Thursday, July 4, 2024

जर्मनीमा बुद्ध धर्म


 राजेन मानन्धर

Thursday, June 27, 2024

बुद्ध धर्मको एक ऐतिहासिक केन्द्र मथुरा


 

राजेन मानन्धर

अहिलेको भारतमा मथुरा एक शहर हो जुन उत्तर प्रदेश राज्यको मथुरा जिल्ला अन्तर्गत पर्दछ । यो देशको राजधानी नयाँ दिल्लीको लगभग १४० किलोमिटर दक्षिण–दक्षिण पूर्वमा प्रख्यात यमुना नदीको किनारमा अवस्थित छ । यो शहरलाई भारतका सात प्रमुख धार्मिक शहर मध्ये एक मानिन्छ । यो बौद्ध, जैन तथा हिन्दुहरुको लागि उतिकै पवित्र शहर हो ।

यो बुद्धको जीवन कालमा ठुलो नगर थियो भन्ने कुरा ग्रन्थहरुमा पाइन्छ । अहिलेको भारतवर्ष १६ वटा जनपदहरुमा विभाजित हुँदा यो शुरसेन राज्यको राजधानी थियो । यहाँ भगवान बुद्ध आउनुभएको थियो र त्यसै अनुसार यहाँ बुद्ध धर्मको विकास पनि बुद्धकालमै भयो । बुद्ध कालमा यहाँ बुद्ध धर्म र जैन धर्मको प्रधानता थियो भने पछि बिस्तारै हिन्दु धर्मको प्रभाव बढ्दै गयो ।

खासमा भगवान बुद्धले यो ठाउँमा केही अवगुण देख्नुभएको थियो र यो ठाउँलाई रुचाउनु भएको थिएन भनेर ग्रन्थहरुमा लेखिएको पाइन्छ । उहाँको परिनिर्वाण पछि यहाँ बुद्ध फैलाउने काममा बुद्ध भन्दा केही काल पछिका भिक्षु सन्यासी उपगुप्तको ठुलो योगदान थियो भनिन्छ । अनि उहाँ पछि यहाँ बुद्ध धर्मको यति विकास भयो कि विश्वकै बुद्ध धर्मको कुरा गर्दा यहाँको कुरा उल्लेख हुन्छ । कालान्तरमा यो बौद्ध, जैन तथा हिन्दुहरुको पनि महत्वपूर्ण तीर्थस्थल बन्यो । अशोक कालमा यहाँ बुद्ध धर्मको विकास भएको भएपनि नभएपनि कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा यो बुद्धधर्मको केन्द्रको रुपमा विकास भएको मानिन्छ । यस लेखमा मथुराको बौद्ध इतिहास तथा कला संस्कृतिको विशेष चर्चा गरिनेछ ।


सम्राट अशोकको कालमा बुद्ध धर्म

सम्राट अशोक मौर्य साम्राज्यका शासक थिए । उनले इशापूर्व २६८ देखि २३२सम्म शासन गरे । उनको राज्य कालमा मथुरा मौर्य साम्राज्य भित्र पथ्र्यो । हिमालयदेखि स्वर्णभूमिसम्म सम्राट अशोकले आफ्ना धर्मदूतहरु पठाएर बुद्ध धर्मको प्रचार गरे भनेर बौद्ध साहित्यमा पाइन्छ ।

सम्राट अशोकले युद्धबाट विरक्त भएर बुद्ध धर्म अँगालेको तथा लुम्बिनी लगायतका महत्वपूर्ण बौद्ध तीर्थस्थलहरुमा आफै भ्रमण गरको तथा आफ्नो साम्राज्य भित्र सम्भव भएको ठाउँमा आफैले बोकाएर लगेका प्रस्तर स्तम्भहरु राख्न लगाएको, स्तुपा बनाउन लगाएको र ढुँगामा आफ्नो सन्देश लेख्न लगाएको पनि हामीलाई थाहा छ । उनका धर्म प्रचारले यहाँ बुद्ध धर्मको विकास हुन सहयोग गरे होलान् भनेर अनुमान गर्न सकिन्छ । यहाँ भएका तीनवटा स्तुपलाई अशोकले बनाउन लगाएको भन्ने दावी पनि गरिएको छ । तर अशोक मथुरा गएको भन्ने कुनै ठोस प्रमाण भने पाइँदैन । त्यस्तै किसिमले उनले भारतवर्ष भरी नै आफ्ना दूतहरु पठाएर बुद्ध धर्म प्रचार गरेको इतिहास त पाइन्छ । तर उनले आफ्ना दुतहरुलाई मथुरा नै पठाएको भन्ने उल्लेख भएको पनि देखिँदैन ।


सम्राट कनिष्कको कालमा बुद्ध धर्म

बुद्ध धर्मको इतिहासको कुरा गर्दा अर्को स्मरणीय शासक कुषाण वंशका सम्राट कनिष्क हुन् । उनले लगभग इस्वी १२७देखि १५०सम्म शासन गरे । उनको साम्राज्य अहिलेको उज्बेकिस्तानदेखि काश्मिर हुँदै मथुरासम्म फैलिएको थियो । उनले पुरुषपुर (पेशावर) तथा मथुरालाई राजधानी गरेर शासन गरे । मथुरालाई उनले कुषाण वंशको केन्द्रको रूपमा विकसित गरे । अन्य राज्यहरुको तुलनामा मथुरालाई कला र संस्कृतिमा सम्पन्न राज्यको रुपमा मानिन्थ्यो ।


इस्वीको पहिलो वा दोश्रो शताब्दी तिर मथुरामा बौद्ध कलाको आफ्नै शैलीको विकास भयो । भगवान बुद्धको मूर्ति यहाँ विशेष किसिमले बन्न थाले । यहाँ यस प्रकार ठुलो संख्यामा बुद्ध मूर्ति वा बुद्धधर्मसँग सम्बन्धित कलाकृति पाउनाले यस बेला यहाँ बुद्ध धर्मको निकै विकास भइसकेको पुष्टी गर्छ । मथुरा कलाको तल छुट्टै चर्चा गरिनेछ ।

सर्वास्तिवादले सम्राट कनिष्कको समयमा ठुलो विकास गरे । राजसी संरक्षकत्वले त्यहाँको यस धार्मिक समुदायमो ठुलो आत्मबल पुगेको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो ।

उनी आफै बौद्ध थिए वा थिएनन् भन्ने विषयमा विवाद छ । तर उनले भारतवर्षमै बुद्ध धर्मको विकासको लागि दिएको संरक्षकत्व भारतको इतिहासमा नै सादा स्मरणीय रहन्छ । उनको समयमा उनको साम्राज्यभर बुद्ध धर्मको प्रचार भयो, बौद्ध कलाको विकास भयो, रेशम मार्गको बाटो भएर बुद्ध धर्म चीनसम्म फैलेर गयो ।


मथुरा बौद्ध कला

मथुराको बुद्ध धर्मको कुरा गर्दा यहाँको कलाको बारेमा अलि विस्तृत छलफल गर्नुपर्ने हुन्छ । यसभन्दा अगाडि बुद्ध मूर्तिको बारेमा छोटो चर्चा गर्न चाहन्छु ।

बुद्धको जीवनकालमा नै बुद्धको प्रतीमा बनाएको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । तर बुद्धको परिनिर्वाण पछि भने मानिसहरुले बुद्धकै मानव स्वरुपको प्रतिमूर्ति बनाएर पूजा गर्न चाहेनन्, बरु चैत्यमा बुद्धरुप देखेर त्यसलाई पूजा गरे बसे । बुद्धको परिनिर्वाण पछिको लगभग २ सय वर्षपछि बुद्ध धर्मको अद्भुत प्रचार प्रसार गर्ने र यसका लागि ८४ हजार चैत्य बनाउने सम्राट अशोकले पनि बुद्धको मानिस जस्तो प्रतिमा बनाएर प्रचार गर्नमा रुचि राखेन ।

बौद्धहरु तथा कला इतिहासकारहरुमा बुद्ध मूर्तिको निर्माण तथा विकासको बारेमा महत्वपूर्ण बहस भइरहन्छ — बुद्धको मूर्ति पहिलो पटक कसले, कहाँ, कहिले र किन बन्यो होला भन्ने । संक्षेपमा भन्नु पर्दा बुद्धको परिनिर्वाणको करिब ४०० वर्ष सम्म उहाँका अनुयायीहरुले बुद्धको मानव आकृतिसहितको बुद्धको प्रतिमा बनाउन चाहेनन् वा सकेनन् । बरु विभिन्न प्रतिकहरुमा उहाँलाई पुजा गरिरहे ।

संक्षेपमा रूपमा भन्नुपर्दा, बुद्धको मूर्ति सबैभन्दा पहिले कुषाण कालमा देखिए । इस्वीको पहिलो शताब्दीतिर कुषाण साम्रज्य भित्र पर्ने दुई एकदम टाढा रहेका ठाउँहरुमा बुद्धका मूर्तिहरु बने, ती हुन् — हालको पाकिस्तान र अफगानिस्तानमा पर्ने गान्धार क्षेत्र र हालको दिल्ली नजिक पर्ने मथुरा क्षेत्र । कनिष्कको राज्यारोहण पछि मथुरा सम्भवतः ईसापूर्व १३० वा १४० तिर अकस्मात् अति उच्चकोटीको बौद्ध कलाको विकास भयो । यसले अझै संसारका कला विशेषज्ञ वा समालोचकहरुलाई आश्चर्यमा पारिराखेको छ । तैपनि यी दुई क्षेत्रका बुद्ध मूर्तिहरुमा मुख्यरुपमा एउटा अन्तर पाइन्छ — गन्धारको बुद्ध मूर्तिमा पश्चिमी अथवा वा ग्रीको–रोमन कलाको प्रभाव देखिन्छ भने मथुराको बुद्ध मूर्तिको कला शैली मौलिक भारतीय छ । यो कलाको प्रभाव यहाँ १२औं शताब्दीसम्म रह्यो । भारतमा एक हजार वर्षसम्म एउटै कलाको प्रभाव यसरी रहिरहेको उदाहरण पाउन कठिन छ ।

मथुरा कला भनेको बौद्ध कला मात्र त होइन तर संसार भरी यो बुद्धको मूर्तिका लागि प्रसिद्ध छ । यसबेला यहाँ जति बुद्ध मूर्ति यति थोरै समयमा यति धेरै संख्यामा त संसारमै कतै बनाएनन् कि भनेर समेत अनुमान गरिन्छ । यसबेला बनेका बुद्ध मूर्तिहरुमो अनुहारमा निर्मलता र करुणाको असाधारण भावना अभिव्यक्त भएकमा छन् भनेर कला समीक्षकहरुले भनेका छन् । यसबाहेक यस बेलामा यस शैली अन्तर्गत यक्ष र यक्षिनीहरुका आकृतिहरू पनि कुँदिएका छन् । तिनीहरु पौराणिक प्राणीहरू तथा आधा देवता सरह पनि मानिन्छन् । यसबाहेक जति पनि मथुरा कला अन्तर्गतका मूर्तिहरु भेटिएका छन्, तिनीहरु सबै नै जटिल र पूर्ण मानिने गरी कुँदिएको कारणले पनि सबै तिर परिचित छन् । ती कलाकृतिहरुमा बुद्ध, देवताहरु र उपासक उपासिकाहरुका साथै रुखहरु, फूलहरू तथा अन्य प्राकृतिक सौन्दर्यका वस्तुहरु चित्रण गरिएका हुन्छन् । यहाँका कलाकारहरुले विशेष खालको रातो बलौटे ढुङ्गाको प्रयोग गरेका छन् । यही रातो बालौटे ढुङ्गाको प्रयोगको कारणले पनि मथुरा कला प्रख्यात छ । यो ढुंगा जुन नजिकैको सिक्री खानीबाट ल्याइएको थियो । हुन त गन्धार र मथुरा अलग अलग कलाका शैलीहरु हुन् । तर पनि मथुराको कलामा पनि गन्धारमा जस्तै शास्त्रीय ग्रीक र रोमन शैलीहरूको प्रयोग केही हदसम्म भएको पाइन्छ । समग्रमा भन्दा मथुरा कलाले सम्पूर्ण भारतीय कला वास्तुकलाको विकासलाई मदत गरेको छ र यसले विश्वमा नै भारतीय कलाको छविलाई माथि उठाइदिएको छ ।

इस्वीको दोश्रो र तेश्रो शताब्दीतिर यो क्षेत्र सर्वास्तिवाद निकायको अध्यध्यन केन्द्रको रुपमा पनि विकास भयो । सम्राट कनिष्कको संरक्षकत्वमा यहाँ यस धार्मिक निकायले निकै विकास गर्न पाएको थियो । यसबेला यो भारतको उत्तर–पश्चिम र उत्तर अनि भारत भन्दा पर समस्त मध्य एशियामै बुद्ध धर्मको एक प्रख्यात निकायको रुपमा विकास भएको थियो । सर्वास्तिवाद भित्रका दुइ प्रमुख निकायहरु थिए — सौतान्त्रिक र वैभाषिक । तिनीहरु मध्ये सैतान्त्रिकलाई मथुरामा विकास भएको अनि वैभाषिकलाई काश्मिरमा विकास भएको भन्ने गरिन्छ ।

मथुरामा चौथो शताब्दीेदेखि छैठौं शताब्दीको समय भनेको गुप्तहरुको राज्य काल थियो । उनीहरुले त्यसबेला बौद्ध तथा हिन्दुहरुलाई लगभग समान रुपले संरक्षकत्व प्रदान गरे । यस बेलासम्म यहाँ बुद्ध धर्मले विकास गरिरहेको पाइन्छ ।


फाहियानको वर्णनमा मथुरा

इस्वीको ४०० तिर चीनियाँ बौद्ध भिक्षु यात्री फाहियान (Faxian, Fa-hien, Fa-hsien) भारतको विभिन्न बौद्ध स्थलहरुको भ्रमण गर्दै मथुरा पुगेका थिए । उनले त्यहाँ बस्दा देखेका, भोगेका कुराहरुलाई आफ्नो यात्रा वृतान्तमा समावेश गरेका थिए । यसैको आधारमा हामी मथुरा ५औं शताब्दीमा उन्नत बौद्ध नगरको रुपमा विकास भइरहेको थियो भनेर दावी गर्न सक्छौं ।

भिक्षु फहियानले यस सहरलाई बुद्ध धर्मको केन्द्रको रूपमा देखे । उनले मथुरा पुगेर यमुना नदीको किनारमा रहेका २० वटा विहारहरु भ्रमण गरेका थिए । उनले यहाँ विहारमा जाँदा खाने–बस्ने सुविधा सहितको आतिथ्य पाएका थिए । यहाँ धेरैवटा विहारहरु थिए जसमा बौद्ध भिक्षुहरु बस्थे । यो बौद्ध केन्द्रको रुपमा विकास भइरहेको नगर थियो, जहाँ चारै तिर बौद्ध मूर्तिहरु र स्तुपहरु स्थापना गरिएका थिए । उनका अनुसार यहाँका मानिसहरू सज्जन थिए, प्राणी हिंसा गर्दैनथे, मद्यपान गर्दैनथे र लसुन प्याज पनि खाँदैनथे । यहाँको शासन व्यवस्था पनि राम्रो थियो । यसरी हेर्दा फाहियानको समयमा मथुरा विकास भइरहेको बौद्ध नगर जस्तो देखिन्छ । यसबेला यहाँ अन्य धर्मको पनि उपस्थिति त थियो होला तर एक जना बौद्ध भिक्षुले यसाई समुन्नत बौद्ध नगरको रुपमा देखे ।

छैठौं शताब्दी, अर्थात् गुप्त कालको अन्तको समयमा केही परिवर्तनहरु देखिए । यसैबेला हो यहाँको बुद्ध धर्मले अवनितिको मार्ग रोजेको । गुप्त कालको अन्तसम्म यहाँ बुद्ध धर्म ओरालो लागेको देखिन्छ ।


हुयन त्साङको वर्णनमा मथुरा

फाहियानको मथुरा भ्रमण भन्दा २०० वर्ष पछाडि अर्का प्रख्यात चीनियाँ यात्री हुयेन त्साङ ( अथवा शुआनजाङ Xuanzang)ले पनि मथुरा भ्रमण गरेका थिए । उनी पनि भारतका विभिन्न महत्वपूर्ण बौद्धहरुको केन्द्रको भ्रमण गर्ने सिलसिलामा मथुरा पुगेका थिए । आफ्नो भ्रमणको क्रममा उनले मथुरालाई उब्जाउ र गरम हावापानी भएको स्थान भनेका छन् ।


उनले इस्वी ६३४तिर मथुरा भ्रमण गरे । यहाँ उनका अनुसार २० वटा ठुला बौद्ध विहारहरु थिए र करिब २ हजार बौद्ध भिक्षुहरु थिए । ती भिक्षुहरु माहायान तथा हीनयान दुबै अभ्यास गर्थे । आफ्नो वर्णनमा उनले यहाँ तीन स्तूपहरूको वर्णन गरेर भनेका थिए कि ती स्तुपहरु राजा अशोकलाई निर्माण गरेका थिए (तर अहिलेसम्म भएका अनुसन्धानले त्यहाँ भेटिएकाहरु अशोकले नै बनाएका थिए भनेर प्रमाणित छैनन्) । साथै त्यहाँ उनले सारिपुत्र र आनन्द जस्ता प्रसिद्ध बौद्ध व्यक्तित्वहरूलाई समर्पित स्तूपहरू देखेको पनि उल्लेख गरेका थिए । त्यसबेला यहाँ बौद्ध धर्मका साथै हिन्दु धर्मको पनि विकास भएको थियो । उनले त्यहाँ पाँचवटा मन्दिरहरू देखेका थिए, जुन सम्भवतः हिन्दू देवताहरूलाई समर्पित गरिएका थिए । उनले यहाँ गोविन्द विहार, स्थानेश्वर क्षेत्र तथा परियत्र क्षेत्रको भ्रमण गरेका थिए ।

