Monday, January 4, 2010

Nepali Mahila : हिसिला यमी



केन्द्रीय सदस्य, एकीकृत नेकपा (माओवादी)
सदस्य, संविधानसभा
पूवमन्त्री, पर्यटन तथा नागरिक उड्डयन र भौतिक योजना तथा निर्माण मन्त्रालय
जन्मः सन् १९५९, काठमाडौं ।
परम्परागत नेवारी समुदायमा जन्मनु भएकी हिसिला यमीले नेपाली महिलाबीच धेरै किसिमबाट रोल मोडेलको रुपमा परिचित गराउनुभएको छ । यसको श्रेय उहाँका 'व्रि्रोही' पिता र माओवादी दलसँगको आबद्धतालाई जान्छ ।
उहाँको जन्म २५ जुन १९५९ मा काठमाडौंको नरदेवीस्थित धर्मरत्न यमीको उच्च मध्यम परिवारमा सातजना बालबालिकामध्ये कान्छो सन्तानको रुपमा भएको थियो । ठूलो परिवारको अन्तिम सन्तान भएका कारण उहाँको बाल्यकाल उन्मुक्त वातावरणमा भएको थियो ।
यमीका बुबा धर्मरत्न राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो र उहाँको घरमा पार्टीका बैठकहरु नियमितरुपमा हुने गर्दथे । बैठकमा हुने कुराकानीबाट उहाँले धेरै कुरा सुन्नुका साथै राजनीतिक परिस्थिति र बुबाको व्यक्तिगत धारणा समेत बुझ्न पाउनुभयो । तर रत्नले आफ्ना केटाकेटीलाई राजनीतिकरण हुन कहिल्यै दिन मान्नुभएन र सबै केटाकेटी विज्ञान विषयको पृष्ठभूमीका हुन् भनेर ठट्यौली गर्नुहुन्थ्यो तर राजनीतिकर्मीको रुपमा उहाँमा धेरै ज्ञान थियो । यथार्थमा, उहाँले दुईदर्जन भन्दा बढी पुस्तक लेखिसक्नुभएको थियो ।
रत्न धेरै नै उदार विचारका हुनुहुन्थ्यो र आफ्ना केटाकेटीलाई जानीबुझी धर्मबाट टाढा राख्नुभएको थियो । उहाँले आफ्ना केटाकेटीलाई नेवारी समुदायमा गर्नैपर्ने परम्परागत "इही" र "बर्रइ" गर्न महत्व दिनुभएन । यो नेवारी समुदायको पुरातनवादी साँस्कृतिक परिस्थित्रि्रति एकप्रकारको व्रि्रोह थियो । उहाँकी आमाले यसको निम्ति आलोचना खेप्नु परेको थियो र कुनैपनि नेवार परिवारले उनीहरुका छोरीलाई विवाह गरेर बुहारीको रुपमा भित्र्याउन नसक्ने भनेर चेतावनी समेत थिएका थिए । "म बाजी लगाउन तयार छु कि मेरो बुबा त्यसबखतका वामपन्थीहरुभन्दा धेरै रुपमा क्रान्तीकारी हुनुहुन्थ्यो," यमीले भन्नुभयो ।
तर रत्नले वामपन्थी वा प्रजातान्त्रिक भनेर आफूलाई चिनाउन रुचाउनु भएन । वास्तवमा उहाँ "सबैको तर कुनै एक पक्षको" हुनु हुन्थेन । सबैले उहाँलाई सम्मान गर्दथे तर कसैले पनि उहाँलाई कुनै पद दिएका थिएनन् । त्यर्सथ, उहाँलाई राजाले प्रयोग गरेका थिए । "उहाँ राणाविरोधी क्रान्तीकारी व्यक्तित्व हुनुहुन्थ्यो तर राजा त्रिभुवनको आग्रहका अघिल्तिर उहाँको सामर्थ्य प्रभावित भएको थियो ।"
यमीे आफ्नै टोलमा रहेको कन्या मन्दिर माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । उहाँ दशवर्षो हुँदा आमाको निधन भयो र दिदीले उहाँको स्याहार गर्नुभयो, खासगरी उहाँकी दिदी टिमिलाले आमाकै रुपमा हेरचाह गर्नुभयो । यमी भारतको उत्तर प्रदेशस्थित कानपुरको केन्द्रीय विद्यालयमा सन् १९७१ मा भर्ना हुनुभयो । विद्यालयले उहाँलाई फूर्तिलो, निडर, खुला, क्रान्तीकारी र संस्कृत्रि्रेमी हुन सिकाएको थियो । "मलाई खेलकूद र जीवन्त संस्कृति मन पर्दथ्यो । मलाई गीत गाउन धेरै मन लाग्थ्यो । मैले डा. बाबुराम भट्टर्राईसँग विवाह नगरेको भए म कलाकार बन्ने थिएँ," रसिक मुद्रामा उहाँले बताउनुभयो ।
