Wednesday, November 22, 2017

विपस्सना कसरी गरिन्छ ? ओशो रजनिश


 

ओशो रजनिश

विपस्सना मनुष्यजातिको इतिहासको सर्र्वािधक महत्वपूर्ण ध्यान प्रयोग हो । जतिजना मानिसले विपस्सनाबाट बुद्धत्वलाई उपलब्ध गरे त्यति कुनै अन्य विधिबाट गरेन । विपस्सना अपूर्व छ ! विपस्सना शब्दको अर्थ हुन्छ — हेर्ने, फर्केर हेर्ने । बुद्ध भन्नुहुन्छ — इहि पस्सिको, आउ र हेर ! बुद्ध कुनै धारणाको आग्रह राख्दैनथे । बुद्धको मार्गमा हिँड्नको लागि ईश्वरलाई मान्नु नमान्नु, आत्मालाई मान्नु नमान्नु आवश्यक हुँदैन । बुद्धको धर्म यस पृथ्वीमा एक मात्र धर्म हो जसमा मान्यता, पूर्वाग्रह, विश्वास इत्यादिको कुनै आवश्यकता छैन । बुद्धको धर्म मात्र वैज्ञानिक धर्म हो । बुद्ध भन्नुहुन्छ आउ र हेर । मान्नुपर्छ भन्ने छैन । हेर अनि मान । र जसले देख्छ उसले मान्नुपर्छ होइन कि उसले मान्नै थाल्छ । र बुद्धको हेर्ने जुन प्रक्रिया थियो, देखाउने जुन प्रक्रिया थियो, त्यसैके नाम हो विपस्सना ।

 

 

विपस्सना निकै सीधा र सरल प्रयोग हो । यो आफ्नो आउँदै जाँदै गरेको श्वासप्रति साक्षीभाव हो । श्वास जीवन हो । श्वासबाट नै तिम्रो आत्मा र तिम्रो देह जोडिएको छ । श्वास सेतु हो । वारी देह छ, पारी चैतन्य छ, मध्यमा श्वास छ । यदि तिमी श्वासलाई ठीकसँग हेरिरहन्छौ भने अनिवार्य रूपेण, अपरिहार्य रूपमा, शरीरबाट तिमी भिन्न अफुलाई चिन्नेछौ । श्वासलाई हेर्नको लागि जरूरी हुन्छ कि तिमी अफ्नो आत्मचेतनामा स्थिर होउ । बुद्धले भन्नु भएको छैन कि आत्मालाई मान । तर श्वासलाई हेर्ने अरु कुनै उपाय नै छैन । जसले श्वासलाई हेर्छ ऊ श्वासबाट भिन्न भयो, र जो श्वासबाट भिन्न भयो ऊ शरीरबाट त भिन्न भइ नै हाल्यो । किनभने शरीर सबभन्दा टाढा छ, त्यसपछि श्वास छ, त्यसपछि तिमी छौ । यदि तिमीले श्वासलाई देख्यौ भने श्वासलाई देख्ने बितिकै शरीरबाट त तिमी अनिवार्य रूपेण छुट्यौ । शरीरबाट छुट, श्वासबाट छुट अनि शाश्वतको दर्शन हुन्छ । त्यस दर्शनमा नै उड़ान छ, ऊंचाई छ, त्यसैको गहराई छ । बाकी न त कुनै उचाइ छ जगतमा, न कुनै गहराइ छ जगतमा । बाँकी त व्यर्थको दौडादौड हो ।

 

 

फेरि, श्वास अनेक अर्थमा महत्वपूर्ण छ । यो त तिमीले देखेको होला, क्रोधमा श्वास एक ढंगबाट चल्छ , करुणामा अर्को ढंगबाट । दौडि़रहँदा एक ढंगबाट चल्छ, बिस्तारै हिँड्दा अर्को ढंगबाट चल्छ । चित्त ज्वरग्रस्त हुँदा, एक ढंगबाट चल्छ, तनावले भरेको बेलामा एक ढंगबाट चल्छ, र चित्त शान्त हुँदा, मौन हुँदा अर्को ढंगबाट चल्छ । श्वास भावहरुसँग जोडिएको हुन्छ । भावलाई बदल, श्वास बदलिन्छ । श्वासलाई परिवर्तन गर, भाव परिवर्तन हुन्छ । अलि कोशिश गर । क्रोध आउँछ तर श्वासलाई हल्लिन नदेउ । श्वासलाई थिर राख, शान्त राख । श्वासको संगीत अखण्ड राख । श्वासको छन्द नटुटोस् । अनि तिमीले क्रोध गर्न पाउँदैनौ । तिमी ठुलो मुश्किलमा पर्छौ, गर्न चाहेर पनि रिसाउन पाउँदैनौ । रिस उठेर पनि आफै हटेर जान्छ । क्रोध हुनको लागि यो जरूरी छ कि श्वास अन्ंदोलित होस् । श्वास आन्दोलित भयो भने भित्रको केन्ंद्र डगमगाउँछ । होइन भने क्रोध देहमा नै रहन्छ । देहमा आएको क्रोधको कुनै अर्थ छैन, जबसम्म चेतना त्यसबाट आन्दोलित नहोस् । चेतना आन्दोलित भयो भने जोडिन्छ ।

