राजेन मानन्धर
धर्म युरोपको मध्यदेखि पश्चिमतर्फ फैलिएको एक देश संघीय गणराज्य जर्मनी हो । युरोपमा रूस भन्दा पछि दोश्रो ठुलो देश यही हो । यो यूरोपेली संघको सबभन्दा धेरै आबादी भएको देश पनि हो । यसको उत्तरमा बाल्टिक तथा उत्तर सागर र दक्षिणमा आल्प्स पहाडी श्रृंखला अवस्थित छ । यसको क्षेत्रफल ३५७,००० वर्ग किलोमिटर छ र यसको जनसंख्या ८ करोड ४० लाख छ । यसको उत्तरमा डेनमार्क, पूर्वमा पोल्याण्ड र चेक गणराज्य, दक्षिणमा अस्ट्रिया र स्विट्जरल्याण्ड, अनि पश्चिममां फ्रान्स, लक्जÞमबर्ग, बेल्जियम र नीदरल्याण्ड पर्छ । यस देशको राजधानी र सबै भन्दा बाक्लो जनसंख्या भएको शहर बर्लिन हो । तथापि यहाँको सबैभन्दा ठुलो आर्थिक केन्द्र फ्र्यान्कफर्ट मानिन्छ ।
जर्मनीलाई एक शक्तिशाली एवं आर्थिक समृद्धिको देश भनेर पनि चिनिन्छ । यो यूरोपकै सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश भएको छ । यसले औद्योगिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यसले आफ्नो जनतालाई सामाजिक सुरक्ष, विश्व स्वास्थ्य उपचार प्रणाली तथा निःशुल्क विश्वविद्यालय शिक्षा दिएको छ । यो देश संयुक्त राष्ट्र संघ, युरोपेली संघ, नाटो, युरोप काउन्सिल, जि ७, जि २० तथा ओइसिडिको पनि सदस्य हो ।
१. इतिहास
इतिहासको कुरा गर्ने हो भने जर्मनीमा बुद्ध धर्म भित्रिएको लगभग १५० वर्ष मात्र भएको छ । जर्मनीमा बुद्ध धर्मको इतिहास १९औं शताब्दीको अन्त र २ं०औं शताब्दीको शुरुदेखि शुरु हुन्छ । यसबेला यूरोपभरी नै आफ्नो धर्म संस्कृति भन्दा पर अध्ययन गर्ने लहर चलिरहेको तथा पूर्वी दर्शन तथा आध्यात्मिकतातर्फ मानिसहरुको रुचि बढिरहेको थियो । लामो समयसम्म यसले त्यहाँका बौद्धिक वर्गको बिच अध्ययन अनुसन्धात तथा रहस्यको विषय मात्र भैरह्यो । पछि २०औ शताब्दीकोे उत्तरार्धसम्म पनि बुद्ध धर्मले यहाँका जनतामा धर्म वा शिक्षाको रुपमा लोकप्रियत हुन सकिरहेको भने थिएन ।
नीदरल्याण्ड्सको एम्स्टरड्याममा जन्मेका आइज्याक याकोब स्मीद (सन् १७७९–१८४७) एक पूर्वी सभ्यताका विशेषज्ञ थिए । उनले अन्य विषयहरुका साथै केही रचनाहरु बुद्ध धर्मको बारेमा पनि लेखेका थिए जुन जर्मनीबाट पनि प्रकाशित भए । जस्तै सन् १८२८मा जर्मनीको लिपजीगबाट एउटा लेख प्रकाशित भयो — “पूर्वका धार्मिक प्रणालीहरु, विशेष गरी बुद्ध धर्मको साथै ग्नोस्टिक–थियोसोफिकल शिक्षाहरुको सम्बन्धको बारेमा” भन्ने । उनका लेखहरुले जर्मनीका जिज्ञासुहरुमा बुद्ध धर्म र शिक्षाका बारेमा रुचि जगाइदियो । उनका रचनाहरुबाट प्रभावित हुनेहरु मध्ये एक थिए अर्थर शोपेनहावर (सन् १७८८–१८६०) । उहाँ उपनिषद र गीता जस्ता हिन्दु ग्रन्थहरुका व्याख्याता हुनुुहुन्थ्यो । तर पनि उहाँ बुद्ध धर्मलाई उच्च सम्मान गर्नुहुन्थ्यो । उहाँ पछि थेरवाद बुद्ध धर्म प्रति बढी केन्द्रित हुन भयो ।
त्यस्तै किसिमबाट अमेरिकी लेखक तथा थिओसोफिकल सोसाइटीका संस्थापक हेनरी स्टिल ओल्कोटका लेखहरुले पनि जर्मनहरुमा बुद्ध धर्मसम्बन्धी रुची जगाएको थियो । यसै क्रममा सन् १८८८ मा फ्रेडरिक जिम्मरम्यान (सुभद्रा भिक्षु)ले हेनरी स्टिल ओल्कोटको रचनामा आधारित भएर “बौद्ध धर्मशास्त्र” प्रकाशित गर्नुभयो ।
