पलख लिपा बुद्धरत्न ल्हातिइ सफू ज्वनाः ब्वब्वं मांम्हसित न्यंका च्वन — “झी थः जक तरेजुया वनां मगाः, संसारयात हे तरेयायेमाःपिं ।उकिं ला झीसं सकसितं मतिना यानाः करुणा तयाः बोधिसत्वया लँपु ज्वनाः पारमिताया अभ्यास यानाः व दक्व जगतसंसारया सत्वप्राणीपिनिगु लागि नं थी थी द्यःपिनिगु पूजा यानाः, जप ध्यान यानाः, मन्त्र ब्वनाः सकसितं बुद्ध दयेकाः जक थः बुद्ध हे जुइगु ।”
“ओहो । छ वल कि जिगु दिन हे बिछुक लगेजुइ । आम्कनं हे धा छु धायेत वयागु?”
“मखु । छकः कुहाँ हे बिज्यायेमाली । खँ छता दु ।”
वं ननिमवासे झ्याः खापा तित ।
मांम्हस्यां न्यन, “छाय् ? सु वल?”
“व हे झ्वकमनीम्ह ज्यापुचा का । वइगु हे स्वये मययेधुंकल जितः । छकः मखु निकः मखु । जिं लातकि वयागु त्वानाः हे त्वथुलाबिइ तिनि छन्हु ।”
“छाय् छु यात वं ? छिमि बाःया इलय्निसें झीथाय् मालकि धालकि स्या यानाबिउवइम्ह व । धाःगु ज्या यानाबिइ । व मदुसा थ्व छेँ हे दनेखनीमखुजुइ झीसं । ल्वःमन ला? छाय् मयःगु व छन्त?”
“छाय् छाय् का । आसे जिं वयात बाकि हे तयेमखु थौं ...”
हाहां व स्वाहाने छपुं छत्वाकःयानाः कुहाँ वन । अजिम्ह व छय्म्ह ज्यः जुयाः व वंगु स्वयाच्वन ।
ज्यापुचिया गःतां जक त्वतकेत सन । वं तःमिम्ह बुद्धरत्नयात थिइ मछाः । उकिसं वया थःगु त्वालय् जूबलय् व ला धुँथें । तर नं ज्यापुचा मग्याः । धाथें ध्यबाया आखिरी हे जुयाः ला उलि हालेगु साहास यात वं ।
“स्यायेसा स्या, पालेसा पा । तर थौं जिं सह यायेमखु । थ्व धर्म यक्व याइपिं मनूत झन ग्यानापु । जिमित स्व, धर्म नं यायेम्वाः पाप नं यायेम्वा । नयेत मदुसा मुस्या नयाः द्यने तर सुयागुं धिम्न्यःध्यबा लाकाः मनया । जिं ला थुलि हे जक सिउ — गुगु कथंया पाप मयायेगु, थःगु मन शुद्ध यायेगु । आमज्याःगु तालं छन्त नर्कय् तकं थाय् दइमखु । सिउला छं ?”
अहिलेको विश्वमा चलचित्रको अलग्ग स्थान छ । यो केवल समय बिताउने र मनोरञ्जनको विषय मात्र नभएर यसले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा समेत असर पार्ने दृष्टान्तहरु विश्वको इतिहासमा धेरै पाइन्छन् । यसै बिच अहिले भारतमा बनेको हिन्दी फिल्म दि काश्मीर फाइल्सले भारतमा र विशेष गरी हिन्दुहरुमा तलहका मचाइरहेको देखिन्छ । होला, काश्मीरका मुस्लिमहरुले ३२ वर्ष अगाडि हिन्दु पण्डितहरुलाई काश्मिर छोड्न बाध्य पार्यो होला । तर सत्यको अर्को पाटो यो पनि हो कि दुइ हजार वर्ष पहिलेदेखि काश्मीर बौद्धहरुको केन्द्र थियो र हिन्दुहरु त्यहाँ १३ सय वर्ष जति अगाडि मात्र पुगेको पाइन्छ । अनि लगभग ५०० वर्षमा नै त्यस्तो अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास भैसकेको काश्मीरमा बौद्धहरुलाई हिन्दुहरुले कसरी निस्तेज पारे, कसरी उनीहरुलाई त्यहाँबाट बिलिन बनाइ भन्ने कुरा इतिहासमा पाइँदैन ।
यो लेखले त्यस फिल्मको समीक्षा, त्यसमा भएको सत्यता, त्यसको कमाइ, त्यसले मुस्लिमहरु विरुद्ध फैलाएको घृणा, त्यसको राजनीतिक उद्देश्य, राजनीतिक पार्टीले यसलाई साथ सहयोग दिनुको कारणका बारे केही नभनीकन काश्मीरका बौद्धहरुको बारेमा अलग्ग “फाइल्स” तयार पार्ने कोशिस गरिन्छ ।
पृष्ठभूमि
संक्षेपमा भन्नुपर्दा काश्मीरमा बुद्धधर्म ईशापूर्वको तेश्रो शताब्दीमा शुरु भएको थियो, जुन ईशाको आठौं शताब्दीमा वैष्णव र शैव धर्मको आगमन र उनीहरुको षडयन्त्रमा निस्तेज भई दशौं शताब्दीसम्म पुग्दा बिलाएको जस्तै भयो । अहिले लेखिएको इतिहासमा त्यहाँका बौद्धहरुको उल्लेख शायदैले मात्र गर्ने गर्छ । यसले गर्दा त्यहाँ इतिहास मात्र हैन त्यहाँका विश्वमै कहलिएका बौद्ध विद्वानहरुको योगदान पनि मेटियो । कसरी मेटियो होला हजारौं वर्ष पुरानो सभ्यता ? त्यहाँ भएका ती लाखौं बौद्धहरु कहाँ गए ? हजारौं भिक्षुहरु र सयौं विहार वा गुम्बाहरु कहाँ गए ? तिनीहरुलाई पनि त्यहाँको हिन्दु सरकारले वा हिन्दु आतंकवादीहरुले देश निकाला गरे कि, लहरै उभ्याएर गोली ठोकी मारे कि ? आकाशले निल्यो कि ? जमिनमा गाडिए कि ? औपचारिक इतिहाससँग यसको कुनै जवाफ नै छैन अहिले । भारतका मुलधार मानिएका इतिहासकारहरु कश्मीरमा बुद्धधर्म पतन भएको इतिहास सम्झन चाहँदैनन् । सबै इतिहासकारहरु काश्मीरमा पहिले हिन्दु पण्डितहरु थिए र उनीहरुलाई मुस्लिमहरुले धपायो मात्र भन्छन् तर बौद्धहरुलाई कसले धपायो भनेर कसैले भन्दैन ।
काश्मीर पहिले नाग तथा यक्ष जातका आदिबासीहरुको आदिभूमि थियो । यहाँ प्रथम राजाको रुपमा राजा सुरेन्द्रको नाम आउँछ । यिनी बौद्ध थिए र यिनले त्यहाँ बिहारहरु बनाउन लगाए भनेर धार्मिक वंशावलीहरुमा उल्लेख पाइन्छ । तर यिनको इतिहासको तिथिमिति भने यकिन छैन ।
निलमत पुराण तथा कल्हनको राजतरंगिणी दुइटा यस्ता प्राचीन ग्रन्थहरु हुन् जसले काश्मीरको धर्म र इतिहासका बारेमा केही कुरा खोल्न सक्छन् । पुराणले यहाँको हिन्दुधर्मको बारेमा ब्याख्या गर्छ भने राजतरंगिणीले यहाँका राजाहरुका बारेमा वर्णन गर्छ । चीनियाँ स्रोतका अनुसार बुद्ध धर्म कश्मीरमा भगवान बुद्धको महापरिनिर्वाणको पचास वर्ष पछि नैै फैलिन थालेको मानिन्छ ।
धेरै मानिस जिसस क्राइस्ट आफै बुद्धधर्मका अध्येता थिए र उनले काश्मीरमा आएर बुद्धधर्म सिकेको भन्ने विश्वास गर्छन् । अझ कोही कोही त जिससको मृत्यु नै काश्मीरमा भएको पनि भन्छन् (अहिले श्रीनगरमा एउटा रोजाबाल भन्ने ठाउँ छ जसलाई युजआसाफको चिहान भनिन्छ र उनी नै जिसस थिए कि भन्ने विश्वास समेत गरिन्छ) । त्यस अर्थमा आज भन्दा २००० वर्ष पहिले काश्मीरमा बुद्धधर्म रहेको देखियो ।
सम्राट अशोक र काश्मीरको बुद्धधर्म कश्मीरको बुद्धधर्मको कुरा निकाल्दा सम्राट अशोकको योगदानको उल्लेख गर्नै पर्नेहुन्छ । भगवान बुद्धको परिनिर्वाण पछि बुद्धधर्म विस्तारै निस्तेज हुँदै गएको र वैदिकहरुले पुनः समाजमा दमनकारी भूमिका खेल्न थालेको अवस्थामा भारतवर्षको राजनीतिक इतिहासमा सम्राट अशोकको उदय भएको छ ।
मौर्य सम्राट अशोकले ईशापूर्व २६८ देखि २३२सम्म लगभग पूरा भारतवर्षमा शासन गरे । कुनै एक चरण पछि उनले युद्ध र राज्य–विस्तारबाट विरक्तिएर बुद्ध धर्म अँगाले र आफ्नो सारा जीवन नै बुद्ध धर्मको प्रचारप्रसारमा अर्पण गरे ।
