन भन्ने सवाल नै होइन, मैले सुन्दरी प्रतियोगिता भनेको थिएँ, त्यहाँ कोरियोग्राफ गरिएको एक चरणको प्रस्तुति थियो । त्यो अधिकृतले भनेको जस्तो धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति पक्कै थिएन (सुन्दरी प्रतियोगितालाई अहिलेसम्म धार्मिक प्रस्तुती कतै भनिएको छैन)। धार्मिक कृयाकलाप गर्न नेपालीहरुले नजानेपनि थाइल्याण्ड, बर्मा, क्याम्बोडिया जस्ता देशका महिलाहरु सेतो माथिदेखि तलसम्म छोपिने लुगा लगाएर आउने गरेको कोषका कर्मचारीहरुले देखेकै होलान् । दोश्रो, त्यहाँ के भएको थियो भनेर सिसि क्यामेराले किन देखेन? यदि त्यस्तो निगरानी गर्न नसक्ने (केही महिना अगाडि मात्र मानवअवशेष गाडेको प्रसंगलाई समेत जोडेर भन्दा) सिसि क्यामेराको अर्थ नै पनि के रह्यो र । तेश्रो, यस्तो झकिझकाउ कार्यक्रम भइसक्दा पनि, यसको अफिसियल भिडिओ नै युट्युबमा राखेको छ महिना बितिसक्दा र यसलाई हेर्नेहरु ८ हजार नाघिसक्दा पनि कोषले नभएको, नदेखेको, नथाहापाएको अझ आधारहिन आरोप लगाएको जस्तो वक्तव्य आउनु दुखद हो ।

अब लुम्बिनी विकासको पालो हो — कि यो सबै कपोलकल्पित हो, त्यस्तो कार्यक्रम त्यहाँ भएकै छैन भन्नु पर्यो, कि यस्तो गर्न, गराउन कोषको ऐन नियमले दिन्छ त्यसैले नियम दस्तुर लिएर गराएको भन्नु पर्यो, कि लुकेर छिपेर गरेको हो भन्नुपर्यो, कि भ्रष्टाचार भएको थियो, हामी मध्ये कतिले गल्ती गरेका थियौं भनेर स्वीकार गर्नुपर्यो ।

अन्तमा, कोषले अब यसउप्रान्त समस्त नेपालीहरुले बुद्ध नेपालमा जन्मेको भनेर गर्व गर्ने ठाउँ, विश्वका करोडौं बौद्धहरुको आस्थाको धरोहर, अनि सरकारले ने विश्वशान्तिको मुहान भनेर प्रचार गरिएको पवित्र बुद्धजन्मभूमिमा यस्तो अवांछनीय कृयाकलाप हुनेछैन, गराइने छैन भनेर जनतालाई विश्वस्त गराइनुको विकल्प छैन ।
ज्ञडण्टद्दण्