यसप्रकार जर्मनहरु बुद्ध धर्मप्रति आर्कषित हुँदै गए र उनीहरु आपसमा कुराकानी गर्दै ज्ञानको आदानप्रदान गर्न थाले । यसै बिच सन् १९०३मा भारतविद् कार्ल सेडेनस्टुकरले जर्मनीको लाइपजिगमा पहिलो बौद्ध संगठन स्थापना गरे । अर्को तर्फ सन् १९०४मा फ्लोरस एन्टोन गुएथ श्रीलंका तथा म्यानमार गएर थेरवाद भिक्षु न्यानातिलोका महाथेरा बनेर फर्के । उनीहरुका गथिविधिहरुले पनि जर्मनहरुमा धेरै प्रभाव पार्यो । सन् १९२२मा जर्मन लेखक हर्मन हेसेले आफ्नो कृति “सिद्धार्थ“ प्रकाशित गरे । बोधिसत्व सिद्धार्थको ज्ञानप्राप्तिको यात्रालाई प्रतिकात्मक रुपमा वर्णन गरिएको यस पुस्तकले गर्दा पनि जर्मनमा बुद्ध धर्मको प्रचार हुन गयो । यसका लेखकलाई पछि सन् १९४६ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
सन् १९२४ मा डा. पौल डाल्केले बर्लिनमा पहिलो जर्मन बौद्ध विहारको स्थापना गरे, जसको नाम “बौद्धिक घर” थियो । यस प्रकार जर्मनीमा बुद्ध धर्म विकास हुँदै थियो । सन् १९३३ मा जर्मनीका लामा अनागरिक गोविन्दले आर्य मैत्रिय मण्डल नामक तान्त्रिक बौद्ध संघ बनाए । पछि सन् १९५२मा श्रीलंकामा अशोक वीररत्नले “जर्मन धर्मदूत समाज” को स्थापना गरे । यसलाई पहिले लंका धम्मदुत समाजको नामले चिनिन्थ्यो । यसको उद्देश्य जर्मनी तथा अन्य पश्चिमी देशहरूमा बुद्धको शिक्षा फैलाउने थियो । यसले सन् १९५७मा श्रीलंका तीन जना भिक्षुहरुलाई बौद्ध मिशनको रुपमा ल्याएर धर्म प्रचार गराउने कामको प्रायोजन गरे ।
द्वितीय विश्व युद्ध पछिको समयमा जर्मनीमा बुद्ध धर्मले बिस्तारै त्यहाँको क्षतविक्षत भएको समाजलाई बढी ध्यान आकर्षित गर्न थाल्यो । यस बेलामा राजनीतिक तथा सामाथिक कारणले विभिन्न देशबाट आएर बसेका बौद्ध समुदायहरुको पनि योगदान देखिन्छ । यसबेला विशेष रूपमा भियतनाम, थाईल्याण्ड, श्रीलंका र तिब्बत चीन जस्ता एशियाली देशहरुबाट आएका बौद्ध आप्रवासीहरुले आफ्नो देशबाट धार्मिक आस्था, संस्कृति र परम्परा पनि लिएर आएका थिए । उनीहरुको रहनसहन तथा उनीहरुसँगको सम्बन्धले पनि जर्मन समाजमा भूमिका खेल्यो ।
सन् १९५७ को डिसेम्बरमा अशोक वीररत्नले जर्मन धर्मदूत समाजका ट्रस्टीहरूको तर्फबाट यहाँको डा. दाल्केले स्थापना गरेको बौद्ध घर किनेर लिए । अहिले यो जर्मन मात्र नभइ युरोपकै थेरवाद बुद्ध धर्मको केन्द्रको रुपमा विकसित हुँदैछ । यो युरोपको दोस्रो सबैभन्दा पुरानो बौद्ध संस्था हो र यसलाई अहिले जर्मन अधिकारीहरूले राष्ट्रिय सम्पदा स्थल घोषणा गरेर राखेको छ ।
पछि १९६० र १९७०को दशमा भने जर्मनीमा बुद्ध धर्म फस्टाएको देखिन्छ । यसबेला जर्मनी सहित यूरोपमा प्रतिसाँस्कृतिक आन्दोलनहरु चल्न थाले । त्यसको फलस्वरुप त्यसबेलाको समाजले बुद्ध धर्म लगायत पूर्वी दर्शन र आध्यात्मिक प्रथाहरुमाथि नयाँ ढंगले रुचि देखायो । उनीहरुले पूर्वी धर्म दर्शनको गंभीरता बुझे अनि आफ्ना पश्चिमी धर्महरुबाट निराश भएर, ध्यान, सचेतनता र करुणामा जोड दिने भएको ले धेरै भन्दा धेरै जर्मनहरु बुद्ध धर्म तर्फ आर्षित भएको देखिन्छ ।
पछि बिस्तारै जर्मनीमा पनि थेरवाद, महायान तथा वज्रयान जस्ता विभिन्न निकायहरुको प्रतिनिधित्व हुने गरी छुट्टाछुट्टै बौद्ध संगठनहरु बन्न थाले यसका पनि आआफ्ना अनुयायीहरुबिच शिक्षा तथा सहयोगको आदान प्रदान हुन थाले । यी संगठनहरुले बौद्ध शिक्षाहरु तथा परम्पराहरुको प्रचार प्रसार गर्ने, ध्यान कक्षा वा शिविरहरु सञ्चालन गर्ने तथा अन्य औपचारिक वा अनौपचारिक बुद्ध शिक्षाको अध्ययन अध्यापनका कार्यक्रमहरु चलाउन थाले ।