 
फेरि यसको उल्टो पनि सत्य छ — भावलाई बदल्यो भने श्वास बदलिन्छ । तिमी कहिल्यै बसिरहन्छौं । भाव शान्त छ । कुनै तरंग छैन चित्तमा । उदय भइरहेको सुर्यसँग तिमी तल्लिन छौ । फर्केर हेर, श्वासलाई के भयो ? श्वास त निकै शान्त भएको छ । श्वासमा एउटा रस बनेको छ, एउटा स्वाद, छन्दमा बाँधियो ! श्वास संगीतपूर्ण भयो । विपस्सनाको अर्थ हो शान्त बसेर, श्वासलाई नबदल …याद राख प्राणायाम र विपस्सनामा यही भेद छ । प्राणायाममा श्वासलाई बदल्ने चेष्टा गरिन्छ, विपस्सनामा श्वासलाई जस्तो छ त्यस्तै हेर्ने आकांक्षा छ । जस्तो—ऊबड़खाबड़ छ, राम्रो छ, नराम्रो छ, तेज छ, शान्त छ, दौडिरहेको छ, बसिरहेको छ । जस्तो छ त्यस्तै !

 
बुद्ध भन्नुहुन्छ, तिमी यदी चेष्टा गरेर श्वासलाई कसैगरी नियोजित गर्छौ भने चेष्टाबाट कहिले पनि महत फल हुँदैन । चेष्टा तिम्रो हो, तिमी नै सानो छौ, तिम्रो चेष्टा तिमीभन्दा ठुलो हुनसक्दैन । तिम्रो हात सानो छ, तिम्रोको छाप जहाँ जहाँ पर्छ त्यहाँ त्यहाँ सानोपन रहन्छ ।

 

 

त्यसैले बुद्धले यो भन्नु भएन कि श्वासलाई तिमी बदल । बुद्धले प्राणायामलाई समर्थन गर्नुभएको छैन । बुद्धले त भन्नुभएको थियो ः तिमी बसेर खाऊ, श्वास त चलिरहेको छ, जसरी चलिरहेको छ, बस हेरिराख । जसरी बाटोको किनारमा बसेर हिँडिरहेका बटुवाहरुलाई हेरिन्छ, अथवा नदी किनारमा बसेर नदीको बगिरहेको तरंग हेरिन्छ । तिमी के गर्छौ ? एउटा ठुलो तरंग आएपनि हेर्छौ, नआएपनि हेर्छौे । बाटोमा कारहरु, बसहरु आएपनि हेर्छौ नआएपनि हेर्छौ । गाई भैंसी आएपनि हेर्छौ । जे भएपनि त्यसलाई त्यसरी नै हेरिराख । त्यसलाई बदल्ने कत्ति पनि आकांक्षा नल्याऊ । बस शान्त बसेर श्वासलाई हेरिराख । हेर्दा हेर्दै श्वास झन् शान्त भएर जान्छ । किनभने हेर्नुमा नै शान्ति छ ।

 
र नछानीकन हेरिरहनुमा ठुलो शान्ति छ । आफुले गर्ने कुनै प्रश्न नै रहेन । जसरी छ त्यसरी ठिक छ, जसरी छ त्यसरी शुभ छ । हाम्रो आँखा अगाडिबाट जे पनि गइरहेको छ, हाम्रो त्योसँग कुनै लिनुदिनु छैन । अनि उद्विग्न हुने कुनै सवाल छैनं, आसक्त हुने कुनै कुरा पनि हुँदैन ं। जुन पनि विचार आएर गइरहेको छ, त्यसलाई निष्पक्ष भएर हेरिराख । श्वासको तरंग बिस्तारै बिस्तारै शान्त हुन थाल्छ । श्वास भित्र आउँछ, त्यसलाई नाकको प्वालमा अनुभव गर । श्वास भित्र जान्छ, फोक्सोमा फैलिन्छ, फोक्सो फैलेको अनुभव गर । फेरि एकै छिनमा सबै रोकिन्छ …अनुभव गर त्यो रोकिएको क्षणलाई । फेरि श्वास बाहिर जान्छ, फोक्सो खुम्चिन्छ, अनुभव गर त्यो खुम्चाइलाई । फेरि नाकको प्वालबाट श्वास बाहिर जान्छ । अनुभव गर त्योे उत्तप्त श्वास नाकको प्वालबाट बाहिर गएको । फेरि एकै छिन सबै अड्छ, फेरि नयाँ श्वास आउँछ ।

