Monday, March 28, 2022

Lessons from conservation of Yetakha Bahal


 

Razen Manandhar



Friday, March 18, 2022

बौद्ध संकट : भियतनाममा बौद्धहरुमाथि अत्याचार, बौद्ध भिक्षुको आत्मदाह अनि तानाशाहको अन्त्य

 


राजेन मानन्धर
नेपालको राजनीतिक व्यवस्था कतिपय कालखण्डमा बौद्धहरुका लागि प्रतिकुल र कष्टकर नै भएपनि नेपालका बौद्धहरुले त्यति जुझारु भएर राज्यद्वारा थोपरिएको अन्याय र दमनका विरुद्ध प्रतिकार गरेका दृष्टान्तहरु पाइँदैनन् । तर नेपालभन्दा हजारौ किलोमिटर टाढा रहेको एउटा देश भियतनामका बौद्धहरुले आफ्नो धर्म र पहिचान जोगाउन राज्यसँग जसरी लडे त्यो इतिहासमा चीरकालसम्म पनि स्मरणीय रहनेछ । यस लेखमा भियतनामको इतिहासमा टाँसिएको एक सानो अवधिको बारेमा केही चर्चा गरिने छ जुन समयमा त्यहाँका बौद्ध जनताले विधर्मी तानाशाहको अत्याचारका विरुद्ध शान्तिपूर्ण कदम चाले जसको फलस्वरुप त्यहाँका तानाशाहकै अन्त्य भयो ।

हामी भगवान बुद्धले आफ्नो जीवनकालमा हिँडेरै भारतवर्षका विभिन्न स्थानमा गएर धर्मदेशना गर्नुभएका विभिन्न रोमाञ्चक कथाहरु पढ्छौं । उहाँको जीवनमा उहाँले धर्मप्रचार गर्नुभएको क्षेत्र जति विशाल भएपनि एउटा सीमा छ । त्यसभन्दा परका देशहरुमा बुद्धधर्म कहिले कसरी पुग्यो भन्ने विषयमा इतिहासकारहरु एउटा भन्छ भने ती देशका बौद्धहरुको अर्कै कथन हुन्छ ।

दक्षिणपूर्वी एशियामा स्थित भियतनाममा बुद्धधर्म इशापूर्व तेश्रो वा दोश्रो शताब्दीमा भारतवर्षबाट अथवा कमसेकम इस्वीको पहिलो वा दोश्रो शताब्दीमा चीनबाट पुगेको देखिन्छ । यहाँको बुद्धधर्ममा तियानताइ शाखा, प्योरलण्ड शाखा, थिएन शाखा, महायान शाखा एवं थेरवाद बुद्धधर्मको प्रभाव पाइन्छ । लगभग दुइ हजार वर्षदेखि बुद्धधर्मको प्रभावमा रहेको देश धर्म, कला र संस्कृतिमा अब्बल थियो, मानिसहरु सम्पन्न थिए र हजारौं वर्ष बुद्धधर्मको अबलम्बन गरेर खुशी खुशी बाँचिरहेका थिए । तैपनि यदाकदा त्यहाँको इतिहासमा बुद्धधर्मलाई त्यहीँका शासकहरुबाट मार आएको प्रसंग उल्लेखनीय हुन्छ । जस्तै १५औं शताब्दीका प्रशासक ले क्वातले बुद्धधर्मलाई उनीहरुको धर्मविरोधी भनेर अपहेलना गरे । १९औं शताब्दीमा फेरी यहाँ बुद्धधर्मले सम्मान पायो । र १९२० सम्म आइपुग्दा यहाँको राजनीतिमा उपनिवेश बनाउन आउने सम्राज्यवादीहरुको दमनलाई प्रतिकार गर्न संगठनात्मक कदमको आवश्यकताको महशुस गर्न थालिएको थियो ।

सन् १९५४देखि भियतनाम फेरि राजनीतिक खिचातानीको चंगुलमा फस्यो र बीसवर्षे गृहयुद्ध, विदेशी शक्तिहरुको खेल मैदान बनेर यहाँका जनताले धेरै दुख भोग्नुपर्यो । यस लेखमा विशेष गरी सन् १९६३को त्यो छोटो समयावधिको बारेमा चर्चा गरिने छ जुन बेला यहाँका बौद्धहरुलाई यहाँका क्याथोलिक क्रिश्चियन शासकले दमन गरे, र दमनको पराकाष्ठा नाघेपछि बौद्धहरुले पनि बाध्य भएर प्रतिकार गरे । प्रतिकार पनि यस्तो शान्तिपूर्ण तर सशक्त भयो कि यसले अमेरिकी साम्राज्यलाई समेत हल्लाएर छाडे र यही अन्तमा गएर भियतनामका बौद्धहरुको स्वतन्त्रता र विजयको कारक तत्व समेत बन्यो ।

भियतनामी बौद्धहरुमाथि भएको त्यो अत्याचारको समयावधिलाई बौद्ध इतिहासमा बौद्ध संकट (Buddhist crisis, भियतनामी भाषामा Biến cố Phật giáo) भनिन्छ । सन् १९६३को मे देखि नोभेम्बर बिचको सात महिना दक्षिण भियतनाममा राजनीतिक र धार्मिक तनावको अवधि थियो । यसबेला त्यहाँ क्रिश्चियन क्याथोलिक धर्मको प्रभावमा परेको सरकारले बौद्धहरुमाथि सिलसिलेवार रुपमा दमनकारी कार्यहरूको श्रृंखला चाल्यो । थोरै क्याथोलिकहरुले सरकारबाट विभिन्न सुविधा पाए भने बहुसंख्यक भएर पनि बौद्धहरु सरकारकै गिद्धे नजरमा परे । जबर्जस्ती धर्म परिवर्तन गरेर क्रिश्चियन बन्ने बाहेक अन्य जनताले दुःख पाए । शान्तिप्रिय बौद्धहरु एक तहसम्म सहेर बसे तर दमन बढ्दै गएपछि उनीहरुले शान्तिपूर्ण नागरिक प्रतिरोधका कदमहरु अभियानको रुपमा चाले । धार्मिक स्वतन्त्रता र समानताका लागि भियतनामी जनताको उदाहरणीय बलिदानको कथा हो यो । यही दमन र प्रतिकारको क्रिया प्रतिक्रियाको श्रृंखला त्यहाँ सैनिक विद्रोह र शासकको रहस्यमय हत्यासँगै समाप्त भयो ।

ङो डिन्ह दिएमको सरकार
सन् १९५५मा सत्तारोहण गरेका दक्षिण भियतनामी राष्ट्रपति ङो डिन्ह दिएम (ङो डिन्ह जिएम Ngô Đình Diệm) एक क्याथोलिक क्रिश्चियन थिए । उनले धर्मको आडमा शासन चलाउन थाले र आफ्नो भन्दा अरुको धर्मलाई स्वतन्त्रता पनि नदिने नीति लिएका थिए । संक्षिप्तमा भन्नुपर्दा सन् १९६३ को मे महिनामा उनको निर्देशनमा दक्षिण भियतनामी सेनाहरूले बौद्ध धार्मिक नेताहरू र अनुयायीहरूलाई दमन गरे । यसले सरकारको लागि राजनीतिक संकट निम्त्यायो । उनका निर्दयी कदमहरुले तनाव त कम गर्न केही गरेन, शान्तिप्रिय बौद्धहरुलाई झन् उत्तेजित बनायो । कसैकसैले राष्ट्रपतिका भाइ र निकटतम सल्लाहकार, ङो डिन्ह न्हुु , जो क्याथोलिक धर्मगुरुपनि थिए, उनको निर्देशनमा यो सबै भएको भन्ने अनुमान गर्ने गर्दछन् । अझ कसैले यति सबै गराउनुको पछाडि अमेरिकाको हात भएको समेत शंका गर्दछन् । हजारौं वर्षदेखि बुद्धधर्मको छाँयामा विकास भएको भएपनि भियतनामले लामो समय विदेशी आक्रमण, साम्राज्यवाद, कम्युनिष्ट शासन र विदेशीशक्ति राज्यहरुको खेलमैदानका रुपमा धेरै दुखकष्ट भोग्नु पर्यो ।

लगभग १०० वर्ष लामो उपनिवेशकाल पछि सन् १९४५मा भियतनाम स्वतन्त्र भयो तर १९५४मा उत्तर र दक्षिण भियतनाममा विभक्त पनि हुनुपर्यो । उत्तर भियतनाममा कम्युनिज्म थियो भने दक्षिण भियतनाम फ्रेन्च र पछि अमेरिकी साम्राज्यवादीहरुको निर्देशन अथवा नियन्त्रणमा थियो । यस्तो अवस्थामा पनि भियतनामीहरुले धर्म भने छोडेको थिएन ।

क्रिश्चियन शासकको दमन
जुन बेला भियतनामी भिक्षु थिक न्हात हान अमेरिका लगायत विभिन्न देशमा बुद्ध धर्मको प्रचार गरिरहेका थिए, त्यसबेला भियतनामका बौद्धहरु भने पीडामा थिए । सन् १९६३मा भियतनाममा ७० देखि ९० प्रतिशत जनता बौद्ध थिए भनेर अनुमान गरिएको छ । यस्तो अवस्थामा त्यहाँको शासक राष्ट्रपति दिएमले क्रिश्चियनहरुलाई सहयोग गर्ने र बौद्धहरुलाई दमन गर्ने नीति नै लिएका थिए । त्यसबेलाका अल्पसंख्यक क्याथोलिकहरुले सेनामा प्रोमोशन, जग्गा स्वामित्व र कर माफी जस्ता सुविधा पाइरहेका हुन्थे भने बौद्धहरु जहिलेपनि राज्यको विभेदको शिकार मात्र हुन्थे ।

