Monday, August 19, 2024

भारतको छत्तिसगढ तथा झारखण्ड राज्यमा बुद्ध धर्म

 राजेन मानन्धर

भारतका केही नयाँ बनेका राज्यहरु मध्ये एक छत्तीसगढ हो । देशको लगभग मध्य पूर्वमा अवस्थित यो राज्य सात राज्यहरु — उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, झारखण्ड, ओडिशा, आन्ध्र प्रदेश तथा तेलंगाना — बाट घेरिएको छ । सन् २००० मा अलग्ग राज्यको रुपमा स्थापना हुनुभन्दा पहिले यो मध्य प्रदेश को एक भाग थियो । अहिले यसको राजधानी रायपुर रहेको छ । यसको कुल क्षेत्रफल १३५,१९० वर्ग किलोमिटर छ र यहाँको जनसंख्या २ करोड ८ लाख छ ।

प्राचिन कालमा यहाँ पुलिन्दा नामक आदिबासीहरुले राज्य चलाउँथे । मौर्य तथा नन्द कालमा यहाँ राज्यको उपस्थिति भएको कुरा यहाँ प्राप्त पुरातात्विक अवशेषहरुले बताउँछ । यहाँ सुरगुजा, बिलासपुर तथा सिरपुर आदि तत्कालिन बस्ती थिए । यहाँ इशापूर्व तेश्रो शताब्दीको मौर्यकालमा थुप्रै विकास भएको पाइन्छ । त्यस्तै यहाँको जागिमारा गुफा यहाँको एक उल्लेखनीय प्राचिन स्थल हो जहाँ केही महत्वपूर्ण अभिलेखहरु पनि पाइएका छन् ।

सोमवंशी राजाहरुले भारतका विभिन्न क्षेत्रमा छैठौं देखि १२ शताब्दीसम्म शासन गरे । यसबाहेक ७औ तथा ८औं शताब्दीमा यहाँ पाण्डुवंशीहरुले शासन गरेको पनि उल्लेख पाइन्छ ।

पछि सन् १७४१ देखि १८४५सम्म यो मराठा राज्यको अन्तर्गत थियो । पछि ब्रिटिश राजमा यो केन्द्रिय प्रदेशहरु अन्तर्गत छत्तिसगढ डिभिजनको रुपमा आयो । पछि सन् १९०५मा सुरगुजा प्रदेशहरु बंगालबाट छत्तिसगढमा सारिए । सन् १९५६मा यसलाई मध्य प्रदेशसँग गाभियो अनि फेरि २०००मा अलग्ग प्रदेशको रुपमा अगाडि आयो ।

Rayapur Chhatisgarh

छत्तिसगढमा बुद्ध धर्मको इतिहास
हाल भारतका अन्य राज्यहरु जस्तै छत्तिसगढ पनि हिन्दु बाहुल्य भएको राज्य हो । यहाँका जनसंख्याको ९३.२५ प्रतिशत जनता हिन्दु छन् । यस भन्दा सानो समुदाय भनेको मुस्लिमहरुको हो जसले यहाँको २.०२ प्रतिशत जनसंख्या ढाकेको छ । अनि यहाँ बौद्धहरु नगन्य मात्र छन् । यहाँ अहिलेको जनसंख्याको०.२८ प्रतिशतले बुद्ध धर्म मान्छन् भनिएको छ ।

केही बौद्ध ग्रन्थको वर्णन अनुसार भगवान बुद्ध दक्षिण कोसलको यात्राको सिलसिलामा हालको छत्तिसगढमा रहेको शिरपुरमा आउनुभएको थियो । यहाँका लेखक हरि ठाकुरका अनुसार तत्कालिन कोसल नरेश विजयसको निमान्त्रणामा भगवान बुद्धले यहाँको श्रीपुर (अहिलेको शिरपुर)मा तीन महिना बिताउनु भएको थियो । प्रमाणित इतिहासको आधारमा भन्ने हो भने छत्तिसगढमा बुद्ध धर्मको प्रवेश अलि पछि मात्र भएको देखिन्छ ।

भारतका लगभग सबै क्षेत्रमा बुद्धको जीवनकालमा अथवा कमसेकम पछि अशोकको राज्यकालमा अर्थात् ईशापूर्व तेश्रो शताब्दीसम्ममा बुद्ध धर्मको राम्रै विकास भइसकोको देखिन्छ । तर छत्तिसगढमा भने यस बेलासम्म बुद्ध धर्मका प्रचार वा विकास भएको ठोस प्रमाण पाउन मुश्किल छ । अहिलेसम्म भन्न सकिने कुरा यति हो कि यो क्षेत्र इस्वीको ५औदेखि भारतकै एक महत्वपूर्ण धार्मिक क्षेत्रको रुपमा विकास भयो, जहाँ हिन्दु, जैन तथा बुद्ध धर्मले आआफ्नो किसिमले विस्तार हुने मौका पायो । यहाँ यस अवधिका तीनवटै धर्मसँग सम्बन्धित अवशेषहरु पाइएका छन् ।

छैठौं देखि १२ शताब्दीसम्म सोमवंशीहरुले मुख्यतयाः आजको छत्तिसगढ, मध्यप्रदेश तथा उत्तर प्रदेशमा शासन गरे । तैपनि उनीरुको शासन छत्तिसगढको पश्चिमी भागमा केन्द्रित थियो किनभने उनीहरुले यस प्रदेशको पश्चिमी भागमा पर्ने रतनपुरलाई राजधानी बनाएका थिए । यी राजाहरुको समयमा यहाँ बौद्ध, जैन तथा हिन्दु केन्द्रहरुको विकास भएको थियो । यसरी हेर्दा कमसेकम पनि छैठौं तथा सातौं शताब्दीमा छत्तिसगढमा बुद्ध धर्मको विस्तार गर्नमा शिरपुरको ठुलो भूमिका रहेको देखिन्छ ।

करिब सातौं शताब्दीका कुनै शासक भवदेव रङ्केसरीको शिलालेखमा शाक्यमुनि बुद्धको मन्दिर निर्माणको जानकारी पाइएको छ । सोही पाण्डु वंशका शासक महाशिवगुप्त बालर्जुनको मल्हार ताम्रपटमा कैलासपुर गाउँ बौद्ध संघलाई दान भएको उल्लेख गरिएको छ । उनैकोे शासनकालको शिरपुरको शिलालेखमा बौद्ध विहार, मन्दिर र भिक्षुहरूको उल्लेख छ । यसकारण उनले यहाँ बुद्ध धर्मलाई संरक्षकत्व प्रदान गरेर यसको विकासमा योगदान दिएको मानिन्छ ।

त्यस्तै किसिमले कलचुरी शासक जजलदेव प्रथमको रतनपुरमा पाइएको शिलालेखका अनुसार पनि रुद्रशिव आफैं र अन्य धार्मिक विद्वानहरू बाहेक, उनी पनि दिग्नागको प्रामाणिक कामको बारेमा उल्लेख भएको थियो । अझ पृथ्वीदेव द्वितीयको कोनी शिलालेखमा लेखिएको प्रशस्तीका अनुसार यसका लेखकलाई बौद्ध आगमको बारेमा ज्ञान थियो । यी उल्लेखहरूबाट यो स्पष्ट हुन्छ कि बुद्ध धर्म छत्तीसगढ क्षेत्रमा बाह्रौं शताब्दीसम्ममा निश्चित रूपमा अध्ययन र सम्मान गरिएको थियो ।

हुयेन त्साङको वर्णन
भारतका थुप्रै अन्य बौद्ध शहर वा केन्द्रहरुको बारेमा जस्तै छत्तिसगढको बौद्ध इतिहासको बारेमा जान्नको लागि हुयेन त्साङका यात्रा विवरणको भर पर्नुपर्ने अवस्था छ ।
चीनियाँ यात्री बौद्ध भिक्षु हुयेन त्साङ भारतका विभिन्न बौद्ध तीर्थस्थलहरुको भ्रमण गर्दागर्दै इस्वी ६३९मा छत्तिसगढको शिरपुर पुगेको थिए । त्यसबेला यो निकै ठुलो बौद्ध केन्द्रको रुपमा विकास भइरहेको थियो । उनको विवरण अनुसार यहाँ १०० भन्दा बढी विहारहरु तथा १० हजार बौद्ध भिक्षुहरु थिए । उनले त्यसबेलाको कोसलका राजालाई क्षेत्रीय बौद्ध भनेका थिए । केही इतिहासकारहरुले यो राजा शिवगुप्त बलार्जुन हुनुपर्छ भनेर अनुमान गरेका छन् । उनले बौद्धहरुलाई आर्थिक सहयोग गरको थियो भन्ने अभिलेखहरुमा देखिएको छ ।

यहाँका केही ऐतिहासिक बौद्ध केन्द्रहरु
शिरपुर ः छत्तिसगढको बुद्ध धर्मको कुरा गर्दा शिरपुर (श्रीपुर)को बारेमा विशेष उल्लेख गर्न जरुरी हुन्छ । यो स्थान अहिले प्रदेशको राजधानी रायपुरबाट ७८ किलोमिटरको दुरीमा महानदी नामक नदीको किनारमा रहेको छ । यो क्षेत्र दक्षिण कोसल राज्य अन्तर्गतका सोमवंशी राजाहरुको राजधानी थियो ।

लगभग १० किलोमिटरको क्षेत्रमा फैलिएको शिरपुर भारतकै बुद्ध धर्मको इतिहासको एक अलग्ग किसिमको प्रमाण हो । यद्यपि यो धेरै वर्षसम्म मानिसहरुको नजरबाट टाढा रह्यो । सन् १८८२मा एलेक्जेन्डर कनिङघमले यहाँ पुरातात्विक उत्खनन् गरेपछि यसको बारेमा भारत लगायत विश्वमा नै यसको प्रचार भयो ।

सन् २००३मा यहाँका १८४ वटा ढिस्काहरु पुरातात्विक महत्वका हुन् भनेर अनुमान गरियो र ठुलो तहको उत्खनन् थालियो । यसबेला गरिएको एक उत्खननले त्यहाँ १०वटा बौद्ध विहारहरु लगायत अन्य मन्दिरहरु आदि पनि पत्ता लागेका थिए । यहाँ पाइएका बौद्ध अवशेषहरुको गणना गर्दा यहाँ एक सय बौद्ध विहार भएको तथ्यांक आएको छ । यो भनेको भारतकै एक विशाल बौद्ध नगर वा अध्ययन केन्द्र हुन आउँछ ।

यहाँ पाइएका बौद्ध विहारहरु एकदम विशाल छन् र ती मध्ये केही त नालन्दाका विशाल संरचनाहरुसँग तुलना गर्न योग्य छन् भनिएको छ । अहिलेसम्मको अध्ययनमा यस क्षेत्रमा ७०० ढिस्काहरु, १०० बौद्ध विहार तथा चैत्यहरु, मैत्रय बुद्ध तथा पद्मपाणि लोकेश्वर आदिका ७९ काँसका मूर्तिहरु तथा अन्य बुद्ध धर्मसँग सम्बन्धित पवित्र अवशेषहरु तथा प्राचिन मूर्तिहरु पाइएका छन् । यहाँ पाइएको एक भिक्षा पात्रलाई २२ सय वर्ष पुरानो भनिएको छ । यी कुराहरुले गर्दा छत्तिसगढको बुद्ध धर्मको इतिहास भनेर देखाउन मात्र हैन भारतको बुद्ध धर्मको इतिहासको अध्ययन गर्दा पनि यहाँको नाम नछुटाइकन लिनु पर्ने हुन्छ ।

