Sunday, May 21, 2017

जातीय आन्दोलनको तराजुमा नेवाः देय् दबूको अधिवेशन


राजेन मानन्धर
अधिवेशन हुन्छ–हुँदैन, चुनाव गर्ने–नगर्ने जस्तो शंका–उपशंका र सहमति–असहमतिभित्र अन्ततः देशभरिका नेवाःहरुको साझा मञ्च भनिएको नेवाः देय् दबूको ६ वर्षसम्म रोकिराखेको अधिवेशन दाङ्गको घोराहीमा हालै बैशाख ८ र ९ गते सम्पन्न भएको छ ।

सहमतिमा असहमति
चुनाव गरेर एक योग्य र सबैको मनले खाएको व्यक्तिलाई अध्यक्षमा चुन्ने सामान्य प्रक्रियालाई रोक्न सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ जस्ता सर्वमान्य व्यक्तिहरुलाई समेत साक्षी राखी कथित भद्र सहमति भनी आठ वर्षदेखि अध्यक्षको कुर्सीमा बसेका नरेश ताम्राकारलाई नै अध्यक्ष बनाइने भन्ने सहमति गरिएपछि मात्र यो वर्ष अधिवेशनको सम्भावनाको ढोको खुलेको थियो ।
राष्ट्रिय संस्था भनिसकेपछि त्यसको राष्ट्रिय अध्यक्ष चुन्ने काम काठमाडौंको एक कोठामा गरिएको भनिएको सहमतिलाई उपत्यका बाहिरका ६० जिल्लाका प्रतिनिधिहरुले आँखा चिम्लेर स्वीकार गर्नु आवश्यक थिएन । अझ अध्यक्ष मात्र होइन अब वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर उसलाई स्वतः अध्यक्षमा पदोन्नति गर्ने व्यवस्था रातारात हुने हो भने अन्य जिल्ला र प्रदेशका प्रतिनिधिहरुले पनि त्यो कसैका निम्ति बनाइएको पदमा लडेर जित्न पाउनुपर्छ भन्ने माग आउनु स्वभाविक थियो । यसैलाई काठमाडौंमा सहमति तोडिएको भनेर हल्ला फिजाइयो ।
सहभागिता
नेवाःदेय् दबू स्थापना गरेकाहरु, भाषा जातीय अधिकारका लागि लडेकाहरु अनि काठमाडौं उपत्यकाका नेवारहरुकै उपस्थिति नगण्य थियो । तर पनि यहाँ यो बेलामो दाङय् नेवारहरु भेला भएकै थिए । अधिवेशनमा भाग लिन भनेरै ६४ जिल्लाकां ४५० जना भन्दा बढी दाङ्गसम्म पुग्नु भनेको चानचुने कुरा होइन । ती मध्ये एउटा जिल्लाका प्रतिनिधिहरु आएनन् र एउटा जिल्लाका प्रतिनिधिहरु आएर पनि मतदान नगरी गए भन्ने सुन्नमा आए । जे होस्, काठमाडौं, ललितपुर र भक्तपुर जस्तो लाखौं नेवारहरु भएको ठाउँबाट निकै थेरै प्रतिनिधि आएपनि तनहुँबाट मात्रै ४०जना प्रतिनिधि पुग्नु र क्षेत्र नं १ बाट मात्र १००जना प्रतिनिधि पुग्नु सामन्य होइन । अधिवेशनको यही ठुलो उपलब्धि भयो ।
र्यालि नै नेवारहरुको आकर्षण
अधिकार लिने ठाउँमा पछि परेपनि आफ्नो प्रदर्शन गर्न भने नेवारहरुले जानेका छन् । बिहानै शुरु गर्दा हुने रयाली कसलाई के गर्न हो दिउँसो १२ बजेको टन्टलापुर घाममा निकालियो । लगभग पाँचसय नेवाहरु, तीमध्य कति त परम्परागत पहिरनमा धिमे र बाँसुरीको तालमा नाच्दै आएका पनि थिए कति । यति धेरै नेवारहरुले घोराही नगरपालिकाको नयाँ र पुरानो बस्तीमा गरेको यो परिक्रमा एक किसिमले ऐतिहासिक नै भयो ।
उपत्यका बाहिरका नेवारहरु
यही मौकामा विभिन्न जिल्लाबाट आएका केही प्रतिनिधिहरुसँग अनौपचारिक कुरा गर्दा उपत्यका बाहिरका नेवारहरुको भावना केही हदसम्म अनुभूति गर्न पाइयो ।

स्थानीयता, राजनीति र आफ्नो जीजिविषाको कारणले होला त्यहाँका नेवारहरुमा आफु किन नेवार हुँ भन्ने चेतना निकै कम पाइयो । उनीहरुलाई मातृभाषाको प्रेमले छुन सकेको देखिँदैन । कोही कोही अपवाद बाहेक त्यहाँ बाहिरी नेवारहरुले नेवाः भाय् बोलिरहेका थिएनन् । राष्ट्रिय अधिवेशनमा समेत भाषा बोल्न नसक्नेहरु जिल्ला प्रतिनिधि भएर आएको देखेपछि ती जिल्लामा सामान्य नेवारहरुमा भाषा सिक्नुपर्छ बोल्नुपर्छ भन्ने चेतना नपुगेको स्पष्ट हुन्छ । अर्को, देशभरिका आदिवासी जनजातिहरु पहिचान सहितको राज्यका लागि आन्दोलित भइरहँदा उपत्यका बाहिरका नेवारहरु भने यस आन्दोलनप्रति उदासीन भएको मात्र होइन घुमाउरो पाराले यसको विरोध गर्न चाहिरहेको बुझिन्छ । जसरी काठमाडौं उपत्यका नेवाः राज्यको रुपमा स्थापित भएपछि यहाँ बस्ने सबै गैरनेवारहरु सुरक्षित हुन्छन् त्यसरी नै उनीहरुको जिल्लमा सो सरहको राज्य स्थापना भएमा त्यहाँका नेवारहरु सुरक्षित हुन्छन् भन्ने विश्वास बन्न नसकेको देखिन्छ । जब दबूका जिल्ला शाखाहरु नै पहिचानको पक्षमा देखिँदैन भने यो आन्दोलनले काठमाडौं उपत्यकामा कसरी गति लिन्छ ?

