Monday, February 1, 2016

20160201 रातो रगतको जवाफ


राजेन मानन्धर

कुनै कुनै बेला विरोध शैलीको कारण कुनै  मुद्दा झन् सशक्त बन्न पुग्छ । संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्डमा यस्तै भयो गएको सेप्टम्बर महिना ।

संयुक्त राज्य ओरेगन मूलकी पोर्टल्याण्डमा बस्ने तिनी महिला कलाकार सराह लेभीको पेन्टिङ आफैमा महत्वपूर्ण छ नै, तर त्योभन्दा पनि यो पटक तिनले रचना गरेको पेन्टिङ कलाका कारणले भन्दा पनि माध्यमकै कारणले पनि चर्चित बन्न पुग्यो । यहाँ कसको चित्रभन्दा पनि कुन माध्यमबाट चित्र बनायो भन्ने कुरा महत्वपूण हुन आयो सामान्य कलाप्रेमी, राजनीतिज्ञहरु र विशेष गरी लैंगिक समानताको पक्षमा वकालात गर्नेहरु ।

रिपब्लीकन पार्टीका अघिल्ला उम्मेदवार डोनाल्ड ट्रम्पको चित्र यहाँ यो कारणले बढी चर्चित हुन पुगेको थियो कि कलाकारले उसको चित्र बनाउन कुनै खासै महँगो वा राम्रो रंग प्रयोग गरिनन् । यसको सट्टा आफ्नै रजस्वलाको रगतलाई रंगको रुपमा प्रयोग गरिन् । महिलालाई जथाभावी भन्न नहिच्किचाउने त्यस नेताको भनाइप्रतिको आक्रोश वा विरोध थियो त्यो चित्र । यसले ट्रम्पलाई हदैसम्म नमज्जा बनाइदियो । उसको राजनीतिक भविष्यमा एक हदसम्म प्रश्न चिन्ह पनि लगाइदियो । एक किसिमको सजाय नै थियो त्यो ।

महिला स्वाभिमान र अधिकारप्रति अत्यन्त सजग कलाकार लेभीे एक दिन फक्स न्युजमा मेगिन केलीले सञ्चालन गर्ने राजनीतिक बहसको कार्यक्रम हेरिरहेकी थिइन् । जब ट्रम्पले टिभी कार्यक्रम प्रस्तोता केलीका बारेमा कमसल खालका टिप्पणी गरिरहेको सुनिन्, लेभीको ध्यान आकर्षण भयो । फक्स न्यूजमा राष्ट्रपतिको बहसको दौरानमा ट्रम्पले सहजकर्ता बनिरहेकी केलीलाई उसको प्रश्नको वर्षाबाट बच्न भनेको थियो, “तिमी देख्न सक्छौ तिनको आँखाबाट रगत निस्किरहेको थियो । रगत जाहाँसुकैबाट निस्केको होस् ।”

यसपछि केली केही समयको लागि छुट्टी मनाउन गइन् र त्यहाँबाट फर्केपछ पनि ट्विटर मार्फत ट्रम्पले केलीको बारेमा कमेन्ट गर्न छोडेनन् । केलीले त्यस्ता केही ठुलै हलचल हुने जवाफ पनि दिइनन् ।

सबैले बेझेको थियो, त्यसको अर्थ रजस्वला थियो । लेभीलाई ती नेताप्रति घृणा जाग्यो र त्यस्ता पुरुषहरुलाई पाठ पढाउनै पर्ने निश्चय गरिन् । र तिनको पेण्टिङ बनाउने योजना शुरु भयो । आफ्ना् पेण्टिङमा तिनले आफ्नै रजस्वलाको रातो रगतले रिपब्लिकन राष्ट्रपतिका लागि नेता ट्रम्पको चित्र बनाइन् जसमा एउटा आँखा पुरै रातो बनाइदिइन् भने पुरा अनुहारको चित्र नै तिनको त्यो रातो रगतले बनेको छ । उक्त चित्रमा ट्रम्प मुख बिगारेर चिच्याइरहेको देखिन्छ ।


लेभीले भनिन् “मैले उनीहरुको राजनीतिक सम्बाद सुनें र उसले केलीलाई गरेको कमेन्टहरु त्यस्तै थियो । उसले महिलाको रजस्वलाको कुरा उठाएर राजनीतिक प्रश्नहरुबाट आफुलाई बचाउँदै मात्र थियो अनि यसो गर्दा गर्दै ऊ महिलाको विद्वतालाई नै अपमान पनि गर्दै थियो ।”

यसैको परिणामा थियो यो विश्वचर्चित पेण्टिङ । त्यसैले तिनले आफ्नो सिर्जनालाई नाम दिइन् जे भएपनि, अर्थात् ”ह्वाटइभर” । यो चित्रलाई संसारका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका र टेलिभिजनमामात्र होइन फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जालमा छ्यापछ्यापी बनाइदिए । संसारमा यस्तो तहलका निकै कम मुद्दामा मात्र मच्चिन्छ ।