यी प्रमाणहरुले शिरपुर क्षेत्र त्यसबेला महत्वपूण शिक्षाको केन्द्रको रुपमा विकास भएको हुनुपर्छ भन्ने देखाउँछ । साथै यसले त्यसबेला यहाँका शासकहरुले बुद्ध धर्मको विकास तथा संरक्षणको लागि धेरै बजेट दिने अनि संरक्षकत्व प्रदान गर्ने गर्थे भन्ने पनि देखिएको छ । यस प्रकार राज्यको साथ कुनै पनि ठाउँमा बुद्ध धर्मको विकासको लागि अत्यन्त जरुरी हुन्छ भन्ने प्रष्ट हुन्छ । त्यस्तै यहाँ पाइएका ध्यानी बुद्धहरु तथा बोधिसत्वका मूर्तिहरुले यहाँ त्यसबेला महायान तथा वज्रयानको विकास भएको कुरा पनि देखाउँछ । अहिलेको अवस्थामा छत्तिसगढमा बुद्ध धर्म विलय भइसक्दा पनि शिरपुरका पुरातात्विक अवशेषहरुले त्यहाँको गौरवमय इतिहास बताइरहेको छ ।

यहाँ उत्खनन् गरेर प्राप्त भएका महत्वपूर्ण प्रचिन मूर्तिहरु तथा अन्य अवशेषहरु शिरपुरमा अवस्थित पुरातत्व संग्रहालयमा प्रदर्शनमा राखिएका छन् । ती वस्तुहरु इतिहासकारहरु, कलाप्रेमीहरुका लागि महत्पपूर्ण अध्ययनका सामाग्री बनेका छन् ।

छत्तिसगढमा बुद्ध धर्मको पुनरुत्थान तथा बौैद्ध जागरणको लागि यहाँ शिरपुरमा सन् २०१३मा एक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथि दलाइ लामा हुनुभएको थियो । यहाँ शिरपुरको पर्यटकीय महत्व बुझेर यिहाँको सरकारले सन् २०१५मा शिरपुरलाई बौद्ध सर्किटमा समावेश गरेको थियो । भारतको केन्द्र सरकारले देशको पर्यटनको विकासको लागि देशभरका बौद्ध सम्पदा स्थलहरुलाई जोडेर बौद्ध सर्किट निर्माण गरेको थियो ।

प्रज्ञागिरी ः छत्तिसगढ राज्यको राजनन्द गाउँ जिल्लाको डोँगरगढ इलाकामा करिब ३०० मिटर अग्लो डाँडामा नयाँ ३० फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ । यसको निर्माण सन् १९९८मा भएको थियो भने यसको संयोजन भदन्त संघरतन मानकेले गरेको थियो । यहाँ हरेक वर्ष हुने धार्मिक कार्यक्रममा नेपाल लगायत विभिन्न देशका बौद्ध अभियन्ताहरु सहभागी हुने गरेको छ ।

डमरु ः छत्तिसगढको बालोदबजार जिल्लाबाट १४ किलोमिटर टाढा रहेको डमरु गाउँ पनि कुनै बेला बौद्ध बस्ती रहेको भेटिएको छ । यहाँ पुरातात्विक उत्खननका क्रममा भगवान बुद्धको खुट्टाको छाप अंकित ढुंगा फेला परेको छ । यो चिन्हलाई मध्य भारतमा पहिलो पटक भेटिएको मानिएको छ । बौद्धहरुले विशेष गरी थेरवादको प्रचार भइरहँदा त्यसबेला भगवान बुद्धको मानव आकृतिको मूर्ति बनाउने प्रचलन आइसकेको थिएन र त्यसबेला यस्ता प्रतीकहरुमा बुद्ध पूजा गर्ने गर्थे । बुद्ध मूर्तिको निर्माण पछि पनि थेरवादीहरुले इस्वीको पहिलोदेखि पाँचौं शताब्दीसम्म यो प्रतीक बनाएर पूजा गर्ने गर्दथे । यस भगवान बुद्धको पदचिन्हको पत्ता लागेकोले डमरु भन्ने गाउँ पहिलो र पाँचौं शताब्दीको बीचमा थेरवाद समुदायको प्रमुख केन्द्र भएको देखाउँछ ।

भोङ्गापाल ः यहाँको भोङ्गापाल भन्ने ठाउँमा रहेको जंगल भित्र इँटाको चैत्यको अवशेष पाइएको छ । सन् १९९०को उत्खननबाट प्राप्त यस पाँचौं वा छैठौं शताब्दीको चैत्यलाई यस क्षेत्रकै एक मात्र इँटाको चैत्य मानिन्छ । यसका साथै यसैको छेउमा एक प्राचिन बुद्ध मूर्ति पनि पाइएको थियो । दुबै हात भाँचिएको अवस्थामा रहेको यस मूर्तिलाई अहिले यहाँका स्थानीयहरुले डोकरा बाबा तथा गाँडा देव भनेर पुजा गर्ने गर्छन् ।

समयचक्रमा यहाँ बौद्धहरु हराउँदै गएपछि वा बुद्ध धर्म विलय हुँदै गएपछि यहाँका हिन्दुहरुले यहाँका बौद्ध मन्दिर वा मूर्तिहरुलाई कपडाले बेरेर वा रंगलेपन गरेर हिन्दु मूर्ति वा मन्दिरको रुप दिएको पाइन्छ । जस्तै यहाँको आडभामा स्थित अष्टभूजी देवी मान्दिर वास्तवमा बुद्ध मूर्ति हो भनेर यहाँका बौद्धहरुले भन्दै आएका छन् ।

वर्तमान अवस्थामा छत्तिसगढमा बुद्ध धर्म
आज छत्तिसगढमा बुद्ध धर्म व्यापक रुपमा प्रचलित छैन । अहिले भारतका अन्य राज्यहरुमा जस्तै छत्तिसगढमा पनि केही हदसम्म बुद्ध धर्मको पुनर्जागरण भइरहको छ । यहाँ पनि नवजागरण भनेको हिन्दु धर्म भित्र दलित वा अस्पृष्य भनिएका मानिसहरुले आफ्नो धर्ममा भएको अपमान सहन नसकेर बुद्ध धर्मलाई अंगिकार गरेका नै धेरै देखिन्छ ।

यस प्रकार अहिले यहाँ अम्बेडकारको प्रभावमा आएर बुद्धधर्म अंगालेकाहरुले स्थानीय स्तरमा विभिन्न ठाउँमा विहार बनाएर स्थानीय मानिसहरु भेला भएर बुद्ध पूजा लगायतका धर्म अभ्यास गर्ने गरेको पाइन्छ । अहिले यहाँका प्रमुख नयाँ विहारहरु यस प्रकार छन् — सुगत बुद्ध विहार (अम्बेडकार नगर), भदन्त आर्य नागर्जुन सुराइ ससाइ बुद्ध विहार (महासमुन्द), प्रदन्य बुद्ध विहार (तुलसीपुर), सम्यक बुद्ध विहार (पञ्चशिल नगर, दुर्ग), महाप्रदन्य बुद्ध विहार (दल्ली राजहारा), पञ्चशिल बुद्ध विहार (दुर्ग), डा. भदन्त आनन्द कौशल्यायन बुद्ध विहार (शंकर नगर, दुर्ग), चन्द्रमणी बुद्ध विहार (भिलाइ) इत्यादि । यी विहारहरुमा नियमित बुद्ध पूजा इत्यादि हुनुका साथै विभिन्न बौद्ध व्यक्तित्वको स्मरणमा प्रवचन इत्यादि कार्यक्रमहरुको पनि आयोजना हुने गर्दछ ।

यद्यपि यहाँ अहिले पनि बौद्धहरुको कार्यक्रम तथा गतिविधिलाई हिन्दु विरोधी भनेर चित्रण गर्ने गरेको देखिन्छ । उदाहरणको लागि सन् २०२२को नोभेम्बरमा छत्तिसगढको राजनन्द गाउँमा एक धर्मान्तरण कार्यक्रमको आयोजना गरिएको थियो, जसमा केही दलित समुदायका मानिसहरुले बुद्ध धर्मलाई ग्रहण गरे । यस कार्यक्रममा काँग्रेसका तर्फबाट मेयर बनेकी हेमा देशमुख उपस्थित भइन् भनेर त्यहाँको राजनीतिक वृत्तले उनलाई हिन्दु विरोधी कार्यक्रममा भाग लिएको भनेर आलोचना गरे ।
०००

झारखण्डमा बुद्ध धर्म
भारतको छत्तिसगढ सँग जोडिएको यस्तै यस्तै प्रकारको भूबनोट, इतिहास र संस्कृति भएको अर्को राज्य झारखण्ड हो । यो अहिलेको भारतको नक्सामा पूर्वी भारतको एक राज्यको रुपमा देखा पर्छ । यसको पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तिसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा अवस्थित छन् । राँची सहर यस प्रदेशको राजधानी हो । यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर छ अनि यहाँको जनसंख्या ४.०६ करोड छ यस अर्थमा यो राज्य नेपाल भन्दा सानो तर यहाँको जनसंख्या नेपालमा भन्दा धेरै देखिन्छ ।

यहाँ प्राचिनकालदेखि मानव सभ्यताको विकास भएको पाइन्छ । यहाँ फेला परेका बस्तुहरु नवपाषाणदेखि मध्ययुगीन कालसम्मका छन् भनेर पुरातत्वविद्हरुले भनेका छन् । यस क्षेत्रमा विभिन्न कालमा नन्द, मौर्य र गुप्त सहित धेरै साम्राज्य र राजवंशहरूले शासन गरेको इतिहास पाइन्छ ।


ईसा पूर्व ५०० अथवा लगभग बुद्धको जीवनकालमा यो झारखण्ड राज्य मगध र अङ्गको एक भाग थियो । मौर्य कालमा, यस क्षेत्रमा धेरै राज्यका शासकहरुले शासन गरे । अशोकको शासनकालमा यो मौर्य साम्राज्यको अन्तर्गत आयो । यहाँ गरिएका पुरातात्विक उत्खननहरुले यहाँ इस्वीको लगभग पहिलो शताब्दीका अवशेषहरु भेट्टाएका थिए । यस पछि यहाँको धेरै समयको इतिहास स्पष्ट देखिँदैन ।

सातौँ शताब्दीमा भारतका विभिन्न बौद्ध तीर्थस्थलको भ्रमण गर्न आएका चिनियाँ यात्री हुयेन त्साङले आफ्नो यात्रा विवरणमा झारखण्डको वर्णन गरेको पाइन्छ जसले यस क्षेत्रको इतिहासको बारेमा थप जानकारी राख्न सहयोग गरेको छ ।

यसका साथै अर्कोतिर सातौं शताब्दीको आसपासमा यो पाल साम्राज्यको अन्तर्गत थियो र यसको उत्तरमा मगध, दक्षिणमा ओडिशा, पूर्वमा चम्पा तथा पश्चिममा महेन्द्र राज्यहरु थिए । हुयेन त्साङले यात्रा गर्दा उनले यहाँ कर्णसुवर्ण राज्य भएको तथा शशांक राजा भएको उल्लेख गरेका छन् । त्यसबेला यो राज्य पाल साम्राज्य अन्तर्गत थियो ।

सोह्रौं शताब्दीमा यहाँ राजपुतहरु शासन गर्थे भने पछि यो मुगलहरुको आक्रमणमा पर्यो । सन् १७६५ पछि यो ब्रिटिशहरुको शासन अन्तर्गत पर्यो । भारतको स्वतन्त्रता संग्राममा झारखण्डको भूमिकालाई भारतीय इतिहासले कदर गरेको छ । स्वतन्त्रता पछि यो राज्य विहारको आधा भाग थियो भने पछि सन् २०००मा मात्र यो अलग्ग राज्यको रुपमा गठन भएको थियो ।