यसबाहेक राज्यले नै कतिपय बौद्धहरुलाई जबर्जस्ती क्रिश्चियनमा धर्म परिवर्तन समेत गराएको थियो । कतिपय ठाउँमा बौद्ध मन्दिरहरु भत्काइए वा त्यहाँ भएको सम्पत्ति राज्यले नै लुटे । त्रासले वा लोभले कतिवटा गाउँहरुमा बौद्धहरुले सामुहिक रुपमा नै क्रिश्चियन धर्म अँगालेका पनि थिए । यस्तो अवस्थामा थुप्रै बौद्धहरुको सरकारी सुविधाकै लागि बुद्धधर्म त्यागेर क्रिश्चियन बन्नु कुनै आश्चर्यको कुरा थिएन । बौद्ध गतिविधिहरु नीजि कार्य जस्ता थिए भने क्रिश्चियन गतिविधिलाई सरकारले अभिभावकत्व प्रदान गरेको अवस्था थियो । विशेष दिनहरुमा त्यहाँका सार्वजनिक स्थलहरुमा भ्याटिकनको झण्डा फहराइन्थ्यो । यसले बौद्धहरुले आफु आफ्नै देशमा अपमानित महशुस गरिरहेका थिए ।

यस्तो अवस्थामा गुज्रिरहेको दक्षिण भियतनाममा सन् १९६३को मे महिनामा बुद्ध जयन्तिका दिन त्यहाँका बौद्ध समारोहहरुमा बौद्ध झण्डा फहराउन नपाउने सरकारी सूचनाले जनतालाई आक्रोशित तुल्यायो । मे ८को दिनमा बौद्धहरुले ह्यू शहरमा बौद्ध झण्डा प्रतिबन्धको विरोधमा प्रदर्शन गरे । प्रहरीले प्रदर्शन रोक्न बल प्रयोग गर्यो । भीड रोक्न नसकेपछि प्रहरी गोली प्रहार गरे जसमा नौजना निहत्था नागरिक प्रदर्शनकारीको मृत्यु भयो ।

क्रिश्चियन राष्ट्रपतिको बौद्धरुप्रतिको यस अमानवीय आक्रमणले बौद्धहरुलाई झन् सचेत बनायो । उनीहरुले धार्मिक पहिचान र धार्मिक स्वतन्त्रताको महत्वे बुझे । त्यसपछि यस घटनाले धार्मिक भेदभावको बिरूद्ध बौद्धहरूलाई आन्दोलनमा जान उत्प्रेरित गर्यो । यस पछिको ६ महिना भियतनाम अति नै तनाव र अशान्तिमा बित्यो । समयावधिलाई विश्व बौद्ध इतिहासमा बौद्ध संकट भनेर चिनिन्छ ।

यस घटनाले बौद्धहरुलाई झन् संगठित तथा प्रतिवद्ध बनायो । यसै बिच थिक त्रि क्वाङ (Thích Trí Quang) एक सबल तथा सक्रिय बौद्ध नेता भएर निस्के । उनी एक महायानी बौद्ध भिक्षु थिए । उनले यस अमानवीय गोलीकाण्डको विरोधमा भिक्षुहरूको पाँच बुँदे घोषणा–पत्र जारी गरे जसमा १) बौद्ध झण्डा फहराउने स्वतन्त्रता, २)बौद्ध र क्याथोलिकहरू बीच धार्मिक समानता, ३) पीडित परिवारलाई क्षतिपूर्ति, ४) स्वेच्छाचारी गिरफ्तारी अन्त्यको माग गरिएको थियो र ५) जिम्मेवार अधिकारीहरूको दण्डको माग गरिएको थियो । यसको सुनुवाइ भयो र मे १५मा सरकारसँग वार्ता शुरू भयो ।

वार्तामा धार्मिक अतिवादले मात्तिएका राष्ट्रपति दिएमले बौद्धहरुको माग सुनेन । उनले त्यस गोलीकाण्डमा भिएत कङ्ग अर्थात दक्षिणी भियतमामा लडिरहेका कम्युनिष्ट योद्धाहरुलाई दोष दिएर पन्छिन खोजे । अनि देशमा धार्मिक स्वतन्त्रता छँदैछ नि भनेर बौद्ध भिक्षुहरुलाई पटमूर्खको संज्ञा दिए । राष्ट्रपतिले मरेकाहरुलाई क्षतिपूर्ति दिन त माने तर दोष भने स्वीकार गरेन ।

पछि तनाव बढ्दै गएपछि मे ३० मा ५०० भन्दा बढी भिक्षुहरूले साइगनस्थित राष्ट्रिय सभा अगाडि प्रदर्शन गरे । बौद्ध धर्मावलम्बीहरूले भिक्षुहरू सहित बाटो जाम गरेर प्रदर्शन गरे । उनीहरुले ४ घण्टासम्म तानाशाही राष्ट्रपतिका विरुद्ध प्रदर्शन गरे अनि चार दिन लामो आम हडतालको घोषणा पनि गरे । यस अभियानमा भिक्षु थिक क्वाङ दुकको भूमिका नेतृत्वदायी थियो ।

जुन ३ सम्म पुग्दा आन्दोलनले अर्को चरण पार गरिसकेको थियो । सरकारले झन् दमन गर्दै लाने योजना बनाएको थियो । त्यस दिन भियतनामी पुलिस र सेनाहरुले तु दाम प्यागोडा बाहिर प्रार्थना गरिरहेका बौद्ध भिक्षुहरुको टाउकोमा केमिकल खन्याएर अत्यन्त पीडादायी र अमानवीय चरित्र देखाए । यसमा कुल ६७ जना अस्पताल भर्ना भए र अन्य केही व्यक्ति नराम्रोसँग घाइते भएका थिए । यसको चर्चा विदेशमा समेत हुन थालेपछि सरकार बौद्धहरुसँग बार्ता गर्न तयार भयो । तर पनि सरकारले आफ्ना अधिकारीहरुमा संवेदनशिलता नभएको भनेतापनि ह्यूमा भएको हिंसाको दोष लिन तयार भएन ।

एक भिक्षुको आत्मदाह
जुन ११का दिन अप्रत्याशित घटना घट्यो । यस दिन दिएम सरकारको नीतिको विरोध गर्दै भिक्षु थिक क्वाङ दुक (Thích Quảng Đức)ले साइगोनको चौबाटोमा आत्मदाह गरे । दिनभरीको कफ्र्युको कारण राजाधानी साइगोन भन्दा ४००माइल टाढा ह्यूको सडक सुनसान थियो । दंगा प्रहरी र सशस्त्र प्रहरीको गस्ती थियो । पवित्र तादुम प्यागोडामा सुरक्षा घेरा थियो ।

यसबिच पनि यो घटना फान दिन फुङ सडकमा घट्यो । आफ्नो धर्म र धार्मिक समानताको रक्षार्थ भिक्षु क्वाङ दुक भित्री मन देखि तयार थिए । उनी गाडीबाट ओर्लिए । एक जना भिक्षुले भुइँमा चकटी बिछ्याइदियो, अर्कोले पाँच ग्यालन पेट्रोलको भाँडो ल्यायो । अरु प्रदर्शनकारीहरुले गोलो बनाएर उनलाई घेरे, उनी शान्त भएर चकटीमा पद्मासनमा बसे । एक जना सहयोगीले उनको टाउकोमा पेट्रोल खन्याए, उनी जपमाला घुमाइरहे र “नमो अभिताभ बुद्ध”को जप गरिरहे । अनि उनले सलाइ कोरेर आफ्नो जिउ सल्काए । उनको शरीरबाट आगोको ज्वाला र कालो धुँवा निस्किरहयो ।

आफ्नो विहारबाट निस्कनु अगाडि उनले आफ्नो विचार लेखेर छोडेका थिए । उनले भनेका थिए — “आँखा बन्द गरेर बुद्धको दर्शन तर्फ अघि बढ्नु अघि, म यस देशका जनताप्रति करुणाको भावना राख्न र मातृभूमिको सदैव बल कायम राख्न धार्मिक समानता लागू गर्न राष्ट्रपति ङो दिन दिएमलाई सम्मानपूर्वक बिन्ती गर्दछु । अनि म पूजनीय, पूज्य, संघका सदस्यहरू र उपासक बौद्धहरूलाई बुद्ध धर्मको रक्षाको लागि बलिदान गर्न एकतामा संगठित हुन आह्वान गर्दछु ।”

यसरी एक जना भिक्षु पुरा होसहवासमा आफ्नो शरीरमा आगो लगाएर सरकारलाई आफ्नो अस्तित्वको लागि चुनौति दइिरहँदा एक अर्का भिक्षुले अङ्रेजी र भियतनामी भाषामा माइक्रोफोनमा भन्दै थिए — “एकजना बौद्ध भिक्षु आफैलाई जलाएर मार्छ । एक बौद्ध भिक्षु शहीद हुन्छ ।”

यो दृष्य वरिपरी मानिसहरुले अचम्म मानेर हेरिरहेका थिए । भिक्षु भिक्षुणीहरु समेतले विश्वास गर्न सकिरहेका थिएनन् । यो देखेर बटुवाहरु मत्र होइन प्रदर्शन रोक्न आएका प्रहरीहरु समेतले उनलाई घुँडा टेकेर प्रणाम गरे । लगभग १० मिनेट पछि, भिक्षु क्वाङ दुकको शरीर पूरै जल्यो र यो अन्ततः निर्जीव भएर पछाडि ढल्यो । आगो निभेपछि केही भिक्षुहरुले त्यो धुँवा आइरहेको शवलाई पहेंलो कपडाले ढाके, त्यसलाई उठाए र कफिनमा राख्ने प्रयास गरे । तर पद्मासनमै लडेका भिक्षुको अंगहरू सीधा हुन सकेन र एउटा हात काठको बाकसबाट बाहिर निस्किरहेको थियो । शवलाई केन्द्रीय साइगन नजिकै छालोइ प्यागोडामा लगियो । त्यहाँ विद्यार्थीहरूले दुइटा भाषामा ब्यानरहरू फहराए जसमा लेखिएको थियो — “एक बौद्ध भिक्षुले हाम्रो पाँच अनुरोधहरूको लागि आफैलाई जलाए ।”