त्यसबखत धेरै नेपाली कानपुरमा बस्दथे तर सबैजसो धेरै गरिब थिए र भरिया वा चौकीदारीको काम गर्दथे । नेपालीले मात्र किन सम्मानजनक जीवन विताउन नसक्ने होला भनेर यमीको संवेदनशील हृदयमा प्रश्न उब्जियो । वर्गीय भिन्नताको तीतो यथार्थले उहाँको धारणालाई गहिरोसँग छोयो र यसैका कारण उहाँ मार्क्सवादतर्फढल्कनु भयो ।
यमी सामान्य विद्यार्थी हुनुहुन्थ्यो तर उहाँमा साँस्कृतिक र अन्य अतिरिक्त कृयाकलापकका क्षेत्रमा प्रतिभा थियो । सिर्जनशीलता बढी देखिएको भन्दै उहाँकी दिदीले आर्किटेक्चर अध्ययनका निम्ति हिसिलालाई उत्साहित गर्नुभएको थियो ।
उहाँले विद्यालयको पढाइ सन् १९७५ मा पूरा गर्नुभयो र आर्किटेक्चरको स्नातक अध्ययनका निम्ति दिल्लीस्थित स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा भर्ना हुनुभयो । कलेजको वातावरणले उहाँलाई सामाजिक परिस्थिति बुझ्न र धनी एवँ गरिबबीचको विभेदमा कमी ल्याउन केही गर्न उत्प्रेरित गर्‍यो ।
डा. बाबुराम भट्टर्राईसँग उहाँको पहिलो भेट सन् १९७७ मा स्नातकोत्तर अध्ययनका निम्ति सोही कलेजमा रहेको समयमा भएको थियो । उहाँ दिल्लीका सडकमा नेपालीले भोग्नु परेको कठिनाइका बारेमा राम्रोसँग बुझेका र आफ्ना बुबाको योगदानका बारेमा धेरै जानकारी राख्ने भट्टर्राईको धारणाबाट प्रभावित हुनुभएको थियो । "बाबुरामसँगको भेटघाट मेरो जीवनमा गुणात्मक फड्को मार्न सहयोगी भयो," यमीले भन्नुभयो ।
उहाँहरु दुवै चाँडै नै असल मित्र बन्नुभयो । भट्टर्राईले नयाँ कुरा सिक्ने अभिरुची यमीमा रहेको र उहाँको राजनीतिक झुकावबाट प्रभावित हुनुभएको थियो । उहाँहरु दुवैले भारतका विभिन्न भागमा निकृष्ट श्रम गर्ने नेपालीका निम्ति खोलिएको नेपाली एकता समाज नामको संस्थाका निम्ति काम गर्नुभयो । उहाँहरुको मित्रता सन् १९८१ मा वैवाहिक जीवनमा परिणत भयो । बधुवा श्रमिक अभियानका निम्ति संर्घषरत नेता स्वामी अग्नीवेशले उहाँहरुको विवाहका निम्ति सहयोग गर्नुभएको थियो ।
विवाहपश्चात यमीको जिम्मेवारी नै भारतमा रहेका नेपाली विद्यार्थीलाई अखिल भारतीय नेपाली विद्यार्थी संघमार्फ संगठित गर्नेजस्ता संगठनात्मक काममा व्यस्त राख्नुथियो । यमी सन् १९८१ र ८२ मा संघको महासचिवमा निर्वाचित हुनुभएको थियो । उहाँले त्यसैबखत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता समेत लिनुभयो ।
उहाँ आफ्नो संगठनलाई विस्तार गर्ने उद्देश्यका साथ नेपाल र्फकनुभयो । यस कामका निम्ति उहाँले पेशागत माध्यमलाई छनौट गर्नुभयो । उहाँले पुल्चोक क्याम्पसको इन्जिनियरिङ अध्ययन संस्थानमा सन् १९८३ र १९९६ बीच लेक्चररको रुपमा अध्यापन गर्नुभयो । सहकर्मी वामपन्थी धारका मानिसलाई एकताबद्ध गर्ने शिक्षण पेशा एउटा मञ्च मात्र थियो ।