तथापि, अहिले केही विद्वानहरुले हुयेन त्साङले साँच्चै मथुरा भ्रमण गरेकै थिए कि अरुले भनेको सुनेको आधारमा लेखेका थिए भनेर बहस गर्दैछन् ।


बुद्ध धर्मको पतन

उता छैठौं शताब्दीका यात्री हुयेन त्साङले मथुरामा बुद्ध धर्मको विकास नै भइरहेको देखे भने यता यसैबेला देखि यहाँ बौद्ध धर्मको पतन हुन थाल्यो भन्ने पनि देखिन्छ । यसैबेला यहाँका विहारहरुमा संरक्षकको अभाव भएको भन्ने अन्दाज गर्ने ठाउँहरु छन् । संक्षेपमा भन्नु पर्दा गुप्त कालको अन्तको समयमा अर्थात् छैठौं शताब्दीमा यहाँ बुद्ध धर्मको पतन शुरु भयो । हुयेन त्साङकै वर्णन अनुसार पनि यहाँको बुद्ध धर्मको अवस्था त्यति उन्नत देखिँदैन ।

त्यसकारण यहाँको ७०० वर्ष पुरानो बुद्ध धर्मको इतिहासमा भएका, यहाँको विकासको प्रमाण स्वरुप भेटिएका अवशेषहरु अहिले मथुरा, कलकत्ता र लखनऊका संग्रहालयहरूमा राखिएका छन् ।

भारतका अन्य क्षेत्रमा जस्तै यहाँ पनि बुद्ध धर्म सातौं शताब्दीतिरबाट लोप हुँदै १२औं शताब्दीको बिचमा यहाँबाट हराएर गएको देखिन्छ । यहाँ बुद्ध धर्म कसरी लोप भयो भन्ने बारेमा अनेक अडकलबाजी र विश्लेषण गरिन्छ । संक्षेपमा भन्नुपर्दा यहाँ पनि बौद्धहरुको धर्मबाट भएको विचलन, आफ्नो धर्ममा हिन्दु वा तन्त्र सँगको घुलमिल, वैदिक धर्मीहरुको अभियानका कारण यहाँ बुद्ध धर्म विलय हुँदै गयो भन्न सकिन्छ ।


रहस्यको अवधि

अचम्मको कुरा यो पनि हो कि मथुराको इतिहासको कुरा गदौ ईस्वी ७०० र १०८०को बीचको अवधिको बारेमा धेरै अध्ययन भएको छैन र जानकारी पनि छैन । माथि उल्लेख भइसक्यो कि मथुरा इस्वीको पहिलो शताब्दीमा नै सभ्यताको केन्द्र बनिसक्यो, अनि दोश्रो शताब्दीदेखि यहाँको सभ्यताको उचाइले आकास छोइसक्यो, पाँचौं देखि सातौं यहाँको सभ्यताको चर्चा चीनियाँ यात्रीहरुले समेत गरे । तर त्यसपछि यहाँ के भयो, कसको शासन भयो कसले यहाँको उचाइमा पुगिसकेको बौद्ध सभ्यतालाई नाश गर्यो भनेर इतिहासकारहरु बताउँदैनन् । आठौं शताब्दीमा यहाँ गुरजारा प्रतिहार वंशले शासन गरेको भन्ने उल्लेख छ तर त्यसको बारेमा खासै केही लेखिएको पाइँदैन । झन् यसबेलाको बुद्ध धर्मको अवस्था त रहस्य भित्र लुकेको छ ।

अनि भारतीय इतिहासकारहरु ११औं शताब्दीमा मुस्लिमहरुले यहाँ आक्रमण गरेको चर्चा भने तहाँतहीँ विस्तृत रुपमा गर्छन् । भारतका विभिन्न राज्यहरुको बुद्ध धर्मको इतिहास हेर्दा लगभग सबै ठाउँमा एउटा यस्तो समयावधि आउँछ जसका बारेमा इतिहासकारहरु मौन छन् । यो रहस्य खुल्न निकै धेरै वर्ष लाग्ने देखिन्छ ।


मथुरामा मुस्लिम आक्रमण

११औं शताब्दीमा मुस्लिमहरुले उत्तर भारतको अधिकांश क्षेत्र कब्जा गरे । यही क्रममा महमुद गजनीले १०८० मा मथुरामा आक्रमण गरे । उनले मन्दिरहरुमा देवताहरूको सबै धन, भेटी, गहना, हीरा, सुन र चाँदी लुटे । त्यसपछि उनले मन्दिरहरू भत्काए । उनका सैनिकले २० दिन लगाएर जति सक्यो सबै लुटे अनि उनले ५ हजार कैदी र तीन करोड रुपैयाँ लिएर गए भन्ने पनि उक्ति छ । औरंगजेब (सन् १६५८–१७०७) पनि मथुरा पुगे तर उनले त्यहाँ आक्रमण गरेको भन्ने पुष्टी छैन । कोही कोही उनले यहाँका केही हिन्दु मन्दिर उनैले नाश गरेका थिए भनेर पनि भन्छन् । फेरि सन् १७५७मा अहमद शाह दुरानीले पनि मथुरामा आक्रमण गरेका थिए ।

यहाँ यो कुरा उल्लेखनीय छ कि मुस्लिम आक्रमणले हिन्दु मन्दिर नष्ट गरिए भनिएको छ तर त्यसबेलासम्म त्यहाँ भएका त्यति धेरै बौद्ध विहारहरु, मन्दिरहरु तथा बौद्ध मूर्तिहरु कहाँ गए वा कसले नष्ट गरे वा जमिन मुनि दबाए भन्ने प्रश्नको जवाफ इतिहासकारहरुले दिएका छैनन् । यी कुराहरुले गर्दा मथुरामा मुस्लिम आक्रमणहरु हुनुभन्दा पहिले नै यहाँका बौद्ध स्मारक वा सम्पदामा कसैले नाश गरिसकेको, बौद्धहरुको विनाश गरिसकेको हो कि भन्ने शंका गर्ने ठाउँ भेटिन्छ । तर त्यहाँ कसरी कति क्षति पुर्यायो भन्ने विवरण पनि इतिहासमा पाइँदैन ।

मथुरामा पुरातात्विक उत्खनन् र परिणाम

पहिले मथुरामा जस्तोसुकै सम्बृद्ध बौद्ध कला र समाज थियो भने तापनि अहिले त्यहाँ जीवन्त बौद्ध कला, संस्कृति र धर्म अभ्यासीहरु छैनन् । त्यसैले यहाँको बुद्ध धर्मको इतिहास जान्नको लागि यहाँ भएका पुरातात्विक उत्खनन् र त्यसबाट निस्केका परिणामहरुमा भर भर्नुपर्छ ।

मथुरामा सबैभन्दा पहिले पुरातात्विक उत्खनन् एलेक्जेन्डर कनिङघमको नेतृत्वमा सन् १८७१मा भएको थियो । उनले त्यहाँ कन्काली डाँडामा उत्खनन् गरको थिए । त्यसपछि पनि यहाँ विभिन्न ठाउँमा पटक पटक उत्खनन्हरु भइरहे । पछि सन् १९७५मा आर्कियोलोजिकल सर्भे अफ इण्डियाका पर्व महानिर्देशक एमसी जोशीको नेतृत्वमा उत्खनन् हुँदा यहाँ इसापूर्व दोश्रो शताब्दीसम्मका अवशेषहरु पाइएका थिए । यहाँ उत्खनन् हुँदा बौद्ध स्तुपहरु, अस्थिधातुहरु तथा अभिलेख पाइएका थिए ।

यहाँको गोकर्णेश्वर डाँडामा बौद्ध मूर्ति पाइएका छन् । त्यस्तै तैयापुर, कोटा, नरहौली नजिक, गणेश डाँडा, सतोहा, गायत्री डाँडा, चौबारा ढिस्को, भुतेश्वर कंकाली क्षेत्र, चौरासी ढिस्को, गिरधरपुर ढिस्को, मथुरा जक्सन क्षेत्र, गणेश्रा, माहोली, सलेमपुर गाउँ, पाली खेरा, मनसा डाँडा आदि ठाउँमा बौद्ध पुरातात्विक सम्पदाका अवशेषहरु पाइएका छन् । मथुरा सयौंका संख्यामा विहारहरु भएतापनि अहिले तिनीहरुको अवशेष अझै जमिन मुनि नै छन् । तिनीहरुमा जति उत्खनन् गरिए, त्यहाँबाट उत्कृष्ट कलाका नमुनाहरु झिकेर संग्रहालय पुर्याइए तर ती विहारहरुको वृहंगम संरचना र वास्तुकलाका विशेषताहरुमाथि अध्ययन खासै गरिएननन् ।

अहिले मथु्रामा उनन्नत क्रियाशिल बौद्ध समाज छैन, त्यसकारण यहाँ विभिन्न समयमा पाइएका यस्ता अवशेषहरु यहाँ सुरक्षित नहुने भएकोले ती मध्ये कति लखनउ राज्य संग्रहालय, कलकत्ता संग्रहालय तथा मथुरा संग्रहालयमा सुरक्षित संग प्रदर्शनमा राखिएका छन् । अहिले त्यहाँका बौद्ध सम्पदालाई भारत तथा विदेशमा पुरातत्वविद एवं बौद्ध विद्वानहरुले सम्मानको दृष्टीले हेर्ने गरेका छन् ।

यहाँ यो कुरा पनि उल्लेखनीय हुन्छ कि अहिले भारत सरकारले मथुरालाई कृष्णको जन्मभूमि भनेर जतिसुकै प्रचार गरेतापनि यहाँका पुरातात्विक उत्खखन्मा बुद्ध मूर्तिहरु र बौद्ध कलाकृतिहरु नै भेटिएका छन् र कृष्णको जन्मसँग सम्बन्धित भनेर देखाउन मिल्ने अवशेषहरु छैन नै भनेपनि हुन्छ वा नगन्य छन् । अर्कोतिर सरकार आफै मथुरालाई कृष्ण जन्मभूमि भनेर मात्र प्रचार गरिरहँदा यहाँका अमुल््य बौद्ध सम्पदा ओझलमा पर्नु पनि स्वभाविक हो ।


मथुरा कला संग्रहालय

माथि भनिएझैं मथुरामा दुइ हजार वर्ष पुरानो बुद्ध धर्मको इतिहास छ । तर त्यहाँ उत्खनन् गदा भेटिएका अमुल्य ऐतिहासिक बुद्ध मूर्ति तथा बौद्ध कला सामाग्रीहरु जहाँको तहीँ संरक्षण गरेर नराखी त्यहाँको सरकारी मथुरा संग्रहालयमा राखिएका छन् ।

मथुरामा उत्खनन् गर्दा अमूल्य पुरातात्विक अवशेषहरु भेटिएपछि सन् १८७४मा ब्रिटिश कलेक्टर एफएस ग्राउनले जमलपुरमा यस संग्रहालयको स्थापना गरका थिए । सन् १९९३मा यसलाई डाम्पियर नगरमा सारिएको थियो ।

यहाँको संग्रहालयमा यहाँ भेटिएका सुन, चाँदी, तामाका बस्तुहरु, चित्रकलाहरु, माटोका सामाग्रीहरु प्रदर्शनका लागि राखिएका छन् जुन इशापूर्वदेखि तेश्रो शताब्दीेदेखि १२औं शताब्दी वा त्योभन्दा पछिका पनि छन् । यहाँ ६ हजार मूर्तिहरु, २५हजार सिक्काहरु, ३ हजार टेराकोटा मूर्तिहरु, ३५० धातुमूर्तिहरु आदि संकलित छन् । त्यसमध्ये धेरै बुद्ध धर्मसँग सम्बन्धित छन् । तर यहाँ पाइएका अधिकांश बुद्ध मूर्तिहरुको अवस्था हेर्दा कतिपयको टाउको मात्र छ भने अरु मूर्तिहरु नाक, टाउको वा हातहरु भाँचिएको अवस्थामा छन् ।

यहाँ संग्रहित केही महत्वपूर्ण बुद्ध अथवा बोधिसत्वका प्रतिमाहरु यस प्रकार छन् ।

१) कुषाण कालीन विशाल बोधिसत्व : मथुराको महोली गाउँमा भेटिएको यो बोधिसत्वको उचाइ ७फीट ९ इन्च छ । आँखा आधा खुलेको र कुण्डल लगाएको यस बोधिसत्वको टाउको मुडिएको छ । यसको दायाँ हात भाँचिएको अवस्थामा छ ।

२) अभय मुद्रामा बुद्ध : मथुराको कटराबाट ल्याइएको यस बुद्ध यहाँ सबैभन्दा बढी प्रख्यात छ । यसको उचाइ २ फिट ३ इन्च छ । यसमा बुद्ध पिपलको रुख मुनि सिंहासनमा पद्मासन मुद्रामा तथा दायाँ हातले वरदा मुद्रा लिइरहेको अवस्थामा छ ।

३) आभुषण भएको बोधिसत्व : मथुराको गणेश्राबाट प्राप्त यस मूर्तिको उचाइ २ फिट २ इन्च छ । शिर तथा हात खण्डित भइसके पनि यसको आफ्नै पुरातात्विक महत्व छ । यो मूर्ति ध्यान मुद्रामा पद्मासनमा बसेको छ । यसमा धेरै किसिमा गहनाहरु सजाइएका छन् ।

४) बोधिसत्व : यो मूर्ति बोधिसत्वको हो । राजकुमारको जस्तो भेषभुषामा सजिएको यो मूर्ति १ फिट ९ इन्च अग्लो छ । यसको टाउकोमा भव्य पगडी छ र टाउको पछाडि प्रभामण्डल बनाइएको छ । यसको दायाँ हात भाँचिएको छ र बाँया हात कमरमा राखेको छ ।

बौद्ध सम्पदाको संरक्षण र बुद्ध धर्मको पुनर्जागरण

मथुराको बुद्ध धर्मको इतिहास जति गौरवमय तथा रोमाञ्चक छ, यहाँको वर्तमान अवस्था त्यति नै दुःखदायी र हृदयविदारक पनि छ । विश्वलाई नै भारतको बुद्ध भनेर चिनाउने मथुरामा अहिले बौद्धहरु पाइँदैनन् अथवा अपवादमा केही परिवारहरु मात्र भेटिन्छन् ।


अहिले मथुरामा केही बौद्ध संस्था वा संगठनहरु छन् । अम्बेडकरका अनुयायीहरुको परिश्रमले खोलेका यी संस्थाहरुमा पहिले हिन्दु भित्रका दलित भनेर चिनिने मानिसहरु संलग्न छन् । उनीहरुले बेलामौमा भगवान बुद्धको तथा अम्बेडकरको स्मरण गर्दै वा योगदानको चर्चामा केही कार्यक्रमहरुको आयोजना गर्छन् । तर यसको प्रभाव समाजमा खासै देखिएको छैन । भारतका विभिन्न राज्यमा यसै अम्बेडकारवादीहरुले दलितहरुलाई जागृत गर्दै बुद्ध धर्ममा रुपान्तरण गर्ने अभियान जुन गरिरहेको छ त्यसको त्यस्तो उल्लेखनीय प्रभाव मथुरामा परेको देखिँदैन ।


तर पनि समग्रमा भन्न सकिने कुरा यही हो कि मथुरा सरकारले बुद्ध, बुद्धको मूर्ति तथा बुद्ध धर्मको इतिहासलाई सम्मान त गरेको छ तर त्यहाँको गौरवमय इतिहासको खासै सम्मान गरेको पाइँदैन । यहाँ बुद्ध कहीँ छ त संग्रहालयका काँचका बाकस भित्र सजिएका छन् । समाज नै बौद्ध नभएपछि समाज भित्र बुद्धको मूर्ति, बद्ध धर्मको ब्याख्या वा धर्म अभ्यास अनि संघको संरचना फैलिने कुरै भएन । त्यस्तै डा. अम्बेडकरले भारतभरी फैलाएको बुद्ध धर्मको पुनर्जागरणको ज्योतिले यहाँ खासै प्रभाव पार्न सकेन । यद्यपि यहाँको सानो बौद्ध अभियानकर्मीहरुको समुहले यहाँ अहिले सानो स्तरमा नै भएपनि समाजमा बुद्ध धर्मप्रति जागरण ल्याउने कोशिस गरिरहेको छ त्यो सराहनीय भन्नुपर्छ ।


श्रोतहरु

· https://www.nichirenlibrary.org/en/dic/Content/M/69

· https://www.khanacademy.org/humanities/art-asia/beginners-guide-asian-culture/buddhist-art-culture/a/development-of-the-buddha-image

· Mathura History (radhekrishn.com)

· http://www.buddhisttrain.com/mathura.php

· https://www.jstor.org/stable/3249969?origin=JSTOR-pdf

· https://srishtiias.com/mathura-school-of-art/

· https://en.krishnakosh.org/krishna/Mathura_During_Mughal_Regimes

· https://ignca.gov.in/mathura-a-treasure-trove-of-antiquities/

·https://www.researchgate.net/publication/285619137_Archaeological_Landscape_of_Ancient_Mathura_in_Relation_to_Its_Art_Workshops/link/5d14b61c458515c11cfbb36d/download

Published in Buddhist Monthly Magazine “Anandhabhoomi” 2024 June.