उद्घाटन, संरक्षकको उद्घोष र अध्यक्षको स्वीकारोक्ति
थाकेका र्यालि सहभागीहरुलाई सिधै उद्घाटन सत्रमा बसाए । दई घण्टाभन्दा लामो भाषण भयो, नाचगान भए, सबैलाई रमाइलो भयो । तर त्यहाँ ६४ जिल्लाका प्रतिनिधिहरु उपस्थित भएको मौकामा नेवारहरुको गौरवमय विगत, वर्तमान अवस्था, उनीहरुको पहिचानको मुद्दा, अबको गन्तव्य, त्यसकोलागि अपनाउनुपर्ने रणनीति अनि प्राप्त गर्नुपर्ने लक्ष्यका बारे केही कुरा भएन । त्यति धेरै पैसा खर्च गरेर, १८घण्टा, २४घण्टा बसमा यात्रा गरेर आएकाहरुलाई दिन दबूको नेतृत्वसँग केही रहेन छ ।

उद्घाटन सत्रमा दबूका संरक्षक मल्ल के सुन्दरको उद्घोष अनि अध्यक्षको स्वीकारोक्ति उल्लेखनीय भयो । मल्लले त्यति लामो भाषणमा दबूको अधिवेशन भनेकै काठमाडौंको भद्रसहमति अनुसार आठ वर्षसम्म अध्यक्षको पदमा आसिन नरेश ताम्राकारलाई नै अध्यक्ष बनाइनुपर्ने भन्ने एकसूत्रीय माग राखे । त्यतिमात्र होइन, उनले त्यो माग स्वीकार गर्न नचाहनेहरुलाई नेवार–नेवारको बिचमा फुट ल्याउने विखण्डनकारी हुन् भन्ने समेत सार्वजनिक रुपमा घोषणा गरे ।
त्यसपछि आठ वर्ष अगाडि सर्वसम्मतिबाटै अध्यक्ष पदमा बसेर विभिन्न बहाना बनाई अधिवेशनसमेत नगरी बसेका अध्यक्ष नरेश ताम्राकारले उहाँ मल्लदाइ नै आजसम्म नेवाः देय् दबूका ड्राइभर रहेको र आफुले एकजना खलासीको भूमिका मात्र निभाएको भन्ने स्वीकारोक्ति अभिव्यक्ति दिनेबित्तिकै त्यहाँ एउटा सन्नाटाको वातावरण सिर्जना भयो । दबूको दुइदशक लामो आन्तरिक खिचातानी बुझेकाहरुले जिस्किएरै उहाँ संरक्षक मल्ललाई किंग–मेकर भनेर कटाक्ष गर्नेहरुलाई उहाँले उक्त आधिकारिकता दिनुभयो । आफु अध्यक्ष भएर पनि अध्यक्ष होइन भनेर दबू भन्ने संस्था रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको हो भन्ने अहिले आएर रहस्योद्घाटन भयो । शायद दाङ्गसम्म गएर अधिवेशन गर्नजानुको सबैभन्दा ठुलो उपलब्धि यति नै होला ।
दिनभरी भोकै रयालीमा घुमेर आएका सयौं प्रतिनिधिहरुलाई पानीको समेत व्यवस्था नगरिदिएर अँध्यारो पर्दै गर्दा बन्द सत्रको आयोजना भयो लामखुट्टेले टोक्ने अँध्यारो खुल्ला चौरमा । संगठनात्मक प्रतिवेदनलाई एकजना जिल्ला प्रतिनिधिले यसमा आधारभूत कुरा पनि छैन भनेर दुत्कारे । साबिक समयभन्दा छ वर्ष पछि आयोजना भएको अधिवेशनले पनि आफ्नो सामान्य औचित्य प्रमाणित गर्न सकेन — प्रतिनिधिहरुमा छलफलमा भाग लिने उत्साह रहेन, बिस्तारै खाना खाने ठाउँमा भिड बढ्न थाल्यो । आर्थिक प्रतिवेदनमा सबै कुरा आयो पैसाको कुरा खुलस्त आएन । अनियमितता बुझेका काठमाडौंका प्रतिनिधि आउन पाएनन्, नबुझेका मोफसलका प्रतिनिधिहरुमा पनि आफ्नो पेटमा मुसा दौडिरहँदा त्यो प्रतिवेदनमा लेखिएको कुरा मोबाइलमा टर्च बालेर पढिरहने धैर्य रहेन । यस्तै बेला उता खाना खाने बेला भएको सूचना आइदिँदा प्रतिवेदन पास गर्ने हल शुन्य जस्तै भयो । यसलाई आयोजकको सफलता भनौं या असफलता, प्रतिवेदन पास भएको घोषणा गरियो । अझ आयोजकको त्यो खुल्ला चौरमा दश पन्ध्र जना बसेर फेरि विधान संशोधन जस्तो महत्वपूर्ण काम गर्ने कोशिस त्यहाँ बाँकी केही प्रतिनिधिहरुको विरोधको कारण सफल हुन सकेन ।
राती त्यहाँ सुनियो, विधान संशोधन भनेर जुन बुँदा राखेर भद्र सहमति भनी काठमाडौंमा संशोधनको प्रस्तावको ड्राफ्ट बनाइएको थियो त्यसमा त्यही मुख्य बुँदा नै थिएन, अर्थात् दाङ्ग पुगुन्जेल वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाइने भन्ने प्रावधान हटाइयो । जुन गर्छु भनेर सहमति गरिएको थियो त्यहीे प्रावधान हटायो भने सहमति भंग हुने कि प्रावधान हटेपछि प्रत्याशीले उम्मेदवारी दिएपछि सहमति तोडिन्छ भन्ने अन्योलका बिच पवित्र वज्राचार्यले आधारातमा फेसबुकमार्फत उम्मेदवारी दिने घोषणा गरे । त्यसपछि दाङ्गका केही होटल र रिसोर्टहरुमा बिहान तीन बजेसम्म हलचल भइरह्यो ।
चुनाव चुनाव
चुनाव भयो— शायद देय् दबूको यति लामो कलह, असमझदारी र जालझेलको इतिहासमा यो नै सबैभन्दा सुखद र स्वर्णिम क्षण हुनुपर्छ ।
छ बजे हुने भनेको चुनाव आठ बजे शुरु भएपनि, मतपत्रमा सही गर्ने व्यक्तिको अभाव भएपनि, मतदाताहरु दुईघण्टासम्म लाइनमा उभिनुपरेपनि, पालो आउँदा पनि मतपत्र नआइपुगेर भोट हाल्न नपाएपनि, मतपत्रमा कसरी चिनो राख्ने भनेर सिकाउने नभएपनि, एउटा प्रदेशका मतदाताको नाम अर्को प्रदेशबाट निस्किएपनि, संस्थाको छाप र फोटो नभएको प्रतिनिधिपत्रको मात्र आधारमा भोट हाल्न पाइएपनि, मतदान केन्द्र जस्तो संवेदनशील ठाउँमा पनि बत्ती नभएर छामछुम गर्दै मोबाइलको टर्चका भरमा भोट राख्नुपरेपनि, अनि आमन्त्रित कलाकारहरुलाई पनि भोट खसाल्ने व्यवस्था गरिदिएपनि आखिरमा चुनाव भइछोड्यो ।
नेवारहरुकै साझा संस्थाको अधिवेशनमा राजनीति पार्टीहरुले रुची देखाएन । यो अधिवेशनमा पार्टीले पठाएका उम्मेदवारहरु देखिएनन् । पहिचानवादी भनिएको संघीय समाजवादी फोरमले आफ्नो कार्यकर्तालाई यसमा सम्मिलित गराउने कोशिस नगरेको मात्र होइन आफ्नै दुई कार्यकर्ता प्रतिस्पर्धामा आउँदा पनि कुनै सहमति गराउन सकेन । उता पहिचान विरोधी भनिएको एमाले समर्थितहरुले संघीय समाजवादीपार्टीया नरेश ताम्राकार सहितको प्यानल पर्चा वितरण गरेको र यसबाट २७जना मध्ये २५जना एमाले समर्थकहरु नै जितेबाट नेवारहरु पार्टीमा राजनीति गर्न जान्दैन भन्ने फेरि प्रमाणित भएको छ ।