झारखण्डमा बुद्ध धर्मको इतिहास
झारखण्डका एक विद्वान डा बि विरोत्तमले आफ्नो “पुस्तक झारखंड ः इतिहास एवं संस्कृति”मा भगवान बुद्धको जन्म झारखण्डमा भएको दाबी गरेको यहाँ उल्लेखनीय छ । यस कथनलाई अन्य लेखकहरुले पुष्टी नगरेकोले यसबारे धेरै लेख्न परेन । तर पनि यसले यस प्रदेशमा बुद्ध धर्मको महत्वको चर्चा धेरै पहिलेदेखि भएको देखाउँछ । भगवान बुद्धले आफ्नो जीवनको धेरै समय बिताउनु भएको उत्तर प्रदेश र विहारसँग भौगोलिक रुपमा नजिक भएकोले यहाँ बुद्ध धर्मको प्राचिन र गहिरो इतिहास हुनु स्वभाविक छ ।


यस राज्यको भौगोलिक अवस्थिति अनुसार बुद्ध कालिन शक्तिशाली मगध राज्यको आसपास भएको कारणले यहाँ भगवान बुद्धको जीवनकालमा उहाँकै आगमनसँगै वा उहाँका भिक्षुहरुबाट वा उहाँको परिनिर्वाण लगतै पछि बुद्ध धर्मले प्रवेश पाएका अनुमान गर्न सकिन्छ । यति नभए पनि सम्राट अशोककले सम्पूर्ण भारतवर्षमा बु्द्ध धर्मको प्रचार गरिरहँदा झारखण्ड अछुतो रहन सक्दैन भन्ने अनुमान पनि तर्कसंगत हुन्छ । तर आश्चर्यको कुरा छ कि यहाँ हालसम्म गरिएका पुरातात्विक उत्खननले यहाँ यति धेरै समय अगाडि बुद्ध धर्मको प्रचार भएको थियो वा यहाँको समाजमा बुद्ध धर्म व्याप्त थियो भन्ने देखाउने बलिया प्रमाणहरु भेटिएका देखिँदैनन् ।

हुयेन त्साङको वर्णनमा झारखण्ड
सातौँ शताब्दीमा भारतका विभिन्न बौद्ध तीर्थस्थलको भ्रमण गर्न आएका चिनियाँ यात्री हुयेन त्साङले आफ्नो यात्रा विवरणमा यस क्षेत्रको वर्णन गरेको पाइन्छ जसले यस क्षेत्रको बुद्ध धर्मको इतिहासको बारेमा जानकारी राख्न सहयोग गरेको छ । हुयेन त्साङले यात्रा गर्दा उनले यहाँ कर्णसुवर्ण राज्य भएका तथा शशांक राजा भएको उल्लेख गरेका छन् । राजा शशांकलाई आफ्नौ साम्राज्यमा बुद्ध धर्मको नाश गर्ने शैव राजाको रुपमा चित्रण गर्ने गरिन्छ । त्साङले यहाँको बौद्ध स्मारक तथा वातावरणको बारेमा चर्चा नगरेकोले यसबेला यो क्षेत्रमा बुद्ध धर्मको प्रभाव कमजोर थियो ।

ऐतिहासिक प्रमाणहरुको आधारमा कुरा गर्नुपर्दा यहाँ लगभग नवौं तथा दशौं शताब्दीका थुप्रै बौद्ध पुरातात्विक अवशेषहरु पाइएका छन् । जस्तै यहाँको हजारीबागमा भेटिएको एउटा बौद्ध पाल वंशको समयमा १०औ शताब्दीमा बनेको थियो । यस आधारमा कमसेकम यसबेला यहाँ बुद्ध धर्मको विस्तार भएको देखिन्छ । यो तथ्य यसकारण महत्वपूर्ण छ कि अरु राज्यहरुमा बुद्धधर्मको विलय भएको बेलादेखि मात्र यहाँ बुद्ध धर्मको प्रचार भएको प्रमाण पाइएको छ । यद्यपि झारखण्डको बुद्ध धर्मको इतिहासको बारेमा खासै धेरै अध्ययन अनुसन्धान भएको देखिँदैन ।

यस बाहेक यहाँ बुद्ध धर्म फैलिएर पनि धेरै लामो समयसम्म यसको प्रभाव यहाँ रहन नसकेको भान हुन्छ । भारतका अन्य राज्यमा जस्तै यहाँ पनि हिन्दु धर्मको प्रभाव बढ्न, राजनीतिक परिवर्तन हुनु, सामाजिक तथा साँस्कृतिक अवस्थामा परिवर्तन आएको कारणले यहाँको जनताले बुद्ध धर्मलाई धेरै लामो समयसम्म जीवित राख्न नसकेको निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अहिले यहाँ बौद्धहरुको जनसंख्या नगण्य भएतापनि यहाँको इतिहास र पुरातात्विक उत्खननबाट प्राप्त अवशेषले यहाँको बुद्ध धर्मको इतिहास उन्नत भएको प्रमाण देखाइरहको छ ।

झारखण्डका केही बौद्ध सम्पदा अवशेष स्थलहरु
राँची ः राँची झारखण्ड राज्यको राजधानी हो । यहाँ थुप्रै यस्ता क्षेत्रहरु छन् जहाँ कुनैबेला बुद्ध धर्मको राम्रो विकास भएको थियो । कोही भगवान बुद्ध आफै यहाँ आउनुभएको विश्वास गर्छन् । यहाँको राँची परुलिया राजमार्ग जोन्हा झरनामा बुद्धले स्नान गर्नुभएको मानिन्छ । यसको नाम नै गौतम धारा राखिएको छ र यहाँ एक बुद्ध मन्दिरको पनि निर्माण गरिएको छ ।

सन् १८८०मा ब्रिटिश सरकारले यहाँ गोर्खा सैन्य पुलिस रेजिमेन्ट स्थापना गर्यो र यहाँ दार्जिलिङ, उत्तराखण्ड, हिमाञ्चल प्रदेश आदि क्षेत्रबाट बौद्ध समाजका मानिसहरु गोर्खा सैनिकमा भर्ना भएदेखि यहाँ बौद्ध समाजको निर्माण भएको थियो । यसरी हेदौ यहाँ बुद्ध धर्मको पुनरुत्थानमा गोर्खा सैनिकहरुको भूमिका छ ।

अहिले यहाँ केही बौद्ध स्मारकहरु देख्न सकिन्छ । ती मध्ये प्रमुख विहार वा मन्दिरहरु यस प्रकार छन् ः मौर्यगिरी बौद्ध मन्दिर, गन्जुबस्ती, चन्दन पासवान, बुतबरिया माझीथान, असनाताँड, अम्बेडकर मन्दिर, बुद्ध विहार, बुद्ध मन्दिर इत्यादि ।

इटाखोरी ः यहाँ चतराबाट ३५ किमी टाढा इटाखोरी भन्ने ठाउँसँग सम्बन्धित एउटा किम्बदन्ती छ । यस अनुसार त्यो ठाउँमा सिद्धार्थ ध्यान बसिरहँदा सानी आमा प्रजापति गौतमीले देख्नुभयो । उहाँले पुत्रलाई फिर्ता लाने कोशिस गर्नुभयो तर उहाँ सिद्धार्थको ध्यान भंग भएन र अब मैले मेरो छोरा गुमाएँ भनेर विलाप गर्नुभयो । त्यसकारण यस ठाउँको नाउँ इटाखोरी बन्यो । यस क्षेत्रमा इशापूर्व २००देखि इस्वीको १२००सम्मका विभिन्न पुरातात्विक अवशेषहरु पाइएका छन् ।


Padmapani Lokeshwara in Itakhori, Jharkhand

पहाडी र जंगली क्षेत्रमा रहको यस स्थानमा यहाँ ९औ शताब्दीको मन्दिर छ । लगभग ४ फीट अग्लो एक हातमा अभय मुद्रा र अर्को हातले कमलको फूल समातेको तथा दायाँबायाँ चैत्यको आकार कुँदिएको यस मूर्ति बोधिसत्व लोकेश्वर अथवा ताराको मूर्ति जस्तो देखिन्छ । तर यसलाई हिन्दुहरुले भद्रकाली भनेर पूजा गर्छन् । यसलाई सँधै मुकुट तथा वस्त्र लगाइदिएको हुन्छ र फूलमालाले ढाकेको हुन्छ । यस मन्दिर परिसरमा ४वटा बुद्ध मूर्तिहरु पाइएका छन् । यसको छेउमा सयौं बुद्ध मूर्ति भएको एउटा चैत्य छ, जसलाई यहाँ शिवलिङ्ग मानेर हिन्दुहरुले पूजा गर्ने गरिन्छ । यसबाहेक पनि यहाँ उत्खनन्बाट थुप्रै पुरातात्विक अवशेषहरु पाइएका छन् । यसको नजिकै एउटा संग्रहालय बनेको छ यहाँ सयौं बौद्ध चैत्यहरुको अवशेषलाई संग्रह गरेर राखिएको छ । यस परिसरको पछाडि बुद्धको एउटा आधुनिक मूर्ति पनि स्थापना गरिएको छ । यहाँका स्थानीयहरु यसलाई अहिले बौद्ध, जैन तथा हिन्दुहरुको साझा धार्मिक स्थल भने प्रचार गर्छन् ।

कोल्हुआ पहाडको कौलेश्वरी मन्दिर ः हन्टरगञ्ज ब्लकबाट ६ किलोमिटर टाढा रहेको कोल्हुआ पहाड बौद्ध जैन तथा हिन्दु धर्मको आस्थाको केन्द्र रहेको छ । यहाँ कौलेश्वरी मन्दिर छ । यहाँ त्यस्तै जैन धर्मका दशौँ तीर्थङ्कर स्वामी शीतलनाथको मन्दिर पनि छ । त्यस्तै यहाँ बौद्ध धर्मस्थलहरु रहेका छन् । ती मध्ये नागले ओढाएको बुद्धको मूर्ति सहितको एक मन्दिर पनि हो । यसलाई हिन्दु र जैनले पनि आआफ्नै नामले पुज्छन् । त्यस्तै यहाँ पहाड चढ्ने बाटोमा भएको एक अवलोकितेश्वरको मूर्तिलाई स्थानीयहरुले नकटा देवी भनेर पुजा गर्ने गरको छ ।

हजारीबाग ः राजधानी राँची भन्दा ९० किलोमिटर टाढा रहेको हजारीबाग पनि बौद्ध सम्पदा स्थल हो । यहाँ भएको उत्खनन्मा पनि भूमिस्पर्श मुद्रामा रहेको बुद्धको मूर्ति लगायत अन्य मूर्तिहरु तथा विहारका अवशेष पाइएका छन् । यहाँ १०औ शताब्दीमा निर्मित एक ऐतिहासिक विहारको अवशेष भेटिएको छ । यो भनेको पाल साम्राज्यको शासनकालमा बनेको हो । बौद्ध साहित्य संयुक्त निकायमा एउटा प्रसंग पाइन्छ जसमा भगवान बुद्ध सुझबाट सेतकणिक गएको भन्ने । उक्त ठाउँ हजारीबाग जिल्ला हो भनेर अनुमान गरिएको छ । यहाँ बौद्धहरुको आवादी नभएकोले यहाँका गाउँ गाउँमा हिन्दुहरुले यहाँ भएका ताराका मूर्तिहरुलाई पार्वती भनेर अनि अरु बोधिसत्वका मूर्तिहरुलाई शिवको स्वरुप भनेर पूजा गर्ने गर्छन् ।