यस घटनाको लगतै पछि महिलाहरुले ट्वीटरमा ह्यासट्याग ३उभचष्यमकबचभलयतबलष्लकगति
भनेर लेख्न थाले जुन आफैमा एक राम्रो शुरुवात थियो । यसको प्रभाव संसार भर पर्न गयो ।

सोसियलवर्कर डट ओआरजीमा तिनले लेखिन् “एकजना संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनाव लड्न गइरहेका व्यक्ति – त्यो कुनै सानो राज्यको गभर्नर वा कुनै धनी ठिटो मात्र थिएन – त्यस्तो भन्न सक्छ र चुनावको दौडमा पनि लागिरहन सक्छ । यसरी उसले महिलाको प्रजनन प्रणालीको बारेमा बोल्न सक्छ, केही कठिन राजनीतिक प्रश्नबाट छुटकारा पाउनको लागिमात्र मात्र होइन केलीको विद्वताको अपमान गर्नपनि । यो रिस उठ्दो थियो र यसलाई जवाफ दिनैपर्ने थियो ।”

ट्वीटरमा जे भयो त्यो राम्रो नै थियो तर मलाई भने त्यसमा अलिकति हास्य थप्नु पाएदेखि झन् राम्रो हुन्थ्यो जस्तो लागेको थियो । मैले यहाँ कलालाई प्रयोग गर्ने ठाउँ भेट्टाएँ र ट्रम्पको घमण्डको धज्जी उडाएर त्यस्ता मूर्खबाट देश चल्छ कि भनेर डराइरहेका जनताको विश्वास फिर्ता ल्याएँ ।

उनी थप्छिन्, “यो हेर्दा सानो कुरा जस्तो लाग्छ तर मेरो विचारमा जसस्वलाको लज्जा जस्तो मुद्दा भनेको शरीरभरिको लज्जा हा,े जुन हाम्रो समाजमा धेरै केटीहरु र महिलाहरुलाई अभुभव गर्न लगाइन्छ । त्यसकारण यो लज्जाका विरुद्ध लड्नु भनेको ती आत्मविश्वास भएका महिलाहरुको पुस्तालाई सघाउनु हो र तिनीहरुलाई आफ्नो र अरुको लागि लड्न सहास दिलाउनु हो ।”

फेरि उनी यो पनि भन्छिन्, “मेरो विचारमा ट्रम्पलाई चुप लगाउनु र उसको धज्जी उडाउनु पनि पर्दैन । म यसमा यही गर्न सक्छु उसको लैंगिक विभेदजनक भनाइलाई रजस्वला कलामा बदल्न सकिन्छ, यही मैले गर्दै छु।”

आफ्नो अनुभव सुनाउँदै कलाकार लेभीले भनिन्, “मैले त्यस रजस्वलाको रगतलाई एउटा कपमा संकलन गरेकी थिएँ । त्यस्तो गर्न सजिलो पनि थियो । यसलाई मैले एउटा पेन्टब्रशको सहायताले वाटरकलर प्रयोग गरेजस्तै गरें ।” उनी त झन् सबैलाई रजस्वलाको रंग प्रयोग गरेर चित्र बनाउन सल्लाह दिन समेत पछि पर्दैनन् ।

अहिले उनी आफ्नो त्यो अद्भुत कलाकृतिको अनलाईनमार्फत लिलाम गर्न चाहन्छिन् । यो कुरा तिनले आफ्नो ब्लगमा पनि भनेकी छिन् । र त्यसबाट संकलन भएको रकम अमेरिकामा आएका आप्रवासीहरुको कानुनी प्रक्रिया पुरा गर्नमा सहयोग गर्न चाहन्छिन् ।     मलाई राजनीतिक कलालाई कुनै ठोस कार्यमा बदल्न मनपर्छ जसले सही मानिसहरुलाई सहयोग गरोस् विशेष गरी ती मानिसहरुलाई जसलाई ट्रम्पले फसाइरेको छ ।

लेभी आफ्नो काम र जनप्रतिक्रियाबाट उनी उत्साहित् छिन् । उनको कलाले राष्ट्रिय अखवारहरुमा हेडलाइनको ठाउँ पाएको छ । त्यसैले होला अहिले अरु पनि त्यही उद्देश्यका साथ केही अरु पनि रजस्वला रगतका चित्रकाला बनाउने योजना गर्दैछिन् उनी ।

“म अहिले अरु पनि रिपब्लिकन उम्मेदवारहरुको चित्र बनाउन चाहन्छु । उनीहरुको हातमा÷अनुहारमा रगत भन्ने श्रृंखला अन्तर्गत अलिकति दानवीय चरित्र भएको चित्रहरु बनाउने छु, तिनले भनिस् ।

सन्दर्भ वेभसाइटहरुः
·         http://www.usatoday.com/story/news/nation-now/2015/09/15/period-blood-donald-trump/72339462/
·         http://onpolitics.usatoday.com/2015/08/24/trump-continues-megyn-kelly-attacks/
·         https://sarahlevyart.wordpress.com/

·         http://www.usatoday.com/story/news/nation-now/2015/09/15/period-blood-donald-trump/72339462/
PPublished in : Asmita 04th issue, 2016 Feb 1.

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...