Published in Ananadabhoomi, 2018

http://bodhitv.tv/article/180620a/

Wednesday, January 31, 2018

शुद्धोदन महाराजया दरबारया पूर्वया ध्वाखा




भगवान बुद्धया जन्म जूगु थाय् लुम्बिनी धालकि सकस्यां सिउ । तर बुद्धया जीवनय् जन्म ति हे मेगु महत्वपूर्ण पलाः धइगु वसपोलया महाभिनिष्क्रमण खः, अर्थात् २९ दँ तक स्वयाः नं ययेके मफुगु, दरबारया बैभव, चक्रवर्ती जुजु जुइगु मौका, अले कलाः काय्या तृष्णायात त्वःताः सम्बोधी ज्ञान मालेत दरवार त्वःतावंगु । बुद्धया जन्म जूगु लुम्बिनी थ्व हे खः धकाः तछ्यानाः धायेफुगु १२० दँ धयाथें दयेधुंकल । उबलय् निसें थन मदिक्क हे धयाथें उत्खनन व अनुसन्धान जुयाच्वंगु दु ।
सुनां छु लुइकल, गज्याःगु प्रतिवेदन बिल धयागुया ल्याःचाः हे तकं मदुथें जुइधुंकल । अज्याःगु अवस्थाय् नं हानं अन गाः खनाः इतिहासया छपाना निपाना तनेफइ ला धकाः अध्ययन अनुसन्धान यायेगु ज्या विश्वया हे थीथी देशयापिं नांजाःपिं पुरातत्वविद्तय्सं यायेगु मत्वःतूनि । थ्व हे इलय् उखे सिद्धार्थं २९ दँ बिकूगु राजदरबार थ्व हे धकाः सछिदँ न्ह्यः हे धयातये धुंकूसां कपिलवस्तुइ धाःसा अज्याःगु न क्वातुगु उत्खनन जुल, न त लूगु थाय्या हे उचित सम्भार व प्रचार प्रसार जुल । खतुं सन् १८९९य् भारतया पुरातत्वविद् डा. पि. सि. मुखर्जीं आः तिलौराकोट धकाः धयातःगु थाय् हे बुद्धकालया शुद्धोधन महाराजाया दरबार खः धकाः धयावंगु खः ।सन् १९६७ निसें पुरातत्व विभागया हे सक्रियताय् थन तारानन्द मिश्र लगायतया पुरातत्वविद्तय्सं ज्या मयाःगु नं मखु , तर अथेसां नेपाल सरकारया सोच, आर्थिक अभाव व राजनीतिक अस्थिरतां थज्याःगु थाय् नं अपहेलित अवस्थाय् हे लाना च्वन । अबलय् वयागु बुद्धि व प्रविधिं गुलि यायेफत यात, उकियात आः नं स्तुत्य धकाः हे धया वयाच्वंगु दु, थौंकन्हय्या पुरातत्वविद्तय्सं । तर १९६२इ मेम्ह भारतीय पुरातत्वविद् देवाला मित्रां उगु थासय् उत्खनन यानाः व थासय् छुं छुं पुरातात्विक वस्तु लुइकाः व थाय् बुद्धकालया तक पुलांगु मखु धकाः प्रमाणित यायेगु कुतः यायेवं यक्व पुरातत्वविद्त निराश जुल, तर लिपा लिपाया उत्खनन ज्यां मित्राया प्रतिवेदन पूर्वाग्रही जूगु धइगु प्रमाणित जक यात ।
थज्याःगु हे खँया दथुइ तःक्वः हे थन तःधंगु स्केलय् न्हून्हूगु प्रविधि छ्यलाः उत्खनन यायेमाल धकाः राष्ट्रिय व अन्तर्राष्ट्रिय ख्यलं नं सरकारयात सुझाव, अझ दबाब हे नं मबिउगु मखु । तर खँ व ज्या ताःलायेत ई मवयाच्वंगु जुयाच्वन । आखिरय् दक्व खँ मिले जुइकाः न्ह्याकाच्वंगु अन्तर्राष्ट्रिय स्तरया उत्खनन ज्यां अन राजकुमार सिद्धार्थं सम्बोधि ज्ञान प्राप्त यायेत धकाः कपिलवस्तु राजदरबार त्वःतूगु अथवा महाभिनिष्क्रमण याःगु पूर्वी ध्वाखाया अवशेषत लूगु संकेत खनेदयाच्वंगु दु । तःदँया उत्खननया छगू सुखद परिणाम वये हे त्यंगु दु । सुपाँचं भुनातःगु इतिहास चकनाः सुद्र्यः लुइगु संकेत