हजारीबागबाट लगभग १२ किलोमिटर टाढा रहेको सीतागढ पहाड पनि बुद्ध धर्मको केन्द्र रहेको मानिन्छ । यहाँ पाइएको एक बौद्ध विहार ९०० वर्ष पुरानो मानिन्छ । यहाँ अझ धेरै उत्खनन् गर्न बाँकी ठाउँ रहेको र जमिन मुनि रहेका यस्ता अवशेषहरु पत्ता लगाएर अध्ययन गर्नुपर्ने ठाउँहरु धेरै रहेको पनि बताइन्छ ।

धनबाद ः धनवाद जिल्ला पनि कुनै समयमा बुद्ध धर्मको मुख्य केन्द्र थियो । धनबादको करुवा गाउँमा पाइएको बौद्ध स्तुप विशेष महत्वपूर्ण मानिन्छ । त्यस्तै किसिमले यहाँको कसाही नदीको तटमा रहेको बौद्धपुरस्थित बौद्धेश्वरको मन्दिर पनि महत्वपूण मानिएको छ । यसबाहेक दियापुर, दुल्मीको (दालमी), घोलमारा (पुरुलिया) नजिक खण्डित मुर्ति, सूर्यकुण्डमा ढुंगाको मूर्ति, बेलवादग (खुन्टी), कटुगा गाउँ (गुम्ला) मा बुद्ध विहारमा धेरै बौद्ध स्मारकहरू भेटिएका छन् । त्यस्तै किसिमले पटमाडा (जमशेदपुर)मा बौद्ध मुर्ति फेला परेको छ, इच्छागढ (सेराईकेला खनरस्वा जिल्ला)मा दुई वटा बुद्धका मुर्ति फेला परेका छन्, तथा एउटा तारादेवीको मुर्ति फेला परेको छ । यहाँ भेटिएका अधिकांश मूर्ति तथा अवशेषहरु १०औ शताब्दीका मानिन्छन् । यी भेटिएका धेरै अवशेषहरू र मूर्तिहरू सुरक्षाको लागि हाल राँची संग्रहालयमा राखिएका छन् ।

दैहर र सोहरा ः यहाँ एक बौद्ध देवी मारिचीको मूर्ति भएको छ, जसलाई स्थानीयहरुले कमला माता भनेर पुजा गर्छन् । यो मूर्ति करिब सन् १९५०मा गरिएको उत्खनन्बाट प्राप्त गरिएको थियो । त्यस्तै यहाँको सोहरामा प्राप्त भएको ताराको मूर्तिलाई पनि स्थानीयहरुले समोखर माता भने पुजा गर्छन् । यहाँ दैहर तथा अन्य गाउँहरुको ७० वर्ष भन्दा पहिले गाउँलेहरुले जमिन खन्दा बौद्ध अवशेष तथा टुटफुट भएका मूर्तिहरु भेटिएका थिए । दैहर तथा सोहरा गाउँलाई भारतको बौद्ध सर्किटमा जोडेर यहाँको पर्यटनको विकास गर्ने प्रयास भइरहेको छ ।

मानगढ ः झारखण्डको मानगढ गाउँमा पनि बुद्ध धर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरु पाइएकाले यो ठाउँ पनि कुनै बेला बुद्ध धर्मको केन्द्र हुनुपर्ने अनुमान गर्न सकिन्छ । यहाँ मानगढमा राज्यकै सबैभन्दा ठुलो बौद्ध स्तुप पत्ता लागेको छ । यो पुरातात्विक क्षेत्र करिब एक एकड जमिनमा फैलिएको छ । यहाँ भेटिएका अधिकांश अवशेष पाल कालका हुन् । यसले त्यस समयमा यो एक महत्वपूर्ण बौद्ध केन्द्र रहेको संकेत गर्दछ ।

पलामू ः पलामूमा उत्खनन् गर्दा त्यहाँ दुइटा प्राचिन स्तुपहरु भेटिए । यहाँको मूर्तिया गाउँमा पाइएको सिँहको टाउकोको मूर्ति पनि साँचीको बौद्ध स्तुप अगाडिको तोरणमा पाइएको सिंहको मूर्तिसँग तुलना योग्य मानिएको छ । अहिले यसलाई राँची विश्वविद्यालयको संग्रहालयमा राखिएको छ ।

यसबाहेक झारखण्डका खुँटी(बेलवादाग्राम), सरायकिला–खरसाँवा, गोड्डा, देवघर, राजमहल, गुमला आदि स्थानहरुमा पनि उत्खनन् हुँदा बौद्ध अवशेषहरु पाइएका हुनाले ती स्थानहरु प्नि इतिहासमा बौद्ध क्षेत्रका रुपमा उल्लेखनीय छन् ।

वर्तमान अवस्थामा झारखण्डमा बुद्ध धर्म
बुद्ध धर्मको हजार वर्ष भन्दा पुरानो इतिहास भएर पनि झारखण्डमा विभिन्न कालखण्डमा विभिन्न कारणल बुद्ध धर्म क्षय हुँदै गयो । झारखण्डमा बुद्ध धर्मलाई राज्यकै हस्तक्षेपबाट नाश गराउने कामको दोष राजा शशांक (इस्वी ६००–६३७)लाई दिइने गरिन्छ । सम्भवतः उनले शैव धर्मको प्रचारमा धेरै श्रोत खर्च गरेको कारणले बुद्ध धर्म विलयको बाटोमा पुगेको हुनसक्छ ।

इस्वीको ७औ शताब्दीमा क्रमशः यहाँ बुद्ध धर्मको प्रभाव घट्दै गएर १२औं शताब्दीको आसपासमा पुग्दा यहाँ बुद्ध धर्म लोप नै हुन पुगेको यहाँका ऐतिहासिक प्रमाणहरुले देखाउँछ । यसको राजनीतिक, धार्मिक तथा सामाजिक कारणहरु हुन सक्छन् । यस पछाडिका आठ सय वर्षसम्म पनि यहाँ बुद्ध धर्मले पुनरुत्थान देख्न पाएन । यसको फलस्वरुप अहिले बुद्ध धर्मको अवस्था दयनीय देखिन्छ । विशाल राज्य र घना आवादी भएर पनि यसको अनुपातमा यहाँ बौद्धहरुको जनसंख्या नगण्य छ ।

त्यसो भन्दा पनि सन् १९५६को आसपासमा डा. बि आर अम्बेडकरको बुद्ध धर्ममा दलितहरुको प्रवेश गराउने अभियान स्वरुप केही मात्रामा भए पनि यहाँका समुदाय विषेशमा, अझ भन्नु पर्दा जो हिन्दु भएर पनि हिन्दु समाजमा अपहेलित थिए, उनीहरुले बुद्धको शरणमा गएर स्वाभिमानपूर्ण जीवन बिताउने अवसर देखे उनीहरु बुद्ध धर्ममा आकर्षित भए । यसै माध्यम भएर यहाँको समाजमा बौद्धहरु देखा पर्न थाले । अहिले यहाँ भएका बौद्धहरु भनेको यसै अभियानको परिणाम स्वरुप देखिएका हुन् भन्न सकिन्छ ।

हाल यहाँ केही बौद्ध संघसंस्थाहरु छन् जसले यहाँका बौद्धहरुलाई संगठित गरिरहेका छन् तथा अन्य समुदायमा बुद्ध धर्मको प्रचार प्रसार गरिरहेका छन् । यहाँ भएका केही संस्थाहरु र तिनीहरुले गरिरहेको काम यस प्रकार छ ः बुद्ध विहार राँचीले स्थानीय तथा आगन्तुकहरुका लागि बुद्ध शिक्षा तथा ध्यानको कार्यक्रमहरु सञ्चालन गर्दछ । बुद्ध मन्दिर धनवादमा पनि बुद्ध शिक्षा अध्यापन तथा ध्यान कार्यक्रमहरु हुने गर्दछ । तिब्बती गुम्बा राँचीमा बुद्ध धर्मका विविध पक्षसम्बन्धी अध्ययन अनुसन्धान तथा सामाजिक कार्य हुन्छ । नार्गजुन बौद्ध अध्यन केन्द्रमा बुद्ध धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यहरु हुन्छ । बौद्ध तथा जैन मन्दिर बाकारोमा बौद्धहरु तथा जैनहरुका लागि धार्मिक तथा अध्ययनका कार्यक्रमहरु हुने गर्दछन् ।

झारखण्डमा बुद्ध धर्मको संरक्षण तथा पुनरुत्थानका अगाडि थुप्रै चुनौतिहरु छन् । यस्तै यहाँका अधिकांश जनतामा भगवान बुद्धको जीवनी र शिक्षाका आधारभूत कुराहरुका बारेमा पनि जनचेतना छैन । यहाँ बुद्ध धर्म सिक्ने अध्ययन वा अनुसन्धान गर्ने संस्थाहरुको अभाव छ । यहाँका अधिकांश क्षेत्र अझै पनि अविकसित अथवा पिछडिएको अवस्थामा छन् । यद्यपि यहाँका खास गरी हिन्दुधर्म भित्र तल्लो जात भनेर हेपिएर बसेकाहरुमा बुद्ध धर्मप्रति आकर्षण बढ्दो छ । उनीहरु सानो स्तरमा भएपनि संगठित भएर बुद्धको शिक्षालाई आफ्नो जीवनमा लागु गरेर आफुलाई बौद्ध भनाउनमा गर्व गरिरहेको अवस्था छ ।

बाैद्ध मासिक आनन्दभूमि पत्रिकामा २०८१ भाद्र पूर्णिमामा प्रकाशित 2024 08 19

फोटोहरु इन्टरनेट मार्फत साभार गरिएका हुन् ।

Tuesday, July 9, 2024

गुगल ट्रान्सलेटय् नेपालभाषा (नेवारी) व झीगु यथार्थ


 

राजेन मानन्धर

दकलय् न्हापां इन्टरनेटया संसारय् गुगल सर्च इन्जिन प्लाटफम व जिमेलया रुपय् सन् १९९८य् पिहाँ वःबलय् दक्व हे अजू चाःगु खः । थ्व आः म्याप, अर्थ, क्लाउड स्टोरेज लगायत एन्ड्रोयड एपया रुपय् संसारय् अर्बौं मनूतय्सं छ्यलाच्वंगु दु । अथे हे थुकिया अनुवाद सेवायात न्हिछिया हे करोडौं मनूतय्सं छ्यलाच्वंगु दु धकाः धाइ । थज्याःगु अनुवाद सेवा अर्थात् गुगल ट्रान्सलेटय् नेपाःया सरकारी कामकाजया भाय् नेपाली बाहेक आः झीगु मांभाय् नेपालभाषा नं दुहाँ वंगु दु । थ्व सकल नेवाःतय्गु लागि जक मखु नेपालीतय्गु लागि हे लसता व गर्वया खँ खः । झीगु भाय् गुगलया सेवाय् दुतिंगु नेपालया हे भाय् मध्ये नेपाली धुंकाः मेगु भाय् जुइत सफल जूगु दु ।

वंगु बिहिबार गुगलं थःगु ट्रान्सलेट सेवाय् नेपालभाषा (नेवारी) नं समावेश याना धकाः जानकारी बिउगु खः । थथे धइगुया अर्थ आः झीगु भाय् संसारया ६१ करोड स्वयाः यक्व मनूतयसं ल्हाइगु क्यान्टोजी भाय्निसें कयाः अफ्रिका ल्हाइगु स्वाती इत्यादि भाय्या पुचलय् दुथ्याःगु जुल । अथे जुल कि थन दुथ्यानाच्वंगु भाय्या छुं नं लेख रचनायात झीगु भासय् तप्यंक हिले दइगु अले झीगु भासं च्वयातःगु रचना नं उमिसं अःपुक हे थःगु भासं हिलाः ब्वनेदइ । आः वयाः सन् २०२४ जुलाइ तकया दुने थुकिं विश्वया २४३गू भाय्यात दुथ्याकूगु जुल ।

