Showing posts with label history. Show all posts
Showing posts with label history. Show all posts

Sunday, February 25, 2024

रामग्राम लीज काण्ड : लुम्बिनी क्षेत्रमा के बनाउने?

 


राजेन मानन्धर

भगवान बुद्धको जन्म भएको २५ सय वर्ष भइसक्यो । यहाँ लुम्बिनीमा बुद्ध जन्म भएको भनेर थाहा भएको पनि १०० वर्ष भइसक्यो । यो थाहा पाएर संसार भरका बौद्धहरु खुशी भए तर नेपालको सरकार भने कहिल्यै खुशी भएको देख्न पाएका छैनौं । त्यही भएर त यो पवित्र भूमिलाई के गर्ने भनेर कहिल्यै कुनै सरकारले सरकार प्रम्ुखले पनि एउटा दूरगामी दृष्टिकोण बनाएर बोल्न सकेका छैनन्, काम गर्न सकेका छैनन् । आजका मितिसम्म पनि सरकारले लुम्बिनीमा जे जस्तो गरेको छ त्यसले नेपालका बौद्धहरुलाई गर्व भन्दा पनि विदेशी बौद्ध मित्रहरुका सामु लज्जित मात्र बनाएको छ ।

सन् १८९६मा जनरल खड्ग समशेरले र एए फुरहररले लुम्बिनीमा रहेको अशोक स्तम्भ भेट्टाएपछि र त्यसमा लेखिएको अभिलेखले यो नै भगवान बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने प्रमाणित भएपछि विश्वको ध्यान यस बन्जर भूमिमा आकर्षण भयो । त्यस पछाडि यहाँ के के भयो को को आए कसले के के गर्यो भन्ने यहाँ बेलिबिस्तार लगाउन खोजेको छैन, न यो सम्भव नै छ । अरु सबै बिर्सेर पनि उल्लेख नगरी नहुने एउटा मात्र कुरा भनेको यहाँ बनेको गुरुयोजना नै हो, जसलाई संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उ थान्तको प्रयासले जापानका आर्किटेक्टको परिकल्पनामा बनायो र जसलाई नेपाल सरकारले सन् १९६८मा स्वीकृत पनि गर्यो ।

अब यो गुरुयोजना अनुसार के विकास भयो वा भएन वा यसको विपरित पो काम भयो कि भन्ने बारे पनि यहाँभन्दा माथि छलफल नगरौं । यति मात्र भनौं कि लुम्बिनी क्षेत्रमा जति पनि विकास वा विनास भयो त्यो सबै अन्तर्राष्ट्रिय बौद्ध समुदायको सल्लाह, दान र दबावमा मात्रै भएको छ । नेपाल सरकारले यसमा हामीले यति गर्यौं भनेर गर्व गर्ने ठाउँ निकै थोरै मात्र बाँकी राख्यो । यसका साथै कपिलवस्तु, निग्रोधाराम, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, देवदह तथा रामग्राम जस्ता ठाउँहरुको नामको सूचि निकालियो । यी ठाउँहरुमा नेपाल सरकारले के गरे के गरेको छैन भनेर यहाँ शब्द खर्च गरिरहनु परेन । ती ठाउँमा पाइला टेकेर हेर्ने सबैले छर्लङ्ग देखेकै छ ।

अब मुख्य प्रसङ्ग रामग्राममा प्रवेश गरौं । बौद्ध ग्रन्थहरुको अनुसार कुशिनगरमा भगवान बुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए । त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।

पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए । बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको वा यसको बारेमा वर्णन गरेर लेखेको ऐतिहासिक दृष्टान्त पाइन्छन् । अहिलेको ढिस्को भने सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा एसबि दिवबाट यो स्तुप हो भन्ने प्रमाणित भयो ।

यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचमा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।

यद्यपि यसबेला उत्खनन् कार्यमा संलग्न हुनुभएका पुरातत्वविद् शुक्र सागर श्रेष्ठले लेख्नुभएको लेखको आधारमा भन्ने हो भने त्यसबेला त्यहाँ कुनै उल्लेखनीय पुरातत्विक वस्तुहरु नपाइएको देखिन्छ । उता लुम्बिनी विकास कोषले भने उक्त उत्खनन्मा स्तुपको मुख्य गर्भको संवेदनशील ठाउँमा नछोएको कुरा उल्लेख गरेको छ । यहाँ शंका गर्नुपर्ने ठाउँ देखिन्छ । अहिलेलाई यति मात्र भनौं ।

त्यस्तो महत्वपूर्ण मानिएको स्तुपको उत्खनन् भयो, प्रतिवेदन निकालियो । त्यस पछि के भयो त? यस प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग भएको देखिएन । त्यसपछि न अन्तर्राष्ट्रिय स्तरमा चासो देखाइयो, न सरकारी पक्षबाट नै कुनै संरक्षण वा विकास निर्माणको लागि ठोस कदम चालेको पाइयो । यो पुनः ढिस्कोको ढिस्को नै रह्यो ।

पछि २०७६ कार्तिक २८ गते रातोपाटीमा रामग्राम स्तुप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न भएको समाचार छापियो । उक्त समाचारमा बताए अनुसार युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको थियो ।

त्यस्तै प्रकारले लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले विश्वसम्पदा सूचीमा सूचिकृतको प्रक्रियामा रहेको रामग्रामलाई विश्वसम्पदा सूचिमा समावेशका लागि यथेष्ट प्रमाण सङ्कलन गर्न र “रामग्रामको विकासका लागि बनाइएको गुरुयोजना”लाई पूर्णता दिनसमेत यसपटक स्तूपको समग्र क्षेत्र समेट्ने गरी बृहत् अध्ययन गरिएको बताउनुभएको थियो । यसबेलादेखि यहाँ कुनै गुरुयोजना बनिरहेको संकेत मिल्दछ । तर कसले किन बनाउँदैछ भनेर खुलेर कुरा निस्केको देखिएन ।

२०७६ माघ १६ गते अनलाइन खबरमा समाचार छापियो रामग्राम स्तुप क्षेत्रको गुरुयोजना तयार भनेर । यसका अनुसार लुम्बिनी विकास कोषले सात अर्ब लागतको गुरुयोजना बनाएको हो । यस अनुसार ११६ बिघा जग्गा समेटेको यस गुरुयोजनामा जग्गा अधिग्रहण गर्न १ अर्ब ५० करोड र संरचना निर्माणका लागि साडे पाँच अर्ब लागत अनुमान गरिएको थिो । त्यसमा लम्बिनी विकास कोषका योजना प्रमख इन्जिनियर सरोज भट्टराइले कोषको कार्य समितिले गुरुयोजनालाई सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइन अर्थ मन्त्रालय पठाएको पनि बनाउनु भएको थियो । उक्त समाचार सँगै छापिएका गुरुयोजना अन्तर्गत बनिने संरचनाहरुको थ्रिडि डिजाइनका फोटोहरु अन्तर्राष्ट्रिय स्तरका थिए । नेपालमा यस्तो परियोजना बन्ला र भन्ने जस्तो लागेको थियो । तर समाचारमा भने कुनै विदेशी संस्था वा कन्सल्टेन्सीको संलग्नताको संकेत दिइएको थिएन ।

२०७७ पुष २० गते रेडियो परासीमा एक समाचार प्रकाशित भएको थियो जसमा प्रधानमन्त्री केपि शर्मा ओलीको सुझाव समेटेर गुरुयोजना बनाइको र तयार भएको उल्लेख थियो । यस अनुसार झण्डै साडे चार सय बिगाहा जमिन अधिग्रहण गर्नुपने थियो । यस महत्वाकांक्षी गुरुयोजना कसरी कार्यान्वयन होला जस्तो सबैलाई लागेको हुनुपर्छं ।

उक्त समाचारमा लुम्बिनी विकास कोषका तत्कालिन उपाध्यक्ष अवेधश कुमार त्रिपाठीले रेडियो परासीसँग कुराकानी गर्दै गुरुयोजनाको पहिलो ड्राफ्ट स्वीकृतिका लागि प्रक्रिया अगाडी बढाइएको बताउनुभएको थियो । पर्यटन र अर्थमन्त्रालयमा स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको भनिएको उक्त गुरुयोजना अन्तराष्ट्रिय विज्ञहरुसँगको परार्मश पछि तयार पारिएको र त्यसमा प्रधानमन्त्री ओलीले थप केही सुझाव दिनुभएको भनिएको थियो । सरकार फेरिसक्दा पनि उक्त गुरुयोजना कहाँ पुग्यो भन्ने खासै जानकारी अरुलाई भएन ।

यसै बिच जेठ ७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका उपध्याक्ष भिक्षु मैतेयको कार्यकाल सकिनै लाग्दा कोषलाई त्यसले गरिरहेको केही असावधानीपूर्ण कामका बारेमा १३ बुँदे स्पष्टीकरण सोधेको भन्ने समाचार आयो । हुन त कोषका धेरै जसो कामहरु शंकाको घेरमा नै हुने गर्छ । तर यसबेला यसले कोषले आफ्नो क्षेत्राधिकारभित्र तोकिएका काम सम्पादन गर्ने क्रममा कोषको हित विपरीत हुने र गैरकानुनी रुपमा भएको गुनासो तथा जानकारी पाइएको भनिएको थियो । यसले सरकार कोषप्रति सन्तुष्ट थिएन वा दुइटाको बिचामा ठुलै खिचातानी उठ्यो भन्ने संकेत दिन्छ । अथवा यो पत्र मन्त्रालयको कुनै कुरा नमानेको कारणले तत्कालिन उपाध्यक्षलाई थर्काउने उद्देश्यले पठाएको पनि हुन सक्छ भनेर पनि आशंका गर्ने ठाउँ छोडेको थियो ।

यसै बिच २०८० साउन १० गते कोषको उपाध्यक्ष भिक्षु मैत्तेयको कार्यकाल सकियो र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका डा. ल्हारक्याल लामालाई साउन १६ गते पाँच वर्षका लागि पुष्पकमल दहालको नेतृत्वको मन्त्रिपरिषद्ले कोषको उपाध्यक्ष पदमा नियुक्त गरे ।

हामीले पढेको, सुनेको कुरा नै हो । लामा विवादास्पद पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ । उहाँ तत्कालीन झलनाथ खनाल सरकारको पालामा अर्थराज्यमन्त्री हुनुभएका उहाँ दुईवटा राहदानी भएको प्रकरणमा विवादित बनेर मन्त्रीबाट हट्न बाध्य हुनुभएको थियो । ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए भन्ने समाचार बारम्बार आइरहने गर्दछ ।

उपाध्यक्ष भएर आउने बित्तिकै उहाँले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेर आफैलाई विवादमा पार्नुभयो भने फेरि मायादेवी मन्दिरको जिर्णोद्धार गर्न व्यक्तिगत रुपमा ७ करोड सहयोग गर्ने भनेर अर्को शंकाको घेरामा पर्नुभयो । हामीलाई थाहा भएकै कुरा हो, माओवादी लगायत नेपालमा सत्तामा जाने सबै पार्टीहरुले विशेष कामका लागि विशेष अनुहार भएका र लुगा लगाएका कार्यकर्ताहरु यसरी नियुक्त गर्नलाई तयार पारिराखेका हुन्छन् ।

२०८० मङ्सिर २६ गते गोरखापत्रले राससको एक समाचार प्रकाशित गर्यो जस अनुसार बुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी जानुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्रीले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रामग्राम स्तूप क्षेत्रको महत्वको चर्चा गर्नुभएको पनि स्मरणीय छ ।

अधिकारसम्पन्न नगरपालिकाले आफ्नो नगरविकास आवधिक गुरुयोजनामा रामग्रामको उत्खनन्को बारेका स्पष्ट केही उल्लेख नगरेको अवस्थामा कुन गुरुयोजनाको बारेमा प्रधानमन्त्रीले बोल्नु भएको भन्ने कुरा त्यहाँ स्पष्ट थिएन । तर पनि उक्त कार्यक्रमको तामझामको तसबिरहरु हेर्दा त्यो नगरपालिकाको स्तरको कार्यक्रम जस्तो देखिँदैनथ्यो । अनि प्रधानमन्त्रीले प्रतिवद्धता जाहेर गर्नु पनि असाधारण नै थियो ।

कोषले आफ्नो फेसबुक पेज मार्फत यस कार्यक्रमलाई रामग्राम क्षेत्रको विकासको दुरगामि योजना शुभारम्भ गरिएको भनेको थियो । यसलाई लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्डको आयोजनामा मंगलबार रामग्राममा आयोजित कार्यक्रम भनेर पनि स्पष्ट पारेको थियो ।

अब । माघ १६ गते कान्तिपुरमा एउटा सनसनीखेज समाचार आयो — बुद्धको अस्थिधातु समाधिस्थल बिनाप्रतिस्पर्धा ९९ वर्षलाई लिजमा भन्ने । यस अनुसार लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको बुझिन्छ । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा (स्थानीयको करिब ११६ बिघा, कोषको ७५ कट्ठा र पुरातत्व विभागको १० कट्ठा) जमिन ९९ वर्षका लागि लिजमा दिने गरी भएको उक्त समझदारी अनुसार स्थानीयको जग्गा कोषले अधिग्रहण गर्ने गरी यसकोे उपभोग सिंगापुर स्थित मोक्ष फाउन्डेसनले र व्यवस्थापन प्रमिस्ड ल्यान्ड नामक संस्थाले गर्ने देखिन्छ ।

यति ठुलो बजेटको यति धेरै जग्गामा फैलिने र यति लामो समयसम्म देशको जमिन कुनै अमुक विदेशी संस्थालाई बिना प्रतिस्पर्धा सुम्पने यस्तो महत्वाकांक्षी परियोजनाको बारेमा यसरी अकस्मात खुलासा हुनु र अगाडि कहीँकतै गाइँगुइँ समेत नसुनिनु, पत्रपत्रिकामा चर्चा नहुनु कम्ति आश्चर्यको कुरा थिएन ।

कारण यस्तो रहेछ — प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी तथा विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका छोरा निकेश प्रमिस्ड ल्यान्डका सञ्चालक रहेछ । र मंसिर २६ मा रामग्राममा स्तूप निर्माण र उत्खनन परियोजनाको शिलान्यास जस्तो नरपालिकाको कार्यक्रम जस्तो देखिने कार्यक्रममा पनि दाहाल प्रमुख अतिथि भएर त्यो तामझामको कार्यक्रममा शोभा बढाइरहनुभएको थियो ।

सामाजिक सेवामा लाग्नेहरुलाई थाहा भएकै कुरा हो, राजधानी जस्तो ठाउँमा स्थानीय समाजसेवीहरुले त्यहाँको कुनै खुला ठाउँमा सानो पार्क बनाउन खोज्दा वा कुनै योगदान भएका व्यक्तित्वको सालिक राख्न खोज्दा वडा लेभलबाटै सयथरी बखेडा खडा गरिन्छ, स्थानीय जनताको आवश्यक लगानी वा श्रमदान राख्ने भन्दा पनि असम्भव नै जस्तो गरी फाइल हुत्याइँछ, अनि मेयर हुँदै मन्त्रीको फोन गराउनु पर्ने हुन्छ । तर यहाँ एक शताब्दी सम्म सयौं विघा जमिन, त्यो पनि संवेदनशील पुरातात्विक महत्वको, कुनै अमुक स्वदेशी विदेशी संस्थालाई हचुवाको भरमा लीजमा दिँदा पनि दायाँ हातले दिँदा बाँया हातले चाल नपाएको जस्तो नाटक? के यो सम्भव छ?

