Posts

विश्वका केही प्रमुख विशाल बुद्ध प्रतिमाहरु

Image
राजेन मानन्धर बुद्ध धर्ममा बुद्ध मूर्तिको कुरा गर्ने बितिक्कै केही हिन्दु मित्रहरु “बुद्धको मूर्ति पूजाको विरोध गर्नुभएको थियो तर संसारमा सबैभन्दा धेरै बुद्ध मूर्ति बने” भनेर कटाक्ष कस्न थाल्छन् । यसो भन्दा उनीहरु सबै बौद्धहरुलाई दोष देखाएँ वा हराएँ भनेर मख्ख पर्छन् । तर सत्य यो होइन । बुद्धको जीवनकालमै उहाँको प्रतिमूर्ति बनाउने गरेको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । भगवान बुद्धले सामान्य मानिसहरुलाई मूर्ति पूजा गर वा नगर भन्नुभएको थिएन । आफुले आदर गर्ने व्यक्तिको मूर्ति बनाएर स्मरण गर्ने मानवीय स्वभाव हो । अनि बौद्धहरुले हिन्दुहरुले जस्तो मूर्तिलाई देउता सरह पूजा गरेर वरदान लिने पनि होइन । यो त बुद्धको गुण र शिक्षा सम्झनको लागि प्रतिक मात्र हो । अहिले संसारका लगभग १९सय वर्ष पुरानासम्म बुद्धका मूर्तिहरु पाइएका छन् । धेरै पहिलेदेखि बौद्धहरुले आफ्ना ठाउँका बुद्धका विशाल मूर्तिहरु बनाउन थालेका थिए । यति भनिरहँदा हामी अफगानस्तानको बामियानमा छैठौं शताब्दी बनेका विशाल बुद्ध मूर्तिहरु सम्झन्छौ । पहाडमा खोपेर बनाएका ५५ मिटर र ३८ मिटरका ती प्राचिन बुद्ध मूर्तिहरुलाई त्यहाँका तालिबानीहरुले विष्फो