खस नेपाली भाय्यात गुगलं सन् २०१३य् दुथ्याकेधुंकाःनिसें आःत थुकिइ यक्व ह्यूपाः हयाः थुकियात क्रमिक सुधार यानाः थ्व सेवा मार्फत यक्व मनूतय्सं मेमेगु भाय् मसःसां व भाय्या समाग्री ब्वनाः थुइकाः लाभान्वित जुयाच्वंगु खः । वयां लिपा झीगु नेपालभाषा यात नं गुगल ट्रान्सलेटय् दुथ्याकेत यक्व न्ह्यःनिसें थी थी चरणय् कुतः जुयाच्वंगु खः ।

विश्वया थी थी भाय्या सञ्जालय् नेवाः खँग्वः व व्याकरण दुतबियाः झीसं छु च्वल उकिया अनुवाद स्वचालित कथं जुइकेगु धइगु चानचुनगु खँ मखु । थ्व पूर्ण वा धाये परफेक्ट मजुइफु तर नं ऐतिहासिक व युगान्तकारी खः धकाः धाये हे माः । थन निद्वः स्वयाः यक्व मनूतय्गु लगभग द्वःछि दिंया योगदान जूगु दु धइगु खँ वल । थ्व ज्याय् वर्ल्ड नेवा अर्गनाइजेसनया पहल, संयोजन व योगदानयात इतिहासं लुमंकेमाः ।

तर । तर नेवाःतय्गु थ्व विडम्बना हे धायेमाः कि जब जब नेवाःतय्गु जाति भाषाया सवालय् गनं नं गुलि नं उपलब्धि जुइ, अन झी हे नेवाः समुदाय दुनेयापिं सुं सुं असन्तुष्ट जुयाबिइ । ल्हातिइ लाःगु उपलब्धियात गौण तायेकाः मवःनिगु मात्तुमालाच्वनेगु शायद झीत झी पुर्खां हे स्यनाथिकूगु जुइ । नेपालभाषा साहित्यया विकास जुइमाल धकाः झीसं हालाच्वनागु म्होतिं नं सछि व चाःचू दँ दयेधुंकल । न्हापा स्वये सरकारं याकेमबियाः जक विकास मजूगु थें च्वं । बहुदल वल, यम्हेस्या यगु च्वये दत, तर थौं च्वयाः पिदंगु अधिकांश सफूया बछि बछि धयायें च्वमिया दराजय् धू नयाच्वन । नेपाल संवत्यात राष्ट्रिय संवत् माल धकाः झी लगभग बासःदँ तक बसन्तपू थ्वयेका तर राष्ट्रिय संवत् जुल नं झीत विक्रम संवत् मदयेकं मगाः । झीगु सरकारी मान्यताया भाय् जुइमाल धकाः धयाजुया, येँ महानगरपालिकां लागु यातं मुद्दा तयाः यायेमदु धकाः सर्वोच्च अदालतं निर्णय याःबलय् झीसं हाकुन्हि धया, संघर्ष समिति दयेका, तर थौं व अधिकार बिलं नं निवेदन छगू च्वइपिं माले माः । छु झीगु आन्दोलन धइगु सरकारयात जिपिं दु धकाः क्यनेगु त्वह जक ला?

सन्तुष्टी प्रगतिया अवरोध खः धाइ, तर मेगु माल धकाः असन्तुष्टी जक प्वंकाः ल्हातिइ लाःगु उपलब्धियात उपयोग मयायेगु जूसा झीगु आन्दोलन नं छगू मनोरोग हे जक जुइला धइगु ग्याःचिकु ब्वलनेगु अवस्था दु । थुकिइ बाफुति हे शंका मदु कि झीगु भाय्या मौलिक ऐतिहासिक व गौरवं जाःगु नां नेपालभाषा हे खः । थ्व भासं सफू च्वयेगु ज्या जूगु ईनिसें थ्व भाय्या नां नेपालभाषा हे खः धकाः झीसं ब्वनावयाच्वनागु हे खः । अले झीसं सिउ कि थ्व भाय्यात झीसं सिइकं मसिइकं नेवारी धकाः धाःगु खः । थ्व अपमानबोधक खः, थ्व झीत यः मजू ।

तर खँ थुलि हे जक धाःसा मखु । नेपालभाषा धकाः झीगु भाय्यात नां बिउगु खुसः दँलिपाया यथार्थ थौं थ्व नां नेपालभाषां च्वइपिं छथ्वः च्वमिपिं, थ्व हे भासं च्वइपिं पत्रकार अले भाषिक अधिकार माल धकाः अभियान न्ह्याकाच्वंपिनिगु लागि यःगु नां खः । गथे झीगु जाति समुदाय वा राष्ट्रयात न्हापा ङेपार धाइगु धकाः झीसं गर्व याना, अथे हे नेवाःतय्गु सवालय् उमिगु भाय्या आलंकारिक आर्काइक नां छगू दु, व नेपालभाषा खः । तर थौं उमिसं यानाच्वंगु संचार व सम्बादया माध्यमया नां मेगु दु — झीसं थःगु छेँय् थःथिति व पासापिंलिसे छ्यलेगु भाय् नेवाः भाय् खः । जितः जिमि मामं नेवाः भाय् स्यन, जिं जिमि मस्तय्त नेवाः भाय् हे स्यना । नेपालभाषायात सरकारी मान्यता बिइमाः धकाः भासन याइपिं नेतातय्सं नं मञ्चय् दनाः भासन याइबलय् नेवाः भासं हे भासन याइगु खः ।

ई परिवर्तनशिल खः, थ्व झीसं स्वीकार याना । थौंया यथार्थ थ्व हे खः कि नेवारी धइगु नां नेवाः ख्यलय् अले राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्यलय् न्यनेधुंकल । आः जिं थन झीसं, नेवाःतय्गु भाय् इत्यादिया अध्ययन याःपिं विदेशीतय्सं व झी दुने हे झीगु भाय् व संस्कृतियात अन्तर्राष्ट्रिय ख्यलय् म्हसिका बिउपिं विद्वानपिन्सं गबलय्निसें गन गन नेवारी छ्यलय धइगु फेहरिस्त बिइत्यनागु मदु । नेसं ७३७या नरपति जयचर्या स्वरोदयया खँ नं पितमहये । थथे यात धाःसा जितः नेवार वा नेवारी पक्षधर धकाः लाञ्छना वइ, जि अथे नं मखु । झीत नेवार धाये म्वाः नेवाः खः, अले उकिया विशेषणय् इकार तयेम्वाः धाइम्ह जि नं खः । खः, झी मध्ये गुलिसित नेवारी धाइगु मयः । थ्व झीत अपमानबोधक ताः, उकिं जुइ आवंलि नेवारी मधाये नेपालभाषा धाये धकाः सरकारी स्तरं निर्णय याका, राससं समाचार नं पिथन । तर भाषा वैज्ञानिकपिनिगु चस्मां स्वयेबलय् झीगु भाय् नेपालभाषा जुल ला? गुगलय् नेवारी टाइप यानाः मालास्वल धाःसा झीगु ख्वाःपाः यच्चुक सिइदइ ।

थौं नेवाःतय्गु दक्वं विशेषण नेवारी जुयाबिउगु दु । थौं कन्हय् त्वालय् त्वालय् नेवारी खाजा घर दु, न्हूँदँ बलय् व मेमेगु जात्रापात्रां नेवाः मस्तय्सं नेवारी ड्रेस पुनाः वइ । अथे हे थौंकन्हय् झी यक्व मस्तय्सं थू तर लिसः बिइमसःगु भाय्या नां नं नेवारी खः । अथे हे झी हे नेपालभाषा धाइगु यःपिं साहित्यकारपिन्सं तकं सरकारी ज्याखँय् छ्यले मालकि नेवारी धकाः धयावःगु नं लुइके थाकु मजू । अले मेगु छता खँ, नेवाःतय्सं स्वनिगलय् जक नेवाः भाय् ल्हाइगु मखु, स्वनिगलय् पिने च्वंपिन्सं नं उतिकं हे ल्हानाच्वंगु दु, छगःनिगः न्वसः पाइगु धइगु स्वभाविक खः । उमिसं अन थम्हं ल्हाइगु भाय्यात फुइँयानाः नेवारी धयाच्वंगु दु । उखे स्व थुखे स्व थःगु ख्वा थम्हं स्व धाइ ।

खः झीसं नेपालभाषा धइगु खँ ग्वःया लबिङ यानाच्वनागु खः । तर इलय् ब्यलय् फुर्सदय् पेपर च्वयेबलय् अले सफू च्वयबलय् उकिइ नेपालभाषा सफू धकाः जक उल्लेख यायेगुयात आन्दोलन यानाच्वना धाल धाःसा आन्दोलन शब्दया अपमान याःगु जुइ । थज्याःगु नवाबी ज्याखँयात आन्दोलन धाइमखु । उकिं बःचा हाकलं धायेगु खःसा झीगु भाय्या आर्काइक नां नेपालभाषा खः, झीगु समाजय् थुकियात बोलिचालिं नेवाः भाय् धयाच्वना अले झीगु चिकीचाधंगु चाकलं पिने हा कायेधुंकूगु थुकिया नां नेवारी खः । थुगु अवस्थाय् झीसं तरकारीइ गोबर मिसेयानाः हे नयाच्वनागु खः धकाः धायेत मछालेम्वाः ।

आः गुगल ट्रान्सलेटय् वये । थुकिइ दुथ्याःगु भाय्–धलखय् गुलिखे भाय्त दु गुकिया निगु नां दु । अथे हे नेपालभाषाया लिसे कोष्ठय् नेवारी तयाबिल धाःसा व अपराध थें मताः । उमि प्राविधिक समस्या वल धइगु न्यना । अथेसां लसता थुकिइ काये कि झीगु सरकारं, झीगु देसय् च्वंपिं मेमेगु समुदायया मनूतय्सं अले झी औसत नेवाःत हे नं झीगु भाय्यात नेपालभाषा धायेत तयार मदु तर समुद्रपारया आधिकारिक संस्थां झीगु भाय्यात नेपालभाषा धयाबिल ।

गर्वया खँ तायेका कि जि स्वय्म नं डब्लुएनओ नेपाल च्याप्टरय् दुने च्वनाः अनुवादया छुं भचा ज्या याना । सहलह यायेगु, थःगु खँ याकां त्वतेगु, असहति प्वंकेगु, लिपा का म्वाल धकाः सुम्क च्वनेगु तःहाकःगु सिलसिला दु । थ्व गुगलय् झीगु भाय्या धुकू अथें तयार जूगु मखु । व हे ल्याखं नं थुलि तक ऐतिहासिक उपलब्धियात म्हो तायेकेगु मूर्खता हे जुइ । अथे जुइकं नं छथ्वः थःगु मांभाय्यात तसकं मतिना याइपिं भाषिक कार्यकर्ता व अभियन्तातय्सं सामाजिक सञ्जालय् विरोधया सः थ्वयेकूगु दु, थुलि जूगु ज्यायात धुलय् ल्वाकछ्याःगु तायेकूगु दु, नेवारी धकाः स्वीकृति बिउपिन्त गद्दार धाःगु दु अले थथे नेवारी धाये मजिउ धकाः पेटिशन तयार याःगु दु । आशा याये, आइएसओ नं स्वीकार याइजुइ । झीगु भाय्या नामय् कोष्ठ दुने च्वंगु नेवारी लिकाइ जुइ । अले छु जुइ, झीगु भाय्या नां नेवारी मजुइ ला? झीगु भाय्यात झी सकसियां नेपालभाषा धाइ ला??