रामग्राम जस्तो बन्जर र सुनसान ठाउँमा लगानीको कुरा आयो । मोक्ष फाउन्डेसनका कार्यकारी निर्देशक जेम्स सेङले लगानी प्रतिबद्धता गरेको खबर छ । अब त्यहाँ कसैले के लगानी गरेर के नाफा कमाउँछ? कसरी कमाउँछ? नाफा नकमाइने ठाउँमा सिंगापुर जस्तो ठाउँको कुनै कम्पनीले किन अर्बौं लगानी गर्छ ?

अर्को करा, असार ३२ गते ‘रामग्राम स्तूप क्षेत्रको संरक्षण एवं विकास सम्बन्धमा’ कोषका सदस्यसचिव सानुराजा शाक्यल पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र पुरातत्व विभागसँग स्वीकृतिका लागि आग्रह गरे । यसै दिन कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किरातीले बैठक बोलाएर काम अघि बढाउने रायसहित सिफारिस गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए भनेर पनि समाचारमा भनिएको छ ।
बुझिने कुरा हो, त्यस पत्रमा मन्त्रालयहरु र विभाग सकारात्मक भएनन् होला । अनि सरकारले साउन १६ गते कोषको उपाध्यक्ष पदमा डा लामालाई नियुक्त गरे । उपाध्यक्षको प्रवेशले यहाँ गहिरो अर्थ लाग्छ । मन्त्रालयहरु र विभाग असहमत हुँदाहुँदै उपाध्यक्षले प्रक्रिया अघि बढाएको देखिन्छ । नेपालमा गलत काम यसरी नै अगाडि बढाइन्छ ।

नेपालमा त्यो गुरुयोजना तयार नै भएको होकि भएको छैन कि भन्ने नै स्पष्ट भनाइ नआइरहेको बेलामा उक्त समरोहको समचार लेख्ने क्यारेबियन न्यूज ग्लोबलले त्यो समारोह नै गुरुयोजना विमोचनको भएको भने । यसका अनुसार उक्त गुरुयोजना मिलानका आर्किटेक्ट स्टेफानो बोएरीबाट तयार भएको थियो । समाचार अनुसार रामग्राम स्तुप प्रोजेक्ट भनेको नेपाल सरकार, लुम्बिनी विकास कोष, मोक्ष फाउण्डेशनको सहयोगमा प्रोमिस्ड ल्याण्डको साझेदारी थियो ।

स्वाभाविक हो, यो रामग्राम लीज काण्डको समाचार आएपछि राजधानीमा तरङ्ग फैलियो । विशेष गरी सामाजिक सञ्जालमा यसको ठाडो विरोध भयो । केही बौद्ध संस्थाहरुले विज्ञप्ति मार्फत नै विरोध गरे । धेरैले यो मन पराएन र ठेक्का पाउने नेपाली कम्पनीका समर्थकहरुले पनि बोेलेन । यस काण्डमा सबै भन्दा बढी विरोध हुनुको कारण लीज थियो । हुन पनि हो, रामग्राम बन्नु पर्छ, सँधै त्यो घाँसे ढिस्को भइरहनुभएन भन्ने माग जायज हो । बनाउन त दिने, तर लीजमा किन दिने? लीज भन्ने बित्तिकै आउने एक शताब्दीसम्म हाम्रो पवित्र भूमि, स्तुपको अवशेष, त्यसभित्र रहेका पुरातात्विक सामाग्री अनि १२० बिघा जमिन सिंगापुरको कम्पनीको हुने भयो, नेपाली कम्पनी त ठेक्का लिनलाई उभ्याइएको लिलिपुट जस्तो मात्र हो, यो सबै बुझेकै कुरा हो । त्यस्तो कम्पनीले त्यहाँ जुन चित्रमा देखाइएको हो, त्यस्तो निर्माण गरेर के पाउने होला ? यो कौतुहलता जाग्नु स्वभाविक हो । त्यहाँ रमणीय पार्क बनाएर २० वा १०० रुपैंयाको प्रवेश शुल्कबाट ७ अर्ब र त्यसपछि नाफा कमाउँछु भनेर त पक्कै हैन । नभए किन यहाँ पैसाको खोला बगाउन आउँछ त? भन्नेजस्ता धेरै प्रश्नहरु जन्माएको छ ।

अन्ततः माघ १६ गते कोषका उपाध्यक्ष लामाले रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको भनेर विज्ञप्ती मार्फत खण्डन गर्नुभयो । तर पनि माघ २८ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दियो । यसका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ भने यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ ।
अनि फागुन १ गते लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भएका सबै सम्झौता, समझदारी रद्द गर्यो ।

०००

एउटा नहुनु पर्ने कुरा रोकियो, यसमा बौद्ध अबौैद्ध सबै खुशी हुनु स्वभाविक थियो । तर कुरा यतिमै यो मुद्दा समाप्त भने हुँदैन । यस सम्झौता रद्दले बुद्ध धर्म र बौद्ध तीर्थ स्थल प्रति माया र ममता भएका बौद्धहरुका साथै अन्य एक प्रकारका मानिसहरु पनि खुशी भए — एउटा ती मानिसहरु जो लुम्बिनीमा कहिल्यै कुनै विकास नै नहोस् अनि त्यहाँ टुटेफ्ुटेका ढुंगा माटो मात्र देखाइरहोस् र सरकारले लुम्बिनीको विकासको नाममा सयौं आफ्ना मानिसहरुलाई जागिर दिइराख्न पाउँ वा ठेक्कापट्टा चलाएर आफ्ना पार्टीका लागि राज्यको र विदेशीहरुले खन्याउने धन कुम्ल्याउन पाउँ भन्नेहरु । यसबारे केही चर्चा नगरी रामग्राम लीज काण्डको बारेमा चर्चा अधुरो नै रहन्छ ।

जबदेखि रुपन्देहीको जंगलमा अशोक स्तम्भ भेटियो र त्यो ठाउँ भगवान बुद्धको जन्म भएको पवित्र भूमि हो भनेर प्रमाणित भयो, तबदेखिको इतिहास सरसरी हेर्दा थाहा हुन्छ, कि नेपालको सरकार त्यहाँ कुनै पनि विकास गर्नका लागि लालायित वा तयार पनि भएको देखिँदैन । अहिलेसम्म लुम्बिनी क्षेत्रमा जति पनि विकास (वा विनास, जुन सुकै ढंगबाट ब्याख्या गरेपनि) भयो त्यो विदेशी बौद्धहरुको अनुग्रहको फल मात्र हो । त्यसमा पनि पाइलै पिच्छे विदेशी बौद्धहरुलाई यहाँ दान गर्न, चन्दा सहयोग दिन अवरोध खडा गर्ने र निर्माण कार्यमा अवरोध गर्ने मात्र भएको छ भन्ने कुरा लुम्बिनीमा बसेर हेर्दा र अन्तर्राष्ट्रिय बौद्ध संघसंस्थाहरुको औपचारिक अनौपचारिक कुराकानी वा लेखनहरु पढ्दा अन्दाज गर्न सकिन्छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रमा विभिन्न देशका बौद्ध संस्थाहरुले विहार मन्दिरहरु बनाइदिएका कारण अलि हेर्न लायकको भएको बाहेक वृहत् लुम्बिनी क्षेत्र भनेर चर्चा गरिने अन्य क्षेत्रहरु — कपिलवस्तु, निग्रोधाराम, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, देवदह तथा रामग्रामको विजोग त्यहाँ पुगेका हरेक तीर्थयात्रीहरुले देखेकै हुन्छ । नेपालका मन्त्री, अन्य जनप्रतिनिधिहरु तथा सरकारी कर्मचारीहरु मौका मिल्यो कि बौद्ध सभा, सेमिनार वा सम्मेलनमा भाग लिन विभिन्न बौद्ध देशहरुमा गइरहेका हुन्छन् । उनीहरुले त्यहाँबाट के सिकेर आउँछ होला ? अनि त्यसबाट अलिकति पनि प्रभावित भएर वा विदेशीहरु सामु लज्जित भएरै भएपनि केही आफ्नै बजेटबाट निर्माण संरक्षण गरेको भए यस्तो हविगत भइरहँदैनथ्यो होला ।

नेपालकै सन्दर्भमा कुरा गर्दा यहाँ विकास भनेकै निर्माण हो । सरकारमा बसेका, कर्मचारी तथा समाजका टाठाबाठालाई विकासमा यसकारण पनि रुचि हुन्छ कि त्यहाँ निर्माणको कुरा आउँछ, निर्माण सँगै ठेकेदार अनि ठेकेदारसँगै कमिसन । रामग्रामको कथित गुरुयोजनाको भित्री कुरा पनि यही हो ।

अब रामग्रामको कुरा । रामग्राम बौद्धहरुका लागि अत्यन्त महत्वपूर्ण तीर्थ स्थल हो भनेर पत्ता लागेको पनि ६० वर्ष भइसक्यो, अनि उत्खनन्को काम भएको नै २० वर्ष भइसक्यो । तर त्यहाँ काम त्यति मात्र भएको छ, जति त्यहाँ जाँदा हाम्रो आँखाले देख्न सक्छौं । आफ्नो मातहतको बजेटबाट एक दुइलाख पनि खर्च गर्न कन्जुस्याइँ गर्ने नगरपालिकाले वा कोषले कसरी ७ अर्बको (अझ परियोजना पुरा हुँदा २५ अर्बको ) कामको कल्पना गरे? यो कुरा बडो ताज्जुबको छ । आफुले गर्नु परे सुको खर्च नगर्ने तर अरुलाई खर्च गराउन पाए पुरै ब्रम्हलोक आफ्नै ठाउँमा बनाउन लगाउने जस्तो नियत देखियो रामग्राममा । अनि अर्को कुरा यस्तो राष्ट्रिय महत्वको परियोजना किन गुपचुप, यसमा मन्त्रालय, पुरातत्व विभाग र कोषको धारणा फरक हुनुपर्ने किन? अनि एउटै कम्पनीलाई सुटुक्क दिनुपर्ने किन?

अब मुख्य कुरामा आउँ । सरकार आफैले रामग्रामको विकास गर्न चाहेन र गरेन — यो एउटा पक्ष हो भने अर्को पक्ष भनेको विदेशी पैसामा रातारात रामग्राम बनाउन लगाउने चाहना पनि सफल भएन । अब रामग्रामको भविष्य के त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । नेपाल सरकारले अब आँखा खोलेर यो त बनाउनै पर्ने ठाउँ हो भनेर बुझेर त्यहाँ विश्वका अन्य बौद्ध तीर्थ स्थल जस्तै विशाल स्तुप वा अन्य मन्दिर बनाउला भन्ने आशा गर्ने ठाउँ त बाँकी छ जस्तो लाग्दैन । यसरी हेर्दा बल्ल बल्ल देखिएको आशाको किरणमा पनि बादल लागेको जस्तो देखियो ।

अन्तमा, जहाँ जति राष्ट्रप्रेमको कुरा गरेपनि लुम्बिनी क्षेत्रमा बनाउने भनेको त विदेशीको पैसाले नै हो । उनीहरुको आँखामा नेपालका बौद्ध तीर्थस्थलहरु हिरा हुन्, त्यसैले आफ्नो कमाइको पाँच दश प्रतिशत यस पवित्रस्थलमा पोखाएर आफ्नो जीवन सफल बनाउन चाहन्छन् । यस्ता अर्बौं अर्बका प्रजेक्टहरु धेरै लाइन लागेर बसेका हुन्छन् । यदि नेपाल सरकारले यो कुरालाई मात्र बुझ्यो भने, त्यहाँबाट आउने पैसामा कमिशन पाइएला कि भनेर र्याल मात्र नचुहाएपनि हाम्रा घाँसे ढिस्काहरु र इँटाका टुक्राहरु विश्वमै देखाउन लायकका सुन्दर धार्मिक तीर्थस्थल बन्ने थिए । विश्वभरीका बौद्धहरु ओइरिने तीर्थस्थल बन्ने थिए ।

अबको अवस्थामा नेपाल सरकारले आफै नेतृत्व लिएर, पारदर्शी भएर अनि यस्ता काम अगाडि बढाउनु पर्छ । कमसेकम हुन गइरहेको काममा बाँझो नहाल्न र धेरै फाइदा नलिन आफ्ना कार्यकर्तालाई सचेत गराउनु पर्छ । यसका साथै बौद्धहरुले नेपाल सरकारलाई दबाव दिन र खबरदारी गर्न पनि जरुरी छ । यसको लागि नेपालका सबै बौद्ध समुदाय, बौद्ध संघसंस्थारु तथा अन्य सबै एकजुट भएर राष्ट्रिय हितको लागि प्रतिबद्ध हुनुपर्छ । नेपालका सुनौला दिनहरु यिनै हाम्रो सरकारले अपहेलना गरेर छाडेका बौद्ध तीर्थस्थलहरुमा लुकेका छन् ।