यो दृष्यको बारे अमेरिकी पत्रकार डेभिड हल्बेरस्टामले यसरी वर्णन गरे — “मैले त्यो दृश्य फेरि हेर्नु थियो, तर एक पटक नै पर्याप्त थियो । एकजना मानिसको शरिरबाट आगो आइरहेको थियो । उसको शरीर बिस्तारै सुक्दै गइरहेको थियो, टाउको कालो र जलिरहेको थियो । हावामा मानिसको मासु जलेको गन्ध थियो । मानिसको शरीर अचम्मसँग छिटो जल्छ । मेरो पछाडि भेला भइरहेका भियतनामीहरूको रुवाइ मैले सुनेँ । म यति धेरै स्तब्ध भएँ कि रुन सकिन, घटनाको टिपोट लिन वा प्रश्न सोध्न पनि अलमलमा थिएँ, सोच्न पनि अलमल परेको थिएँ । आफु जलिरहँदा उसले कहिल्यै आफ्नो मांसपेशी पनि चलाएन, कहिल्यै एउटा आवाज पनि निकालेन, उसको बाहिरी शारीरिक मुद्रा उसको वरिपरि रोइरहेका मानिसहरूको ठीक विपरीत थियो ।”

दिउँसो लगभग एक हजार भिक्षुहरूले प्यागोडा भित्र भेला भएर सभा गरे, बाहिर बौद्ध विद्यार्थीहरूले सुरक्षा दिए । पछि सबै मिलेर भिक्षुको ससम्मान दाहसंस्कार गरे (उनको शरीर पुरै जल्दा पनि उनको मुटु जलेन र त्यसलाई पछि करुणाको मुटु भनेर विहारमा राखियो भन्ने गरिन्छ) । यही घटनामा बेलुका ३० जना भिक्षुणीहरु र ६ जना भिक्षुहरु गिरफ्तार भए । तर पनि भिक्षु, भिक्षुणी तथा बौद्ध समर्थक जनता पछि हट्न तयार भएनन् ।

यो दृष्यलाई अमेरिकी पत्रकार माल्कोम ब्राउनले क्यामेरामा कैद गर्न पाएका थिए (यसबापत उनले पुलिजर पुरस्कार पनि पाए) । उनको यो दनदनी आगोमा जलिरहेका भिक्षुको फोटोले विश्वभरी नै तहलका मचायो ।

यो एक श्रद्धा, धर्म र क्षान्तिले भरिएको भिक्षुको बलवान आह्वान थियो । जब जब बुद्धधर्ममाथि राज्य अथवा विधर्मीहरुको अत्याचार शुरु हुन्थ्या,े बौद्धहरुले पहिलो कदम अनुरुप शान्तिपूर्ण ढंगले गर्ने प्रतिकार भनेको यही हो । इतिहासमै पहिलो नभएको जस्तो यो संकल्पले भियतनामी तानाशाह मात्र हैन भियनताममाथि अदृष्य नियन्त्रण राख्ने अमेरिकी सरकारमा समेत खैलाबैला मच्चियो ।

उता यस्तो प्रदर्शन हुँदा पनि सरकार पटक्कै संवेदनशिल भएन । राष्ट्रपति दिएमका इसाई भाइ तथा सल्लाहकार ङो दिन न्हुकी श्रीमति म्याडम न्हूले त यति सम्म भने — “उनीहरुलाई जल्न दिउँ र हामी ताली बजाउँछौं । यदि बौद्धहरु अर्को बार्बेक्यु (मासु पोलेर खाने भोज)को आयोजना गर्छन् भने हामी खुशी साथ पेट्रोल र सलाई पठाइदिन्छौं ।”

अमेरिकी प्रतिक्रिया
तर यस घटनाले अन्तर्राष्ट्रिय रुपमा भने निकै खैलाबैला मचायो । विशेष गरी दक्षिण भियतनामलाई नियन्त्रण गर्ने अमेरिकी सरकारले यसलाई निकै गंभीरतापूर्वक लियो । दक्षिणी भियतनामको धर्मको आडमा शासन गर्न खोज्ने दिएम सरकारको समर्थनमा भएको अमेरिकी सरकारले यसलाई अक्षम्य माने । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले जलिरहेको भिक्षुको फोटो देखेर भने — “संसारको कुनै पनि समाचार चित्रले इतिहासमै यसले जति संवेदना उत्पन्न गराएन ।”

यो फोटो युरोप भरी नै जनचासोको विषय भन्यो र बाटो बाटो यसको प्रतिलिपि बिक्यो । अर्को तर्फ कम्युनिज्ममा अडेको चीनले यस फोटोलाई अमेरिकी सम्राज्यवादको नमूनाको प्रमाणको रुपमा चीनभरी फैलाउन थाले । विश्वभरी र भियतनाममै पनि यस आत्मदाहलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालियो । यसले एशियाका देशहरुमा साम्राज्यवादीहरुले मचाएको ताण्डब, क्रिश्चियनहरुको असहिष्णुता, धर्मको आडमा राजनीति गर्ने, सत्ता टिकाउन एउटा धर्मलाई काखी च्याप्ने, आफ्नो धर्म जनतामा जबर्जस्ती लाद्ने, जनताको धर्म र अस्तीत्व नस्वीकोर्न शासन प्रणालीलाई उदाङ्गो पारेर देखाइदियो ।

यसले अमेरिकी सरकारलाई भने संकटमा पार्यो । राष्ट्रपति केनेडीले भियतनाममा केही सुधारहरुको लागि सुझाव दियो तर त्यहाँका शासक त्यो सन्न तयार भएन । यसै घटनाले अमेरिका तथा दक्षिण भियतनाम बिच दुरी बढ्यो । त्यसपछिको केही समय अमेरिका र भियतनामी शासक बिचको सम्बन्ध रहस्यमय रह्यो । केही घटनाक्रमले अमेरिकी सरकार अब उप्रान्त दिएमको अप्राजातान्त्रिक सरकारलाई काँधमा बोकिनराख्ने संकेत दियो ।

तानाशाहको रहस्यमय अन्त्य
अगस्टमा राष्ट्रपति दिएमले सैनिक शासनको घोषणा गरे र उनको सेनाले बौद्ध प्यागोडाहरुमा आक्रमण गरे । यसले स्थिति झन् बिगार्यो । केही नाटकीय परिवर्तनका बिच नोभेम्बर १मा भियतनाममा सैनिक विद्रोह कू भयो । जनतालाई दबाएर धर्मको आडमा शासन गर्ने राष्ट्रपति र उनका सल्लाहकार सुरुङ खनेर भाग्न बाध्य भए । र, अन्त्यमा कर्मको भोग भने जस्तै बौद्धहरुमाथि अत्याचार गर्ने राष्ट्रपति र उनका सल्लाहकारको गोली हानी हत्या भयो । यसप्रकार बौद्धहरुको देश भियतनाममा बौद्धहरुमाथि अत्याचार गर्ने एक कालो युगको अन्त्य भयो ।

नेपालले सिक्ने पाठ
यो घटना भियतनाम जस्तै नेपाल जस्ता देशहरुका लागि विभिन्न कोणवाट शिक्षा दिने खालको रह्यो । यसले एकातिर बौद्धहरुका माझ समय परिस्थितिमा प्रतिकुल राज्य व्यवस्था आउँदा बौद्धहरुले कस्तो भूमिका खेल्नुपर्छ, के गर्यो भने धर्म र त्यससँग जोडिएको आफ्नो अस्तीत्वको रक्षा गर्न सकिन्छ भन्ने पाठ पढाएको छ । त्यस्तै यसले धर्मको आडमा शासन गर्न खोज्ने, जनतामा धार्मिक स्वतन्त्रता नदिने अनि धार्मिक समानताको कुरा सुन्न नचाहने सरकारको हविगत कस्तो हुन्छ भनेर पनि देखाएको छ । देखिने नदेखिने गरी नेपालका शासकहरुमा पनि अहिले धर्मको आडमा शासन गर्ने, आफ्नो धर्म मान्नेहरुलाई सहुलियत दिने र अन्य धर्म मान्नेहरुमाथि हुकुम चलाउने प्रवृत्ति देखिन थालेको छ ।

यस्तो बेला एकातिर भियतनामको शिक्षा लिएर बदलिँदो समय परिस्थितिमा बौद्धहरु कसरी सजग र सचेत हुन जरुरी छ भनेर देखाएको छ भने अर्को तिर धर्मको आडमा तथा विदेशी शक्ति राष्ट्रको काखमा बसेर तानाशाही तवरले राज्य चलाउने शासकहरुको कस्तो दुखद र अप्रत्याशित अन्त्य हुन्छ भनेर पनि यसले सिकाएको छ । जसले इतिहासबाट सिक्दैन, उसले भविष्यलाई आफ्नो अनुकूल बनाउन सक्दैन । नेपालका बौद्धहरुले तथा शासकहरुले पनि बौद्ध संकटबाट यही सिकुन् ।

बौद्ध मासिक आनन्दभूमि नेसं ११४२ सीपुन्ही (२०७८ चैत, 2022 March 17 मा प्रकाशित)

http://bit.ly/3CZmAAX

 

 

 

 

Monday, February 28, 2022

बौद्ध बहाः बही संरक्षण : झीसं मयाःसा सुना याइ ?