यमी प्रारम्भिक चरणमा पार्टीको जिल्ला कमिटि सदस्य हुनुहुन्थ्यो र जनयुद्ध आरम्भ हुनुभन्दा अघिसम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको रुपमा काम गर्नुभयो ।
बेलायतस्थित न्युक्यासल विश्वविद्यालयबाट यमीले सन् १९९५ मा आर्किटेक्चर विषयमा स्नातकोत्तरको अध्ययन पूरा गर्नुभयो । "आन्दोलनका निम्ति अध्ययन र काम यी दुवै निक्कै कठिन थियो तर मेरो जीवनमा यी दुवै कुरा सँगसँगै छन्," उहाँले बताउनुभयो ।
पार्टीका जनयुद्ध थालनी गर्ने निर्णय गरेको समयमा यमी पार्टीको पुर्ण सदस्य बनिसक्नु भएको थियो । उहाँ अन्तर्रराट्रिय अध्यागमन विभागमा काम गरिरहनु भएको थियो र उहाँ पार्टीका क्षेत्रीय ब्यूरो सदस्य हुनुहुन्थ्यो । उहाँले कम्पोसाको प्रकाशनको सम्पादन समेत गरिरहनुभएको थियो । उहाँलाई सन् २००० मा सम्पन्न पार्टीको राष्ट्रिय कांग्रेसमा केन्द्रीय सदस्य बनाइएको थियो । पार्टीका कार्यकर्ताबीच कमरेड पार्वती भनेर उहाँ चिनिनुहुन्थ्यो । युद्ध वा सैनिक अपरेशनमा शारीरिकरुपमा सहभागी नभए पनि उहाँले यसअवधिमा सक्रियरुपमा काम गर्नुभयो र क्रान्तीको सफलतामा उहाँको योगदानलाई पनि श्रेय दिनुपर्दछ ।
"पार्टीका निम्ति श्रीमान् र श्रीमती दुवैले सँगै काम गर्न केही समस्या पनि हुन्छ । हामीहरु संवेदनशीलताभन्दा विचारले निर्देशित थियौं र विवादहरु पटकपटक उत्पन्न पनि भएका थिए," उहाँले भन्नुभयो, "यस्तो भए पनि पार्टीका नेपालका निम्ति कठिनाईका बाबजूद थप प्रतिबद्धताका साथ काम गर्न उत्प्रेरित गरेको थियो ।"
पहिलोपटक यमीलाई भूमिगत हुनका निम्ति बाध्य हुनुपर्दा दिक्दारीको अनुभव गर्नुपरेको थियो किनभने सडक आन्दोलनमा उहाँको प्रभाव ज्यादा थियो । पार्टीको काम खुम्चिएकोले आफ्नो पहिचान नै गुमेको अनुभव उहाँमा भयो । उहाँले बाहिरको घुमघाममा प्रतिबन्ध लागेको अनुभव गरेपछि उहाँ पोखरा जानुभयो र त्यसपछि भारत छिर्नुभयो । उहाँ मनमा कुरा राखेर बस्न नसक्ने भएकोले उहाँलाई आफ्नो बोली बन्द गरेर बस्न मुश्किल भयो ।
समाजको तल्लो वर्गका मानिसहरु सामान्यतः वामपन्थी आन्दोलनमा सहभागी हुन्छन् र उनीहरुले माथिल्लो वर्गको आलोचना गर्दछन् । यो प्रचलन पार्टी भीत्र र बाहिर दुवै तहमा हुने गर्दछ । त्यसैले उहाँको पार्टीपीतिको प्रतिबद्धता र आस्थाप्रति पटकपटक प्रश्न उठाउने गरिएको छ, त्यसैका कारण उहाँमाथि सन् २००५ मा पार्टीले कारवाही समेत गरेको थियो । पार्टीबीपरीतको धारणा र्सार्वजनिक गर्नुको सट्टा उहाँले पार्टी साहित्यतर्फध्यान दिनुभयो र न्यायका निम्ति कुर्नुभयो । पार्टीको चुनवाङ बैठकले अन्ततः सबै सिद्धान्त र शक्तिलाई एकत्रित गरेको थियो । "प्रश्न उठाउनु ठिकै हो । तर परिवारको पृष्ठभूमीका कारण कसैले पनि मलाई लखेट्न सक्दैन । मलाई स्वीकार नगर्नु पर्ने कुनै सम्भावना नै छैन," उहाँले भन्नुभयो ।