Photos are taken from various sources on the Internet

Tuesday, June 18, 2024

जातीय भेदभाव, अम्बेडकर और बौद्ध धर्म

 


राजेन मानन्धर

नेपाल में जातिगत भेदभाव की स्थिति

समाज में समानता के पैरोकारों का कहना है कि दुनिया में केवल दो ही जातियाँ हैं — पुरुष और महिला। कम्युनिस्ट राजनेताओं ने मामले को दूसरी तरफ मोड़ दिया — हमें जाति के बारे में बात नहीं करनी चाहिए, हमें केवल वर्ग के बारे में बात करनी चाहिए — शोषित वर्ग और शोषक वर्ग। चाहे इसे आप कहीं भी घुमा दें, पूरे नेपाल और भारत की एक ही हकीकत है कि कम से कम हिंदू धर्म को मानने वाले तो यही कहते हैं कि लोग चार वर्णों में बंटे हुए हैं — व्रह्मण, क्षेत्री, वैश्य और क्षुद्र। उसमें व्रम्हण वर्ण में जन्म लेने वालों को बिना किसी कारण के शासन करने और दूसरों पर हिंसा करने का अधिकार मिल जाता है और क्षुद्र के लिए इस हिंसा से बचने का कोई रास्ता नहीं है। हिंदू धर्म की जितनी प्राचीन व्याख्या की जाती है, वर्णाश्रम व्यवस्था और उस पर आधारित भेदभाव उतना ही प्राचीन है।

मनुष्य एक ही प्रकृति से पैदा हुए हैं, चाहे वे दुनिया में कहीं भी हों, उनका रंग और धर्म कोई भी हो। लेकिन हिंदू धर्म अपनाने वाले इसे स्वीकार नहीं करते. वे समझाते हैं कि कुछ कहाँ पैदा होते हैं और कुछ कहाँ पैदा होते हैं और उसके आधार पर, वे कहते हैं कि एक प्राणी जो मनुष्य जैसा दिखता है उसे न केवल शारीरिक, आर्थिक, धार्मिक और मानसिक रूप से भेदभाव करने का अधिकार है, बल्कि उसके जैसे दिखने वाले किसी अन्य प्राणी का शोषण करने का भी अधिकार है। यह, और वे कहते हैं कि यह ठीक एक धर्म की पुस्तक से है। वे खुले तौर पर कहते हैं कि उन्होंने इसे प्राप्त किया है। हिंदू कहते हैं कि मनुष्य का जन्म भगवान के विभिन्न अंगों से हुआ है.

कुछ लोग कहते हैं कि अंतर कहां है? यह हिंदू धर्म की विशेषता नहीं है, यह केवल कुछ लोगों द्वारा किया गया उल्लंघन है। कुछ लोगों का तर्क है कि इसके सकारात्मक पहलू हैं। और कुछ का दावा है कि यह हमारा अधिकार है, जो हम लंबे समय से ले रहे हैं वह बंद नहीं होगा। कुछ लोग यह समझाने की कोशिश करते हैं कि अब ऐसा कानून आ गया है तो कोई भेदभाव नहीं होगा. जब राज्य ही इस भेदभाव के पक्ष में है तो दो-चार पत्र लिखकर कानून आदि बनाना संभव हो तो इसकी चिंता कौन करेगा?

यह तथ्य हमारे सामने स्पष्ट है कि इस धर्म के आधार पर भेदभाव और यहाँ तक कि हिंसा भी की जाती है। इस आधार पर भी वह छूना पसन्द नहीं करता, सड़क पर चलना पसन्द नहीं करता, एक ही नाले, कुएँ या बावड़ी से पानी नहीं लेने देता, मल-मूत्र साफ करने जैसे घिनौने काम करने को मजबूर करता है कि वे उन्हें पसंद नहीं करते हैं, या आम तौर पर उनके साथ इंसानों जैसा व्यवहार नहीं करते हैं और उन्हें मनोवैज्ञानिक धारणा देते हैं कि वे सामान्य लोग नहीं हैं। देने जैसा काम कमोबेश दूरदराज के शिक्षित और अशिक्षित उच्च जातियों के लोगों द्वारा किया गया है और नेपाल के सुलभ स्थान। चाहे संविधान में कुछ भी लिखा हो, चाहे कोई भी कानून पारित किया गया हो, चाहे कोई भी आयोग बनाया गया हो, आज भी नेपाल की लगभग 13 प्रतिशत आबादी को सबसे बुरे भेदभाव और हिंसा का सामना करना पड़ता है। इस लेख में उदाहरण देना संभव नहीं है. कुछ समय पहले रुकुम में एक निचली जाति के व्यक्ति ने ऊंची जाति की महिला से शादी करने की कोशिश की थी. इसी तरह अभी ज्यादा समय नहीं हुआ है जब जाति का मुद्दा उठाने वाले एक प्रोग्राम डायरेक्टर के खिलाफ हिंदू संगठनों ने पुतला भी फूंका था. यह उस राजा की तरह होता था जो पहले किसी धर्म का रक्षक माना जाता था। लेकिन वर्तमान गणतांत्रिक व्यवस्था में भी ऐसी चरम हिंसा की मान्यता और व्यवहार कायम रहने से क्या नेपाल का नाम विश्व में धूमिल नहीं हो रहा है?

000

शोषण करने, दूसरों को अपमानित करने और खुद को सर्वशक्तिमान घोषित करने की चाहत दक्षिण एशिया के इस हिस्से में इतनी है. हिंदू वर्णाश्रम के इस कलंक के कुछ उदाहरण उन आदिवासी जनजातियों पर भी पड़ रहे हैं जो इस व्यवस्था को स्वीकार नहीं करते हैं। वे दलितों के साथ भी अछूत जैसा व्यवहार करते हैं। इसी प्रकार सुनने में आता है कि वे 4 जातियों और 16 जातियों में खुद के अंदर भेद करते हैं। इसी तरह, मधेसी समुदाय के भीतर भी आपस में छुआछूत की भावना है।

समानता बौद्ध धर्म का आधार है जिसका प्रचार भगवान बुद्ध ने किया और दुनिया के विभिन्न देशों में फैलाया। उन्होंने 2500 साल पहले कहा था कि जन्म से कोई ऊंचा या नीचा नहीं होता. लेकिन अब यह तथ्य सामने आने लगे हैं कि बौद्ध समुदाय भी इन हिंदुओं के नकल करते हुए या खुद को ऊंची जाति का कहलाने की चाहत रखते हुए अपने समाज में जाति व्यवस्था लागू कर भेदभाव कर रहा है। दूसरों के बारे में क्या, काठमांडू घाटी के आदिवासी नेवार बौद्ध खुद को बहुत धार्मिक और सुसंस्कृत के रूप में पहचानना चाहते हैं, लेकिन यह कहना दुखद है कि बौद्ध आचार्य काठमांडू के नेवारों के बीच जातिगत भेदभाव का मुख्य कारण हैं। यहां तक ​​कि बौद्ध श्लोकों का पाठ करने वाले और बौद्ध धर्म की शिक्षाओं का प्रचार करने वाले आचार्य भी यह कहते हुए भेदभाव की रेखा खींचते हैं कि हमें वह नहीं खाना चाहिए जो आप अन्य बौद्धों को छूते हैं, आपको इस पूजा में प्रवेश नहीं करना चाहिए, या क्योंकि आप इस जाति में पैदा हुए थे, आप पढ़ नहीं सकते या नहीं ।

भारत में जातिगत भेदभाव और अम्बेडकर

यह कहने के बाद कि नेपाल में जाति व्यवस्था का स्रोत हिंदू धर्म है, यह आसानी से माना जा सकता है कि हिंदू धर्म का प्रभाव, जो नेपाल से कई गुना अधिक क्षेत्रों में फैला हुआ है और कई गुना अधिक लोगों द्वारा माना जाता है, वहाँ भी है। वर्ण व्यवस्था या जाति व्यवस्था की उत्पत्ति प्राचीन भारत में हुई थी। विभिन्न कालखंडों में हुए राजनीतिक, धार्मिक और सामाजिक परिवर्तनों के बावजूद यह व्यवस्था आज भी कायम है। यहां तक ​​कि बौद्ध धर्म, मुगल साम्राज्य और ब्रिटिश उपनिवेशवाद का प्रचार भी इस जाति व्यवस्था की जड़ों को उखाड़ नहीं सका।

यहां तक ​​कि जब मुगल काल समाप्त हो रहा था, तब भी चतुर उच्च जाति के हिंदुओं ने इस प्रणाली का पालन किया और एक ऐसी प्रणाली बनाई जिसमें केवल वे ही सत्ता का आनंद ले सकते थे और धर्म की आड़ में शासन कर सकते थे। जब अंग्रेजों ने भारत को उपनिवेश बनाया, तब भी जब उन्होंने कहा कि यह विकसित और सभ्य है, तो उन्होंने उस शासन प्रणाली का भी समर्थन किया जो इस जाति व्यवस्था और इससे उत्पन्न मतभेदों में मदद करेगी। इसके अनुसार 1860 से 1920 तक अंग्रेजों ने जातिगत भेदभाव को सत्ता में भागीदारी की व्यवस्था बना दिया और ऐसी व्यवस्था स्थापित की कि बड़े-बड़े सरकारी पद ईसाइयों और उच्च हिंदुओं के पास चले गये।

समय के साथ इसमें कुछ बदलाव हुए हैं, लेकिन ऊंची जाति के हिंदुओं का अहंकार, भेदभाव और शोषण, जो प्राचीन काल में निचली जाति के लोगों को वहां सहना पड़ता था, अवशेष के रूप में आज भी किसी न किसी रूप में मौजूद है। हालाँकि, अब एक सकारात्मक कदम के रूप में उन निचली जातियों के लिए आरक्षण दिया गया है, उन्हें आगे आने का अवसर मिल रहा है।

भारत में ऐसी असमानता, भेदभाव और छुआछूत के बीच डॉ. भीराव अम्बेडकर एक ऐसे संरक्षक के रूप में उभरे जो हजारों वर्षों से उत्पीड़ित निचली जाति के लोगों के लिए आशा की किरण लेकर आये। भारतीय समाज में जहां निचली जाति के बाद हमें ऐसे भेदभाव का शिकार होना पड़ता है जिसकी हम कल्पना भी नहीं कर सकते, उन्हें विदेश से उच्च शिक्षा प्राप्त करने के लिए विभिन्न भेदभावों और संघर्षों को झेलने के बाद वापस लौटने का अवसर मिला।

बचपन में उनके साथ जो भेदभाव हुआ था उसका दृश्य उनकी आँखों में ताज़ा था और भले ही उनका जन्म एक हिंदू के रूप में हुआ था, लेकिन उन्होंने हिंदू के रूप में नहीं मरने का फैसला किया। खुद को नीची जाति का दिखाने वाला अपना उपनाम बदलकर उन्होंने जातिगत भेदभाव के खिलाफ कदम उठाया। इसी बीच किसी ने उन्हें बुद्ध की जीवनी की पुस्तक दी तो उन्होंने बौद्ध धर्म सीख लिया। वह विशेष रूप से बुद्ध के जीवन से प्रभावित थे और उन्होंने जाति व्यवस्था को अस्वीकार कर समानता के आधार पर समाज बनाने का प्रयास किया था। उन्होंने हिंदू धर्म त्याग दिया और बौद्ध धर्म अपना लिया और लगभग 1935 से, उन्होंने जाति के आधार पर हिंदुओं द्वारा भेदभाव और उत्पीड़न से लड़ने के लिए बौद्ध धर्म को एक हथियार के रूप में इस्तेमाल किया। उन्होंने कहा — “यदि आप आत्म-सम्मान चाहते हैं, यदि आप सत्ता और शक्ति चाहते हैं, यदि आप समानता और स्वराज चाहते हैं, और यदि आप एक ऐसी दुनिया बनाना चाहते हैं जहाँ आप खुशी से रह सकें, तो अपना धर्म बदल लें।” 1944 में उन्होंने कहा कि बौद्ध धर्म सबसे वैज्ञानिक धर्म है। इस बीच, भारत ब्रिटिश उपनिवेशवाद से स्वतंत्र हो गया, लेकिन जाति उत्पीड़न से अभी भी मुक्त नहीं हो सका।

समय ने उन्हें भारत का संविधान बनाने की जिम्मेदारी दी और उन्होंने उस ऐतिहासिक कार्य को सफलतापूर्वक पूरा किया। उसके बाद पूरे देश में उनकी प्रशंसा होने लगी, विशेषकर जिस अछूत समुदाय से वे आते थे, वे सबकी आँखों के तारे बन गये। उन्होंने बौद्ध धर्म को जाति उत्पीड़न से मुक्ति की कुंजी के रूप में लिया और तदनुसार बौद्ध धर्म के बारे में हर किसी तक बात फैलाने पर जोर दिया। 1955 में उन्होंने भारतीय बौद्ध महासभा का गठन किया। और 14 अक्टूबर 1956 को त्रिरत्न शारंगमन ग्रहण करने के बाद उन्होंने पंचशील ग्रहण किया और बौद्ध धर्म में प्रवेश किया। इसके तुरंत बाद, दलित समुदाय के 500,000 लोगों ने 22 प्रतिज्ञाएँ लीं और उन्हें बौद्ध धर्म में शामिल कर लिया। वह चौथे बौद्ध सम्मेलन में भाग लेने के लिए काठमांडू भी आये थे। बौद्ध धर्म, जो एक समय पूरे भारत में फैला था, विभिन्न कारणों से लगभग लुप्त हो गया है, अब भारत के सभी बौद्ध उन लोगों से अलग नहीं हैं जिन्हें अम्बेडकर की नीति और मार्गदर्शन द्वारा बौद्ध कहा जाता था।

000

जातिगत भेदभाव के खिलाफ बौद्ध धर्म

2500 साल पहले भगवान बुद्ध यह नहीं मानते थे कि ऊंची जातियां और नीची जातियां होती हैं। उन्होंने सिखाया कि कोई भी व्यक्ति चाहे किसी भी जाति का हो, बौद्ध धर्म के सामने सभी समान हैं और अच्छे कर्म करके सभी संसार के चक्र से मुक्त हो सकते हैं। उनके द्वारा दिखाया गया समतामूलक समाज का मार्ग बौद्ध धर्म है, हमारे पास एक इतिहास है जिसे डॉ. अंबेडकर सहित कई लोगों ने स्वीकार किया है। लेकिन क्या हिंदू धर्म में पले-बढ़े लोगों के बीच जातिगत भेदभाव से लड़ने के लिए बौद्ध धर्म को अपनाना आवश्यक है? ये सवाल गहराता जा रहा है ।

अम्बेडकर से पहले भी जातिगत छुआछूत, जो कि हिंदू धर्म का अभिन्न अंग है, के ख़िलाफ़ आवाज़ें उठती रही थीं। उन्होंने धर्मत्याग के बारे में भी सोचा। जब आजादी की लड़ाई चल रही थी तब वे धर्म परिवर्तन पर जोर दे रहे थे, भले ही उन्हें संदेह था कि ऐसी संवेदनशील स्थिति में यह कहकर धर्म के मामले को लाना प्रतिकूल होगा कि धर्म अफीम है। उन्होंने वह रास्ता चुना और नतीजा हमारे सामने है ।

नेपाल में जातिगत भेदभाव भी उसी चरम पर है । इस भेदभाव के खिलाफ यहां भी कई बार विरोध प्रदर्शन हुए । हमने देखा है कि इसी कारण उनमें से कितने लोगों ने अपना धर्म त्याग दिया और आसानी से ईसाई बन गये। इस बीच, कुछ लोग यह तर्क भी लेकर आये कि इस धर्म के भीतर रहकर संघर्ष करके हिंदू धर्म को भेदभाव रहित बनाया जाना चाहिए। यह कितना संभव है, और क्या दलित समुदाय, जिसे अछूत के रूप में रहना पड़ता है, हिंदू बने रहने और भेदभाव पर रोक लगाने की क्षमता रखता है, यह चर्चा का एक और विषय है। लेकिन अगर हिंदू कट्टरपंथ ने उन लोगों के साथ भेदभाव करना बंद नहीं किया है जो अपना धर्म छोड़कर हिंदू नहीं बनकर रहना चाहते हैं, तो उन्हें सोचना होगा कि वे वहां रहकर समानता कैसे हासिल कर सकते हैं।

हिंदू धर्म का छुआछूत से छुटकारा पाने के लिए बौद्ध धर्म अपनाना जरूरी नहीं है। लेकिन भारत में इसकी चक्रवात से मुक्ति चाहने वालों को मार्गदर्शन दिए हुए 64 साल हो गए हैं, लेकिन नेपाल में इसका कोई खास असर क्यों नहीं हो पाया है, यह सबके लिए दिलचस्पी की बात है। इस जिज्ञासा का कोई संतोषजनक उत्तर नहीं है कि जो नेपाल भारत में होने वाले प्रत्येक राजनीतिक, सामाजिक, आर्थिक एवं आधुनिक परिवर्तन से तत्काल प्रभावित होता है और आते ही ऐसा करने का प्रयास करता है, वह इस ऐतिहासिक एवं क्रांतिकारी धार्मिक परिवर्तन से कैसे प्रभावित नहीं हो सका?