राजेन मानन्धर | गुंलागा एकादशी ११४१, भाद्र १७ बिहीवाः

बौद्ध व हिन्दू सभ्यताया मंकाः क्यब जुयाच्वंगु थ्व स्वनिगःया मौलिकता हे थनया बज्रयानी महाविहारत वा बहाःबहीत खः धाःसां पाइमखु । हलिमय् गनं मदु कथं अनात्मवादी बौद्धतय्सं नं तन्त्रया साधना यानाः बुद्ध धर्मयात बृहङ्गम स्वरुप बीत थनया शाक्य व बज्राचार्यत थनिं यक्व न्ह्यः हे सफल जुइधुंकल । अज्याःगु भव्य ऐतिहासिक सम्पदा आः संरक्षण याय्माःगु अवस्थाय् वःगु दु । थ्व ज्या सुनां सुयापाखें गथे यानाः याय्गु वा याकेगु धइगु चुनौति नेवाः बौद्ध समाजया न्ह्यःने वःगु दु ।
 
इतिहासकारत व बौद्ध विद्वानत थ्व खँय् एकमत दु कि व बहाःबही धइगु गुगुं इलय् नेपाःया विशिष्ट बौद्ध अध्ययन केन्द्र खः, थौंकन्हय्या भासं धाय्गु खःसा विश्वविद्यालय थज्याःगु । अन सुं नं भिक्षु जुयाः प्रवजित जीवन हनाः बुद्ध धर्मया अध्ययन व अभ्यास यानाच्वनी, सय्कः वःपिन्त माःगु तक ज्ञान इनाः दीक्षित दय्काछ्वइ, वा थन हे प्रवजित यानातइ । अले थन बुद्ध धर्मया अध्ययन याय्त तिब्बतंनिसें तकं मनूत वयाः भिक्षु जुयाः अध्ययन यानाः थी थी बौद्ध दर्शनया विषय पारंगत जुयाः वनी । थज्याःगु अध्ययन केन्द्र सुं व्यक्तिया, परिवारया वा जाति विशेषया जक सम्पति मखुसे समस्त बौद्ध समुदायया हे मंकाः सम्पदा खः, उकिं हे ला अन सामान्यजन, साहु महाजन जक मखु स्वमय् जुजुपिं हे वयाः संस्कार यानाः दय्केगु व ल्ह्वनेगु यानावंगु झीगु इतिहासं धयाच्वंगु दु । 
 
समयचक्रया खँ, झीसं न्यनातयागु, ब्वनातयागु खँ कथं जुजु जयस्थिति मल्लं नेवाः बौद्ध समाजयात जबरजस्ती हिन्दु ढाँचाय् हिलाब्यूबलय् अथे बहाःबहिलिइ प्रवजित जीवन हनाच्वंपिं वज्राचार्य भिक्षुपिन्त गृहस्थ जुइ माय्काब्यूगु धाय्गु चलन दु । थन हजारौं वर्ष पुलांगु थ्व बौद्ध अध्ययन केन्द्रयात बौद्धभिक्षुपिन्सं छम्ह जुजुया आदेशं जक हे चतक्क भिक्षु वसः पुनाः गृहस्थ जूगु खः वा भिक्षुपिं हे यस्सें चीवर त्वःताः गृहस्थ जूगु धइगु गबलें क्वमचाइगु अध्ययनया विषय खः । थ्व लेख उखेपाखे वनीमखु ।
 
लिपाया अवस्थाय् झीसं खनाच्वना कि बहाः बहिलिइ बुद्ध धर्म व दर्शनया अध्ययन, अनुसन्धान त्वाःदल, उकिया पलेसा अन पूजापाठ इत्यादि संस्कारजन्य ज्या जक जुल । न्हापायापिं बौद्ध विद्वानतय् सन्तान शाक्य व वज्राचार्य नेवाःतय्गु थी थी थर थें सामान्य थर जक जुल । बहाःबही धइगु हिन्दुतय्गु पूजाआजा याय्गु मन्दिर थें जक जुल, गन व वज्राचार्यपिन्सं पुजारी वा पुरोहित जुइगु जिम्मा कयाः पूजा आजा यानाबी, अले मेपिं बौद्धत सामान्य जन थें वनाः द्यः दर्शन यानाः, सिन्हः तिनाः स्वां कयाः लिहाँवइ । अन भिक्षु धइपिं मन्त, दनिसा शाक्य व वज्राचार्यपिनि उमेर दुपिं काय्मस्तय्त प्यन्हुतक संस्कार कथं चुडाकर्म धकाः सँ खाकाः भिक्षु दय्की, हानं चीवर त्वकाः सामान्य गृहस्थ यानाः छेँय् लित हइ । थ्व क्रमय् भगवान बुद्धं बियाविज्याःगु गबलें महिलीगु धर्म उकिया मुलरुप स्वयाः यक्व हे पात, तर नं देशया काल परिस्थिति प्रतिकूल जूबलय् बुद्धधर्मयात हे हिन्दु परम्पराया गाबलं न्यय्काः हे सां बुद्ध धर्मयात धर्म धाय्गु अवस्था ल्यंकातल, थुकियालागि समस्त बौद्ध समुदाय अबलय्या शाक्य वज्राचार्यपिंप्रति कृतज्ञ जुइमाः ।
 
थ्व हिलावंगु परिस्थितिइ नं बहाः बही धइगु समुदाय व राज्यया हे सम्पति तिनि । झीसं अतिकं हनाबना तयातयापिं विद्वान वज्राचार्य गुरुपिं अनया रक्षक, पालक व धर्म दर्शनया व्याख्याता हे जक खः व सम्पत्तिया मालिक, अथे बहाःबहिलिइ च्वनेगु धइगु निजी वा पुख्र्यौली सम्पत्तिया भोगचलन याय्गु मखु धकाः धाल धाःसा उकियात अन्यथा काय्माःगु अवस्था दइमखु । राज्यं व अथाह धनसम्पत्ति दूगु अज्याःगु बहाःबहीप्रति थःगु जिम्मेवारी व हस्तक्षेपकारी भूमिका त्वःतूगु अले भिक्षु वसः त्वःताः हे नं परिवारया जिम्मेवारीलिसें विहारय् वयाः वा च्वनाः उकिया जिम्मेवारी नं कयाः धर्मयात थःगु हे कथं निरन्तरता बियाच्वंगु धकाः झीसं थुइकाच्वना । उकिसं सरकारं भूमियालिसें छेँ द्यःगः व सार्वजनिक स्थलया लगत कयाः स्वामित्व माःबलय् सु गन च्वनाच्वन उकियात थःगु नामय् निस्सा दय्केगु अवस्था वःबलय् अनया गृहस्थ भिक्षुपिन्सं उकथं हे यानाः थःगु धार्मिक जिम्मेवारी व संरक्षणकारी भूमिकायात झन् क्वात्तुकल धकाः सामान्यजनं थुइकातल ।
 
संसारया दक्व खँ अनित्य धइगु ला बुद्ध शिक्षाया न्हापांगु त्वाथः हे खः । व द्वःछि न्यासः दँ पुलांगु अज्याःगु कलाकृतिं जाःगु बहाःबही थौं संरक्षणया अभावय् न्हियान्हिथं जीर्ण जुयावनाच्वंगु झीसं खनाच्वना । विहार वा महाविहार धइगु नामं हे क्यं, व द्यःछेँ खः, देगः खः, धार्मिकस्थल अले व मनू च्वनेगु थाय् मखु । तर थौं शायद हे अज्याःगु बहाःबही ल्यं दनि गन मनूतय्गु बसोबास मदु । बुद्ध धर्मया अध्ययन अध्यापन जक याय्त दय्कातःगु व थासय् परिवार हे च्वनाः सामान्य मनूत थें जीवन हनकि, नय्गु, च्वनेगु, द्यनेगु मचाखाचा दय्केगु जक मखु अंशवण्डा जुल कि वा मिया हे वनकि व याकनं जीर्ण जुइगु ला सकस्यां सिउगु हे खँ जुल । 
 
स्वाभाविक रुपं झीगु बहाःबहीत स्यनावनाच्वंगु दु, दुना हे वनाच्वंगु दु । विशेष यानाः तःभुखाचं यक्व क्षति याःगु नं झीसं खनाच्वना । थ्व बहाःबहीत झीगु नेवाः संस्कृतिया लिधंसा धकाः गर्व याइपिं झी हे थुकिया रखवाला खसेंलि थुकिया जीर्णोद्धार याय्गु जिम्मा नं झीगु हे खः धकाः मधाःसे फइमखु । धुलिमछि धाय्धुंकाः थौ थ्व नं धाय्त झी बाध्य कि पुलांगु बाखं कनाः किसिन्हाय् छुइ गुलि अःपु वर्तमानय् व गौरवमय इतिहासया निरन्तरता लुइके उलि हे थाकु । थौं झीगु पुर्खां त्वःताथकूगु औसत बहाःबहीया अवस्था गथे च्वं छकः बिचाः यानास्वःसा यथार्थ झीसं ध्वाथुइ ।
 
थज्याःगु अवस्थाय् झीगु मौलिक संस्कृति, धर्म व सामाजिक चालचलनया प्रतिनिधित्व याइगु बहाःबहीतय्त अतिक्रमण व दुरुपयोगं मुक्त यानाः थःगु मौलिक स्वरूप व प्रयोगय् लित हय्माःगु खँय् विवाद दइमखु । तर थज्याःगु बहुमुल्य सम्पदात स्यंके न्हंके गुलि अःपु उलि ल्ह्वने अःपु मजू । देय्या हे इज्जत जुइधुंकूगु थज्याःगु स्मारक संरक्षण याय्गु जिम्मा राज्यया हे खः, तर नेवाःतय्गु सम्पदा व संस्कृति रक्षा यानातय्त सरकार आःतक गुलि सकारात्मक दु धकाः बिचाः याना स्वत धाःसा उलि आस काय्थाय् मदु । 
 
गर्वया खँ खः कि नेवाःतय्सं गुलि नं सम्पदा धकाः धर्म संस्कृति न्ह्याकेत मठ मन्दिर, बहाःबही दय्कातःगु दु, व भौतिक संरचना जक मखसें उकियात म्वाकातय्त, उकियालिसें स्वानाच्वंगु धार्मिक सांस्कृतिक क्रियाकलाप जात्रा पर्व न्ह्याकेत अले व सम्पदाया कालगतिं क्षति जुइबलय् जीर्णोद्धार याय्त आयस्ता वइगु प्रसस्त जग्गा जमिन तयातःगु दइ । अथे हे झीगु बहाःबहीया ल्यूने नं अन धार्मिक सांस्कृतिक ज्याझ्वःयात निरन्तरता बीत अले अज्याःगु संरचना ल्ह्वनेत अथे हे जग्गा जमिनया व्यवस्था दु । व जग्गा जमिन आः गुलि दु, पाः जुल सा गन वन, सुनां पाः यात, व मेगु हे विषय जुइ । 
 