अशोकले विभिन्न देशमा बुद्धधर्म प्रचारका लागि धर्मदूतहरु पठाए । ती मध्ये उनले मज्झन्तिका अथवा मध्यन्तिका नामक वाराणसीका बौद्ध भिक्षुलाई काश्मीर तथा गन्धार क्षेत्रमा धर्म प्रचारमा पठाए । उनले त्यहाँका १४ आदिवासी समुहलाई बुद्ध धर्ममा ल्याए र पछि उनीहरु नै काश्मीरको बुद्धधर्मको संरक्षक भए । अशोकले काश्मीर गएर त्यहाँ श्रीनगरी नामक शहर बसालेको भनिन्छ । यस प्रसंगलाई अशोकावदान तथा अवदानकल्पलता जस्ता ग्रन्थहरुले पनि उल्लेख गरेको छ । यस प्रकार अशोकले काश्मीरमा बुद्धधर्मको शुरुवात गरे भन्ने कुरा अहिले सबैले स्वीकारेको देखिन्छ । यस बेलादेखि काश्मीर क्षेत्र बुद्ध धर्मको केन्द्रको रुपमा प्रख्यात भयो ।
गन्धारका राजा मिनान्दर (मिलिन्द) तथा भिक्षु नागसेनको बिचको सम्बादबाट प्रख्यात ग्रन्थ मिलिन्द प्रश्नको सिर्जना भएको थियो । उक्त सम्बाद भएको स्थल काश्मीरबाट १२ योजन टाढा भनिएबाट त्यसबेला उक्त क्षेत्र बुद्धधर्मको अध्ययन केन्द्र भइसकेको कुरा प्रतित हुन्छ । यो कुरा ईशा पूर्व दोश्रो शताब्दीको भयो ।
सम्राट कनिष्क र कश्मीरको बुद्ध धर्म सम्राट कनिष्कको योगदानको कुरा नगरीकन काश्मीरको बुद्धधर्मको वर्णन गर्न सकिँदैन । अशोकको युग पछि भारतमा राज्य विस्तार गर्ने र बुद्धधर्मलाई अभिभावकत्व प्रदान गर्ने शासकहरुमा कनिष्कको नाम आउँछ ।
कनिष्क कुषाण वंशका एक सम्राट थिए । उनले ईशाको ७८ देखी १०५ सम्म राज्य गरे र उनको राज्य ताजकिस्तान देखि पाटलिपुत्र वा वर्तमान पटनासम्म फैलिएको थियो । त्यसबेला काश्मीर उनको अधिनमा थियो । उनले यो स्थानलाई मन पराएर यहाँ बारामुला भन्नेस्थान नजिकै कनिष्कपुर नामक शहर बसाए, जहाँ उनले एक विशाल स्तुप पनि बनाए । बुद्धको मूर्ति बनाउने प्रचलन यस समयमा धेरै विकसित भयो । उनले बुद्धको प्रतिमा अंकित सिक्का पनि निकालेका थिए । उनले काश्मीर उपत्यकालाई विहार, चैत्यहरु र अन्य बौद्ध सम्पदाहरुले ढाकिदिए ।
ग्रन्थहरुमा उल्लेख भए अनुसार कनिष्कको समयमा अर्थात् ईशाको पहिलो शताब्दीमा काश्मीरमा पाँचसय बौद्ध विद्वानहरु बस्थे र बौद्ध दर्शनको अध्ययन अध्यापन गर्थे । यसबेला कश्मीर महायान बुद्धधर्मको केन्द्रको रुपमा चीनदेखि दक्षिण भारतसम्म प्रख्यात भयो । यसै बेलादेखि काश्मीरबाट बुद्धधर्म फैलिँदै गान्धार, काबुल, ब्याक्त्रिया तथा तिब्बत अनि चीनसम्म पुग्यो ।
बुद्धधर्ममा कनिष्कको सबैभन्दा ठुलो योगदान यो थियो कि उनले चतुर्थ संयायनाको आयोजना गरे (बुद्धधर्मको इतिहासमा चतुर्थ संगायना दुइ ठाउँमा भएको मानिन्छ — एउटा श्रीलंकामा थेरवाद अन्तर्गतको संगायना भयो भने काश्मिरमा सर्वास्तिवाद अन्तर्गतको) र त्यसको लागि उनले काश्मीरलाई चुने । यसबेलामा बसुमित्रको नेतृत्वमा ५०० भिक्षुहरु काश्मीरमा एकत्रित भए र विषेश गरी महायान अन्तर्गतको अभिधम्मको बारेमा छलफल गरे । यसले त्यस बेला काश्मीर कति ठुलो बौद्ध केन्द्र थियो भन्ने अन्दाज लगाउन सकिन्छ । यसप्रकार हेर्दा कनिष्कको समयमा काश्मीरमा बुद्धधर्मको स्वर्णयुग भएको मान्न सकिन्छ ।
काश्मीरमा शिक्षा दीक्षा पाएका बौद्ध भिक्षुहरु धेरै टाढा टाढासम्म गएर बुद्ध धर्मको प्रचार गर्नमा लागे । चौथो शताब्दीका बौद्ध विद्वान संघभूति (ईश्वी ३१८–३८४) लाई काश्मीरबाट चीन गएर धर्मप्रचार गर्ने पहिलो भिक्षु मानिन्छ । उनले त्यहाँ सर्वास्तिवादको विनयपिटकलाई चीनियाँ भाषामा अनुवाद गरे । कुमारजीव (ईश्वी ३४४–४१३)पनि काश्मीरमा जन्मेका वा हुर्केका थिए । भिक्षु बनिसकेपछि उनले चीनमा गएर सयौं बौद्ध ग्रन्थहरुको चीनियाँ भाषामा अनुवाद गरे ।
त्यस्तै काश्मीरका अन्य उल्लेखनीय बौद्ध विद्वानहरुमा बुद्धजीव एक अर्का भिक्षु थिए जसले ईश्वी ४२३ मा चीन गएर बौद्धग्रन्थहरुको अनुवाद गरे । तथा धर्ममित्र (ईश्वी ३५६–४४२) अर्का काश्मिरी बौद्ध भिक्षु हुन् जसले ईश्वी ४२४मा चीनमा गएर बौद्धग्रन्थहरुको अनुवाद गरे । उनीहरुले बुद्धधर्मको अध्ययन गरेर विश्वका बौद्धहरुका लागि समेत नीधि छोडेर गए । यस्तो गर्ने वातावरण काश्मीरको बौद्ध परम्परा र त्यहाँका अध्ययन केन्द्रहरुले नै दिए ।
इशाको छैठौं शताब्दीसम्म कश्मीरमा बुद्धधर्मको राम्रो प्रचारप्रसार थियो । सन् १८६९मा प्रकाशित हेनरी हार्डी कोलको काश्मीरका प्राचिन स्मारहरुका चित्रहरु नामक पुस्तकमा बरमुल्ला स्थित जयन्द्र विहारको उल्लेख छ जुन सन् ५००मा एक प्रवेरसेना नामक व्यक्तिले बनाउन लगाएकोे कुरा उल्लेख गरिएको छ ।
गुप्त वंशको नराम्रो प्रभाव काश्मीरमा परेन । छैठौं शताब्दीमा अलकोन हुनहरुको आक्रमणले काश्मीरको बुद्धधर्मलाई प्रभावित गर्यो । यसको अन्ततिरका राजा मिहिरकुल (ईश्वी ५१५–५४०)ले भारतवर्षको उत्तरतिर शासन गरे । यिनको राजधानी अहिलेको उत्तर पाकिस्तन सकलमा पर्छ । ग्रन्थहरुका अनुसार यिनले एक जना बौद्ध भिक्षुबाट प्रभावित भएर बुद्धधर्म सिक्न चाहे तर उनीकहाँ प्रभावशाली गुरु नपठाइदिएको रिसमा यिनले जीवन भरी बुद्धधर्मको नाश गरे । उनले बौद्ध स्मारकहरु नष्ट गरे, गुम्बाहरु भत्काए र भिक्षुहरुलाई मारे । काश्मीर गान्धार क्षेत्रमा बुद्धधर्मको विनाश गर्ने कार्यको शुरु यिनैले गरेको मानिन्छ ।
हुयेन साङले देखेको काश्मीरको बुद्धधर्म कश्मीरको बुद्धधर्मको इतिहासको अध्ययन गर्न सातौं शताब्दीका चीनियाँ यात्री हुयेनसाङ (ईश्वी ६०२ — ६६४)को यात्रा वृतान्त सहयोगी हुन्छ । मध्यपूर्वका विभिन्न देश वा शहरहरुको भ्रमण गर्दै उनी काश्मीर पुगेका थिए ।
उनले कश्मीरमा सन् ६३१ देखि ६३३सम्म बसेर बौद्ध दर्शनको अध्ययन गरेर यस नगरलाई बौद्ध धर्म फस्टाएको केन्द्रको रुपमा वर्णन गरेको छ र यसलाई बुद्धले आफ्नो जीवन बिताएको हालको बिहार प्रदेशमा जतिकै ठुलो बुद्ध धर्मको प्रचारप्रसार भएको ठाउँ भनी तारिफ पनि गरेको छ । उनले त्यहाँका जनता बुद्धधर्मका अनुयायी भएको पाए । उनले त्यहाँ सयौं विहारहरु र पाँचहजार भिक्षुहरु तथा सम्राट अशोकले बनाएका चारवटा स्तुपहरु देखेका थिए । उनले देखे कि त्यहाँ सम्राट कनिष्कले पनि विहारहरु बनाएका थिए ।
यसबेलाको सन् ७०० तिरको उपासकहरुको साथमा भएको भगवान बुद्धको मूर्ति क्यालिफोर्नियाको नोर्टन सिमोन म्युजियममा सुरक्षित छ ।
त्यस्तै किसिमले आठौं शताब्दीमा कोरियाली भिक्षु ह्येचोले पनि काश्मीरको बुद्धधर्मको बारेमा केही वर्णन गरेका छन् । सन् ७८१मा बौद्ध भिक्षु ह्योचो चीनबाट यात्रा थालेर अरबियादेखि दक्षिणपूर्वी एशियासम्म पुगे । उनले काश्मीरको बारेमा पनि आफ्नो वर्णनमा लेखेका छन् । उनका अनुसार त्यहाँका राजा र भारदार तथा जनता त्रिरत्नमा धेरै श्रद्धा राख्थे । त्यहाँका ड्रागन राजाले हरेक दिन अर्हतहरुलाई भोजन दान दिन्थे । त्यहाँ भिक्षुहरु र विहारहरु थिए जो महायान तथा हिनयान दुबै अभ्यास गर्थे ।