लहना वाःपतिइ पिदंगु 20240709 https://www.lahananews.com/node/16302

Thursday, July 4, 2024

जर्मनीमा बुद्ध धर्म


 राजेन मानन्धर

Thursday, June 27, 2024

बुद्ध धर्मको एक ऐतिहासिक केन्द्र मथुरा


 

राजेन मानन्धर

अहिलेको भारतमा मथुरा एक शहर हो जुन उत्तर प्रदेश राज्यको मथुरा जिल्ला अन्तर्गत पर्दछ । यो देशको राजधानी नयाँ दिल्लीको लगभग १४० किलोमिटर दक्षिण–दक्षिण पूर्वमा प्रख्यात यमुना नदीको किनारमा अवस्थित छ । यो शहरलाई भारतका सात प्रमुख धार्मिक शहर मध्ये एक मानिन्छ । यो बौद्ध, जैन तथा हिन्दुहरुको लागि उतिकै पवित्र शहर हो ।

यो बुद्धको जीवन कालमा ठुलो नगर थियो भन्ने कुरा ग्रन्थहरुमा पाइन्छ । अहिलेको भारतवर्ष १६ वटा जनपदहरुमा विभाजित हुँदा यो शुरसेन राज्यको राजधानी थियो । यहाँ भगवान बुद्ध आउनुभएको थियो र त्यसै अनुसार यहाँ बुद्ध धर्मको विकास पनि बुद्धकालमै भयो । बुद्ध कालमा यहाँ बुद्ध धर्म र जैन धर्मको प्रधानता थियो भने पछि बिस्तारै हिन्दु धर्मको प्रभाव बढ्दै गयो ।

खासमा भगवान बुद्धले यो ठाउँमा केही अवगुण देख्नुभएको थियो र यो ठाउँलाई रुचाउनु भएको थिएन भनेर ग्रन्थहरुमा लेखिएको पाइन्छ । उहाँको परिनिर्वाण पछि यहाँ बुद्ध फैलाउने काममा बुद्ध भन्दा केही काल पछिका भिक्षु सन्यासी उपगुप्तको ठुलो योगदान थियो भनिन्छ । अनि उहाँ पछि यहाँ बुद्ध धर्मको यति विकास भयो कि विश्वकै बुद्ध धर्मको कुरा गर्दा यहाँको कुरा उल्लेख हुन्छ । कालान्तरमा यो बौद्ध, जैन तथा हिन्दुहरुको पनि महत्वपूर्ण तीर्थस्थल बन्यो । अशोक कालमा यहाँ बुद्ध धर्मको विकास भएको भएपनि नभएपनि कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा यो बुद्धधर्मको केन्द्रको रुपमा विकास भएको मानिन्छ । यस लेखमा मथुराको बौद्ध इतिहास तथा कला संस्कृतिको विशेष चर्चा गरिनेछ ।


सम्राट अशोकको कालमा बुद्ध धर्म

सम्राट अशोक मौर्य साम्राज्यका शासक थिए । उनले इशापूर्व २६८ देखि २३२सम्म शासन गरे । उनको राज्य कालमा मथुरा मौर्य साम्राज्य भित्र पथ्र्यो । हिमालयदेखि स्वर्णभूमिसम्म सम्राट अशोकले आफ्ना धर्मदूतहरु पठाएर बुद्ध धर्मको प्रचार गरे भनेर बौद्ध साहित्यमा पाइन्छ ।

सम्राट अशोकले युद्धबाट विरक्त भएर बुद्ध धर्म अँगालेको तथा लुम्बिनी लगायतका महत्वपूर्ण बौद्ध तीर्थस्थलहरुमा आफै भ्रमण गरको तथा आफ्नो साम्राज्य भित्र सम्भव भएको ठाउँमा आफैले बोकाएर लगेका प्रस्तर स्तम्भहरु राख्न लगाएको, स्तुपा बनाउन लगाएको र ढुँगामा आफ्नो सन्देश लेख्न लगाएको पनि हामीलाई थाहा छ । उनका धर्म प्रचारले यहाँ बुद्ध धर्मको विकास हुन सहयोग गरे होलान् भनेर अनुमान गर्न सकिन्छ । यहाँ भएका तीनवटा स्तुपलाई अशोकले बनाउन लगाएको भन्ने दावी पनि गरिएको छ । तर अशोक मथुरा गएको भन्ने कुनै ठोस प्रमाण भने पाइँदैन । त्यस्तै किसिमले उनले भारतवर्ष भरी नै आफ्ना दूतहरु पठाएर बुद्ध धर्म प्रचार गरेको इतिहास त पाइन्छ । तर उनले आफ्ना दुतहरुलाई मथुरा नै पठाएको भन्ने उल्लेख भएको पनि देखिँदैन ।


सम्राट कनिष्कको कालमा बुद्ध धर्म

बुद्ध धर्मको इतिहासको कुरा गर्दा अर्को स्मरणीय शासक कुषाण वंशका सम्राट कनिष्क हुन् । उनले लगभग इस्वी १२७देखि १५०सम्म शासन गरे । उनको साम्राज्य अहिलेको उज्बेकिस्तानदेखि काश्मिर हुँदै मथुरासम्म फैलिएको थियो । उनले पुरुषपुर (पेशावर) तथा मथुरालाई राजधानी गरेर शासन गरे । मथुरालाई उनले कुषाण वंशको केन्द्रको रूपमा विकसित गरे । अन्य राज्यहरुको तुलनामा मथुरालाई कला र संस्कृतिमा सम्पन्न राज्यको रुपमा मानिन्थ्यो ।


इस्वीको पहिलो वा दोश्रो शताब्दी तिर मथुरामा बौद्ध कलाको आफ्नै शैलीको विकास भयो । भगवान बुद्धको मूर्ति यहाँ विशेष किसिमले बन्न थाले । यहाँ यस प्रकार ठुलो संख्यामा बुद्ध मूर्ति वा बुद्धधर्मसँग सम्बन्धित कलाकृति पाउनाले यस बेला यहाँ बुद्ध धर्मको निकै विकास भइसकेको पुष्टी गर्छ । मथुरा कलाको तल छुट्टै चर्चा गरिनेछ ।

सर्वास्तिवादले सम्राट कनिष्कको समयमा ठुलो विकास गरे । राजसी संरक्षकत्वले त्यहाँको यस धार्मिक समुदायमो ठुलो आत्मबल पुगेको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो ।

उनी आफै बौद्ध थिए वा थिएनन् भन्ने विषयमा विवाद छ । तर उनले भारतवर्षमै बुद्ध धर्मको विकासको लागि दिएको संरक्षकत्व भारतको इतिहासमा नै सादा स्मरणीय रहन्छ । उनको समयमा उनको साम्राज्यभर बुद्ध धर्मको प्रचार भयो, बौद्ध कलाको विकास भयो, रेशम मार्गको बाटो भएर बुद्ध धर्म चीनसम्म फैलेर गयो ।


मथुरा बौद्ध कला

मथुराको बुद्ध धर्मको कुरा गर्दा यहाँको कलाको बारेमा अलि विस्तृत छलफल गर्नुपर्ने हुन्छ । यसभन्दा अगाडि बुद्ध मूर्तिको बारेमा छोटो चर्चा गर्न चाहन्छु ।

बुद्धको जीवनकालमा नै बुद्धको प्रतीमा बनाएको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । तर बुद्धको परिनिर्वाण पछि भने मानिसहरुले बुद्धकै मानव स्वरुपको प्रतिमूर्ति बनाएर पूजा गर्न चाहेनन्, बरु चैत्यमा बुद्धरुप देखेर त्यसलाई पूजा गरे बसे । बुद्धको परिनिर्वाण पछिको लगभग २ सय वर्षपछि बुद्ध धर्मको अद्भुत प्रचार प्रसार गर्ने र यसका लागि ८४ हजार चैत्य बनाउने सम्राट अशोकले पनि बुद्धको मानिस जस्तो प्रतिमा बनाएर प्रचार गर्नमा रुचि राखेन ।

बौद्धहरु तथा कला इतिहासकारहरुमा बुद्ध मूर्तिको निर्माण तथा विकासको बारेमा महत्वपूर्ण बहस भइरहन्छ — बुद्धको मूर्ति पहिलो पटक कसले, कहाँ, कहिले र किन बन्यो होला भन्ने । संक्षेपमा भन्नु पर्दा बुद्धको परिनिर्वाणको करिब ४०० वर्ष सम्म उहाँका अनुयायीहरुले बुद्धको मानव आकृतिसहितको बुद्धको प्रतिमा बनाउन चाहेनन् वा सकेनन् । बरु विभिन्न प्रतिकहरुमा उहाँलाई पुजा गरिरहे ।

संक्षेपमा रूपमा भन्नुपर्दा, बुद्धको मूर्ति सबैभन्दा पहिले कुषाण कालमा देखिए । इस्वीको पहिलो शताब्दीतिर कुषाण साम्रज्य भित्र पर्ने दुई एकदम टाढा रहेका ठाउँहरुमा बुद्धका मूर्तिहरु बने, ती हुन् — हालको पाकिस्तान र अफगानिस्तानमा पर्ने गान्धार क्षेत्र र हालको दिल्ली नजिक पर्ने मथुरा क्षेत्र । कनिष्कको राज्यारोहण पछि मथुरा सम्भवतः ईसापूर्व १३० वा १४० तिर अकस्मात् अति उच्चकोटीको बौद्ध कलाको विकास भयो । यसले अझै संसारका कला विशेषज्ञ वा समालोचकहरुलाई आश्चर्यमा पारिराखेको छ । तैपनि यी दुई क्षेत्रका बुद्ध मूर्तिहरुमा मुख्यरुपमा एउटा अन्तर पाइन्छ — गन्धारको बुद्ध मूर्तिमा पश्चिमी अथवा वा ग्रीको–रोमन कलाको प्रभाव देखिन्छ भने मथुराको बुद्ध मूर्तिको कला शैली मौलिक भारतीय छ । यो कलाको प्रभाव यहाँ १२औं शताब्दीसम्म रह्यो । भारतमा एक हजार वर्षसम्म एउटै कलाको प्रभाव यसरी रहिरहेको उदाहरण पाउन कठिन छ ।

मथुरा कला भनेको बौद्ध कला मात्र त होइन तर संसार भरी यो बुद्धको मूर्तिका लागि प्रसिद्ध छ । यसबेला यहाँ जति बुद्ध मूर्ति यति थोरै समयमा यति धेरै संख्यामा त संसारमै कतै बनाएनन् कि भनेर समेत अनुमान गरिन्छ । यसबेला बनेका बुद्ध मूर्तिहरुमो अनुहारमा निर्मलता र करुणाको असाधारण भावना अभिव्यक्त भएकमा छन् भनेर कला समीक्षकहरुले भनेका छन् । यसबाहेक यस बेलामा यस शैली अन्तर्गत यक्ष र यक्षिनीहरुका आकृतिहरू पनि कुँदिएका छन् । तिनीहरु पौराणिक प्राणीहरू तथा आधा देवता सरह पनि मानिन्छन् । यसबाहेक जति पनि मथुरा कला अन्तर्गतका मूर्तिहरु भेटिएका छन्, तिनीहरु सबै नै जटिल र पूर्ण मानिने गरी कुँदिएको कारणले पनि सबै तिर परिचित छन् । ती कलाकृतिहरुमा बुद्ध, देवताहरु र उपासक उपासिकाहरुका साथै रुखहरु, फूलहरू तथा अन्य प्राकृतिक सौन्दर्यका वस्तुहरु चित्रण गरिएका हुन्छन् । यहाँका कलाकारहरुले विशेष खालको रातो बलौटे ढुङ्गाको प्रयोग गरेका छन् । यही रातो बालौटे ढुङ्गाको प्रयोगको कारणले पनि मथुरा कला प्रख्यात छ । यो ढुंगा जुन नजिकैको सिक्री खानीबाट ल्याइएको थियो । हुन त गन्धार र मथुरा अलग अलग कलाका शैलीहरु हुन् । तर पनि मथुराको कलामा पनि गन्धारमा जस्तै शास्त्रीय ग्रीक र रोमन शैलीहरूको प्रयोग केही हदसम्म भएको पाइन्छ । समग्रमा भन्दा मथुरा कलाले सम्पूर्ण भारतीय कला वास्तुकलाको विकासलाई मदत गरेको छ र यसले विश्वमा नै भारतीय कलाको छविलाई माथि उठाइदिएको छ ।