आः संरक्षणया खँ वइ । संरक्षणया खँ वल कि धेबाया खँ लिसें वइ । तर बहाःबहीया सन्दर्भय् ध्यबा मदयाः स्वयाः नं धेबा दयाः हे संरक्षण स्वयाः अप्वः विनाश जुयाच्वंगु खनेदु । अथे धइगु धेबा दुपिनिगु ल्हातिइ लानाच्वंगु बहाःबही बिल्डिङया रुपय् विकास जुयावन, आधुनिकताया नामय् गुथिया जग्गा, बाज्या अजिपिनिगु सम्पदाय् अतिक्रमण जुयाच्वन धाःसा धेबा मदुपिनिगु, आयस्ता मदय्धुंकूगु बहाःबही जक जीर्ण ल्यनाच्वंगु दनि, अथवा सिमेन्टया न्हय्तँ जाःगु छेँ जुयावंगु स्वयाः संरक्षित तिनि । यदी बहाःबही संरक्षण व जीर्णोद्धार जुयामच्वंगु खःसा धेबाया कारणं मखु, अव्यस्था व आयस्ताया दुरुपयोगया कारणं धकाः थुइकी । वंगु सछिदँया दुने सलंसः हे थेरवाद विहारत न्हूगु धस्वाःगु दृष्टान्तयात कयाः नं थन आःया अवस्थाय् नेवाःत स्कुल अस्पताल दय्केत स्वयाः द्यःगः, विहार थज्याःगु दय्केत मन क्वसाः धकाः क्यनाच्वंगु दु।
 


बहाःबहीया थःगु आयस्ता मदय्धुंकूगु अवस्थाय्, दाता जजमांपिं बमलाःगु अवस्थाय् व राज्यपाखें नं आर्थिक ग्वाहालि मवःगु अवस्थाय् अन्तर्राष्ट्रिय निकाययाके ग्वाहालि फ्वनेमालीगु स्वाभाविक खः । खला छुस्याबहाः, यतखाबहाः व इतुंबहाः थेंज्याःगु थासय् विदेशीतय्गु ग्वाहालिं ज्या जुल, जुयाच्वंगु दनि । थुकिया थी थी पक्ष दु । हरेक संरक्षण प्रोजेक्टं झीत छगू छगू पाठ स्यनाथकूगु दु । थ्व खँ लखय् च्वय् थें ल्वःमनावनीगु मेगु हे खँ जुल । 
 
आः यलया हे नांजाःगु ऐतिहासिक हिरण्यवर्ण महाविहार भारतीय सहयोगं दय्कीगु जुल धइगु न्यनेदु । संघया हे दुजःपिन्सं जिमिके सल्लाह हे मयाःसे थज्याःगु निर्णय यात धकाः विरोध याःगु पिनेथ्यंक ताय्दयाच्वंगु दु । यदि व महाविहार अले येँ यल ख्वपया उलिमछि बहाःबही धइगु उकिया संरक्षण यानाच्वंगु निगू प्यंगु परिवार, संघ धकाः दुथ्याःपिं सःबसः परिवारया जक निजी सम्पत्ति मखु, व धइगु स्वदेशी व विदेशी इतिहासकारपिन्सं धयातःथें बुद्धधर्म व दर्शनया अध्ययन अध्यापन याय्गु विहार खः अले देशया सम्पदा हे खः धइगु खःसा थ्व विषयय् स्थानीय बौद्ध समाज वा समुदायया नं ध्यान आकृष्ट जुइमाःगु दु । 
 
छखे बहाःबहीया संघ थः हे क्वात्तु । आयस्ता गुलि दु धइगु संघया दुजःपिन्सं हे मसियाच्वनी, गुलिस्यां जग्गा मियाः गुथि भ्वय् न्याय्काच्वनी सा गुलिस्यां ला संघयात हे सीके मबिसे जग्गा च्वय्क्वय् याःगु नं न्यनेदु । न्ह्यागुसां बहाःबहीत धेबा आयस्ता मदयाः जक जीर्ण जुयाच्वंगु मखु धइगु सकस्यां स्यू । उकिसं आः ला स्थानीय सरकार धाय् महानगरपालिकां नं बहाःबहीया जीर्णोद्धार याय्त माक्व धयाथें हे आर्थिक ग्वाहालि यानाच्वंगु अवस्था दु । थज्याःगु अवस्थाय् हानं विदेशी निकाय, व नं दुतावासमार्फत हे बहाःबहीया संरक्षण याय्माःगु अवस्था गनं वल धइगु न्ह्यसः दंवयाच्वंगु दु ।
 

न्हापाया दातृ निकाय व थ्व दुतावासया भूमिका पाःगु थें खनेदु । भारत सरकार हे सम्मिलित जुइकथं, भारतया ध्वाँय् तयाः हे शिलापत्र तय्माय्क वयात हे छाय् जीर्णोद्धारया जिम्मा बीमाल धइगु खँ जायज खः । थ्वपाखे सम्बन्धित बहाःया संघ दुजःत, बौद्ध समुदाय अले समस्त सम्पदा प्रेमी हे छप्पँ जुयाः सः थ्वय्कल धाःसा व सम्पदा झीगु जुयाच्वनी, मखुसा व निगूप्यंगु परिवारया हे जक यकःति जुल धइगु दसि च्वनी, अले थुकथं हे थ्व हे नजिर ज्वनाः स्वनिगःया सछिगू स्वयाः यक्व बहाःबहीत नं थः यःयःथे दय्केबीगु ज्या न्ह्यानावनी धकाः थुइकेमाःगु अवस्था वःगु दु। 

https:// www.lahananews. com/node/9366

Wednesday, February 16, 2022

भियतनामी बौद्ध भिक्षु थिक न्हात हानले दिएर गएको प्रेरणापुञ्ज



 राजेन मानन्धर

संसारमा यस्ता थोरै मानिस मात्र हुन्छन् जो सत्ता र सम्पतिका मालिक नभइकन पनि हजारौंको दिलमा बस्छन् । जान त सबै जान्छन् तर यस्ता मानिसहरु नै सबैलाई रुवाएर जान्छन् । गत २०७८माघको ८ गते पनि एउटा यस्तै एकजना सामान्य व्यक्तित्वका धनी व्यक्तिको निधनले विश्वका सारा बौद्धहरु शोकाकुल भए । उहाँ हुनुहुन्थ्यो भियतनाममा जन्मेर बुद्ध शिक्षा लिई यसलाई विश्वभरी प्रचार गर्न रमाउने, आफ्नो देशको युद्ध र नरसंहार विरुद्ध आवाज उठाएर आफ्नै ज्यान समेत जोखिममा पार्ने अनि आफ्नै देशको राजनीति व्यवस्थाको नजरमा शत्रु भएर पनि विश्वमा शान्तिको लागि आवाज उठाउन नडमगाउने भिक्षु थिक न्हात हान (Thích Nhất Hạnh)। उहाँ भिक्षु मात्र हैन, यसका साथै उहाँ एक ध्यान गुरु, आध्यात्मिक शिक्षक, कवि तथा शान्ति अभियन्ता पनि हुनुहुन्थ्यो । चालिस वर्ष जति आप्रवासनको जीवन बिताएर उहाँ मातृभूमि फर्किनुभयो र हालै उहाँले ९५ वर्षको उमेमा आफ्नो अनित्य देह त्याग गर्नुभएको छ । विश्वभरका भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरु भावविह्वल भए । यसै अवसरमा उहाँको जीवनीको बारेमा संक्षिप्त जानकारी दिने प्रयास यस लेखमा गरिन्छ ।

उहाँको जन्म सन् १९२६को अक्टोबर ११को दिन भियनतामको मध्यभागमा स्थित ह्वे भन्ने एतिहासिक नगरमा भएको थियो, ङुयेन छुआन बाओ (पछि ङुयन दिन लाङ)उहाँको नाम राखियो । उहाँको बुबा उपनिवेश कालका प्रशासन थिए भने उहाँकी आमा गृहिणी हुनुहुन्थ्यो । बाल्यकालदेखिनै बुद्धधर्ममा श्रद्धा राख्नुहुने उहाँले १२ वर्षको उमेरमा भिक्षु बन्ने चहना देखाउनुभयो र १६ वर्ष हुँदा आमाबुुबाबाट अनुमति लिएर भिक्षु बन्नु नै भयो ।


उहाँ सर्वप्रथम तु ह्यु (Từ Hiếu) विहारमा भिक्षु भएर प्रवेश गर्नभयो, जहाँ उहाँले जेन गुरु थान कुइ छान थातबाट प्रारम्भिक शिक्षा लिनुभयो । उहाँले श्रामणेरको रुपमा भियतनामी परम्परा अनुसार तीन वर्षसम्म महायान तथा थेरवाद बुद्धधर्मको प्रशिक्षण लिनुभयो । त्यसपछि सन् १९४९मा बाओ कोच (Báo Quốc) बौद्ध विद्यालयमा भिक्षुको रुपमा प्रवजित हुनभयो र अध्ययन गर्न थाल्नुभयो । त्यहाँको पढाइबाट सन्तुष्ट नभएपछि उहाँ पछि सन् १९५०मा साइगोन क्षेत्रको आन क्वाङ मन्दिरमा बसेर साइगोन विश्वविद्यालयमा विज्ञान पढ्न थाल्नुभयो ।

पचासका दशकमा भियतनामको बुद्धधर्म परम्परागत नै थियो । उहाँले त्यो समयमा पनि भियतनामी बुद्धधर्ममा नयाँपन ल्याउने कोशिस गर्नुभयो । उहाँ भियतनामै विश्वविद्यालयमा गएर गैर धार्मिक विषयमा अध्ययन गर्ने पहिलो भिक्षु हुनुपर्छ । अनि उहाँ त्यहाँ साइकल चलाउने छ जना भिक्षु मध्ये एकजना भनेर पनि बौद्ध समाजमा चर्चित पनि हुनुभयो ।