चुनाव भनेको जित्नलाई हो । आठ वर्षदेखि अध्यक्ष बनिरहेका ताम्राकारलाई १९३ मत व एक दिन अगाडि मात्र उम्मेदवारी दिएका बज्राचार्यलाई १५० मत आयो — जित्ने सबैलाई शुभकामना । सबैले चुनावको आशातित र अप्रत्याशित परिणामलाई स्वीकार गर्नुपर्ने देखिन्छ ।
यति भनिसकेपछि पनि यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने गएको दुई दशकमा सबैको भनिएको दबूले कहिल्यै आत्मलोचना गरेन, सिंहावलोकन गरेन, समीक्षा गरेन । दुईचार जना दबूलाई आफ्नो काखमा मात्र राखेर यसको विकास पनि हुन नदिनेहरुले आफुले भनेको मान्नेलाई लाभको पद दिने र गलतलाई गलत भन्नेहरुलाई शत्रुसमान व्यवहार गर्ने बाहेकको काम भएको देखिएन । अब यो दबू कसरी सबैको हुन्छ भनेर सबै पर्खिबसेको छ ।

हामी सबैले देखेकै हो । देशका सबै आदिवासी जनजातिहरु पहिचानको आन्दोलनमा होमिँदा दबूको उपस्थिति सँधै झीनो हुन्थ्यो । अन्य नेवार सँघसंस्था जुरमुराउँदा दबूको भने आफ्नै सबै पदाधिकारीहरुसमेत आन्दोलनमा उपस्थित भइदिँदैनथ्यो । देशमा पहिचानको आन्दोलन हुँदा, आफ्नै आदिभूमिमा स्वबासीलाई सडकविस्तारका नाममा भूमिहिन बनाउँदा पनि दबूले आफ्नो अस्तीत्व देखाउन नसकेको नजीर छ । अब यही नेतृत्वको नयाँ कार्यसमितिले कुनै नाटकीय परिवर्तन लिएर नेवारहरुको आवाजमा आवाज उठाएर सबै नेवारहरुलाई नेतृत्व दिन्छ होला भन्ने आशा गर्ने ठाउँ धेरै छैन । परिवर्तनको साँचो ढोका थुनेर बस्नेहरुकै हातमा छ । तैपनि दबूले अहिलेको राजनीतिक अवस्थाको सही आंकलन गरेर आफ्नो पाइलालाई सही मार्गतर्फ डोर्याई यसलाई साँचो अर्थमा नेवारहरुको राष्ट्रिय संगठन बनाओस् भन्ने शुभकामना ।
Published in www.esamata.com on 2017 05 21