नेपाल के दलितों की मुक्ति के लिए अम्बेडकर को आदर्श मानने वाले भी यह कहने से कतराते हैं कि उन्होंने समाधान के तौर पर बुद्धदीक्षा ली थी। इसलिए ऐसा लगता है कि नेपाल के दलित मुक्ति अभियान के कार्यकर्ताओं ने बौद्ध धर्म अपनाने को कोई कारगर उपाय नहीं माना, अब बस इतना ही समझा जा सकता है । कुल मिलाकर, यह खबर कि भारत में 500,000 लोगों ने बौद्ध धर्म अपना लिया है, ने न केवल दलितों को बल्कि नेपाल में गैर-बौद्धों को भी आकर्षित नहीं किया। हाल ही में यहां नेपाल में दलितों की मुक्ति में लगे कुछ कार्यकर्ताओं ने अंबेडकर को आदर्श मानकर उनके द्वारा दिए गए धर्मांतरण के हथियार का इस्तेमाल करते हुए धीरे-धीरे बौद्ध धर्म में दीक्षा लेने और सूक्ष्म तरीके से ही सही, धर्म परिवर्तन कराने का अभियान शुरू कर दिया है।

000

हम यह न कहें कि अस्पृश्यता की अमानवीय हिंसा से छुटकारा पाने का बौद्ध धर्म एकमात्र रास्ता है, लेकिन इसमें कोई संदेह नहीं है कि यह उन लोगों को सर उँचा रख कर चलने का मौका देने की अवसर देता है जो सदियों से हीनता का जीवन जी रहे हैं। हालाँकि, यह नहीं भूलना चाहिए कि भारत में ये सभी बौद्ध भी समानता का जीवन नहीं जी रहे हैं। सरकार और मीडिया उन्हें दलित कहकर संबोधित करती है। बौद्धों के खिलाफ हिंदू-प्रभावित सरकार द्वारा भेदभाव जारी है।

इसीलिए भारत में बौद्धों का एक हिस्सा, यदि सभी नहीं, स्वयं को दलित कहलाने से मुक्त नहीं कर पा रहे हैं। दूसरी ओर, उनके व्यवहार और चाल से पता चलता है कि वे बौद्ध धर्म के बारे में जानने और उसके अनुरूप अपना आचरण रखने के बजाय हिंदू धर्म की आलोचना करने और जाति व्यवस्था की निंदा करने में अपना समय बर्बाद कर रहे हैं। इसके कई कारण हैं। हजारों सालों तक जो जुल्म और सितम उन्होंने सहा, उससे मुक्ति का एहसास कोई और नहीं कर सकता। हो सकता है कि वे अपनी स्वतंत्रता को उसी तरह अनुभव कर रहे हों, लेकिन दूसरी ओर, वर्तमान स्थिति में, बौद्ध शब्द को अछूतों के पर्याय के रूप में लिया जाता है, इसलिए यह स्पष्ट है कि भले ही वे अपनी पहचान के लिए आक्रामक नहीं हैं, लेकिन उन्हें प्रतिरोध की रणनीति के माध्यम से अपने को स्थापित कर रहा है ।

अब जब नेपाल की बात करें तो दलित समुदाय में यह व्यापक धारणा है कि न केवल हिंदू बल्कि बौद्ध भी हमारे साथ भेदभाव करते हैं। और यह संदेह करना जायज है कि यदि हम बौद्ध बन गए तो स्थानीय बौद्ध भी हमें रिश्तेदारों के रूप में स्वीकार नहीं करेंगे और दलित बौद्ध के रूप में हमारे साथ भेदभाव करेंगे। ऐसी स्थिति में, जो लोग बौद्ध के रूप में पैदा हुए हैं, यदि उन्होंने अपने मन में यह अकुशल विचार छोड़ दिया है कि हम एक बड़ी जाति हैं और वे एक छोटी जाति हैं, तो उन्हें एक ऐसा वातावरण बनाना होगा जहां वे समान दृष्टि से एक-दूसरे की मदद कर सकें। उसी तरह, जो लोग जन्म से हिंदू हैं, लेकिन बौद्ध धर्म में दीक्षित होने के कारण अछूत जीवन जीते हैं, हिंदू उच्च जातियों को दुश्मन बनाने के इरादे से जीवन भर हिंदू धर्म की आलोचना करने के बजाय, हमें आशा करनी चाहिए कि वे प्रेरणा ले सकें। शील समाधि प्रज्ञा के मार्ग पर चलकर और अनित्य दुःख अनात्मा को समझकर एक अच्छा जीवन जिएं। यही सबके कल्याण का कारण है।

Dear all, I don’t know Hindi. I just translated my article into Hindi with the help of Google Translate. Please bear with me and the technical errors.

Please leave your comments. Thank you very much.

The original of this article was published in January 2001 in the Buddhist Monthly “Anandabhoomi”. (https://bit.ly/3cgHDn9)

Friday, June 14, 2024

संयुक्त राज्य अमेरिकामा बुद्ध धर्म



राजेन मानन्धर

संयुक्त राज्य अमेरिका (यू.एस.ए) उत्तरी अमेरिका महाद्वीपमा स्थित एक देश हो जुन भूमि र कुल क्षेत्रफलको हिसाबमा विश्वको तेश्रो सबैभन्दा ठुलो देश हो । यस अन्तर्गत ५० राज्य, एक संघीय जिल्ला, ५ प्रमुख असम्मिलित क्षेत्र, ९ साना बाहरी द्वीपहरु तथा ३२६ इण्डियन आरक्षणहरु पर्दछन् । यसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिकोसँग सीमाना जोडिएका छन् । यसको सीमा पश्चिममा प्रशान्त महासागर र पूर्वमां आन्ध्र महासागरसम्म फैलिएको छ । यहाँको राजधानी वाशिंगटन डी.सी. हो तर यसको सबैभन्दा धेरै जनसंख्या भएको शहर तथा प्रमुख वित्तीय केन्द्र न्यूयोर्क शहर हो ।

यहाँका आदिबासीहरुका पूर्वजहरु १२ हजार वर्ष भन्दा अगाडिदेखि यहाँ रहेको मानिन्छ । सन् १४९२ देखि यहाँ यूरोपको उपनिवेशीकरण शुरु भयो र यसको लगतै पछि विभिन्न रोगहरुका कारण आदिबासीहरु मर्न थाले । त्यस्तै युद्ध, जातीय नरसंहार तथा दासता जस्ता कारणले पनि उनीहरुको संख्या कम हुँदै गयो । त्यस्तै १६०७ देखि ब्रिटिश उपनिवेशीकरणका कारण यहाँ कोलोनीहरुका स्थापना भयो । पछि उनीहरुको ब्रिटिश साम्राज्यसँग द्वन्द्व भयो, अमेरिकी स्वतन्त्रता संग्राम भयो । यस देशले विस्तारै स्वतन्त्र राज्यको रुपमा स्थापित हुन पायो । सन् १९०० देखि यो सबैभन्दा ठुलो अर्थतन्त्र र शक्तिशाली देशको रुपमा देखापर्यो । अनि १९९१मा सोभियत संघको पतन पछि यो विश्व शक्तिको रुपमा स्थापित छ । आज विश्वकै इतिहासमा संयुक्त राज्य अमेरिका अप्रवासीहरुको देश हो । यहाँको जनसंख्यामा विविधता छ र विश्वभरका देशहरुबाट यहाँ राम्रो अवसर र जीवनशैलीको लागि ओइरिने गर्दछ ।

अमेरिकी संविधानको पहिलो संशोधनले स्पष्ट पारेको छ कि यहाँ हरेक नागरिकलाई अफ्नो धर्म मान्ने वा कुनै पनि धर्म नमान्ने अधिकार छ । धार्मिक स्वतन्त्रता यहाँको संविधानले सुनिश्चित पारेको अधिकार हो ।

अमेरिकाका धर्महरु
अमेरिकी जनगणनामा जनताको धर्मको बारेमा प्रश्न गरिँदैन । तर पनि विभिन्न समूह वा संस्थाहरुले प्रत्येक धार्मिक समूहसँग सम्बन्धित मानिसहरुको अनुमानित जनसंख्याको अनुपात निर्धारित गर्न सर्वेक्षणहरु गरिरहेका हुन्छन् । जस्तै चर्चहरुले आफ्नो सदस्यसंख्याको गणना गर्ने गर्छन् । यसै आधारमा यहाँ कुन धर्म मान्ने कति छन् भन्ने औसत प्रतिशत निकालिएको छ । लिब्रेटेक्स्टस् सोसल साइन्सेसका अनुसार अमेरिकामा विभिन्न धर्म मान्ने जनसंख्यको अनुमानित प्रतिशत यस प्रकार छ । ईसाई धर्म मान्ने ५९.९ देखि ७८.४%, नास्तिक या अज्ञेयवादी सहित असंबद्ध १५.०% देखि ३७.३% छन्, यहूदी धर्म १.२% देखि २.२% छन्, इस्लाम लगभग ६% छन्, बुद्ध धर्म ०.५% देखि ०.९% छन्, हिन्दू धर्म ०.४% छन् र अन्य धर्म मान्नेहरु १.२% देखि १.४% छन् ।

संयुक्त राज्य अमेरिकामा कुनै पनि क्षेत्रमा धर्मको आधारमा भेदभाव गर्नुलाई गैरकानूनी मानिएको छ । यस अनुसार , कर्मचारीहरुको नियुक्ति, पद बहाली, बर्खास्ती, आदिमा भेदभाव गर्न पाइँदैन । त्यस्तै स्कुल, कलेज तथा विश्वविद्यालयमा धार्मिक विभेदलाई निषेध गरिएको छ । अनि अनि धर्मको आधारा उत्पीड़न पनि गैर कानूनी हो ।

०००

अमेरिकामा बुद्ध धर्म

अमेरिका आफै नयाँ देश भएकोले यहाँ बुद्ध धर्मको इतिहास पनि लामो छैन । यहाँ बुद्ध धर्मको प्रवेश १९औं शताब्दीमा यहाँ आएका एशियाली मुलका आप्रवासीहरुबाट भएको थियो ।

सामान्यतयाः संयुक्त राज्य अमेरिकामा बुद्ध धर्म सन् १९४०को दशकमा प्रवेश गरेको मानिन्छ । चीनियाँहरु अमेरिकामा सन् १८२०तिर देखि आएका थिए भने सन् १९४८ देखि उनीहरु निकै ठुलो संख्यामा प्रवेश गरे। सन् १९६५मा आप्रवासन कानून फेरिएपछि एशियालीहरु झन् धेरै ओइरिए ।

यस्तै प्रकारले यहाँ विभिन्न देशका बौद्धहरु आउन थाले र सबै देशका बौद्धहरुले आआफ्नो देशको विशिष्टीकृत बुद्ध धर्म ल्याउने र अभ्यास गर्ने भएकोले यहाँ बिस्तारै विविध प्रकारका बुद्ध धर्म देखिन थाल्यो । यसलाई बिस्तारै आप्रवासी बुद्ध धर्म भनेर नाम दिने चलन आयो । यस भित्र श्रीलंकाली बौद्धहरु, म्यानमार बौद्धहरु, थाइ बौद्धहरु, क्याम्बोडियाली बौद्धहरु, भियतनामी बौद्धहरु, चीनियाँ बौद्धहरु, कोरियाली बौद्धहरु अनि जापानी बौद्धहरुले अमेरिकी भूमिमा आआफ्नो ढंगले बुद्ध धर्मको अभ्यास गरिरहेको पाइन्छ । र यसलाई अन्य धर्मावलम्बीहरुले सहज रुपमा स्वीकार गरिरहेको पाइन्छ ।

क्षेत्रगत रुपमा हेर्दा हवाइ अमेरिकाको सबै भन्दा धेरै बौद्ध जनसंख्या भएको राज्य हो । यहाँको ८ प्रतिशत जनता बौद्ध छन् । त्यस्तै क्यालिफोर्नियामा २ प्रतिशत जनता बौद्ध छन् ।
०००

१. इतिहास
अमेरिकामा बुद्ध धर्मको विकास
१९औं शताब्दी ः संयुक्त राज्य अमेरिकामा बुद्ध धर्मको परिचय सबैभन्दा पहिले १९औ शताब्दीमा भएको थियो । यसमा एशियाली आप्रवासीहरुको माध्यमबाट भएको थियो । त्यसमा पनि सबैभन्दा बढी चीनीयाँ तथा जापानी आप्रवासीहरुको योगदान बढी देखिन्छ जसले अमेरिकामा आआफ्नो देशमो धार्मिक परम्पराहरु त्यहाँ परिचय गराए ।
१८९३ ः विश्व धर्म संसद ः सन् १८९३ मा अमेरिकाको शिकागोमा विश्व धर्म संसद ( World’s Parliament of Religions)को आयोजना भयो । यस घटनालाई अमेरिकामा बुद्ध धर्मको इतिहासको शुरूआतको एक महत्वपूर्ण घटना मानिन्छ । विश्वका विभिन्न देशका धर्म वा विश्वासहरुको अन्तरक्रियाको रुपमा आयोजना गरिएको यस सम्मेलनमा श्रीलंकाका अनागरिक धर्मपालले दक्षिणी बुद्ध धर्म वा थेरवादको प्रतिनिधिको रुपमा, जापानी सोयेन शाकुलाई जेन बुद्ध धर्मको प्रतिनिधिको रुपमा तथा शुद्धभूमि बुद्ध धर्मका गुरु जापानी कियोजावा मान्शीलाई धर्मको दर्शनको प्रारुपको बारेमा बोल्न लगाइएको थियो । उहाँहरुले बुद्ध धर्मको शुरुवात, दर्शन तथा यसको विस्तारको बारेमा विस्तृतरुपमा वर्णन गरे । यसका साथै उहाँहरुले अमेरिकीहरुले सर्वमान्य भन्दै आएको क्रिश्चियन परमेश्वरको अवधारणा भन्दा फरक खालको दर्शन एशियामा २५०० अगाडि नै फैलिसकेको बताएर सबैलाई चकित पारे । यसपछि अमेरिका लगायत विश्वका अन्य देशका प्रतिनिधिहरु यसबारे धेरै जिज्ञासु बने । त्यसपछि बुद्ध धर्म विस्तारै गहन अध्ययन अनुसन्धानको विषयको रुपमा विकास हुँदै गयो ।

२०औ शताब्दीको शुरुआत ः थियोसोफिकल सोसाइटी
सन् १८७५मा अमेरिकाको न्यूयोर्क शहरमा थियोसोफिकल सोसाइटीको (Theosophical Society) स्थापना भयो । यो विशेष नयाँ धार्मिक आन्दोलनको लागि धर्मशास्त्रको अध्ययन गर्ने संगठनात्मक निकाय को रुपमा स्थापना भएको थियो । अमेरिकी आर्मी अफिसर, पत्रकार तथा वकिल कर्नेल हेनरी स्टील ओल्कोट यसका संस्थापक अध्यक्ष थिए । यसले पुराना यूरोपीय दर्शन प्लेटो दर्शन तथा आदिका साथै हिन्दु धर्म, बुद्ध धर्म र इस्लाम जस्ता एशियाली धार्मिक परम्पराहरुको ुतलनात्मक अध्ययन र ब्याख्या गर्ने उद्देश्य लिएको थियो । यसैबेला त्यहाँ जापानीहरुले मन पराएको जेन बुद्ध धर्मको प्रचार शुरु भयो । यहाँ सन् १९०४मा सोक्यो उएओका हवाइमा बुद्ध धर्म सिकाउन पुगे । त्यहाँ सन् १९०७मा जेन मन्दिर बन्यो र उनलाई मान्तोकुजि मन्दिरको संस्थापक बने ।

२०औ शताब्दीका मध्य ः द्वितीय विश्व युद्ध पछि बुद्ध धर्ममा आकर्षण
द्वितीय विश्व युद्ध पछि अमेरिकी बुद्धिजीविहरु तथा लाकारहरुको बीच बुद्ध धर्म सहित पूर्वी दर्शन में रुचि बढ्न थाल्यो । यसबेला बीट जेनेरेशन अथवा बीटनिकहरु भन्ने एउटा पुस्ता जस्तै बन्यो जसले बीट संस्कृतिको विकास गर्यो जसको उद्देश्यभ नेको पुराना परम्परागत मान्यताहरुलाई त्यागेर नयाँ आध्यामिक खोज गर्ने र अमेरिकी तथा पूर्वीय धर्महरुको अध्ययन गर्ने आर्थिक भौतिकवादलाई अस्वीकार गरेर हिँड्ने थियो । यसै सन्दर्भमा केराओकको सन् १९५८मा प्रकाशित दि धर्म बम्स भन्ने उपन्यासको प्रमुख विषय बुद्ध धर्म थियो । यसले पश्चिमी विश्वमै बुद्ध धर्मलाई प्रख्यात बनाउन सहयोग गर्यो । यस्ता लेखकहरुको विचारबाट प्रभावित भएर पनि धेरैले बुद्ध धर्म अपनाए ।

१९५९ ः तिब्बती बौद्ध धर्म
सन् १९५१मा तिब्बत चीनको नियन्त्रणमा गयो, सन् १९५९मा त्यहाँ विद्रोह भयो र यसको पछि उहाँ निर्वासनमा जानुभयो । यो घटनाले विश्वको ध्यानाकर्षण गरिरहेको थियो । यसलाई पश्चिमाहरुले यसलाई स्वतन्त्रताको लागि गरिएको आन्दोलनको रुपमा लिए । त्यसमा पनि पछि त्यहाँका १४औं दलाइ लामाको निर्वासनले उहाँप्रति मानिसहरुको सहानुभूति थप्यो ।
आध्यात्मिक गुरु दलाई लामालाई तिब्बतका जनताले राजनीतिक नेतृत्व दिनुको साथै बौद्धहरु अवलोकितेश्वरकै स्वरुपको रुपमा पनि मान्दछन् । सन् १९७९मा उहाँले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुभएपछि त्यसको प्रभाव त्यहाँक जनतामा धेरै पर्यो । त्यहाँ जनताले बुद्ध धर्ममा रुचि राखे, अध्ययन गर्न थाले र आफूलाई बौद्ध भन्नुमा गर्व गर्नथाले । यसले पनि त्यहाँ तिब्बती बौद्ध केन्द्रहरुको स्थापना गर्न र तिब्बती बौद्ध समाजको निर्माण गर्न योगदान गर्यो ।

सन् १९६० र ७०ः प्रतिसंस्कृति र मुख्यधारा एकीकरण
सन् १९६०को दशक अमेरिकाको सामाजिक परिवर्तनको हिसाबले एक महत्वपूर्ण समय थियो । अमेरिकाकै संलग्नतामा विश्वमा भएका परिवर्तनहरु त्था कतिपय युद्धका विनाशकारी परिणामहरुले गर्दा युवा अमेरिकीहरुमा कुनै कुरामा पनि आस्था वा मोह नभएको र हिजोको भन्दा बेग्लै ढंगले सोच्ने र जिउने प्रवृतिले बिस्तारै ठाउँ लिइरहको थियो । यसैलाई प्रतिसंस्कृति भनियो । त्यस्तै गरी विभिन्न क्षमता र पृष्ठभूमि भएका मानिसहरुलाई एकैसाथ लानुपर्छ भन्ने सामाजिक आग्रह वा अभियान पनि यसैबेला देखियो । यस्ता आन्दोलन वा अभियानहरुले उनीहरुलाई जीवन जिउने नयाँ नयाँ तरिका वा बाटोको खोजिनिती गरायो र यस मध्ये धेरैले बुद्ध धर्मलाई संसारमा भएका सबै प्रकारका युद्ध अशान्ति अनि मानसिक समस्याको एकमात्र समाधानको रुपमा स्वीकारे । यस्तो वातावरणले त्यहाँ बुद्ध धर्मलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यसैको फलस्वरुप पनि अमेरिकी समाजमा बुद्ध धर्म प्रख्यात हुँदै गयो अनि विभिन्न बौद्ध केन्द्रहरुको स्थापना हुनुको साथै समाजमा अमेरिकी बौद्ध समुदायहरु संगठित हुनथालेको देखियो ।