Published in Anandabhoomi February 2024


https://bit.ly/49oqq60


Thursday, January 20, 2022

पाटनको लिच्छवी कालीन शिलालेख र नेपालको नलेखिएको बौद्ध इतिहास


 राजेन मानन्धर

नेपाली बौद्ध विद्वानहरु, पुरातत्वविद्हरु तथा इतिहासकारहरु भारतमा यसरी त्यसरी बुद्धधर्म लोप भएर गयो भनेर शोधपत्र लेख्छन्, अन्तर्राष्ट्रिय सम्मेलनहरुमा प्रेजेन्टेशन गर्छन् वा यहीँ लेख टिप्पणी गरिरहन्छन् । तर आफ्नै देशमा आजको दिनमा नेपालको राज्य व्यवस्थाले यहाँको बौद्ध इतिहासलाई निमिट्यान्न गर्न के कस्तो गरिरहेको छ अनि अहिलेसम्म किन नियोजित रुपमै नेपालको बुद्ध धर्मको इतिहासलाई माटो मुनि लुकाउन तल्लीन छ ? सरकारी मान तलब र सुविधा पाएका प्राज्ञ विद्वानहरु र विदेशमा नेपालको बारेमा जान्नेसुन्ने मै हुँ भनेर बोल्न जान्ने विद्वानहरु नै यो काममा लागिपरेका छन् भन्दा गलत नहुने अवस्था छ । पाटनको मंगलबजारमा हालै भेटिएको एक लिच्छवी कालिन शिलालेखले फेरी एकपल्ट नेपालका इतिहासकारहरुले कसरी सत्यलाई लुकाउँदै झुठको खेती गरिरहेको रहेछ भन्ने तीतो सत्य उदाङ्गो पारेको छ ।

समाचारले यस्तो भन्छ — २०७८ पुसको पहिलो हप्ता मंगलबजारस्थित पाटन दरबार क्षेत्रको भीमसेन मन्दिरअगाडि १४ सय वर्ष पुरानो शिलालेख भेटिएको छ । त्यो भनेको लिच्छवि संवत् ५३६ (विक्रम संवत् ६७१ अर्थात् इस्वीको सन् ६१४)को हो । यस शिलालेखको शीर्षभागमा श्रावक मृग र बीचमा धर्मचक्र चिह्न छ । यसले उक्त शिलालेख बौद्ध धर्मसँग सम्बन्धित रहेको बुझाउँछ । यसको अभिलेखले लिच्छविकालीन लिपि र संस्कृत भाषा गरी तत्कालीन शासक अंशुवर्माले लिच्छवि राजा वृषदेवले मंगलबजारमा निर्माण गराएको बौद्ध विहारबारे जानकारी दिन यो शिलालेख राखेको विशेषज्ञहरुले बताएको समाचारमा उल्लेख छ । धेरै वर्षपछि राजा सिद्धिनरसिंह मल्लले त्यहाँ आफ्नो दरबार विस्तार गर्न उक्त विहार अहिलेको हःखा बहालमा सारेको र लिच्छविकालीन विहार भएको ठाउँमा केशवनारायण चोक निर्माण गराएको विशेषज्ञहरुको भनाइ छ । यसको अध्ययन पुरातत्त्वविद प्रकाश दर्नालबाट प्राप्त सूचनाको आधार र अनुरोधमा लिपिबिज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले प्रारम्भिक अध्ययन गरेको भनिएको छ ।

यस विषयमा इतिहासकार गौतम वज्र वज्राचार्यका अनुसार यो राजा अंशुवर्माको सनद शिलालेख हो । यस अभिलेखको माथिल्लो भागमा राजा अंशुवर्माले आफूभन्दा दुई सय वर्षजति अघिका लिच्छवि राजा वृषदेवले स्थापना गरेको धातुचैत्य र सो चैत्य नजिकै बनेको बौद्ध विहारको सुरक्षा अधिकार, आर्थिक बन्दोबस्त गरिदिएको वर्णन छ । यसै गरी, तल्लो भागमा यो राजकीय सनदमा उल्लिखित आदेश नमान्नेहरूले ठूलो सजाय भोग्नुपर्ने सूचना दिइएको छ र अभिलेखको अन्तिम पंक्तिमा दूतक चन्द्र (जीव) को नाम र संवत्को उल्लेख छ । उहाँको विचारमा यहाँ दिइएको संवत् ५३९ हो, तदनुसार सन् ६१७ ।

यसरी हेर्दा यो शिलालेखको आधारमा मणिगलस्थित दरवार क्षेत्र नै लिच्छवीकालीन विहार भत्काएर त्यसमाथि भनेको प्रतित हुन्छ भने बौद्धहरु चाहीँ गुँला महिना भरी त्यस दरवारको मुलढोका बाहिर बुद्ध मूर्ति राखिन्छ अनि मूलझ्यालमा पनि लोकेश्वरको मूर्ति कुँदिएको छ भनेर खुशी भइरहे । यस्तो ठुलो कुरा नि इतिहासकारहरुले थाहा नपाएको होला र ? किन यसबारे हामीलाई पढाइएन ?

नेपालको इतिहास विदेशीहरुले लेख्न थालेको सयौं वर्ष भइसक्यो । नेपालमै इतिहास विषयको उच्च शिक्षा दिन थालेको, विद्यावारिधी लिन थालेकै दशकौं भइसक्यो । हामीलाई थाहा छ, सिङ्गो नेपालमै यति पुरानो अभिलेख यो काठमाडौं उपत्यकाको नेवार सभ्यता भन्दा बाहिर एकाध भन्दा धेरै छैनन् । तर पनि अहिले यो २१औं शताब्दीमा देशको राजधानीको विश्व सम्पदास्थलको १४ सय वर्ष पुरानो अभिलेख भएको ठाउँमा ढलको र पानीको पाइप लगेको, जानी जानी छोपेको, अझ सिमेन्टी लागेर अभिलेख पढ्न नमिल्ने अवस्थामा पुगेको भन्ने सुन्दा विदेशीहरु छक्क पर्दा हुन् । एउटा सभ्यता पुर्ने काम भएको छ । के यो अनजानमै भएको होला त ? देशको राजधानी, त्यसमा पनि विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको त यस्तो अवस्था छ भने दुरदराजका सम्पदास्थलहरुको अवस्था कस्तो होला ? त्यसो भए के नेपाल साँच्चै अनपढ, पाखे, गँवारहरुले मात्र शासन गरिने देश हो र ?

म इतिहासको विद्यार्थी होइन । स्कुलमा रुचि राखेर इतिहास पढेको, आइएमा इतिहास पढ्दा बुझें, नेपालको शिक्षाविद्हरुले नेपालको इतिहास २५० वर्ष मात्र पुरानो भन्दोरहेछ । संस्कृतिमा एमए पढ्न जाँदा पनि बुझें नेपालको संस्कृति भनेर वैदिक र हिन्दु संस्कृतिलाई नै सर्वोत्कृष्ट भनेर पढाइन्छ भनेर, र पढ्न चाहिन । तर आफैले भने इतिहासका पुस्तकहरु पढ्न कहिल्यै छोडिन । नेपालको इतिहास पढ्दै जाँदा आफु बुद्धधर्मको विद्यार्थी भएकोले स्वाभाविक रुपमा नेपालको इतिहासमा बुद्धधर्म कुन बेला कस्तो थियो भनेर जिज्ञासा राखिन्छ । अनि हेर्दै जाँदा इतिहासका विभिन्न कालखण्डमा राज्यले बुद्धधर्मलाई कसरी हेरेको थियो भनेर विश्लेषण गर्न मन लाग्छ ।

नेपालीहरु गौरवान्वीत छन्, भगवान बुद्धको जन्म नेपालमा भएको अनि नेपालबाटै बुद्धधर्म विश्वमा प्रसारित भएको भनेर । नेपालमा बौद्ध विद्वान कहलाइएर विदेशमा भासन गर्न जानेहरुले अनि नेपालमा पर्यटक भित्र्याउन विदेशीहरु माझ नेपाल बौद्धहरुको देश भनेर भनेर विदेशी लोभ्याउँछन् । तर तीतो यथार्थ यस्तो छ कि कमसेकम नेपाली इतिहासकारहरुले लेखेका पुस्तकहरुमा नेपालको इतिहासमा बुद्धधर्म कहाँ छ भनेर टुँडिखेलमा सियो खोजेजस्तै खोज्नुपर्छ । कतै कतै वस्तुस्थितिलाई रोचक बनाउन अनि छुट्याउनै नमिल्ने ठाउँमा बाहेक नेपालको राज्यको नजरमा बुद्ध धर्मको स्थान कस्तो थियो भनेर दुई हजार वर्षको लिखित इतिहासमा कतै उल्लेखनीय उठान, ब्याख्या र विश्लेषण भएको पाइँदैन । हुन त मैले नपढेका पुस्तकहरु धेरै नै होलान् तर समग्रमा यही भन्न पर्ने हुन्छ कि नेपालका इतिहासकारहरु राजामहाराजाको जयजयकार त गर्छन् तर उनीहरुले बुद्धधर्मलाई कसरी हेर्थे भनेर वर्णन गरेको पाउन मुश्किल छ ।

(Lumbini)

कहाँ देखि कुरा शुरु गर्ने? त्यो अशोक स्तम्भ पत्ता लाग्नु पनि अनपेक्षित घटना थियो, भगवान बुद्ध लुम्बिनीमा जन्मेको भनेर पनि विदेशीले आएर भनिदियो । एकसय बिस वर्षदेखि विभिन्न विदेशी विद्वानहरुले उत्खनन् गर्ने प्राप्त सामाग्रीहरुको आधारमा अडकल लगाउने काम अझै चलिरहेको छ, उसको दरवार भएको भनेर चिनिएको कपिलवस्तुमा पनि पटक पटक स्वदेशी विदेशी विद्वानहरुले उत्खनन् गरिरहेको छ, त्यसका बारेमा पनि अझै नयाँ कुराहरु आउन बाँकी नै छ । विदेशी पुरातत्वविद्हरु नयाँ नयाँ कुरा दिएर जान्छन् अनि नेपाली पुरात्वविद्हरु यसैको आधारमा परस्पर बाझिने धारणा दिएर हिरो बन्ने चलन लुम्बिनीको इतिहास लेख्नेहरुका लागि पुरानो कुरा हो । त्यसैले त त्यहाँ उत्खनन्मा पाइएका दुर्लभ सामाग्रीहरु बाहिर पुर्याइए भन्ने हल्ला चलिरहँदा पनि विदेशी अनुसन्धानकर्ताहरु बेरोकटोक नयाँ नयाँ औजारहरु लिएर आइरहेकै भेटिन्छन् । अझ अन्य बौद्ध स्मारकस्थलहरु निग्लीहवा, गोटिहवा, कुदान, देवदह, रामग्रामको कुरा त उठ्नै पाएको छैन भन्दा पनि हुन्छ । अहिले लुम्बिनी हेर्न लायकको स्थल त बनिरहेको छ तर यथार्थमा यदि उ थान्त लगायतका विदेशी बौद्ध विशिष्ट व्यक्ति तथा संस्थाहरुले दबाव र सहयोग नगरेको भए अहिले जस्तो स्थल पनि बन्ने थियो होला भन्नेमा शंका नै छ । यस्तो अवस्थामा सामान्य नेपालीले लुम्बिनीको इतिहास कसरी बुझ्ने ? अनि यसको आधारमा भगवान बुद्धको जन्मस्थलमा बौद्धहरुको इतिहास यस्तो थियो भनेर कहिले पढ्ने ?

हामी सामान्यजनले बुझ्न नपाउने कुरा यही हो — भगवान बुद्धले अफगानस्तानदेखि जापानसम्मका मानिसलाई बुद्धधर्ममा लगाउनुभयो, तर आफु जन्मेको लुम्बिनीका मानिसलाई भने किन बौद्ध बनाउन सक्नुभएन ? यो २५सय वर्षमा सारा एशियामा बुद्धधर्म फैलिसक्दा पनि यो धर्मबाट लुम्बिनीकै जनता किन प्रभावित हुन सकेन? भगवान बुद्ध एकसमय कपिलवस्तुमा आउनुभएको थियो भनेर त भनियो, उहाँसँगै हजारौं भिक्षु पनि आउनुभएको अनि उहाँका सुपुत्र राहुल समेत भिक्षु बनेको त कथाहरुले बताउँछ तर यो कुरालाई प्रमाणित गर्ने कुनै बौद्धहरु समुदायको छायासम्म पनि आज त्यस पुण्यभूमिमा देखिँदैनन् । यहाँ कुनै त्यस्तो समुदायको अस्तित्व किन देखिएन जो दुई हजार वर्षदेखि कुनै न कुनै किसिमले बुद्धको ज्ञानलाई हृदयंगम गरेर बुद्धभूमिमा अस्तित्वको लागि लडिरहे ? इतिहासकारहरु अनुमानै लगाएर बसेका छन् — खडेरी लाग्यो होला, बाढीले बगायो होला, प्राकृतिक विपत्तिले त्यहाँको बस्ती पुरियो होला । अनि त्यसबेला त्यहाँ बस्ने मानिसको कंकलसम्म पनि भेटिएको दाबी कसैले गर्न सकेको देखिँदैन ? यो रहस्यको पर्दा खोलिने कहिले ?