खने दयेधुंकूगु अवस्था दु ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष व बेलायतया डुरह्याम विश्वविद्यालयं मंकाः कथं थुगुसी २०१८ या जनवरीनिसें न्ह्याकूगु उत्खनन ज्यां जुजु शुद्धोदनया राजदरबार धकाः म्हसीकातःगु कपिलवस्तुइ इशापूर्व खुगूगु शताब्दी अथवा बुद्धया जीवनकालया इतिहासया लुखा चायेकीगु सकारात्मक संकेत वयाच्वंगु दु धकाः अन संलग्न विशेषज्ञतय्सं धाःगु दु ।ंगु २०१४ निसें दँय्दसँ न्ह्यानाच्वंगु कपिलबस्तुया उत्खनन ज्या थुगुसी नं शुरु जूगु दु, अले थ्व निलातक न्ह्याइ । अन फिल्डय् संलग्न विज्ञतय् धापूकथं थुगुसीया प्रोजेक्ट अन्त जुइबलय् तक छुं न्हूगु व ऐतिहासिक धायेबहगु उपलब्धि चूलाइगु खनेदु ।
अथे धइगु शुद्धोदन महाराजया दरबारया पूर्वी ध्वाखा थ्व हे खः धकाः घोषणा यायेगु सम्भावना दु । तःदँ न्ह्यवं निसें थनया उत्खनन ज्याया नेतृत्व यानावयाच्वंम्ह डुरह्याम विश्वविद्यालयया प्राध्यापक रबिन कनिङघमं आःया उत्खनन ज्यां सिद्धार्थं गृहत्याग याःगु शुद्धोदन महाराजया दरबारया पूर्वी ध्वाखा दुगु धकाः क्यनातःगु थासय् अप्पा तयाः दयेकातःगु छुं संरचनाया अवशेष लुइधुंकागु दु धकाः लय्तातां कनादिल । थुगु अध्ययनया लागि उगु संरचनाया पूर्वी लागाय् धकाः उमिसं ९०० वर्गमिटर क्षेत्रय् १०० वर्गमिटरया गाः खनाः ज्या न्ह्याकेधुंकूगु दु । अले उमिसं दक्षिणपाखे नं ४०० वर्गमिटर क्षेत्रय् नं मेमेगु गाः खनेगु ज्या यानाच्वंगु दु ।
अथे हे अनया स्थानीय मनूतय्सं पुज्याइगु समाइमाई देगःया लिक्क नं ९० वर्गमिटरया गाः खनेगु ज्या न्ह्याकेधुंकल । थ्व थासय् हे दरबारया अवशेष दइ धइगु उमिगु अध्ययन हचुवा मखु । दकलय् ला उमिसं न्यागूगु शताब्दीया चीनिया यात्री फाहियान अले हुयेनसाङया विवरणयात आधार दयेकल । उकिया आधार कयाः हे पिसि मुखर्जीं अध्ययन यानाः थ्व थाय् लुइकूगु खःसा उकियात नं आधार हे दयेकेमाः धइगु उमिगु नं धापू दु ।
थगुने नगुने निसें उमिसं दक्षिण एशियाय् हे दकलय् न्हापां छ्यलागु धयातःगु अत्याधुनिक यन्त्र छ्यलाः जमिन दुने अप्पा दुला कि मदु, दुसा गन गन गुगु अवस्थाय् दु धकाः अध्ययन यानाः उकिया प्रतिवेदन तकं लुम्बिनी विकास कोषय् लःल्हाःगु अवस्था दु ।
वय्कलं ला तिलौराकोट धइगु थाय् बुद्धया पालय् जक मखु, व स्वयां नं न्हापांनिसें हे योजनाबद्ध तरिकां दयेकातःगु, इसापूर्वया आठौं शताब्दीइ हे खनेदुगु मानवबस्ती खः धकाः तकं दाबी यानादीगु दु ।थौंकन्हय् तौलिहवा धाइगु चिकिचाधंगु मुस्मांतय्गु बाहुल्य दुगु थाय् स्वयाः करिब ३ किलोमिटर उत्तरय् लाःगु थ्व तिलौराकोटय् न्हापा थ्व हे पुचलं परिणाममुखी भौतिक सर्भेक्षण प्रविधिया प्रयोग यानाः जिओफिजिकल सर्भेक्षण यात । अथे धइगु जमिनय् मम्हुसें उकिया दुने चा दु लाकि अप्पा वा ल्वहं दु धकाः स्वल ।