महिलालाई राजनीतिमा सहजै स्वीकार गरिन्न । पुरुषहरुले महिला र उनीहरुको योगदानलाई कमजोर ठान्ने गर्दछन् र यस्तो परिस्थिति सामन्ती वा पितृसत्तात्मक धारणाबाट ग्रस्त समाज भएको मुलुकमा स्वाभाविक हो । अन्यको तुलनामा एकीकृत नेकपा (माओवादी) पार्टी महिलाप्रति बढी उदार रहेको ठानिन्छ । "महिलालाई विशेषाधिकार दिइएको हुन्छ र धेरै महिलाहरु माथिल्लो नेतृत्वमा आउनु भएको छ । हामी महिला लडाकुहरुलाई सम्मान गर्दछौं । तर, पार्टीभीत्र अझै पनि महिलालाई समानरुपमा व्यवहार गरिएको छैन भन्नेमा म स्वीकार गर्दछु । सामन्ती सोचाइको प्रतिबिम्ब अझै पनि कतैकतै रहेको देखिन्छ," उहाँ बताउनुहुन्छ ।
जनयुद्धले राजतन्त्रलाई उखेलेर फाल्यो । माओवादीहरु व्यवस्थापिका संसदमा प्रवेश गरे र त्यसपछि सरकारमा समेत सामेल भयो । तर तिनीहरुले अवरोधको सामना गर्नुपरेको छ । अन्य राजनीतिक दल र केही मानिसहरु माओवादीलाई राजनीतिक शक्तिको रुपमा रुपान्तरण भएको स्वीकार गर्न तयार थिएनन् ।
झण्डै एक दशकको भूमिगत जीवनबाट १८ जुन २००३ मा सरकार र माओवादीबीच औपचारिकरुपमा वार्ता प्रारम्भ हुँदा मध्यस्थको रुपमा यमी र्सार्वजनिकरुपमा देखा पर्नु भएको हो । अधिकाँश माओवादी नेताहरुमा अन्य राजनीतिक शक्ति, अन्तर्रराट्रियसमुदाय र प्रेससँग सामना गर्ने आवश्यक दक्षता र सीप थिएन । तैपनि, यमीमा विभिन्न राजनीतिक विचारको सुझबुझ थियो र पार्टी गठनपूव अन्तर्रराट्रियपरिस्थितिबारे जानकारी थियो । उहाँले विभिन्न तह र तप्काका मानिससँग भेट गर्दा त्यसलाई स्वाभाविक रुपमा लिनुभयो र उनीहरुका आलोचना र आकाँक्षालाई ध्यानपूवक सुन्नुभयो ।
आफ्नो राजनीतिक जीवनको प्रारम्भदेखि नै यमीले महिला अधिकारको आन्दोलनमा समर्पित गर्नुभएको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मार्फ उहाँले महिलाको अधिकार र लैंगिक समानताको सन्देश प्रवाह गर्नुका साथै शदियौं पुरानो पितृसत्तात्मक विचारधाराका बिरुद्धमा संर्घष गर्ने आवश्यकताप्रति आम जनताको धारणा निर्माण गर्नुभएको थियो । यमीले आफ्नै पार्टीभीत्र समेत आलोचनाको सामना गर्नुपरेको थियो किनभने उहाँका धारणाहरु अन्यका भन्दा पृथक हुनेगर्दथे । उहाँ भन्नुहुन्छ, "महिलाको हिजोको विचार र आजका विचारका बीचमा फरक हुन्छ भन्ने धारणा मेरो थियो । आजभोलि हामीले विषयलाई सम्पूणतामा हेर्नुपर्दछ । हामीहरु २१ औं शताब्दीमा अतिवादी भएर बाँच्न सक्दैनौं । त्यर्सथ, हामीले पुरातन विचारधारालाई त्याग्नु पर्दछ र समग्र महिलाको स्वतन्त्रताका निम्ति पुरुषसँग सहकार्य गर्नुपर्दछ ।"
समाजका निम्ति केही गरौं भन्ने धारणा र क्षमता भएका महिलाहरु पनि आफ्ना घरबाट बाहिर निस्कन नसक्ने उहाँले बताउनुभयो । "मेरो सर्न्दर्भमा, मेरो श्रीमान् धेरै नै उदार र सहयोगी हुनुहुन्छ ।"
यमी सन् २००७ को अप्रिल १ मा अन्तरिम सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री बन्नुभयो । आफ्नो कार्यकालका धेरैवटा काममध्ये मेलम्ची खानेपानी योजनाको विवादलाई टुङ्ग्याउन गरेको राजनीतिक र कुटनीतिक निर्णयलाई अझै उहाँ सम्झनुहुन्छ । परिस्थितिलाई नियन्त्रणमा लिने सिलसिलामा उहाँले नेपाली जनताको हितमा प्रयोग गर्न चातुयतापूवक एसियाली विकास बैंकलाई नेपालमा ल्याउनुभएको थियो र यसबाट दाताहरु समेत खुशी भएका थिए ।