१९८०देखि ः विविधता र विस्तार
यसपछिका दिनहरुमा संयुक्त राज्य अमेरिकामा बुद्ध धर्म भौगोलिक रुपमा अझ नयाँ नयाँ राज्य र शहरहरुमा फैलियो । यसका साथै विषयगत ढंगले पनि यसमा अलग अलग संकाय वा सम्प्रदायको अलग अलग संगठन बने । त्यहाँका स्वतन्त्र धार्मिक अभ्यास गर्ने प्रचलनले, नयाँ कुरामा गहिरो अध्ययन गर्ने चाहनाले र आधुनिकरणबाट वाक्क लागेर आध्यात्मिक शान्ति खोज्नेहरुले उचित मार्ग पाएको अनुभव गर्ने भएकोले यहाँ बुद्ध धर्म विभिन्न किसिमले विकास हुन पाइरहेको अवस्था छ । अहिले यहाँ थेरवाद, जÞेन, तिब्बती और चीनियाँ प्योरल्याण्ड बुद्ध धर्मको आआफ्नो हिसाबले विकास र प्रचार प्रसार भइरहेको छ । एकातिर यहाँ विभिन्न बौद्ध परम्पराहरुले जरा गाडेको अवस्था छ भने अर्कोतिर ती सबै भन्दा अलग खालको स्वतन्त्र किसिमको बुद्ध धर्मले पनि आफ्नै आकार लिइरहेको छ जसलाई अब “अमेरिकी बुद्ध” धर्म भन्ने नाम दिइन्छ । यसअन्तर्गत अमेरिकीहरु कर्मकाण्ड र पूजाआजा वा पाठमा भन्दा स्मृति ध्यान तथा दर्शन सम्बन्धी तार्किक छलफलमा आकर्षित छन्, तर पनि यो पूर्णरुपले बुद्ध शिक्षाबाट निर्देशित छ । यस प्रकार अहिले अमेरिकामा बुद्ध धर्मको विविधता तथा विस्तार दुबै पाइन्छ ।

यसरी हेर्दा अहिले अमेरिकी समाजमा बुद्ध धर्म मुलप्रवाहमा प्रवेश गरिसकेको भन्न सकिन्छ । स्वास्थ्य, शिक्षा आदि अमेरिकी समाजमा एकदम महत्व दिइने सामाजिक पक्षलाई समेटेर अमेरिकी समाजलाई राम्रोसँग बुझेका बौद्ध धर्मगुरुहरुले त्यहाँ बुद्ध धर्मलाई समाजमित्र प्रवेश गराइरहेको अवस्था छ ।

अहिलेका अमेरिकी बौद्धहरु
अहिले संयुक्त राज्य अमेरिकामा एशियाई मूलका सबै गरेर अमेरिकी बौद्धहरुको दस लाखदेखि पचास लाखसम्म हुन सक्छ भनेर अनुमान गरिएको छ । यहाँ एशियाली मुलकाहरुको परम्परागत बुद्ध धर्म त छँदैछ, त्यसमाथि यहीँका यूरोपीय मूलका वा गोराहरुले ती बुद्ध धर्मको औपचारिक अध्ययन गरेर वा नगरिकनै आफुखुशी बुद्ध धर्मलाई परिभाषित गर्दै आफ्नै ढंगले पनि बुद्ध धर्म अवलम्बन गरे, जसलाई बोलिचालीको भाषामा “श्वेत बुद्ध धर्म“ पनि भनियो ।

अमेरिकी बौद्धहरु मध्ये अहिले एक चौथाई मानिसहरुे पारम्परागत ईसाई धर्म, यहूदी धर्म या धर्मनिरपेक्ष दर्शनबाट धर्मान्तरण गरेर आएको अनुमान गरिन्छ ।
अमेरिका जस्तो विशाल देशमा कसलाई बौद्ध भन्ने भन्ने नै ठुलो प्रश्न छ । यहाँ दुई प्रकारबा बौद्धहरु रहेको स्पष्ट देखिन्छ । पहिलो ती आप्रवासी बौद्धहरु हुन् जो जन्मैले बौद्ध हुन्, बुद्ध धर्म र दर्शनमा पुरै भिजेका छन्, श्रद्धा छ र परम्परागत रुपमा मानिआएका रितिरिवाजलाई सहजै मान्छन् । दोश्रो ती गोरा तथा गैर एशियाली बौद्धहरु हुन् जो बुद्धको मूर्तिबाट, केही संगीत वा कुनै ग्रन्थको वा ध्यानको कारणले यस तर्फ आकर्षित भएका छन् । रहर वा उत्सुकताले आफुलाई बौद्ध भन्न रुचाउँछन् । त्यसमा त्यस्ता पनि छन् जो धार्मिक कार्यक्रममा बस्दैनन् तर बौद्ध दार्शनिक सिद्धान्तहरुको अध्ययन र सम्मान गर्दछन् । अमेरिकनहरु बुद्ध धर्मलाई राम्रो सँग बुझ्दैनन् र अन्धाहरुले हाँत्ती छामेर बताए जस्तो आफुले जस्तो पायो त्यस्तै ब्याख्या गर्छन् भन्ने चलन पनि त्यहाँ छ ।

अमेरिकी शैलीको बुद्ध धर्मका केही लक्षणहरु यस प्रकार छन् — बलियो संलग्नता , ध्यान अभ्यासमा केन्द्रित, लोकतान्त्रिक आदर्शमा विश्वास, महिला समानता, सामाजिक कार्य और पश्चिमी मनोविज्ञानमा खुलापन । यसमा कोही दर्शनमात्र सम्झने छन् भने कोही कर्मकाण्ड वा रितिरिवाजमा पनि रुचि राख्छन् । ती मध्ये धर्मान्तरण गरेर आएका अफ्रीकी तथा ल्याटिन अमेरिकीहरुका लागि जापानी शैलीको सोका गाक्कई बुद्ध धर्म एक लोकप्रिय शैली भएको देखिन्छ ।

कोही कोही यहाँ परम्परागत बुद्ध धर्म पाँच छ पुस्तादेखि अभ्यासमा रहेको, पारिवारिक धार्मिक प्रथा जीवित रहेको तथा उनीहरु यसैमा खुशी भएकोले अहिलेको धर्मान्तर गरेर आएकाहरुको बुद्ध धर्मको खासै महत्व नभएको भन्ने सोच्छन् ।
०००

२. परम्परा

अमेरिकामा प्रचलित बौद्ध परम्पराहरु
विश्व भरी नै बुद्ध धर्मका अनेक परम्पराहरु व निकाय भए जस्तै क्रमैसँग अमेरिकामा पनि बुद्ध धर्मको प्रवेश पश्चान यहाँ विभिन्न परम्पराहरुको विकास र केन्द्रीकरण हुँदै गयो । यहा हाल प्रचलमा रहेको केही परम्पराहरुको सामान्य जानकारी यहाँ दिइन्छ ।

प्रारम्भिक बुद्ध धर्म ः अमेरिकामा १९औ शताब्दमिा बुद्ध धर्मले पहिले प्रवेश पाउँदा यो मुख्यगरी एशियाली मुलुकमा आप्रवासी वा शरणार्थीहरुले ल्याएको स्वरुपमा थियो । यसरी भन्दा याँ चीन तथा जापानको बुद्ध धर्मको बढी प्रचलन थियो । उनीहरुले आफ्नो देशबाट जुन जस्तो जसरी बौद्ध ग्रन्थहरु, परम्पराहरु ल्याए र आफ्नो जन्मभूमिमा देखेको वा बनाएको जस्तो मन्दिरको निर्माण यहाँ गरे त्यो सबैको मिश्रणलाई प्रारम्भिक स्वरुपको अमेरिकी बुद्ध धर्म भन्न सकिन्छ ।

जापानी वा जेन बुद्ध धर्म ः यहाँ विकास भएको बुद्ध धर्मको नाम लिनुपर्दा जेन, प्योरल्याण्ड तथा निचिरेन निकायहरुले आआफ्नो स्वरुप लिएको देखिन्छ । त्यसमा पनि मध्य २०औ शताब्दीमा जेन धर्मले विशेष ख्याती प्राप्त गर्यो । यसमा यहाँ बुद्ध धर्म सिकाउन बसेका डिटी सुजुकी तथा शुनरयु सुजुकीको योगदान स्मरणीय हुन्छ । यहाँ सन् १९०४मा सोक्यो उएओका हवाइमा बुद्ध धर्म सिकाउन पुगे । त्यसपछि यहाँ थुप्रै जेन गुरुहरुले बुद्ध धर्म सिकाउन थाले । अमेरिकीहरु जेन बुद्ध धर्मलाई विशेष मन पराउँछन् ।

तिब्बती बुद्ध धर्म ः बिसौं शताब्दीमा आएर तिब्बती बुद्ध धर्म अमेरिकाको अकर्षक धर्म बन्यो । यसमा तिब्बती धर्म गुरुको आगमन र तिब्बती शरणार्थीहरुको श्रद्धा तथा यसका परम्परा, गुम्बा व्यवस्था, अध्ययन गर्ने सुविधा र यसमा रहेको गहन दर्शनले अमेरिकीहरुलाई प्रभाव पारेको देखिन्छ ।

थेरवाद बुद्ध धर्म ः बुद्ध धर्मभित्रको मौलिक र सजिलो मानिएको बुद्ध धर्म थेरवादले यहाँ प्रारम्भिक समयदेखि नै स्थान बनाएको थियो । ऐतिहासिक तथ्य भएको, वैज्ञानिक र तर्कसंगत भएकोले अमेरिकीहरुले बुद्ध धर्मको बारेमा जानकारी लिए देखि नै यहाँ थेरवाद ग्रन्थहरुको अनुवाद अध्ययन गर्ने जमात तयार भएको थियो । यसका साथै दक्षिण एशियाबाट आप्रवासनमा आएकाहरुले पनि यसको विकासमा योगदान गरे । यहाँ उनीहरुकै सक्रियतामा लस एन्जेल्स तथा न्यूयोर्क शहरमा थेरवादको अध्ययन केन्द्रहरु बने ।

इन्गेज्ड बुद्ध धर्म ः अमेरिकाको बुद्ध धर्मको प्रमु्ख विशेषता नै इन्गेज्ड बुद्ध धर्म मान्नु पर्छ । भगवान बुद्धले दिनु भएको शिक्षा वा धर्मलाई आजको जीवन शैली, राजनीतिक, सामाजिक तथा आर्थिक जीवनसँग जोडेर हेर्ने र त्यसमा जीवन उपयोगी कुराहरु खोजेर अध्ययन गर्ने चलनलाई सजिलोसँग इन्गेज्ड बुद्ध धर्म भन्न सकिन्छ । यस शब्दलाई भियतनामी धर्मगुरु थिक न्हात हानले बनाएको थियो । यस प्रकारको हेराईले पश्चिमी अध्ययनशील जनता र अभ्यासकर्ताहरु बुद्ध धर्म मार्फत संसारमा सकारात्मक परिवर्तन ल्याउनेमा आशावादी भए । धर्मनिरपेक्ष वा सेकुलर बुद्ध धर्म ः मुख्य गरी एशियाली देशहरुमा बुद्ध धर्मलाई धर्मको रुपमा हिन्दु् इशाई मुस्लिम आदि धर्मको समानान्तरमा राखेर हेर्ने चलन छ भने पश्चिमी देशमा यसलाई धर्म होइन दर्शन वा जीवन जिउने कलाको रुपमा लिइन्छ । उनीहरु यसलाई धर्मको रुपमा नलिई यसमा भएको आर्य अष्टाङ्गिक मार्गलाई नैतिक शिक्षा तथा स्मृति ध्यानलाई मन मष्तिष्कलाई नियन्त्रण गर्ने साधनको रुपमा लिन्छन् । र उनीहरु आफु इशाई वा नास्तिक नै भएर पनि बुद्ध धर्मलाई सेकुलर रुपमा अध्ययन र अभ्यास गर्छन् ।

धर्मान्तरण समुदायहरु ः विभिन्न एशियाली देशहरुबाट आप्रवासनमा आएका बौद्धहरु बाहेक अमेरिकी मूलका मानिसहरु पनि ठुलो संख्यामा बौद्ध धर्ममा धर्मान्तरण गरिरहेका छन् । यसरी धर्मान्तर गरेर बौद्ध भएका अमेरिकीहरुको पनि आफ्नै समु्दाय, संगठन छ उनीहरु पनि आफ्नै किसिमको बौद्ध परम्परा र संस्कारमा रमाइरहेका छन् । उनीहरुको धर्म वा जीवनशैली बुद्ध शिक्षाबाट निर्देशित छ तर पनि पश्चिमी सभ्यतासँग मिलेको वा सामन्जस्यता मिलाएको किसिमको छ ।

विविधताले भरिएको ः माथि उल्लेख गरिएझैं अमेरिकामा एकैदिन एकैपल्ट एकै जनाले बुद्ध धर्म ल्याएको थिएन । विभिन्न समयमा विभिन्न माध्यमबाट विभिन्न निकायका धर्म गुरुहरुको प्रभाव वा प्रवचनबाट प्रभावित भएर यहाँ बुद्ध धर्म फैलिएको भएर विविधता यहाँको एक अकाट्य विशेषता हो । अमेरिकी सभ्यता आफै विविधतामा रमाउने भएकोले उनीहरुले बुद्ध धर्मको विविधतालाई आत्मसात गरेको छ । त्यसैले यहाँको बौद्ध परम्परा गतिशील, विविध र नयाँ तथा विशेष संस्कृतिले स्वीकार्ने प्रकारको छ । यहाँ बुद्ध धर्मलाई कोरा दर्शन, चिन्तन र बुद्धको उपदेशलाई जस्ताको तस्तै लिने भन्दा पनि यहाँ उनीहरुको जल्दोबल्दो मुद्दाहरु, जस्तै सामाजिक न्याय, वातावरण, मानव अधिकार, द्वन्द्व व्यवस्थापन जस्ता मुद्दाहरुसँग भिडाएर हेर्ने र त्यही अनुसार बुद्धको शिक्षालाई अनुसरण गर्ने प्रकारको छ ।
०००

३. धर्म गुरुहरु वा विज्ञहरु
विगत सय वर्षमो संयुक्त राज्य अमेरिकामा कयौं प्रमुख बौद्ध गुरुहरुले त्यहाँ बुद्ध धर्मको स्थापना र प्रचार–प्रसारमा अतुलनीय योगदान दिनुभएको थियो । आजको दिनमा अमेरिकामा बौद्धहरुले सम्झने निम्न गुरुहरु छन् । उनीहरुको संक्षिप्त जानकारी यहाँ दिइन्छ ।
शुनरियू सुजुकी (१९०४–१९७१) ः शुरयियू सुजुकी एक जापानी जÞेन गुरु थिए जसले सन फ्रान्सिस्को जÞेन केन्द्रको स्थापना गरे । उहाँले संयुक्त राज्य अमेरिकामा जÞेन बुद्ध धर्मलाई लोकप्रिय बनाउन ठुलो यागदान दिए । अहिले अमेकिामा बुद्ध धर्म भनेपछि जेन बुद्ध धर्म भनेर बुझ्नेहरु धेरै छन् । उहाँले सरल भाषामा जेन अभ्यास गर्नेहरुका लागि प्रभावशाली पुस्तक “जेन माइंड, बिगिनर्स माइंड“ लेखेका थिए ।

थिक न्हात हान (सन् १९२६–२०२२) ः थिक न्हात हान अमेरिकामा प्रख्यात केही बौद्ध गुरुहरु मध्ये एक हुन् । उ एक भियतनामी जेन बौद्ध भिक्षु, शिक्षक, लेखक तथा शान्ति कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले पश्चिममा स्मृति ध्यान परम्परा शुरु गर्नमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले क्यालिफोर्नियामा मृग उद्यान मन्दिर सहित संयुक्त राज्य अमेरिकामा थुप्रै बौद्ध मन्दिर तथा अभ्यास केन्द्रहरुको स्थापना गर्नुभएको थियो ।

हेनेपोला गुणरत्न (१९२७) ः हेनेपोला गुणरत्नको जन्म सन् १९२७मा श्रीलंकाको हेनेपोला गाउँमा भएको थियो । उनको नाम एकनायक मुदियानसेलागे थियो । त्यहाँ उनले थेरवादी भिक्षु भएर र धर्म अध्ययन गरे । त्यसपछि उनी केही समयका लागि भारत तथा मलेसियामा गएर काम गरे । सन् १९६८मा उनी अमेरिका पुगे र वाशिङ्टन डिसीको बुद्धिस्ट विहार सोसाइटीमा काम गरे । पछि भियतनामी शरणार्थीहरुका लागि पनि काम गरे । सन् १९८५मा बनाइएको ध्यान शिविर केन्द्रमा उनी प्रमुख छन् र विपश्यना ध्यान सिकाउँछन् ।