सन् १९५५ देखि उहाँ ह्वे फर्कनुभयो र भियतनामी बुद्धधर्म नामक भियतनमी बौद्धहरुको महासंघको पत्रिकाको सम्पादकको रुपमा काम गर्नुभयो तर पछि उहाँको भियतनामी बौद्ध संस्थाहरु एकतावद्ध हुनुपर्छ भन्ने आशयको लेखलाई वरिष्ठ भिक्षुहरुले प्रकाशन अनुमति नदिएपछि प्रकाशन बन्द भयो । त्यसपछाडि उहाँ दा लात क्षेत्रमा गए पढाउन थाल्नुभयो भने उहाँको विहारले उहाँलाई निकालिदियो । सन् १९५७मा उहाँले सबै कुरा छोडेर दाइ लाओ जंगलमा आफ्नै प्रतिरोध समाज नाम संघ (Phương Bôi) बनाएर बस्न थाले । यस बेला उहाँ नजिकैको एउटा स्कुलमा मानवतावादी एकिकृत बुद्ध धर्मको शिक्षा दिनुहुन्थ्यो ।

सन् १९५५ देखि १९७५को समय भनेको भियतनाम युद्धको समय थियो । अर्थात् भियतनाम, लाओस् तथा क्याम्बोडियामा युद्ध चलिरहेको थियो । भियतनाम आफै उत्तर भियतनाम (कम्युनिष्ट) र दक्षिण भियतनाम (फ्रान्स तथा अमेरिकाको प्रभावमा रहेको)मा विभक्त थियो अनि विभिन्न शक्ति राष्ट्रहरुको खेल मैदान बनिरहेको थियो । यस्तो बेलामा, भनेको सन् १९५९ देखि १९६१को समयमा न्हात हान विभिन्न ठाउँमा गएर बुद्ध धर्म सिकाउन जानुहुन्थ्यो । उहाँ प्रायः युद्ध विरोधी र मानवतावादी कुरा गर्नुहुन्थ्यो जुन त्यसबेलाका प्रशासक एवं राज्यबाट सुविधा पाउने भिक्षु संगठनहरु पनि मन पराउँदैनथे । फलस्वरुप उहाँका कक्षाहरु रोकिन्थे र उहाँ विवादमा पर्नुहुन्थ्यो । यसैबेला सन् १९६१मा उहाँले अमेरिकाको अध्ययनवृत्ति पाउनुभयो र तुलनात्मक धर्मको विषयमा अध्ययन गर्न प्रिन्सटन विश्वविद्यालय जानुभयो । उहाँको बुद्धधर्मप्रतिको ज्ञानको भण्डार तथा बुद्धधर्मलाई समाज तथा शान्तिको लागि प्रयोजनमा ल्याउने उहाँको मिशनको कारण गर्दा उहाँ अमेरिकामा चर्चित हुनुभयो । फलस्वरुप उहाँले कोलम्बिया विश्वविद्यालय तथा कर्नेल विश्वविद्यालयमा प्राध्यापन समेत थाल्नुभयो । उहाँ भियतनामीका साथै फ्रेन्च, चीनियाँ, संस्कृत, पालि तथा अंग्रेजी भाषामा समेत राम्रो दख्खल भएको व्यक्ति भएकोले उहाँले चाँडै नै त्यहाँको मिश्रित समाजमा आफ्नो बेग्लै स्थान बनाउन सफल हुनुभयो ।

भियतनाममा राजनीतिक तथा धार्मिक अशान्ति चलिरहेको थियो । यस्तै अवस्थामा न्हात हान सन् १९६३मा भियतनाम फर्कनुभयो । यो वर्ष भनेको भियतनाममा बौद्ध प्रलयको अवस्था थियो, अर्थात् दक्षिण भियतनामी सरकारले विभिन्न किसिमबाट बौद्धहरुमाथि दमन गरेको थियो र यसको विरुद्ध बौद्ध भिक्षुहरुले नागरिक प्रतिरोध गर्नुपरेको थियो ।

युद्धको समयमा भिक्षुहरुले के गर्ने के नगर्ने भन्ने एउटा अन्यौल छाएको थियो । कोही केही नदेखेजस्तो गरी आँखा चिम्लेर ध्यान गरिबस्ने भन्थे त कोही मानवताको लागि पनि युद्ध पीडितहरुको सहयोगमा अघि सर्ने भन्थे । न्हात हानले दुबै गर्ने भनेर संलग्न (वा इन्गेज्ड) बुद्ध धर्मको अवधारणा ल्याउनुभयो । उहाँले जसरी भएपनि व्यक्ति र समाजको फाइदाको लागि आफुलाई भित्री रुपान्तरणका लागि समर्पण गर्ने बाटोमा अगाडि जाने निश्चित गर्नुभयो ।

यसैबेला उहाँले भान हान बौद्ध विश्वविद्यालय, ला बोइ प्रकाशन गृह तथा एउटा शान्तिका लागि पैरवी गर्ने पत्रिका पनि प्रकाशन गर्नुभएको थियो । यस्तो कार्य त्यसबेला न सरकारले रुचाउँथ्यो न धर्म गुरुहरुले । तर पनि उहाँ भिक्षुकै भेषमा पनि शान्तिको लागि लड्नुपर्छ भनेर सक्रिय नै भइरहनुभयो । सन् १९६४मा त उहाँले दि अर्डर अफ इन्टरबिइङ (Tiếp Hiện), भन्ने नयाँ संघ नै बनाउनुभयो जुन परम्परागत बोधिसत्व शीलहरुमा आधारित थियो । उहाँको यस समुहको मुख्य काम भनेको सति (mindfulness)मा आधारित भएर ध्यान गर्ने थियो । फेरि यही साल उहाँले तु ह्यु विहारमा मास्टर चान थात बाट दीपक प्रशारणको उपाधि पाउनुभयो जसको अर्थ उहाँलाई धर्म शिक्षणमा अनुमति दिएको जस्तै हुन्छ ।


यसै साल उहाँले पुनः अमेरिका तथा युरोप भ्रमण गरेर त्यहाँका विभिन्न देशका प्रभावशाली नेताहरुलाई भेटेर भियतनाममा भइरहेको युद्धको बारेमा जानकारी दिनुभयो र जसरी हुन्छ युद्ध र नरसंहार रोक्नको लागि अन्तर्राष्ट्रिय पहलको लागि याचना गर्दै हिँड्नुभयो । यसै क्रममा उहाँले अमेरिकी युवा अभियन्ता डा. मार्टिन लुथर किङ्ग जुनियरलाई समेत भेटेर भियतनामको वस्तुस्थितिका बारेमा अवगत गराउन पाउनुभयो । जसको फलस्वरुप उहाँलाई नोवेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने सम्म काम भयो । तर यसैको कारणले उहाँले दुबै भियतनाम सरकारको क्षोभको शिकार बन्नुपर्यो । दक्षिण भियतनाममा उहाँलाई कम्युनिष्ट भएको आरोप लगाइयो र भियतनाममा फर्कन दिइएन र उहाँका प्रकाशनहरुमाथि समेत प्रतिबन्ध लगाइदिएको थियो । उता अमेरिकामा पनि उहाँलाई युद्धविरोधी र कम्युनिष्ट प्रचारक भनेर नाम दिइयो । त्यसपछि उहाँ करिब ४० वर्षसम्म निर्वासनको जीवन बिताउन बाध्य हुनुभयो ।

आफू जुन देशमा जन्मियो, जहाँ बुद्धको शिक्ष ग्रहण गर्नुभयो अनि जुन देशमा शान्ति स्थापना होस्, जनता शान्तिपूर्वक बाँच्न पाओस् भनेर देश विदेश चहार्नुभयो, त्यही देशले उहाँमाथि आरोप लगायो । उहाँको मन त पक्कै दुखेको होला । तर विश्व बुद्धधर्मको दृष्टिकोणबाट हेर्ने हो भने उहाँमाथि गरिएको यो सजाय विश्वमा शान्तिकामी मानिसहरुका लागि भने बरदान नै साबित भयो । अझ भनुँ भने उहाँको लागि पनि यो उहाँको दोश्रो जन्म बन्यो । उहाँ आप्रवासनमा चुप लागेर बस्नुभएन, जहाँ जहाँ पाइला टेक्यो त्यहाँ त्यहाँ भगवान बुद्धको शिक्षा बाँड्नुभयो, भगवान बुद्धले दिनुभएको शिक्षा कसरी दैनिक जिवनमा प्रयोजनमा ल्याउन सकिन्छ भनेर सिकाउँदै हिड्नुभयो । भगवान बुद्धले “चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय अत्थाय हिताय सुखान देवा मनुस्सानं” (अर्थात् भिक्षुहरु हो, बहुजन हित र बहुजन सुख अनि समाजको कल्याणको लागि तथा देव र मनिसहरुको हित र सुखको लागि सबैतिर विचरण गर) भनेर भिक्षुहरुलाई जुन मार्ग दर्शन दिनुभयो त्यो उहाँले गरेर देखाउनुभयो ।


सन् १९६६मा उहाँ फ्रान्समा जानुभयो र त्यहाँ बुद्धधर्मको प्रचारमा लाग्नुभयो । त्यहाँ उहाँले भियतनामी शान्ति प्रतिनिधिमण्डलको नेतृत्व पनि गर्नुभयो । उहाँले पछि सन् १९६९मा एकिकृत बुद्धिस्ट संघ नामक संस्था खोलेर त्यहाँ बुद्धधर्मको प्रचार एवं बौद्धहरुलाई संगठित पनि गर्नुभयो । सन् १९७५सम्ममा उहाँले उत्तर–मध्य फ्रान्सको फँभान, फोरे दोथे र पेरिस नजिक अउबे प्रदेशमा स्वीट पोटाटो ध्यान केन्द्र खोल्नुभयो । यसैबेला उहाँले लेखन कार्यलाई पनि जोड दिनुभयो, जसको परिणाम स्वरुप उहाँका प्रमुख पुस्तकहरु मिराकल अफ माइन्डफुलनेस, दि मून बम्बू र दि सन माइ हार्ट निस्के । उहाँको सतिमा आधारित भएर ध्यान सिकाउन थाल्नुभयो र उहाँको यो सरल तर एकदम गंभीर ध्यानले फ्रेन्चहरुलाई सजिलै आकर्षित बनायो । यसरी उहाँको मिहेनतले फ्रान्समा बुद्धधर्मले व्यापकता पाउँदै गयो ।