भगवान बुद्ध नेपाल मण्डल वा काठमाडौं उपत्यकामा आउनभएको मिथक काठमाडौंका बौद्धहरुमा प्रचलित छ । एशियाका विभिन्न बौद्ध देशहरुमा त्यहाँका बौद्धजनले श्रद्धावश यस्ता मिथकहरुको र्सिजना सयौं वर्ष अगाडि गरेको भेटिन्छन् । यस्ता कुरामा नेपालको इतिहास बोल्दैन । उपत्यकाका प्रमुख तीर्थस्थलहरु स्वयम्भू, फूच्व, धिनाच्व, सिपूच्व र जामाच्वबारे यहाँ बौद्ध मान्यताहरु र मिथकहरु छन् तर इतिहास भने यसका बारेमा केही लेख्दैन । चोभार, साँखु र स्वयम्भूकै पनि प्राचीन इतिहास स्थापित हुनसकेको छैन, पुराण र वंशावलीमा भेटिएका प्रसंगहरुका आधारमा मात्र बौद्धहरु रमाएर बस्नुपर्ने अवस्था छ ।

प्रारम्भिक काल

Swayambhu

नेपालको इतिहासको प्रारम्भिक कालका बारेमा नेपाली इतिहासकारहरुले धेरै बोलेको छैन । कुनै वंशावलीका आधारमा नेपालमा सबैभन्दा पहिले सापू (गोपालवंशी)हरु र मेय्पू (महिषपाल)हरुले शासन गरे र त्यसपछि किरातहरुले शासन गरे भनिएको छ । सापू र मेय्पूहरुको धर्म स्पष्ट छैन भने किरातहरु अनार्य भएकाले हिन्दु हुने कुरा भएन । त्यसपछि लिच्छवीकालको कुरा आउँछ जो मूलतः हिन्दु हुन् । उनीहरुमा कोही बौद्ध भएको प्रसंग आउँछ भने कतै बौद्धहरुमाथि असहिष्णु देखिने अभिलेख भएको कुरा आउँछ । तर समग्रमा भन्नुपर्दा नेपालका इतिहासकारहरु नेपालमा त्यसबेला बुद्धधर्मको अवस्था कस्तो थियो भन्नेबारे धेरै बताउन सकेको देखिँदैन ।

इशापूर्व २५० वरपरका सम्राट अशोककी छोरी चारुमति नेपाल आएको भनेर चाबहिलको कथा भनिरहँदा उनको बारेमा इतिहास भने बोल्दैन । सातौं शताब्दीमा राजा अंशुवर्माकी छोरी भृकुटीले नेपालबाट तिब्बतमा बुद्धधर्म लिए गइन् भनिरहँदा त्यसबेला नेपालमा बुद्धधर्म कुन अवस्थामा थियो भन्ने विषयमा इतिहास मौन देखिन्छन् । लिच्छवी कालमा नेपालको कला संस्कृतिको प्रचुर विकास भइसकेको थियो । यसकालका हालसम्म देखिएका पचासौं बौद्ध प्रस्तर मूर्तिहरुले यसबेला नेपाली समाजमा बुद्धधर्मको राम्रोसँग विकास भइसकोको प्रमाण दिन्छ तर यसबारे विस्तृत विवरण नेपालका इतिहास पुस्तकहरुमा पाइँदैनन् ।

लिच्छवी काल

Chabahil Stupa

लिच्छवीहरुको नेपाल साम्राज्य विशाल थियो । योे दक्षिणमा भारतका केन्द्रहरु र उत्तरमा तिब्बतसँगको धार्मिक सांस्कृतिक सम्बन्ध राख्ने क्षमता भएको स्वतन्त्र देश थियो भने नेपालमा पनि त बौद्ध धर्मको बाहुल्यता हुनुपर्ने थियो । यसबेला यहाँको बुद्ध धर्मको विशेषता, कुन सम्प्रदायको पकड राम्रो थियो र उनीहरुलाई राज्यले कस्तो प्रश्रय वा अनुमतिसम्म पनि दिएको थियो भन्ने खासै इतिहासमा जानकारी पाइँदैन । बुद्धमूर्ति समेत नभएका लिच्छवी कालीन थुरहरु र चैत्यहरु टोल टोलमा विना कुनै आधार बनाइएनन् होला । समाजमा धर्मको व्यापकता नभई हाल भेटिएका बुद्ध, बोधिसत्व करुणामयका उत्कृष्ट कलाकृति सिर्जना गरिनुको सामाजिक औचित्य हुँदैनथ्यो भन्ने हामीलाई थाहै छ । यसै बेला शुरु भएको बुंगद्यः अथवा रातो मछिन्द्रनाथको जात्राको पृष्ठभूमिको इतिहासको बारे समेत इतिहास मौन रहनुपर्ने अवस्था छ । अरु त अरु बौद्ध भनेर स्पष्ट चिनिएका लिच्छवीकालीन शिलालेखहरुले भन्न खोजेका कुराको आधारमा सामाजमा बुद्ध धर्म कहाँसम्म फैलिएको भनेर विश्लेषण पनि गरेको भेटिँदैनन् । इतिहासमा बौद्ध कला त अलिकति देखिन्छ तर बौद्ध समाज देखिन मुश्किल छ । के ती वैभवशाली बौद्ध मूर्तिहरु विदेशीले ल्याएर राखिदिए होलान् त ?

लगभग सन् ९०० देखि १२०० सम्मको कालका बारेमा इतिहासमा खासै पढ्न पाइँदैन किनभने यसबेलाका ठकुरी शासकहरुले यो गर्यो त्यो गर्यो भनेका कुराहरु धेरै उपलब्ध भएनन् । तर यसैबेलामा नेपालको बुद्ध धर्मको स्वरुपमा भने आमूल परिवर्तन आयो । पहिले किन्नर जातकलाई स्तुत्य मान्ने नेपालको बौद्धसमाजमा अचानक महायान, वज्रयान र अझ तन्त्रयानका बाछिटाहरु देखा पर्नथाले ।

मल्ल काल

सन् १३४९मा सुल्तान शमसुद्दीनले नेपाल उपत्यका आक्रमण गरी यहाँका बौद्ध स्मारकहरु समेतमा आगो लगाइ गएको अभिलेख र वंशावलीमा पाइन्छ तर यसको क्षति यहाँको बौद्ध समाजमा कति पर्यो भनेर इतिहास मौन जस्तै छ ।

Jaya Sthiti Malla

सन् १३८२ देखि १३९५ सम्म शासन गरेका राजा जयस्थिति मल्लले हिन्दु वर्ण व्यवस्थामा यहाँको नेवार समुदायलाई नयाँ ढंगले विभाजन गर्यो र यहाँ पनि जातीय उँचनिच शुरु भयो । प्रायः बौद्धहरु उनले नेपालका विहारहरुबाट भिक्षुहरु समातेर उनीहरुलाई जबरजस्ती गृहस्थ बनाए र यसैकारण यहाँ बुद्धधर्म कमजो हुँदै गयो भन्ने विश्वास राख्छन् । जे होस्, यो तथ्यले नेपालका राजाहरु बुद्धधर्मप्रति असहिष्णु र आक्रमक थिए भन्ने दृष्टान्त बनाउँछ । तर यसको प्रमाण पनि इतिहासकारहरु चित्त बुझ्दो ढंगबाट दिन चाहँदैनन् ।

यसबाहेक यसैबेला तिर नेपालमा भारतबाट यहाँको ब्राम्हण धर्मको रक्षा गर्न भारतबाट कुनै शङ्कराचार्य (एक जना वा धेरै जना, धेरै पटक) नेपाल आएको, उनले यहाँका शासकहरुबाट धेरै मान पाएको तथा यहाँका बौद्ध विद्वानहरुलाई शास्त्रार्थमा हराएको किंवदन्तीहरु समेत रचना गरिए र बौद्धहरुमा हिनताभाव ल्याइदिए । यसैको फलस्वरुप यहाँ थेरवाद विलय भएको तथा महायानी भिक्षुहरुले स्वइच्छाले वा कसैको निर्देशनमा प्रवजित जीवन त्यागेको अनुमान लगाउन सकिन्छ । यसले कुन धर्म र समाजको धार्मिक समुदायको विकासको लागि राज्यको संरक्षणको कति महत्व छ भनेर देखाउँछ ।

यो भन्दा बाहिर गएर हेर्ने हो भने यो युग नेपालको बुद्ध धर्म अन्तर्गतको बज्रयानको दृष्टिकोणले हेर्दा विकसित अवस्थामा पुगेको समय भने अवश्य हो । त्यस समय नेपाल बुद्ध धर्म र दर्शनको अध्ययन अध्यायपनको लगि भारत र तिब्बतको पुलको रुपमा थियो । भारतममा बुद्ध धर्मले विभिन्न प्रहार भोग्नु परेको र तिब्बतमा भने बुद्धधर्मले विकास हुने मौका पाइरहेको अवस्थामा भारतबाट बौद्ध विद्वानहरु भागेर नेपालको बौद्ध समुदायमा विलिन हुन आएको अनि तिब्बतबाट पनि बौद्ध विद्यार्थीहरु बुद्धधर्मको उच्चकोटीको अध्ययन गर्न नेपाल आउने गरेको भन्ने कुराहरु बौद्ध अभिलेखहरुमा भेटिन्छन् ।

Hiranya Mahavihara (Patan)

यही समयमा यहाँ बहाल बहिलको निर्माण प्रक्रिया द्रुत गतिमा बढ्नु, वज्रयानका आधारमा गरिएका सामाजिक संस्कारहरुको प्रचलन आउनुले त्यसबेला यहाँको बौद्ध समाजमा पुरोहितवादको विकास भइ सामान्य बौद्धजनलाई एउटा दिशा भने दिन थालेको भन्न सकिन्छ । यसअवस्थामा पनि केही बहालहरुमा राजाले नै संस्कार गरिदिएको वा निर्माण वा जीर्णोद्धारमा सहयोग गरेको अभिलेखहरुले सबै राजाहरु असहिष्णु नै थिए त भन्न सकिन्न । तर पनि यसबेलामा राज्य र यहाँको बलियो हुँदै गएको नेवार बौद्ध समाजको बिचमा कस्तो सामञ्जस्यता थियो भन्ने विषयमा भने इतिहासकारहरुले खुलेर लेख्ने अवसर पाएको देखिँदैन । संक्षेपमा भन्नु पर्दा नेपालको इतिहासनै राजाकेन्द्रित हुने भएकोले यति लामो मल्लकालमा राजाहरुको गुणवर्णन गर्ने क्रममा फलाना राजाले फलानो जात्रा चलाए, चैत्य वा विहार बनाए भनेको त पाइन्छ तर यहाँको बौद्ध समाज यसरी फल्योफुल्यो वा तत्कालिन राजा वा राज्यले यहाँको बौद्ध समाजको यसरी संरक्षण गरे भनेको पाइँदैन ।

बरु यही कालमा हालको नेपालको सुदुर पश्चिमतिर कर्णाली प्रदेशमा खस मल्ल राजाहरू बौद्ध धर्मका अनुयायी भएको, उनीहरुले बुद्ध धर्मको संरक्षण गरेकोले त्यहाँ बौद्ध समाजको विकास भएको अनुमान सजिलै गर्न सकिन्छ । तिब्बती बुद्धधर्मको प्रभावमा उनीहरुले बुद्धधर्म ग्रहण गरेको र लुम्बिनी लगायतका स्थानमा तीर्थयात्रा समेत गरेको अभिलेखहरुबाट देखिन्छ । तर त्यहाँका जनता पनि बौद्ध थिए त भन्ने सवालमा भने अहिलेका इतिहासकारहरु अलमल्ल छन् ।

शाह काल

सन् १७६८मा गोरखाका राजा पृथ्वी नारायण शाहले काठमाडौं र त्यसपछि क्रमशः पाटन र भादगाउँ जितिलिएपछि नेपालको राजनीतिक, धार्मिक र सामाजिक मानचित्रमा अभूतपूर्व परिवर्तन भयो । हजारौं वर्ष राजा र जनता जे भएपनि एकै भाषा, धर्म र संस्कृतिमा समागम भएर बसेका यहाँका जनतालाई एक्कासी आक्रमक शाह खलकको अलिखित इतिहासमा भनिएजस्तो अत्याचारले पक्कै असर पार्यो । राजनीतिमा पनि पाण्डे, थापा र बस्न्यात जस्ताहको प्रभाव रहने, जनतामा भन्दा राज्यविस्तारमा लाग्ने अनि आफ्नो धमर्, संस्कृति र साँस्कृतिक सम्पन्नता नभएका राजाहरुले यहाँको धर्म र संस्कृतिमा ध्यान नदिएको प्रस्टै छ । यस्तो अवस्थामा यहाँका बौद्धहरुको सामाजिक अवस्था कस्तो भयो भनेर नेपाली इतिहासमा पढ्न पाइएको देखिँदैन ।

शाहकालमा मनग्गे हिन्दु मन्दिरहरु बने । राजनीतिक स्वार्थ र आवश्यकता अनुसार त्यसबेलाका शासकहरुले अलि अलि बौद्ध संस्थाहरुलाई सहयोग त गरे तर शासकहरु बुद्धधर्मका संरक्षक भए भन्ने तथ्य फेला पार्न मुश्किल छ । समाजमा भने यसबेला बुद्धधर्ममा हिन्दु पुरोहितवादले यति हस्तक्षेप गरिसक्यो कि सामान्य जनताले बुद्धधर्म र हिन्दु धर्मका बिचमा अन्तर बुझ्न छाडे र जुन देउता देखेपनि ढोग्ने र सकार्न खोजे, जसलाई इतिहासकारहरुले राजनीतिक भाषामा सहिष्णुता भन्नथाले ।

(Brian Houghton Hodgson )

शाहकालको बुद्ध धर्म भनेपछि हडसनको प्रसंग निस्किन्छ । ब्रेन होटन हजसन नेपालमा सन् १८२० देखि १८४३ सम्म नेपालमा ब्रिटिश सरकारको प्रतिनिधि भएर बसे । यस अवधि भरी उनले नेपालको अन्य विषयका साथै बुद्ध धर्मको बारे विस्तृत अध्ययन गरेर पुस्तक लेखहरु लेखे । बौद्धहरुमा एउटा कथन छ कि तत्कालिन शासकले बौद्धहरुको सयौंको संख्यामा प्राचीन ग्रन्थहरु खोलामा बगाउन पठाए । यो उनले देखे र उनै शासकको अनुमति लिएर आफ्नो संग्रहमा राखे, जुन पछि उनले लिएर गए र विभिन्न संग्रहालयहरुमा वितरण गरे । इतिहासकारहरु यो मान्न तयार देखिँदैन तर ती ग्रन्थहरु त्यहाँ कसरी पुगे भन्ने प्रश्न अनुत्तरित नै छन् ।

राणा काल

सन् १८४६मा जंग बहादुर कुँवरले आफुलाई सर्वेसर्वा प्रधानमन्त्री घोषणा गरेर देशको शासन सत्ता आफ्नो हात पारेपछी शाह काल नै नाम रहेपनि राजगद्दीमा बस्ने राजाको केही नचल्ने भयो । सबै काम गर्ने राणा प्रधानमन्त्री भएकोले यसलाई राणा काल भनेपनि हुने भयो ।