यो भन्दा पछि सन् १९८० र १९९०को दशकमा जर्मनीमा बौद्ध समुदायहरुमा संख्यात्मक वृद्धि देखिन थाल्यो ।, देश भरी थुप्रै बौद्ध केन्द्रहरु, संघहरु तथा मन्दिरहरु स्थापित गरिए । यहाँ बौद्धहरुको ध्यानले धेरैलाई आकर्षण गरिरहेका छभने अर्को तर्फ तिब्बती बुद्ध धर्ममा पनि अलग्गै रुचि राख्नेहरुको संख्या पनि बढ्दै छ । यसको कारण यहाँ तिब्बतीहरुको आप्रवासन बढिरहेको र उनीहरुले यहाँ आआफ्नो निकायको गुम्बाहरु खोल्नु हुनसक्छ ।
जर्मनीमा बौद्ध संघसंस्था बनाउने चलन पनि धेरै भएको छैन । सम्भवतः जर्मनीमा बुद्ध धर्मको प्रचार प्रसार तथा बौद्धहको एकताको लागि सबैभन्दा पहिलो संस्था सन् १९२२मा बर्लिनमा स्थापित बौद्ध सोसाइटी थियो । इस सोसाइटीको उद्देश्य जर्मनहरुको बीच बुद्ध धमको अध्ययन र अभ्यासको विकास गराउने थियो । तर यो संस्था धेरै समय प्रभावकारी रहेन ।
जर्मनीमा आएर बसेका अप्रवासीहरु र उनीहरुको सम्पर्कमा आएका जर्मनहरुले बिस्तारै जर्मनीमा आफ्नै प्रकारको बौद्ध समुदायकै स्थापना गरे । यसरी हेर्दा आज जर्मनीमा बुद्ध धर्म एक विविधाले भरिएको तथा जीवन्त धार्मिक समुदाय बनेको छ, जसमा विभिन्न पृष्ठभूमि र परम्परा वा निकायको अभ्यास गर्नेहरु अनुयायी छन् । भौगोलिक रुपमा हेर्दा पूरै देशमा धेरैवटा बौद्ध केन्द्रहरु, मन्दिरहरु तथा विहारहरु फैलिएका छन् । यहाँ सदस्यहरु व अनुयायीहरुआफ्ना आध्यात्मिक आवश्यकता वा कौतुहलता मेट्न र भौतिक सुविधाले दिन नसक्ने सुख र आनन्द खोज्न आउँछन् । त्यसैले बुद्ध धर्मले जर्मन समाजमा यस्तो विशेष मान्यता र सम्मान पाएको छ जुन संसारका हरेक बौद्धहरुका लागि गर्वको विषय हुन सक्छ । यस प्रकार बुद्धको जन्मभूमि र कर्मभूमि भन्दा हजारौं किलोमिटर टाढा रहेको जर्मनीमा बुद्ध धर्म फैलिनुको कारण बुद्ध धर्मको अद्वितीय गुण, यसमा भएको करुणा को शिक्षा, आधुनिक मनोविज्ञानसँग मेल खाने दर्शन र सबैभन्दा माथि विश्व शान्तिको उद्देश्य नै हो भन्न सकिन्छ ।
०००
२. परम्पराहरु
भगवान बुद्धले दिनुभएको शिक्षा एउटै भएतापनि समयकालमा यो विभिन्न निकायहरु व परम्पराहरुमा बाँडिसकोको छ । यो अहिलेको सत्य हो । अहले संसारका जुन जुन देशमा बुद्ध धर्म फैलिएका छन्, त्यहाँ त्यहाँ ती निकायहरु मध्ये एक भन्दा बढी निकायहरु प्रचलनमा छन् । त्यस्तै किसिमबाट जर्मनीमा पनि अन्य धेरै देशहरूमा जस्तै बुद्ध धर्मका विभिन्न निकायहरू वा परम्पराहरूको अभ्यास भइरहेको छ । जर्मनीमा अभ्यास गरिने बुद्ध धर्मका केही प्रमुख निकायहरु र त्यसको विस्तारको बारेमा यहाँ संक्षिप्तमा ब्याख्या गरिन्छ ।
थेरवाद ः जर्मनीको बुद्ध धर्मको कुरा गर्दा त्यहाँ सबैभन्दा पहिला थेरवाद पुगेको थियो भन्न सकिन्छ । यसलाई बुद्ध धर्मको सबैभन्दा पुरानो रूप मानिन्छ र यो नेपाल लगायत भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार र कम्बोडिया जस्ता देशहरूमा प्रचलित छ । जर्मनीमा थेरवाद परम्परा पछ्याउने विहारहरु, केन्द्रहरू छन् र यसलाई पछ्याउनेहरुको समुदाय पनि छ । उनीहरु प्रायः विपस्सना लगायतका ध्यान अभ्यास गर्छन् र प्रारम्भिक बौद्ध ग्रन्थहरूको अध्ययनमा केन्द्रित हुन्छन् ।
महायान बुद्ध धर्म ः जर्मनीमा महायान बुद्ध धर्मपनि प्रारम्भिक युगमै पुग्यो । महायन बुद्ध धर्र्मको अर्को प्रमुख निकाय हो, जस अन्तर्गत अहिले विभिन्न उप–निकायहरू जस्तै जेन, शुद्ध भूमि, र तिब्बती बुद्ध धर्मलाई राखिएको पाइन्छ । जर्मनीमा महायान बुद्ध धर्म भन्ने बितिकै जेन केन्द्रहरू, तिब्बती बौद्ध गुम्बाहरू, र शुद्ध भूमि समूहहरूलाई एकमुष्ट रुपमा बुझिन्छ ।
