Friday, December 22, 2017

लुम्बिनीमा विश्व शान्ति पूजाको थालनी


राजेन मानन्धर
लुम्बिनी (रुपन्देही), पुस ६ । भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा महायान बुद्धधर्मको साक्य सम्प्रदायको महत्वपूर्ण मानिने विश्व शान्ति पूजाको आज थालनी भएको छ ।
संसारभरका सबै जीवित प्राणीहरुको कल्याण होस् तथा हामी मानवमा सबैको कल्याण गर्ने भावना जागृत होस् भन्ने उद्देश्यले गरिने सो पूजा लुम्बिनी स्थित ताशी राब्तेन लिङ गुम्बामा भइरहेको छ । आजबाट तीन दिनसम्म सञ्चालन हुने छ ।
उक्त पूजा देहरादुनबाट अाउनुभएका शाक्य सम्प्रदायका प्रमुख गद्दीधारी परमपुज्य गुरु शाक्य ठ्रिछेन रत्नवज्र रिम्पोछेको नेतृत्वमा हुँदैछ । यसका लागि काठमाडौं, पोखरा तथा मुस्ताङबाट आउनुभएका ५०० भन्दा बढी लामा, आनी तथा अन्य गृहस्थहरुको सहभागिता छ ।
पूजा व्यवस्थापन पक्षका टाक्या लामाले दिनु भएको जानकारी अनुसार उक्त विश्व शान्ति पूजा उक्त गुम्बाको स्थापनामा नेतृत्व दिनुहुने च्योग्ये ठ्रिछेन रिम्पोछेको देहावसानको १०औ वर्ष पुगेको अवसर पारेर महापरिनिर्वाणको रुपमा पनि गरिएको जानकारी दिनुभयो ।
“यसप्रकारको पूजा लुम्बिनी परिसरमा हुने भनेको हामी सबै बौद्धहरुका साथै विश्वभरीका जीवित प्राणीहरुका लागि राम्रो अवसर भन्ने हामीलाई लाग्दछ,” उहाँले भन्नुभयो ।
उक्त अवसरमा पहिलो दिन मञ्जुश्री नामसंगीति पाठ तथा समन्तभद्र बोधिसत्वको प्रणिधान पाठ गरिने, दाश्रो दिनमा सोही कार्यक्रम लुम्बिनी मायादेवी मन्दिर उद्यानमा तथा तेश्रो दिन गुम्बामा हुने पनि उहाँले बताउनुभयो । साथै तेश्रो दिनमा उहाँले सबैलाई दीर्घायुको अभिषेक अथवा वाङ दिने पनि जानकारी दिनुभएको छ ।
यस पूजामा विशेष सहभागिता जनाइरहनुभएका नारायण रिजालले यो पूजा संसारभरका प्राणीहको सुख होस् भनेर गरिने, यसरी आराधना गरेपछि सबैको मनमा राम्रो भावनाको विकास हुने तथा सबैलाई कल्याण गर्न सकुन् भन्ने भावना सबैमा जागृत हुने बनाउनुभयाे ।
उहाँले भन्नुभयो, “यसप्रकारका महान कार्यमा देश विदेशबाट समेत उच्च ओहोदामा बसेका धर्मगुरुहरुको उपस्थिति हुने भएकोले उहाँहरुको प्रेरणाबाट पनि हाम्रो चित्तमा राम्रो भावनाको विकास हुने भएकोले यस्तो अवसरमा जहाँबाट भएपनि उपासक उपासिकाहरुहरु उपस्थित हुन चाहन्छन्।”

No comments:

देशबासीया नामय् जुजु श्री ५ बानरेन्द्र महाराजया सन्देश

  राजेन मानन्धर यःपिं देशबासीपिं, न्हापा न्हापा लावण्यदेशया जुजु जक किसिं स्वामां क्वखायेकाः दयेकीगु । गोमय्जुया काय् नवराजयात ध्याक्वय् सुल...