Friday, May 5, 2017

170502 नेवाः देय् दबू दाङ तःमुँज्याया सन्देश



राजेन मानन्धर




तःमुँज्या जुइ–मजुइ, चुनाव यायेगु–मयायेगु थज्याःगु शंका–उपशंका व सहमति–असहमतिया दुने अन्ततः नेवाःत दक्वसिया मंकाः दबू धयातःगु नेवाः देय् दबूया खुँदतक दिकातःगु खुक्वःगु तःमुँज्या दाङया घोराहीइ क्वचाःगु दु । आः कमसेकम नेवाः देय् दबूयात न्वायेम्वाःल, ध्याचु नकेम्वाःल, छु दइगु व छु मदइगुया आशाय् तक्यनाच्वनेम्वाःल ।



सहमतिया असहमति

चुनाव यानाः योग्यम्ह व यक्वस्यां यःम्ह मनूयात नायः पदय् थ्यंकेगु सामान्य प्रक्रियायात पनेत सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ थज्याःपिं सर्वमान्यतय्त तकं साक्षी तयाः कथित भद्र सहमति धकाः पुलांम्ह नायः नरेश ताम्राकारयात हे नायः जुइके बिइगु बाचा यायेवं तिनि तःमुँज्यां मूर्त रुप कायेखन ।




राष्ट्रिय दबू धासेंलि उकिया राष्ट्रिय अध्यक्ष ल्ययेगु ज्या येँया छकू क्वथाय् यानावःगु सहमतियात स्वनिगःपिनेया ६०गु जिल्लाया प्रतिनिधिपिन्सं जिमिसं मानेयायेफइमखु धाइगु स्वभाविक खः । अध्यक्ष जक मखु, आः वरिष्ठ उपाध्यक्षया पद सिर्जना यानाः वयात अटोमेटिक रुपं अध्यक्षय् पदोन्नति यायेगु व्यवस्था रातारात जुइगु खःसा मेमेगु जिल्ला व प्रदेशया प्रतिनिधिपिन्सं नं थः व सुयातं लालिपप बिइत दयेकूगु पदय् ल्वानाः वनेदयेमाः धइगु माग वल । थुकियात येँय् सहमति त्वाःदूगु धकाः बय्बय् यात ।


सहभागिता

नेवाःदेय् दबू नीस्वंपिं, भाषा जातिया निंतिं ल्वानाच्वपिं स्वनिगःया नेवाःतय्गु उपस्थिति मदुसां भाषिक अधिकार, नेवाः पहिचानव आदिवासी जनजातिया अधिकारया आन्दोलनय् ऐक्यवद्धता क्यनेत प्यम्ह मनू ममुनीगु देय् दबुलिइ थन दाङय् धाःसा मुंगु हे खत । नेवाः देय् दबूया तःमुँज्याय् ब्वति कायेत धकाः जक ६४गू जिल्लायापिं ४५० स्वयाः मल्याक्क मनूत दाङतक वनेगु धइगु चाःचू खँ मदु । छगू जिल्लायापिं मवः, अले मेगु जिल्लायापिं भोट मकुतकुुसें लिहाँ वन धाःगु न्यना । न्ह्यागुसां गन येँ–यल–ख्वप थज्याःगु लाखौं नेवाःत दुथाय् प्यम्ह–न्याम्ह जक प्रतिनिधित वइगु खःसा तनहुँनं जक हे ४०म्ह प्रतिनिधि थ्यनीगु, क्षेत्र नं १ यापिं हे जक १००म्ह थ्यनीगु खँयात चाःचू तायेके मजिउ । तःमुँज्याया तःधंगु उपलब्धि थ्व हे जुल ।



र्यालि हे नेवाःतय्गु आकर्षण

कायेथाय् कायेमसःसां नेवाःत थःत ब्वये धाःसा सः । सुथ न्हापां चाःहिले दुसा जिउ धइगु सामान्य खँ जुयाच्वंगु खःसां सुयात छु यायेमालाः मसिउ र्यालि झिंनिताः ईया क्वय्कीगु निभाःया क्वय् जक जुल । थ्यं मथ्यं न्यासः नेवाःत, उकिसं गुलि ला नेवाः वसः पुंकाः हयातःपिं प्याखं हुलीपिं कलाकारत हे प्याखं हुला, धिमय् थाना, बाँसुरी पुयाः घोराही नगरपालिकाया न्हूगु व पुलांगु शहरया परिक्रमा छगू कथं ऐतिहासिक हे जुल । दाङयापिन्सं खन नेवाःतय्गु तजिलजिया छगू झाँकि थ्व हे मौकाय् ।


उद्घाटन, संरक्षकया उद्घोष व अध्यक्षया स्वीकारोक्ति

त्यानुक र्यालि चाःहिलावःपिन्त तप्यंक उद्घाटन सत्रय् फ्यतुकल । निघौस्वयाः मल्याक्क भाषण जुल, प्याखं क्यन । तर अन ६४ जिल्लाया प्रतिनिधि वयाच्वंबलय् नेवाःतय्गु गौरवमय विगत, वर्तमान अवस्था, उमिगु मुद्दा, आः वनेमाःगु लँ, उकिया रणनीति अले प्राप्त यायेमाःगु लक्ष्यया बारे धाःसा खँ मजू । उलिमछि ध्यबा फुकाः, १८घौ, २४घौ बसया यात्रा यानावःपिन्त देय् दबूया नेतृत्वयाके बिइगु छुं हे मदयेधुंकल ।