जंग बहादुरले सबै नेपालीलाई हिन्दु बनाएर मुलुकी ऐन बनाए भने अर्कोतर्फ बौद्धहरुलाई आफ्नो धर्म मान्न समेत निषेध जस्तै गरे । राणाहरुको उदय हुन अगाडिनै राज्यले बुद्धधर्मलाई अविभावकत्व दिन छोडेको त देखिन्छ नै तर राणाहरुकोे सबै जसो प्रधानमन्त्रीहरुले बुद्धधर्मका विरुद्ध कदम नै चालेको देखिन्छ । यसरी भनिरहँदा राणाकालमा बुद्ध धर्ममाथि चरम दमन भएको थियो भन्दा पनि अत्युक्ति नहोला । एकातर्फ बौद्धहरु कुनै राणा शासकले बौद्ध ग्रन्थहरु जबर्जस्ती उठाए ल्याए र हनुमानढोकास्थित कालभैरवको मूर्ति पछाडि जलाएको किंवदन्ती सुनाइरहन्छन्, इतिहासकारहरु यसबारे कलम चलाउन आवश्यक ठान्दैनन् ।

(Buddhist Monks Exiled from Nepal in 1926)

पछिसम्म पनि राणा शासकहरुमा बुद्ध धर्म भनेको विदेशी धर्म हो र यसलाई यहाँ प्रश्रय दिनु हुँदैन भन्ने नै लागिरह्यो । बौद्धहरुलाई दशैंमा पशुबलि दिन बाध्य पारिएका कथनहरु छन् । एक पढेलेखेका राणाले लुम्बिनीको स्तम्भ पत्ता लगाएको जस पाए भने अन्य राणा शासकहरुले नेपालबाट बुद्ध धर्ममाथि प्रतिवन्ध लगाउने काम भयो । बुद्ध जन्मेको देशमा राज्य ढुकुटीमा पौडी खेलेर पनि उनीहरुले बुद्धधर्मलाई बाँडाको धर्म र भोटे धर्म भन्दा बढी बुझेन ।

बुद्ध धर्मलाई हिन्दुधर्मसँग छ्यासमिस गरेर पुरोहितको झैं धर्म मान्नेहरु त जसोतसो जोगिए तर बुद्ध धर्मको प्रचारमा लागेकाहरु भने राणाहरुको कोपबाट बच्न सकेन । त्यो दिन नेपालाको लागि मात्र हैन विश्वकै बुद्ध धर्मको इतिहासमा कलंकको दिन भनेर इतिहासमा दरिएको हुनुपर्छ जुन दिन बुद्ध जन्मेको देशमा बुद्धधर्म प्रचारमा लागेका भिक्षुहरुलाई बुद्धशिक्षा जनमानसमा दिइरहेको अपराधमा देश निकाला जस्तो घिनौना सजाय दियो, त्यो पनि दुइ पटक — सन् १९२६ र १९४४ गरी । त्यो त श्रीलंका जस्ता बौद्ध देशहरुको नेपालप्रतिको सदाशयता थियो कि यसैको फलस्वरुप नेपालमा बुद्धधर्मले पुनर्ताजगी पायो राणा शासनको अन्त्यसँगै । के यो इतिहास हैन र? यसका बारेमा कलम चलाउने बुद्धधर्मका विद्यार्थीहरुले मात्र कि इतिहासकारहरुले पनि ?

प्रजातन्त्र काल र पञ्चायती काल

प्रजातन्त्रको एक दशकमा नेपालीहरुमा बुद्धधर्म मान्ने स्वतन्त्रता छाएको मात्र के थियो, पञ्चायती कालले पुनः एक भाषा एक धर्मको नीति लिएर बाहुन क्षेत्री बाहेकका मानिस नेपाली नै हैन जस्तो व्यवहार थाल्यो । घुमाउरो पाराले नेपाल हिन्दुहरुको मात्र देश भनेर भनिन थाल्यो, हिन्दुराज्यको नाम आउन थाल्यो । यसबेला नेपालका बौद्धहरुले राज्यबाट अनेकौं तहमा विभेद वा निषेध भोगेको कुराहरु भनिए, लेखिए । फरक यतिमात्र कि ती घटनाहरु इतिहासकारहरुको आँखामा परेन ।

पञ्चायत गयो तर शासकहरु भने उही । फलतः बौद्धहरुले पहिले कहिल्यै नगरेको जस्तो प्लेकार्ड बोकेर यो नेपाल सबै धर्ममान्नेहरुको साझा देश हो भनेर धर्मनिरपेक्षताको माग लिएर सडकमा उत्रनुपर्यो । के यो ऐतिहासिक विडम्बना हैन र? के यो इतिहासमा लेखिनुपर्ने कुरा होइन र ?

गणतन्त्र व्यवस्था

(Buddhist monks demanding secularim in Kathmandu)

अहिले शाहवंशकै ससम्मान अन्त भएको छ । जनताको शासन छ । सयौं थुंगा फूलका गीत राष्ट्रिय गीत कहलाएको छ । तर विभेद ज्युँका त्युँ छ । संविधानले एउटा धर्मको रक्ष ागर्ने शर्तमा नक्कली धर्मनिरपेक्षता पाएको छ । अरुको धर्मको अस्तित्वमा धावा बोल्ने धार्मिक उपनिवेशवादीहरु अहिले पनि नेपाल हिन्दुहरुको राज्य भनेर लेखाउन उद्यत छ । राजतन्त्रको आवश्यकता छ भन्दै हिन्दु धर्म तेस्र्याउने काम भइरहेको छ । जनगणनामा अझै बौद्धहरुलाई जानी जानी हिन्दु लेखाउने गणकहरु भेटिरहेका छन् । एकातिर हिमाली बौद्धहरुमाथि तिब्बती भएको आरोप छ, नेवार बौद्धहरु हिन्दुको जामा लगाएर बाँच्नुपरिरहेको छ अनि थेरवादलाई विदेशबाट आएको भन्ने आलोकाँचो आक्षेप छ । समग्रमा बौद्धहरु यो बुद्धको जन्मभूमिमा आफ्नो अस्तित्वको दुहाइ दिएर बाँचिरहनुपर्ने अवस्था छ । खोइ इतिहास बोलेको ?

यसलेखको उद्देश्य न त राज्यले कहाँ कहाँ बुद्धधर्मलाई विभेद वा दमन गरेको छ भनेर केलाउने हो, न त इतिहासमा भएका कमि कमजोरी नै उदाँगो पार्ने हो । यो सानो लेखमा त्यो सबै उल्लेख गर्न सम्भव छैन । तर पनि यहाँ बुद्ध नेपालमा जन्मेको भनेर बुद्धको नाम ब्राण्डिङ गरेर बस्ने यो सरकारले बौद्धहरुमाथि अवहेलना गरेको र त्यको साक्षी किनारामा मौन बसिदिने इतिहासकाहरुलाई झकझक्याउन सकिन्छ कि भनेर सानो प्रयास मात्र गरेको छ । पाटनका गुमनाम भेटिएको एक प्राचिन शिलालेखले नेपालका इतिहासकारहरुले किन आफ्नै विद्वतामाथि प्रश्नचिन्ह खडा हुनेकिसिमबाट बुद्धधर्मको इतिहास लेख्न अन्कनाइहेको छ भन्ने कौतुहलता उब्जाएको बारे ध्यानाकर्षण मात्र गरको हो । त्यो पनि भोलिको इतिहासले आजका इतिहासकारहरुको कर्तव्यमा कतै औला ठड्याउने मौका नआओस् भनेर मात्र ।

(पहिलो फोटो लेखेकको । अन्य फोटो इन्टरनेटबाट साभार गरिएकाे )

Anandabhoomi, Nepal’s Buddhist Monthly, January 2022

Wednesday, January 12, 2022

थम्हं याय्खंसा एकीकरण, मेपिन्सं याःसा चीरहरण ?–१

 



राजेन मानन्धर | थिंलागा नवमी ११४२, पुष २७ मंगलवाः


हलिमय् गनं गनं थज्याःपिं मनूत नापलाइ, सु मनू खयाः नं थः मनू मखु धयां च्वनी । अज्याःपिन्सं थःगु जीवत्वयात ध्याकुंचाय् वांछ्वयाः थःगु अस्मिता सुं अमुक तानाशाह, बारबारियन वा अमानुषया दयामायां जक ल्यनाच्वंगु धकाः विश्वास याइ व व हे खँ सकसितं न्यंका नं जुइ । उमिसं दँय्दसं थःगु नां, वंश, राष्ट्रियता व पहिचानय् जालझेल यानाः हताः याःम्ह सुं पृथ्वी नारायण शाहया गुणगान याय्त न्ह्यचिलाच्वनी । अलेथम्हं सुयात द्यः भाःपियाच्वन, वयात मुक्कं नेपाःमिं थःथःगु विवेकय् पुसाः तयाः अथे हे भाःपीमाः धइगु बिचाः लहिनाच्वनी ।
 
थन नेपालय् सम्पन्नता, वैवभता, आर्थिक वृद्धि, व हलिमय् न्हाय् धस्वाकीगु कला व सम्पदाया नां काय्माःसा लिच्छवी व मल्ल जुजुतय् अले षडयन्त्र, परस्त्री गमन, गद्दीया दाउ, विदेशीलिसे छलकपटं जाःगु सन्धी व पुलांगु धुकू न्हंकाः विलाशी जीवन हंगु इतिहास ब्वनेत शाह जुजुतय् बखान ब्वनेमाः । शाहकालय् नं स्थानीय जनताया हे कला, शीप व मिहेनतं थुगु इलय् नं थीथी देगः दय्कल, जात्रापर्वय् निरन्तरता ला दत तर, उकी थुपिंं जुजुपिं व धुँया छ्यंगु भुनाः स्यालया राज याःवःपिं शाह जुजुपिं व राणातय्गु खास हे भूमिका मदु । अथेजुयाः वंगु २५० दँया नेपालया इतिहास धइगु हे सभ्यता, विकास व समृद्धिया इतिहास मजुसे जालझेल, षडयन्त्र, हिया खुसिबाःया इतिहास जुल । थुकी जुजु वीरेन्द्रया वशंनाशयात काय्गु कि मकाय्गु धइगु खँ धाःसा इतिहासं हे कनीगु खँ जुल तर, जनतां कमे याःगु सम्पत्तिं करोडौं भत्ता काय्गु, उद्योगय् लगानी याय्गु, थः म्ह्याय्यात क्वसः बीगु, विदेशी बैंकय् मुंकेगु बहादुरी शाह वंश गद्दीइ च्वंगु लिपांगु दिनय् तकं न्ह्यानाच्वन । 
 
यथार्थ न्ह्यागु जूसां थौंया नेपाःमित नेपालया इतिहासया नामय् छुं हैसियत मदुम्ह जुजुं जालझेल यानाः इतिहास, संस्कृति व आर्थिक समृद्धिं जाःगु डेढ दर्जन स्वतन्त्र राज्ययात हड्पे याःगु घटनायात एकिकरण धकाः मफु मफु तर्क अले कुतर्क न्ह्यब्वयाः याःगु तारिफया हवामहल ब्वनेत बाध्य जुयाच्वंगु दु । इतिहासकारतय् जागिर धयागु हे छम्हं मेम्हेसित क्वत्यलाः वयागु राज्य काय्गुयात एकीकरणया नां बीगु जुयाच्वंगु दु थन  । थौंया दास इतिहासकारतय्त सुं अमुक जुजुं सुं जोगीया चिपगु धौ नःगु हे हुनिं बच्छि नेपाःया जुजुपिन्सं पुलिं चुयाः वया शरणय् वःगु थें ताः । उमिसं धाइ, ‘थ्व नेपाल सुनां त्याकूगु मखु, वय्कलं एकीकरण याःगु, व नं विदेशीतय् कुदृष्टीं बचे याय्त ।’ थम्हं काय्खंसा एकीकरण, मेपिन्सं कयायंकूसा चीरहरण — थ्व हे स्यंगु दु, इतिहासकारतय्सं चिचीधिकःपिं मस्तय् दिमागय् । न नेपाली इतिहासकारतय्सं सत्य च्वय्गु हिम्मत याइ, न विदेशीं च्वःगु इतिहास स्वीकार याय्त तयार दु । 
 
एकीकरण एकीकरण एकीकरण । कलेजय् इतिहास ब्वनेबलय् नं इटली व जर्मनी एकीकरण धकाः ब्वंकीगु खः । (थ्व हे खँ इटली व जर्मनीया पासापिन्त न्यनेबलय् थःगु देय् एकीकरण जूगु धाय्मयः उमि) । फ्रान्सय् रोमन साम्राज्यया अवशेषयात बांलाक संरक्षण यानातःगु स्वयावयागु दु । गुगु देय्या भूभाग सुनां काःसा लुटे याःगु जुइ, सुनां काल धाःसा एकीकरण जुइ । थ्व ल्याखं जापानं चीन काय्फुसा व एकीकरण जुइ, चीनं तिब्बत काःसा व एकीकरण जुल, चीनं ताइवान काःसा व एकीकरण जुल, अले भारतं सिक्किम काःसा व नं एकीकरण जुल नेपाली इतिहासकारतय् लागिं, एकीकरणवादीतय् लागिं ।
 
व एकीकरणवादीतय्सं नेपालय् जूगु, जुजु पृथ्वी नारायणं याःगु ज्यायात छाय् एकीकरण नां बिल धइगु न्ह्यसःया लिसः लुइकेमफुनि । थौंतक्क सुनां पृथ्वी नारायणं गनं हिमालयया दक्षिणय् लाःगु थुलि थुलि भूभाग नेपाल खः, उकियात साम, दाम, दण्ड, भेदं हे जूसां ल्हातय् काय्धुंकाः व एकीकरण जुइ अले व स्वयां अप्वः काय्म्वाः छाय्कि व नेपाल मखु धकाः च्वयाथकूगु मखनानि । जिं थुलि थुलि भूभाग एकीकरण याय् व थुकिया नां नेपाल जुइ धकाः बाचा ल्हानाः न्ह्याकूगु अभियान खः धकाः सुनां प्रभाणित मयास्से मगाय्धुंकल आः । अझ वं त्याकाकाःगु दक्वं भूभागयात नेपाल धाय्माः धकाः नं या कथित दिब्योपदेशय् धयातःगु मदु । गुकथं जुल नेपाल एकीकरण ?
 