काश्मीरमा पुरातात्विक उत्खनन् धार्मिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण भएर पनि जम्मु तथा काश्मीरमा निकै थोरै पुरातात्विक उत्खनन्हरु भएका छन् । ती मध्ये चेनाव नदीको छेउमा जम्मुबाट करिब २८ किमी उत्तरपश्चिममा स्थित आम्रवनको पम्वारवन नामक स्थानमा भएको उत्खनन्लाई अत्याधिक सफल मानिएको छ । यहाँ प्राप्त बुद्धको अस्थि भनेर विश्वास गरिएको दाँत लगायतका वस्तुहरुको कारणले काश्मीर उपत्यकाको बुद्धधर्म तथा बौद्ध संस्कृतिको बारेमा विस्तृत अध्ययन गर्न पुरातत्वविद्हरुलाई उत्साहित गर्यो ।
भारतीय पुरातात्विक सर्भेक्षण अन्तर्गत श्रीनगर वृत्तमा डा बुद्धरश्मी मणीको नेतृत्वमा सन् १९९९ देखि २००१सम्म उत्खनन् गरिएको थियो । यसको आधारमा काश्मीर ईशापूर्व दोश्रो र पहिलो शताब्दी देखि इस्वीको सातौं शताब्दीमा बुद्धधर्मको प्रमुख केन्द्र रहेको हुनसक्ने निष्कर्ष निकालेका थिए ।
अहिले काश्मीरमा निकै थोरै मात्र बौद्धहरु बस्छन्, कुनै प्रमुख जीवन्त बौद्ध स्मारक तथा समारोहहरु छैनन् । कतै कुनै भग्नावशेषहरु पर्यटकहरु पर्खेर बसेका मात्र छन् । बरु यहाँको छैठौं शताब्दीदेखिका पुरातात्विक बुद्ध मूर्तिहरु युरोप, अमेरिकाका तथा अष्ट्रेलियाका लगायत भारतकै संग्रहालयहरुमा सजिएका छन् ।
हिन्दु शासनमा काश्मिर र बुद्ध धर्मको पतन अधिकांश इतिहासकारहरुले जब काश्मीरको इतिहास लेख्छन्, उनीहरुले काश्मीरमा पहिले हिन्दु सभ्यता फैलिएको र पछि मुस्लिमहरुले अतिक्रमण गरेको भनेर मात्र भन्छ । हिन्दुहरुले अतिक्रमण गर्नुभन्दा पहिलेको काश्मीरको इतिहास लेखिएको पनि पाउन मुश्किल छ ।
सातौं र आठौं शताब्दीमा काश्मिरमा कर्कोटा वंशको (ईश्वी ६२५–८५५) अधिपत्य रह्यो । यसै वंशका ललितादित्य मुक्तापीडा(ईश्वी ७२४–७६०)ले यहाँ हिन्दुधर्मको प्रचारमा सहयोग गरे तर उनले बौद्ध तथा हिन्दु धार्मिक स्थलहरुको निर्माण गरेको पाइन्छ ।
काश्मीरमा बुद्धधर्मको राम्रै बोलबाला भइरहेको अवस्थामा वैदिक दार्शनिक आदि शंकराचार्य सन् ७८८देखि ८२०सम्म काश्मीरमा गए (नेपालमा आदि शंकराचार्य ४७८ ईशापूर्वमा सोही कामका लागि आएको लोकोक्ति छ) । उनी वैदिक ज्ञानको विकास गर्न अथवा तर्कशक्तिद्वारा बुद्धधर्मलाई खतम गर्न नै काश्मिर निस्केको भनिन्छ । उत्पलदेवको शिवस्तोत्रावली अनुसार भारतमा बुद्धधर्मको प्रभाव कम गर्न शंकराचार्यले भक्ति मार्गको शुरु गरे । उनले तर्कशक्तिद्वारा बौद्ध विद्वानहरुलाई हराउन देशयात्रा गरे । उनको त्यहाँ एक महिलासँग शास्त्रार्थ भएको किंवदन्ती छ तर उनको काश्मीर यात्राको आधिकारिकताका बारेमा धेरै विवादहरु पनि निस्किएका छन् ।
त्यसपछि उत्पल वंशले ९औं र १०औं शताब्दीमा काश्मीरमा शासन गरे । यिनीहरु वैष्णव थिए र शैवलाई अभिभावकत्व प्रदान गर्थे । यसकालको पद्मपाणी लोकेश्वर जर्मनीको लिन्डेन म्युजियममा र बुद्ध मूर्ति अंकित एउटा अस्थि–कलश न्युयोर्कको मेट्रोपोलिटन म्युजिएममा भएबाट यस समयसम्म काश्मीरमा बुद्धधर्म जीवन्त नै रहेको बुझिन्छ ।
दशौं शताब्दीमा भएको हिमपात र त्यसबेला भएको धनजनको क्षतिलाई काश्मिरमा ब्राम्हणहरुले बौद्ध भिक्षुहरुको प्रभावमा नागको पुजाआजा बन्द गरेकोले नागदेवता रिसाएको भनी प्रचार गरे । यसैकालमा रचित निलमत पुराणमा बुद्धलाई विष्णुको अवतारको रुपमा चित्रण गरियो । त्यहाँका बौद्धहरुले हिन्दु पुरोहितहरुले सिकाएजस्तै बुद्धमूर्तिलाई देउताको पूजा गर्ने र उपासना गर्ने उपक्रम थाले भक्तिमार्ग शुरु भयो । सम्भवतः त्यसमा पनि हिन्दुको जस्तो तन्त्रयान इत्यादि मिसिन आयो, र विस्तारै बुद्धधर्म हिन्दुधर्मको हाँगा मात्र हो भन्ने धारणा समाजमा स्थापित हुन पुग्यो । यस प्रकार बिस्तारै काश्मीरमा हिन्दु धर्मको प्रभाव बढ्न थाल्यो र बुद्धधर्मको प्रभावकारिता कम हुन थाल्यो ।
देशमा राजनीतिक अस्थिरता चलिरह्योे र ११औं शताब्दीमा लोहार वंशको (ईश्वी १००३–१३२०)हातमा काश्मीरी सत्ता गयो । यसबेला यहाँ बुद्धधर्मले अवनति भोग्यो भने दोश्रो लोहार वंश (ईश्वी ११०१–१३३९)ले बुद्धधर्म पुनर्जागरण गर्ने कोशिस गर्यो । १२औं शताब्दी सम्म बरमुल्लामा जीतेन्द्र बुद्ध नामक भिक्षु थिए ।
नीलमता पुराणले वैशाख पूर्णिमाका दिन काश्मीरको उपत्यकामा उत्सव मनाउने गरेको उल्लेख गरिएको बताइन्छ । यसदिन बौद्ध चैत्यहरु तथा स्तूपहरूलाई सिँगारिन्थ्यो र बुद्धका मूर्तिहरूलाई सजाइन्थ्यो । यो प्रचलन लगभग एघारौं शताब्दीसम्म जारी रह्यो ।
त्यस्तै काश्मीरका श्रमणहरु चीनमा गएर अनुवाद गर्ने काम दशौं र एघारौं शताब्दीसम्म जारी भएको ग्रन्थहरुले देखाउँछ । एघारौं शताब्दीमा पनि यहाँको परिहष्पुरमा दुई विशाल बुद्धमूर्तिहरुको स्थापना भएको थियो । यी मूर्तिहरु हिन्दु राजा हर्ष (ईश्वी १०८९–११०१)को कोपबाट बचे जो त्यहाँका बौद्ध मन्दिर तथा मूर्तिहरु भत्काउँदै हिँडेका थिए । त्यस्तै राजा जयसिंह (ईश्वी ११२८–११५५)ले पनि श्रीनगर नजिकैको अरिगोनको विहारमा आगो लगाइदिएका थिए ।
यसप्रकार हेर्दा काश्मीरमा मुस्लिम शासनको शुरु भन्दा २०० वर्ष अघि नै बौद्धस्मारकहरु हिन्दुहरुको प्रकोपमा परिसकेका थिए ।
रत्नगुप्त तथा रत्नरश्मि विहारहरु ११औं र १२औं शताब्दीका काश्मीरका प्रमुख बौद्ध अध्ययन केन्द्रहरु थिए जहाँ थुप्रै महायानी ग्रन्थहरु तिब्बती भाषामा अनुवाद गरिन्थ्यो । तर यस पछि त्यहाँका आचार्यहरुले तान्त्रिक बुद्धधर्मलाई अँगाले । त्यसमा पनि क्षेमेन्द्रले बुद्धलाई विष्णुका अवतारका रुपमा मानेर ग्रन्थनै लेखे भनेर भनिन्छ ।
लोहार वंशको समयमा दमनकारी कर व्यवस्था, भ्रष्टाचार, आपसी सामन्तहरुको झगडाले गर्दा पनि बाहिरी आक्रमणलाई ढोका खुलेको थियो भनेर विश्लेषण गरिन्छ ।
भगवान बुद्धले नै भन्नुभएको थियो कि संसारका कुनै पनि कुरा नित्य छैन, अनित्य हुन् भनेर । यस्तै एशियामा नै बुद्धधर्म फैलाउन नेतृत्वदायी भूमिका खेलेको काश्मीरमा आश्चर्यजनक रुपमा बुद्धधर्म विलिन हुँदैगयो । भारतका अन्य ठाउँहरुमा जस्तै काश्मीरमा पनि बुद्धधर्मको पतन आठौं शताब्दीदेखि दशौं शताब्दी बिच बिस्तारै शुरु हुन्छ (तर यहाँ भने मुस्लिम आक्रमणले गर्दा होइन, पहिला हिन्दुहरुले अतिक्रमण गरे र मुस्लिमहरु धेरै पछि मात्र आए) ।