मेगु स्वयाः नं अन संरक्षक मल्ल के सुन्दरयागु उद्घोष अले अध्यक्षया स्वीकारोक्ति उल्लेखनीय जुल । मल्लजुं अपाय्मछि हाकःगु भाषणय् नेवाः देय् दबूया अधिवेशन धइगु हे स्वनिगःया भद्रसहमति कथं गुँदतक अध्यक्षया पदय् च्वनाच्वनादीम्ह नरेश ताम्राकारयात अध्यक्ष हे दयेकातयेमाः धयगु एकसूत्रीय माग न्ह्यब्वयादिल । उलिजक मखु, वय्कःया व माग स्वीकार मयाइपिन्त नेवाःनेवाःया दथुइ विभाजन हइपिं व विखण्डनकारी धइगु आरोप नं सार्वजनिक कथं हे बियादिल ।




व धुंकाः लिपा च्यादँ न्ह्यः सर्वसम्मतिं हे अध्यक्ष पदय् च्वनाः विभिन्न बहाना तयाः अधिवेशन तकं मयासे च्वनाच्वंम्ह अध्यक्ष नरेश ताम्राकारं वय्कः मल्लदाइ हे आः तक नेवाः देय् दबूया ड्राइभर अले थः छम्ह खलासी छक खः धकाः स्वीकारोक्ति अभिव्यक्ति बिइवं अन छगू सन्नाटाया वातावरण ब्वलन । ख्याःथें नीथें उम्ह संरक्षकयात नागःतुगःयाइपिन्त वय्कलं आधिकारिकता बियादिल, थः नायःजुयाः नं नायः मखु धकाः, नेवाः देय् दबू धइगु रिमोट कन्ट्रोलं सञ्चालित जुयाच्वंगु संस्था जक खः धकाः अपाय्जि सभाय् आः वयाः रहस्योद्घाटन यानादिल । शायद दाङतक वनाः अधिवेशन याःवनागुया दकलय् तःधंगु उपलब्धि थुलि हे जुइ ।

न्हिछि नयेपित्याक चाःहिला वःपिन्त च्या, खाजा ला छु लःतकं त्वनेगु व्यवस्था मयासे खिउँखिउँ धायेधुंकाः बन्द सत्रया आयोजना जुल । मत हे मदुगु व नं पत्तिं न्याइगु खुल्ला चौरय् । संगठनात्मक प्रतिवेदनय्यात छम्ह जिल्लाया प्रतिनिधिं थ्व स्वयाः बांलाःगु प्रतिवेदन ला जिमि जिल्लाया चिकिचाधंगु संस्थां दयेकी धकाः लाय्बुल । जुइमाःगु ई स्वयाः खुदँ लिपा जूगु तःमुँज्यां नं थःगु सामान्य औचित्य प्रमाणित यायेमफुत — छलफलय् ब्वतिकायेगु उत्साह खनेमन्त, बुलुहुँ जा नयेथाय् पिउवन । आर्थिक प्रतिवेदनय् दक्वं खँ वल, ध्यबाया खँ मवः । थूपिं प्रतिनिधि वये हे मखन, मथूपिं प्रतिनिधिपिनि नं प्वाथय् छुँ ब्वाँय् वनाच्वंगु इलय् व प्रतिवेदनय् च्वयातःगु आखः मोबाइलया टर्च च्याकाः ब्वनाच्वनेगु धैर्य दइमखुत । उबलय् हे उखे जा नयेगु ई जुल धकाः धायेवं नःवनीपं ग्वाः ग्वाः खदेदत थुखे प्रतिवेदन पास यायेग हल शुन्य थें जुयावन । थुकियात आयोजकया सफलता धयादिसँ वा असफलता धयादिसँ, प्रतिवेदन पास जुल धइगु घोषणा जुल । 


आयोजकया खुल्ला थासय् झिम्ह झिंन्याम्ह च्वनाः हानं विधान संशोधन थज्याःगु महत्वपूर्णगु ज्या यायेगु कुतः प्रतिनिधितय्गु विरोधया कारण सफल जुइमफुत । 


बहनी न्यनेदत, गुुगु बुँदा तयाः भद्र सहमति धकाः येँनं हःगु विधान संशोधनया प्रस्ताव खः उकिइ मुख्य बुँदा हे मदु, अथे धइगु अन थ्यंबलय् वरिष्ठ उपाध्यक्षयात स्वतः अध्यक्ष दयेकीगु प्रावधान दुथ्याका मतः । गुगु सहमति जुल उगु हे प्रावधान मतलकि सहमति त्वाःदइगु लाकि अध्यक्ष पदय् चुनावय् ल्वायेमखु धकाः वचन बिउम्हस्यां आः जि नं चुनाव मल्वासे मजिल धकाः घोषणा यात कि त्वाःदइ धइगु अन्योलया दथुइ पवित्र वज्राचार्यं बाचाइलय् फेसबुकय् उम्मेदवारी बिइगु घोषणा यायेवं दाङया थ्रिस्टार होटलय् व भिंगरेली रिसोर्टय् सुथसिया स्वताः ईतक नं हलचल जुयाच्वन ।


चुनाव चुनाव

चुनाव जुल— शायद देय् दबूया अपाय्मछि हाकःगु वाच्यावाच्या द्वाच्याद्वाच्या च्वंगु इतिहासय् दकलय् सुखद व स्वर्णिम क्षण थ्व हे जुइ ।