थथे सर्भे जक यानाः जमिन दुने गन गन पःखाः वा अंगः दु धकाः मालाः छगू नक्सा हे तयार यात । थ्व हे चां ल्हानाच्वंगु जमिन दुने अप्पाया संरचना दुगु पहिचान यानाः उकिया आधारय् जक आः उत्खनन याःगु खः । अन्तरविधागत विधि अथवा मल्टिडिसिप्लिनरी विधि छ्यलाः याइगु पुरातात्विक अन्वेषणं थीथी कोणं उत्खनन क्षेत्रया अध्ययन यानाः परिणाम प्रतिवेदन पिकाइ । थ्व प्रतिवेदनकथं थन अबलय्या दरबारया प्यखेरं पःखाः, लँ व मानव बस्ती दुगु अले पःखालं पिने खानीया ज्या याइगु थाय् दुगु संकेत लूगु खः ।
थ्व उत्खनन उकिया हे आधारय् याःगु जुयाः दुने संरचना दुथाय् जक गाःखंसा गात अले उकथं हे याकनं लिच्वः नं वयेगु ज्या जुल । थ्व हे अन्तर्राष्ट्रिय पुचलं याःगु उत्खननं थन न्हापा खुगू वा च्यागू शताब्दी इशापूर्वया संरचना लुइकूगु दु । तर व धाःसा थन द्यःने द्यःने खनेदुगु अप्पाया पःखाः मखु । न्हापा बुद्धया पालय् तक मनूतय्सं थन बूगु अप्पा तयाः छेँ दने मसःनि धइगु थ्व वैज्ञानिकतय्गु निष्कर्ष वःगु दु । अबलय् मनूतय्सं चाया हे छेँ दनी तर दथुइ सिँयागु अथवा पंयागु थां तयाः व अंगःयात बल्लाकी । आः अन याःगु अज्याःगु उत्खननय् चाया अंगः अले स्यनावनेधुंकूगु सिँ वा पंया थासय् ह्वः जक ल्यनाच्वंगु लुइकूगु दु ।
उमिगु धापू कथं आः खनेदुगु अधिकांश पःखाः धइगु न्हापा अथे चायागु अंगः दनातःगु संरचनाया द्यःने हे दयेकातःगु लूगुलिं थुकिं व प्राचीन कालया नगर योजनाया छुं छुमां क्यनाच्वंगु दु । थज्याःगु अध्ययनं न्हापा तिलौराकोट क्षेत्रय् थीथी कालय् बसोबास यानाच्वंपिं मनूतय्गु क्रियाकलापया बारे छुं प्रमाण अले अबलय्या सभ्यताया बारे छुं कथंया प्रमाण नं लुइफु धकाः उमिसं धाःगु दु । आः अन उमिसं राजदरवारया जःखः लाःगु नगर हे लुइकूगु दु । अथे धइगु ३५० मी हाकः व १०० मीटर ब्या दुगु छगू खास क्षेत्र लुइकूगु दु । दयेत ला आः अन घाँय्, झाः व सिमासामा जक दु, दुने छु दु धयागु छुं कथंया चिं तकं खनेमदुनि ।
तर निदँ न्ह्यः उमिसं याःगु जिओफिजिकल सर्भे नं अन छगू प्राचीन सभ्यताया बाखं सुलाच्वंगु दु धकाः लुइकेधुंकूगु दु । थुकिया निंतिं उमिसं म्याग्नाटोमिटरया प्रयोग यात । अथे धइगु उकिं जमिन दुनेया बस्तुया चुम्बकीय चार्जया मापन याइ । अःपुगु भासं धायेगु खःसा अप्पा नं चायागु हे खः तर अप्पायात अगलय् उइ धुंकलकि उकिया मेगु हे चुम्बकीय चार्ज जुइ अले थ्व मेशिनं अप्पा जमिनया दुने गन गन दु धकाः क्यनी । थुकिया हे आधारय् उमिसं अनया जमिन दुने छु छु दु धइगु नक्सा हे दयेकल । व कथं नक्साय् गनं हाकूगु ध्वःत खनेदत, अथे धइगु अन दयेकातःगु पःखाःत खः । अले तुयुगु ध्वःतय्सं अनया लँया संकेत याइ ।
थ्व स्वयेबलय् बुद्धकाल अथवा व स्वयाः न्हापाया व दरबार क्षेत्र तसकं हे वैज्ञानिक ढंगं नगरविकासया योजना अनुरुप हे विकास जुयाच्वंगु धइगु खनेदु । अनया वैज्ञानिकतय्सं थ्व नगरया विकास प्राचीन ग्रन्थ अर्थशास्त्र मनसाराया अनुरुप जुयाच्वंगु धकाः धाःगु दु । उकिया दथुइ विशेष कथंया पःखालं घेरे यानातःगु दरवार क्षेत्र दु — करीब १०० मिटर हाकः व १०० मिटर ब्या दुगु । थुकिं थ्व अनया प्यकालँ थें नं च्वंगु दु । उकिं आःया अनुसन्धानं थुकियात दरबारी क्षेत्र धकाः नां बिउगु दु । अथे धायेबलय् थ्व दक्वं नगर क्षेत्र खः अले उकिया दथुइ दरबारी क्षेत्र दु ।