पेमा चोड्रोन (१९३६)ः पेमा चोड्रोन अमेरिकामा जन्मनुभएको एक लामा भिक्षुणी हुन् । उहाँको जन्म न्यूयोर्कमा भएको थियो र उहाँको नाम डेरडे« ब्लुमफिल्ड ब्राउन राखिएको थियो । पछि तिब्बती बुद्ध धर्मको अध्ययन गर्दा गर्दै भिक्षुणी बन्नुभयो । उहाँले ध्यान, करुणा र सचेतनतामा केन्द्रित भएर बुद्धो शिक्षा दिनुहुन्छ । उहाँ शम्भाला परम्पराको एक वरिष्ठ शिक्षिका हुनुहुन्छ । यस बाहेक उहाँलाई एक प्रशिद्ध लेखिकाको रुपममा पनि चिन्न सकिन्छ । उहाँका थुप्रै प्रकाशित भएका छन् जसमा “व्हेन थिङग्स फ‘ल अपार्ट“ और “द विजडम अफÞ नो एस्केप“ आदि छन् ।

चोग्यम ट्रुङ्गपा (सन् १९३९–१९८७)ः चोग्यम ट्रुङ्गपा एक तिब्बती बौद्ध ध्यान गुरु हुनुहुन्थ्यो । सन् १९५९मा तिब्बतमा राजनीतिक परिवर्तन भएर उहाँ भागेर बेलायत पुग्नुभयो, त्यहाँबाट स्टकल्याण्ड पुगेर गुम्बा स्थापना गर्नुभयो । पछि सन् १९७०मा उहाँले अमेरिका आएर यहाँको कोलोराडो राज्यको बोल्डरमा शम्भाला बौद्ध समुदाय र नरोपा विश्वविद्यालयको स्थापना गर्नुभयो । पश्चिमी जनसमुदायमा तिब्बती बुद्ध धर्मलाई परिचित गराउने तथा नयाँ ढंगले बुद्धधर्म सिकाउने प्रविधिको विकास गर्ने काममा उहाँको भूमिका ऐतिहासिक मानिन्छ ।

ज्याक कोर्नफील्ड (सन् १९४५)ः ज्याक कोर्नफील्ड अमेरिकाका थेरवाद बौद्ध परम्परा सिकाउने एक गुरु हुनुहुन्छ । उहाँले भारत थाइल्याण्ड तथा म्यानमारमा अजाहन चा तथा महासी सयादो जस्ता गुरुहरुबाट विपश्यना सिक्नुभएको थियो । उहाँलाई अमेरिकी थेरवाद बुद्ध धर्ममा विपश्यना गुरु भनेर पनि चिनिन्छ र उहाँ सतिपठ्ठानमा आधारित भएर (माइण्डफुलनेस) ध्यान सिकाउनु हुन्छ । उहाँ बर्रे, मैसाचुसेट्समा इनसाइट मेडिटेशन सोसाइटीका सह–संस्थापक हुनुहुन्छ । यसका साथै वहाँ एक सफल लेखक पनि हुनुहुन्छ । पश्चिमम माइंडफुलनेस मेडिटेशनलाई सर्वसाधारण बिच लोकप्रिय बनाउनमा उहाँको योगदान छ ।

उहाँहरु केही उदाहरणहरु मत्र हुन् । संयुक्त राज्य अमेरिकाका लगभग हरेक राज्यमा यस्ता अध्ययनशिल तथा प्रभावशाली गुरुहरु हुनुहुन्छ जसले सर्बसाधारणले बुझ्ने भाषामा बुद्धशिक्षाको व्याख्या गर्नुहुन्छ, संगठन बनाउनुहुन्छ र समाजमा बुद्ध धर्म स्थापित गर्न तथा प्रचारप्रसार गर्नमा आफ्नो जीवन नै लगाउनु हुन्छ । अमेरिका जस्तो बहुसाँस्कृतिक देशमा बुद्ध शिक्षाको माध्यमबाट त्यहाँका मासिनहरुलाई बुद्धको शिक्षालाई आफ्नो जीवनमा लागु गराउन सक्नु भनेको सानोतिनो लगन र क्षमताको कुरा होइन ।
०००

४. अमेरिकामा बौद्ध मन्दिर तथा स्मारकहरु
संयुक्त राज्य अमेरिकामा अहिले २१५२वटा बौद्ध मन्दिरहरु छन् भनेर तथ्यांक निकालिएको छ । त्यो भन्दा बाहिर दर्ता नगरिएका ससाना मन्दिरअरु अझ धेरै होलन् । यहाँ केही ठुला र उल्लेखनीय मन्दिरहरुको संक्षिप्त जानकारी दिइन्छ ।

बुद्धिस्ट सोसाइटी अफ अमेरिका ः सोकेइ आनले बनाएको बुद्धिस्ट सोसाइटी अफ अमेरिकालाई यहाँकै पहिलो जेन केन्द्र भनिन्छ । त्यहाँ सन् १९०७मा जेन मन्दिर बन्यो र उनलाई मान्तोकुजि मन्दिरको संस्थापक बने । त्यस्तै किसिमले सोयेन शाकु, सोकेइ आन आदि आए । सोकेइ आनले बनाएको बुद्धिस्ट सोसाइटी अफ अमेरिकालाई अहिले पहिलो जेन केन्द्र भनिन्छ । सन् १९३८मा रुथ फुलस सासाकी यसको मुख्य प्रायोजक बने । यहाँ अहिले विभिन्न तहमा बुद्ध शिक्षाको प्रशिक्षण दिइन्छ तथा ध्यानका शिविरहरु चलाइन्छ ।

फो ग्वाङ शान शि–लाइ मन्दिर ः फो ग्वाङ शान शि–लाइ मन्दिर क्यालिफोर्नियाको लस एंजिल्सस्थित हैएण्डा हाइट्समा अवस्थित छ । यस मन्दिरको नामले “पश्चिम आउँदै” भन्ने अर्थ दिन्छ । एक लाख वर्गफिट क्षेत्रमा फैलिएको यस मन्दिर परिसरलाई अमेरिकाकै सबैभन्दा ठुलो मन्दिर मानिन्छ । यो ताइवानको बौद्ध संगठन फÞो ग्वाङ शानको एक मुख्य शाखा हो । यसको स्थापना सन् १९८८मा पूर्व र पश्चिमको बिच धर्म तथा संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गरिएको थियो । त्यस्तै यो सन् १९९१मा स्थापित बुद्ध लाइट इन्टरनेशनल एसोसिएशनको स्थापनास्थल पनि थियो । ताङ वंशको चीनियाँ बास्तुकलाबाट प्रभावित यस विशाल मन्दिर परिसर भित्र परम्परागत हलहरु, ध्यान बगैंचाहरु र बौद्ध देवदेवीहरुको मूर्तिहरु स्थापित छन् । यहाँ नियमित रुपमा बौद्ध तथा गैरबौद्धहरुका लागि ध्यान शिविरहरु, धर्मदेशनाहरु तथा बौद्ध दर्शन र संस्कृतिसँग सम्बन्धित विषयहरुमा सभा, सम्मेलन तथा कार्यशालाहरु आयोजना भइरहन्छन् । यसका साथै यसले विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु गरेर स्थानीयहरुको मन जितिरहेको छ । साथै यो स्वदेशी तथा विदेशीहरुको एक प्रमुख पर्यटन केन्द्र पनि बनेको छ ।

जेन माउन्टेन मोनास्ट्री वा दोशिन्जी ः न्यूयोर्कको माउन्ट ट्रेम्पर क्षेत्रमा २३० एकड जमिनमा जेन माउन्टेन मोनास्ट्री वा दोशिन्जी फैलिएको छ । यो मन्दिर सन् १९८०मा जोन दाइदो लूरी रोशीले जेन कलाकेन्द्रको रुपमा स्थापना गरेका थिए । यसले स्थापना काल देखि सहभागीहरुलाई विभिन्न कार्यक्रमहरु त्था शिविरहरु सञ्चालन गरेर परम्परागत तथा नयाँ तरिकाबाट बुद्धको शिक्षा दिइरहेको छ । सन् २०१५देािय यो शुगेन रोशीका नेतृत्वमा सञ्चालित छ । यो भनेको खास गरी माउन्टेन्स एण्ड रिभर्स अर्डर भन्ने छाता संगठनको मुख्य शिविर हो । यस अन्तर्गत धर्म कम्युनिकेशन्स, सोसाइटी अफ माउन्टेन्स एण्ड रिभर्स, नेशनल बुद्धिस्ट आरकाइभ्स, दि जेन एन्भारोन्मेन्टल स्टडिज, नेशनल बुद्धिस्ट प्रिजन संघ तथा फायर लोटस टेम्पल जस्ता संस्थाहरु आवद्ध छन् ।

सिटी अफ टेन थाउजेन्ड बुद्धज ः अमेरिकाका प्रमुख बौद्ध मन्दिरहरु मध्ये एक सिटी अफ टेन थाउजेन्ड बुद्धज अर्थात् दस हजÞार बुद्धहरुको शहर पनि एक हो । यो अमेरिकामा प्रख्यात चीनिया भिक्षु शुआन हुआद्वारा स्थापित एक अन्तरराष्ट्रिय चान बौद्ध मन्दिरको विशाल परिसर हो । यो क्यालिफÞोर्नियाको टेल्मेजमा अवस्थित छ । सन् १९७४मा धर्म रियल्म बुद्धिस्ट एशोशियनले यो ठाउँ किनेर यहाँ बौद्ध मन्दिरको सञ्चालन गरेको थियो ।

पहिला यो सन् १८८९मा मानसिक रोगीहरुका लागि आश्रय स्थल थियो । यो परिसर विनय, कठोर, पारम्परागत बौद्ध विहार विनयको पालना गर्ने स्थलको रुपमा प्रख्यात छ । यस मन्दिरमा चान बुद्ध धर्मको गुइयांग निकायको अनुसरण गरिन्छ । यहाँ श्रीलंका, चीन, भियतनाम आदि देशमा भिक्षुहरु बस्छन् र महायान तथा थेरवाद बुद्ध धर्मको अभ्यास हुन्छ । यस परिसर भित्र १० हजार बुद्धहरुको रत्नहल, भिक्षु शुआन हुआको अस्थि भएको हल, धर्म रिअल्म बौद्ध विश्वविद्यालय, ज्युन काङ शाकाहारी रेष्टुरां, तथागत गुम्बा, महाकरुणा चोक, बेल एण्ड ड्रम हाउस, बौद्ध आलेख अनुवाद संस्था देखि अर्गानिक फार्म सम्म व्यवस्थित छ ।

मृग वन गुम्बा वा डियर पार्क मोनास्ट्री ः डियर पार्क मोनास्ट्री मृग वन गुम्बा क्यालिफोर्नियाको एस्कोन्डिडोमा अवस्थित एक गुम्बा परिसर हो । ४०० एकड जमिनमा फैलिएको यस परिसर सन् २०००मा स्थापना गरिएको थियो । यसलाई भियतनामी जेन गुरु थिक नाथ हानले भियतनामी थियन बुद्ध धर्म सिकाउने गरी उनको प्लम भिलेज परम्परा अनुसार स्थापना गरेका थिए । यो अमेरिका लगायत विश्वका विभिन्न देशमा स्थापना गरएिको प्लम भिलेज मोनास्ट्रीको एक भातृ संस्था हो । यहाँ भिक्षु तथा भिक्षुणीहरु बस्छन् र यहाँ नियमित ध्यान शिविरहरु सञ्चालन हुन्छन् । यसका साथै छलफल, हाइकिङ, संगीत, नाटक आदि अन्य धार्मिक कार्यक्रमहरुको पनि आयोजना भइरहन्छ ।

च्वाङ येन गुम्बा ः संयुक्त राज्य अमेरिकाको कार्मेल, न्यूयोर्कमा च्वाङ येन गुम्बा अवस्थित छ । २२५ एकड जमिनमा यो गुम्बा परिसर फैलिएको छ । सन् १९७५मा बुद्धिस्ट एसोसिएशन अफ यूनाइटेड स्टेट्स(बीएयूएस) ले पुटनम काउन्टीमा जमीन लीजमा लिएर यो गुम्बाको विकास गरेको थियो । यहाँका अधिकांश मन्दिरहरु चीनिया बास्तुकला अनुसार बनाइएका छन् । यहाँ स्थापित वैरोचनको मूर्तिलाई गुम्बा भित्रका बुद्धहरु मध्ये पश्चिम भेगकै सबैभन्दा ठुलो मूर्ति मानिन्छ ।

यसको स्थापना कालदेखि यो अमेरिकी तथा विदेशी आगन्तुकहरुका लागि बौद्ध तथा अन्य कार्यक्रम आयोजना स्थल बन्दै आइरहेको छ । यहाँ बुद्ध धर्मका बारेमा प्रवचनका साथै चक्रमण ध्यान, पुस्तक बारे छलफल आदि कार्यक्रमहरु सञ्चालन हुने गर्दछ । यहाँको ठुलो बुद्ध हलको १४औं दलाई लामाले गर्नुभएको थियो ।

उपाय जेन सेन्टर ः न्यू मेक्सिकोको सान्ता फेमा उपाय इन्स्टिच्युट र जेन सेन्टर अवस्थित छ । यो आवासीय जेन अभ्यासको केन्द्र हो, जसलाई जोन ह्यालिफ्याक्स रोशीले स्थापना गरेका थिए । यस केन्द्रले जेन अभ्यासलाई प्रज्ञाको परम्परागत अभ्यासलाई सामाजिक क्रियाकलाप सँग बौद्ध दृष्टिकोणबाट जोडेर लाने काम गरिरहेको छ । यसका साथै यसले विभिन्न समाजिक कार्यहरुलाई बौद्ध ढंगबाट हेर्न र गर्न पनि सिकाउँछ । वातावरण, महिला अधिकार तथा शान्ति यसका अन्य कार्यक्षेत्रहरु हुन् । यसको उद्देश्य सामाजिक कार्य र अभ्यासलाई एकसुत्रमा बाँध्दै प्रज्ञा र करुणाको समागमबाट बुद्ध धर्मको अभ्यास गर्ने हो । यसले आफुलाई विश्व समाजको रुपमा प्रस्तुत गर्दै नश्लीय, आर्थिक तथा वातावरणीय न्याय एवं पीडाामा परेकालाई सहयोग गर्ने पनि बनाउँछ ।

वाट बुद्धप्रदीप ः संयुक्त राज्य अमेरिकाको सन फ्रान्सिस्कोमा अवस्थित थाई बौद्ध विहार वाट बुद्धप्रदीप अमेरिकाकै सबैभन्दा ठुलो थेरवाद बौद्ध मन्दिर हो । यसको स्थापना सन् १९९४मा धर्मानुशासक सिथिपोर्न मिनविचियन –फ्रा खु वोासिथिविटेड)ले गर्नु भएको थियो । यो मन्दिर पहिला नजिकैको सान माटेओमा थियो । यसको स्थापना कालदेखि नै यसले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई बुद्ध धर्म सिक्ने, अभ्यास गर्ने तथा घुमफिर गर्ने ठाउँ दिइरहेको थियो । यहाँ थाइ संस्कृति सहितको बौद्ध धर्म र परम्परालाई नजिकबाट नियाल्न तथा अभ्यास गर्न सकिन्छ । यो बाहेक अमेरिकामा अन्य थाइ मन्दिरहरु फ्रेमन्टमा वाट बुद्धानुसोर्न तथा बेर्कलेमा वाट मोङकोलरतनराम पनि छन् ।

५. बौद्ध संघ संस्थाहरु
संयुक्त राज्य अमेरिकामा बौद्ध संगठनहरूको विविध तहहरु पाइन्छन् । तिनीहरुले यस देशको बहुसांस्कृतिक परिदृश्य, बुद्ध धर्म भित्र स्वीकार गरिएका निकायहरुबिचको समन्वय तथा अमेरिकीहरू बीच बुद्ध धर्मको लोकप्रियता प्रतिविम्बित गर्दछ । यहाँ अमेरिकाका केही उल्लेखनीय बौद्ध संस्थाहरूबारे संक्षिप्त जानकारी दिइन्छ ।

धर्म क्षेत्र बौद्ध संघ (Dharma Realm Buddhist Association)ः हङकङबाट आएका बौद्ध मास्टर शुआन हुआले धर्म क्षेत्र बौद्ध संघको स्थापना सन् १९५९मा गरेका थिए । त्यसबेला सान फ्रान्सिको क्यालिफोर्नियामा सानो मन्दिरबाट शुरु गरेको यो संस्थाहो अहिले अमेरिका भर शाखाहरू छन् । यहाँ शुद्ध भूमि बौद्ध धर्म, जेन ध्यान, र अन्य महायान बौद्ध अभ्यासहरू सिकाइन्छ ।

सोका गाक्काइ इन्टरनेशनल युएसए (Soka Gakkai International — USA) : जापानको ननचिरेन बौद्ध धर्मको शिक्षासँग सम्बद्ध हरुको विश्वव्यापी फैलिरहेको एक बौद्ध संस्था सोका गाक्काइ इन्टरनेशनल युएस ए हो। यसले “नाम–म्योहो–रंगे–क्यो” जपको अभ्यास मार्फत अभ्यासकर्ताको मनमा आत्मशान्ति विकास गर्नुका साथै सांस्कृतिक आदानप्रदान र व्यक्तिगत खुशीलाई प्रोत्साहन गर्छ ।
जेन माउन्टेन विहार (Zen Mountain Monstery)ः न्यूयोर्कको माउन्ट ट्रेम्परमा जेन माउन्टेन विहार अवस्थित छ । यो जेन माउन्टेन र रिभर्स अर्डर अफ जेन बुद्ध धर्मको प्रशिक्षण केन्द्र हो । यहाँ जेन ध्यान र बौद्ध दर्शन सम्बन्धी शिक्षाहरूमा आवासीय प्रशिक्षण र कार्यक्रमहरू आयोजना गरिन्छ ।

इनसाइट मेडिटेशन सोसाइटी (Insight Meditation Society )ः म्यासाचुसेट्सको ब्यारमा इनसाइट मेडिटेशन सोसाइटी अवस्थित छ । यो एक ध्यान केन्द्र हो र यहाँ विपश्यना ध्यान शिविरहरु सञ्चालन गरिन्छ । यो विशो गरी थेरवाद बौद्ध शिक्षासँग नजिक छ ।

संक्षिप्तमा भन्नुपर्दा संयुक्त अमेरिकामा त्यस्ता सयौं बौद्ध संस्थाहरु छन् जसले परम्परागत बुद्ध धर्मको मान्यतालाई सम्मान र अवलम्बन गरेको हुन्छ तर यसका साथै बौद्ध दर्शनमा अध्ययन अनुसन्धान गरेर त्यमा आलोचनात्मक दृष्टि राखेर पश्चिमी समाजलाई सुहाँदो किसिमले बुद्ध धर्मलाई प्रस्तु गरका हुन्छन् । तिनीहरुले एकातिर बुद्ध दर्शनलाई नयाँ नयाँ दृष्टिकोणले विश्लेषण गर्छ भने अकोतिर पश्चिमी गैर बौद्धहरुमाझ बुद्ध धर्मलाई प्रख्यात पनि बनाइरहेको हुन्छ ।

“Buddhism in the United States of America” article prepared for Pariyatti education textbook

, Kathmandu, Nepal.