जेन बुद्ध धर्म ः जेन बौद्ध धर्मले खास गरी ध्यानको अभ्यास (जाजेन अथवा बसेर गरिने ध्यानको प्रकार) गराउँछ र अभ्यासकर्तालाई आफ्नो वास्तविक प्रकृतिमा प्रत्यक्ष अन्तरदृष्टि राख्नमा जोड दिन्छ । जर्मनीमा धेरैवटा जेन केन्द्रहरू र समुदायहरू छन् जहाँ अभ्यासकर्ताहरु जाजेनमा सहभागी हुन्छन् तथा नियमित वा बेलामौकाा आयोजना गरिने ध्यान शिविरहरुमा भाग लिन्छन् । यसका साथै उनीहरु आफ्नो भाषामा अनुवाद गरिएका जेन पुस्तकहरुको अध्ययन पनि गर्छन् ।
हिमाली बुद्ध धर्म ः हिमाली बुद्ध धर्म भन्नाले समग्रमा वज्रयान वा तिब्बती बुद्ध धर्मलाई बुझाइन्छ जुन मुख्यतया तिब्बत, भुटान र नेपाल तथा भारतमा प्रचलनमा छ । जर्मनीमा धेरै तिब्बती बौद्ध केन्द्रहरू छन् जहाँ अभ्यासकर्ताहरूले तिब्बती लामाहरूबाट शिक्षाहरू प्राप्त गर्छन्, तिब्बती परम्परा अनुसार बुद्ध धर्मको अध्ययन गर्छन्, अनुष्ठानहरूमा संलग्न जसमा तान्त्रिक अभ्यासहरू समेत समावेश हुन्छन् । यहाँको हिमाली बुद्ध धम, विशेष गरी दलाई लामा जस्ता प्रमुख गुरुहरु को भ्रमण, प्रवचन तथा शिक्षाको कारणले फैलिरहेको देखिन्छ ।
निचिरेन बुद्ध धर्म ः निचिरेन बद्ध धर्म जापानी बौद्ध भिक्षु निचिरेनको शिक्षामा आधारित छ र यसले आहिले विश्वभरी नै विशेष गरी पश्चिम मुलुकमा लोकप्रियता हासिक गरेको छ । यस निकायले मुख्यतयाः लोटस सूत्रको जपमा जोड दिन्छ । जर्मनीमा निचिरेन बौद्धका धेरै केन्द्रहरू छन् जहाँ अभ्यासकर्ताहरू जप अभ्यासमा संलग्न हुन्छन् र निचिरेनको शिक्षाहरू अध्ययन गर्छन् ।
संलग्न वा इन्गेज्ड बुद्ध धर्म ः संलग्न वा इन्गेज्ड बुद्ध धर्म पश्चिमी मुलुकहरुमा फैलिरहेको बुद्ध धर्मका रुपहरु मध्ये सबैभन्दा नयाँ अभियान वा आन्दोलन हो । यसले सामाजिक र वातावरणीय सक्रियतालाई अभ्यासको रूपको रूपमा बुद्ध धर्मसँग जोडेर हेर्न जोड दिन्छ । जर्मनीको समकालीन समाजमा संलग्न बौद्ध समूहहरूले सामाजिक न्याय, पर्यावरण संरक्षण, र अन्तरविश्वास संवाद जस्ता मुद्दाहरूमा ध्यान केन्द्रित गरिरहेका छन् र उनीहरुले आधुनिक पश्चिमी शिक्षाले दिएको ज्ञान भनेर प्रचार गरिएका यी विषयहरु भगवान बुद्धले २५०० वर्ष अगाडि नै दिनुभएको सन्दर्भ जोडेर बुद्ध धर्मको शिक्षा ग्रहण गर्न मन पराउँछन् ।
यी प्रमुख बुद्ध धर्मका निकायहरु बाहेक पनि जर्मनीमा अन्य सासाना बौद्ध समुदाय वा निकायहरू छन् । ती सबै निकायहरु आफ्नो मूल, इतिहास, गुरु तथा जर्मनीमा प्रवेश पछि भएका सामान्य परिवर्तनका कारण फरक पनि भएका हुन सक्छन् । तैपनि प्रत्येक परम्परा वा निकाय र त्यसका अभ्यासकर्ताहरले आ–आफ्नै अभ्यास, शिक्षा र हरुले विभिन्न आध्यात्मिक आवश्यकताहरू पुरा गर्दै जर्मनीमा धार्मिक विविधता थपिरहेका छन् ।
०००
३. जर्मनीका केही प्रमुख बौद्ध शिक्षक र कार्यकर्ताहरू
जर्मन जस्तो एशिया भन्दा धेरै टाढा, धर्म संस्कृति नमिलेको देशमा बुद्ध धर्म प्रवेश हुन र फैलिन सजिलो थिएन । त्यो त त्यहाँका बुद्ध धर्मका विज्ञहरुले अथक मिहेनत गरेर नै त्यहाँको जनमानसले बुद्ध धर्मसँग परिचित हुने मौका पाएका थिए । यहाँ जर्मनमा भएका केही उल्लेखनीय बौद्ध विज्ञ वा गुरुहरुको परिचय दिइन्छ ।