खुताइलय् याये धाःगु चुनाव च्याताइलय् जुइगु, मतपत्रय् इलय् ल्हाःचिं तयेमखनीगु, निघौतक झ्वलय् दनाच्वनेमालीगु, पाः वयेकाः नं मत कुतकेमखनीगु, मतपत्रय् गुकथं चिं तयेगु धकाः स्यनीपिं मदइगु, छगू प्रदेशया मतदाताया नां मेगु प्रदेशय् लाकातःगु, संस्थाया छाप व प्रतिनिधिया फोटो मदूगु प्रतिनिधिपत्रया भरय् मत कुतकेदइगु, मतदान केन्द्र थज्याःथाय् तकं मत मदया पचिपचि यानाः व मोबाइलया टर्चया भरय् भोट कुतकेमालीगु, अले कलाकारतय्सं नं भोट कुतके दइगु व्यवस्थाया दथुइ चुनाव जुल । न्ह्याथे जूसां परिवर्तन पियाच्वंपिन्त आशा यायेगु लुखा चाल ।

उलि जक मखु, न्ह्यागु संघसंस्थाय् थःगु राजनीतिक प्रतिनिधित्व मालीगु मेमेगु पार्टीतय्सं नेवाःदेय् दबुलिइ थः मनू छ्वयेगुया औचित्य मखंगु, पहिचान विरोधी धकाः धयातःगु एमालें संघीय समाजवादीपार्टीया नरेश ताम्राकार सहितगु प्यानल पर्चा वितरण याःगु अले २७म्ह मध्ये २५म्ह एमाले समर्थकत वल धइगु नेवाःत पार्टीइ राजनीति यायेमसः धइगुया दसु खः ।



न्ह्याथेसां चुनाव धइगु त्याकेत खः । ताम्राकारयात १९३ मत व बज्राचार्ययात १५० मत वल — त्याःपिं दक्वसित भिंतुना । दक्वस्यां चुनावया आशातित व अप्रत्याशित लिच्वःयात स्वीकार यायेमाःगु खनेदु ।

उलि धायेधुंकाः नं थन ल्वःममनीगु खँ छता छु धाःसा वंगु निगू दशक दुने सकसिगु धयातःगु देय् दबूलिं गबलें आत्मलोचना मयाः, सिंहावलोकन मयाः, समीक्षा मयाः । निम्ह प्यम्ह देय् दबूयात मुलय् जक तयाः विकास जुइकेमबिइपिन्सं थः धइथे दुपिन्त लाभया पद बिइगु व गलतयात गलत धइपिन्त शत्रुसमान व्यवहार यायेगु बाहेक मेगु याःगु खनेमदु । देसय् पहिचानया आन्दोलन जुइबलय्, नेवाःतय्गु छेँ ल्यतुल्ययाः थुनीबलय् झिम्ह मनू पिहाँ मवइगु देय् दबुलिं आः गनं नं छुं कथंया नीतिगत हिउपाः ज्वनाः नेवाः पहिचानया लागि ल्वाःवइगु आशा यायेथाय् मदु । ताःचा परिवर्तनया लुखा तिनातइपिन्के हे तिनि । अथेसां व हे देय् दबुलिं आःया राजनीतिक अवस्थाया सही आंकलन यानाः थःगु पलाःयात खःगु लँपुइ लाकाः नेवाःतय्गु संस्था जुयावइधकाः मनंतुना ।

Sunday, April 9, 2017

170409 नेवारभित्रका दलितहरु



राजेन मानन्धर


कति राम्रो सुनिन्छ जब नेवार संस्कृतिविद्हरु अनि साहित्यकारहरु समेत अविरल भनिरहन्छ — नेवार भनेको यस्तो जाति हो जसमा वर्णभेद छैन, ठुलो सानोको सवाल छैन, सबैको आआफ्नो पेशा छ अनि त्यही पेशा अनुसार उनीहरुको वर्गीकरण मात्र गरिएको छ भनेर भन्दा । यो त बुद्धले भनेको जस्तो समाज भयो, माक्र्सले बताएको जस्तो राज्य भयो ।


तर यथार्थको आँखाबाट हेर्यो भने देखिन्छ संसारको कुनै पनि देश, राज्य वा गाउँ समेत पनि ठुलो सानोको विभेदबाट मुक्त छैन । सर टमस मुरको युटोपिया साँच्चै हुने भए त्यहाँ कस्तो हुन्थ्यो थाहा छैन तर आज साम्यवादी भनेर भन्ने देशमा पनि यो भेद व्याप्त छ भन्ने सुनिन्छ । यो वर्ण, जातको जंजाल विभिन्न रुपमा विभिन्न भेषमा जहाँतहीँ छ, हुन्छ नै । यसमा पनि हामीले नेवारहरुको समाजमा यो वर्णभेद अनि अछुत भनिनेहरु छैन भनेर भन्दै आइरहेका छौं — यो नेवारहरुलाई जनजाति मान्ने मौलिक र सैद्धान्तिक रुपबाट हेर्दा गलतसम्म होइन । तर मानवीय स्वभाव हो, जान्नेहरुले र भएकाहरुले आफुलाई ठुलो भनेर नभएकाहरु र नजानेकाहरुलाई सानो भन्ने रहर बोकेका हुन्छन् । शायद त्यसैले नै होला १४औं शताब्दीका राजा जयस्थिति मल्लले पनि भारतीय वर्णभेदी विद्वानहरु ल्याएरै यहाँ वर्णभेदको बीजारोपण गरे । अनि यो व्यवस्था राम्रो लागेरै त होला यहाँका सम्भ्रान्तहरुले यसको अन्त्य कहिल्यै चाहेन, मलजल नै दिइरहे — छ सय वर्ष पुरानो ऐतिहासिक दस्तावेजको आधारमा हामीले आज सामाजिक शासन गर्दै आइरहेका छौं — यस कुराको दोष आज हाम्रो टाउकोमा छ ।