 
यो एक विश्राम हो । श्वास भित्र जानु, एकै छिन भित्र अड्नु र फेरि श्वास बाहिर आउनु, एकै छिन श्वास बाहिर अड्नु फेरि नयाँ श्वासका आवागमन, यो एउटा चक्र हो — चक्रलाई चुपचाप हेरिबस । गर्ने जस्तो कुनै काम नै छैन, बस हेर । यो नै विपस्सनाको अर्थ हो ।

 

 

के हुन्छ यो हेर्दैमा ? यसलाई हेर्दा अपूर्व हुन्छ । यसलाई हेर्दा हेर्दै चित्तका सबै रोग तिरोहित भएर जाने गर्दछ ं। यसलाई हेर्दा हेर्दै म शरिर होइन, यसको प्रत्यक्ष प्रतीति हुनजान्छ । यसलाई हेर्दा हेर्दै, मं मन होइन, यो स्पष्ट अनुभव हुन्छ । र अन्तिम अनुभव हुन्छ कि म श्वास पनि होइन ं। अनि म को हुँ त ं? यसको कुनै उत्तर तिमी दिन सक्दैनौ । थाहा त पाउँछौं तर बताउन सक्दैनौ, लाटाले चिनीको स्वाद बताउन नसकेजस्तै । यही हो उड़ान । म को हुँ भने थाहा त पाउँछौ तर भन्न सक्दैनौ । अब अबोल हुन्छौ । अब मौन हुन्छौ । गुनगुनाउँछौ भित्र भित्रै, मीठो मीठो स्वाद लिन्छौ, नाच्छौ मस्त भएर, बांसुरी बजाउँछौ तर भन्न सक्दैनौ ।

 
र विपस्सनाको सुविधा यो हो कि जहाँ पनि गर्न सक्छौ । कसैलाई छुस्स पनि जानकारी नहोस् । बसमा बसेर, ट्रेनया यात्रा गर्दा, कारमा यात्रा गर्दा, सडक किनारमा, बजारमा, घरमा, खाटमा पल्टेर, कसैलाई थाहा पनि हुँदैन किनभने न त कोही मन्त्रको उच्चारण गर्नुपर्छ, न कोही शरीरको विशेष आसन छान्नु पर्छ । बिस्तारै बिस्तारै यो यति सुगम र सरले र यति भित्रको कि जहाँ पनि लैजान सकिन्छ । र जति धेरै विपस्सना तिम्रो जीवनमा फैलिन्छ, त्यति नै एक दिन बुद्ध को यस अदभुत आमन्त्रणलाई बुझ्छौ – इहि पस्सिको! आऊ र हेर !

 
बुद्ध भन्नुहुन्छ — ईश्वरलाई मान्नु पर्दैन, किनभने शास्त्रले भन्छ कि मान्ने त्यतिबेला हो जतिबेला तिमीले देख्छौ । बुद्ध भन्नुहुन्छ — त्यसकारण पनि नमान कि मैले भनेको हो ं। मान्यौ भने तिमी चुक्छौ । हेर, दर्शन गर । र दर्शन नै मुक्तिदायी हो । मान्यताहरुले हिन्दू बनाइ दिन्छ, मुसलमान बनाइ दिन्छं, ईसाई बनाइ दिन्छ, जैन बनाइदिन्छ, बौद्ध बनाइदिन्छ — दर्शनले तिमीलाईं परमात्माका साथ एक बनाइदिन्छ । अझ तिमी न हिन्दू हौ, न मुसलमान, न ईसाई, न जैन, न बौद्ध — फेरि तिमी परमात्ममय हौ । र त्यही अनुभव पाउनु छ । त्यही अनुभव पाउन योग्य छौ ।

अनुवाद : राजेन मानन्धर

 

ओशो: मरो हे जोगी मरो , #12

साभार Anandabhoomi

Wednesday, November 22nd, 2017/

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...