कार्ल बर्नहार्ड सेडेनस्टुकर (सन् १८७६–१९३६) : कार्ल बर्नहार्ड सेडेनस्टुकर जर्मनीमा बुद्ध धर्मको भरखर प्रचार हुँदाको समयका एक चर्चित भारतविद् लेखक तथा अनुवादक थिए । उनले जर्मनीमै सबैभन्दा पहिला सन् १९०३मा बौद्धहरुको संस्था “जर्मनीका लागि बौद्ध मिशनरी एसोसिएशन“ स्थापित गरे र जर्मनीमा बुद्ध धर्मको विकासको लागि पहलो संगठनात्मक ढांचा तयार गरे । पछि उनले र्जमनीमा बौद्ध समाज नामक अर्को संगठन खोले ।
उनी पादरीका छोरा थिए र उनले प्राकृतिक विज्ञानका साथै दर्शन, चिकित्सा र भाषाशास्त्रका साथै संस्कृत, पाली, चीनी र बर्मीजÞ पनि सिके । सन् १९०२मा उनले बुद्ध शिक्षाको प्रचार गर्न थाले । उनले लीपजीगमा ह्यूगो वोलरथसँग मिलेर अंग्रेजी भाषाका बुद्ध धर्मका पुस्तकहरुको अनुवाद गर्न थाले तथा बुद्ध धर्मको प्रचारका लागि पत्रपत्रिकाहरुको प्रकाशन पनि थाले । जर्मनीमा महाबोधी सेन्ट्रल, महाबोधी सोसाइटी जर्मन शाखा तथा जर्मन पाली सोसाइटीको स्थापनामा पनि उनको योगदान थियो । उनी इशाई धर्मको आलोचक बने । उनले बुद्ध धर्मलाई “भविष्यको धर्म“ भनेर घोषणा समेत गरे । तर जीवनको अन्तिम समयमा भने उनी पुनः इशाइ धर्ममा नै फर्के ।
न्यानतिलोका महाथेर (सन् १८७८–१९५७) ः न्यानतिलोका महाथेरको जन्म एन्टोन वाल्थर फ्लोरस गुएथको रूपमा जर्मनीको वाइसबाडेनमा भएको थियो । उनी युरोपमै सबैभन्दा पहिलेका भिक्षुहरु मध्ये एक थिए । २५ वर्षको उमेरमा श्रीलंका तथा म्यानमार पुगे र त्यहाँ बुद्ध धर्मको अध्ययन गर्ने मौका पाए । त्यस पछि श्रामणेर तथा भिक्षु बने ।
सन् १९०६मा उनको पहिलो बुद्ध धर्म सम्बन्धी पुस्तक बुद्धको बचन प्रकाशित भयो, जुन जर्मनहरुका बिच धेरै प्रख्यात भयो । उनले अङ्गुत्तर निकायको अनुवाद थाले, र सन् १९०७मा चतुआर्य सत्यको विषयमा प्रवचन दिए । उनले जर्मनीमा थेरवाद बौद्ध विहार बनाउने योजना समेत बनाएका थिए । यसै क्रममा उनी धेरै देशमा पनि घुमे । पछि प्रथम विश्वयुद्ध ताका यिनी समातिए र अष्ट्रेलिया लगिए र फेरि चीन पुगे । उनको निधन ७९ वर्षको उमेरमा श्रीलंकामा भयो ।
डा. पौल डाल्के (सन् १८६५–१९२८)ः जर्मनीमा बुद्ध धर्मको प्रचार प्रसार शुरु हुँदै गर्दाका एक सक्रिय कार्यकर्ताको रुपमा डा पौल डाल्के(म्च। एबग िम्बजपिभ) ले काम गरेका थिए । पेशाला चिकित्सक भएर पनि उनले बुद्ध शिक्षामा धेरै लेखरचनाहरु लेखे र अन्य भाषाका रचनाहरु जर्मन भाषामा अनुवाद पनि गरे । विश्व भ्रमण गर्दै उनी श्रीलंका पुगे र बुद्ध धर्मको अध्ययन गर्न थाले । उनले पाली भाषा सिके र थुप्रै बौद्ध भिक्षुहरुसँग अध्ययन गर्ने मौका पाए । यसै क्रममा उन िम्यानमार, थाइल्याण र इन्डोनेशिया आदि देशमा भ्रमण गरे । सन् १९२४मा जर्मनको प्रख्यात बौद्ध घर (म्बक द्यगममजष्कतष्कअजभ ज्बगक)को स्थापना गर्नमा यिनको पनि धेरै मिहेनत छ । यसलाई युरोपके पहिलो थेरवादी बौद्ध विहार मानिन्छ ।
अशोक वीररत्न (सन् १९१८–१९९९)ः श्रीलंकामा जन्मेर पनि जर्मनीमा बुद्ध धर्मको विकास गर्नमा योगदान दिने मध्ये एक जना अशोक वीररत्न हो । उनले सन् १९५२मा जर्मन धर्मदूत समाजको स्थापना गरे । साथै उनी यूरोपकै सबैभन्दा पुरानौ विहार बर्लिन बौद्ध विहारका संस्थापन पनि थिए । उनेले जर्मनीमा बुद्ध धर्मको प्रचारप्रसारमा गरेको काम सम्झेर कसैकसैले उनलाई जर्मनीका महिन्द थेर भनेर समेत सम्बोधन गरेको पाइन्छ । उनले जर्मनीमा बुद्ध धर्म प्रचारका लागि तीन जना श्रीलंकाली भिक्षुहरु पठाएका थिए । त्यस्तै बौद्ध घरको निर्माण गर्नंमा पनि उनको योगदान थियो ।