इस्वीको दोश्रो र तेश्रो शताब्दीतिर यो क्षेत्र सर्वास्तिवाद निकायको अध्यध्यन केन्द्रको रुपमा पनि विकास भयो । सम्राट कनिष्कको संरक्षकत्वमा यहाँ यस धार्मिक निकायले निकै विकास गर्न पाएको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो । सर्वास्तिवाद भित्रका दुइ प्रमुख निकायहरु थिए — सौतान्त्रिक र वैभाषिक । तिनीहरु मध्ये सैतान्त्रिकलाई मथुरामा विकास भएको अनि वैभाषिकलाई काश्मिरमा विकास भएको भन्ने गरिन्छ ।

मथुरामा चौथो शताब्दीेदेखि छैठौं शताब्दीको समय भनेको गुप्तहरुको राज्य काल थियो । उनीहरुले त्यसबेला बौद्ध तथा हिन्दुहरुलाई लगभग समान रुपले संरक्षकत्व प्रदान गरे । यस बेलासम्म यहाँ बुद्ध धर्मले विकास गरिरहेको पाइन्छ ।


फाहियानको वर्णनमा मथुरा

इस्वीको ४०० तिर चीनियाँ बौद्ध भिक्षु यात्री फाहियान (Faxian, Fa-hien, Fa-hsien) भारतको विभिन्न बौद्ध स्थलहरुको भ्रमण गर्दै मथुरा पुगेका थिए । उनले त्यहाँ बस्दा देखेका, भोगेका कुराहरुलाई आफ्नो यात्रा वृतान्तमा समावेश गरेका थिए । यसैको आधारमा हामी मथुरा ५औं शताब्दीमा उन्नत बौद्ध नगरको रुपमा विकास भइरहेको थियो भनेर दावी गर्न सक्छौं ।

भिक्षु फहियानले यस सहरलाई बुद्ध धर्मको केन्द्रको रूपमा देखे । उनले मथुरा पुगेर यमुना नदीको किनारमा रहेका २० वटा विहारहरु भ्रमण गरेका थिए । उनले यहाँ विहारमा जाँदा खाने–बस्ने सुविधा सहितको आतिथ्य पाएका थिए । यहाँ धेरैवटा विहारहरु थिए जसमा बौद्ध भिक्षुहरु बस्थे । यो बौद्ध केन्द्रको रुपमा विकास भइरहेको नगर थियो, जहाँ चारै तिर बौद्ध मूर्तिहरु र स्तुपहरु स्थापना गरिएका थिए । उनका अनुसार यहाँका मानिसहरू सज्जन थिए, प्राणी हिंसा गर्दैनथे, मद्यपान गर्दैनथे र लसुन प्याज पनि खाँदैनथे । यहाँको शासन व्यवस्था पनि राम्रो थियो । यसरी हेर्दा फाहियानको समयमा मथुरा विकास भइरहेको बौद्ध नगर जस्तो देखिन्छ । यसबेला यहाँ अन्य धर्मको पनि उपस्थिति त थियो होला तर एक जना बौद्ध भिक्षुले यसाई समुन्नत बौद्ध नगरको रुपमा देखे ।

छैठौं शताब्दी, अर्थात् गुप्त कालको अन्तको समयमा केही परिवर्तनहरु देखिए । यसैबेला हो यहाँको बुद्ध धर्मले अवनितिको मार्ग रोजेको । गुप्त कालको अन्तसम्म यहाँ बुद्ध धर्म ओरालो लागेको देखिन्छ ।


हुयन त्साङको वर्णनमा मथुरा

फाहियानको मथुरा भ्रमण भन्दा २०० वर्ष पछाडि अर्का प्रख्यात चीनियाँ यात्री हुयेन त्साङ ( अथवा शुआनजाङ Xuanzang)ले पनि मथुरा भ्रमण गरेका थिए । उनी पनि भारतका विभिन्न महत्वपूर्ण बौद्धहरुको केन्द्रको भ्रमण गर्ने सिलसिलामा मथुरा पुगेका थिए । आफ्नो भ्रमणको क्रममा उनले मथुरालाई उब्जाउ र गरम हावापानी भएको स्थान भनेका छन् ।


उनले इस्वी ६३४तिर मथुरा भ्रमण गरे । यहाँ उनका अनुसार २० वटा ठुला बौद्ध विहारहरु थिए र करिब २ हजार बौद्ध भिक्षुहरु थिए । ती भिक्षुहरु माहायान तथा हीनयान दुबै अभ्यास गर्थे । आफ्नो वर्णनमा उनले यहाँ तीन स्तूपहरूको वर्णन गरेर भनेका थिए कि ती स्तुपहरु राजा अशोकलाई निर्माण गरेका थिए (तर अहिलेसम्म भएका अनुसन्धानले त्यहाँ भेटिएकाहरु अशोकले नै बनाएका थिए भनेर प्रमाणित छैनन्) । साथै त्यहाँ उनले सारिपुत्र र आनन्द जस्ता प्रसिद्ध बौद्ध व्यक्तित्वहरूलाई समर्पित स्तूपहरू देखेको पनि उल्लेख गरेका थिए । त्यसबेला यहाँ बौद्ध धर्मका साथै हिन्दु धर्मको पनि विकास भएको थियो । उनले त्यहाँ पाँचवटा मन्दिरहरू देखेका थिए, जुन सम्भवतः हिन्दू देवताहरूलाई समर्पित गरिएका थिए । उनले यहाँ गोविन्द विहार, स्थानेश्वर क्षेत्र तथा परियत्र क्षेत्रको भ्रमण गरेका थिए ।

तथापि, अहिले केही विद्वानहरुले हुयेन त्साङले साँच्चै मथुरा भ्रमण गरेकै थिए कि अरुले भनेको सुनेको आधारमा लेखेका थिए भनेर बहस गर्दैछन् ।


बुद्ध धर्मको पतन

उता छैठौं शताब्दीका यात्री हुयेन त्साङले मथुरामा बुद्ध धर्मको विकास नै भइरहेको देखे भने यता यसैबेला देखि यहाँ बौद्ध धर्मको पतन हुन थाल्यो भन्ने पनि देखिन्छ । यसैबेला यहाँका विहारहरुमा संरक्षकको अभाव भएको भन्ने अन्दाज गर्ने ठाउँहरु छन् । संक्षेपमा भन्नु पर्दा गुप्त कालको अन्तको समयमा अर्थात् छैठौं शताब्दीमा यहाँ बुद्ध धर्मको पतन शुरु भयो । हुयेन त्साङकै वर्णन अनुसार पनि यहाँको बुद्ध धर्मको अवस्था त्यति उन्नत देखिँदैन ।

त्यसकारण यहाँको ७०० वर्ष पुरानो बुद्ध धर्मको इतिहासमा भएका, यहाँको विकासको प्रमाण स्वरुप भेटिएका अवशेषहरु अहिले मथुरा, कलकत्ता र लखनऊका संग्रहालयहरूमा राखिएका छन् ।

भारतका अन्य क्षेत्रमा जस्तै यहाँ पनि बुद्ध धर्म सातौं शताब्दीतिरबाट लोप हुँदै १२औं शताब्दीको बिचमा यहाँबाट हराएर गएको देखिन्छ । यहाँ बुद्ध धर्म कसरी लोप भयो भन्ने बारेमा अनेक अडकलबाजी र विश्लेषण गरिन्छ । संक्षेपमा भन्नुपर्दा यहाँ पनि बौद्धहरुको धर्मबाट भएको विचलन, आफ्नो धर्ममा हिन्दु वा तन्त्र सँगको घुलमिल, वैदिक धर्मीहरुको अभियानका कारण यहाँ बुद्ध धर्म विलय हुँदै गयो भन्न सकिन्छ ।


रहस्यको अवधि

अचम्मको कुरा यो पनि हो कि मथुराको इतिहासको कुरा गदौ ईस्वी ७०० र १०८०को बीचको अवधिको बारेमा धेरै अध्ययन भएको छैन र जानकारी पनि छैन । माथि उल्लेख भइसक्यो कि मथुरा इस्वीको पहिलो शताब्दीमा नै सभ्यताको केन्द्र बनिसक्यो, अनि दोश्रो शताब्दीदेखि यहाँको सभ्यताको उचाइले आकास छोइसक्यो, पाँचौं देखि सातौं यहाँको सभ्यताको चर्चा चीनियाँ यात्रीहरुले समेत गरे । तर त्यसपछि यहाँ के भयो, कसको शासन भयो कसले यहाँको उचाइमा पुगिसकेको बौद्ध सभ्यतालाई नाश गर्यो भनेर इतिहासकारहरु बताउँदैनन् । आठौं शताब्दीमा यहाँ गुरजारा प्रतिहार वंशले शासन गरेको भन्ने उल्लेख छ तर त्यसको बारेमा खासै केही लेखिएको पाइँदैन । झन् यसबेलाको बुद्ध धर्मको अवस्था त रहस्य भित्र लुकेको छ ।

अनि भारतीय इतिहासकारहरु ११औं शताब्दीमा मुस्लिमहरुले यहाँ आक्रमण गरेको चर्चा भने तहाँतहीँ विस्तृत रुपमा गर्छन् । भारतका विभिन्न राज्यहरुको बुद्ध धर्मको इतिहास हेर्दा लगभग सबै ठाउँमा एउटा यस्तो समयावधि आउँछ जसका बारेमा इतिहासकारहरु मौन छन् । यो रहस्य खुल्न निकै धेरै वर्ष लाग्ने देखिन्छ ।


मथुरामा मुस्लिम आक्रमण

११औं शताब्दीमा मुस्लिमहरुले उत्तर भारतको अधिकांश क्षेत्र कब्जा गरे । यही क्रममा महमुद गजनीले १०८० मा मथुरामा आक्रमण गरे । उनले मन्दिरहरुमा देवताहरूको सबै धन, भेटी, गहना, हीरा, सुन र चाँदी लुटे । त्यसपछि उनले मन्दिरहरू भत्काए । उनका सैनिकले २० दिन लगाएर जति सक्यो सबै लुटे अनि उनले ५ हजार कैदी र तीन करोड रुपैयाँ लिएर गए भन्ने पनि उक्ति छ । औरंगजेब (सन् १६५८–१७०७) पनि मथुरा पुगे तर उनले त्यहाँ आक्रमण गरेको भन्ने पुष्टी छैन । कोही कोही उनले यहाँका केही हिन्दु मन्दिर उनैले नाश गरेका थिए भनेर पनि भन्छन् । फेरि सन् १७५७मा अहमद शाह दुरानीले पनि मथुरामा आक्रमण गरेका थिए ।

यहाँ यो कुरा उल्लेखनीय छ कि मुस्लिम आक्रमणले हिन्दु मन्दिर नष्ट गरिए भनिएको छ तर त्यसबेलासम्म त्यहाँ भएका त्यति धेरै बौद्ध विहारहरु, मन्दिरहरु तथा बौद्ध मूर्तिहरु कहाँ गए वा कसले नष्ट गरे वा जमिन मुनि दबाए भन्ने प्रश्नको जवाफ इतिहासकारहरुले दिएका छैनन् । यी कुराहरुले गर्दा मथुरामा मुस्लिम आक्रमणहरु हुनुभन्दा पहिले नै यहाँका बौद्ध स्मारक वा सम्पदामा कसैले नाश गरिसकेको, बौद्धहरुको विनाश गरिसकेको हो कि भन्ने शंका गर्ने ठाउँ भेटिन्छ । तर त्यहाँ कसरी कति क्षति पुर्यायो भन्ने विवरण पनि इतिहासमा पाइँदैन ।