काश्मीरमा जसरी प्राचिनकालका बौद्ध विद्वान तथा सम्पदाको बारेमा खुलेर कुरा गर्न सजिलो छ, त्यसरी बुद्धधर्मको पतन अनि हिन्दुधर्मको उदयको बारेमा कुरा गर्न सजिलो छैन । हिन्दुहरुको बर्चश्व कामय भएपछि त्यहाँको राज्य व्यवस्थाले त्यहाँ बनेका त्यस्ता ठुल्ठुला बौद्ध अध्ययन केन्द्रहरुलाई के गर्यो, धर्मगुरुहरुलाई कस्तो व्यवहार गर्यो, बौद्धहरुलाई के गर्याे इत्यादि बारे इतिहास स्पष्ट बोल्दैन । तर विश्वकै उदाहरण लिएर पनि यति भन्न सकिन्छ कि हिन्दुहरुको प्रवेशसँगै सत्ता उनीहरुको हातमा गयो र सत्ताको आडमा त्यहाँ बौद्धहरुमाथि शोषण र अत्याचार शुरु भयो । त्यसपछि सत्ताबाट पाइने सत्कार र लाभको लागि मानिसहरु स्वस्फूर्तः बुद्धधर्म र हिन्दुधर्म एकै हो जस्तो बनाए, हिन्दु धर्ममा परिवर्तित भए वा सम्भवतः जबर्जस्ती त्यहाँका बौद्धहरुलाई हिन्दु धर्म अँगाल्न बाध्य पारियो । हिन्दुहरुको शासनकालमा यहाँका बौद्धहरुले कस्तो स्वतन्त्रता पाए, वा जबर्जस्ती हिन्दुकरण गरिए वा धपाइए भन्ने बारे इतिहस मौन छ ।
त्यस्तै किसिमबाट काश्मीरको हिन्दुकालको बारेमा जति कुरा पढ्न वा सुन्न पाइन्छ त्यो सबै हिन्दु पण्डितहरु वा ब्राम्हणहरुको मात्र आउँछ । हिन्दु समाजको आधार भनेकै वर्ण–व्यवस्था हो भने त्यहाँको हिन्दु समाजमा क्षेत्री, वैश्य र क्षुद्रले कस्तो स्थान पाएका थिए, तिनीहरुमाथि विभेद र शोषण हुन्थ्यो कि थिएन भन्नेबारेमा पनि पढ्न पाइँदैन । यसले त्यसबेला त्यहाँ उच्च जातका हिन्दुहरु मात्र सत्ताका लागि पुगेको तर पूर्ण हिन्दु समाजको निर्माण भने हुन नपाएको हो कि जस्तो देखिन्छ । यस्तो अवस्थामा हिन्दुहरु बिचबाट तल्लो जातका मानिसहरु मुस्लिम धर्म अँगाल्न पुगे भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
यहाँ उल्लेखनीय कुरा के छ भने हजारौं वर्षका बौद्ध सभ्यतालाई निस्तेज तुल्याउने हिन्दुहरुको धर्म र सत्तामा पकड त्यहाँ धेरै लामो समयसम्म टिक्न सकेन । काश्मीरमा लगभग ५०० वर्ष मात्र हिन्दुहरुको राज चल्यो । त्यस पछि नै हिन्दुहरुको अस्तीत्वमा संकट शुरु भयो ।
मुस्लिम शासनमा काश्मीर हिन्दु साम्राज्यको रुपमा काश्मिरको इतिहास लामो रहन पाएन । ११औं शताब्दीमै त्यहाँ मुस्लिमहरुको नजर पर्यो । यसको अर्थ त्यहाँको हिन्दु सत्तालाई आफ्नो अधिपत्य जोगाउन मुश्किल हुन थालेको भन्ने लाग्छ । मुहम्मद गाज्नीले यहाँ सन् १०२५मा आक्रमण गरे । त्यो त सफल भएन तर त्यसपछि मुस्लिमहरुले काश्मीरलाई आफ्नो बनाउन लगातार कोशिस गरिरहे ।
यही क्रममा रिन्चन नामक बौद्ध पृुष्ठभूमिका तिब्बती मुलका व्यक्ति काश्मीरको शासक बन्न पुगे । उनले सन् १३२० देखि १३२३सम्म शासन गरे । उनले शैव धर्म अपनाउन खोज्दा पुरोहितले अस्वीकार गरेकोले उनले इस्लाम धर्म अपनाएको कथन छ । उनले सत्ता जोगाउन शाह मीर नामक मुस्लिमलाई प्रधान मन्त्री बनाए जो कालान्तरमा शासक (ईश्वी १३३९–१३४२) बन्न पुग्यो । यसप्रकार काश्मीरको सत्ता मुस्लिमहरुको हातमा पुगेको देखिन्छ ।
जुन धर्मावलम्बीमाथि सत्ताको आशिर्वाद हुन्छ त्यसैको समाज बलियो हुने सामन्य नियम काश्मीरमा पनि लागु भयो । मुस्लिम शासकहरुको निरन्तर आक्रमण र विजयले गर्दा १४औ शताब्दीसम्ममा इस्लाम काश्मीरको मुख्य धर्मको रुपमा विकसित भयो । मुस्लिम शासकहरुको त्यहाँका गैर मुस्लिम जनता प्रतिको व्यवहार मिश्रित थियो । कसैले राम्रो व्यवहार गरे भने कसैले अत्याचार नै गरे । ती मध्ये सुल्तान सिकन्दर (इश्वी १३८९–१४१३)ले भने गैर मुस्लिमहरुमाथि धेरै कर लगाउन तथा त्यहाँका हिन्दु मूर्तिहरु तथा बौद्ध स्तुपा आदि भत्काउनमा कुख्याती नै कमाए । १६औ शताब्दीसम्म आइपुग्दा काश्मीरमा मध्य एशिया र पर्सियाबाट बसाइ सराइ गरेर आएका मुस्लिमहरु धेरै हुन थालेपछि हिन्दु पण्डितहरुको प्रभाव कम हुँदै गयो र संस्कृतको ठाउँमा पर्सियन भाषाले औपचारिक स्थान पायो ।
१७औ देखि १९औ शताब्दीमा काश्मीरमा मुगल तथा दुर्रानी शासनमा यहाँका हिन्दुहरुको पनि विनाश शुरु भयो । दुर्रानी शासनले बौद्ध, हिन्दु अनि मुस्लिम सबैमाथि अत्याचार गरे ।
शिख शासनमा काश्मीर हिन्दुहरुमाथि अत्याचार नै गरिरहेका दुर्रानी तथा मुस्लिमहरुको काश्मीर माथि सन् १८१९मा पञ्जाबका शिख शासक रणजीत सिंहले विजय हासिल गरे । शिखहरुले पनि बौद्ध, हिन्दु अनि मुस्लिमहरु लगायत सबैमाथि अत्याचार नै गरेर कर उठाए । बहुसंख्यक भएर पनि मुस्लिमहरुलाई हिन्दु उच्च जातीले शोषण गरिरहको थियो । अब शिखहरुले मुस्लिम तथा हिन्दुहरुमाथि शोषण गरे । त्यसपछि केही समय काश्मिरमा डोगरा वा राजपूतहरुको पनि शासन रह्यो ।
काश्मीरका जनता खुशी देख्न नै नपाउने अवस्थामा पुगे । जो शासक आएपनि विलासी, सत्ताका लागि षडयन्त्र गर्ने र गरी जनतामाथि कर थोपर्ने मात्रै भए । त्यसबेला भारतमा अंग्रेज राज थियो । उनीहरुले पनि अंग्रेजहरुसँग लड्नुपर्यो । पछि सन् १९४७मा भारत स्वतन्त्र हुँदा काश्मीरको समस्या सुल्झन सकेन र यो भारत तथा पाकिस्तानको विवादको केन्द्र बनिरह्यो । काश्मीरका मुस्लिमहरु स्वतन्त्र हुन चाहे वा पाकिस्तानसँग मिल्न खोजे तर भारतका हिन्दु सरकारले यसलाई आफ्नो अभिन्न अंगको रुपमा लिए । यसबेलासम्म त्यहाँ बौद्धहरुको अस्तीत्व मेटिसकेको थियो र अल्पसंख्यक हिन्दुहरुले बहुसंख्यक मुस्लिमहरुमाथि सामाजिक र आर्थिक रुपमा शोषण नै गरिरहेको अवस्था थियो
अनि, काश्मीरमा हिन्दुहरु मात्र छैनन् तर काश्मीरी मुस्लिमहरुले हिन्दु पण्डितहरुलाई मात्र किन छानी छानी निकाला गरे भन्ने प्रश्न पनि बाँकी छ । सन् २०११को जनगणना अनुसार जम्मु काश्मीरमा मुस्लिम ६३.३ % र हिन्दु २८.४ % छन् भने शिख १.८%, बौद्ध ०.९%, क्रिश्चियन ०.२८%, जैन ०.०२% र अन्य ०.०१ पनि छन् ।
उपसंहार समग्रमा भन्दा काश्मीरको समस्या भनेको सत्तामा पुगेको समुदायले अन्यको समस्या नबुझ्नु, धर्मको आडमा विधर्मी जनतामाथि शोषण गर्नु र सत्तामा सबैको समानुपातिक प्रतिनिधित्व नहुनु नै हो ।
अन्तमा यसबिचको राजनीतिक अस्थिरतामा नगईकन दि काश्मीर फाइल्समा देखाइएको मुद्दा जाऔं । दुइहजार वर्षको काश्मीरको इतिहास भनेर बनाइएको चलचित्रमा बुद्ध धर्म र बौद्ध समाज कसरी कसले नामेट पार्यो भनेर उल्लेख पनि गरिएन । त्यसैले पनि सन् १९९०मा काश्मीरमा रहेका हिन्दु पण्डितहरुले हिंसा भोग्नु पर्यो भन्ने सोचाइमा आधारित यस फिल्मलाई बौद्ध दृष्टिकोणबाट हेर्न आवश्यक छ ।
माथि नै भनिएको छ कि हिन्दुहरुले बौद्ध सभ्यताको रुपमा विकसित भइसकेको काश्मीरमा बिस्तारै आधिपत्य जमाए, हिन्दु शासकहरुको आडमा यहाँको बुद्धधर्मलाई विलिन जस्तै गराए । अब दि काश्मीर फाइल्स हेर्दा त्यहाँका मुस्लिमहरुले हिन्दुहरुमाथि अत्याचार गरेको फिल्म बन्ने हो भने, त्यो भन्दा हजार वर्ष अगाडि हिन्दुहरुले पनि त बौद्धहरुमाथि त्यस्तै ज्यादती गर्यो होला भनेर त्यस बेलाको इतिहास खोजेर पहिलो दि काश्मीर फाइल्स फिल्म बनाउन जरुरी छैन र ?