थिक नात हान (सन् १९२६–२०२२) ः भियतनाममा जन्मिएका गुरु थिक नात हान (त्जष्अज ल्जबत ज्बलज)ले अमेरिका र युरोपका विभिन्न देशहरुमा स्मृति (माइन्डफुलनेस)मा आधारिक बुद्ध धर्म तथा ध्यानहरु सिकाउँदै तथा त्यहाँका बौद्धहरुलाई संगठित गर्दै गए । यसै क्रममा सन् २००८मा उनले कोलन तथा बोनबाट नजिकै वालब्रोल भन्ने ठाउँमा यूरोपियन इन्स्टिच्युट अफ एप्लाइड बुद्धिज्म (युएआइएबि)को स्थापना गरे । थिक नात हानको शिक्षाले जर्मनी सहित विश्वव्यापी रूपमा महत्त्वपूर्ण प्रभाव पारेको छ । उहाँको शिक्षाले अभ्यासकर्ताहरूलाई सामाजिक र राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्न बौद्ध सिद्धान्तहरू लागू गर्न प्रोत्साहित गर्दछ ।
तेन्जिन पेल्जोरः जर्मनमा जन्मेका बौद्ध भिक्षु, तेन्जिन पेल्जोर (त्भलशष्ल एभवियच) तिब्बती बौद्ध धर्मका गुरु हुन् । शमनिज्म, सुफिज्म र हिन्दुधर्म अध्ययन गरिसकेपछि २९ वर्षमा बुद्ध धर्ममा प्रवेश गरी बौद्ध भिक्षु बनका थिए । स्मृति ध्यान सिकाउनुका साथै उनीर मानव अधिकारको वकालत पनि गर्छन् र कैदीहरु तथा बालबालिकाका लागि पनि काम गर्छन् । उनी चीनमा तिब्बतीहरूको उत्पीडन विरुद्धको अभियानमा सक्रिय रूपमा संलग्न छन् र जर्मनीमा विभिन्न धार्मिक परम्पराहरू बीचको संवाद र समझदारीलाई प्रवर्द्धन गर्ने काम गरेका छन् ।
जोआना मेसी (जन्म सन् १९२९)ः मूल रूपमा जर्मनीबाट नभए पनि, जोआना मेसी (व्यबललब ःबअथ) शीतयुद्ध कालमा जर्मनीमा काम गरिन् । त्यसपछि भारतमा गएर तिब्बती शरणार्थीहरुका लागि काम गरिन् र बुद्ध धर्म अध्ययन गरिन् । उनी क्रमशः बौद्ध अध्येता र विद्वान बनिन् । एक बौद्ध शिक्षिका र पर्यावरण कार्यकर्ताको रूप उनले जर्मन बौद्ध समुदायमा गहिरो प्रभाव छोडेको छ । तिनको पुस्तक “त्यो कार्य जसले पुनः जोड्छ”मा बौद्ध आध्यात्मिकता, गहिरो वातावरण र सामाजिक सक्रियताको व्याख्या गरेकी छिन् ।
गर्ट स्कोबेल (जन्म सन् १९५९)ः टेलिभिजन प्रस्तोता र दार्शनिक हुँदै बुद्ध धर्मको अध्ययन गर्न पुगेका गर्ट स्कोबेल (न्भचत क्अयदभ)िले आफ्नै तरिकाले जर्मनीमा बौद्ध शिक्षाको प्रसार गरेका छन् । उनले बुद्ध धर्मका विभिन्न पक्षहरू र समकालीन जीवनमा यसको सान्दर्भिकताको खोजी गर्ने धेरै कार्यक्रमहरू आयोजना गरे, जसले बौद्ध विचारलाई देशमा व्यापक दर्शकहरूलाई परिचय गराउन मद्दत गरेको छ।
सिस्टर चान खोङ ः थिच न्हाट हानको नजिकको सहयोगी चान खोङ ( ऋजबल प्जयलन )ले जर्मनी र युरोपभरि बौद्ध धर्मका बारेमा आफ्ना शिक्षाहरू फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । गरिबी र द्वन्द्व जस्ता सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न बौद्ध सिद्धान्तहरूको प्रयोगलाई प्रवर्द्धन गर्दै, उनी विभिन्न मानवीय परियोजनाहरू र शान्ति पहलहरूमा संलग्न छिन्।
यी व्यक्तिहरूले जर्मनीमा बौद्ध धर्मको परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्, उनीहरूको शिक्षा र उनीहरूको सक्रियता मार्फत, अभ्यासकर्ताहरूलाई उनीहरूको दैनिक जीवनमा बौद्ध ज्ञानलाई एकीकृत गर्न र सामाजिक र वातावरणीय चुनौतीहरूको दबाबमा संलग्न हुन प्रेरित गरे ।
०००
४. मन्दिरहरु वा स्मारकहरु ः