References:

https://daily.jstor.org/when-buddhism-came-to-america/
https://daily.jstor.org/american-buddhism/
https://pluralism.org/at-the-1893-world%E2%80%99s-parliament-of-religions
https://pluralism.org/buddhism-in-america
https://rentechdigital.com/smartscraper/business-report-details/united-states/buddhist-temples
https://www.ucpress.edu/book/9780520213012/the-faces-of-buddhism-in-america
https://web.archive.org/web/20190412103407/http://buddhiststudies.berkeley.edu/people/faculty/sharf/documents/Sharf1995,%20Buddhist%20Modernism.pdf



Sunday, May 26, 2024

विश्वका केही प्रमुख विशाल बुद्ध प्रतिमाहरु

राजेन मानन्धर

बुद्ध धर्ममा बुद्ध मूर्तिको कुरा गर्ने बितिक्कै केही हिन्दु मित्रहरु “बुद्धको मूर्ति पूजाको विरोध गर्नुभएको थियो तर संसारमा सबैभन्दा धेरै बुद्ध मूर्ति बने” भनेर कटाक्ष कस्न थाल्छन् । यसो भन्दा उनीहरु सबै बौद्धहरुलाई दोष देखाएँ वा हराएँ भनेर मख्ख पर्छन् । तर सत्य यो होइन ।

बुद्धको जीवनकालमै उहाँको प्रतिमूर्ति बनाउने गरेको प्रसंग बौद्ध साहित्यमा पाइन्छ । भगवान बुद्धले सामान्य मानिसहरुलाई मूर्ति पूजा गर वा नगर भन्नुभएको थिएन । आफुले आदर गर्ने व्यक्तिको मूर्ति बनाएर स्मरण गर्ने मानवीय स्वभाव हो । अनि बौद्धहरुले हिन्दुहरुले जस्तो मूर्तिलाई देउता सरह पूजा गरेर वरदान लिने पनि होइन । यो त बुद्धको गुण र शिक्षा सम्झनको लागि प्रतिक मात्र हो ।

अहिले संसारका लगभग १९सय वर्ष पुरानासम्म बुद्धका मूर्तिहरु पाइएका छन् । धेरै पहिलेदेखि बौद्धहरुले आफ्ना ठाउँका बुद्धका विशाल मूर्तिहरु बनाउन थालेका थिए । यति भनिरहँदा हामी अफगानस्तानको बामियानमा छैठौं शताब्दी बनेका विशाल बुद्ध मूर्तिहरु सम्झन्छौ । पहाडमा खोपेर बनाएका ५५ मिटर र ३८ मिटरका ती प्राचिन बुद्ध मूर्तिहरुलाई त्यहाँका तालिबानीहरुले विष्फोट गरेर भत्काएका थिए । समय, श्रोत र प्रविधिको साथ लिएर अहिले पनि विश्वका विभिन्न देशहरुमा बुद्धका विशाल मूर्तिहरु बनाउने क्रम जारी छ । चीन जस्तो भौतिकवादलाई प्राथमिकता दिने देशले समेत करोडौं डलर खर्च गरेर विशाल बुद्ध मूर्तिहरु बनाउँदैछ । यहाँ विश्वका केही प्रमुख विशाल बुद्ध मूर्तिहरुको बारेमा संक्षिप्त जानकारी दिइन्छ ।

१. चम्रुस्लोक मन्दिर ध्यानी बुद्ध, मलेसिया
मलेसियाको उत्तर पूर्वी भागमा केलान्तनमा अवस्थित फ्रा बुद्ध भरमीधर्म चम्रुस्लोक मन्दिर अथवा वाट माचिम्मरन (Wat Machimmaran Sitting Buddha) यहाँको एक प्रमुख बौद्ध स्थल हो । यहाँ ३० मिटर ( लगभग १०० फिट) अग्लो ध्यान मुद्राको बुद्धको मूर्ति छ । यसलाई मलेसियाकै सबैभन्दा ठुलो ध्यान मुद्राको बुद्ध समेत भनिन्छ ।
Wat Machimmaran Sitting Buddha, Tumpat district of Kelantan, Malaysia

यसको निर्माणमा ४ लाख ५० हजार डलर खर्च भएको थियो । यसको ओँठमा सुनको लेपन गरिएको छ भनिन्छ । १० वर्ष लगाएर बनेको यो मूर्ति सन् २००० देखि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँ आगन्तुकहरुले धुप बाल्ने प्रार्थना गर्ने गर्छन् ।

यो क्षेत्र थाइल्याण्डको सीमाना नजिक भएकोले यहाँ थाइ बुद्ध धर्मको प्रभाव पर्नु स्वभाविक हो । यस बुद्ध मन्दिरलाई थाइ नरेश भूमिबोल अदुल्यादेजले सन् १९९३मा नाम दिनुभएको थियो, यसको नामको शाब्दिक अर्थ बुद्धधर्मको ज्योतिले विश्वलाई उज्यालो बनाउँछ भन्ने हो । तर पनि यो मूर्ति भने चीनियाँ अथवा महायानी शैलीमा बनेको छ ।

मुस्लिम बाहुल्य भएको क्षेत्रमा बनाएको यस मूर्तिलाई मलेसियाको मुस्लिम बौद्ध समन्वयको प्रतिकको रुपमा वर्णन गरिएको पनि पाइन्छ ।

२. इबिरासुको बुद्ध, ब्रजिल
भगवान बुद्धको धर्म अहिले नेपाल र भारत अनि दक्षिण पूर्वी एसियामा मात्र सिमित छैन । यो युरोप अमेरिका अफ्रिका सम्म फैलिसक्यो । यसमध्ये ब्राजिलमा यसको प्रचार प्रसार धेरै भइरहेको देखिन्छ । ब्राजिलको इबिरासु शहरमा विशाल बुद्धको मूर्ति बनेको छ जसलाई इबिरासुको विशाल बुद्ध (Grande Buda de Ibiraçu) भनिन्छ । यो त्यहाँको टोरी स्क्वायरमा रहेको मोरो दा भारगेम जेन विहरमा अवस्थित छ । यो बुद्धको मूर्ति ३५ मिटर (११५ फिट) अग्लो छ र यो पश्चिमी विश्वकै सबैभन्दा ठुलो बुद्धको मूर्ति हुनसक्छ ।
Buddha of Ibiraçu, Brazil

कमलको फूलमाथि बसेको, ध्यान मुद्रामा बसेको सेतो रंग लगाइएको, यस बुद्धको मूर्ति फलाम, स्टील तथा कंक्रिटले बनाइएको छ । यसको तौल ३५० टन रहेको छ । यसको निर्माण सम्पन्न २०२१मा भएको थियो । यस मूर्तिको साथमा यहाँ १५ ध्यान मुद्राका बुद्धहरुको मूर्ति, जुन २.५ मिटर अग्ला छन, ती पनि स्थापना गरिएका छन् ।

३. ध्यान बुद्ध, आन्ध्र प्रदेश, भारत
भारत आन्ध्र प्रदेशको प्राचिन बौद्ध नगरी अमरावतीमा विशाल बुद्ध मूर्तिको निर्माण गरिएको छ, जसलाई ध्यान बुद्ध (Dhyan Buddha)भन्ने नाम दिइएको छ । यो स्थानीय कृष्ण नदिको किनारमा ४.५ एकड जमिनमाथि बनाएको छ । यसलाई बौद्ध कलाको निम्ति प्रशिद्ध प्राचिन कलाको रुप अमरावती कलालाई आधार बनाएर निर्माण गरिएको भनिन्छ ।
Dhyan Buddha, Amaravathi of Andhra Pradesh, India

यो मूर्ति ३८ मिटर (१२५ फिट) अग्लो छ । यसको निर्माणमा राज्य सरकार, जिल्ला प्रशासन, दलाइ लामा इत्यादिले आर्थिक सहयोग गरेको थियो । यसको निर्माण सन् २००३मा शुरु भई २०१५मा सम्पन्न गरिएको थियो । यो पुरा क्षेत्र नै हरियाली बनाई मूर्तिको ठिक अगाडि विशाल थिम पार्कको रुपमा विकास गर्ने योजना छ । यस मूर्तिको मुनि तीन तहमा संग्रहालय खोलिएको छ, जसमा बुद्ध र अमरावती कलाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

४. वेहेराहेनाको बुद्ध मूर्ति, श्री लंका
श्रीलंकाको दक्षिणी प्रान्त मतराको वेहेराहेना गाउँमा स्थित वेहेराहेना पूर्वरामा राजमाहा विहारयमा विशाल बुद्धमूर्तिको निर्माण गरिएको छ । यसलाई वेहेराहेनाको बुद्ध मूर्ति (Buddha of Weherahena Temple) भनिन्छ ।

२० औं शताब्दीको प्रारम्भिक भागमा एकजना भिक्षु परावाहेरा रेवथा थेरोलाई उनको शिक्षकले सजायको रूपमा वेहेराहेना क्षेत्रमा पठाएको थियो । उनले त्यहाँ आफ्नो लागि एउटा सानो घर बनाए र पछि आफ्नै मिहेनतले सबैको सहयोग लिएर विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउने योजना बनाए ।

उनले श्रीलंका र भारतमा बौद्ध पुनरुत्थानमा काम गरेका नेता अनगरिका धर्मपालको समर्थनमा सन् १९३९मा यस मन्दिरको शिलान्यास भयो र सन् १९७६ मा सम्पन्न भयो । यो मूर्ति ३९ मिटर (१२८ फिट) अग्लो र समाधि वा ध्यान मुद्रामा छ । यस पछि जापानी दाताको आर्थिक सहयोगमा बुद्ध मुर्तिको आवरण बनाइएको थियो । मूर्तिलाई अडेस दिनको लागि यसको पछाडि भवन बनाइएको छ र यही यस मूर्तिको विशेषता बनेको छ ।

५. तथागत साल, सिक्किम, भारत
भारतको सिक्किम राज्यको दक्षिणी भागमा रहेको राभाङ्लामा निर्मित ठुलो बुद्ध पार्कमा भगवानबुुद्धको कलात्मक मूर्ति बनाइएको छ, जसलाई तथागत साल (Tathagata Tsal) भनिन्छ । यो स्थान नजिकैको राबोङ गुम्बाको धार्मिक महत्वको कारण चुनिएको थियो ।
Tathagata Tsal, Sikkim, India

सन् २००६देखि २०१३मा बनाएको यस मूर्ति ४० मिटर (१३० फिट) अग्लो छ । यो मूर्ति ६० टन तामालाई पाता बनाएर आकृतिमा ढालेर निर्माण गरिएको थियो । यसलाई भगवान बुद्धको २५५०औ बुद्ध जयन्तिको अवसरमा दलाइ लामाद्वारा प्रतिस्थापन गराइएको थियो । यसको निर्माणका सिक्किम सरकार तथा स्थानीय जनताको योगदान छ । यहाँ बनाइएको बौद्ध सभाहल, संग्रहालय तथा ध्यान केन्द्र यहाँका अन्य आकर्षण हुन् । यसलाई हाल हिमालयन बुद्धिस्ट सर्किटको एक बिन्दुको रुपमा विकास गरिएको छ ।

६. फोग्वाङ विशाल बुद्ध मूर्ति, टाइवान, चीन

टाइवानको दाशु जिल्लाको काओशिउङमा फोग्वाङ शान बुद्ध संग्रहालय बनाइएको छ । यो महायान बुद्ध धर्मको एक महत्वपूर्ण अध्ययन केन्द्र हो । यहाँ फोग्वाङ मन्दिर परिसरको सबैभन्दा अग्लो ठाउँमा एक विशाल बुद्धको मूर्ति (Fo Guang Big Buddha) स्थापना गरिएको छ । यो एशियाकै सबैभन्दा ठुलो ढलान गरिएको तामाको बुद्ध मूर्ति हो । लगभग १८ सय टनको यो मूर्तिको प्रतिस्थापन सन् २०११मा गरिएको थियो ।
Fo Guang Big Buddha, Taiwan, ROC

यस मूर्ति मात्रको उचाइ ४० मिटर (१३१ फिट) छ भने यसको आधारमा बनाइएको भवन इत्यादि गरेर जम्मा १०८ मिटर छ । यसो भन्नाले यसको उचाइ कुनै आधुनिक ३६ तल्लाको भवनको बराबर हुन्छ । यसको कल्पना टाइवानी गुरु शिन युनले गर्नुभएको थियो । यो मूर्ति हेरेर मानिसहरुमा म बुद्ध हुँ भन्ने भावना आओस् र सबैमा राम्रो सोच आओस्, राम्रो कुरा गरुन् अनि राम्रो उद्देश्य राखेर काम गरुन् भन्ने आशा गरिएको छ ।

७. होङग्वाङ शानको बुद्ध, चीन
चीनको उत्तर पश्चिममा रहको शिनजियाङ उरुम्की प्रान्तको राजधानी उरुमचीको उत्तरमा काजिवान नजिकै होङग्वाङ पहाड छ । यहाँ उभिरहेको बुद्धको विशाल मूर्ति निर्माण गरिएको छ । यहको मूर्तिलाई होङग्वाङ पहाड शाक्यमुनि बुद्ध (Hongguang Mountain Sakyamuni Buddha) भनिन्छ । यहाँको बुद्ध मन्दिर सन् २००२मा निर्माण शुरु गरी २००४मा सम्पन्न गरिएको थियो ।
The Grand Buddha of Hongguang Mountain in Xinjiang Urumqi, Chaina

यसको उचाइ ४०.८ मिटर (१३४ फिट) रहेको छ । यसमा ९८ टन तामाको प्रयोग भएको थियो । यस मूर्तिको पछाडि लगभग ३० हजार वर्ग मिटर जग्गा ओगटेर केही भवनहरु बनाइएका छन् । यो उत्तरपश्चिम चीनको सबैभन्दा ठुलो मन्दिर बनाउन आठ वर्ष लागेको थियो ।

८. फुकेत बिग बुद्ध, थाइल्याण्ड
थाइल्याण्डको पर्यटकीय नगरी फुकेतमा एक विशाल बुद्धको प्रतिमा छ । यसको आधिकारिक नाम फ्रा फुत्था मिंग मोंगकोल एकनाकिरी हो तर यसलाई बोलिचालीमा मोङ्गकोल बुद्ध वा फुकेत बिग बुद्ध (Phuket Big Buddha) पनि भन्ने गरिन्छ । यो चलोङ नजिकै नक्कर्ड हिलमा अवस्थित छ ।
Phuket Big Buddha, Thailand

भगवान बुद्धको भूमिस्पर्श वा मार–विजय मुद्रामा रहेको यस मूर्तिको निर्माण भएको धेरै भएको छैन । सन् २००४मा यसको निर्माण सुरु भयो । यो बनाउँदा यहाँ आउने तीथयात्रीहरुले यहाँ मार्बल किनेर त्यसमा आफ्नो नाम लेखेर राखेका थिए । अहिले यौ मूर्ति निर्माण सम्पन्नको चरणमा छ ।

यो ४५ मिटर (१४८ फिट) अग्लो र २५.४५ मिटर (८३.५ फिट) चौडा छ । यो कंक्रीटबाट बनेको छ त्यसमाथि बर्मीज सेतो संगमरमरले ढाकिएको छ । यो मूर्ति वाट कित्ती संकरम विहार (वाट काटा) को मुख्य बुद्ध हो र यो आओ चलोङ खाडी तर्फ फर्केर बसेको छ । यसको कमलको फूल आकारको आधारमा उभिएको बुद्धको मूर्ति छ । यस मूर्तिलाई सन् २००८ मा थाइल्याण्डका सर्वोच्च कुलपति सोमदेत फ्रा यानासाङ्गवोनले “फुकेतको बौद्ध सम्पदा“ घोषणा गरेका थिए ।

यस मूर्तिको निर्माणमा ३करोड भाट अथवा लगभग ९ लाख ५० हजार डलर खर्च भएको थियो । यो खर्च मुख्य रूपमा सर्बसाधारण जनताको चन्दाबाट प्राप्त भएको थियो । यो शाही वन विभाग को स्वीकृतिमा स्थानीय राष्ट्रिय संरक्षित वन मा कानुनी रूपमा निर्माण गरिएको छ ।

९. डोङलिन विशाल बुद्ध, चीन
चीनको जियाङशी प्रान्तको उत्तरमा जिउज्याङबाट २० किलोमिटर टाढा डोङलिन मन्दिर रहेको छ । सन् ३८६मा निर्मित यो एक ऐतिहासिक मन्दिर हो । यहाँ यस मन्दिर परिसरमा भएको डोङलिन विशाल बुद्ध (Buddha statue in Donglin Temple) को चर्चा गरिने छ ।
Buddha statue in Donglin Temple, Jiujiang, in the north of Jiangxi province, China