एकपल्ट धार्मिक सम्मेलनमा सहभागी हुन सिंगापुर पुग्दा उहाँले भियनानमबाट भागेर आएका डुंगामा बस्ने मानिसहरुलाई सिंगापुरमा छिर्न नदिने र समुद्रमै मर्नुपर्ने अवस्था देखे र उहाँले गोप्य तरिकाबाट उनीहरुको सहगाृेग गर्ने अभियान चलाए । सिंगापुर सरकारले यो कुरा थाहा पाएर उहाँलाई सिंगापुरबाट पनि निकालियो ।


फ्रान्समा उहाँको धर्म प्रचारको अभियानले गति लिँदै थियो । उहाँको अभियानले नयाँ उचाइ पायो जब उहाँले सन् १९८२मा दक्षिण–पश्चिमी फ्रान्सको बोर्डुमा प्लम भिलेज (Plum Village) विहार स्थापना गर्न सफल हुनुभयो । उहाँको सफल आध्यात्मिक नेतृत्वको कारणले यो अहिले पश्चिमी देशहरुमा सबैले मन पराउने, सबैभन्दा ठुलो र सबैभन्दा सक्रिय बौद्ध ध्यानकेन्द्रको रुपमा प्रख्यात भएको छ । यहाँ अहिले २०० जनाजति प्रवजितहरु बस्छन् र हरेक वर्ष १० हजार भन्दा बढी मानिसहरु विभिन्न शिविर तथा अन्य कार्यक्रमहरुमा भाग लिन जान्छन् ।

प्लम भिलेजले पश्चिमी देशहरुको उहाँको नयाँ परिचय दिलायो र धेरै जसो पश्चिमीहरुका लागि प्लम भिलेज भनेकै बुद्ध धर्म हो कि भन्ने जस्तो प्रख्यात बनायो । यहाँ हिँड्ने ध्यान, बस्ने ध्यान, खाने ध्यान, काम गर्ने ध्यान, पूर्ण विश्राम आदि सामान्य जस्तो ध्यानका अभ्यासहरु गराइन्छ जसले मानिसहरुलाई पूरा स्मृतिमा बस्न र वर्तमान समयमा बाँच्न सिकाउँछ । यी सबै चरणहरु बौद्ध अभ्यासहरु हुन् जसलाई उहाँले सजिलोसँग सबैले अभ्यास गर्न सकिने गरी सिकाउनु भयो अनि यी कुराहरु किन जीवनोपयागी र अहिलेको जीवन शैलीमा आइपर्ने समस्याहरुसँग सामना गर्न काम लाग्ने खालका छन् भनेर पनि सजिलोसँग ब्याख्या गर्नुभयो । त्यसैले त एकलाख भन्दा बढी मानिसहरुले उहाँले बनाउनुभएको विश्वव्यापी नैतिकताका बुँदाहरुलाई आफ्नो जीवनमा उपयोग गर्ने बाचा गरेकाछन् ।

ध्यानको अतिरिक्त उहाँ अक्षरकलाको पनि विज्ञ हुनुहुन्थ्यो । उहाँले आफ्नै प्रकारले रोमन लिपिलाई पनि चीनियाँ ढंगले सुन्दर कलाको रुपमा मनमोहक चित्रकारले जस्तै लेख्नुहुन्थ्यो । उहाँको हस्तलेखन नै उहाँको एकप्रकारको परिचय बन्यो भन्दा पनि हुन्छ । उहाँको अक्षरकला उहाँको सति ध्यानको सँग सँगै ध्यानलाई अझ प्रभावशाली बनाउन प्रदर्शनीमा समेत राखिएका हुन्थे ।


अहिले उहाँ र उहाँको प्लम भिलेजको दर्शनमा आधारित भएर विभिन्न देशमा त्यस्ता ध्यान केन्द्रहरु खोलिएका छन् । ती मध्ये संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, न्यूयोर्कका साथै फ्रान्स, जर्मनी, थाइल्याण्ड, हङकङ तथा अष्ट्रेलिया आदि हुन् । यसबाहेक उहाँले भियतनाममा पनि दुइटा विहारहरुको स्थापना गर्नुभएको छ — मुख्य तु ह्यु विहारमा अनि मध्य पहाडी भागमा नयाँ प्रज्ञा विहार पनि बनाउनुभएको छ ।

उहाँ एक स्पष्ट वक्ता हुनुका साथै एक कुशल लेखक पनि हुनुहुन्थ्यो । विश्वविद्यालय अध्ययन, पत्रिका प्रकाशनको कामका साथै अभियन्ताको रुपमा अमेरिका आदि देशको भ्रमणको सिलसिलामा पनि उहाँ लेख रचना इत्यादि लेखिरहनुहुन्थ्यो । विशेष गरी आफ्नै देश भियतनाम फर्कन नपाउने अवस्थामा उहाँले आफुलाई व्यस्त राख्न आफुले जानेका बुद्धधर्म, ध्यान र समसायिक जीवनमा बुद्धधर्मको उपादेयताका बारेमा प्रशस्त लेखहरु लेख्नुभयो । त्यही बेलादेखि नै उहाँका पुस्तकहरु प्रकाशनमा आउन थाले । आफ्नो ९५ वर्षको जीवनमा उहाँले १३०वटा भन्दा बढी पुस्तकहरु लेख्नुभएको छ । उहाँले लेख्नुभएका पुस्तकहरुमा आध्यात्मिक निर्देशनहरु, बौद्ध ग्रन्थहरु, सतिका बारेमा शिक्षण, कविता तथा कथा संग्रहहरु तथा जेन अभ्यासका मार्गदर्शनहरु परेका छन् ।


उहाँले देह त्याग गर्नुभन्दा केही महिना अगाडिसम्म पनि लेखन कार्यमा सक्रिय हुनुहुन्थ्यो भन्ने जानकारी दिइएको थियो । सन् २०१९सम्म उहाँका पुस्तकहरुको ५० लाख भन्दा बढी प्रति बिक्री भएको भनिएको छ । उहाँका पुस्तकहरुमा १०० भन्दा बढी अंग्रेजी भाषामै लेखिएका थिए भने ती मध्ये धेरैवटा पुस्तक ४० भन्दा बढी भाषामा अनुवाद पनि भएका छन् ।

इस्वीको ९०को र २०००को दशकमा उहाँ धेरै स्वतन्त्र भएर बुद्धधर्मलाई विशेष गरी गैरबौद्ध पश्चिमी समुदायको बिचमा पुर्याउन लाग्नुभयो । उहाँले बुद्ध धर्मको ग्रन्थ, सुत्र वा शिक्षालाई संसारका सेवाको लागि विश्व सामु पुर्याउन योगदान दिनुभएको छ । उहाँले ध्यानलाई मनोचिकित्सकहरु, शिक्षकहरु, व्यापारीहरु, राजनीतिक नेताहरु, वैज्ञानिकहरु, वातवावरणविदहरु, कलाकारहरु, प्रहरीहरु समक्ष लगे । उहँका शिक्षा कोरा बुद्धवचनहरु मात्र नभएर कसरी त्यसबाट जीवनलाई शान्तपूर्वक बाँच्न लायकको बनाउने, कसरी युद्धका आतंकहरुबाट सुरक्षित राख्ने भन्ने विषयसँग सम्बन्धित हुन्थे । त्यसैले उहाँका आफ्ना चेलाका रुपमा युद्धको यातना भोगेकाहरु बढी हुन्थे । उहाँको शिक्षणमा अमेरिकी युद्ध भेटरानहरुदेखि इजरायली तथा प्यालेस्टाइनियनहरु समेत सामिल भए । समग्रमा उहाँका शिक्षा बढीजसो उनीहरुकहाँ पुगे जसलाई जीवनमा सबैभन्दा बढी बुद्धशिक्षाको खाँचो थियो । यसप्रकार पनि उहाँ विश्वमा रुचाएका बौद्धधर्मगुरु मध्ये एक हुनुभयो ।

उहाँको जीवनको मुख्य अंश भियतनामको अशान्तिको समयमा बित्यो । उहाँ राजनीतिक व्यक्तित्व त हुनुहुन्नथ्यो, र उहाँले शीतयुद्धको खेलमैदान बनेको भियतनामको राजनीतिको पक्षमा लागेर पद वा सम्मान पनि खोज्नुभएन । तर पनि उहाँको जीवन राजनीतिबाट सदैव प्रभाव नै भइरह्यो ।


सरकार वा व्यवस्था परिवर्तनसँगै उहाँको भूमिकामा पनि केही परिवर्तनहरु आए । कम्युनिष्ट सरकारलाई उहाँले मनपराउनुभएन । विशेष गरी कम्युनिष्टहरुको धर्मविरोधी नीतिका कारण
कम्युनिष्टहरुले पनि उहाँलाई सहेन । उहाँ कम्युनिष्ट त हुनुहुन्नथ्यो तर पनि दक्षिण भियतनाममा पनि उहाँको राम्रो सुनुवाइ भएन । उहाँले दक्षिण भियतनाममा स्पष्ट रुपमा देखिन आएको क्याथोलिकरणका विरोध गर्नुभयो । उहाँले भियतनामको यो सबै अशान्तिमा अमेरिका कसरी संगल्न हुन आयो भनेर प्रश्न राख्नुभयो । युद्धलाई राष्ट्रिय गौरवको रुपमा लिने अवस्थामा उहाँले आफ्नै देशमा र विदेशमा समेत गएर भियतनामको युद्धको अन्त्य गर्न गुहार माग्दै हिँड्नुभयो । जसको फलस्वरुप उहाँ आफै निर्वासित जीवन बिताउन बाध्य हुनुभयो ।