जर्मनीमा बुद्ध धर्मको प्रभाव बढ्दै गएपछि त्यहाँका जनतामा बुद्ध धर्मप्रति रुचि र श्रद्धा बढ्दै गएपछि त्यहाँका स्थानीय जनता पनि आफ्नो आस्था अनुसार भगवानलाई सम्झने, प्रार्थना वा अध्ययन गर्ने स्थानहरुको आवश्यकता महशुस गर्न थाले । यसै अनुसार त्यहाँका बौद्ध समुदायको समन्वय, दान र परिश्रमबाट त्यहाँ थुप्रै बौद्ध स्मारकहरू र मन्दिरहरू देशभरी बनेका छन्। ती मध्यो केही उल्लेखनीय विहार, गुम्बा, मन्दिर तथा अध्ययन केन्द्रहरुको जानकारी यस प्रकार छ ।
लिन सोन टेम्पल ः बर्लिन मा स्थित लिन सोन टेम्पल ( Linh Son Temple) जर्मनीको सबैभन्दा ठूलो बौद्ध मन्दिर मध्ये एक हो । यो भियतनामी परम्परामा बनेको मन्दिर हो र यसले महायान बुद्ध धर्मलाई पछ्याउँछ । यसले बर्लिनमा भियतनामी बौद्ध समुदायको मिलन केन्द्रको रूपमा पनि कार्य गर्दछ ।
बौद्ध गेट बर्लिन ः बौद्ध गेट बर्लिन ( Buddhistisches Tor Berlin ) मन्दिर फ्रोहनाउ, बर्लिनमा अवस्थित छ । यो पनि भियतनामी बौद्ध समुदायसँग सम्बन्धित छ र यहाँ महायान परम्परा अनुसार धार्मिक कार्यक्रमहरु सञ्चालन हुन्छन् ।
लामा टेम्पेल बर्लिनः जर्मनीको अर्को बौद्ध मन्दिर लामा टेम्पेल बर्लिन ( Lama Tempel Berlin) हो । बर्लिनमा अवस्थित यो मन्दिरले तिब्बती बौद्ध परम्परालाई पछ्याउँछ । यहाँ तिब्बती बौद्ध धर्मसँग सम्बन्धित ध्यान शिविरहरू, कक्षाहरू तथा अन्य गतिविधिहरू सञ्चालन हुन्छ ।
बुद्धिज्मको लागि केन्द्र ः सामान्यतयाः बुद्धधर्ममा मन्दिर भन्नाले यस्तो नबुझाएपनि बुद्धिज्मको लागि केन्द्र ( Zentrum für Buddhismus ) बुद्ध धर्ममा रुचि भएका जर्मनहरुका लागि एक महत्वपूर्ण केन्द्र हो । ह्याम्बर्गमा अवस्थित यस केन्द्रमा बौद्ध शिक्षा, ध्यान लगायतका सामुदायिक गतिविधिहरू सञ्चालन गरेर यसले बौद्धहरुलाई संगठित गरिरहेका छ ।
फ्रान्कफर्ट तिब्बती केन्द्र ः जर्मनीको फ्र्याङ्कफर्टमा अवस्थित यस फ्रान्फर्ट तिब्बती केन्द्र ( Tibetisches Zentrum e.V. Frankfurt) तिब्बती बुद्ध अनुसारको बुद्ध शिक्षा प्रदान गर्ने ठाउँ हो । यहाँ तिब्बती बुद्ध धर्ममा चलेका ध्यान शिविरहरू सञ्चालन हुन्छनु । त्यस्तै यहाँ सोही अनुसारको पाठ्यक्रमबाट कक्षाहरू चलाउनुको साथै विज्ञहरुलाई ल्याएर कार्यशालाहरू पनि आयोजना गरिन्छन् ।
०००
५. संस्था वा संगठनहरु
जर्मनीका लागि बौद्ध मिशनरी एसोसिएशन ः जर्मनीका लेखक अनुवादक कार्ल सेडेनस्टुकरले सन् १९०३मा जर्मनीमा “जर्मनीका लागि बौद्ध मिशनरी एसोसिएशन“ ( Buddhistischer Missionsverein für Deutschland ) नामक संस्था खोलेर बुद्ध धर्मका प्रचार गर्ने र बौद्ध विदनहरुलाई संगठित गर्न खोजे । उनले जर्मनीमा बुद्ध धर्मको विकासको लागि पहलो संगठनात्मक ढांचा तयार गरे । यो संस्था उनी सहित आठ जनाको सक्रियतामा खोलिएको थियो । यो संस्था पछि निष्क्रिय भएर गयो ।
जर्मनीमा बौद्ध समाज ः कार्ल सेडेनस्टुकरले सन् १९०५मा आफै अग्रसर भइ पुनः जर्मनीमा बौद्ध समाज ( Buddhistische Gesellschaft in Deutschland ) नामक संस्था खोले । यसलाई पछि महाबोधी केन्द्र भनियो ।
जर्मन बौद्ध संघ : ( Deutsche Buddhistische Union, DBU ) जर्मनीका बौद्धहरुको एउटा छाता संगठन जर्मन बौद्ध संघ हो जहाँ सबै परम्परा र निकायका बौद्धहरू भेला हुन्छन् र बौद्ध सिद्धान्त र अभ्यासको विविधता र विविधताको लागि बुझ्छन् र कदर विकास गर्छन् । सन् १९८५मा एक बौद्ध घोषणा तयार पारिएको थियो जसलाई सबैले स्वीकार गरेको छ ।