गुगुं इलय् थन थनतक्क थःगु साम्राज्य दय्क्दःसा नेपाल जुइगु खः धकाः मधाःगु जूसा छाय् वं याःगु ज्या सफल धाय्गु ? छु काँगडा व टिस्टा चाहीँ नेपाल मखुला ? खःसा एकीकरणवादीत थौं छाय् अनया जुजुया काय्लिसे त्वाय्चिनाः राज्य खूवनी मखु ? वय्कलं एकीकरण याय्माःगु धकाः फ्यानातःगु भूभाग बाहेक छु गुज्वःगु समानता दुगु खः व वयात व दक्वं नेपाल खः थें ताल ? अले थ्व नेपाल धयागु नां हे सुनां सयात गबले बिल ? यदि वय्कलं याय् धाःगु वा याय्माःगु ज्या पूमवंकूगु जूसा छाय् एकीकरणवादीतय्सं वय्कःयाके स्पष्टीकरण फ्वनीमखु ? एकीकरणया नां बीधुंकाः थुगु न्ह्यसःतय्सं न्ह्यपुइ डेरा काःवय्धुंकी । अन्धभक्तबाहेक मेपिंके सप्रमाण इतिहास न्ह्यब्वय्गु सामथ्र्य दइमखु जुइ ।
 
गुरुङतय् आदिभूमि व तामाङतय् आदिभूमिइ नं व हे फरक दु, गुगु महाराष्ट्र व तामिलनाडुइ दु । यदि तामाङ राज्य व नेवाः राज्य ल्वाकछ्यानाः नेपाल जुइगु खःसा छाय् विहार व नेवाः राज्य ल्वाकछ्यानाः भारत मजुइला ? याइम्हेसिनं याय्त मस्वल, व मेगु खँ जुल । माने याय्, सिक्किमया सुं चोग्यालं आःया नेपाल दुने लाःगु लिम्बुवान, खम्बुवान, स्वनिगः, ताम्सालिङ, तमुवान मगरात दक्वं त्याकाकाःगु जूसा थौंया एकीकरणवादीत व चोज्यालया बुदिं हनाच्वंगु दइला ? यदि चीनं हिमाल पारीं वयाः तराईतक्क त्वपुनाकाःगु जूसां चीनं एकीकरण याःगु धाय्फइला ? यदि ब्रिटेनं थथे हे याःगु जूसा थौंया एकीकरणवादीत ब्रिटिश साम्राज्यया सुं भायसरायया बुदिं थुकथं हे हनाच्वन खइला ?
 
अनि थ्व नं धाइ, पृथ्वी नारायणं एकीकरण मयाःगु जूसा नेपालयात ब्रिटिश साम्राज्यं हरण याय्धुंकी ।
लहना वाःपाै
https://www.lahananews.com/node/10943

Wednesday, August 25, 2021

अफगानस्तानमा बुद्धधर्म : बौद्ध केन्द्रदेखि तालिबानको निशानासम्म



 राजेन मानन्धर

पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० र्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव सभ्यताको विकास भएको भनिएको यस देशलाई रेशममार्गले मध्यपूर्व र एशियामा अन्य देशहरुसँग जोडिएको । आजभन्दा ५० हजार वर्ष अगाडि नै बसोबास भएको अनि यहाँका कृषकअरु संसारकै प्राचिन कृषि सभ्यताका निर्माता पनि भनिन्छ । यहाँको सभ्यतालाई मिश्रको सभ्यताजतिकै पुरानो भनेर पनि भनिन्छ । महान् एलेक्जेन्दरदेखि लिएर मंगोल, ब्रिटिश, सोभियत, मुस्लिम र अहिले पश्चिमी शक्ति हुँदै विभिन्न समयमा विभिन्न राज्य वा साम्राज्य शक्तिको हातमा पर्न गएको यो देश निकै लामो समयदेखि शान्तिपूर्वक बाँच्न पाएनको देखिँदैन ।

सन् १९९४ देखि तालिबान भनिने कट्टरपन्थी मुसलमानहरुले हिंसात्मक आन्दोलन गरेर विभिन्न धार्मिक कानून लादेर मानव स्वतन्त्रता अपहरण गर्यो भन्ने सुनिन्थ्यो भने प्रजातान्त्रिक वातावरणमा चुनिएका राष्ट्रपतिलाई अमेरिकी साम्राज्यका पुतला पनि भन्ने गरिन्छ । हालै तालिबानले सबै देश कब्जा गरेपछि एकातिर अफगानस्तान विदेशीहरुको चंगुलबाट मुक्त भए भनेर खुशियाली मनाएको देखिन्छ भने अब यहाँ बस्न सकिँदैन भनेर लाखौं जनता देश छोडेर भागेको पनि देखिन्छ । यसै कारण पनि प्राकृतिक श्रोतले सम्पन्न भएर पनि सयौं वर्षदेखि गरिवीको चपेटामा परेको यो देश अहिले विश्वमा चर्चाको विषय बनेको छ ।

अस्तिसम्म यो देशलाई इस्लामिक गणतन्त्र अफगानस्तान भनिन्थ्यो जहाँ असफर घानी राष्ट्रपति भएर सत्ता चलाइरहेको थियो । अहिले याहाँ ३ करोड १८ लाख जनसंख्या छ । यो एक बहुजातीय देश हो । यहाँ पाश्तुन, ताजिक, हाजरा, उज्बेक आदि जातिका मानिसहरुको बसोबास छ र उनीहरुले दारि, पाश्तो, उज्वेक, तुर्कमान व अन्य अरबिक भाषाहरु बोल्छन् । यहाँका ९९ प्रतिशत जनताले मुस्लिम धर्म अपनाइरहेका छन् । अहिले जस्तो अवस्थामा भएपनि कुनै बेला अफगानस्तान बुद्धधर्ममा आस्था हुनेहरुको देश थियो र त्यहाँको बुद्धधर्मको इतिहास हजारौं वर्ष पुरानो छ । यस लेखमा विशेष गरी यहाँको बुद्धधर्मको इतिहास र सभ्यताको संक्षिप्त चर्चा गरिन्छ ।

बुद्धधर्मको प्रवेश :
अफगानस्तानको बुद्धधर्म भगवान बुद्ध जतिकै पुरानो छ । उहाँको जीवनकालमै यहाँ बुद्धधर्मले प्रवेश पाएको विश्वास गरिन्छ । बौद्ध धर्मग्रन्थहरुका अनुसार तपुस्स व भल्लुक (त्रपुस्स व भल्लिक) नामक दुई ब्यापारीहरु ५ सय गाडा लिएर मध्यदेसको उक्क्ल नामक प्रदेशमा जान लाग्दा भरखरै बोधिज्ञान लाभ गर्नुभएका बुद्धयात सबैभन्दा पहिला सात्तु र मह दान दिएर उनीहरु बुद्धधर्मका प्रथम उपासक भए । उनीहरुले बुद्धसँग मागेर ल्याएको केशधातु (आठवटा केश)गर्भमा राखेर आफ्नै देशमा बाल्ख भन्ने शहरमा चैत्य बनाए भनेर पनि लेखिएको पाइन्छ । उनीहरुलाई ब्याक्ट्रिया वा अहिलेको अफगानस्तानका बासिन्दा भनेर विश्वास गरिन्छ । त्यसमध्ये भल्लिक पछि भिक्षु भएर वर्तमान मजार–इ–शरिफ भन्ने ठाउँको नजिक विहार बनाएर बसे भनिन्छ । यस मानेमा अफगानस्तान बुद्धको पहिलो उपासक र पहिलो चैत्य भएको पवित्र स्थान भयो । साथै मानिसहरु बुद्धको शिरको अस्थिधातु यहाँ ल्याएर नगरमा विहार बनाएको भन्ने पनि विश्वास गर्छन् (हुन त यसकै कथालाई आधार मानेर कसैले उनीहरु श्रीलंका वा म्यानमार फर्केको भन्ने पनि गरिन्छ) ।

बुद्धको निर्वाण पश्चात् बौद्ध भिक्षुहरुमा मतभेद आएर बुद्धधर्म नै कति कति निकायमा विभाजित भयो । दोश्रो संघायना पछाडि ३४९ इपूतिर थेरवादबाट महासांघिक निकाय छुट्टिएर गयो । त्यसबेला धेरै महासांघिक भिक्षुहरु अहिलेको अफगानस्तानस्थित कन्दहारमा गए भनिन्छ । पछि महासांघिक पनि पाँच टुक्रामा विभाजित भयो, जसको मुख्य शाखा अफगानस्तानमा लोकोत्तरवादको नामले विकास भयो । त्यसैले महासांघिक लोकोत्तरवादको उद्भव यही अफगान क्षेत्रमा भएको विश्वास इतिहासकारहरुले गरेका छन् । यसप्रकार लोकोत्तरवादीहरुले त्यही बामियान उपत्यकामा आफुलाई स्थापित गरे जहाँका प्राचिन बुद्ध मूर्तिहरुलाई तालिबानहरुले बल पूर्वक ध्वस्त पारेका थिए ।

त्यस्तै तेश्रो संघायना पछि मौर्य सम्राट अशोक (३०४ इपू — २३२ इपू) ले विभिन्न देशमा नौ जना धर्मदूतहरु पठाएको मध्ये काश्मिर र गन्धार क्षेत्रमा मज्झन्तकलाई पठाएको भन्ने लेखिएको छ । अफगानस्तानको यस दक्षिणपूर्वी शहर कन्दहारमा अशोक अभिलेख समेत भेट्टिएको छ । पहिले नैे बुद्धधर्म फैलिसकेको यस क्षेत्रमा सम्राट अशोकका धर्मदूतहरुले पनि त्यहाँ बुद्धधर्मको विकास गराउन योगदान गरे होला अनि आपसमा मतभेद भएर छरिएर रहेको बुद्धधर्मलाई फेरि संगठित गर्न र बुद्धदर्शनको अध्ययन पुनः राम्रोसँग गर्ने वातावरण बनाइदियो होला भनेर अनुमान गर्न सकिन्छ ।

जे होस्, अफगानस्तानमा ईशापूर्व ३०५ देखि नै बुद्धधर्म विस्तार हुँदै गएको देखिन्छ । यसबेला ग्रीसको सेल्युसिड साम्राज्यले भारतवर्षमा मौर्य साम्राज्यसँग सहकार्य वा गठबन्धन बनाई सम्पूर्ण मध्यपूर्वमा आफ्नो अधिपत्य कायम गरेको थियो । त्यसै कारण ग्रेको बाक्ट्रियन अधिराज्यमा २५० इपू देखि १२५ इपू सम्म भनेजस्तै बुद्धधर्म फैलिँदै गयो । पछि फेरि यही इन्डो–ग्रीक अधिराज्यको नामबाट १८० इपू देखि १० इस्वीभित्र यो पाकिस्तान र अफगानस्तानमा फैलिन गएपछि यसको साथसाथै बुद्धधर्मलाई पनि विस्तार हुने अवसर प्राप्त भयो । यस क्षेत्रमा विकास भएको बुद्धधर्मलाई समग्रमा ग्रेको बुद्धिज्म भनिन्छ, जुन हेलेनिस्टिक वा पछिल्लो ग्रिक सभ्यता र भारतवर्षमा विकसित बुद्धधर्मको संमिश्रण हो । यसरी यहाँ बुद्धधर्म इशापूर्वको ४औं शताब्दी देखि ईस्वीको ५औं शताब्दीसम्म राम्रैसँग विकास हुन पायो । यो भनेको सम्राट एलेक्जेन्डरको समयदेखि इन्डोग्रीक अधिराज्यको स्थापना भएको र पछि कुशान साम्राज्यको निर्माण भएको समयसम्मको अवधि हो ।

बुद्धधर्मको विस्तार :
अफगानस्तान विभिन्न समयमा विभिन्न राजनीतिक शक्तिको सम्पत्ति जस्तै भएकोले अनि समय–समयमा यस्तै किसिमबाट अफगानस्तानको राजनीतिक सिमाना परिवर्तन भइरहने, राज्यसत्ताको कारणले यहाँको सामाजिक र धार्मिक नीतिमा परिवर्तन आइरहने भएकोले नै यहाँ समय अनुसार बुद्धधर्म विस्तार भएको देखिन्छ । विशेष गरी यहाँ अलेक्जेन्डरले विजय प्राप्त गरिसकेपछि यसलाई अन्य बौद्ध केन्द्रहरुसँग जोडेपछि यसको त्यस किसिमको धार्मिक प्रभाव बढ्दै गयो । पछि त यहाँका पश्तुनहरु र सिथियनहरुले समेत बुद्धधर्म अवलम्बन गरे । यही कारणले त अफगानस्तानमा बुद्धधर्मको प्रचार भएको मात्र हैन कि यहाँ मुस्लिमहरुले आक्रमण गर्न अगाडिसम्म यो देश नै मध्यपूर्वको एक अद्वितीय बौद्ध केन्द्रको रुपमा विकास भएको थियो । यहाँका बौद्ध विद्वानहरुले नै चीन, रसिया लगायतया विभिन्न देशहरुमा बुद्धधर्मको प्रचार गरे अनि बौद्ध दर्शनको व्याख्यालाई नयाँ उचाइ दियो भनेर समेत इतिहासकारहरुले भन्छन् । कसैकसैले त बौद्ध विद्वान बोधिधर्म, जसले चीनमा गएर ध्यान वा जेन बुद्धधर्मसँगै कुङफु प्रशिक्षण दिए, अनि त्यस्तै लोकक्सेमा, जसले चीनमा गएर महायान बौद्धग्रन्थहरुलाई चीनियाँ भाषामा अनुवाद गरे, अनि महाधर्मरक्षित, जसले अहिलेको काबुल क्षेत्रबाट ३० हजार भिक्षुहरुलाई श्रीलंकाको अनुराधापुरस्थित स्तुप दर्शन गराउन तीर्थाटनमा लगे, उनीहरु सबै अफगानस्तानसँगै सम्बन्धित थिए भन्ने गरिन्छ ।