मथुरामा पुरातात्विक उत्खनन् र परिणाम

पहिले मथुरामा जस्तोसुकै सम्बृद्ध बौद्ध कला र समाज थियो भने तापनि अहिले त्यहाँ जीवन्त बौद्ध कला, संस्कृति र धर्म अभ्यासीहरु छैनन् । त्यसैले यहाँको बुद्ध धर्मको इतिहास जान्नको लागि यहाँ भएका पुरातात्विक उत्खनन् र त्यसबाट निस्केका परिणामहरुमा भर भर्नुपर्छ ।

मथुरामा सबैभन्दा पहिले पुरातात्विक उत्खनन् एलेक्जेन्डर कनिङघमको नेतृत्वमा सन् १८७१मा भएको थियो । उनले त्यहाँ कन्काली डाँडामा उत्खनन् गरको थिए । त्यसपछि पनि यहाँ विभिन्न ठाउँमा पटक पटक उत्खनन्हरु भइरहे । पछि सन् १९७५मा आर्कियोलोजिकल सर्भे अफ इण्डियाका पर्व महानिर्देशक एमसी जोशीको नेतृत्वमा उत्खनन् हुँदा यहाँ इसापूर्व दोश्रो शताब्दीसम्मका अवशेषहरु पाइएका थिए । यहाँ उत्खनन् हुँदा बौद्ध स्तुपहरु, अस्थिधातुहरु तथा अभिलेख पाइएका थिए ।

यहाँको गोकर्णेश्वर डाँडामा बौद्ध मूर्ति पाइएका छन् । त्यस्तै तैयापुर, कोटा, नरहौली नजिक, गणेश डाँडा, सतोहा, गायत्री डाँडा, चौबारा ढिस्को, भुतेश्वर कंकाली क्षेत्र, चौरासी ढिस्को, गिरधरपुर ढिस्को, मथुरा जक्सन क्षेत्र, गणेश्रा, माहोली, सलेमपुर गाउँ, पाली खेरा, मनसा डाँडा आदि ठाउँमा बौद्ध पुरातात्विक सम्पदाका अवशेषहरु पाइएका छन् । मथुरा सयौंका संख्यामा विहारहरु भएतापनि अहिले तिनीहरुको अवशेष अझै जमिन मुनि नै छन् । तिनीहरुमा जति उत्खनन् गरिए, त्यहाँबाट उत्कृष्ट कलाका नमुनाहरु झिकेर संग्रहालय पुर्याइए तर ती विहारहरुको वृहंगम संरचना र वास्तुकलाका विशेषताहरुमाथि अध्ययन खासै गरिएननन् ।

अहिले मथु्रामा उनन्नत क्रियाशिल बौद्ध समाज छैन, त्यसकारण यहाँ विभिन्न समयमा पाइएका यस्ता अवशेषहरु यहाँ सुरक्षित नहुने भएकोले ती मध्ये कति लखनउ राज्य संग्रहालय, कलकत्ता संग्रहालय तथा मथुरा संग्रहालयमा सुरक्षित संग प्रदर्शनमा राखिएका छन् । अहिले त्यहाँका बौद्ध सम्पदालाई भारत तथा विदेशमा पुरातत्वविद एवं बौद्ध विद्वानहरुले सम्मानको दृष्टीले हेर्ने गरेका छन् ।

यहाँ यो कुरा पनि उल्लेखनीय हुन्छ कि अहिले भारत सरकारले मथुरालाई कृष्णको जन्मभूमि भनेर जतिसुकै प्रचार गरेतापनि यहाँका पुरातात्विक उत्खखन्मा बुद्ध मूर्तिहरु र बौद्ध कलाकृतिहरु नै भेटिएका छन् र कृष्णको जन्मसँग सम्बन्धित भनेर देखाउन मिल्ने अवशेषहरु छैन नै भनेपनि हुन्छ वा नगन्य छन् । अर्कोतिर सरकार आफै मथुरालाई कृष्ण जन्मभूमि भनेर मात्र प्रचार गरिरहँदा यहाँका अमुल््य बौद्ध सम्पदा ओझलमा पर्नु पनि स्वभाविक हो ।


मथुरा कला संग्रहालय

माथि भनिएझैं मथुरामा दुइ हजार वर्ष पुरानो बुद्ध धर्मको इतिहास छ । तर त्यहाँ उत्खनन् गदा भेटिएका अमुल्य ऐतिहासिक बुद्ध मूर्ति तथा बौद्ध कला सामाग्रीहरु जहाँको तहीँ संरक्षण गरेर नराखी त्यहाँको सरकारी मथुरा संग्रहालयमा राखिएका छन् ।

मथुरामा उत्खनन् गर्दा अमूल्य पुरातात्विक अवशेषहरु भेटिएपछि सन् १८७४मा ब्रिटिश कलेक्टर एफएस ग्राउनले जमलपुरमा यस संग्रहालयको स्थापना गरका थिए । सन् १९९३मा यसलाई डाम्पियर नगरमा सारिएको थियो ।

यहाँको संग्रहालयमा यहाँ भेटिएका सुन, चाँदी, तामाका बस्तुहरु, चित्रकलाहरु, माटोका सामाग्रीहरु प्रदर्शनका लागि राखिएका छन् जुन इशापूर्वदेखि तेश्रो शताब्दीेदेखि १२औं शताब्दी वा त्योभन्दा पछिका पनि छन् । यहाँ ६ हजार मूर्तिहरु, २५हजार सिक्काहरु, ३ हजार टेराकोटा मूर्तिहरु, ३५० धातुमूर्तिहरु आदि संकलित छन् । त्यसमध्ये धेरै बुद्ध धर्मसँग सम्बन्धित छन् । तर यहाँ पाइएका अधिकांश बुद्ध मूर्तिहरुको अवस्था हेर्दा कतिपयको टाउको मात्र छ भने अरु मूर्तिहरु नाक, टाउको वा हातहरु भाँचिएको अवस्थामा छन् ।

यहाँ संग्रहित केही महत्वपूर्ण बुद्ध अथवा बोधिसत्वका प्रतिमाहरु यस प्रकार छन् ।

१) कुषाण कालीन विशाल बोधिसत्व : मथुराको महोली गाउँमा भेटिएको यो बोधिसत्वको उचाइ ७फीट ९ इन्च छ । आँखा आधा खुलेको र कुण्डल लगाएको यस बोधिसत्वको टाउको मुडिएको छ । यसको दायाँ हात भाँचिएको अवस्थामा छ ।

२) अभय मुद्रामा बुद्ध : मथुराको कटराबाट ल्याइएको यस बुद्ध यहाँ सबैभन्दा बढी प्रख्यात छ । यसको उचाइ २ फिट ३ इन्च छ । यसमा बुद्ध पिपलको रुख मुनि सिंहासनमा पद्मासन मुद्रामा तथा दायाँ हातले वरदा मुद्रा लिइरहेको अवस्थामा छ ।

३) आभुषण भएको बोधिसत्व : मथुराको गणेश्राबाट प्राप्त यस मूर्तिको उचाइ २ फिट २ इन्च छ । शिर तथा हात खण्डित भइसके पनि यसको आफ्नै पुरातात्विक महत्व छ । यो मूर्ति ध्यान मुद्रामा पद्मासनमा बसेको छ । यसमा धेरै किसिमा गहनाहरु सजाइएका छन् ।

४) बोधिसत्व : यो मूर्ति बोधिसत्वको हो । राजकुमारको जस्तो भेषभुषामा सजिएको यो मूर्ति १ फिट ९ इन्च अग्लो छ । यसको टाउकोमा भव्य पगडी छ र टाउको पछाडि प्रभामण्डल बनाइएको छ । यसको दायाँ हात भाँचिएको छ र बाँया हात कमरमा राखेको छ ।

बौद्ध सम्पदाको संरक्षण र बुद्ध धर्मको पुनर्जागरण

मथुराको बुद्ध धर्मको इतिहास जति गौरवमय तथा रोमाञ्चक छ, यहाँको वर्तमान अवस्था त्यति नै दुःखदायी र हृदयविदारक पनि छ । विश्वलाई नै भारतको बुद्ध भनेर चिनाउने मथुरामा अहिले बौद्धहरु पाइँदैनन् अथवा अपवादमा केही परिवारहरु मात्र भेटिन्छन् ।


अहिले मथुरामा केही बौद्ध संस्था वा संगठनहरु छन् । अम्बेडकरका अनुयायीहरुको परिश्रमले खोलेका यी संस्थाहरुमा पहिले हिन्दु भित्रका दलित भनेर चिनिने मानिसहरु संलग्न छन् । उनीहरुले बेलामौमा भगवान बुद्धको तथा अम्बेडकरको स्मरण गर्दै वा योगदानको चर्चामा केही कार्यक्रमहरुको आयोजना गर्छन् । तर यसको प्रभाव समाजमा खासै देखिएको छैन । भारतका विभिन्न राज्यमा यसै अम्बेडकारवादीहरुले दलितहरुलाई जागृत गर्दै बुद्ध धर्ममा रुपान्तरण गर्ने अभियान जुन गरिरहेको छ त्यसको त्यस्तो उल्लेखनीय प्रभाव मथुरामा परेको देखिँदैन ।


तर पनि समग्रमा भन्न सकिने कुरा यही हो कि मथुरा सरकारले बुद्ध, बुद्धको मूर्ति तथा बुद्ध धर्मको इतिहासलाई सम्मान त गरेको छ तर त्यहाँको गौरवमय इतिहासको खासै सम्मान गरेको पाइँदैन । यहाँ बुद्ध कहीँ छ त संग्रहालयका काँचका बाकस भित्र सजिएका छन् । समाज नै बौद्ध नभएपछि समाज भित्र बुद्धको मूर्ति, बद्ध धर्मको ब्याख्या वा धर्म अभ्यास अनि संघको संरचना फैलिने कुरै भएन । त्यस्तै डा. अम्बेडकरले भारतभरी फैलाएको बुद्ध धर्मको पुनर्जागरणको ज्योतिले यहाँ खासै प्रभाव पार्न सकेन । यद्यपि यहाँको सानो बौद्ध अभियानकर्मीहरुको समुहले यहाँ अहिले सानो स्तरमा नै भएपनि समाजमा बुद्ध धर्मप्रति जागरण ल्याउने कोशिस गरिरहेको छ त्यो सराहनीय भन्नुपर्छ ।


श्रोतहरु

· https://www.nichirenlibrary.org/en/dic/Content/M/69

· https://www.khanacademy.org/humanities/art-asia/beginners-guide-asian-culture/buddhist-art-culture/a/development-of-the-buddha-image

· Mathura History (radhekrishn.com)

· http://www.buddhisttrain.com/mathura.php

· https://www.jstor.org/stable/3249969?origin=JSTOR-pdf

· https://srishtiias.com/mathura-school-of-art/

· https://en.krishnakosh.org/krishna/Mathura_During_Mughal_Regimes

· https://ignca.gov.in/mathura-a-treasure-trove-of-antiquities/

·https://www.researchgate.net/publication/285619137_Archaeological_Landscape_of_Ancient_Mathura_in_Relation_to_Its_Art_Workshops/link/5d14b61c458515c11cfbb36d/download

Published in Buddhist Monthly Magazine “Anandhabhoomi” 2024 June.

Photos are taken from various sources on the Internet

This is me, Thank you Gemini