माथि उल्लेखित मन्दिरहरु जर्मनीमा भएका केही उदाहरणहरू मात्र हुन् । त्यहाँ यस्ता अन्य ठुला साना बौद्ध मन्दिरहरु अथवा केन्द्रहरू धेरै छन् । यस बाहेक त्यहाँ यस्ता बौद्ध समुदायहरू पनि छन् जुनसँग आफ्नै जग्गा वा भवन छैनन् र आफै मन्दिर नभए पनि ठाउँ भाडामा लिएर धर्म समन्धी अध्ययन र अभ्यास गर्छंन् । अझ कतिपय संगठनहरुको त भौतिक रुपमा भेट्ने ठाउँनै हुँदैन तर पनि संगठित रुपमा धर्म अभ्यास गर्छन् ।
०००
वर्तमान अवस्थामा जर्मनीमा बुद्ध धर्मको अवस्था
जर्मनीमा अहिले ६६.५ प्रतिशत जनता कुनै पनि धर्म मान्दैनन, १४.९प्रतिशत प्रोटेस्टेन्ट छन्, ८.५ प्रतिशत क्याथोलिक छन् र ८.१ प्रतिशत मुस्लिम छन् । साना धार्मिक समुदायहरु मध्ये यहाँ सबै भन्दा ठुलो बौद्धहरुको समुदाय मानिन्छ, जुन ०.२ देखि ०.३ प्रतिशत छ । यस अनुसार त्यहाँ २७०,००० बौद्ध जनसंख्या भएको देखिन्छ । ती मध्ये सबैभन्दा धेरै श्रीलंकाबाट आएको थेरवाद मान्नेहरु छन् । त्यस्तै थाइल्याण्डबाट ५९,००० बौद्धहरु आएका छन् र ४८वटा विहारहरुसँग सम्बद्ध छन् । त्यस्तै यहाँ भियनामबाट आएका बौद्धहरुको संख्या पनि उल्लेखनीय नै छ । त्यस पछि वज्रयान वा तिब्बती बुद्ध धर्म मान्नेहरु र जापानको निचिरेन तथा जेन बुद्ध धर्म मान्नेहरु छन् । त्यहाँको सार्वजनिक कानुनले बुद्ध धर्मलाई धर्मको रुपमा मान्यता प्रदान गरेको छैन तर पनि त्यहाँका जर्मनहरुमा समेत बुद्ध धर्ममा धर्मान्तरण गर्ने चलन बढिरहेको भनेर प्रतिवेदन आएका छन् ।
जर्मनीमा बौद्धहरूको वास्तविक संख्या अनुमान गर्न गाह्रो छ, किनकि तिनीहरूमध्ये धेरैले निजी रूपमा अभ्यास गर्छन् र थोरै मात्र त्यहाँका बौद्ध संस्था वा संगठनहरुकहाँ सदस्यता लिएका हुन्छन् । यद्यपि अहिले जर्मनीमा बसोबास गर्ने बौद्धरु मध्ये लगभग १२०,००० एसियाली मूलका बौद्धहरू (धेरैजसो भियतनाम, थाइल्याण्ड, ताइवान, कम्बोडिया, कोरिया, जापान र अन्य एशियाली देशहरूबाट आएका) छन् । अनि बाँकी जर्मन मूलका १३०,०० बौद्धहरू छन् भनेर अनुमान गरिएको छ । तिनीहरू सामान्यतया विभिन्न निकायसँग सम्बन्धित छन् र आआफ्नो समूहहरूमा अभ्यास गर्छन् । तैपनि वैशाख पूर्णिमा जस्ता महत्वपूर्ण चाडहरुमा सबै खालका बौद्धहरु भेट्छन् चाड मनाउनका लागि सहकार्य गर्छन् । यसमा कुनै समुह एशियालीमूलका बौद्धहरुको कुनै जर्महरुको र धेरै जसोमा दुबै खालका सदस्यहरु सँगै छन् । स्वभाविक छ, अहिले बर्तमान समयमा सबै बौद्धहरु आपसमा भेदभाव नराखी सहकार्य गरेर अध्ययन अध्यापन र धर्मको अभ्यास गर्ने गर्छन् ।
Buddhism in Germany




Wat Machimmaran Sitting Buddha, Tumpat district of Kelantan, Malaysia
Buddha of Ibiraçu, Brazil
Dhyan Buddha, Amaravathi of Andhra Pradesh, India
Tathagata Tsal, Sikkim, India
Fo Guang Big Buddha, Taiwan, ROC
The Grand Buddha of Hongguang Mountain in Xinjiang Urumqi, Chaina
Phuket Big Buddha, Thailand
Buddha statue in Donglin Temple, Jiujiang, in the north of Jiangxi province, China
Kande Viharaya Aluthgama Buddha, Sri Lanka
Phra Phuttha Rattanamongkhon Mahamuni or Luangpho Yai, Thailand
Leshan Giant Buddha, Sichuan Province in China
Grand Buddha at Ling Shan, near Wuxi, Jiangsu province in China
Phra Buddha Maha Nawamin Buddha in Ang Thong Province, Thailand
Laykyun Sekkya Buddha, Khatakan Taung, near Monywa, Myanmar
Ushiku Daibutsu, Ushiku, Ibaraki Prefecture, Japan
Spring Temple Buddha, Lushan County, Henan, China