बौद्ध स्मारकहरु :
संक्षिप्तमा भन्ने हो भने अफगानस्तान भनिने स्थानमा विभिन्न समयमा क्रमशः अलेक्जेन्डर, सेल्यूसिड, ग्रेको बाक्ट्रियन, मौर्य, इन्डो–सिथियन, इन्डोपार्थियन, कुशान, ससानिड, कडाराइट, हिन्दुशाही, पालवंशीहरुले पालैसँग शासन गरे । उनीहरुले शासन मात्र गरेका थिएनन्, अझ त्यहाँ बुद्धधर्म प्रचार समेत गरेर र जनतालाई पनि बुद्धशिक्षाको प्रचार गर्न मार्गप्रशस्त गरिदिए तथा जनतालाइ बुद्धको मार्गमा लाग्न प्रोत्साहन पनि दिए । त्यसबेला त्यहाँ गान्धारा (वर्तमान अफगानस्तान र पाकिस्तानको बिचमा रहेको इलाका ) र ब्याक्ट्रिया भन्ने दुइटा ठुला बौद्ध प्रदेशहरु थिए । त्यहँका तक्षशिला व बामियान त्यसबेलाका निकै प्रशिद्ध बौद्ध केन्द्रहरु थिए । त्यस्तै ग्रेको ब्याक्ट्रियन राजा मिनान्दर (१६५ इपू — १३५ इपू), जसले बौद्धहरुले अति आदर गर्ने मिलिन्द प्रश्न नामक बौद्धग्रन्थ रचनाको आधार बनाए, उनी पनि यसै क्षेत्रका थिए ।

समयचक्रमा सबै कुराहरु बदलिए । अहिले त्यहाँ कोही बौद्धहरु छैनन् । तर त्यहाँ अहिले पनि यत्रतत्र प्रशस्तै बौद्ध स्मारकहरु पाइन्छन् ।उनीहरुलाई बुद्धको थिए र त्यहाँ किन बुद्धका त्यतिधेरै मूर्तिहरु बने भन्ने समेत हेक्का छैन होला ।

अफगानस्तानको बुद्धधर्म भन्ने बितिक्कै त्यहाँको रेशममार्गमाा अवस्थित बामियानका विशाल बुद्धमूर्तिहरुको सम्झना हुन्छ । पर्सियन भाषामा “बोथा–ए–बामियान” भनिने यी मूर्तिहरु त्यहाँका भित्ता जस्तै ठाडो पहाडमा त्यहाँका बौद्धहरुले चट्टानका भित्तामा कोप्दै कोप्दै बनाएका थिए । मुख्य गरी त्यहाँ दुइवटा त्यस्ता ठुल्ठुला बुद्धमूर्ति छन्, समयले धेरै क्षय गरेको भएपनि त्यहाँ बाँकी रहेका अंशको मुद्राका आधारमा तिनीहरु वैरोचन व शाक्यमुनि बुद्धका मूर्ति थिए भन्न सकिन्छ । त्यस मध्ये सानो (३८ मीटर वा १२५ फीट अग्लो पूर्वी बुद्ध, जसलाई स्थानीय भाषामा शाहमामा भनिन्छ) सन् ५४४ देखि ५९५ भित्र बनाइएको थियो । त्यस्तै ठुलो बुद्ध (५५मीटर वा १८० फीट अग्लो पश्चिमी बुद्ध, जसलाई स्थानीय भाषामा सोलसोल भनिन्छ) सन् ५९१ देखि ६६४भित्र बनाइएको थियो । यी मूर्तिहरु कुशान कलाकारहरुले त्यहाँका बौद्धभिक्षुहरुको निर्देशनमा बनाइएको भनिन्छ । यसको समयावधि हेर्दा यी मूर्तिहरु कलाकारहरुको तीन पुस्ताले बनाएको हुनुपर्छ अर्थात् शुरु गर्ने कलाकारले अन्त भएको देख्न पाएन, अनि अन्तिम रुप दिने कलाकारले शुरुको कलाकारलाई भेटेन ।


अफगानस्तान लगायतका मध्यपूर्व क्षेत्रको बुद्धधर्मले विश्वलाई दिएको एउटा उपहार भनेको गन्धार कला हो, जसको अर्को नाम ग्रेको बौद्ध कला हो । अफगानस्तान–पाकिस्तानको गन्धार क्षेत्रबाट विकसित र विस्तार भएको बुद्धधर्म — त्योे भनेको मध्य एशिया, अफगानस्तान, पाकिस्तान, भारत र चीन क्षेत्रमा — आफ्नै किसिमको एक विशेष कलाको लहरको विकास भयो जुन ग्रीक कला र पूर्वीय धर्मको संयोग भनिन्छ । ग्रेको–ब्याक्ट्रियन अधिराज्य, जहाँ अहिले अफगानस्तान छ, त्यहाँ नै यो कलाको विकास किन भयो होला भने यो भनेकोे पश्चिमी कला र पूर्वी दर्शनको मिलन विन्दु थियो ।
यस स्थानमा चीनिया यात्री हुएनसाङ सन् ६३०मा यात्रा गर्दै आएको देखिन्छ । उनले आफ्नो यात्रा विवरणमा यहाँको वर्णन गर्दा यहाँ दशवटा भन्दा धेरै ठुला विहारहरु र हजार जना भन्दा बढी त भिक्षुहरु मात्र भएको एक ठुलो बौद्ध समाज देखेको कुरा उल्लेख गेरका थिए । त्यस्तै ती विशाल बुद्धमूर्तिहरुलाई सुन र हिरा जवाहरातले सजाएर राखेको थियो भनेर पनि भनेका छन् । त्यसबेला उनी त्यहाँको एक लोकोत्तरवाद विहारमा पनि भ्रमण गरेका थिए । यसबाट त्यहाँ त्यसबेला बुद्धधर्ममा श्रद्धा भएका जनता निकै धेरै थिए भन्ने स्पष्ट हुन्छ ।

यसबाहेक, जापानी अन्वेषकहरुले त बामियानका गुफाहरुमा प्राप्त सन् ६५०इस्वी तिरका भित्ते चित्रहरुलाई संसारकै सबैभन्दा पुरानो तेलचित्र भनी दाबी गरेका छन् । उनीहरुले त्यहाँ हजारौं बुद्धका चित्रहरु पत्ता लगाएका थिए ।


अफगानस्तानको पूर्वी शहर गजनीमा अवस्थित तेपे सरदार विहार यहाँको एक महत्वपूर्ण पुरातात्विक स्थल हो । यहाँ एउटा डाँडाको टुप्पामा एउटा ठुलो स्तुप छ जसको चारैतिर ससाना स्तुपहरुले घेरिएको छ । त्यस्तै त्यहाँ एउटा १८ मीटर लामो बुद्ध परिनिर्वाण मूर्ति पनि उत्खनन् गरेर पत्ता लगाइएको छ । त्यस्तै गजनीमै अर्को होमाइ काला भन्ने स्थानमा पनि बौद्ध विहारहरु छन् । बासावाल भन्ने स्थानमा त झन् १५० वटा जति त बौद्ध गुफाहरु नै छन् ।
पुरातात्विक अन्वेषणले त्यहाँ त्यसबेला केही महायानी सुत्रहरु कोरिएका ताडपत्र अभिलेखहरु भेट्टाएका थिए । त्यसमा कुनै अभिलेखहरु गान्धारी भाषा र खरोष्ठी लिपिमा लेखिएका छन् भने कुन संस्कृत भाषा र गुप्त लिपिबाट लेखिएका छन् । त्यहाँ उनीहरुले महासंघिक लोकोत्तरवादको प्रतिमोक्ष विभंग, आगम (सुत्तपिटक)को महापरिनिर्वाण सुत्र, वज्रछेदिका प्रज्ञापारमिता सुत्र, भैषज्यगुरु सुत्र, श्रीमलदेवी सिंहनाद सुत्र र सारिपुत्र अभिधर्म सुत्र इत्यादि ग्रन्थहरु पत्ता लगाएका थिए । त्यहाँ अब अझ भेटिन सक्ने, नष्ट भइसकेको त्यस्ता अमूल्य ग्रन्थहरु होलान् त्यसका अनुमान पनि गर्न सजिलो छैन ।

दुःखका साथ भन्ने पर्छ कि जस्तोसुकै गौरवमय इतिहास र पुरातत्वको भण्डार रहेतापनि वर्षैभरी विश्वका ठुलठुला इतिहासकार तथा पुरातत्वविद्हरुको यहाँ अनुसन्धान चलिरहेपनि यहाँका जनतालाई भने यसको कुनै चासो छैन । विश्वकै उत्कृष्ट बौद्धकलाका नमुनाहरु यहाँ पाइन्छन्, जमिनमुनि लुकिरहेको अवस्थामा होलान् तर यसको संरक्षण र जिर्णेद्धार गर्ने समेत पनि यहाँको सरकारले वा जनताले गरेको देख्न मुश्किल छ । यहाँका संग्रहालयमा केही त्यस्ता उल्लेखनीय मूर्तिहरु राखिएको त देखिन्छ तर ती मूर्तिहरु कहिले कुन कट्टरपन्थीको क्षोभको शिकार हुने हो त्यो भन्न सकिने अवस्था छैन ।

तत्कालिन बौद्ध समाज :
कुनै समयमा अफगानस्तानको समाज भन्नु नै बौद्धसमाज थियो । बुद्ध धर्मको त्यहाँ व्यापक प्रचारप्रसार भयो, समाजले बुद्ध धर्म र संघलाई नै जीवनको लक्ष्यको रुपमा स्वीकार गर्यो । भगवान बुद्धको शिक्षालाई उनीहरुले जीवन मान्यो र त्यस बाहेकको शिक्षा उनीहरुले देखेन पनि होला । हुन त त्यसबेलाका अफगानस्तानको बौद्धसमाज कस्तो थियो, कति धर्ममा आधारित थियो, केले बौद्ध समाजलाई शासन गथ्र्यो वा निर्देशन दिन्थ्यो अनि राज्यले त्यहाँको बौद्ध समाजलाई कस्तो सहयोग वा अभिभावकत्व प्रदान गर्यो भनेर देखाउने अभिलेख प्राप्त गरेको देखिँदैन । तर पनि हजारौं वर्षसम्म त्यहाँको एकमात्र धर्म र जीवनशैली भइरहेको बुद्धधर्मले नै उनीहरुको समाजलाई सहि मार्गमा लग्यो होला, उनीहरुले भगवान बुद्धले देखाउनुभएको मार्गलाई नै पछ्यायो भनेर अनुमान गर्न सकिन्छ । अन्य प्रतिद्वन्द्वी धर्मको उपस्थिति नभएको अवस्थामा उनीहरुलाई राज्यले राम्रोसँग प्रोत्साहन र संरक्षकत्व दियो होला । अझ राजा वा शासकहरु नैे बौद्ध हुने भएकोले जनतालाई आफ्नो धर्म अनुसार जीवन यापन गर्न कुनै कठिनाइ वा अवरोध आएन होला भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

बुद्धधर्मको अवनति :
भगवान बुद्धले नै भन्नु भएको थियो संसारका सबै कुराहरु अनित्य हुन् भनेर । अफगानस्तानको यो वैभवताले भरिएको बुद्धधर्म पनि ह्रासतर्फ उन्मूख हुनुपर्यो । हुँदा हुँदै सातौं देखि ११औं शताब्दीसम्म पुग्दा यहाँको समाजमा बौद्धहरुको छाँया समेत नभेटिने अवस्था हुँदै यहाँको बुद्धधर्म आखिरमा इतिहासका कथाहरुमा मात्र सीमित हुनुपर्यो ।

हजारौं वर्ष पुरानो यहाँको बौद्ध सभ्यता यसरी विलिन हुनुको मुख्य कारण भनेको मुस्लिमहरुको आक्रमण नै थियो । सातौं शताब्दी तिर मुस्लिमहरुले विश्वका विभिन्न देशमा आक्रमण गर्दै त्यहाँको सभ्यता संस्कृति नाश गर्दै त्यसमाथि आफ्नो धर्मको शासनको झण्डा गाड्ने क्रममा अफगानस्तानमा पनि उनीहरुको आखाँ पर्यो । यो भनेको मध्यपूर्वमा मुस्लिमहरुको शाक्ति बढिरहेको अवस्था थियो । उनीहरुले अरु अरु देशमा जस्तै यहाँ पनि पाइला राखे, चूर्ण हुने गरी यहाँको सभ्यता कुल्चे र त्यसमाथि आतंक मच्चाएरै आफ्नो धर्म, संस्कृति र धर्मको नाममा गरिने राज्यको स्थापना गरे । यो भनेको भारतमा मुस्लिमहरुको आक्रमणभन्दा धेरै पृथक थिएन।


वर्तमान अवस्था :
संक्षिप्तमा भन्दा सन् ६४२मा इस्लामको झण्डा बोकेर अरब सैनिकहरु पश्चिमबाट आए र यहाँका सुसानियनहरुलाई हराए । उनीहरु बिस्तारै पर्सियाको पूर्वतिर बढे र सन् ६५२मा अफगानस्तानको पश्चिमी शहर हेरुत कब्जा गरे । सन् ६६७ सम्म पुग्दा अफगान वा पश्तुनहरुको सबै क्षेत्र मुस्लिमहरुको कब्जामा गयो । सन् ६८३मा काबुल र अन्य क्षेत्र पनि उनीहरुकै भयो । यस बेला स्थानीय अफगानहरुले कतै कतै त प्रतिकार गरे तर उनीहरुले भित्र आइसकेका मुस्लिमहरुलाई धपाउन सकेन । फलतः ८औ व ९औ शताब्दी भित्रमा अहिलेको अफगानस्तान र पाकिस्तानका जनतालाई उनीहरुले सुन्नी मुसलमान बनाए । उनीहरुले गजनी, काबुल इत्यादि ठाउँमा तत्कालिन बौद्ध शासकहरुकहाँ प्रभाव देखाउँदै गए । त्यहाँका बौद्धहरु उमयाहरुको आक्रमण र अबसित कलिफतहरुको शासनमा त टिके तर पछि सफारिदत, गज्नाविदत व गुरिदहरको आक्रमणको अगाडि केही लागेन । त्यसैले ११औं शताब्दीसम्म पुग्दा त्यहाँ बौद्धहरुको नामोनिशान नै रहेन भन्दा पनि हुन्छ । त्यत्रो ठुलो बौद्ध सभ्यतालाई गति दिने बौद्धहरु किन आत्मरक्षाका लागि उठेनन् वा उठेर पनि आफ्नो जन्मभूमि, धर्म र संस्कृतिको रक्षा गर्न सकेनन् भन्ने कुरा इतिहासकै गर्भमा छ ।