बिरालोले फोहर लुकाएजस्तै हामीले यो कुरा जति लुकाएपनि यो लज्जास्पद सत्य विभिन्न विद्वानहरुले पत्ता लगाएकै छन् । विभिन्न विदेशी विद्वानहरुले हाम्रो व्यवहारमा छुत अछुतको भेद देखेका छन् । अझ उनीहरु नेवारभित्रको सानातिना विभेदलाई पनि ठुलो बनाए देखाइदिन मरिहत्ते गर्छन् । हुन पनि हो — आज पनि नेवारभित्र इनार छुन नदिने, घरभित्र छिर्न नदिने, छुन नहुने, भात खाइदिन नहुने, भोजमा सँगै राखेर खुवाउनु नहुने, भोजमा अलग्गै बोलाउनु पर्ने, बिहाबारी नचल्ने आदि विभिन्न किसिमका विभेदहरु देखिने नदेखिने गरी यथावत नै छ । हाम्रो ज्ञान र विद्वताले हामीलाई जति नै सभ्य बनाएतापनि आज पनि हाम्रो वरिपरी यसको घरको भात खाँदा घ्यु वा बेसार हालेको मात्र खानुहुन्छ, यसलाई घरभित्र हुल्न दिनुहुँदैन अनि यसलाई चिया ख्वाउँदा उसले आफ्नो जुठो आफै मस्काउनुपर्छ भन्ने मानसिकता अझै बाँकी छ । नेवारभित्र पनि हिन्दु त हिन्दु नै भए, बौद्ध नेवारहरु पनि छुवाछुतको व्यवहार गर्छन् भन्दा बौद्ध धर्मामलम्बीहरुलाई पत्याउन गाह्रो होला । त्यसैले नेवारहरुमा पनि दलित होलान् र ? भनेर प्रश्न गर्नु पनि बुद्धिमानी नहोला ।


आजको यो परिस्थिति र सामाजिक बनोटलाई हेरेर भन्न सकिन्छ वर्णभेद नभएको नेवार समाजमा तल्लोजात भनेर भनाइनुपर्नेहरुले आज भन्दा एकदुईसय वर्ष पहिले कति सामाजिक उत्पीडन भोग्नुपरेको थियो होला भनेर ।


आफ्नो आफ्नो पृथक पृथक धर्म संस्कृति भएर पनि एक ढिक्का भएर बसिरहेका नेवारहरुलाई यहाँका शासकहरुले विभाजित गरेर, लडाएर शासन गर्ने कोशिस आज मात्र होइन सयौं वर्षदेखि भइआएको हो । नेवारभित्रका उपाध्यायहरु र वज्राचार्यहरुलाई फुटाएको अनि वज्राचार्य र तुलाधरहरुलाई फुटाएको इत्यादि घटनाको संस्मरण यहाँ अझै बाँकी छ । आफुलाई माथिल्लो भनेर देखाउनुपर्नेहरुले नेवारहरुलाई फुटाउन सजिलो छ भन्ने बुझेकाले नै यस्तो घटना घटिरहेको छ भन्ने बोध गरे मात्र पनि यस्तो इतिहास फर्केर आउने सम्भावना कम रहन्छ ।

यसै सन्दर्भमा नेवार जाति र संस्कृतिका अभिन्न अङ्ग भएका च्यामे, पोडे, कुश्ले र खड्गी (त्यसबेला गल्तीबश कसाई भनिएकाे)लाई कुनैबेला सरकारले बनेको दलित उत्थान विधेयकमा नाम राखेपछि यहाँ एक किसिमको खैलाबैला भएको थियो । नेवार नेतृत्व र संघसंस्थासँग छलफल नगरी बाहुन क्षेत्री प्रशासक र केही दलितहरुले नै आफ्नो स्वार्थका लागि नेवारहरुलाई दलितभित्र राखे भन्ने कुरा यहाँ चलेको थियो ।


त्यसपछि केही ढिलो भएपनि नेवारहरु दलित हुनसक्छ कि सक्दैन भन्ने चर्चा परिचर्चा हुनथाल्यो । आफ्नो परिचय खोज्न इतिहास र वर्तमानमा अध्ययन अनुसन्धान गरेर सत्य तथ्य अगाडि राख्ने काम सँधै सराहनीय हुन्छ । तर यहाँ आश्चर्यजनक कुरा के हुन्छ भने आफ्नै थरको परिचय खोज्न आफ्नो अस्तित्वको सही परिभाषा दिने मामलामा नेवार विद्वानहरु र नेवार नेताहरु कन्जुस भइरहको पाइन्छ । यसबाटै स्पष्ट हुन्छ नेवारहरुलाई सही र असल मार्गमा लानुपर्ने नेतृत्वको मनमै पाप छ ।