आः थ्व हे क्षेत्र धाथें झीसं सफुलिइ ब्वनातयागु सिद्धार्थ राजकुमारया अबु जुजु शुद्धोदनया दरबार खः लाकि मखु, अले थन हे सिद्धार्थं जीवन हनाः थनं हे महाभिनिष्क्रमण याःगु खः लाकि मखु धइगु न्ह्यसः ब्वलनाच्वंगु दु । कनिङघमं नं थ्व खँय् बिचाः यानादीगु दु । वय्कःया धापू कथं थ्व नगर योजना खः अले दथुइ दरवारी क्षेत्र दु । तर थुकिया अवस्थितियात फाहियान व हुयनसाङं न्यागूगु व न्हय्गूगु शताब्दीपाखे यानातःगु जुजु शुद्धोदनया दरवारया वर्णनलिसे लना स्वयेबलय् थुकिया अवस्थिति, पुरातत्वविद् पिसि मुखर्जीया अनुमान व आः लूगु पःखाःया संरचनाय् पत्याः हे यायेथाकुगु समानता लूगु दु । थ्व हे आधारय् उमिसं थथे धयाच्वंगु खः ।
थनया समइमाई देगः लिक्कसं नं छगू संरचना खनेदःवःगु दु, गुगु थनया हे दकलय् पुलांगु धायेबहगु च्यागूगु शताब्दी ईशापूर्वयागु खः । थनया आःतकया उत्खननं पिहां वःगु परिणाम कथं कपिलबस्तुइ दकलय् पुलांगु धायेबहगु संरचना धइगु ईशापूर्व ८०० तकया संरचना खः । थ्व हे अनया आःतकया दकलय् महत्वपूर्ण लिच्वः खः । अथे धायेबलय् अन ईशापूर्व खुगूगु व च्यागूगु शताब्दीइ मानव सभ्यताया विकास जुइधुंकूगु खनेदु । बुद्ध, शाक्यवंशयात छखे तयाः नं थ्व थनया महत्वपूर्ण पुरातात्विक उपलब्धि धायेमाः ।
थ्व हे कारणं नं थन बौद्धत जक मखु मेपिनि नं ध्यानाकर्षण जुयाच्वंगु खः धइगु अनया अनुसन्धानकर्तातय्गु बिचाः दु ।न्ह्यागुसां आः खनेदुगु अप्पा धइगु बुद्धकालया हे मखुसें लिपाया कुषाण युगया जक खः धकाः उमिसं स्वीकार याःगु दु । अथे धइगु थ्व न्हापांगु व निगूगु शताब्दी इस्वीया जक संरचना खः ।कपिलबस्तु व लुम्बिनीया तुलना यायेबलय् अन लुम्बिनी धइगु थ्व स्वयाः पुलांगु मानव सभ्यताया चिं धकाः धाःगु दु । उमिसं ला अन १,३०० ईशापूर्वया वस्तुत लुइकूगु दु ।
अथे धायेबलय् बुद्धया जन्म जुइ न्ह्यः हे व दक्व क्षेत्र किसान समुदाययागु धकाः धायेमाः अले लिपा तिनि कपिलबस्तु वा आःया तिलौराकोट थज्याःगु शहरया विकास जुल । थुलि तकया उपलब्धि धुंकाः आः कपिलबस्तुयात नं विश्व सम्पदा धलखय् दुथ्याकेमाल धइगु सः थ्वयाच्वंबलय् थन थथे महत्वपूर्ण पुरातात्विक खँ लुइगु धइगु नेपाःया, अले विश्वया हे बौद्धतय्गु निंतिं जक मखु दक्व धर्मावलम्बीतय्गु लागि हे महत्वया खँ धकाः धायेफु ।

Published in Nepalbhasha Times on 2918 01 26 Friday
http://nepalbhasatimes.com/1090





तिब्बतमा बुद्ध धर्म

  राजेन मानन्धर अहिले भरखरै नेपालमा भएको कथित जेनजी आन्दालनको परिणाम स्वरुप बनेको सरकारलाई विभिन्न कारणले यहाँका तिब्बत शरणार्थीहरुले स्वतन्...