हुन त जो जित्छ उसैले इतिहास लेखिन्छ भन्ने मान्यता स्थापित छ । तथापि बौद्धधर्मको प्रदेशमा प्रवेश गरी त्यहाँको धर्म र सत्तालाई आफ्नो हातमा पारेका हिन्दुहरुले नै पहिले आफुले काश्मिरमा गरेको अन्याय (तथा हालसालै गुजरात जस्ता हिन्दु बाहुल्य भएको क्षेत्रमा आफुले मुस्लिमहरु माथि गरेको अन्याय लगायत) लुकाएर अरुले आफुलाई गरेको त्यस्तै खालको अन्यायलाई बदनियतपूर्वक प्रचारप्रसार गरी राजनीतिक फाइदा लिने कार्यको निन्दा सबैतर्फबाट हुनुपर्छ ।
काश्मीरमा हिन्दुहरु धपाइनुको दोष मुस्लिमलाई दिएर इतिहास लेख्न सकिन्छ भने बौद्धहरु धपाइनुको दोष पनि हिन्दुलाई दिएर पनि लेख्न सकिन्छ । सत्ताको आडमा यो गर्न सजिलो छ, बौद्धहरुको सत्ता आएपछि त्यो पक्ष पनि खोतलिन्छ भनेर आशावादी हुने ठाउँ बाँकी छ ।
दि काश्मीर फाल्इस रिलिज हुने बितिकै एकातिर हिन्दु पार्टीहरुले यसले निकै राम्रोसँग इतिहासको एक कालो पाटो उदाँगो पार्यो भनेर समाजलाई उत्तेजित गराए भने अर्कोतिर गैर हिन्दुहरु तथा सामान्य हिन्दुहरु समेत यसले घृणा बढाउने र दुरी बढाउने काम मात्र गर्यो भनेर आलोचना गरे । साथै यसमा यथार्थ भनेर चित्रण गरेको घटनाक्रमले पनि सत्यका थुपै्र पाटाहरु लुकाएको समेत बताएका छन्, जुन स्मरणीय छ ।
नेपालका बौद्धहरुले सिक्नुपर्ने पाठ भगवान बुद्ध नेपालमा जन्मेको भन्न त सजिलो छ तर नेपालमा बुद्धधर्म जोगाउन भने निकै गाह्रो अवस्था छ । यस्तो अवस्था काश्मीरको इतिहास र दि काश्मीर फाइल्स नेपाली बौद्धहरुका लागि दुइ किसिमबाट पाठ सिकाउने खालको छ । क) एकातिर नेपालमा हिन्दु अतिवादीहरु खुल्लमखुल्ला धम्की भाषा प्रयोग गरेर अन्य धर्मावलम्बीहरुमाथि हिन्दु राज्य थोपर्ने कुरा गर्दैछन् । बहुसंख्यकले अल्पसंख्यकलाई दमन गरेको इतिहास हो काश्मीरको इतिहास । यसमा नेपालका बौद्धहरु सजग हुन आवश्यक छ ।
ख) अर्कोतिर बौद्धहरु स्वयम् पनि ढलमलको अवस्थामा छ । आजभन्दा हजार वर्ष अगाडिको काश्मीरको अवस्था नेपालमा अहिले देखिन्छ । बौद्ध विद्वानहरुको केन्द्र काश्मीरमा हिन्दु पण्डितहरुले कथा कहानी मात्र सुनाएर बुद्धधर्मको नामनिशान मेटाए । अहिले यहाँ नेपाल पनि यही अवस्थामा छ — आफुलाई बौद्ध भन्नेहरु इतिहास र दर्शनको अध्ययन गर्नुभन्दा बुद्धलाई फगत हिन्दु देउताका मूर्तिको पंक्तिमा राखेर भक्तिमार्ग बाट पूजा गरिरहेका र बुद्ध धर्म र हिन्दु धर्म एउटै हो भन्न मन पराइरहेका छन् । यसबाट नेपालका बौद्धहरुको भविष्य उतै तिर गइरहेको देखिन्छ ।
नेपालमा बुद्धधर्मको अवस्था यही रहने हो भने यहाँ पनि काश्मीरको अवस्था आउन धेरै समय लाग्ने छैन । कुनै दिन यहाँ पनि बुद्धमूर्तिहरु नष्ट गरिनेछन्, वा मूर्तिहरु त भेटिनेछन् तर बौद्धहरु भेटिने छैनन् । अनि यहाँबाट यदि बौद्धहरुलाई बहुसंख्यक हिन्दुहरुले सत्ताको साथ लिएर देश निकाला गरिदियो भने त्यो परिच्छेदलाई कुनै फिल्म निर्माताले दि नेपाल फाइल्समा समेत समावेश गराउने छैन । तीतो यथार्थ हाम्रो सामु छ — इतिहास दोहरिन्छ भनिन्छ, त्यो कालो इतिहास नेपालमा नदोहरियोस् ।
(All photographs are collected from the Internet )
बौद्ध मासिक आनन्दभूमिकाे 2022 अप्रिल अङ्कमा प्रकाशित
Kathmandu is beautiful not just because of the seven monument zones that have been recognized by the government as well as United Nations Educational, Scientific and Cultural Organization (UNESCO); but besides these, there are innumerable temples, stupas, monasteries and other heritages that are equally elegant and have cultural significance.
A notable example is Yetkha Bahal (यतखा बहाल, also called Yatakha Bahal). Located at the core of old Kathmandu, is about a five-minute walk from the Hanumandhoka Durbar Square. If you walk from Maju Dewal of Hanumandhoka to Naradevi, a small lane on your left will take you to an open quadrangle.
The courtyard
It is a big quadrangle — bigger than a football ground — with a giant white Buddhist stupa at the centre. Around 80 residential buildings, sporadically reconstructed, surround the brick-paved square. Originally, such quadrangles are meant to be shrines or monasteries. There must have been a temple-like construction, called Dyo-chhen (द्यःछेँ), and the rest of the surrounding two-floor buildings used to be classrooms, meditation halls or dormitories for the celibate monks.
There are around three dozen such monasteries, categorized as ‘Bahals’ or Bahils’, in Kathmandu alone but none of them today has monks studying Buddhism. By the 18th century, the Bajracharyas and Shakyas, “the masters of the thunderbolt” and “venerable ones”, who are said to be the rightful residents, forgot the essence of what they were. They got rid of monkhood and so, their titles, these days, have become mere surnames. They not only started claiming the shrine as their own property but also have dismantled the fabric of the monastery and replaced them with new constructions, throwing all the elaborate pieces away.
100-year-old-picture shows that a homogeneous row of two-story buildings, all with slopped, tiled roofs, stood there at Yetkha Bahal. But most of the buildings today are no more than 40 feet tall — all made of concrete with contrasting colours and designs.
The Dyo-chhen
Just opposite the entrance, across the stupa, there lies an old three-storied building — Dyo-chhen, or the “home of the god”. There is an idol of Akshyabhya Buddha on the ground floor and the upper floor contains a secret chamber where only the initiated Bajracharya priests can worship. Only a few are aware today that it is the only reminder of the original feature of the courtyard. This is a piece of architecture that has few comparisons in the whole Kathmandu Valley.
“It is unique from every angle. You can say that it is a jewel of the Newar civilization that flourished in the Kathmandu Valley from the fifth century,” says Dr. Rohit Ranjitkar, an architect and expert of the valley monuments, Kathmandu Valley Conservation Trust (KVPT).
Its “torana” (तोरण)and struts are something you cannot find elsewhere in the valley. Experts claim that parts of the original building could be seven to eight hundred years old. The un-dated torana has a motif similar to those of cave art of India. Similarly, the struts with images of Yakshinis are also equally antique. Only in Itumbahal, Okubahal and the temple of Indreshwor (Panauti) possess such struts. The gloomy sanctum of the ground floor contains a small and ordinary-looking idol, recently installed after the original one was stolen decades back.
The Dyo-chhen originally belonged to a guthi (गुथि trust) of the Tamrakars, the traditional coppersmiths. It was intact till 1968, as shown in a picture taken around that time. In around 1980, the guthi members, instead of carrying on the legacy, hired Bajracharya (priest) who performed daily rituals at the shrine daily and in return, got to live in the temple. Time passed, and the priest was found with a crafted land ownership certificate. Still, he never took pain to conserve the monument. So much so, they did not repair the shrine when the five-faced window fell to the ground in 1985. And the dilapidated condition did not bother the Tamrakars either.
Conservation
After over four years, the restoration of Yetkha Bahal Dyo-chhen has been completed. It was a project jointly carried out by the KVPT, an NGO working in the restoration sector for the past one decade, and UNESCO.
According to the project officials, the venture cost around 2.7 million for restoration. For this, the Sumitomo Foundation provided $ 23,000 while KVPT collected a fund of Rs. 12,500 from various sources. The project began in April 2002 though the paperwork and preparation began as early as 1998.