यसको कारण घामजसतै छर्लङ्ग छ । हामीले नेता मानेर आएका जति पनि छन् ती सबैजसो त्यही वर्गका छन् जुन वर्ग आफुलाई आधा इन्च माथि छ भने र प्रमाणित गर्न अरुलाई दश फिट तल खसालिरहन्छन् । उनीहरुमा आफुहरु माथिल्लो जातको भन्ने दम्भ छ । अनि नेवार समाजको आदर्श नमूना भएर देखाउनुपर्ने विद्वानहरुभित्र पनि यस्तो एउटा तत्व लुकेर रहेको हुन्छ जसले उनीहरुलाई आजका मितिमा पनि ती च्यामे, पोडे, कुश्ले र कसाइका साथमा बसेर भात खाने आँट गर्दैनन् । नेवारभित्र वर्गमात्र होइन वर्ण वा जातीय छुवाछुत पनि छ भन्ने राष्ट्रिय स्तरबाट प्रमाणित भइरहँदा पनि नेवार एकताको जपना गरेर बस्नेहरुले यो कटुयथार्थलाई चिर्ने खासै प्रयास गरेको पाइँदैन ।


सुनचाँदीकै वर्षा गरेर मठमन्दिर, बनाउन सक्ने नेवारहरुभित्र आज पनि दिनभरी काम गरेर पनि दुईछाक खान नसक्नेहरु छन्, कथित जातीय पेशा संकटमा पर्दा पनि आफ्नो पेशा गरेर खाने वातावरण छैन, उनीहरु शिक्षा, स्वास्थ्य र व्यवसायको क्षेत्रमा पछाडिको पछाडि नै परिरहेका छन् । यस्तो अवस्थामा आफ्नै समाजबाट तिरष्कृत र दलित भएर बस्नुपर्नेहरुले आफ्नो सामाजिक प्रतिष्ठा फिर्ता लिनकै लागि दलित आयोगको शरण गए त उनीहरुको के दोष ? अझ पनि नेवारहरुमा दुइचारवटा थरहरु त्यतिकै अपहेलित र तिरष्कृत छन् । यो कुरा सबैलाई थाहा छ ।


यो खुशीको कुरा हो कि यस्तो विभेद सहेर पनि ती च्यामे, पोडे, कुश्ले र कसाइहरुले आफुलाई नेवार नै भनेर स्वीकार गरिरहेका छन्, आफु नेवार भएर नेवार धर्म संस्कृतिमा आफ्नो योगदान सम्झेर नै आवाज राखिरहेका छन् । यस्तो अवस्थामा नेवार समुदाय, नेवारभित्रको नागरिक समाज, संघसंस्थाहरुका अगाडि पहिले कहिल्यै नआएको एक चुनौति खडा भएको छ । शुतुरमुर्गले बालुवाभित्र टाउको लुकाउँदैमा तुफान नआउने होइन, दुइचारजनाले नेवारमा दलित छैन भन्दैमा हाम्रो सोचाइर व्यवहारमा परिवर्तन आउने होइन । अहिले हामीले छातीमा हात राखेर शुद्ध मनले भन्नुपरेको छ — हामीलाई साँच्चै आफ्नो थोत्रो अभिमान, जातको आडम्बर प्यारो छ कि सम्पूर्ण नेवारहरुको समष्टीगत विभेदरहित परिचय प्यारो छ ।


एक्काइसौं शताब्दीमा पनि हामी प्रतिस्पर्धात्मक जीवन र सामुदायिक विकासभन्दा पनि को दलित र को दलित होइन भनेर भनिरहेका छौं । गुभाजु बर्मुको अगाडि स्यस्यः दलित, स्यस्यःका अगाडि ज्यापु दलित, ज्यापुका अगाडि साय्मि दलित, साय्मिका अगाडि प्वः दलित । आखिरमा हामी सबै दलित नै हौं, सत्ता हसुर्न पाएका गैरनेवार समुदायका अगाडि । सबैको एकै समस्या, सबैले मिलेर समाधान गरेमा हीत सम्पूर्ण जातिकै हुने हो ।



अब अर्को कुरा । कसैले चाहेर पनि नचाहेर पनि स्थानीय चुनावको कुरा आइरहेछ । स्थानीय जनप्रतिनिधिहरुमा दलितको उपस्थिति अनिवार्य बनाइएको छ, जुन अत्यन्त सराहनीय छ । अहिले पनि काठमाडौं उपत्यकाका महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पनि स्थानीय व्यत्तिका साथै दलित उम्मेदवार देखिनुपर्नेहुन्छ चुनिनुपर्ने हुन्छ । अब कसरी सम्भ्रान्त नेवार नेताहरुले चुनाव लड्नका लागि अब उनै नेवार दलितहरुलाई उभ्याउँछ होला भन्ने धेरैलाई लागिरहेको अवस्था छ । स्थानीय चुनावमा स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाउनपर्ने वातावरण छ, अहिल्यै स्थानीय चुनावमा बाहिरियालाई नस्वीकार्ने खालका अभिव्यक्तिहरु सामाजिक सञ्जालहरुमा आइसकेको अवस्थामा पार्टीहरुले अब उपत्यकाका महानगरपालिकाहरुमा कमसेकम धार्मिक साँस्कृतिक र जातीय रुपमा उपेक्षित बनाइएका ती च्यामे, पोडे कुश्ले र खड्गीहरुलाई उम्मेदवार बनाइनुको विकल्प देखिँदैन । अब उनीहरु शानका साथ उम्मेदवारका रुपमा नमस्ते गर्दै हाम्रा घर दैलोमा आउनेछन्, चुनाव जितेर आएपछि हामी नमस्ते गर्दै उनीहरुका घर घरमा धाउनुपर्नेछ । यो चुनावले अलिकति भएपनि यस आफैले सिर्जेको उँचनिचको खाडल कम पार्ने संकेत पाएको छु । यस्तो हो भने यस्तो चुनाव सँधै सँधै आओस् ।


Published on www.esamata.com on 2017 04 09 


This is me, Thank you Gemini