काठमाडौं निर्वाचन क्षेत्र ७ बाट अप्रिल २००८ मा विजयी भएपश्चात उहाँ अहिले संविधानसभाको सदस्य हुनुहुन्छ । माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको मन्त्रीमण्डलमा सन् २००८ को अगष्ट १८ मा उहाँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा सहभागी हुनुभयो । पर्यटन क्षेत्रलाई आमुल सुधार गर्ने उहाँको कार्यशैलीको सबैले प्रशँसा गरेका छन् । उहाँले ५० वर्षो उमेरमा बन्जी जम्प गरेर निडर राजनीतिकर्मीको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।
अहिले यमी नेवा स्वायत्त राज्यको पक्षमा पैरवी गरिरहनु भएको छ । मुलुकलाई पुनःसंचरना गर्ने क्रममा हामीले हाम्रो जातीय पहिचानलाई विर्सनु हुँदैन भन्ने धारणा उहाँको छ । "काठमाडौं उपत्यका र यसको वरिपरिको क्षेत्र नेवारहरुको सभ्यताको धरोहर हो । र, नयाँ राज्य निर्माण गर्नेक्रममा यस सत्यतालाई विर्सन सकिन्न ।" तर उहाँ चेतावनी दिँदै भन्नुहुन्छ, "आजको वास्तविकतालाई पनि हामीले विर्सन भने हुँदैन । उपत्यकाको वर्षौं पुरानो सभ्यतालाई सम्मान प्रदान गर्दा उपत्यकामा बसोबास गर्ने अन्य सबै जातजातिको सामाजिक, धार्मिक, साँस्कृतिक र जातीय सहिष्णुतालाई कायम राख्नुपर्दछ ।" उहाँ काठमाडौं उपत्यका केन्द्रीकृत विकासबाट थलिएकोले विकेन्द्रित प्रशासकीय ढाँचाको आरम्भ गर्नुपर्नेमा विश्वास राख्नुहुन्छ र यसका निम्ति राजधानीलाई अन्यत्र र्सार्न पनि सकिन्छ ।
उहाँले धेरैवटा पुस्तक आफैंले र सहलेखकको रुपमा लेखिसक्नु भएको छ । जस्तै, आधा आकाश आधा धर्ती (१९९१), अधिकारः नेपाली महिलासम्बन्धी कानुनको विश्लेषण (१९९३), मार्क्सवाद र महिला मुक्ति तथा जनयुद्ध र नेपालमा महिला स्वतन्त्रता (दुवै २००६) ।
उहाँ समाज र पार्टी आफूलाई धेरै सुम्पेको विश्वास गर्नुहुन्छ । "मैले फिर्ता गर्न सकेकी छैन । अब मैले सबै कुरा दिनुपर्दछ - मेरो अध्ययन, मेरो संर्घष र मेरो उपलब्धी । मैले सबै पक्षबाट पार्टीलाई योगदान गर्नुपर्दछ ।"
सरकारबाट अलग्गिए पनि यमी पार्टीकोगठनमा व्यापकरुपमा सहभागी हुनु भएको छ । तैपनि, उहाँ आफ्नो संर्घष र उपलब्धीको समिक्षा गर्नुपर्ने उपयुक्त समय आएको विश्वास गर्नुहुन्छ । "मैले एकपटक आफ्नो जीवनी लेख्ने सोचाइ बनाएकी थिएँ तर यसमा केन्द्रित गर्न सकिन । अब, उपयुक्त समय आएको मलाई लागेको छ," उहाँ भन्नुहुन्छ ।
http://web.archive.org/web/20141011000859/http://www.wwj.org.np:80/mahila/nep/nep_hisila_yami.html

No comments:

न्हू सतकयात हानं भीमफेदी थें मृत शहर यायेगु ला?

  राजेन मानन्धर निद्वःदँ पुलांगु सभ्यताया इतिहास दूगु थ्व स्वनिगःया दकलय् तःधंगु बजाः लागा थौंया न्हूसतक वा न्यूरोड खः । थी थी राजनीतिक परिव...