Challenges
It is a success story if we look at it superficially. But one wonders why the ‘guthi’ members not only refused to help but also kept hindering the process. The officials from UNESCO and KVPT selected the Dyo-chhen looking at the beauty and antiquity of the monument. But they were unaware of the problems that lay behind the beautifully carved doors. Before the project ended, the technicians expressed: “It was a mistake. A bad choice, indeed.”
The trust members did not disclose the ownership problem earlier, but as everything was ready, the fake owner refused to have the monument resorted. Finally, the project had to decide that it would buy back the monument for the restoration’s sake. Still, the guthi members provided only less than half of the total amount to buy the building for themselves, while KVPT and Katmandu Metropolitan City jointly provided the rest of the amount.
The owner just turned their back on the project and after it was completed some weeks ago, the owners went to the project office and demanded modern electric fittings be provided and the walls are painted, etc, which are against the norms of conservation. In addition, some even asked that a party be organized for the guthi members and the neighbours, and refused to take the key of the moment until their demands were fulfilled.
This is a ridiculous incident in the history of foreign assistance for conservation. Due to the similar attitude of Nepali owners, either private or the government, donors have shown little interest in providing financial assistance to us.
Undoubtedly, the sole responsibility of restoring the monument falls on the shoulders of the locals who are proud of their heritage. If the government is found indifferent in this regard, the locals, at least the Budhist families, should come forward as most of them belong to well-to-do families.
There are hundreds of monuments awaiting conservation but there is little hope from the owners that they would conserve their legacy. Is the YetkhaBahal conservation project putting a full stop to future possibilities of foreign donation for conservation programmes in collaboration with the local owners?
(Published in Chicago Newa; photos are taken from various websites; based on the author’s report published in The Himalayan Times, )
राजेन मानन्धर नेपालको
राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरुका लागि प्रतिकुल र कष्टकर नै
भएपनि नेपालका बौद्धहरुले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र
दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरु पाइँदैनन् । तर नेपालभन्दा
हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरुले आफ्नो धर्म र
पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय
रहनेछ । यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही
चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको
अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै
अन्त्य भयो ।
हामी
भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर
धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरु पढ्छौं । उहाँको जीवनमा
उहाँले धर्मप्रचार गर्नुभएको क्षेत्र जति विशाल भएपनि एउटा सीमा छ ।
त्यसभन्दा परका देशहरुमा बुद्धधर्म कहिले कसरी पुग्यो भन्ने विषयमा
इतिहासकारहरु एउटा भन्छ भने ती देशका बौद्धहरुको अर्कै कथन हुन्छ ।
दक्षिणपूर्वी
एशियामा स्थित भियतनाममा बुद्धधर्म इशापूर्व तेश्रो वा दोश्रो शताब्दीमा
भारतवर्षबाट अथवा कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा चीनबाट पुगेको
देखिन्छ । यहाँको बुद्धधर्ममा तियानताइ शाखा, प्योरलण्ड शाखा, थिएन शाखा,
महायान शाखा एवं थेरवाद बुद्धधर्मको प्रभाव पाइन्छ । लगभग दुइ हजार
वर्षदेखि बुद्धधर्मको प्रभावमा रहेको देश धर्म, कला र संस्कृतिमा अब्बल
थियो, मानिसहरु सम्पन्न थिए र हजारौं वर्ष बुद्धधर्मको अबलम्बन गरेर खुशी
खुशी बाँचिरहेका थिए । तैपनि यदाकदा त्यहाँको इतिहासमा बुद्धधर्मलाई
त्यहीँका शासकहरुबाट मार आएको प्रसंग उल्लेखनीय हुन्छ । जस्तै १५औं
शताब्दीका प्रशासक ले क्वातले बुद्धधर्मलाई उनीहरुको धर्मविरोधी भनेर
अपहेलना गरे । १९औं शताब्दीमा फेरी यहाँ बुद्धधर्मले सम्मान पायो । र १९२०
सम्म आइपुग्दा यहाँको राजनीतिमा उपनिवेश बनाउन आउने सम्राज्यवादीहरुको
दमनलाई प्रतिकार गर्न संगठनात्मक कदमको आवश्यकताको महशुस गर्न थालिएको थियो
।
सन्
१९५४देखि भियतनाम फेरि राजनीतिक खिचातानीको चंगुलमा फस्यो र बीसवर्षे
गृहयुद्ध, विदेशी शक्तिहरुको खेल मैदान बनेर यहाँका जनताले धेरै दुख
भोग्नुपर्यो । यस लेखमा विशेष गरी सन् १९६३को त्यो छोटो समयावधिको बारेमा
चर्चा गरिने छ जुन बेला यहाँका बौद्धहरुलाई यहाँका क्याथोलिक क्रिश्चियन
शासकले दमन गरे, र दमनको पराकाष्ठा नाघेपछि बौद्धहरुले पनि बाध्य भएर
प्रतिकार गरे । प्रतिकार पनि यस्तो शान्तिपूर्ण तर सशक्त भयो कि यसले
अमेरिकी साम्राज्यलाई समेत हल्लाएर छाडे र यही अन्तमा गएर भियतनामका
बौद्धहरुको स्वतन्त्रता र विजयको कारक तत्व समेत बन्यो ।
भियतनामी बौद्धहरुमाथि भएको त्यो अत्याचारको समयावधिलाई बौद्ध इतिहासमा बौद्ध संकट (Buddhist crisis, भियतनामी भाषामा Biến cố Phật giáo)
भनिन्छ । सन् १९६३को मे देखि नोभेम्बर बिचको सात महिना दक्षिण भियतनाममा
राजनीतिक र धार्मिक तनावको अवधि थियो । यसबेला त्यहाँ क्रिश्चियन क्याथोलिक
धर्मको प्रभावमा परेको सरकारले बौद्धहरुमाथि सिलसिलेवार रुपमा दमनकारी
कार्यहरूको श्रृंखला चाल्यो । थोरै क्याथोलिकहरुले सरकारबाट विभिन्न सुविधा
पाए भने बहुसंख्यक भएर पनि बौद्धहरु सरकारकै गिद्धे नजरमा परे । जबर्जस्ती
धर्म परिवर्तन गरेर क्रिश्चियन बन्ने बाहेक अन्य जनताले दुःख पाए ।
शान्तिप्रिय बौद्धहरु एक तहसम्म सहेर बसे तर दमन बढ्दै गएपछि उनीहरुले
शान्तिपूर्ण नागरिक प्रतिरोधका कदमहरु अभियानको रुपमा चाले । धार्मिक
स्वतन्त्रता र समानताका लागि भियतनामी जनताको उदाहरणीय बलिदानको कथा हो यो ।
यही दमन र प्रतिकारको क्रिया प्रतिक्रियाको श्रृंखला त्यहाँ सैनिक विद्रोह
र शासकको रहस्यमय हत्यासँगै समाप्त भयो ।
ङो डिन्ह दिएमको सरकार सन्
१९५५मा सत्तारोहण गरेका दक्षिण भियतनामी राष्ट्रपति ङो डिन्ह दिएम (ङो
डिन्ह जिएम Ngô Đình Diệm) एक क्याथोलिक क्रिश्चियन थिए । उनले धर्मको आडमा
शासन चलाउन थाले र आफ्नो भन्दा अरुको धर्मलाई स्वतन्त्रता पनि नदिने नीति
लिएका थिए । संक्षिप्तमा भन्नुपर्दा सन् १९६३ को मे महिनामा उनको
निर्देशनमा दक्षिण भियतनामी सेनाहरूले बौद्ध धार्मिक नेताहरू र