यो उभिरहेको अमिताभ बुद्धको मूर्ति हो र यसको वरिपरी जाज्वल्यमान आभाको निर्माण गरिएको छ । यहाँ निर्मित विशा बुद्ध ४८ मिटर (१५७ फिट) अग्लो छ । यसलाई संसारको सबैभन्दा अग्लो अमिताभको काँसको मूर्ति भनिन्छ । यो मन्दिर ताङ वंशको समयमा अर्थात् सन् ६१८–९०७मा बनाइएको थियो । यसको निर्माणमा १६ करोड २० लाख डलर खर्च भएको थियो । यस मूर्तिमा ४८ किलोग्राम सुनको मोलम्मा लगाइएको छ ।

यस मन्दिरको मौलिक डिजाइनमा यो मूर्ति पर्दैन तर पनि एक दशक लामो चन्दा संकलन अभियान पछि यस मूर्तिको निर्माण भयो । यहाँ चीनका साथै जापान भारत तथा नेपालका तीर्थयात्रीहरु समेत आउने गर्छन् ।

१०. कान्दे विहारय अलुथगामाको बुद्ध, श्रीलंका
श्रीलंकाको कालुतारा जिल्लामा कान्दे विहारय नामक विहार छ । अलुथगामा सहरको छेउमा रहेको पहाडको टुप्पोमा बनेकोले यसको नाम ‘कान्दे विहार’ (पहाडी मन्दिर) भएको हो । यस मन्दिरको स्थापना १७३४मा करापागला देवमित्ता थेरोले गरेका थिए । यो विहार यहाँ भएको एक बोधिवृक्षको कारणले पनि प्रशिद्ध छ ।

यस मन्दिर परिसरमा सन् २००२मा भूमिस्पर्श मुद्रामा विशाल बुद्ध मूर्तिको निर्माण शुरु भयो र सन् २००७मा सम्पन्न भयो । यो मूर्ति ४८.८ मिटर (१६० फीट) अग्लो छ । यसलाई (Kande Viharaya Aluthgama Buddha) भनिन्छ । कंक्रिटले बनाइएको यस मूर्ति कमलको फूलको आकृतिमाथि बनाइएको छ, यसमा मिहिन कारिगरी छ रंगीन तथा मनमोहक छ । र यसलाई विश्वका अग्ला बुद्ध मूर्तिहरू मध्ये एक मानिन्छ । यसको आधारमा बनाइएको विहारमा विभिन्न बौद्ध कलाकृतिहरु सजाइएका छन् ।
Kande Viharaya Aluthgama Buddha, Sri Lanka

हरियो पहाडको बिचमा निर्माण गरिएकोले यो मूर्तिले आगन्तुकहरुलाई शान्ति, शीतलता तथा करुणाको भाव पनि प्रदान गर्दछ ।

११. वाट बुराफा फिरामको बुद्ध
थाइल्याण्डको रोइ एट प्रान्तमा रहेको वाट बुराफाफिराम विहारमा विशाल बुद्ध अवस्थित छ जसलाई फ्रा बुद्ध रतन मोङखोन महामुनि वा लुआङफो याई (Phra Phuttha Rattanamongkhon Mahamuni or Luangpho Yai) भनिन्छ । आधार सहित उचाइ ६७ मिटर (२२२ फिट) भएको यो मुर्ति थाइल्याण्डकै चौथो सबैभन्दा ठुलो हो ।
Phra Phuttha Rattanamongkhon Mahamuni or Luangpho Yai, Thailand

यो कंक्रिट ढलान गरेर बनाइएको उभिरहेको बुद्धको मूर्ति हो, जसमा सुनौलो रंग लेपन गरिएको छ । यसको निर्माण वाट बुराफाफिराम विहारका प्रमुख फ्रा रत्चा प्रिचयन मुनीको निर्देशानुसार भएको थियो ।

७० लाख भाट खर्च गरी बनाइएो यो मूर्ति सन् १९७३मा निर्माण सम्पन्न भएको थियो । यसको निर्माताले बुद्धको सबैले देख्ने बुझ्ने आकार भन्दा पनि मानिसको श्रद्धालाई महत्व दिएको देखिन्छ । स्थानीय मानिसहरुमा यस बुद्ध प्रति अगाढ श्रद्धा भएको पाइन्छ ।

१२. लेशान विशाल बुद्ध, चीन
चीनको सिचुआन प्रान्तको लेशानमा फरक खालको बुद्धको विशाल मूर्ति (Leshan Giant Buddha) रहेको छ । यो संसारकै सबैभन्दा ठुलो र अग्लो ढुंगाको मूर्ति पनि हो ।

संसारका प्राचिन तथा विशाल बुद्ध मूर्तिहरुको श्रृंखलामा यो पहिलो हुन आउँछ । यो घना जंगलको छेउमा मिन नदी र दादु नदीको दोभान नजिकै किनारमा पहरा माथि कुँदेर बनाएको छ । दुई हात घुँडा माथि राखेर मेचमा बसिरहेको मुद्रामा यो मूर्ति छ ।
Leshan Giant Buddha, Sichuan Province in China

यसको कुल उचाइ ७१ मिटर (२३३ फिट) छ । यसको निर्माण सन् ७१३ देखि ८०३को बिचमा ताङ वंशको समयमा भएको थियो । यसको निर्माण हाइ ताङ नामक भिक्षुको नेतृत्वमा भएको थियो । पछि आर्थिक अभावले धेरै वर्ष रोकिएपछि उनका चेलाहरुले सम्पन्न गरेको थियो । कुनै आधुनिक औजार समेत नभएको समयमा सबै हातले यति ठुलो मूर्ति बनाउनु पनि आश्चर्यको विषय मानिन्छ । यस मूर्तिका भित्री भागमा रहेको ढलको व्यवस्था झनै आश्चर्यजनक छ ।

यस मूर्तिको दायाँबायाँ सिँढी बनाइएको छ, जहाँबाट टाउकोको छेउमा गएर अवलोकन गर्न सकिन्छ । यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ ।

१३. लिङ शानको विशाल बुद्ध, चीन
चीनको उत्तर पूर्वी प्रान्त जिआङशुमा वुशी शहर नजिक लिङ शान पहाडमा काँसको विशाल बुद्धको निर्माण भएको छ, जसलाई लिङ शानको विशाल बुद्ध (Grand Buddha at Ling Shan) भनिन्छ । यो यहाँको ताइहु तालको उत्तरी किनारमा अवस्थित छ । यो विश्वकै विशाल बुद्धहरु मध्ये एक हो । यसको आधार सहित नाप्दा यो ८८ मिटर (२८९ फिट) अग्लो छ ।
Grand Buddha at Ling Shan, near Wuxi, Jiangsu province in China

यसको निर्माणको थालनी सन् १९८७मा गरिएको थियो भने १९९६मा सम्पन्न भयो । यसमा ७०० टन भन्दा बढी काँसको प्रयोग भएको थियो । यस मूर्तिको भित्री भागमा ठुलो गुम्बा बनाइएको छ । यस उभिएको शाक्यमूनि बुद्धको मूर्ति बाहेक यस क्षेत्रमा सिद्धार्थ फोहरा, ब्रम्हा दरवार, पञ्चबुद्ध मण्डल, ठुलो हात, १०० जना बच्चाहरुसँग मैत्रिय बुद्ध आदिको पनि निर्माण गरिएको छ ।

यस मूर्तिले चीनमा बुद्ध धर्मको उपस्थिति र प्रभाव देखाउँछ र चीनले आफ्नो उन्नत साँस्कृतिक सम्पदाको संरक्षणमा गर्दै आएको प्रतिवद्धता पनि झल्काउँछ ।

१४. महानवामिन विशाल बुद्ध, थाइल्याण्ड
थाइल्याण्डको आङ थोङ प्रान्तमा रहेको वाट मुआङ विहारमा विशाल बुद्धको मूर्ति (Phra Buddha Maha Nawamin Buddha) स्थापना गरिएको छ । यो थाइल्याण्डको सबैभन्दा अग्लो बुद्ध मूर्ति हो । त्यस्तै एसियाको दोश्रो तथा विश्वको नवौं अग्लो पनि हो । शैलीको हिसाबले यसलाई विश्वका केही विशिष्ट बुद्ध मूर्तिहरु मध्ये एक मानिएको छ ।
Phra Buddha Maha Nawamin Buddha in Ang Thong Province, Thailand

भूमिस्पर्श अथवा मारविजय मुद्रामा रहेको यो मूर्ति ९२ मिटर (३०० फिट) अग्लो तथा ६२ मिटर (२१० फिट) चौडा छ । निर्माण कंक्रिटबाट गरिएको यस मूर्तिमा सुनौला पालिस लगाइएको छ । यसको निर्माणमा १० करोड ४२ लाख भाट (लभगग ३८ करोड नेपाली रुपैँया) लागको थियो । यसको निर्माण सन् १९९०मा शुरु भइ २००८मा सम्पन्न भएको थियो ।

यसलाई वाट मुआङ विहारका प्रमुख फ्रा भिवुल अर्जखुनले बनाउन निर्देशन दिएको थियो । यो अहिले थाइल्याण्को एक प्रशिद्ध पर्यटकीय केन्द्रको रुपमा विकसित भएको छ र यहाँ देश विदेशबाट बौद्ध धर्मावलम्बीहरु दर्शन गर्न आउँछन् ।

१५. लेक्युन सेक्या बुद्ध, म्यानमार
म्यानमारको एक प्रमुख बुद्ध मूर्तिको रुपमा अहिले खाताकान तुआङ गाउँ नजिकै जंगलको बिचमा बोधि तातोङ लेक्युन सेक्या बुद्ध(Laykyun Sekkya Buddha)को विशाल प्रतिमा विश्वविख्यात छ । यसको आधार सहित यो ११६ मिटर (३८१ फिट) अग्लो छ । यसको आधार १२९ मिटर अग्लो छ । यो स्टील तथा कंक्रिट ढलान गरेर बनाइएको छ र भित्र प्लास्टर गरिएको छ । यसको निर्माण सन् १९९६मा शुरु भएर २००८मा सम्पन्न भएको थियो । यसको निर्माण नारद भन्तेको संयोजनमा भएको थियो ।
Laykyun Sekkya Buddha, Khatakan Taung, near Monywa, Myanmar

यहाँ बुद्धलाई सिधा उभिएर दुबैहातले पहेँलो चीवर समातेको मुद्रामा चित्रण गरिएको छ । यसको अघिल्तिर पनि एक विशाल महारिनिर्वाण बुद्धमूर्ति रहेको छ, जुन १०१ मिटर लामो छ । यसभन्दा अगाडि कलात्मक अङ सक्या पागोडा छ । यहाँ नजिकै सय बुद्ध भएको उद्यान छ भने अर्को विशाल ध्यानमुद्रामा बसको बुद्धको मूर्ति निर्माण हुने क्रममा छ ।

यसको भित्र मानिस जान मिल्ने ३१ तल्ला भएको भवनको रुपमा बनाएको छ, जुन बुद्ध धर्ममा मानिने ३१भूवनको प्रतिनिधि हुनसक्छ । यहाँ भित्र थुप्रै बुद्ध मूर्तिहरु छन् र बुद्धजीवनी झल्काउने चित्रहरु बनाइएका छन् । भित्रीभागको निर्माण काम भने हुँदैछ ।

१६. उशिकु दाइबुत्सु, जापान
जापानको इबाराकी प्रान्तको उशिकुमा विशाल बुद्ध मूर्ति निर्माण भएको छ जसलाई उशिकु दाइबुत्सु (Ushiku Daibutsu Buddha) वा उशिकुको ठुलो बुद्ध भनिन्छ । यो मूर्ति सुन्दर हरियाली पार्कको बिचमा बनाइएको छ । यो मूर्ति १२० मिटर (३९४ फिट) अग्लो छ, जसमा १० मिटर अग्लो कमलको फूल आकारको आधार पनि संलग्न छ । यो भनेको अमेरिकामा रहेको सवतन्त्रताको मूर्ति भन्दा तीन गुणा ठुलो हो ।
Ushiku Daibutsu, Ushiku, Ibaraki Prefecture, Japan

करिब १० वर्ष लगाएर यसको निर्माण सन् १९९३मा सम्पन्न भएको थियो । सन् २००८सम्म यो विश्वकै सबैभन्दा अग्लो मूर्तिको रुपमा कहलिएको थियो । यसै नाममा यसले गिनिज वल्र्ड रिकर्डमा नाम समेत लेखाएको थियो । अब यो विश्वको पाँचौं अग्लो मूर्ति हो । यसको निर्माण गर्दा पहिला स्टीलको फ्रेम बनाइ त्यसको हाँगा जस्तो फैलाएर त्यसमाथि काँसको संरचना जोडिएको थियो । यो फ्रेम बनाउन ३ हजार टनको स्टील लागेको थियो । त्यसमाथि एक हजार टनको काँसका टुक्राहरु जडान गरिएको थियो ।

यसभित्र लिफ्ट राखिएको छ जसबाट ८५ मिटरको उचाइमा रहेको अवलोकन कक्षसम्म जान सकिन्छ । यहाँ यस मूर्तिको संरचनाका विभिन्न तहहरु तथा निर्माण प्रविधिको बारेमा विस्तृत जानकारी राखिएको छ । यहाँ ससाना ३४सय बुद्ध मूर्तिहरु पनि राखिएका छन् ।

दायाँहात बरद र बाँया हात अभय मुद्रामा रहेको यस उभिएको बुद्धलाई महायानी परम्परा अनुसार अमिताभ बुद्ध भनिन्छ ।

१७. स्प्रिङ टेम्पल बुद्ध, चीन
चीनको हेनान प्रान्तको लुशान जिल्लामा स्प्रिङ टेम्पल बुद्ध (Spring Temple Buddha) को विशाल प्रतिमा अवस्थित छ । यो हालसम्म संसारको सबैभन्दा ठुलो बुद्ध मूर्ति हो ।

२५मिटर अग्लो कमलको फूलमाथि बनाइएको १२८ मिटर (४२०फिट) अग्लो उभिरहेको बुद्धको मूर्ति विश्वकै दोश्रो सबैभन्दा ठुलो मूर्ति हो । यसमा भएका अन्य आधारहरु सहित यसको कुल उचाइ २०८ मिटर पुगेको छ । यसको निर्माणमा २२सय टन तामा, १५सय टन स्टील र १०८ टन सुन लागेको थियो ।
Spring Temple Buddha, Lushan County, Henan, China

यसको निर्माण सन् १९९७मा शुरु भएर सन् २००८मा सम्पन्न भएको थियो । यसको निर्माणको लागि ५ करोड ५० लाख डलरको बजेट अनुमानित गरिएको थियो । यो महायान परम्परा अनुसारको वैरोचन बुद्ध मूर्ति हो । यसको छातीमा स्वस्तिक चिन्ह अंकित छ जुन, चीन कोरिया तथा जापानका महायानी बुद्धहरुमा देखिन्छ ।

यसको नाम नजिकैको तिआनरुइ तातोपानीको मुलबाट लिइएको हो । यसलाई अफगानस्तानमा त्यहाँका तालिबानहरुले सन् २००१मा नाश गरेको ऐतिहासिक बामियान बुद्धको सम्झनामा बनाएको भनिन्छ ।

नेपालको प्रसंग
भगवान बुद्धको जन्म भएको देश अनि कलाकारिताका लागि विश्व प्रशिद्ध देश नेपालमा जति बुद्ध मूर्ति बनेपनि अधिकांश साना मात्र बन्छन् । अलेसम्म यहाँ बुद्धको कुनै उल्लेखनीय विशाल बुद्धको मूर्ति बन्न सकेको छैन । हालसम्म नेपालमा काठमाडौं स्वयम्भु डाँडाको २० मिटर अग्लो अमिताभ बुद्धको मूर्ति नै सबैभन्दा अग्लो बुद्धमूर्ति होला ।

करिब छ वर्ष अगाडि नै पूर्वी नेपालको झापामा १६५ मिटर अग्लो बुद्धको मूर्ति बनाउने योजनाको बारेमा समाचार पढ्न पाइएको थियो । हाल यसको बारेमा प्रगतिका कुरा सुनिँदैन । अनि हालै कपिलवस्तु नगरपालिकामा २४५ मिटर अग्लो बुद्ध मूर्ति निर्माण हुने भन्ने पनि पढियो ।

नेपालमा राज्यले नै कतै बुद्धको मूर्ति स्थापना गर्ने सोच वा योजना बनाएको देखिँदैन । नेपालमा राज्यले नै सेना पठाएर बन्दै गरेको शान्ति स्तुपा भत्काउन लगाएको इतिहास छ । उता सरकारी वा जनस्तरबाट बनेका मूर्ति तोडफोड भएका घटनाहरु दोहरिरहेका छन् । बुद्ध धर्मको लागि खासै बजेट नछु्ट्याइने देशमा यस्ता महत्वाकांक्षी परियोजनाहरु विदेशी सहयोगबाट मात्रै नेपालमा बन्ने हामी सबैलाई थाहा छ । अझ विदेशी पैसाले बनाउन लागेका योजनाहरु समेत शंकास्पद हुने कुरा रामग्रामको लीजले देखाइसक्यो ।

विदेशका बौद्धहरु नेपालमा बुद्ध धर्मको विकास होस् भन्ने चाहन्छन् । त्यही भएर उनीहरु पैसा संकलन गरेर नेपालमा पठाउँछन् । अब विदेशीले पठाउने रगत पसिनाको पैसाको सदुपयोग गरी, कतै भ्रष्टाचार नगरी र पारदर्शी ढंगले खर्च गरी नेपालमा पनि यस्ता विश्वलाई आकर्षण गर्ने विशाल बुद्ध मूर्ति चाँडै बनेको हेर्न पाइयोस् । शुभकामना ।

“Some Major Buddhist Statues of the World”, Published in “Anandabhoomi” Buddhist magazine in May 2024

Photos are taken from various sources from the Internet.

https://bit.ly/3UZZOT2

This is me, Thank you Gemini