एउटा सभ्यता, धर्म व समुदायले अर्कोलाई आक्रमण गर्ने, अतिक्रमण गर्ने र त्यहाँकोलाई निमिट्यान्न पारेर त्यहाँ आफ्नो स्थापना गर्ने नै मानव इतिहास हो । यति गर्दा गर्दे मानिसहरु शिकारी अवस्थादेखि यहाँसम्म पुगेको हो । यहाँ पनि यही भयो, आफ्नो धर्म संस्कृतिको रक्षा गर्न नजान्ने वा नसक्नेहरुमाथि अर्काको धर्म संस्कृति मास्नु नै जीत भन्नेहरुले बलपूर्वक मिचे ।

तर यहाँ विशेष गरी बौद्धहरुले शिक्षा लिनुपर्ने कुरा के भने यहाँको इतिहासको बुझ्न निकै कठिन घटनाको विकासक्रममा पनि त्यहाँका बौद्धहरुले आफ्नो हजारौं वर्ष पुरानो धर्म, संस्कृति कला र सभ्यतालाई बचाउन कसरी प्रतिकार गरे अनि आफु बस्नै नसक्ने गरी हारेपछि आफ्नो धर्म र संस्कृति बोकेर कहाँ पलायन भयो होला भन्ने बुझ्न झन् कठिन छ । आफ्नो धर्म, दर्शन, जीवन पद्धति अनि संस्कृति नै भइसकेका बुद्ध धर्मलाई बतासले उडाइ लगेको जस्तै लग्यो । त्यतिमात्र होइन बुद्धकाल र त्यसभन्दा पछिको समयदेखि बुद्धदर्शनका लागि शास्त्रार्थ गरेर महासांघिक–लोकोत्तरवादको विस्तारको केन्द्रविन्दु भएको अनि पहिले सम्पूर्ण मध्यपूर्व क्षेत्रकै बुद्धधर्मको केन्द्र भइरहेको यस अफगानस्तानमा चारसय केही वर्षकै समयमा के के भयो होला र कि त्यहाँ बुद्धधर्मको छायाँ समेत बाँकी रहेन, जीव नभएको ढुंगा र माटोको स्मारक अनि प्रार्थना वा ध्यानगर्ने पवित्रस्थलहरु बाहेक? त्यति धेरै धर्मग्रन्थको रचना भएको, पाठ भएको ठाउँमा अहिले बुद्धधर्म भनेको के हो भनेर थाहा भएका मानिसहरु नै पाउन छोडिसक्यो ।

यहाँ सम्म भयो कि युनेस्कोले विश्वसम्पदामा सूचिकृत गरेको बामियानका विशाल बुद्धमूर्तिहरुलाई सन् २००१ मार्च २ का दिनमा तालिबान शासकहरुले बन्दुकले हानेर तोप पड्काएरै ध्वस्त पारे । एन्टी–एअरक्राफ्ट गन र एन्टी–ट्यांक माइन प्रयोग गरेर पनि एक महिना जस्तो लाग्यो तिनीहरुलाई त्यो आफ्नै देशको सभ्यताको अनुपम चिनोलाई माटो बनाउन । यसका लागि तत्कालिन तालिबानका सर्वोच्च नेता मुल्लाह ओमारले यो सम्पदा नभत्काउनका लागि दिएको विश्वब्यापी दबावलाई वास्ता नगरी यसलाई भत्काएरै छाड्ने आदेश दिएका थिए । उनीहरुले बुद्धका मूर्तिहरुलाई इस्लाम धर्मका विरुद्ध उभिरहेको ठाने । त्यसपछि त्यहाँको धार्मिक मामिला मन्त्रालयले यो विनाश इस्लामिक कानुन अन्तर्गत गरेको भनेर वक्तव्य पनि निकालेको थियो । मानिसहरु सबैभन्दा पहिले यसको विनाशको आदेश धार्मिक अतिवादी संगठन अल–कायदाया नेता ओसामाबिन लादेनले नै दिएको भन्ने पनि गरे । मुस्लिमहरुलाई यो नबोल्ने मूर्तिदेखि किन यत्रो त्रास भएको भन्ने स्पष्ट भएन । जुन धर्मको भएपनि त्यो अफगानी जनताको सम्पदा थियो र पुरानो पुस्ताको नयाँ पुस्ताका लागि नासो पनि थियो । यो देखेर विभिन्न देशका जनताहरु आआफ्नो ठाउँबाट बोले तर सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरु चुप लागेर बसे वा उनीहरु तालिबानलाई यो कार्य रोकाउन असफल भए । यसै विध्वंशको विषयलाई लिए स्वीस निर्माता क्रिश्चियन फ्रेइले “दि जायन्ट बुद्धज” नामक वृत्तचित्र नं सन् २००५मा बनाए । अफगान शासकहरुले यसको महत्व नबुझेपनि विदेशी सहयोगमा अहिले केही वर्ष मात्रैमात्रै थ्रिडि प्रकाश प्रविधि प्रयोग गरेर ध्वस्त पारिएको बुद्धमूर्तिलाई प्रतिविम्ब मार्फत देखाउने काम भएको छ ।


तर यहाँ अफगानस्तानको घटनाक्रमले एउटा पाठ नै विश्वलाई सिकाएको छ । अरुको नाश गर्नेहरु सँधै सुख चयनमा बाँच्न पाउँदैन रहेछ । अरुलाई विदेशी हस्तक्षेप भन्दै आतंककारी वा लडाकु बनिरहेको मुस्लिम कट्टरपन्थीहरुले पनि देशमा कुनै शान्ति वा विकास ल्याउन सकिरहेको छैन । अरुको विनाश चाहनेहरुको नियति यस्तै हुन्छ भनेर पनि यसले देखाएको छ । आफ्नै ढुंगा माटोमा हजारौं वर्षमा विकसित भएको सभ्यतालाई तहस नहस गरेर पनि अहिले त्यहाँ मुस्लिमहरु सुखचयनमा बस्न पाइरहेका छैनन् । हुन त मुस्लिमहरुको एकछत्र राज छ, अन्य धर्म वा संस्कृतिले तिनीहरुको एकाधिकारमाथि आक्रमण त गरेको छैन तर पनि यो शान्त छैन । एकातिर मुस्लिम मुस्लिमहरुको आपसी लडाइ छ भने यो अहिले रसिया वा तत्कालिन सोभियत रुस, चीन र अमेरिकाको हानथापको शिकार भइरहेको छ ।
अब यो क्षेत्र विदेशी पुरातत्वविद्हरुको अनुसन्धानका लागि एउटा प्रयोगशाला बनिरहेको छ । चालिसौं वर्ष अघिदेखि विभिन्न देशका पुरातत्वविद्हरु आएर यहाँका माटोका पत्रहरुको उत्खनन् गरिरहेको छ, यो भेटियो, त्यो भेटियो भनेर विश्व संचारमाध्यममा तहलका मच्चाइरहेका छन् तर यहाँका स्थानीय मानिसहरु आफ्नो देशमा त्यस्ता अमुल्य खजाना भेटिएर पनि खास उत्साहित भएका पाइँदैन । उनीहरुमा बुद्धधर्मप्रति कति पनि आस्था, श्रद्धा र सम्मान देखिँदैन ।


नेपालले सिक्नुपर्ने पाठ :
हामीलाई थाहा छ, सन् १९४६ मै संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको अफगानिस्तान ७० को दशकसम्म दक्षिण पश्चिम क्षेत्रमा विकसित जस्तै देश थियो । सन् १९७३मा जहिर शाह विदेश भ्रमण गएको बेला सेना कमाण्डर दाउद खानले रक्तपातपूर्ण कू गरेपछि त्यहाँ राजतन्त्रको अन्त्य भयो । तत्कालीन सोभियत संघको सहयोगमा गरिएको त्यो कू नै अफगानिस्तानको दुर्दशाको शुरुवात थियो । यस्तैमा सन् १९७९ मा सोभियत सेनाले अफगानिस्तान कब्जा नै गर्यो । कुनै बेला कम्युनिष्टहरुको हातमा देश गयो, उनीहरुले भनेजस्तो केही गर्न सकेन, खाली त्यहाँको श्रोतसाधनको दोहन मात्र विभिन्न शक्तिशाली देशहरुले पालैपालो गर्यो । अमेरिकालाई पनि यहाँ के कारणले हो धेरै चासो लाग्यो । यहाँ शान्ति स्थापना गर्ने भनेर खर्बौं डलर खर्च गरेर कहिल्यै नसकिने युद्ध मचायो । यहाँका अफगानी जनता पनि कोही कसका पछि र कोही कसका पछि लागेर आफु आफु लडेरै सकिए । आधा शताब्दी यो देश विभिन्न देशहरुको हस्तक्षेपको नमूना मात्र बन्यो, जनता झन् झन् गरिबीको खाडलमा पुरिए । हालै तालिबानीहरुले काबुल सहित देश कब्जामा लिएको खबरले विश्वमा सनसनी फैलायो । यता केही नेपालीहरु अफगानस्तान पुनः धार्मिक कट्टरपन्थी तालिबानहरुको हातमा गएकोमा खुशी छन् भने अफगानस्तानका जनता भने तालिबानको त्रासबाट बच्न झुण्डिएरै भएपनि यात्रा गरेर देश छोड्ने तरखरमा छन् । यो बिच तिनीहरले त्यो देश कुनैबेला बुद्धधर्मको केन्द्र थियो भन्ने सम्झन पनि पाएन ।

अफगानस्तानमा बुद्धधर्मको अवनति व बौद्धस्मारकको श्रृंखलावद्ध विनाश नेपालका लागि एउटा ठुलो पाठ हो । पहिलो यसले कुनै धर्मको रक्षाको निमित्त राज्यसत्ताको भूमिका कति हुन्छ भनेर सिकाएको छ । जब राज्यले कुनै धर्मलाई छाडेर अन्य धर्मलाइ काखी च्याप्छ, त्यो अर्को धर्मको हविगत त्यस्तै हुन्छ जस्तो अफगानस्तानमा बुद्धधर्मको भयो । हामी नेपाली बौद्धहरु राज्य र धर्म बिचको सम्बन्ध बुझ्दैनौं अनि राज्यको सहयोग वा सद्भाव बिना पनि धर्म बाँच्न सक्छ भन्ने भ्रममा बस्छौं । बुद्ध धर्मको रक्षा वा चीरस्थायित्वको लागि कि राज्यको संरक्षणको खाँचो छ, कि भने कमसेकम राज्य धर्म निरपेक्ष भइ सबै धर्मलाई समान व्यवहार गर्ने व्यवस्था भएपनि चाहिन्छ । अहिलेको नाममात्रको धर्मनिरपेक्षतामा राज्यले हाकाहाकी हिन्दु धर्मको संरक्षणमा वर्षेनी करोडौं बजेट खर्च गरिरहेको छ भने बौद्ध तीर्थस्थलमा प्रत्येक नेपालीलाई टिकट काट्न बाध्य पारी विभेदको राजनीति गरिरहेको छ । बौद्धहरु सचेत हुनु यहाँ जरुरी छ ।


(तसबिरहरु इन्टरनेटमार्फत संकलन गरिएका हुन् )
अर्कोतर्फ सबै कुरा अनित्य भएजस्तै बौद्धस्मारकहरु पनि अनित्य भनेर अफगानस्तानले शिक्षा दिएको छ । बुद्धका मूर्ति, मन्दिर र विहारहरु समयको अमूल्य निधि हो तर त्यसले मात्र धर्म रहिरहँदैन । धर्म रहन धर्म बुझेका भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरुको आवश्यकता हुन्छ । यहाँ अहिले नेपालमा पनि धेरै पैसा खर्च गरेर बुद्धको मूर्ति, विहार वा गुम्बा बनाउने होड नै चलेको छ । यी सबै श्रद्धाका उपज हुन्, यसले बुद्ध शासनलाई चीरकालसम्म जीवित राख्न मदत त गर्छ तर यो नै सबैथोक होइन । बुद्धधर्म बुद्धशिक्षाको बलमा चीरस्थायी हुन्छ । यदि मानिसहरुको मनमा बुद्धको शिक्षाले स्थान लिन सकेन भने, उनीहरुले बुद्धमार्गलाई अवलम्बन गरेन भने ती सबै महँगा विशाल बौद्धस्मारकहरु पर्यटकहरुको लागि शोभा मात्र बन्न जान्छ र अफगानस्तानमा जस्तै अन्य धर्मको शासन आयो भने धुलो बनाइदिन्छ अनि यसको विरोध गर्ने बौद्धहरु पाइने समेत छैन । अहिलेको नेपालमा बौद्धहरुको अवस्था त्यति सन्तोष जनक छैन र भएका बौद्धहरुमा पनि विपरित धारको राज्यव्यवस्थासँग प्रतिकार गरेर बुद्धधर्म बचाउनु पर्छ भन्ने प्रतिरक्षात्मकताको अभाव छ । यस्तो अवस्थामा बुद्ध जन्मभूमि नेपालमा पनि मानिसहरुको सत्ताको मोह मात्र बढ्यो भने, बुद्धधर्म विरोधी कट्टरपन्थीहरुको हातमा सत्ता गयो भने अहिले हाम्रो गौरव भएर खडा भएका बौद्ध स्मारकहरु पनि एक एक गर्दै ढल्दै गएको हाम्रै आँखाले देख्नुपर्नेछ । समयमै नेपाली बौद्ध समुदायमा चेतना आए राम्रो हुनेछ ।
०००

2021 Anandabhoomi "Buddhism in Afghanstan"

#razenmanandhar

फेसबुक प्रतिबन्धले निम्त्याएकाे विरोध प्रदर्शनमा १९ जनाकाे मृत्यु

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता लिन, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा आज साेमबार सडकमा उत्रेका छन् । यस प्रदर्शन...