अनुयायीहरूलाई दमन गरे । यसले सरकारको लागि राजनीतिक संकट निम्त्यायो ।
उनका निर्दयी कदमहरुले तनाव त कम गर्न केही गरेन, शान्तिप्रिय बौद्धहरुलाई
झन् उत्तेजित बनायो । कसैकसैले राष्ट्रपतिका भाइ र निकटतम सल्लाहकार, ङो
डिन्ह न्हुु , जो क्याथोलिक धर्मगुरुपनि थिए, उनको निर्देशनमा यो सबै भएको
भन्ने अनुमान गर्ने गर्दछन् । अझ कसैले यति सबै गराउनुको पछाडि अमेरिकाको
हात भएको समेत शंका गर्दछन् । हजारौं वर्षदेखि बुद्धधर्मको छाँयामा विकास
भएको भएपनि भियतनामले लामो समय विदेशी आक्रमण, साम्राज्यवाद, कम्युनिष्ट
शासन र विदेशीशक्ति राज्यहरुको खेलमैदानका रुपमा धेरै दुखकष्ट भोग्नु पर्यो
।
लगभग
१०० वर्ष लामो उपनिवेशकाल पछि सन् १९४५मा भियतनाम स्वतन्त्र भयो तर १९५४मा
उत्तर र दक्षिण भियतनाममा विभक्त पनि हुनुपर्यो । उत्तर भियतनाममा
कम्युनिज्म थियो भने दक्षिण भियतनाम फ्रेन्च र पछि अमेरिकी
साम्राज्यवादीहरुको निर्देशन अथवा नियन्त्रणमा थियो । यस्तो अवस्थामा पनि
भियतनामीहरुले धर्म भने छोडेको थिएन ।
क्रिश्चियन शासकको दमन जुन
बेला भियतनामी भिक्षु थिक न्हात हान अमेरिका लगायत विभिन्न देशमा बुद्ध
धर्मको प्रचार गरिरहेका थिए, त्यसबेला भियतनामका बौद्धहरु भने पीडामा थिए ।
सन् १९६३मा भियतनाममा ७० देखि ९० प्रतिशत जनता बौद्ध थिए भनेर अनुमान
गरिएको छ । यस्तो अवस्थामा त्यहाँको शासक राष्ट्रपति दिएमले
क्रिश्चियनहरुलाई सहयोग गर्ने र बौद्धहरुलाई दमन गर्ने नीति नै लिएका थिए ।
त्यसबेलाका अल्पसंख्यक क्याथोलिकहरुले सेनामा प्रोमोशन, जग्गा स्वामित्व र
कर माफी जस्ता सुविधा पाइरहेका हुन्थे भने बौद्धहरु जहिलेपनि राज्यको
विभेदको शिकार मात्र हुन्थे ।
यसबाहेक
राज्यले नै कतिपय बौद्धहरुलाई जबर्जस्ती क्रिश्चियनमा धर्म परिवर्तन समेत
गराएको थियो । कतिपय ठाउँमा बौद्ध मन्दिरहरु भत्काइए वा त्यहाँ भएको
सम्पत्ति राज्यले नै लुटे । त्रासले वा लोभले कतिवटा गाउँहरुमा बौद्धहरुले
सामुहिक रुपमा नै क्रिश्चियन धर्म अँगालेका पनि थिए । यस्तो अवस्थामा
थुप्रै बौद्धहरुको सरकारी सुविधाकै लागि बुद्धधर्म त्यागेर क्रिश्चियन
बन्नु कुनै आश्चर्यको कुरा थिएन । बौद्ध गतिविधिहरु नीजि कार्य जस्ता थिए
भने क्रिश्चियन गतिविधिलाई सरकारले अभिभावकत्व प्रदान गरेको अवस्था थियो ।
विशेष दिनहरुमा त्यहाँका सार्वजनिक स्थलहरुमा भ्याटिकनको झण्डा फहराइन्थ्यो
। यसले बौद्धहरुले आफु आफ्नै देशमा अपमानित महशुस गरिरहेका थिए ।
यस्तो
अवस्थामा गुज्रिरहेको दक्षिण भियतनाममा सन् १९६३को मे महिनामा बुद्ध
जयन्तिका दिन त्यहाँका बौद्ध समारोहहरुमा बौद्ध झण्डा फहराउन नपाउने सरकारी
सूचनाले जनतालाई आक्रोशित तुल्यायो । मे ८को दिनमा बौद्धहरुले ह्यू शहरमा
बौद्ध झण्डा प्रतिबन्धको विरोधमा प्रदर्शन गरे । प्रहरीले प्रदर्शन रोक्न
बल प्रयोग गर्यो । भीड रोक्न नसकेपछि प्रहरी गोली प्रहार गरे जसमा नौजना
निहत्था नागरिक प्रदर्शनकारीको मृत्यु भयो ।
क्रिश्चियन
राष्ट्रपतिको बौद्धरुप्रतिको यस अमानवीय आक्रमणले बौद्धहरुलाई झन् सचेत
बनायो । उनीहरुले धार्मिक पहिचान र धार्मिक स्वतन्त्रताको महत्वे बुझे ।
त्यसपछि यस घटनाले धार्मिक भेदभावको बिरूद्ध बौद्धहरूलाई आन्दोलनमा जान
उत्प्रेरित गर्यो । यस पछिको ६ महिना भियतनाम अति नै तनाव र अशान्तिमा
बित्यो । समयावधिलाई विश्व बौद्ध इतिहासमा बौद्ध संकट भनेर चिनिन्छ ।
यस
घटनाले बौद्धहरुलाई झन् संगठित तथा प्रतिवद्ध बनायो । यसै बिच थिक त्रि
क्वाङ (Thích Trí Quang) एक सबल तथा सक्रिय बौद्ध नेता भएर निस्के । उनी एक
महायानी बौद्ध भिक्षु थिए । उनले यस अमानवीय गोलीकाण्डको विरोधमा
भिक्षुहरूको पाँच बुँदे घोषणा–पत्र जारी गरे जसमा १) बौद्ध झण्डा फहराउने
स्वतन्त्रता, २)बौद्ध र क्याथोलिकहरू बीच धार्मिक समानता, ३) पीडित
परिवारलाई क्षतिपूर्ति, ४) स्वेच्छाचारी गिरफ्तारी अन्त्यको माग गरिएको
थियो र ५) जिम्मेवार अधिकारीहरूको दण्डको माग गरिएको थियो । यसको सुनुवाइ
भयो र मे १५मा सरकारसँग वार्ता शुरू भयो ।
वार्तामा
धार्मिक अतिवादले मात्तिएका राष्ट्रपति दिएमले बौद्धहरुको माग सुनेन ।
उनले त्यस गोलीकाण्डमा भिएत कङ्ग अर्थात दक्षिणी भियतमामा लडिरहेका
कम्युनिष्ट योद्धाहरुलाई दोष दिएर पन्छिन खोजे । अनि देशमा धार्मिक
स्वतन्त्रता छँदैछ नि भनेर बौद्ध भिक्षुहरुलाई पटमूर्खको संज्ञा दिए ।
राष्ट्रपतिले मरेकाहरुलाई क्षतिपूर्ति दिन त माने तर दोष भने स्वीकार गरेन ।
पछि
तनाव बढ्दै गएपछि मे ३० मा ५०० भन्दा बढी भिक्षुहरूले साइगनस्थित
राष्ट्रिय सभा अगाडि प्रदर्शन गरे । बौद्ध धर्मावलम्बीहरूले भिक्षुहरू सहित
बाटो जाम गरेर प्रदर्शन गरे । उनीहरुले ४ घण्टासम्म तानाशाही राष्ट्रपतिका
विरुद्ध प्रदर्शन गरे अनि चार दिन लामो आम हडतालको घोषणा पनि गरे । यस
अभियानमा भिक्षु थिक क्वाङ दुकको भूमिका नेतृत्वदायी थियो ।
जुन
३ सम्म पुग्दा आन्दोलनले अर्को चरण पार गरिसकेको थियो । सरकारले झन् दमन
गर्दै लाने योजना बनाएको थियो । त्यस दिन भियतनामी पुलिस र सेनाहरुले तु
दाम प्यागोडा बाहिर प्रार्थना गरिरहेका बौद्ध भिक्षुहरुको टाउकोमा केमिकल
खन्याएर अत्यन्त पीडादायी र अमानवीय चरित्र देखाए । यसमा कुल ६७ जना
अस्पताल भर्ना भए र अन्य केही व्यक्ति नराम्रोसँग घाइते भएका थिए । यसको
चर्चा विदेशमा समेत हुन थालेपछि सरकार बौद्धहरुसँग बार्ता गर्न तयार भयो ।
तर पनि सरकारले आफ्ना अधिकारीहरुमा संवेदनशिलता नभएको भनेतापनि ह्यूमा भएको
हिंसाको दोष लिन तयार भएन ।
एक भिक्षुको आत्मदाह जुन ११का दिन अप्रत्याशित घटना घट्यो । यस दिन दिएम सरकारको नीतिको विरोध गर्दै भिक्षु थिक क्वाङ दुक (Thích Quảng Đức)ले
साइगोनको चौबाटोमा आत्मदाह गरे । दिनभरीको कफ्र्युको कारण राजाधानी साइगोन
भन्दा ४००माइल टाढा ह्यूको सडक सुनसान थियो । दंगा प्रहरी र सशस्त्र
प्रहरीको गस्ती थियो । पवित्र तादुम प्यागोडामा सुरक्षा घेरा थियो ।
यसबिच
पनि यो घटना फान दिन फुङ सडकमा घट्यो । आफ्नो धर्म र धार्मिक समानताको
रक्षार्थ भिक्षु क्वाङ दुक भित्री मन देखि तयार थिए । उनी गाडीबाट ओर्लिए ।
एक जना भिक्षुले भुइँमा चकटी बिछ्याइदियो, अर्कोले पाँच ग्यालन पेट्रोलको
भाँडो ल्यायो । अरु प्रदर्शनकारीहरुले गोलो बनाएर उनलाई घेरे, उनी शान्त
भएर चकटीमा पद्मासनमा बसे । एक जना सहयोगीले उनको टाउकोमा पेट्रोल खन्याए,
उनी जपमाला घुमाइरहे र “नमो अभिताभ बुद्ध”को जप गरिरहे । अनि उनले सलाइ
कोरेर आफ्नो जिउ सल्काए । उनको शरीरबाट आगोको ज्वाला र कालो धुँवा
निस्किरहयो ।
आफ्नो विहारबाट निस्कनु अगाडि उनले आफ्नो विचार लेखेर
छोडेका थिए । उनले भनेका थिए — “आँखा बन्द गरेर बुद्धको दर्शन तर्फ अघि
बढ्नु अघि, म यस देशका जनताप्रति करुणाको भावना राख्न र मातृभूमिको सदैव बल
कायम राख्न धार्मिक समानता लागू गर्न राष्ट्रपति ङो दिन दिएमलाई
सम्मानपूर्वक बिन्ती गर्दछु । अनि म पूजनीय, पूज्य, संघका सदस्यहरू र उपासक
बौद्धहरूलाई बुद्ध धर्मको रक्षाको लागि बलिदान गर्न एकतामा संगठित हुन
आह्वान गर्दछु ।”
यसरी
