Posts

Showing posts from March, 2024

ओडिशामा बुद्ध धर्म

Image
  राजेन मानन्धर ओडिशा (पहिला उड़ीसा भनिन्थ्यो) भारतको पूर्वी तटमा अवस्थित एक प्राचिन राज्य हो । यसले उत्तरमा झारखण्ड र पश्चिम बंगाल, पश्चिममा छत्तीसगढ र दक्षिणमा आन्ध्र प्रदेश राज्यहरूसँग सीमाना जोडेको छ । साथै यसले हिन्द महासागरमा बंगालको खाडीसँग मिल्ने लामो तटरेखा बनाएको छ । यहाँ ४ करोड १० लाख मानिस बस्छन् । प्राचिन कालमा ओदिशालाई कलिङ्ग राज्यको केन्द्रको रुपमा वर्णन गरिएको छ । मौर्य वंशका सम्राट अशोकले ईशा पूर्व २६१ मा कलिङ्ग युद्धमा जिते । पछि ९औ देखि १२औं शताब्दीसम्म ओडिशामा सोमवंशी राजाहरुको शासन रह्यो । १५औ तथा १६औं शताब्दीमा यो फेरि गजपति अधिराज्यको रुपमा उदायो । सन् १५६८मा यो क्षेत्र बंगाली सुत्लनतले कब्जा गर्यो । ब्रिटिश कालमा दक्षिणी ओडिशा सहित सन् १७६०मा उत्तरी सिरसारको रुपमा ब्रिटिशहरुले कब्जा जमाए । पछि यसको पश्चिमी क्षेत्रलाई बंगाल प्रेसिडेन्सी अन्तर्गत ल्याए । सन् १९१२मा ओडिशा र बंगाल जोडेर बंगाल–ओशिडा प्रान्त बनाइएको थियो भने पछि फेरि ओडिशालाई अलग्ग प्रान्त पनि बनाइयो । स्न १९४७मा भारत स्वतन्त्र भएपछि थुप्रै ससाना राज्यहरु यसमा गाभिए । ओडिशामा बुद्ध धर्म भगवान बुद्धले