धेरै कोशिस पछि उहाँले सन् २००५मा भियतनाम फर्कन अनुमति पाउनुभयो । चेलाहरुको ठुलो समुहका साथमा उहाँ आउनुभयो र भियतनाममा बौद्धहरुले उहाँको ठुलो स्वागत गरे । उहाँले त्यहाँ केही धर्म देशनाहरु गर्न, पुस्तक प्रकाशन गर्न र विहारहरुमा जान पाउनुभयो । तर पनि उहाँको भ्रमणलाई त्यहाँको सरकारले त्यहाँ अब धर्मावलम्बीहरुमाथि प्रतिबन्ध छैन भन्ने प्रचार गर्ला कि भन्ने शंका भने भइरह्यो । सन् २००७मा उहाँ आफ्नो मातृभूमि त फर्कनुभयो तर धेरै विवादहरु भए । त्यस्तै सन् २००८ मा उहाँका दलाइ लामा सम्बन्धी अभिव्यक्ति चीन विरोधी भएको आरोप पनि उहाँ माथि आयो । उहाँले स्वदेशी तथा विदेशी प्रभावशाली नेताहरुसँग भेटघाट बढाउनुभयो । यसबेलासम्ममा भियतनाममा उहाँको ख्याती र बुद्धमार्गीहरुको धेरै बलियो पकड भइसकेको थियो । यही देखेर त्यहाँको सरकारले उहाँमाथि केही प्रतिबन्ध लगायो, धर्मको प्रचारलाई नियन्त्रण गर्यो र संघलाई पनि तितरबितर गर्यो । यस दमनको पनि फाइदा यही भयो कि उहाँका चेलाहरुले अब भियतनाम भन्दा बाहिर युरोप अमेरिका र अष्ट्रेलियामा बनेका विहारहरुमा गएर धर्म प्रचारलाई निरन्तरता दिने अवसर प्राप्त गरे ।


सन् २००८ पछि उहाँको धर्म प्रचारले फेरी अर्को रुप लियो । उहाँले आफ्नै इन्गेज्ड बुद्धधर्मलाई अप्लाइड बुद्ध धर्मको रुपमा व्याख्या गर्न थाल्नुभयो, र समाजका हरेक क्षेत्रमा यसलाई प्रयोग गर्न सकिने भनेर भन्नुभयो । यसले गर्दा बुद्धधर्म मान्ने नमान्ने सबैको समाजमा उहाँको कुराले प्रभाव पार्यो । उहाँले आफ्नो विश्वव्यापी नैतिकताको नियमहरुलाई सामाजिक अन्याय, हिंसा, डर, चिन्ता, तृष्णा, एक्लोपन तथा निराशाका कुराहरुलाई सम्बोधन गर्न सकिने गरी प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले यही नयाँ परिभाषालाई अँगाल्दै जर्मनीमा युरोपियन इन्स्टिच्युट अफ एप्लाइड बुद्धिज्मको स्थापना गर्नुभयो । उहाँको लक्ष्य भनेको पैसा, शक्ति र ख्याती सबै भएर पनि युरोपियनहरु भित्रबाट दुःखी भएको र तडपिरहेकोले उनीहरुका लागि व्यवहारिक र सजिलो ढंगले त्यस दलदलबाट निकाल्नु थियो अनि त्यो बाटो बुद्धका शिक्षा भित्र उहाँले पाउनुभयो जसलाई त्यतिकै व्यवहारिक ढंग र प्रविधि लगाएर जनमानसमा पुर्याउनु पनि भयो । त्यसैले उहाँलाई विभिन्न राष्ट्रका राजनीतिक भेलाहरुमा वक्ताका रुपमा निमन्त्रणाहरु आइरन्थ्यो र उहाँले आफ्नो सुमधुर बोली, सरल भाषाबाट सबै प्रकारका राजनीतिकर्मीहरुलाई प्रभाव पार्नुहुन्थ्यो । सबैका लागि उहाँले दिने समाधान भनेकै बुद्धका शिक्षाहरुमा आधारित हुन्थे ।

यसप्रकार उहाँले आफ्नो धर्म प्रचारको ६५ वर्षे यात्राको दौरानमा बुद्धधर्मलाई नै नयाँ रुप दिनुभयो । उहाँले बुद्धको शिक्षालाई श्रद्धाबाट गरिने उपासनाबाट जीवन्त अभ्यासको रुपमा रुपान्तरण गर्नुभयो, जुन आजको युगमा सबैलाई खाँचो थियो ।

यसो हेर्दा लाग्छ, न्हात हान जीवन भरी कहिल्यै सुख शान्तिसँग बस्नुभएन, वा बस्न पाउनुभएन । उहाँका हरेक पाइलामा चुनौती थिए, आलोचना, आरोप अनि आक्रमण थिए । शायद यसैले होला उहाँलाई यति बलियो, धैर्यवान् र अडिग बनाएको । यसबिच पनि आफ्नो पछाडि विश्वभरका लाखौं शिष्य वा प्रशंसक भएर पनि उहाँले कुनै त्यस्तो शक्तिशाली पद चाहनुभएन, प्रचारमुखी काम गर्नुभएन । सबैका लागि सँधै उहाँ एकजना “थय्” (गुरु) मात्र रहन रुचाउनुभयो, विदेशीहरुका लागि भने जेन मास्टर नै हुनुभयो । बरु उहाँको उपनाम सति–पिता (Father ofMmindfulness) भने धेरै प्रख्यात भयो । उहाँ सँधै एक सामान्य, भलादमी प्रकारको भिक्षु मात्र भएर रुचाउनुभयो र यही स्वभावले गदा उहाँ जुनसुकै धर्म, जात, भाषा वा राष्ट्रमा मानिसको पनि मुटुमा स्थान बनाउन सफल हुनुभयो ।


यस्तो सक्रिय जीवन बिताउँदा बिताउँदै सन् २०१४को जुनमा हामी बाँच्दा के हुन्छ, मर्दा के हुन्छ भनेर ध्यान शिविर चलाउनु भएको थियो, जसमा उहाँले बाँच्ने र मर्ने कलाको प्रसंग उठाउनुभयो । यसको पाँच महिना मात्र पछि सन् २०१४को नोभेम्बर ११का दिन उहाँलाई मस्तिष्कघात भयो । उहाँ बोल्न हिँड्न नसक्ने अवस्थामा पुग्नुभयो । डाक्टरले अब कहिल्यै बोल्न हिँड्न सक्नुहुन्न भनेको थियो तर उहाँ आश्चर्यजनक ढंगबाट उहाँको स्वास्थ्यमा केही सुधार भयो ।

बिरामी हुँदै सन् २०१८को अक्टोबरमा उहाँले बाँकी जीवन बिताउन भियतनाममा आफूले प्रवजित जीवन शुरु गरेको तु ह्यू विहारमा फर्कने इच्छा प्रकट गर्नुभयो । उहाँको इच्छा पुरा भयो । तु ह्यूमा उहाँले पूर्वीय चिकित्सा पद्धतिबाट उहाँको उपचार भइरह्यो । उहाँ ह्विलचियरमा यताउति जानसक्ने हुनुभयो । यस्तो अवस्थामा पनि भियतनामी सरकारको नजरमा नै उहाँ हुनुभयो र सादा पोशाकका प्रहरीको निगारानीमा हुनुपर्यो ।

सन् २०२२को जनवरी २२का दिन त्यही तु ह्यू विहारमा उहाँ न्हात हानको ९५ वर्षको उमेरमा निधन भयो । त्यो भियतनामका र विश्वका बौद्धहरुका लागि मात्र हैन सबै यथार्थको जीवन बाँच्न चाहने शान्तिकामीहरुको लागि पनि शोकको दिन थियो । जीवन अनित्य हो, भूत र भविष्यमा हैन वर्तमान्को तत् क्षणमा बाँच्नु पर्छ भनेर उहाँले सिकाउनुभएका शिष्यहरु पनि भावविह्वन नभइरहन सकेनन् । विश्वका राजनीतिक नेताहरु र धार्मिक नेताहरुले श्रद्धाका शब्द सुमन चढाए ।

उहाँको पार्थिव शरिरलाई निकै श्रद्धापूर्वक पाँचदिनसम्म दैनिक प्रार्थनाका बिच राखियो, । यही समय फ्रान्सको प्लम भिलेजमा समेत साप्ताह भरीको कार्यक्रम आयोजना गरिएको थियो । नेपालको लुम्बिनी लगायत विश्वभरका बौद्ध विहार तथा मन्दिरहरुमा उहाँको सम्झनामा श्रद्धान्जलि कार्यक्रमहरुको आयोजना गरियो कयौंले त्यहाँ आएर ध्यान गरे । र सातौं दिन जनवरी २९का दिन शवयात्रा गरी अन्तिम संस्कार गरियो । दशौं हजार भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुले उहाँलाई बिदा गरे ।


आफ्नो मृत्युलाई उहाँले पहिल्यै देखिसक्नुभएको थियो । उहाँका शिष्यहरु पनि यो सत्यलाई बुझेका थिए । उनीहरु उहाँको मृत्युपछि उहाँको खरानी राखेर स्तुप बनाउन चाहन्थे । उहाँलाई त्यो स्वीकार थिएन । उहाँ भन्नुहुन्थ्यो, “यदि मेरो नाममा स्तुप बनाउने हो भने त्यहाँ सँगै लेख्नुपर्छ कि उ यहाँ छैन, अनि बाहिर कतै पनि छैन, बरु उ तपाइँले स्वास लिने वा हिँड्ने तरिकामा छ” ।
०००

Anandabhoomi Buddhist Magazine, 2022 February

(All photographs are collected from various sources. The author is indebted to the photographers and archives who have made Thay immortal.)

https://bit.ly/3LG3Hqw

This is me, Thank you Gemini