एक जना भिक्षु पुरा होसहवासमा आफ्नो शरीरमा आगो लगाएर सरकारलाई आफ्नो
अस्तित्वको लागि चुनौति दइिरहँदा एक अर्का भिक्षुले अङ्रेजी र भियतनामी
भाषामा माइक्रोफोनमा भन्दै थिए — “एकजना बौद्ध भिक्षु आफैलाई जलाएर मार्छ ।
एक बौद्ध भिक्षु शहीद हुन्छ ।”
यो
दृष्य वरिपरी मानिसहरुले अचम्म मानेर हेरिरहेका थिए । भिक्षु भिक्षुणीहरु
समेतले विश्वास गर्न सकिरहेका थिएनन् । यो देखेर बटुवाहरु मत्र होइन
प्रदर्शन रोक्न आएका प्रहरीहरु समेतले उनलाई घुँडा टेकेर प्रणाम गरे । लगभग
१० मिनेट पछि, भिक्षु क्वाङ दुकको शरीर पूरै जल्यो र यो अन्ततः निर्जीव
भएर पछाडि ढल्यो । आगो निभेपछि केही भिक्षुहरुले त्यो धुँवा आइरहेको शवलाई
पहेंलो कपडाले ढाके, त्यसलाई उठाए र कफिनमा राख्ने प्रयास गरे । तर
पद्मासनमै लडेका भिक्षुको अंगहरू सीधा हुन सकेन र एउटा हात काठको बाकसबाट
बाहिर निस्किरहेको थियो । शवलाई केन्द्रीय साइगन नजिकै छालोइ प्यागोडामा
लगियो । त्यहाँ विद्यार्थीहरूले दुइटा भाषामा ब्यानरहरू फहराए जसमा लेखिएको
थियो — “एक बौद्ध भिक्षुले हाम्रो पाँच अनुरोधहरूको लागि आफैलाई जलाए ।”
यो
दृष्यको बारे अमेरिकी पत्रकार डेभिड हल्बेरस्टामले यसरी वर्णन गरे — “मैले
त्यो दृश्य फेरि हेर्नु थियो, तर एक पटक नै पर्याप्त थियो । एकजना मानिसको
शरिरबाट आगो आइरहेको थियो । उसको शरीर बिस्तारै सुक्दै गइरहेको थियो,
टाउको कालो र जलिरहेको थियो । हावामा मानिसको मासु जलेको गन्ध थियो ।
मानिसको शरीर अचम्मसँग छिटो जल्छ । मेरो पछाडि भेला भइरहेका भियतनामीहरूको
रुवाइ मैले सुनेँ । म यति धेरै स्तब्ध भएँ कि रुन सकिन, घटनाको टिपोट लिन
वा प्रश्न सोध्न पनि अलमलमा थिएँ, सोच्न पनि अलमल परेको थिएँ । आफु
जलिरहँदा उसले कहिल्यै आफ्नो मांसपेशी पनि चलाएन, कहिल्यै एउटा आवाज पनि
निकालेन, उसको बाहिरी शारीरिक मुद्रा उसको वरिपरि रोइरहेका मानिसहरूको ठीक
विपरीत थियो ।”
दिउँसो
लगभग एक हजार भिक्षुहरूले प्यागोडा भित्र भेला भएर सभा गरे, बाहिर बौद्ध
विद्यार्थीहरूले सुरक्षा दिए । पछि सबै मिलेर भिक्षुको ससम्मान दाहसंस्कार
गरे (उनको शरीर पुरै जल्दा पनि उनको मुटु जलेन र त्यसलाई पछि करुणाको मुटु
भनेर विहारमा राखियो भन्ने गरिन्छ) । यही घटनामा बेलुका ३० जना भिक्षुणीहरु
र ६ जना भिक्षुहरु गिरफ्तार भए । तर पनि भिक्षु, भिक्षुणी तथा बौद्ध
समर्थक जनता पछि हट्न तयार भएनन् ।
यो दृष्यलाई अमेरिकी पत्रकार
माल्कोम ब्राउनले क्यामेरामा कैद गर्न पाएका थिए (यसबापत उनले पुलिजर
पुरस्कार पनि पाए) । उनको यो दनदनी आगोमा जलिरहेका भिक्षुको फोटोले
विश्वभरी नै तहलका मचायो ।
यो
एक श्रद्धा, धर्म र क्षान्तिले भरिएको भिक्षुको बलवान आह्वान थियो । जब जब
बुद्धधर्ममाथि राज्य अथवा विधर्मीहरुको अत्याचार शुरु हुन्थ्या,े
बौद्धहरुले पहिलो कदम अनुरुप शान्तिपूर्ण ढंगले गर्ने प्रतिकार भनेको यही
हो । इतिहासमै पहिलो नभएको जस्तो यो संकल्पले भियतनामी तानाशाह मात्र हैन
भियनताममाथि अदृष्य नियन्त्रण राख्ने अमेरिकी सरकारमा समेत खैलाबैला
मच्चियो ।
उता
यस्तो प्रदर्शन हुँदा पनि सरकार पटक्कै संवेदनशिल भएन । राष्ट्रपति दिएमका
इसाई भाइ तथा सल्लाहकार ङो दिन न्हुकी श्रीमति म्याडम न्हूले त यति सम्म
भने — “उनीहरुलाई जल्न दिउँ र हामी ताली बजाउँछौं । यदि बौद्धहरु अर्को
बार्बेक्यु (मासु पोलेर खाने भोज)को आयोजना गर्छन् भने हामी खुशी साथ
पेट्रोल र सलाई पठाइदिन्छौं ।”
अमेरिकी प्रतिक्रिया तर
यस घटनाले अन्तर्राष्ट्रिय रुपमा भने निकै खैलाबैला मचायो । विशेष गरी
दक्षिण भियतनामलाई नियन्त्रण गर्ने अमेरिकी सरकारले यसलाई निकै
गंभीरतापूर्वक लियो । दक्षिणी भियतनामको धर्मको आडमा शासन गर्न खोज्ने दिएम
सरकारको समर्थनमा भएको अमेरिकी सरकारले यसलाई अक्षम्य माने । अमेरिकी
राष्ट्रपति जोन एफ केनेडीले जलिरहेको भिक्षुको फोटो देखेर भने — “संसारको
कुनै पनि समाचार चित्रले इतिहासमै यसले जति संवेदना उत्पन्न गराएन ।”
यो
फोटो युरोप भरी नै जनचासोको विषय भन्यो र बाटो बाटो यसको प्रतिलिपि बिक्यो
। अर्को तर्फ कम्युनिज्ममा अडेको चीनले यस फोटोलाई अमेरिकी सम्राज्यवादको
नमूनाको प्रमाणको रुपमा चीनभरी फैलाउन थाले । विश्वभरी र भियतनाममै पनि यस
आत्मदाहलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालियो । यसले एशियाका देशहरुमा
साम्राज्यवादीहरुले मचाएको ताण्डब, क्रिश्चियनहरुको असहिष्णुता, धर्मको
आडमा राजनीति गर्ने, सत्ता टिकाउन एउटा धर्मलाई काखी च्याप्ने, आफ्नो धर्म
जनतामा जबर्जस्ती लाद्ने, जनताको धर्म र अस्तीत्व नस्वीकोर्न शासन
प्रणालीलाई उदाङ्गो पारेर देखाइदियो ।
यसले
अमेरिकी सरकारलाई भने संकटमा पार्यो । राष्ट्रपति केनेडीले भियतनाममा केही
सुधारहरुको लागि सुझाव दियो तर त्यहाँका शासक त्यो सन्न तयार भएन । यसै
घटनाले अमेरिका तथा दक्षिण भियतनाम बिच दुरी बढ्यो । त्यसपछिको केही समय
अमेरिका र भियतनामी शासक बिचको सम्बन्ध रहस्यमय रह्यो । केही घटनाक्रमले
अमेरिकी सरकार अब उप्रान्त दिएमको अप्राजातान्त्रिक सरकारलाई काँधमा
बोकिनराख्ने संकेत दियो ।
तानाशाहको रहस्यमय अन्त्य अगस्टमा
राष्ट्रपति दिएमले सैनिक शासनको घोषणा गरे र उनको सेनाले बौद्ध
प्यागोडाहरुमा आक्रमण गरे । यसले स्थिति झन् बिगार्यो । केही नाटकीय
परिवर्तनका बिच नोभेम्बर १मा भियतनाममा सैनिक विद्रोह कू भयो । जनतालाई
दबाएर धर्मको आडमा शासन गर्ने राष्ट्रपति र उनका सल्लाहकार सुरुङ खनेर
भाग्न बाध्य भए । र, अन्त्यमा कर्मको भोग भने जस्तै बौद्धहरुमाथि अत्याचार
गर्ने राष्ट्रपति र उनका सल्लाहकारको गोली हानी हत्या भयो । यसप्रकार
बौद्धहरुको देश भियतनाममा बौद्धहरुमाथि अत्याचार गर्ने एक कालो युगको
अन्त्य भयो ।
नेपालले सिक्ने पाठ यो
घटना भियतनाम जस्तै नेपाल जस्ता देशहरुका लागि विभिन्न कोणवाट शिक्षा दिने
खालको रह्यो । यसले एकातिर बौद्धहरुका माझ समय परिस्थितिमा प्रतिकुल राज्य
व्यवस्था आउँदा बौद्धहरुले कस्तो भूमिका खेल्नुपर्छ, के गर्यो भने धर्म र
त्यससँग जोडिएको आफ्नो अस्तीत्वको रक्षा गर्न सकिन्छ भन्ने पाठ पढाएको छ ।
त्यस्तै यसले धर्मको आडमा शासन गर्न खोज्ने, जनतामा धार्मिक स्वतन्त्रता
नदिने अनि धार्मिक समानताको कुरा सुन्न नचाहने सरकारको हविगत कस्तो हुन्छ
भनेर पनि देखाएको छ । देखिने नदेखिने गरी नेपालका शासकहरुमा पनि अहिले
धर्मको आडमा शासन गर्ने, आफ्नो धर्म मान्नेहरुलाई सहुलियत दिने र अन्य धर्म
मान्नेहरुमाथि हुकुम चलाउने प्रवृत्ति देखिन थालेको छ ।
यस्तो
बेला एकातिर भियतनामको शिक्षा लिएर बदलिँदो समय परिस्थितिमा बौद्धहरु कसरी
सजग र सचेत हुन जरुरी छ भनेर देखाएको छ भने अर्को तिर धर्मको आडमा तथा
विदेशी शक्ति राष्ट्रको काखमा बसेर तानाशाही तवरले राज्य चलाउने शासकहरुको
कस्तो दुखद र अप्रत्याशित अन्त्य हुन्छ भनेर पनि यसले सिकाएको छ । जसले
इतिहासबाट सिक्दैन, उसले भविष्यलाई आफ्नो अनुकूल बनाउन सक्दैन । नेपालका
बौद्धहरुले तथा शासकहरुले पनि बौद्ध संकटबाट यही सिकुन् ।
बौद्ध मासिक आनन्दभूमि नेसं ११४२ सीपुन्ही (२०७८ चैत, 2022 March 17 मा प्रकाशित)